यूहन्ना 4:54

अनलक शाब्दिक बाइबल

येशू यहूदियाबाट गालीलमा आउँनुहुँदा उहाँले गर्नुभएको यो दोस्रो चिह्न‍ थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यूह 2:1-9 : 1 ¶ तिन दिनपछि गालीलको कानामा एउटा विवाह थियो, र येशूकी आमा त्यहाँ थिइन् । 2 विवाहमा येशू र उहाँका चेलाहरूलाई निम्तो दिइएको थियो । 3 जब दाखमद्य सकियो, येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसित दाखमद्य छैन ।” 4 येशूले जवाफ दिनुभयो, “हे नारी, तपाईं किन मकहाँ आउनुहुन्छ? मेरो समय अझ आइसकेको छैन ।” 5 उहाँकी आमाले नोकरहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे गर भन्‍नुहुन्छ, त्यही गर” । 6 त्यहाँ यहूदी विधिअनुसार शुद्धिकरणको लागि हरेकमा झण्डै एक सय लिटर अटाउने छ वटा ढुङ्गाका भाँडाहरू थिए । 7 येशूले तिनीहरूलाई भन्‍नुभयो, “भाँडाहरूमा पानी भर ।” त्यसैले तिनीहरूले पानी मुखसम्मै भरिदिए । 8 तब उहाँले नोकरहरूलाई भन्‍नुभयो, “अब अलिकति लगेर मुख्य व्यक्‍तिलाई देऊ” । तिनीहरूले त्यसै गरे । 9 मुख्य व्यक्‍तिले दाखमद्य बनेको त्यो पानी चाखे, तर यो कहाँबाट आएको भन्‍ने उनलाई थाहा थिएन (तर पानी भर्ने नोकरहरूलाई थाहा थियो) । तब उनले दुलहालाई बोलाए 10 र तिनलाई भने, “हरेक मानिसले असल दाखमद्य पहिले बाँड्छ, र उनीहरू मातेपछि सस्तो दाखमद्य बाँड्छन् । तर तिमीले त असल दखमद्य अझसम्म राखेका छौ ।” 11 गालीलको कानामा येशूले गर्नुभएको यो पहिलो चिह्न थियो, र उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो, अनि त्यसैले उहाँका चेलाहरूले उहाँलाई विश्‍वास गरे ।
  • यूह 4:45 : 45 जब उहाँ गालीलमा आउनुभयो, गालीलीहरूले उहाँलाई स्‍वागत गरे । यरूशलेमको चाडमा उहाँले गर्नुभएका सबै कुराहरू तिनीहरूले देखेका थिए, किनकि तिनीहरू पनि चाडमा गएका थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यूह 4:43-53
    11 पदहरू
    81%

    43दुई दिनपछि उहाँ त्‍यहाँबाट गालील प्रस्थान गर्नुभयो ।

    44किनकि येशू आफैँले घोषणा गर्नुभयो, कि अगमवक्‍तालाई उसको आफ्नै गाउँमा आदर गरिँदैन ।

    45जब उहाँ गालीलमा आउनुभयो, गालीलीहरूले उहाँलाई स्‍वागत गरे । यरूशलेमको चाडमा उहाँले गर्नुभएका सबै कुराहरू तिनीहरूले देखेका थिए, किनकि तिनीहरू पनि चाडमा गएका थिए ।

    46अब उहाँले पानीलाई दाखमद्यमा परिणत गर्नुभएको गालीलको काना सहरमा उहाँ फेरि आउनुभयो । त्यहाँ एक जना राजकीय अधिकारी थिए जसको छोरा कर्फनहुममा बिरामी थिए ।

    47जब येशू यहूदियाबाट गालील आउनुभएको तिनले सुने, तिनी येशूकहाँ गए र उहाँ आएर तिनका मर्न लागेका छोरालाई निको पारिदिनुहोस् भनी उहाँलाई बिन्‍ती गरे ।

    48तब येशूले तिनलाई भन्‍नुभयो, “चिह्न‍हरू र आश्‍चर्यकर्महरू नदेखेसम्‍म तिमीहरूले विश्‍वास गर्नेछैनौ ।”

    49ती अधिकारीले उहाँलाई भने, “महाशय, मेरो छोरो मर्नुअगावै आउनुहोस् ।”

    50येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिम्रो छोरा बाँच्‍छ ।” येशूले तिनलाई भन्‍नुभएको वचन तिनले विश्‍वास गरे, र तिनी आफ्नो बाटो लागे ।

    51तिनी जाँदै गर्दा, तिनका छोरो जीवित भए भन्दै तिनका नोकरहरूले तिनलाई भेटे ।

    52यसकारण, उसको सुधार कति बेलादेखि भएको थियो भनी तिनले तिनीहरूलाई सोधे । तिनीहरूले तिनलाई जवाफ दिए, “हिजो सातौँ घडीमा उसलाई ज्‍वरोले छोड्यो ।”

    53त्‍यसपछि यो येशूले “तिम्रो छोरा बाँच्‍छ” भन्‍नुभएको घडी थियो भन्‍ने ती बुबाले महसुस गरे । यसकारण तिनी र तिनका आफ्ना सम्‍पूर्ण घरानाले विश्‍वास गरे ।

  • 3उहाँ यहूदिया छोडेर गालीलतिर जानुभयो ।

  • यूह 2:11-12
    2 पदहरू
    75%

    11गालीलको कानामा येशूले गर्नुभएको यो पहिलो चिह्न थियो, र उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो, अनि त्यसैले उहाँका चेलाहरूले उहाँलाई विश्‍वास गरे ।

    12यसपछि येशू, उहाँकी आमा, उहाँका भाइहरू, उहाँका चेलाहरू कर्फनहुममा झरे, र त्यहाँ उनीहरू केही दिनसम्म बसे ।

  • यूह 6:1-2
    2 पदहरू
    73%

    1¶ यी कुराहरूपछि येशू गालील समुद्र अर्थात् तिबेरियास समुद्रको पारिपट्टि जानुभयो ।

    2एउटा ठुलो भिडले उहाँलाई पच्छ्याइरहेको थियो, किनकि बिरामी मानिसहरूमा उहाँले गरिरहनुभएको चिह्न‍हरू तिनीहरूले देखेका थिए ।

  • 40उहाँ फेरि यूहन्‍नाले पहिलो पटक बप्‍तिस्‍मा दिएको ठाउँ यर्दनको पारिपट्टि जानुभयो र उहाँ त्यहीँ रहनुभयो ।

  • 7यसपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “फेरि यहूदियातिर जाऔँ ।”

  • यूह 2:1-2
    2 पदहरू
    71%

    1¶ तिन दिनपछि गालीलको कानामा एउटा विवाह थियो, र येशूकी आमा त्यहाँ थिइन् ।

    2विवाहमा येशू र उहाँका चेलाहरूलाई निम्तो दिइएको थियो ।

  • यूह 21:1-2
    2 पदहरू
    71%

    1¶ यी कुराहरूपछि येशू आफैँ फेरि तिबेरियास समुद्रमा चेलाहरूकहाँ देखा पर्नुभयो, उहाँ यसरी देखा पर्नुभयो ।

    2सिमोन पत्रुस, दिदुमस भनिने थोमा, गालीलको कानाका नथानेल, जब्दियाका छोराहरू, र येशूका अरू दुई चेलासँगै थिए ।

  • 14जब मानिसहरूले उहाँले गर्नुभएका यी चिह्न‍हरू देखे, तिनीहरूले भने, “उहाँ साँच्‍चै यो संसारमा आउनुपर्ने अगमवक्‍ता हुनुहुन्छ ।”

  • 54जब उहाँहरू डुङ्गाबाट ओर्लनुभयो, तिनीहरूले उहाँलाई तुरुन्तै चिने ।

  • 14त्यसपछि पवित्र आत्माको शक्‍तिद्वारा येशू गालीलमा फर्कनुभयो र उहाँको विषयमा भएको खबर वरिपरिका सबै क्षेत्रहरूमा फैलियो ।

  • 34जब उहाँहरूले समुद्र पार गर्नुभयो, उहाँहरू गनेसरेतको भूमिमा आइपुग्‍नुभयो ।

  • 18यही कारणले गर्दा पनि भिडहरू उहाँलाई भेट्न गए, किनकि उहाँले यो चिह्न‍ गर्नुभयो भन्‍ने तिनीहरूले सुने ।

  • 23उहाँ निस्तार-चाडको अवधिभर यरूशलेममा हुनुहुन्थ्यो । उहाँले गर्नुभएको चिह्न‍हरू देखेर धेरै जनाले उहाँको नाउँमा विश्‍वास गरे ।

  • 1¶ जब येशूले यी कुराहरू भनेर सिद्ध्यानुभयो, उहाँ गालीलबाट निस्कनुभयो, र यर्दन नदीको पारि यहूदियाको सिमानासम्म आउनुभयो ।

  • 25गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिबाट आएको ठुलो भिड उहाँको पछि लाग्यो ।

  • 22त्यसपछि येशू र उहाँका चेलाहरू यहूदियामा जानुभयो । त्यहाँ उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो र बप्‍तिस्मा दिनुभयो ।

  • 54तब येशू आफ्नै नगरमा प्रवेश गर्नुभयो अनि मानिसहरूलाई तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो । परिणामचाहिँ यस्तो भयो, कि तिनीहरू आश्‍चर्य चकित भए र भने, “यी मानिसले उनको ज्ञान र आश्‍चर्यकर्महरू कहाँबाट पाउँछन्?

  • 30तिनीहरू सहरबाट उहाँकहाँ आए ।

  • 7तब येशू उहाँका चेलाहरूसँग समुद्रतिर जानुभयो, अनि जब तिनीहरूले उहाँले गरिरहनुभएका सबै कुरा सुने तब गालील, यहूदिया,

  • 54येशू यहूदीहरू माझ खुलमखुला हिँड्‍डुल गर्नुभएन, तर उहाँ त्यहाँबाट उजाड-स्थान नजिकैको गाउँमा रहेको एफ्राइम भनिने सहरमा जानुभयो । त्यहाँ उहाँ चेलाहरूसँग बस्‍नुभयो ।

  • 12अनि जब यूहन्‍ना पक्राउमा परेको येशूले सुन्‍नुभयो, उहाँ गालीलमा फर्कनुभयो ।

  • 21येशू फेरि डुङ्गा चढेर पारिपट्टि पुग्‍नुभयो र उहाँ समुद्रको छेउमा हुनुहुँदा उहाँको वरिपरि एउटा ठुलो भिड भेला भयो ।

  • 4जब येशूले यो सुन्‍नुभयो, उहाँले भन्‍नुभयो, “यस बिरामीले मृत्युमा पुर्‍याउँदैन, तर बरु यो परमेश्‍वरको महिमाको निम्ति हो, ताकि परमेश्‍वरका पुत्र यसद्वारा महिमित हुन सकून् ।”

  • 1¶ उहाँ त्यहाँबाट जानुभयो र आफ्नो गाउँमा आउनुभयो, अनि चेलाहरूले उहाँलाई पछ्याए ।

  • 17जब येशू आउनुभयो, लाजरसलाई चिहानमा राखेको चार दिन भइसकेको उहाँले पाउनुभयो ।

  • 5त्‍यसैले, उहाँ याकूबले आफ्नो छोरा योसेफलाई दिएका जग्‍गाको टुक्रा नजिक रहेको सामरियाको सुखार भनिने एउटा सहरमा आउनुभयो ।

  • 4येशूले उत्तर दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले जे देखेका र सुनेका छौ, गएर यूहन्‍नालाई बताइदेओ ।

  • 45त्यसपछि मरियमकहाँ आएका र येशूले जे गर्नुभयो सो दखेका धेरै यहूदीहरूले उहाँमा विश्‍वास गरे ।

  • 30यस पुस्तकमा नलेखिएका अरू धेरै चिन्हहरू येशूले चेलाहरूको उपस्थितिमा गर्नुभयो,

  • 45तर त्यो व्‍यक्‍ति गयो र सबैलाई भन्‍न थाल्यो अनि कुरा यति धेरै फैलियो, कि येशू कुनै पनि सहरमा खुलमखुला जान सक्‍नुभएन । यसकारण, उहाँ एकान्त ठाउँहरूमा बस्‍नुभयो, र मानिसहरू उहाँकहाँ आए ।

  • 15त्यो मानिस गयो र त्यसलाई स्वस्थ बनाउने येशू हुनुहुँदोरहेछ भनी त्यसले यहूदीहरूलाई बतायो ।

  • 11त्यसको केही समयपछि येशू नाइन भन्‍ने सहरमा यात्रा गरिरहनुभएको थियो । मानिसहरूको एउटा ठुलो भिडसँगै उहाँका चेलाहरू पनि उहाँसँगै थिए ।

  • 22यो चंगाइको आश्‍चर्यकर्म अनुभव गर्ने मानिस चालिस वर्षभन्दा माथिका थिए ।

  • 29येशूले त्यो ठाउँ छोड्नुभयो र गालील समुद्रको नजिक जानुभयो । त्यसपछि उहाँ डाँडामाथि जानुभयो र त्यहीँ बस्‍नुभयो ।

  • 13फेरि उहाँ तालको छेउ भएर जानुभयो र सबै भिड उहाँकहाँ आए र उहाँले तिनीहरूलाई सिकाउनुभयो ।