१ यूहन्ना 4:20
कसैले “म परमेश्वरलाई प्रेम गर्छु” भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने, त्यो झुटो हो, किनकि त्यसले देखेको आफ्नो भाइलाई प्रेम गर्दैन भने त्यसले नदेखेको परमेश्वरलाई प्रेम गर्न सक्दैन ।
कसैले “म परमेश्वरलाई प्रेम गर्छु” भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने, त्यो झुटो हो, किनकि त्यसले देखेको आफ्नो भाइलाई प्रेम गर्दैन भने त्यसले नदेखेको परमेश्वरलाई प्रेम गर्न सक्दैन ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
21अनि उहाँबाटको यो आज्ञा हामीसँग छ, कि जसले परमेश्वरलाई प्रेम गर्छ, त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ ।
7प्रिय हो, एक अर्कालाई प्रेम गरौँ, किनकि प्रेम परमेश्वरको हो, र हरेक जसले प्रेम गर्छ, त्यो परमेश्वरबाट जन्मेको हो र त्यसले परमेश्वरलाई चिन्छ ।
8जसले प्रेम गर्दैन, त्यसले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ ।
9यसैमा परमेश्वरको प्रेम हामीहरूमाझ प्रकट भएको छ, कि जसद्वारा हामी जिउन सकौँ भनेर परमेश्वरले संसारमा उहाँका एक मात्र पुत्र पठाउनुभएको छ ।
10यसैमा उहाँको प्रेम छ, हामीले परमेश्वरलाई प्रेम गरेकाले होइन, तर उहाँले हामीलाई प्रेम गर्नुभएको छ, अनि हाम्रा पापहरूका लागि प्रायश्चित्त हुन उहाँका पुत्र पठाउनुभयो ।
11प्रिय हो, परमेश्वरले हामीलाई यति धेरै प्रेम गर्नुभयो भने हामीले पनि एक अर्कालाई प्रेम गर्नुपर्छ ।
12परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन । यदि हामी एक अर्कालाई प्रेम गर्छौं भने परमेश्वर हामीमा रहनुहुन्छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ ।
10यसैमा परमेश्वरका सन्तानहरू र शैतानका सन्तानहरू प्रकट गरिन्छन् । जसले धार्मिकता गर्दैन त्यो परमेश्वरको होइन, न आफ्नो भाइलाई प्रेम नगर्ने नै हो ।
11तिमीले सुरुदेखि सुनेको सन्देश यही नै हो, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ ।
12कयिनजस्तो होइन जो दुष्टको थियो र त्यसले आफ्नो भाइलाई मार्यो । अनि उसले आफ्नो भाइको हत्या किन गर्यो? किनकि उसका कामहरू दुष्ट थिए र उसको भाइका काम धार्मिक थिए ।
13मेरा भाइहरू, यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने तिमीहरू अचम्म नमान ।
14हामी जान्दछौँ, कि हामी मृत्यु पार गरेर जीवनमा सरेका छौँ, किनकि हामी दाजुभाइहरूलाई प्रेम गर्छौं । जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहन्छ ।
15जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो हत्यारा हो । अनि तिमीहरू जान्दछौ, कि कुनै पनि हत्यारासँग अनन्त जीवन हुँदैन ।
16यसैद्वारा हामी प्रेम थाहा पाउँछौँ, किनकि ख्रीष्टले हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो । हामीले पनि हाम्रा दाजुभाइहरूका निम्ति हाम्रो जीवन दिनुपर्छ ।
17तर जससँग संसारका थोकहरू छन्, जसले आफनो भाइ खाँचोमा परेको देखेर पनि दयाको हृदय त्यसबाट बन्द गर्छ भने कसरी परमेश्वरको प्रेम त्यसमा रहन्छ?
18मेरा प्रिय बालकहरूल हो, हामी वचन र मुखले मात्र प्रेम नगरौँ, तर सत्यता र कामले प्रेम गरौँ ।
9जसले ज्योतिमा छु भन्छ र आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझ पनि अन्धकारमा नै छ ।
10जसले आफ्नो भाइलाई प्रेम गर्छ त्यो ज्योतिमा रहन्छ, र त्यसलाई ठेस लाग्ने कुनै अवसर हुँदैन ।
11तर जसले आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझै अन्धकारमा नै हुन्छ र अन्धकारमा हिँड्छ । त्यो कहाँ गइरहेको छ भनी त्यसलाई थाहा पाउँदैन, किनभने अन्धकारले त्यसको आँखा अन्धो तुल्याएको छ ।
16अनि हामीप्रति परमेश्वरले गर्नुभएको प्रेमलाई हामीले जानेका छौँ र विश्वास गरेका छौँ । परमेश्वर प्रेम हुनुहुन्छ र जो प्रेममा रहन्छ, त्यो परमेश्वरमा रहन्छ, र परमेश्वर त्यसमा रहनुहुन्छ ।
17न्यायको दिनमा हामीमा दृढता होस् भनेर यसैमा प्रेम हामीमाझ सिद्ध बनाइएको छ, किनभने उहाँ जस्तो हुनुहुन्छ, हामी यस संसारमा त्यस्तै छौँ ।
18प्रेममा कुनै डर हुँदैन । तर सिद्ध प्रेमले डरलाई हटाउँछ, किनभने डरले दण्डसँग सरोकार राख्छ । तर जो डराउँछ, त्यो प्रेममा सिद्ध बनाइएको हुँदैन ।
19हामी प्रेम गर्दछौँ, किनभने परमेश्वरले हामीलाई पहिले प्रेम गर्नुभयो ।
4जसले “म परमेश्वरलाई चिन्छु “ भन्छ, तर उहाँको आज्ञा पालन गर्दैन भने त्यो झुटो हो, र त्यसमा सत्य हुँदैन ।
5तर जसले उहाँको वचन पालन गर्छ, साँच्चै त्यो व्यक्ति परमेश्वरको प्रेमले सिद्ध भएको हुन्छ । हामी उहाँमा छौँ भन्ने हामी यसैद्वारा थाहा पाउनेछौँ ।
6परमेश्वरमा रहन्छु भन्ने व्यक्ति आफैँ पनि येशू ख्रीष्ट जिउनु भएझैँ जिउनुपर्छ ।
22सत्यताको आज्ञाकारिताद्वारा निष्कपट भातृ-प्रेमको निम्ति तिमीहरूले आफ्नो प्राण शुद्ध बनायौ । त्यसैले, आफ्नो हृदयबाट एक-अर्कालाई प्रेम गर ।
15संसारलाई प्रेम नगर, न त संसारमा भएका थोकहरूलाई नै । कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्यसमा हुँदैन ।
1¶ जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्छ, त्यो परमेश्वरबाट जन्मेको हुन्छ । र जसले पितालाई प्रेम गर्छ, त्यसले उहाँबाट जन्मनुहुनेलाई पनि प्रेम गर्छ ।
2जब हामी परमेश्वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं, यसैद्वारा हामी परमेश्वरका सन्तानहरूलाई प्रेम गर्छौं भनी जान्दछौँ ।
10यदि हामीले पाप गरेका छैनौँ भन्छौँ भने हामीले उहाँलाई झुटा तुल्याउँछौँ, र उहाँको वचन हामीमा हुँदैन ।
35यदि तिमीहरूले एकले अर्कालाई प्रेम गर्यौ भने यसैद्वारा तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले जान्नेछन् ।
9भाइहरूप्रतिको प्रेमको विषयमा तिमीहरूलाई कसैले केही लेख्न जरुरी छैन । एक अर्कोलाई प्रेम गर्ने विषयमा तिमीहरू परमेश्वरबाट सिकाइएका छौ ।
11भाइहरू हो, एक अर्काको विरुद्धमा नबोल । कुनै एक जना भाइको विरुद्धमा बोल्ने वा आफ्नो भाइको न्याय गर्ने व्यक्तिले व्यवस्थाको विरुद्धमा बोल्दछ र व्यवस्थाको न्याय गर्दछ । यदि तिमीहरू व्यवस्थाको न्याय गर्दछौ भने, तिमीहरू व्यवस्थालाई पालन गर्नेहरू हुँदैनौ, तर न्यायकर्ता पो हुन्छौ ।
42तर म जान्दछु, तिमीहरू आफैँमा परमेश्वरको प्रेम छैन ।
3तर यदि कसैले परमेश्वरलाई प्रेम गर्छ भने त्यो व्यक्ति उहाँद्वारा चिनिएको हुन्छ ।
10जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ त्यो आफैँसँग गवाही हुन्छ । जसले परमेश्वरलाई विश्वास गर्दैन, त्यसले उहाँलाई झुटो बनाएको छ, किनभने परमेश्वरले उहाँका पुत्रको विषयमा दिनुभएको गवाहीलाई त्यसले विश्वास गरेको छैन ।
11किन? किनकि म तिमीहरूलाई प्रेम गर्दिनँ र? परमेश्वर जान्नुहुन्छ ।
17म तिमीहरूलाई यी कुराहरू आज्ञा गर्छुः कि तिमीहरूले एक अर्कालाई प्रेम गर्नेछौ ।
23अनि यो उहाँको आज्ञा हो, जस्तो उहाँले हामीलाई यो आज्ञा दिनुभयो, हामीले उहाँका पुत्र येशू ख्रीष्टको नाउँमा विश्वास गर्नुपर्छ र एक अर्कोलाई प्रेम गर्नुपर्छ ।
12यो मेरो आज्ञा हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरेँ तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर ।
6हामीले उहाँसँग सगङ्ति गर्छौं भनी भन्छौँ र अन्धकारमा हिँड्छौँ भने, हामी झुट बोल्छौँ र सत्य व्यवहार गर्दैनौँ ।
11प्रिय, जे खराब छ त्यसको अनुकरण नगर, तर जे असल छ त्यसको अनुरण गर । जसले असल गर्दछ त्यो परमेश्वरको हो; जसले दुष्ट कर्म गर्छ त्यसले परमेश्वरलाई देखेको छैन ।
24जसले मलाई प्रेम गर्दैन, त्यसले मेरो वचन पालन गर्दैन । तिमीहरूले सुनेका वचन मबाट आएको होइन, तर पिताबाट आएको हो जसले मलाई पठाउनुभयो ।
7तिमीहरूको ईश्वरभक्तिद्वारा भातृ-स्नेह, र भातृ-स्नेहद्वारा प्रेम ।
23जसले मलाई घृणा गर्छ, त्यसले मेरा पितालाई पनि घृणा गर्छ ।
23त्यसकारण, यदि तिमीले वेदीमा आफ्नो भेटी चढाउँदै गर्दा तिम्रो भाइसँग तिम्रो विरुद्धमा केही कुरा छ भन्ने कुरा तिमीलाई याद आयो भने,
8यदि हामीले हामीसँग पाप छैन भन्छौँ भने, हामीले आफैँलाई धोका दिन्छौँ, र हामीसँग सत्य हुँदैन ।
17आफ्नो हृदयमा आफ्नो भाइको निम्ति घृणा नराख्नू । आफ्नो छिमेकीसँगै पाप नगर्नको निम्ति उसलाई इमानदार भएर हप्काउनू ।
16यदि कसैले त्यसको भाइले मृत्युमा नपुर्याउने पाप गरिरहेको देख्छ भने त्यसले प्रार्थना गर्नुपर्छ, र मृत्युमा नपुर्याउने पाप गर्ने त्यसलाई परमेश्वरले क्षमा दिनुहुनेछ । मृत्युमा पुर्याउने पाप छ । त्यसले त्यसबारे बिन्ती चढाउनुपर्छ भनी म भन्दिनँ ।