यूहन्ना 3:25
त्यहाँ यूहन्नाका केही चेलाहरू र एक जना यहूदीबिच विधिवत् शुद्धिकरणको विषयमा विवाद भयो ।
त्यहाँ यूहन्नाका केही चेलाहरू र एक जना यहूदीबिच विधिवत् शुद्धिकरणको विषयमा विवाद भयो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
26तिनीहरू यूहन्नाकहाँ गए, तिनलाई भने “गुरुज्यू, हेर्नुहोस्, यर्दन नदीको पारिपट्टि तपाईंसँग हुनुहुने र तपाईंले गवाही दिनुभएको व्यक्तिले बप्तिस्मा दिइरहनुभएको छ र तिनीहरू सबै उहाँकहाँ गइरहेका छन् ।”
24ती पठाइएकाहरू फरिसीहरूबाटका थिए ।
25तिनीहरूले उनलाई सोधे र भने, “तिमी न ख्रीष्ट, न एलिया, न अगमवक्ता नै हौ भने किन बप्तिस्मा दिन्छौ?”
26अनि यूहन्नाले तिनीहरूलाई यसो भनेर जवाफ दिए, “म पानीले बप्तिस्मा दिन्छु । तर तिमीहरूका माझमा तिमीहरूले नचिनेको कोही खडा हुनुहुन्छ,
22त्यसपछि येशू र उहाँका चेलाहरू यहूदियामा जानुभयो । त्यहाँ उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो र बप्तिस्मा दिनुभयो ।
23अहिले यूहन्नाले पनि सालीम नजिकैको एनोनमा बप्तिस्मा दिइरहेका थिए, किनभने त्यहाँ धेरै पानी थियो । मानिसहरू उनीकहाँ आइरहेका थिए, र तिनीहरूले बप्तिस्मा लिँदै थिए ।
24किनकि यूहन्ना यस बेलासम्म झ्यालखानामा परेका थिएनन् ।
3उहाँले जवाफ दिएर भन्नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु ।
4यूहन्नाको बप्तिस्माको बारेमा मलाई बताओ । यो स्वर्गबाट थियो कि मानिसहरूबाट?”
18यूहन्नाका चेलाहरूले उहाँलाई यी सबै कुराहरूको बारेमा बताइदिए ।
19तब यूहन्नाले आफ्ना दुई जना चेलाहरूलाई बोलाएर प्रभुकहाँ यसो भनी पठाए, “के हामीले खोजी राखेको आउनेवाला व्यक्ति तपाईं नै हुनुहुन्छ वा अर्को कुनै छ?
20जब तिनीहरू येशूको नजिक गए, तब तिनीहरूले यसो भने, बप्तिस्मा-दिने यूहन्नाले हामीलाई तपाईंकहाँ यसो भनी पठाए, “के हामीले खोजी राखेको आउनेवाला व्यक्ति तपाईं नै हुनुहुन्छ वा अर्को कुनै छ?”
19यहूदीहरूले यरूशलेमबाट पुजारीहरू र लेवीहरूलाई “तिमी को हौ?” भनी सोध्न पठाउँदा यूहन्नाको गवाही यही हो ।
13त्यसपछि यूहन्नाबाट बप्तिस्मा लिनको निम्ति येशू गालीलबाट यर्दन नदीमा आउनुभयो ।
14तर यूहन्नाले यसो भन्दै उहाँलाई रोक्न खोजिरहे, “मैले पो तपाईंबाट बप्तिस्मा लिनुपर्नेमा के तपाईंचाहिँ म कहाँ आउनुहुन्छ?”
15येशूले जवाफ दिँदै तिनलाई यसो भन्नुभयो, “अहिलेलाई यस्तै हुन देऊ, किनकि सबै धार्मिकता पुरा गर्नु हाम्रो निम्ति उपयुक्त छ ।” तब यूहन्नाले उहाँलाई बप्तिस्मा लिन दिए ।
30यूहन्नाको बप्तिस्मा स्वर्गबाट भएको हो कि मानिसहरूबाट भएको हो? मलाई जवाफ देओ ।”
25यूहन्नाको बप्तिस्मा कहाँबाट आएको हो? स्वर्गबाट हो या मानिसहरूबाट?” तिनीहरूले एक आपसमा यस्तो भन्दै छलफल गरे, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने, उसले हामीलाई ‘त्यसो भए, तिमीहरूले उनलाई किन विश्वास गरेनौ?’ भनेर भन्नेछन् ।
1¶ अब जब यूहन्नाले भन्दा येशूले धेरै चेलाहरू बनाउँदै हुनुहुन्थ्यो र बप्तिस्मा दिँदै हुनुहुन्थ्यो भनी फरिसीहरूले सुने भन्ने उहाँले थाहा गर्नुभयो,
2(यद्यपि येशू आफैँले बप्तिस्मा दिँदै हुनुहुन्नथ्यो, तर उहाँका चेलाहरूले बप्तिस्मा दिँदै थिए)
3उहाँ यहूदिया छोडेर गालीलतिर जानुभयो ।
3पावलले भने, “त्यसो भए तिमीहरूले केमा बप्तिस्मा लियौ त?” तिनीहरूले भने, “यूहन्नाको बप्तिस्मामा ।”
55अब यहूदीहरूको निस्तार-चाड नजिकै थियो र धेरै जना आफैँलाई शुद्ध पार्न गाउँहरूबाट निस्तार-चाड अगि नै यरूशलेम गए ।
28यर्दनको पारिपट्टि बेथानियामा यी कुराहरू गरिएका थिए, जहाँ यूहन्नाले बप्तिस्मा दिइरहेका थिए ।
5त्यसपछि यरूशलेम, सारा यहूदिया र यर्दन नदी वरपरका सबै क्षेत्रका मानिसहरू उनीकहाँ आए ।
6तिनीहरूले आ-आफ्ना पाप स्वीकार गर्दै यर्दन नदीमा बप्तिस्मा लिए ।
15तब मानिसहरूले ख्रीष्ट आउनुहुन्छ भनेर उत्सुकतासाथ प्रतीक्षा गरिरहेका थिए, कतै यूहन्ना नै पो ख्रीष्ट हुन् कि भनेर हरेकको मनमा दोधार भइरहेको थियो ।
16यूहन्नाले तिनीहरू सबैलाई जवाफ दिए, “म तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु, तर मभन्दा अर्का शक्तिशाली व्यक्ति आउनुहुन्छ, जसको जुत्ताको फित्ता फुकाल्न पनि म योग्यको छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ ।
35फेरि अर्को दिन यूहन्ना आफ्ना दुई जना चेलासँग उभिरहँदा,
1¶ ती दिनमा बप्तिस्मा-दिने यूहन्ना यहूदियाको उजाड-स्थानमा यसो भनेर प्रचार गर्दै आए,
4यूहन्ना उजाड-स्थानमा बप्तिस्मा दिँदै र पाप-क्षमाको निम्ति पश्चात्तापको बप्तिस्माको प्रचार गर्दै आए ।
5यहूदियाको पुरै इलाकाबाट र यरूशलेमका सबै मानिस तिनीकहाँ गए । तिनीहरूले आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्तिस्मा लिए ।
2अनि जब यूहन्नाले झ्यालखानाबाट ख्रीष्टले गर्नुभएका कामहरूको बारेमा सुने, उनले आफ्ना चेलाहरूद्वारा एउटा खबर पठाए,
3र उनलाई भने, “के आउनुहुनेवाला तपाईं नै हुनुहुन्छ, वा कोही अर्कै मानिस हुनुहुन्छ जसको हामीले प्रतीक्षा गर्नुपर्छ?”
14त्यसपछि बप्तिस्मा-दिने यूहन्नाका चेलाहरू उहाँकहाँ आए, र भने, “किन हामी र फरिसीहरू प्रायः उपवास बस्तछौँ, तर तपाईंका चेलाहरू उपवास बस्दैनन्?”
40उहाँ फेरि यूहन्नाले पहिलो पटक बप्तिस्मा दिएको ठाउँ यर्दनको पारिपट्टि जानुभयो र उहाँ त्यहीँ रहनुभयो ।
3उनले पाप क्षमाका निम्ति बप्तिस्माको प्रचार गर्दै यर्दन नदी वरपरिका क्षेत्रहरूमा प्रचार गर्दै हिँडे ।
24येशू आउनुभन्दा अगाडि नै यो हुन थाल्यो, जब यूहन्नाले पहिला इस्राएलका सबै मानिसहरूलाई पश्चात्तापको बप्तिस्माको बारेमा घोषणा गरे ।
9ती दिनहरूमा यसो भयो, कि येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्नाद्वारा यर्दन नदीमा बप्तिस्मा लिनुभयो ।
29जब सबै मानिसहरूले यो सुने, तब कर उठाउनेहरूसमेत, तिनीहरूले यो घोषणा गरे कि परमेश्वर धर्मी हुनुहुन्छ, जसले बप्तिस्मा-दिने यूहन्नासँगै बप्तिस्मा लिएका थिए ।
12त्यसपछि केही कर उठाउनेहरू पनि उनीकहाँ बप्तिस्मा लिन आए र भने, “गुरु, हामीले के गर्ने नि?”
13अनि उहाँले बप्तिस्मा-दिने यूहन्नाको विषयमा तिनीहरूसँग बोलिरहनुभएको थियो भन्ने कुरा चेलाहरूले बुझे ।
31म उहाँलाई चिन्दिनथेँ, तर उहाँलाई इस्राएलीहरूप्रति प्रकट गराउन सकियोस् भनी म पानीले बप्तिस्मा दिँदै आएँ ।”
9त्यसपछि सामरी स्त्रीले उहाँलाई भनिन्, “तपाईं एक जना यहूदी भएर पनि म एउटी सामरी स्त्रीसँग कसरी पिउने कुरा माग्नुभएको?” किनकि यहूदीहरूले समारीहरूसँग कुनै किसिमको लेनदेन गर्दैनन् ।
18यूहन्नाका चेलाहरू र फरिसीहरू उपवास बसिरहेका थिए । केही मानिसहरू आए र उहाँलाई भने, “यूहन्नाका चेलाहरू र फरिसीका चेलाहरू उपवास बस्छन्, तर तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?”
33मैले उहाँलाई चिन्दिनथेँ, तर पानीमा बप्तिस्मा दिन पठाउनुहुनेले मलाई भन्नुभयो, ‘तिमीले जसमाथि पवित्र आत्मा ओर्लिरहनुभएको र उहाँमाथि रहनुभएको देख्छौ, पवित्र आत्माले बप्तिस्मा दिनुहुने उहाँले नै हुनुहुन्छ ।’
3किनभने यी मानिस तिनै हुन् जसको बारेमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो, “उजाड-स्थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझा बनाओ’ ।”
22तब तिनीहरूले उनलाई भने, “तिमी को हौ, ताकि हामीलाई पठाउनेहरूलाई हामीले जवाफ दिन सकौँ? तिमी आफ्नै बारेमा के भन्छौ?”
5फरिसी र शास्त्रीहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन धार्मिक अगुवाहरूको परम्पराअनुसार चल्दैनन्, किनकि तिनीहरूले आफ्ना हात नधोई रोटी खान्छन्?”
14जब उहाँ चेलाहरूकहाँ आउनुभयो, उहाँले तिनीहरूका वरिपरि ठुलो भिड देख्नुभयो, र शास्त्रीहरूले तिनीहरूसँग बहस गरिरहेका थिए ।