यशैया 59:12

अनलक शाब्दिक बाइबल

किनकि हाम्रा धेरै अपराधहरू तपाईंका सामु छन् र हाम्रा पापहरूले हाम्रा विरुद्धमा गवाही दिन्छन् । किनकि हाम्रा अपराधहरू हामीसँग छन् र हामी आफ्‍ना पापहरू जान्दछौं।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • एज्रा 9:6 : 6 मैले भने, “हे मेरा परमेश्‍वर, मेरो अनुहार तपाईंकहाँ उठाउन म लज्‍जित र अयोग्‍य भएको छु, किनकि हाम्रा अपराध हाम्रा शिरमाथि पुगेका छन्, र हाम्रा दोष स्वर्गसम्मै पुगेका छन् ।
  • यिर्मि 14:7 : 7 हे परमप्रभु, हाम्रा अधर्मले हाम्रो विरुद्धमा गवाही दिए तापनि तपाईंकै नाउँको नाम्‍ति काम गर्नुहोस् । किनकि हाम्रा विश्‍वासहीन कामहरू वृद्धि हुन्छन् । हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं ।
  • हो 5:5 : 5 इस्राएलको घमण्डले उसकै विरुद्ध गवाही दिन्छ । यसैले इस्राएल र एफ्राइम आफ्‍नै दोषमा ठेस खानेछन्, र यहूदा पनि तिनीहरूसँगै ठेस खानेछ ।
  • हो 7:10 : 10 इस्राएलको घमण्डले आफ्‍नै विरुद्ध गवाही दिन्छ, तापनि तिनीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरतिर फर्केका छैनन्, न त यी सबै कुरापछि पनि तिनीहरूले उहाँलाई खोजेका छन् ।
  • मत्त 23:32-33 : 32 तिमीहरूले आफ्ना पुर्खाहरूको कामलाई पनि पुरा गर्छौ । 33 ए सर्पहरू हो, साँपका सन्तानहरू, तिमीहरू नरकको दण्डबाट कसरी उम्कनेछौ?
  • रोमी 3:19-20 : 19 अब हामी जान्दछौँ, कि व्यवस्थाले जे भन्दछ त्यो व्यवस्थाको अधीनमा बस्‍नेहरू कै लागि भन्छ । यो हरेक मुख बन्द होस् भन्‍नाका लागि हो, ताकि सारा संसार परमेश्‍वरप्रति जवाफदेही हुन सकून् । 20 उहाँको दृष्‍टिमा व्यवस्थाका कामहरूद्वारा कुनै पनि मानिस धर्मी नठहरिने हुनाले यसो भएको हो । किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान आउँछ ।
  • १ थेस 2:15-16 : 15 जसले प्रभु येशू र अगमवक्‍ताहरूलाई मारे र हामीलाई पनि धपाए, जसले परमेश्‍वरलाई खुसी पार्दैनन, तर सबै मानिसहरूप्रति शत्रुता राख्छन् । 16 तिनीहरू सदैव तिनीहरूका पापहरूबाट भरिन हामीहरूलाई गैरयहूदीहरूले उद्धार पाऊन् भनेर बोल्न दिँदैनन् । तिनीहरूमाथि क्रोध चरम रूपमा आएको छ ।
  • यहे 5:6 : 6 तर आफ्‍नो दुष्‍ट्याइँमा आफ्‍ना चारैतिर भएका जातिहरूले भन्दा बढी त्यसले मेरा नियमहरू र अन्य देशहरूले भन्‍दा बढी त्‍यसले मेरा विधिहरूलाई इन्कार गरेकी छे । मानिसहरूले मेरा फैसलाहरूलाई इन्कार गरेका छन् र मेरा विधिहरूमा हिंडेका छैनन् ।”
  • यहे 7:23 : 23 साङ्‌ला बनाओ, किनभने देश रगतको न्यायले भरिएको छ, र सहर हिंसाले भरिएको छ ।
  • यहे 8:8-9 : 8 उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, यो भित्ताभित्र खन्‌ ।” त्यसैले मैले त्‍यो भित्ताभित्र खनें, र त्‍यहाँ एउटा ढोका थियो । 9 तब उहाँले मलाई भन्‍नुभयो, “जा र तिनीहरूले त्‍यहाँ गरिरहेका घिनलाग्‍दा दुष्‍ट कामहरू हेर्‌ ।” 10 यसैले म भित्र पसें र हेरें, र नियालें । त्‍यहाँ हरेक किसिमका घस्रने जन्‍तुहरू र घिनलाग्‍दा पशुहरू थिए! इस्राएलको घरानाका जम्‍मै मूर्तिहरूका चित्रहरू त्‍यहाँ भित्तामा चारैतिर बनाइएका थिए । 11 त्यहाँ इस्राएलका घरानाका सत्तरी जना धर्म-गुरुहरू थिए र शापानको छोरो याजन्‍याह तिनीहरूका माझमा खडा थिए । तिनीहरू मूर्तिहरूका सामु खडा थिए, र धूपको धूवाँ मास्‍तिर जाओस् भनेर हरेकले हातमा आ-आफ्‍ना धुपौरो लिएर खडा थिए । 12 उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, इस्राएलका घरानाका धर्म-गुरुहरूले अँध्‍यारोमा के गरिरहेका के तँ देख्‍छस्? आफ्नो मूर्तिको गुप्‍त कोठामा तिनीहरू प्रत्‍येकले यसो गर्छन् किनकि तिनीहरू भन्‍छन्, 'परमप्रभुले हामीलाई देख्‍नुहुन्‍न। परमप्रभुले देशलाई त्‍याग्‍नुभएको छ' ।” 13 तब उहाँले मलाई भन्‍नुभयो, “फेरि फर्की र तिनीहरूले गरिरहेका अरू ठुला घिनलाग्‍दा कामहरू हेर् ।” 14 त्यसपछि उहाँले मलाई परमप्रभुका मन्‍दिरको उत्तरपट्टिका ढोकाको मुखमा लानुभयो र हेर, त्‍यहाँ स्‍त्रीहरू बसेर तम्‍मूज देवताको लागि रोइरहेका थिए । 15 त्यसैले उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, के तँ यो देख्छस्? फर्की र यीभन्‍दा पनि बढी घिनलाग्‍दा कुराहरू हेर् ।” 16 उहाँले मलाई परमप्रभुका मन्‍दिरको भित्री चोकमा लानुभयो, र हेर, अनि त्‍यहाँ वेदी र दलानको बिचमा परमप्रभुको मन्‍दिरको ढोकामा करिब पच्‍चीस जना मानिस थिए, आफ्‍ना पिठ परमप्रभुको मन्‍दिरतिर र अनुहारचाहिं पूर्वपट्टि फर्काएर तिनीहरूले सूर्यको पुजा गरिरहेका थिए ।
  • यहे 16:51-52 : 51 सामरियाले पनि तैंले गरेका पापहारूका आधा पनि गरेन । त्‍यसको साटोमा, तिनीहरूले गरेको भन्‍दा ज्‍यादै धेरै घिनलाग्‍दा काम तैंले गरिस्, र तैंले गरेका यी सबै घिनलाग्‍दा कामका कारणले तेरा दिदी-बहिनी तँभन्दा असल थिए भनी तैंले देखाइस् । 52 विशेषगरी तैंले आफ्नो निर्लज्‍जता देखाउँछेस् । यसरी तैंले गरेका यी सबै घिनलाग्दा पापहरूका कारणले तेरा दिदीबहिनी तँभन्‍दा असल थिए भन्‍ने तैंले देखाइस्‌ । तेरा दिदीबहिनी अब तँभन्दा असल देखिन्छन् । विशेषगरी तैंले आफ्नै निर्लज्‍जता देखाउँछेस्, किनकि यसरी तेरा दिदीबहिनी तँभन्‍दा असल थिए भनी तैंले देखाइस्‌ ।
  • यहे 22:2-9 : 2 “अब ए मानिसको छोरो, के तँ न्‍याय गर्छस्‌? के तँ त्‍यो रगतको सहरको न्‍याय गर्छस्‌? त्‍यसका सबै घृणित कुराहरू त्यसलाई जानकारी दे । 3 तैंले यसको भन्‍नुपर्छ, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः आफ्‍नै अन्‍त्‍यको समय आओस् भनेर आफ्‍नो बिचमा रगत बगाउने सहर यही हो । आफूलाई बिटुलो पार्नलाई मूर्तिहरू बनाउने सहर यही हो । 4 तैंले बगाएको रगतको कारणले तँ दोषी भएको छस्‌, र तैंले बनाएका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको छस्‌ । तैंले आफ्‍ना दिनहरूको अन्‍त्‍य गरेको छस्, र तेरा वर्षहरूको अन्‍त्‍य आएको छ । यसैकारण म तँलाई जातिहरूका बिचमा गिल्‍ला र सबै देशमा हाँसोको पात्र बनाउनेछु । 5 तेरो नजिक हुनेहरू र टाढा हुनेहरू दुवैले तेरो गिल्‍ला गर्नेछन्— तँ अपवित्र सहर— अलमल पार्ने कुराहरूले भरिएको सहरको रूपमा चिनिएको छस् । 6 हेर्, इस्राएलका शासहरू, रगत बगाउन हरेक व्‍यक्‍ति आफ्‍नै शक्तिले तँकहाँ आएका छन् । 7 तँभित्रै तिनीहरूले माताहरू र बाबुहरूसँग अपमानको व्‍यवहार गरेका छन्‌, र तिनीहरूले तेरो बिचमा भएका विदेशीहरूमाथि अत्‍याचार गरेका छन् । तेरो बिचमा भएका टुहुरा-टुहुरी र विधवाहरूलाई तिनीहरूले दुर्व्‍यवहार गरेका छन्‌ । 8 मेरा पवित्र कुराहरूलाई तैंले घृणा गरेको छस्‌ र मेरा शबाथहरूलाई अपवित्र पारेको छस्‌ । 9 रगत बगाउनलाई हत्‍या गर्ने मानिसहरू तँभित्र आएका छन्, र तिनीहरूले डाँडाहरूमा खान्‍छन्‌ । तिनीहरूले तेरो बिचमा दुष्‍ट काम गर्छन्‌ । 10 तेरो भित्र भएका मानिसहरूले आफ्‍ना पिताको नङ्नता प्रकट गर्छन्‌ । तेरो भित्र भएका मानिसहरूले रजस्‍वला भएकी स्‍त्रिसँग सम्‍भोग गरेर अशुद्ध भएका छन् । 11 आफ्‍नो छिमेकीकी पत्‍नीसँग घिनलाग्‍दा काम गर्ने मानिसहरू, र आफ्‍नी बुहारीहरूलाई लाज हुने किसिमले अशुद्ध पार्ने मानिसहरू, आफ्‍नै बहिनीहरू—आफ्‍ना बुबाकी छोरीहरूलाई बिगार्ने मानिसहरू —यी सबै जना तँभित्रै छन् । 12 तँभित्र यी मानिसहरूले रक्तपात गर्नलाई घूस लिन्‍छन्‌ र तैंले बढी ब्‍याज लिएर र धेरै मुनाफा कमाएको छस्, र थिचोमिचो गरेर तैंले आफ्नो छिमेकीलाई नष्‍ट गरेको छस्, र तैंले मलाई बिर्सेको छस्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
  • यहे 22:24-30 : 24 “ए मानिसको छोरो, त्यसलाई भन्, 'तँ शुद्ध नगरिएको देश होस् । क्रोधको दिनमा त्‍यहाँ वर्षा हुँदैन । 25 गर्जने सिंहले शिकार टुक्र्याएझैं त्‍यसको बिचमा भएका त्‍यसका अगमवक्‍ताहरूले एउटा षड्‌यन्‍त्र रच्छन् । तिनीहरूले मानिसहरूलाई निल्‍छन् र बहुमूल्‍य धन लुट्‌छन् । त्यसभित्र तिनीहरूले धेरै जनालाई विधवा बनाउँछन्‌ । 26 त्‍यसका पुजारीहरूले मेरो व्‍यवस्‍था भङ्ग गर्छन्‌ र तिनीहरूले मेरा पवित्र चीजहरू तुच्‍छ ठान्‍छन्‌। तिनीहरूले पवित्र कुरा र तुच्‍छ कुराको बिचमा भिन्‍नता छुट्‍याउँदैनन्, अनि अशुद्ध र शुद्धको बिचको भिन्‍ता सिकाउँदैनन्। तिनीहरूले मेरा शबाथहरूबाट आफ्ना आँखा लुकाउँछन् ताकि तिनीहरूका बिचमा म तच्‍छ भएको छु । 27 त्‍यसभित्र भएका त्‍यसका शासकहरू आफ्‍नो शिकार फहराउने ब्‍वाँसाहरूजस्‍ता छन्‌ । तिनीहरूले बेईमानसाथ नाफा कमाउनलाई रगत बगाउँछन् र मानिसहरूलाई मार्छन्‌ । 28 त्‍यसका अगमवक्ताहरूले तिनीहरूमाथि चुनले पोतेका छन्। तिनीहरूले असत्‍य दर्शन देख्छन् र तिनीहरूका निम्‍ति झूटा अगमवाणी बोल्‍छन् । तिनीहरू भन्‍छन्, “परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ,' जबकि परमप्रभु बोल्‍नुभएकै हुँदैन । 29 देशका मानिसहरूले बलपूर्वक थिचोमिचो गरेका छन् र लुटपाट गरेर लूट मच्‍चाएका छन्, अनि तिनीहरूले गरीब र दरिद्रहरूमाथि दुर्व्‍यवहार गर्छन्, र विदेशीहरूसँग अन्‍यायपूर्वक थिचोमिचो गर्छन् । 30 यसैले पर्खाल निर्माण गरिदिने र देश मद्वारा नष्‍ट नहोस्‌ भनी देशको लागि मेरो सामुन्‍ने धाँदोमा उभिदिने एक जना मानिस तिनीहरूका बिचमा मैले हेरें, तर मैले कोही पनि पाइनँ ।
  • यहे 23:2-9 : 2 “ए मानिसको छोरो, एउटै आमाका दुई छोरीहरू त्‍यहाँ थिए । 3 आफ्नो जवानी दिनमा तिनीहरूले मिश्रदेशमा वेश्‍यावृति गरे । तिनीहरूले त्यहाँ वेश्याको काम गरे । त्यहाँ तिनीहरूका स्‍तन मिचिए र तिनीहरूको कुमारी अवस्‍थाको मुन्टाहरू खेलाइए । 4 तिनिहरूमा दिदीको नाउँ ओहोला र बहिनीको नाउँ ओहोलिबा थियो । तब तिनीहरू मेरा भए, र तिनीहरूले छोराछोरी जन्‍माए । तिनीहरूका नाउँको अर्थ यही होः ओहोलाको अर्थ सामरिया र ओहोलिबाको अर्थ यरूशलेम हो । 5 तर मेरै भएको बेलामा पनि ओहोलाले वेश्‍यावृत्ति गरी । आफ्‍ना प्रेमी, प्रभावशाली अश्‍शूरीहरूसित त्‍यो मोहित भई, 6 नीलो वस्‍त्र लाउने गभर्नर र तिनका अधिकारीहरू, जो बलिया र सुन्दर थिए, ती सबै जना घोडा चढ्ने मानिसहरू थिए । 7 यसरी तिनीहरू, सबै असल अश्‍शूरी मानिसहरूलाई त्यसले आफैलाई सुम्पिदिई, र त्‍यो मोहित भएका हरेक व्‍यक्‍तिसँग अनि तिनीहरूका सबै मूर्तिहरूसँग त्यसले आफैलाई अशुद्ध पारी । 8 किनकि त्‍यसले मिश्रदेशमा हुँदा पनि त्‍यसको वेश्‍यावृतिको व्‍यवहार छाडेकी थिईन । जति बेला त्‍यो एउटी जवान केटी थिई, त्‍यति बेला तिनीहरू त्‍योसित सुतेका थिए । त्‍यति बेला तिनीहरूले पहिलो पल्‍ट त्‍यसका कन्‍या स्‍तनहरू खेलाएका थिए । त्‍यति बेला तिनीहरूले त्‍यससित आफ्‍ना यौनका छाडा व्‍यवहार गर्न सुरु गरेका थिए । 9 यसकारण त्यसका प्रेमीहरूका हातमा अर्थात् अश्‍शूरीहरूका हातमा मैले त्यसलाई सुम्पिदिएँ, जोसँग त्यो मोहित भई । 10 तिनीहरूले त्यसलाई नाङ्गो पारे, त्यसका छोराछोरीलाई लगे, त्यसलाई तरवारले मारे र अरू स्‍त्रीहरूका माझमा त्यो कुख्‍यात भई । यसरी तिनीहरूले त्यसलाई दण्ड दिए । 11 त्‍यसकी बहिनी ओहोलिबाले त्‍यो कुरा देखी, तर त्‍यो झन् बढी कामुक भई र आफ्‍नी दिदीभन्‍दा पनि बढी वेश्‍यावृत्तिको काम गर्न लागी । 12 अश्‍शूरीहरू, तिनका गभर्नरहरू र आकर्षक किसिमले वस्‍त्र पहिरिने अधिकारीहरूसँग त्यो कामुक भई, जो घोडा चढ्‍ने मानिसहरू थिए । ती सबै जना बलिया र सुन्दर मानिसहरू थिए । 13 त्यसले आफैलाई अशुद्ध पारेकी मैले देखें । ती दुवै जना दिदीबहिनी उस्‍तै थिए । 14 त्‍यसपछि त्‍यसले आफ्‍नो वेश्‍यावृत्ति झन्‌ बढाई । भित्तामा कोरिएका मानिसहरू, भित्तामा रातो रङ्गले पेन्‍ट गरेर बनाइएका कल्‍दीहरूका चित्रहरू त्यसले देखी, 15 आफ्‍ना कम्‍मर वरिपरि पटुका बाँधेका र आफ्‍ना शिरमा लट्‌कने फेटा बाँधेका । ती सबै जना कल्‍दी फौजका रथी अधिकारीहरूजस्‍ता, बेबिलोनियाका छोराहरूजस्‍तै देखिन्‍थे, जसको आफ्‍नो देश कल्‍दीया हो । 16 त्‍यसले उनीहरूलाई देख्‍ने बित्तिकै उनीहरूका निम्‍ति त्‍यो कामुक भई । यसैले कल्‍दिया देशमा उनीहरूकहाँ त्‍यसले दूतहरू पठाई । 17 त्‍यसपछि बेबिलोनीहरू त्‍यसकहाँ त्‍यसको कामुक ओच्छ्यानमा आए र आफ्‍ना छाडा यौनले तिनीहरूले त्‍यसलाई अशुद्ध पारे । त्‍यसले जे गरेकी थिई त्‍यसद्वारा त्‍यो अशुद्ध भई । यसरी मनमा घृणा बोकेर त्‍यो उनीहरूसँग टाढा भई । 18 जब त्‍यसले आफ्‍ना वेश्‍यावृत्तिका कामहरू गरी र आफ्‍नो नग्‍नता देखाई, तब जसरी मनमा घृणा बोकेर त्‍यसकी दिदीसँग म टाढा भएको थिएँ, त्‍यसरी नै म त्योसँग पनि टाढा भएँ । 19 तब मिश्रदेशमा त्‍यो वेश्या हुँदाको, आफ्‍ना युवावस्‍थाका समयलाई सम्‍झेर त्‍यसले आफ्‍नो वेश्‍यावृत्ति झन्‌ बढाई । 20 यसरी त्‍यो आफ्‍ना प्रेमीहरूसित कामुक भई, जसका गुताङ्गहरू गधाहरूका जस्‍ता थिए, अनि जसका वीर्य घोडाहरूका झैं निस्‍कन्‍थ्‍यो । 21 मिश्रीहरूले तेरा स्‍तनका मुन्‍टाहरू खेलाउँदा र तेरा जवानीका स्‍तनहरू मिच्‍दा, तैंले आफ्‍ना जवानीका लज्‍जापूर्ण कामहरू यसरी नै गरिस् । 22 यसैकारण ए ओहोलिबा, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः ‘हेर्, तेरा प्रेमीहरूलाई म तेरो विरुद्धमा उठाउनेछु । जसबाट तँ टाढा भईस्, उनीहरूलाई चारैतिरबाट म तेरो विरुद्धमा ल्‍याउनेछुः 23 बेबिलोनीहरू र सबै कल्‍दीहरू, पकोद, शोअ र कोअका मानिसहरू, र तिनीहरूसँगै सबै अश्‍शूरहरू, बलिया, सुन्‍दर मानिसहरू, गभर्नरहरू, कमाण्‍डरहरू, ती सबै जना अधिकारीहरू र इज्‍जतदार मानिसहरूलाई, घोडामा सवार सबै जना मानिसहरूलाई । 24 उनीहरू तेरो विरुद्धमा हतियारहरू र रथहरू र गाडाहरू र मानिसहरूका ठुलो भीडलाई साथमा लिएर आउनेछन्‌ । ठुला ढालहरू, साना ढालहरू लिएर र टोप लाएर उनीहरूले तँलाई घेरा हाल्‍नेछन्‌ । तँलाई दण्‍ड दिने मौका उनीहरूलाई म दिनेछु, र उनीहरूले आफ्‍ना कामहरूले तँलाई दण्‍ड दिनेछन्‌ । 25 मेरो डाहको रिस तँतिर म फर्काउनेछु, र क्रोधमा उनीहरूले तँसित व्‍यवहार गर्नेछन्‌ । उनीहरूले तेरा नाक र कान काट्‌नेछन्, र तेरा बाँचेकाहरू तरवारले ढल्‍नेछन्‌ । उनीहरूले तेरा छोराछोरीलाई लानेछन्, र तेरा बाँचेकाहरूलाई आगोले भस्‍म पार्नेछ । 26 उनीहरूले तेरा वस्‍त्र उतारेर तँलाई नाङ्गै बनाउनेछन्, र तेरा सबै गहना लैजानेछन्‌ । 27 यसरी तेरा लाजमर्दो व्यवहार र मिश्रदेशदेखि तैंले सुरु गरेका तेरा वेश्‍यावृत्तिका कामहरू तँबाट म हटाउनेछु । तैंले यी कुराहरूतिर आफ्‍ना कुदृष्‍टि लगाउनेछैनस्‌, र मिश्रदेशको सम्‍झना फेरि तैंले गर्नेछैनस्‌ ।' 28 किनभने परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः 'हेर्, म तँलाई उनीहरूकै हातमा दिनेछु, जसलाई तँ घृणा गर्छेस्, उनीहरूकै हातमा जसबाट तँ टाढा भएकी थिइस् । 29 उनीहरूले तँसित घृणापूर्वक व्‍यवहार गर्नेछन् । तेरा सबै धन-सम्‍पत्ति उनीहरूले लानेछन्‌, र तँलाई नाङ्गो र उजाड पारेर छोड्‌नेछन् । अनि तँ कामुक र वेश्‍यावृत्तिमा संलग्‍न हुँदा भएझैं तँलाई नाङ्गो पारिनेछ । 30 वेश्‍याले झैं तैंले काम गरेको, जातिहरूसँग कामुक भएको, उनीहरूका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको हुनाले यी कुराहरू तँलाई हुनेछेन् । 31 तँ आफ्‍नी दिदीकै चालमा हिंडेकी छेस्‌, यसैले त्‍यसको दण्‍डको कचौरा म तेरो हातमा दिनेछु ।' 32 परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘तैंले तेरी दिदीको कचौरा पिउनेछस्, जो ठुलो र गहिरो छ । तँ गिल्‍ला पात्र र हाँसोको विषय हुनेछेस्— यो कचौरामा धेरै अट्छ । 33 मतवालापन र दुःखले, त्रास र विनाशको कचौराले तँ पूर्ण हुनेछेस्‌ । तेरी दिदी सामरियाको कचौरा । 34 तैंले त्यो पिउनेछेस् र त्‍यसलाई रित्तो पार्नेछेस् । त्यसपछि तैंले त्‍यो कचौरा टुक्रा-टुक्रा पार्नेछेस्, र ती टुक्राले आफ्‍ना स्‍तनहरू काट्नेछेस् । किनकि मैले नै यो घोषणा गरेको हुँ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।' 35 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘तैंले मलाई बिर्सेको र मलाई तेरो पछाडि फालेको छस्, यसैले आफ्‍नो लज्‍जास्‍पद व्‍यवहार र यौनको अनैतिक कामहरूका दुष्‍परिणामहरू तैंले सहनुपर्नेछ' ।” 36 परमप्रभुले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, के तैंले ओहोला र ओहोलिबाको न्‍याय गर्नेछस्? त्‍यसैले तिनीहरूका घृणित कामहरूका तिनीहरूलाई विरोध गर, 37 किनकि तिनीहरूले व्‍यभिचार गरेका छन्, र तिनीहरूका हातहरूमा रगत छ । तिनीहरूले आफ्‍ना मूर्तिहरूसित व्‍यभिचार गरे, र तिनीहरूका मूर्तिहरूका प्रसादको रूपमा तिनीहरूले आफ्‍ना छोराहरूलाई आगोबाट हिंड्न पनि लगाएका छन् । 38 त्यसपछि तिनीहरूले अहिले निरन्तर मलाई यसो गर्छन्‌: तिनीहरूले मेरो पवित्रस्‍थानलाई अशुद्ध पार्छन्, र त्यसै दिनमा तिनीहरूले मेरा शबाथहरूलाई अपवित्र पार्छन् । 39 किनभने तिनीहरूले आफ्‍ना छोराछोरीलाई आफ्‍ना मूर्तिहरूका निम्‍ति बलि चढाएका, अनि त्‍यसै दिन तिनीहरू मेरो पवित्रस्‍थानलाई अशुद्ध पार्न त्‍यसभित्र आए । यसैले हेर्, तिनीहरूले मेरो मन्‍दिरको बिचमा यसो गरेका छन् । 40 अब हेर— दूतहरूले पठाएका टाढाबाट आएका मानिसहरूलाई तैंले बोलाईस् । तिनीहरू साँच्‍चै आए जसका निम्‍ति तैंले नुहाईस्, आँखामा गाजल लगाईस् र आफूलाई गहनाले सिंगारिस्‌ । 41 त्यहाँ तँ एउटा सुन्‍दर पलङ्गमा बसिस्, र त्‍यसको अगाडि सजाइएको टेबलमा मेरो धूप र मेरो तेल राखिस्‌ । 42 यसैले हल्ला गर्ने भीड त्यसको वरिपरी थियो । तिनमा सबै किसिमका मानिसहरू, यतिसम्म कि उजाड-स्‍थानबाट साबीहरू पनि ल्याइए, र उनीहरूले आफ्‍ना हातमा चुराहरू लगाए र शिरमा सुन्दर मुकुटहरू लगाए । 43 तब व्‍भिचारले दिक्‍क भएकी स्‍त्रीको विषयमा मैले यसो भनें, 'अब उनीहरू त्‍यससँग यौनका अनैतिक काम गर्नेछन्, र त्यसले उनीहरूसँग गर्नेछे ।’ 44 जसरी मानिसहरू एउटी वेश्याकहाँ जान्‍छन् त्‍यसरी उनीहरू त्‍यसकहाँ गए र त्‍यससँग सुते । यसरी उनीहरू ती अनैतिक स्‍त्रीहरू, ओहोला र ओहोलिबासित सुते । 45 तर धार्मिक मानिसहरूले न्‍याय गर्नेछन् र व्‍यभिचारिणीहरूका रूपमा तिनीहरूलाई दण्‍ड दिनेछन् अनि हत्‍या गर्नेहरूलाई सुनाउने दण्‍डले तिनीहरूले उनीहरूलाई दण्‍ड दिनेछन्, किनभने तिनीहरू व्‍यभिचारिणीहरू हुन्‌ र तिनीहरूका हातमा हत्‍याको रगत छ । 46 यसैले परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म तिनीहरूका विरुद्धमा एउटा भीड खडा गर्नेछु र तिनीहरूलाई त्रास र लूटमा सुम्‍पिदिनेछु । 47 तब त्यो भीडले तिनीहरूलाई ढुङ्गाले हान्‍नेछन्, र उनीहरूका तरवारले तिनीहरूलाई खत्तम पार्नेछन् । तिनीहरूका छोराछोरीलाई उनीहरूले मार्नेछन्‌ र तिनीहरूका घरहरू जलाउनेछन्‌ । 48 किनकि देशबाट लज्‍जास्‍पद व्‍यवहारलाई म खतम गर्नेछु, र सबै स्‍त्रीलाई अनुशासनमा ल्याउनेछु ताकि तिनीहरू फेरि वेश्याको जस्तो काम नगरून् । 49 यसरी उनीहरूले तेरा लाजमर्दा व्यवहारहरू तेरै विरूद्धमा खडा गर्नेछन् । तैंले आफ्‍ना मूर्तिहरूसित गरेका पापको दोष तैंले भोग्‍नेछेस्‌, र यसरी म नै परमप्रभु परमेश्‍वर हुँ भनी तैंले जान्‍नेछेस् ।
  • यहे 24:6-9 : 6 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः यो रगतको सहरलाई धिक्‍कार! त्‍यो खिया लागेको भाँडालाई र त्‍यसबाट त्‍यो खिया जानेछैन! त्‍यसमा भएका टुक्राबाट नछानिकन एक-एक गर्दै निकाल् । 7 किनकि त्‍यसको रगत त्‍यसकै बिचमा छ । त्‍यसले त्‍यो रगत चिल्‍लो चट्टानमा बगाई । धूलाले ढाक्‍नलाई त्‍यसले त्‍यो रगत भूइँमा पोखाईन, 8 यसैले त्‍यसले साटो लिने क्रोध ल्‍याउँछ । त्‍यसको रगत ढाक्‍न नसकियोस् भनेर मैले चिल्लो चट्टानमा त्‍यो पोखाइन । 9 यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः त्‍यस रगतको सहरलाई धिक्‍कार । म दाउराको थुप्रोलाई पनि बढाउनेछु । 10 दाउरा थुपार्‌ र आगो सल्‍का । मासु राम्ररी पका, र मसला हाल र हाडहरू डड्न दे‌ । 11 त्‍यसपछि त्यसलाई तताउन र तामालाई तताएर आगोजस्तै बनाउन भाँडो खाली गरेर भुङ्ग्रोमाथि राख्, ताकि त्यसभित्र भएको अशुद्धता पग्लोस्, र त्‍यसको थेग्रो डढेर जाओस्‌ ।’ 12 परिश्रमको कारणलर त्यो थकित भएकी छे, तर त्‍यसको बाक्‍लो थेग्रो आगोले पनि गएन । 13 तेरो लाजमर्दो व्यवहार तेरो अशुद्धताभित्र छ । किनभने मैले त तँलाई शुद्ध गर्ने कोशिश गरें, तर तेरो अशुद्धताबाट तँ अझै शुद्ध भइनस् । जबसम्‍म म आफ्‍नो क्रोध तेरो विरुद्धमा पोखाएर सन्‍तुष्‍ट हुन्‍नँ, तबसम्‍म तँ फेरि शुद्ध हुनेछैनस्‌ । 14 म परमप्रभुले यो घोषणा गरेको हुँ, र म यो गर्नेछु । म पछि हट्‌नेछैनँ, न त म त्‍यसबाट आराम नै गर्नेछु । तेरा चाल र तेरा कामहरूले तिनीहरूले तेरो न्‍याय गर्नेछन्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
  • दानी 9:5-8 : 5 हामीले पाप गरेका छौं र गलत काम गरेका छौं। हामीले दुष्‍टतापुर्वक काम गरेका छौं र तपाईंका आज्ञा र विधिहरूबाट तर्केर हामीले बागी भएका छौं। 6 तपाईंका नाउँमा हाम्रा राजाहरू, अगुवाहरू, पुर्खाहरू र देशका सबै मानिसहरूसँग बोलेका तपाईंका सेवक अगमवक्ताहरूका वचन हामीले सुनेका छैनौं । 7 हे परमप्रभु, धार्मिकता तपाईंको हो । तर आज, हाम्रो अनुहार, अनि यहूदाका मानिसहरू र यरूशलेममा बस्‍नेहरू, र सारा इस्राएलीहरू लाजमा परेका छन् । अनि तपाईंले विभिन्‍न ठाउँहरूमा छरपष्‍ट पार्नुभएका नजिक र टाढाका सबै मानिसहरू त्यसमा समावेश हुन्‍छन् । हामीले तपाईंको विरुद्धमा गरेका विश्‍वासघातको कारणले नै यस्‍तो भएको हो । 8 हे परमप्रभु, हामीले तपाईंको विरुद्धमा पाप गरेका कारणले गर्दा, हामी, हाम्रा राजाहरू, अगुवाहरू, र पुर्खाहरूका अनुहार शर्ममा परेका छन् ।
  • हो 4:2 : 2 त्यहाँ सराप, झुटो बोली, हत्या, चोरी र व्यभिचार छ । मानिसहरूले सबै सीमा तोडेका छन्, र रगत बगेपछि रगत बगेको छ ।
  • एज्रा 9:13 : 13 तापनि हाम्रो दुष्‍ट अभ्यास र हाम्रो ठुलो दोषको कारणले हामीमाथि हरेक कुरा आइपरे पनि तपाईं हाम्रा परमेश्‍वरले हामीलाई हाम्रा अपराधअनुसार कम दण्ड दिनुभएको छ र हामीलाई बाँचेकाहरू छाड्नुभएको छ,
  • नहे 9:33 : 33 हामीमाथि आइपरेका हरेक कुरामा तपाईं धर्मी हुनुहुन्छ किनकि तपाईंले विश्‍वाससाथ व्यवहार गर्नुभएको छ, तर हामीले चाहिँ दुष्‍टतापूर्वक काम गरेका छौँ ।
  • यशा 1:4 : 4 धिक्‍कार! पापी जाति, अधर्मले लादिएका मानिसहरू, खराब गर्नेहरूका सन्तानहरू, भ्रष्‍ट रूपले काम गर्नेहरूका सन्तानहरू! तिनीहरूले परमप्रभुलाई त्यागेका छन्, तिनीहरूले इस्राएलका परमपवित्रलाई घृणा गरेका छन्, तिनीहरूले आफैलाई उहाँबाट टाढा बनाएका छन् ।
  • यशा 3:9 : 9 तिनीहरूका विरुद्धको गवाहीहरू तिनीहरूकै अनुहारहरूमा खोज्‍नुहोस् । अनि सदोमले झैं तिनीहरूले आफ्‍ना पाप भन्‍नेछन् । तिनीहरूले त्‍यो लुकाउने छैनन् । तिनीहरूलाई धिक्‍कार! किनकि तिनीहरूले आफ्नै निम्ति सर्वनाश पुरा गरेका छन् ।
  • यिर्मि 3:2 : 2 नाङ्गा डाँडाहरूतर्फ आफ्ना आँखा उठा र हेर् । के कुनै त्‍यस्तो ठाउँ छ, जहाँ तेरो अवैध यौनधन्‍दा छैन? एक जना अरबी उजाड-स्थानमा बसेझैं तँ आफ्ना प्रेमीहरूको प्रतीक्षा गर्दै बाटोका किनारहरूमा बस्छेस् । तेरो वेश्यावृत्ति र दुष्‍टताले तैंले देशलाई दुषित पारेको छेस् ।
  • यिर्मि 5:3-9 : 3 हे परमप्रभु, के तपाईंका आँखाले विश्‍वसनीयताको खोजी गर्दैनन् र? तपाईंले मानिसहरूलाई प्रहार गर्नुभयो, तर तिनीहरूलाई पिडा महसुस हुँदैन । तपाईंले तिनीहरूलाई पूर्ण रूपमा पराजित गर्नुभएको छ, तर तिनीहरू अझै पनि अनुशासन मान्‍न इन्कार गर्छन् । तिनीहरूले आफ्ना अनुहार चट्टानभन्दा कडा बनाउँछन्, किनकि तिनीहरू पश्‍चात्ताप गर्न इन्कार गर्छन् । 4 त्यसैले मैले भनें, “निश्‍चय नै यिनीहरू मात्र दुःखी मानिसहरू रहेछन् । तिनीहरू मूर्ख छन्, किनकि तिनीहरू परमप्रभुका मार्ग जान्दैनन्, न त तिनीहरूका परमेश्‍वरका आज्ञाहरू जान्दछन् । 5 म ठुला मानिसहरूकहाँ जानेछु, र तिनीहरूलाई परमेश्‍वरको सन्देश घोषणा गर्नेछु, किनकि कमसेकम आफ्‍ना परमेश्‍वरका मार्ग, परमेश्‍वरका आज्ञाहरू तिनीहरूले त जान्दछन् ।” तर तिनीहरू सबैले आफ्‍ना जुवा सँगसँगै भाँचे । तिनीहरू सबैले आफूलाई परमेश्‍वरसित बाँध्‍ने बन्धनलाई चुँडाले । 6 त्यसैले झाडीबाट निस्केर आउने सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ । अराबाबाट आउने ब्वाँसोले तिनीहरूलाई नष्‍ट पार्नेछ । ढुकेर बस्‍ने चितुवा तिनीहरूका सहरहरूको विरुद्धमा आउनेछ । आफ्नो सहरबाहिर जाने कोही पनि टुक्राटुक्रा पारिनेछ । किनकि तिनीहरूका अपराध बढ्दो छन् । तिनीहरूका विश्‍वासहीन कामहरू असीमित छन् । 7 यी मानिसहरूलाई मैले किन क्षमा दिने? तिमीहरूका छोराहरूले मलाई त्यागेका छन्, र तिनीहरूले त्‍यो नाउँमा शपथ खान्छन् जो ईश्‍वरहरू नै होइनन् । मैले तिनीहरूलाई पेटभरि खुवाएँ, तर तिनीहरूले व्यभिचार गरे, र ठुलो सङ्ख्यामा वेश्याहरूका घरहरूमा गए । 8 तिनीहरू कामवासनाले मस्‍त घोडाहरूजस्ता थिए । मैथुनको चाहनाले तिनीहरू चारैतिर डुल्दै थिए । प्रत्येक आफ्नो छिमेकीको पत्‍नीको लागि हिनहिनायो । 9 त्यसैले, यो परमप्रभुको घोषणा हो, के मैले तिनीहरूलाई दण्ड दिनुपर्दैन र, के मैले यस्तो जातिसित बदला लिनुपर्दैन र? ।
  • यिर्मि 5:25-29 : 25 तिमीहरूका अधर्महरूले गर्दा यी कुरा हुनबाट रोकिएका छन् । तिमीहरूका पापले गर्दा भलाइ तिमीहरूकहाँ आउन रोकिएको छ । 26 किनकि मेरा मानिसहरूसँगै दुष्‍ट मानिसहरू भेट्टाइएका छन् । कोही मानिस चरा समाउनलाई चुप बसेझैं तिनीहरू ढुकिबस्छन् । तिनीहरूले पासो थाप्‍छन् र मानिसहरू समात्छन् । 27 चराहरूले भरिएका पिंजराजस्तै तिनीहरूका घरहरू छलले भरिएका छन् । त्यसैले तिनीहरू ठुला र धनी भएका छन् । 28 तिनीहरू मोटाएका छन् । तिनीहरू सकुसल चिल्ला भएका छन् । तिनीहरूले दुष्‍टताको सबै सीमा पार गरेका छन् । तिनीहरूले मानिसहरू वा अनाथहरूको भलाइको निम्ति बिन्ती गर्दैनन् । तिनीहरूले खाँचोमा परेकाहरूलाई न्याय नदिए तापनि तिनीहरूको उन्‍नति हुन्‍छ । 29 के यी कुराको लागि मैले तिनीहरूलाई दण्ड नदिने त, के यस्तो जातिलाई मैले बदला नलिते त? यो परमप्रभुको घोषणा हो ।
  • यिर्मि 7:8-9 : 8 हेर! तिमीहरूले छलपूर्ण वचनहरूमाथि भरोसा गर्दैछौ जसले तिमीहरूको मदत गर्दैनन् । 9 के तिमीहरू चोर्छौ, मार्छौ, र व्यभिचार गर्छौ? के तिमीहरू छलपूर्वक शपथ खान्‍छौ अनि बाल देवतालाई धुप चढाउँछौ र तिमीहरूले नचिनेका अरू देवताहरूको पछि लाग्छौ? 10 त्यसपछि तिमीहरू आउँछौ अनि मेरो नाउँले बोलाइने यस मन्‍दिरमा मेरो सामु खडा हुन्‍छौ र यसो भन्छौ, “हामी बचाइएका छौं”, यसरी तिमीहरू यी सबै घृणित कामहरू गर्न सक्‍छौ?

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 20हे परमप्रभु, हामी हाम्रा दोष, हाम्रा पुर्खाहरूका अपराध स्वीकार गर्छौं, किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं ।

  • 7हे परमप्रभु, हाम्रा अधर्मले हाम्रो विरुद्धमा गवाही दिए तापनि तपाईंकै नाउँको नाम्‍ति काम गर्नुहोस् । किनकि हाम्रा विश्‍वासहीन कामहरू वृद्धि हुन्छन् । हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं ।

  • 13परमप्रभुलाई इन्कार गरेर र हाम्रा परमेश्‍वरको अनुसरण गर्न छाडेर हामीले विद्रोह गरेका छौं । हामीले झुट बोलेका छौं, अनि तर्किएर हृदय र झुटका शब्दहरूबाट गनगन गरेका छौं ।

  • 5हामीले पाप गरेका छौं र गलत काम गरेका छौं। हामीले दुष्‍टतापुर्वक काम गरेका छौं र तपाईंका आज्ञा र विधिहरूबाट तर्केर हामीले बागी भएका छौं।

  • 8तपाईंले हाम्रा अधर्महरू आफ्‍नो सामु, हाम्रा लुकेका पापहरू आफ्‍नो उपस्थितिमा राख्‍नुभएको छ ।

  • 3किनकि म आफ्‍ना अपराधहरू जान्दछु र मेरो पाप सधैं मेरै सामु छ ।

  • 11हामी भालुझैं कराउँछौं र ढुकुरझैं विलाप गर्छौं । हामी न्यायको आशा गर्छौं, तर त्यहाँ छैन । छुटकाराको खोज्‍छौं, तर त्‍यो हामीबाट टाढा छ ।

  • दानी 9:11-15
    5 पदहरू
    77%

    11तपाईंको वचन पालन गर्नलाई इन्‍कार गरेर सबै इस्राएलले तपाईंको व्यवस्थाको विरुद्धमा अपराध गरेका छन्। परमेश्‍वरका सेवक मोशाका व्यवस्थामा लेखिएका सराप र प्रतिज्ञा हामीमाथि खनिएका छन्, किनकि हामीले उहाँको विरुद्ध पाप गरेका छौं।

    12परमप्रभुले हामीमाथि ठुलो विपत्ति ल्याउनुभएर उहाँले हामी र हाम्रा शासकहरूका विरुद्धमा बोल्नुभएका वचनहरू पुरा गर्नुभएको छ । किनभने यरूशलेमलाई जे गरिएको छ सारा स्वर्गमुनि त्यस्तो कहिल्यै गरिएको छैन ।

    13मोशाको व्यवस्थामा लेखिएझैं सबै विपत्ति हामीमाथि आइपरेको छन्, तापनि आफ्ना पापबाट फर्केर र तपाईं परमप्रभु परमेश्‍वरका सत्यतामा ध्यान दिएर हामीले तपाईंबाट कृपा पाउन अझैसम्‍म बिन्ती गरेका छैनौं ।

    14यसकारण परमप्रभुले विपत्तिलाई पठाउन तयार राख्‍नुभएको छ, र त्यो हामीमाथि ल्याउनुभएको छ, किनभने परमप्रभु हाम्रा परमेश्‍वर आफूले गर्नुहुने सबै काममा धर्मी हुनुहुन्छ, तापनि हामीले उहाँको वचन पालना गरेका छैनौं ।

    15अब हे परमप्रभु हाम्रा परमेश्‍वर, शक्तिशाली हातले तपाईंले आफ्ना मानिसहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो, र आजको दिनसम्म तपाईंले आफ्नो नामको ख्याति कायम राख्‍नुभएको छ । तापनि हामीले अझै पाप गर्‍यौं, र हामीले दुष्‍ट काम गरेका छौं ।

  • 6हाम्रा पुर्खाहरूले झैं हामीले पाप गरेका छौं । हामीले गल्ती गरेका छौं र हामीले खराबी गरेका छौं ।

  • दानी 9:7-9
    3 पदहरू
    77%

    7हे परमप्रभु, धार्मिकता तपाईंको हो । तर आज, हाम्रो अनुहार, अनि यहूदाका मानिसहरू र यरूशलेममा बस्‍नेहरू, र सारा इस्राएलीहरू लाजमा परेका छन् । अनि तपाईंले विभिन्‍न ठाउँहरूमा छरपष्‍ट पार्नुभएका नजिक र टाढाका सबै मानिसहरू त्यसमा समावेश हुन्‍छन् । हामीले तपाईंको विरुद्धमा गरेका विश्‍वासघातको कारणले नै यस्‍तो भएको हो ।

    8हे परमप्रभु, हामीले तपाईंको विरुद्धमा पाप गरेका कारणले गर्दा, हामी, हाम्रा राजाहरू, अगुवाहरू, र पुर्खाहरूका अनुहार शर्ममा परेका छन् ।

    9दया र क्षमा परमप्रभु हाम्रा परमेश्‍वरका हुन्, किनकि हामीले उहाँको विरुद्धमा विद्रोह गरेका छौं ।

  • विलाप 3:42-43
    2 पदहरू
    77%

    42“हामीले आज्ञा उल्लङ्घन गरेका छौँ, र विद्रोह गरेका छौँ, अनि तपाईंले बिर्सनुभएको छैन ।

    43तपाईंले आफैलाई रिसले ढाक्‍नुभएको छ, र हाम्रो पिछा गर्नुभएको छ । तपाईंले मार्नुभएको छ, जोगाउनुभएको छैन ।

  • 3अधर्महरूले हामीलाई जितेका छन् । हाम्रा अपराधहरूको बारेमा तपाईंले ती क्षमा गर्नुहुनेछ ।

  • 25हामी लाजमा पल्टौं । हाम्रो लाजले हामीलाई ढाकोस्, किनकि हामीले परमप्रभु हाम्रा परमेश्‍वरको विरुद्धमा पाप गरेका छौं । हाम्रो युवावस्थादेखि आजको दिनसम्म हामी र हाम्रा पुर्खाहरूले परमप्रभु हाम्रा परमेश्‍वरको आवाजलाई सुनेका छैनौं ।”

  • यशा 64:5-7
    3 पदहरू
    76%

    5जे ठिक छ त्यो गर्न खुसी हुने, तपाईंका मार्गहरू मनमा याद गर्ने र तिनीहरूलाई पालन गर्नेहरूलाई सहायता गर्न तपाईं आउनुहुन्छ । हामीले पाप गर्दा तपाईं रिसाउनुभयो । तपाईंका मर्गहरूमा हामी सधैं बचाइनेछौं।

    6किनकि हामी सबै अशुद्धझैं भएका छौं र हाम्रा सबै धार्मिक कामहरू महिनावारीको कपडाझैं भएका छन् । हामी सबै पातहरू झैं ओइलाएका छौं । हावाले झैं हाम्रा अपराधहरूले हामीलाई उडाएर दलान्छन् ।

    7तपाईंको नाउँ पुकार्ने कोही छैन, तपाईंलाई समात्‍ने कोसिस गर्ने कोही छैन । किनकि तपाईंले हामीबाट आफ्‍नो अनुहार लुकाउनुभएको छ र हाम्रा अधर्महरूका हातमा हामीलाई बेकम्‍मा बनाउनुभएको छ ।

  • यशा 59:2-3
    2 पदहरू
    75%

    2तापनि तिमीहरूका पापपुर्ण कामहरूले तिमीहरूलाई परमेश्‍वरबाट अलग गरेको छ, र तिमीहरूका पापहरूले तिमीहरूबाट र तिमीहरूका कुरा सुन्‍नबाट उहाँलाई आफ्नो मुख लुकाउने बनाएको छ ।

    3किनकि तिमीहरूका हातहरूमा रगतका र तिमीहरूको औंलाहरूमा पापका दाग छन् । तिमीहरूका ओठहरूले झुट बोल्छन् र तिमीहरूका जिब्राले छलपुर्वक बोल्छन् ।

  • 7हाम्रा पिता-पुर्खाहरूलेपाप गरे, र अब तिनीहरू छैनन्, र हामीले तिनीहरूका अधर्मको फल भोग्दछौँ ।

  • एज्रा 9:6-7
    2 पदहरू
    74%

    6मैले भने, “हे मेरा परमेश्‍वर, मेरो अनुहार तपाईंकहाँ उठाउन म लज्‍जित र अयोग्‍य भएको छु, किनकि हाम्रा अपराध हाम्रा शिरमाथि पुगेका छन्, र हाम्रा दोष स्वर्गसम्मै पुगेका छन् ।

    7हाम्रा पुर्खाहरूको समयदेखि अहिलेसम्म हामी ठुलो दोषमा छौं । हाम्रा अपराधहरूको कारणले हामी, हाम्रा राजाहरू, हाम्रा पुजारीहरूलाई यस संसारका राजाहरूका हातमा, तरवारको धारमा, निर्वासनमा, लुट र बेइज्‍जतको लागि सुम्पिदियो जस्तो आज हामी छौं ।

  • 16मुकुट हाम्रो शिरबाट खसेको छ । हामीलाई धिक्‍कार छ! किनकि हामीले पाप गरेका छौँ ।

  • 4किनकि मेरा अधर्महरूले मलाई व्याकुल बनाउछन् । ती मेरो निम्ति ज्‍यादै गह्रौं भारी हुन् ।

  • 9तिनीहरूका विरुद्धको गवाहीहरू तिनीहरूकै अनुहारहरूमा खोज्‍नुहोस् । अनि सदोमले झैं तिनीहरूले आफ्‍ना पाप भन्‍नेछन् । तिनीहरूले त्‍यो लुकाउने छैनन् । तिनीहरूलाई धिक्‍कार! किनकि तिनीहरूले आफ्नै निम्ति सर्वनाश पुरा गरेका छन् ।

  • नहे 9:33-34
    2 पदहरू
    74%

    33हामीमाथि आइपरेका हरेक कुरामा तपाईं धर्मी हुनुहुन्छ किनकि तपाईंले विश्‍वाससाथ व्यवहार गर्नुभएको छ, तर हामीले चाहिँ दुष्‍टतापूर्वक काम गरेका छौँ ।

    34हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू र हाम्रा पिता-पुर्खाहरूले तपाईंको व्यवस्था पालन गरेका छैनन्, न त तपाईंका आज्ञाहरू वा तपाईंले तिनीहरूलाई चेताउनी दिनुभएका तपाईंका करारका आदेशहरूलाई ध्यान दिएका छन् ।

  • 6हामी सबै बह्रालिएका भेडाहरूजस्ता छौं । हामी प्रत्‍येक आ-आफ्नै मार्गतिर लागेका छौं र परमप्रभुले हामी सबैको अधर्म उसमाथि राख्‍नुभएको छ ।

  • 17यी सबै कुरा हामीमा हुन आएका छन् । तापनि हामीले तपाईंलाई बिर्सेका वा तपाईंको करारसँग झुटो किसिमले व्यवहार गरेका छैनौं ।

  • 13तापनि हाम्रो दुष्‍ट अभ्यास र हाम्रो ठुलो दोषको कारणले हामीमाथि हरेक कुरा आइपरे पनि तपाईं हाम्रा परमेश्‍वरले हामीलाई हाम्रा अपराधअनुसार कम दण्ड दिनुभएको छ र हामीलाई बाँचेकाहरू छाड्नुभएको छ,

  • भजन 79:8-9
    2 पदहरू
    73%

    8हाम्रा पुर्खाहरूका पापहरू हाम्रा विरुद्धमा नलिनुहोस् । तपाईंका कृपापूर्ण कामहरू हामीकहाँ आऊन्, किनकि हामी धेरै निम्‍न छौं ।

    9हे हाम्रा उद्धारका परमेश्‍वर, तपाईंको नाउँको महिमाको खातिर हामीलाई सहायता गर्नुहोस् । तपाईंको नाउँको खातिर हामीलाई बचाउनुहोस् र हाम्रा पापहरू क्षमा गर्नुहोस् ।

  • 9यसकारण न्याय हामीबाट टाढा छ, न त धार्मिकता हामीकहाँ आइपुग्छ । हामी ज्‍योतिको आशा गर्छौं, तर अन्धकार देख्‍छौं । हामी उज्‍यालोको प्रतिक्षा गर्छौं, तर हामी अन्‍धकारमा हिंड्‍छौं ।

  • 7हामीले तपाईंको विरुद्धमा दुष्‍ट काम गरेका छौँ, र तपाईंले आफ्ना दास मोशालाई दिनुभएका आज्ञाहरू, विधिविधानहरु र नियमहरू पालन गरेका छैनौँ ।

  • 9हे परमप्रभु, हामीसँग नरिसाउनुहोस्, न त तपाईंको मनमा हाम्रो विरुद्धमा निनुहोस् । कृपया हामी तपाईंका मानिसहरूलाई हेर्नुहोस् ।

  • 5हे परमेश्‍वर, तपाईंले मेरो मूर्खता जान्‍नुहुन्छ र मेरा पापहरू मबाट लुकेका छैनन् ।

  • 15हे इस्राएलका परमप्रभु परमेश्‍वर, तपाईं धर्मी हुनुहुन्छ, किनकि आजको दिनसम्म हामी केही बाँचेकाहरू अझै छौं । हाम्रो दोषको कारणले कोही पनि तपाईंको सामु खडा हुन नसक्‍ने भए तापनि हामी हाम्रा दोषमा तपाईंको सामु छौं ।

  • 23मेरा अधर्म र पाप कति धेरै छन्? मेरो अपराध र मेरो पापको जानकारी मलाई दिनुहोस् ।

  • 9त्यसो भए के त? के हामी आफैँले आफ्‍नो सफाइ दिँदै छौँ? त्यसो नहोस्! किनकि यहूदीहरू र ग्रिकहरू सबै पापको अधीनमा थिए भनी हामीले पहिले नै दोष लगाइसकेका छौँ ।

  • 4धिक्‍कार! पापी जाति, अधर्मले लादिएका मानिसहरू, खराब गर्नेहरूका सन्तानहरू, भ्रष्‍ट रूपले काम गर्नेहरूका सन्तानहरू! तिनीहरूले परमप्रभुलाई त्यागेका छन्, तिनीहरूले इस्राएलका परमपवित्रलाई घृणा गरेका छन्, तिनीहरूले आफैलाई उहाँबाट टाढा बनाएका छन् ।

  • 18म आफ्‍नो दोष स्वीकार गर्छु । मेरा पापको बारेमा म चिन्तित छु ।

  • 12तिनीहरूका मुखका पापहरू र तिनीहरूका ओठहरूका शब्दहरूका निम्ति, तिनीहरूलाई आफ्‍नै घमण्डमा कब्जा गरियोस् र तिनीहरूलले व्यक्‍त गरेका सराप र झूटको निम्ति ।

  • 2तिनीहरूका सबै दुष्‍ट कामलाई मैले याद गर्छु, भनी तिनीहरूले आफ्नो हृदयहरूमा महसुस नै गर्दैनन् । अब तिनीहरूका कामहरूले तिनीहरूलाई नै घेर्छन् । ती मेरो अनुहारको सामु छन् ।