१ यूहन्ना 1:8

अनलक शाब्दिक बाइबल

यदि हामीले हामीसँग पाप छैन भन्‍छौँ भने, हामीले आफैँलाई धोका दिन्छौँ, र हामीसँग सत्य हुँदैन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ यूह 2:4 : 4 जसले “म परमेश्‍वरलाई चिन्छु “ भन्‍छ, तर उहाँको आज्ञा पालन गर्दैन भने त्‍यो झुटो हो, र त्‍यसमा सत्‍य हुँदैन ।
  • याक 3:2 : 2 किनकि हामी धेरै किसिमले ठेस खान्छौँ । यदि कोही वचनमा ठक्‍कर खाँदैन भने, ऊ पूर्ण रूपमा परिपक्‍व मानिस हो, जसले उसको सारा शरीरलाई नै नियन्‍त्रण गर्न सक्छ ।
  • अय्यू 15:14 : 14 मानिस के हो र ऊ शुद्ध हुनुपर्‍यो? स्‍त्रीबाट जन्मेको मानिस को हो जो धर्मी हुनुपर्‍यो?
  • यशा 53:6 : 6 हामी सबै बह्रालिएका भेडाहरूजस्ता छौं । हामी प्रत्‍येक आ-आफ्नै मार्गतिर लागेका छौं र परमप्रभुले हामी सबैको अधर्म उसमाथि राख्‍नुभएको छ ।
  • रोमी 3:23 : 23 किनकि सबैले पाप गरेका छन् र परमेश्‍वरको महिमासम्म पुग्‍न चुकेका छन् ।
  • नीति 20:9 : 9 कसले भन्‍न सक्छ, “मैले मेरो हृदय शुद्ध राखेको छु । म मेरो पापबाट सफा छु?”
  • उप 7:20 : 20 पृथ्वीमा भलाइ गर्ने र कहिल्यै पाप नगर्ने धर्मी मानिस छैन ।
  • अय्यू 25:4 : 4 तब कसरी मानिस परमेश्‍वरसित धर्मी ठहरिन सक्छ त? स्‍त्रीबाट जन्मेको मानिस कसरी उहाँको सामु शुद्ध, ग्रहणयोग्य हुन सक्छ?
  • भजन 143:2 : 2 तपाईंको सेवकलाई इन्‍साफमा नपार्नुहोस्, किनकि तपाईंको दृष्‍टिमा कोही पनि धर्मी छैन ।
  • १ राजा 8:46 : 46 पाप नगर्ने कोही नभएकोले तिनीहरूले तपाईंको विरुद्धमा पाप गरेका छन्, र तपाईं तिनीहरूसित रिसाउनुभई तिनीहरूलाई शत्रुको हातमा सुम्पिदिनुभएको छ र शत्रुहरूले तिनीहरूलाई तिनीहरूको देशबाट धेरै टाढाको देशमा निर्वासनमा लगेका छन्,
  • २ इति 6:36 : 36 जब तिनीहरूले तपाईंको विरुद्धमा पाप गर्छन्‌— किनकि पाप नगर्ने एक जना पनि छैन— र तिनीहरूसँग तपाईं रिसाउनुहुन्‍छ र तिनीहरूलाई कुनै शत्रुको हातमा सुम्‍पिनुहुन्‍छ, ताकि शत्रुहरूले तिनीहरूलाई लान्‍छन् र तिनीहरूलाई आफ्‍नो देशमा, टाढा वा नजिक कैद गरेर लान्‍छन् ।
  • गलाती 6:3 : 3 किनकि यदि कसैले आफू कुनै महत्त्वको नहुँदा नहुँदै पनि केही हुँ भनी ठान्दछ भने, त्यसले आफैँलाई धोका दिन्छ ।
  • १ तिमो 6:5 : 5 भ्रष्‍ट वुद्धि भएका मानिसहरूले बीचमा वादविवाद उत्‍पन्‍न गराउँछन् । तिनीहरू सत्यताबाट टाढा जान्‍छन् । तिनीहरू भक्तिलाई धनी हुने बाटो सम्‍झन्‍छन ।
  • अय्यू 14:4 : 4 अशुद्ध कुराबाट कसले शुद्ध कुरा ल्याउन सक्छ र? कसैले सक्दैन ।
  • १ कोरि 3:18 : 18 कसैले आफैँलाई धोका नदेओस् । यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगमा बुद्धिमान् सम्झन्छ भने त्यसले आफूलाई “मूर्ख” सम्झोस्, र त्यो बुद्धिमान् हुनेछ ।
  • १ यूह 3:5-6 : 5 पापहरू हटाई लानलाई नै ख्रीष्‍ट प्रकट हुनुभयो भन्‍ने तिमीहरू जान्दछौ, र उहाँमा कुनै पाप छैन । 6 उहाँमा रहनेले पाप गर्दैन । पाप गर्नेले न उहाँलाई देखेको छ न चिनेको नै हुन्छ ।
  • २ यूह 1:2 : 2 हामीभित्र जुन सत्यता छ र हामीसँग सदासर्वदा रहनेछ त्यही सत्यताले गर्दा प्रेम गर्छौं ।
  • ३ यूह 1:3 : 3 किनकी जसरी तिमी सत्यमा हिँड्छौ त्यस्तै जब भाइहरू आएर तिम्रो सत्यताप्रति गवाही दिए म अति आनन्दित भएँ ।
  • २ तिमो 3:13 : 13 दुष्‍ट मानिस र ठगाहाहरू अझ खराब हुनेछन्, तिनीहरूले अरूलाई पथभ्रष्‍ट बनाउँछन्, र आफू पनि अरूद्वारा पथभ्रष्‍ट पारिन्छन् ।
  • याक 1:22 : 22 आफैँलाई धोका दिने गरी वचन सुन्‍ने मात्र होइन, तर पालन पनि गर ।
  • याक 1:26 : 26 यदि कसैले आफैँलाई धार्मिक ठान्दछ, तर उसले आफ्नो जिब्रोलाई नियन्‍त्रण गर्दैन भने उसले आफ्‍नो हृदयलाई धोका दिन्छ र उसको धर्म व्यर्थको हुन्‍छ ।
  • २ पत्रु 2:13 : 13 आफैँले गरेका गलत कामहरूका परिणामले तिनीहरूलाई क्षति पुर्‍याउनेछ । तिनीहरू दिनमा आनन्दित रहन्छन् । तिनीहरू धब्बा र दागहरू हुन् । तिमीहरूसँग भोजमा बस्दा तिनीहरू आफ्ना छलमा आनन्द मनाउँछन् ।
  • १ यूह 1:6 : 6 हामीले उहाँसँग सगङ्‌ति गर्छौं भनी भन्‍छौँ र अन्धकारमा हिँड्छौँ भने, हामी झुट बोल्छौँ र सत्य व्यवहार गर्दैनौँ ।
  • १ यूह 1:10 : 10 यदि हामीले पाप गरेका छैनौँ भन्छौँ भने हामीले उहाँलाई झुटा तुल्‍याउँछौँ, र उहाँको वचन हामीमा हुँदैन ।
  • यशा 64:6 : 6 किनकि हामी सबै अशुद्धझैं भएका छौं र हाम्रा सबै धार्मिक कामहरू महिनावारीको कपडाझैं भएका छन् । हामी सबै पातहरू झैं ओइलाएका छौं । हावाले झैं हाम्रा अपराधहरूले हामीलाई उडाएर दलान्छन् ।
  • यिर्मि 2:22-23 : 22 तैंले आफैलाई नदीमा सफा गरिस् वा साबुनले धोइस् भने पनि, तेरो अधर्म मेरो सामु दागझैं छ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । 23 'म बिटुलो पारिएको छैनँ! म बाल देवताको पछि लागेको छैनँ' भनी तैले कसरी भन्‍न सक्छस्? तैंले उपत्यकाहरूमा के गरिस्, सो हेर् । तैंले गरेको कुरालाई विचार गर् । तँ यताउता कुदिहिंड्ने चञ्चल पोथी ऊँट हो,
  • अय्यू 9:2 : 2 “यो यस्‍तै हो भनी म साँच्‍चै जान्दछु । तर एक व्यक्ति कसरी परमेश्‍वसित ठिक हुन सक्छ?

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ यूह 1:9-10
    2 पदहरू
    93%

    9तर यदि हामीले आफ्ना पापहरू स्वीकार‍ गर्छौं भने उहाँ हामीलाई हाम्रा पापहरू क्षमा गर्न र सबै अधर्मबाट हामीलाई शुद्ध पार्न विश्‍वासयोग्य र धर्मी हुनुहुन्छ ।

    10यदि हामीले पाप गरेका छैनौँ भन्छौँ भने हामीले उहाँलाई झुटा तुल्‍याउँछौँ, र उहाँको वचन हामीमा हुँदैन ।

  • १ यूह 1:5-7
    3 पदहरू
    88%

    5हामीले उहाँबाट सुनेको वचन यही हो र हामी तिमीहरूलाई घोषणा गर्छौं, कि परमेश्‍वर ज्योति हुनुहुन्छ र उहाँमा कुनै अन्धकार छैन ।

    6हामीले उहाँसँग सगङ्‌ति गर्छौं भनी भन्‍छौँ र अन्धकारमा हिँड्छौँ भने, हामी झुट बोल्छौँ र सत्य व्यवहार गर्दैनौँ ।

    7तर उहाँ ज्योतिमा हुनुभएझैँ हामी ज्योतिमा हिँड्छौँ भने, हामी एक अर्कासँग सङ्‌गति गर्छौं, र उहाँका पुत्र येशू ख्रीष्‍टको रगतले हामीलाई हाम्रा सबै पापबाट शुद्ध पार्छ ।

  • १ यूह 3:3-10
    8 पदहरू
    78%

    3उहाँमा यो दृढता हुने हरेकले आफूलाई उहाँ जस्तो शुद्ध हुनुहुन्छ त्यस्तै शुद्ध पार्छ ।

    4पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्छ, पाप व्यवस्था भङ्ग हो ।

    5पापहरू हटाई लानलाई नै ख्रीष्‍ट प्रकट हुनुभयो भन्‍ने तिमीहरू जान्दछौ, र उहाँमा कुनै पाप छैन ।

    6उहाँमा रहनेले पाप गर्दैन । पाप गर्नेले न उहाँलाई देखेको छ न चिनेको नै हुन्छ ।

    7प्रिय बालकहरू हो, तिमीहरूलाई कसैले नबहकाओस् । जस्तो ख्रीष्‍ट धर्मिक हुनुहुन्छ त्यस्तै धार्मिकता गर्ने नै धर्मी हो ।

    8जसले पाप गर्छ, त्यो शैतानको हो, किनभने शैतानले सुरुदेखि नै पाप गरेको छ । यसैकारण, परमेश्‍वरको पुत्र प्रकट हुनुभयो, ताकि उहाँले शैतानका कामहरू नष्‍ट गर्नुभएको होस् ।

    9जो परमेश्‍वरबाट जन्मेको छ त्यसले पाप गर्दैन, किनकि परमेश्‍वरको स्वभाव त्यसमा रहन्छ, र उसले पाप गर्न सक्दैन, किनकि त्यो परमेश्‍वरबाट जन्मेको हो ।

    10यसैमा परमेश्‍वरका सन्तानहरू र शैतानका सन्तानहरू प्रकट गरिन्छन् । जसले धार्मिकता गर्दैन त्यो परमेश्‍वरको होइन, न आफ्नो भाइलाई प्रेम नगर्ने नै हो ।

  • १ यूह 5:17-19
    3 पदहरू
    76%

    17सबै अधार्मिकता पाप हो, तर मृत्युमा नपुर्‍याउने पाप पनि छ ।

    18हामी जान्दछौँ, कि जो परमेश्‍वरबाट जन्मेको छ त्यसले पाप गर्दैन; तर जो परमेश्‍वरबाट जन्मेको छ, परमेश्‍वरले त्यसलाई सुरक्षित राख्‍नुहुन्छ, र दुष्‍टले त्यसलाई छुँदैन ।

    19हामी जान्दछौँ, कि हामी परमेश्‍वरका हौँ, र सारा संसार दुष्‍टको नियन्‍त्रणमा परेको छ ।

  • 1¶ मेरा प्रिय बालकहरू हो, तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्‍छु । तर यदि कसैले पाप गर्छ भने हाम्रो निम्‍ति पितासँग वकालत गर्ने एक जना अर्थात् धर्मी येशू ख्रीष्‍ट हुनुहुन्छ ।

  • १ यूह 3:19-21
    3 पदहरू
    76%

    19यसैद्वारा हामी सत्यका हौँ भन्‍ने जान्दछौँ र हाम्रो हृदयलाई उहाँको सामुन्‍ने निश्‍चय गर्छौं ।

    20किनकि यदि हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने परमेश्‍वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सबै थोक जान्‍नुहुन्छ ।

    21प्रिय हो, यदि हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने हामी परमेश्‍वरप्रति दृढ छौँ ।

  • रोमी 3:9-10
    2 पदहरू
    75%

    9त्यसो भए के त? के हामी आफैँले आफ्‍नो सफाइ दिँदै छौँ? त्यसो नहोस्! किनकि यहूदीहरू र ग्रिकहरू सबै पापको अधीनमा थिए भनी हामीले पहिले नै दोष लगाइसकेका छौँ ।

    10यस्तो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन ।

  • १ यूह 2:3-6
    4 पदहरू
    75%

    3यदि हामीले उहाँको आज्ञा पालन गर्छौं भने यसैद्वारा हामी जान्दछौँ कि हामी उहाँलाई चिन्‍छौँ ।

    4जसले “म परमेश्‍वरलाई चिन्छु “ भन्‍छ, तर उहाँको आज्ञा पालन गर्दैन भने त्‍यो झुटो हो, र त्‍यसमा सत्‍य हुँदैन ।

    5तर जसले उहाँको वचन पालन गर्छ, साँच्‍चै त्‍यो व्‍यक्‍ति परमेश्‍वरको प्रेमले सिद्ध भएको हुन्छ । हामी उहाँमा छौँ भन्‍ने हामी यसैद्वारा थाहा पाउनेछौँ ।

    6परमेश्‍वरमा रहन्छु भन्‍ने व्यक्‍ति आफैँ पनि येशू ख्रीष्‍ट जिउनु भएझैँ जिउनुपर्छ ।

  • 41येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू अन्धा भएका भए तिमीहरूमा कुनै पाप हुने थिएन, तर तिमीहरू ‘हामीले देख्छौँ’ भन्छौ, त्यसैले तिमीहरूमा पाप रहन्छ ।

  • २ यूह 1:7-9
    3 पदहरू
    73%

    7किनकि धेरै छलीहरू संसारमा गएका छन्, जसले येशू शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैनन् । यो नै छली र ख्रीष्‍ट विरोधी हो ।

    8आफैँलाई हेर, कि तिमीले ती कुराहरू नगुमाऊ जसको लागि हामी सबैले परिश्रम गरेका छौँ, तर तिमीले पूरा इनाम पाउन सक ।

    9जो अगाडि बढिरहन्छ र ख्रीष्‍टको शिक्षामा रहँदैन त्यससँग परमेश्‍वर हुनुहुन्‍न । जो शिक्षामा रहन्छ योसँग पिता र पुत्र दुवै हुनुहुन्छ ।

  • 5हामीले पाप गरेका छौं र गलत काम गरेका छौं। हामीले दुष्‍टतापुर्वक काम गरेका छौं र तपाईंका आज्ञा र विधिहरूबाट तर्केर हामीले बागी भएका छौं।

  • २ कोरि 7:1-2
    2 पदहरू
    73%

    1¶ प्रियहरू, हामीसँग यी प्रतिज्ञाहरू भएका कारण हाम्रो शरीर र आत्मामा हामीलाई अशुद्ध पार्ने कुराहरूबाट आँफैलाई शुद्ध पारौँ । परमेश्‍वरको भयमा पवित्रतालाई पछ्याऔँ ।

    2हाम्रा निम्ति ठाउँ बनाओ! हामीले कसैको खराबी गरेका छैनौँ । हामीले कसैलाई हानि पुर्‍याएका छैनौँ, न त कसैको फाइदा नै लिएका छौँ ।

  • 6हामी परमेश्‍वरका हौँ । जसले परमेश्‍वरलाई चिन्छ, त्यसले हाम्रो कुरा सुन्छ । जो परमेश्‍वरका होइनन्, त्यसले हाम्रो कुरा सुन्दैन । यसैद्वारा हामी सत्यको आत्मा र झुटको आत्मालाई चिन्छौँ ।

  • यूह 3:20-21
    2 पदहरू
    72%

    20किनकि दुष्‍ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र त्यो ज्योतितर्फ आउँदैन, ताकि त्यसका कार्यहरू प्रकट नहोऊन् ।

    21तापनि सत्य काम गर्ने ज्योतिमा आउँछ, ताकि परमेश्‍वरमा गरिएका त्यसका कामहरू प्रकट होऊन् ।

  • 31तर यदि हामीले आफैँलाई जाँच गर्‍यौँ भने हामी न्यायमा पर्नेछैनौँ ।

  • 14उहाँका पुत्रमा हामीले उद्धार अर्थात् पापको क्षमा पाएका छौँ ।

  • 8किनकि हामी सत्यको विरुद्ध केही पनि गर्न सक्दैनौ, केवल सत्यको निम्ति मात्र गर्न सक्छौँ ।

  • 3जुन हामीले देखेका र सुनेका छौँ, हामी तिमीहरूलाई पनि घोषणा गर्छौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस् । हाम्रो सङ्गति पिता र उहाँको पुत्र येशू ख्रीष्‍टसँग हुन्छ ।

  • 12किनकि हाम्रा धेरै अपराधहरू तपाईंका सामु छन् र हाम्रा पापहरूले हाम्रा विरुद्धमा गवाही दिन्छन् । किनकि हाम्रा अपराधहरू हामीसँग छन् र हामी आफ्‍ना पापहरू जान्दछौं।

  • 21उहाँले ख्रीष्‍टलाई हाम्रा पापको निम्ति बलि बन्‍न लगाउनुभयो । उहाँले कहिल्यै पाप गर्नुभएन । हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौँ भनेर उहाँले यसो गर्नुभयो ।

  • 13आफ्ना पापहरू लुकाउनेको उन्‍नति हुने छैन, तर तिनलाई स्वीकार गरी त्याग्‍नेलाई कृपा देखाइने छ ।

  • 12परमेश्‍वरलाई कसैले कहिल्यै देखेको छैन । यदि हामी एक अर्कालाई प्रेम गर्छौं भने परमेश्‍वर हामीमा रहनुहुन्छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ ।

  • 20हे परमप्रभु, हामी हाम्रा दोष, हाम्रा पुर्खाहरूका अपराध स्वीकार गर्छौं, किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं ।

  • 9तर जोसँग यी कुराको घटी छ र नजिकको वस्तु मात्र देख्छ भने, ऊ अन्धो हो । उसले पुरानो पापबाट धोइएको कुरालाई बिर्सेको हुन्छ ।

  • 1¶ म येशू ख्रीष्‍टमा साँचो भन्दछु । म ढाँट्‌दिनँ, र मेरो विवेकले पवित्र आत्मामा मसँगै साक्षी दिन्छ,

  • 3किनभने एक पटक हामीहरू पनि लापरवाह, अनाज्ञाकारी थियौँ । हामी बरालिएका र धेरै प्रकारका खराब इच्छाहरू र विलासिताको दासत्वमा थियौँ । हामी दुष्‍टता र ईर्ष्यामा जिउँथ्यौँ । हामी घृणित र एक अर्कालाई घृणा गर्ने मानिस थियौँ ।

  • 9जसले ज्‍योतिमा छु भन्छ र आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझ पनि अन्‍धकारमा नै छ ।

  • 26किनकि यदि सत्यताको ज्ञान पाएर पनि हामी जानिबुझिकन पाप गरिरहन्छौँ भने, पापका लागि कुनै बलिदान बाँकी रहँदैन ।