रोमीहरू 3:9

अनलक शाब्दिक बाइबल

त्यसो भए के त? के हामी आफैँले आफ्‍नो सफाइ दिँदै छौँ? त्यसो नहोस्! किनकि यहूदीहरू र ग्रिकहरू सबै पापको अधीनमा थिए भनी हामीले पहिले नै दोष लगाइसकेका छौँ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गलाती 3:22 : 22 तर त्यसको सट्टामा, पापको अधीनमा रहेका सबै कुरालाई धर्मशास्‍त्रले कैदमा राख्यो । परमेश्‍वरले यो गर्नुभयो ताकि येशू ख्रीष्‍टमा विश्‍वासद्वारा हामीलाई बचाउने उहाँको प्रतिज्ञालाई विश्‍वास गर्नेहरूलाई दिन सकियोस् ।
  • रोमी 3:19 : 19 अब हामी जान्दछौँ, कि व्यवस्थाले जे भन्दछ त्यो व्यवस्थाको अधीनमा बस्‍नेहरू कै लागि भन्छ । यो हरेक मुख बन्द होस् भन्‍नाका लागि हो, ताकि सारा संसार परमेश्‍वरप्रति जवाफदेही हुन सकून् ।
  • रोमी 6:15 : 15 त्यसो भए के त? के हामी व्यवस्थामा छैनौँ, तर अनुग्रहमा छौँ भनेर हामी पाप गरौँ त? कहिल्यै यस्तो नहोस् ।
  • रोमी 11:7 : 7 त्यसो भए के त? इस्राएलले जे खोजिरहेको थियो, यसले पाएन, तर चुनिएकाहरूले त्यो पाए र बाँकी रहेकाहरूलाई चाहिँ कठोर बनाइयो ।
  • रोमी 11:32 : 32 किनकि परमेश्‍वरले सबैलाई अनाज्ञाकारिताभित्र बन्द गर्नुभएको छ, ताकि उहाँले सबैलाई दया देखाउन सक्‍नुभएको होस् ।
  • १ कोरि 4:7 : 7 किनकि कसले तिमीहरू र अरू मानिसहरूका बिचमा फरक देख्छ? तिमीहरूसँग भएको कुन कुरा तिमीहरूले सितैँमा पाएका होइनौ र? तिमीहरूले त्यो सितैँमा पाएका छौ भने तिमीहरूले त्यसरी नपाएको झैँ गरेर किन घमण्ड गर्छौ?
  • १ कोरि 10:19 : 19 त्यसो भए, म के भन्दै छु? के त्यो मूर्ति कुनै कुरा हो? अथवा मूर्तिमा चढाइएको बलिदान केही कुरा हो?
  • १ कोरि 14:15 : 15 मैले के गर्ने त? म मेरो आत्माले प्रार्थना गर्नेछु, तर म मेरो दिमागले पनि प्रार्थना गर्नेछु । म मेरो आत्माले गाउनेछु र म मेरो दिमागले पनि गाउनेछु ।
  • गलाती 3:10 : 10 व्यवस्था अनुसारका कामहरूमा भर पर्नेहरू श्रापित हुन्छन् । किनकि यसरी लेखिएको छ “व्यवस्थामा लेखिएका सबै कुराहरू पालन नगर्ने सबै श्रापित हुन्छन् ।”
  • यशा 65:5 : 5 तिनीहरू भन्छन्, “टाढै खडा हो, मेरो नजिक नआइज, किनकि तँभन्दा म पवित्र छु ।' यी कुराहरू मेरो नाकमा दिनभरि बल्‍ने आगो धूँवा हुन् ।
  • लू 7:39 : 39 जब येशूलाई बोलाउने फरिसीले यो देख्यो, तब उसले आफूले विचार गर्दै भन्यो, “यदि यी मानिस एउटा अगमवक्‍ता भएको भए, तब उनले जान्‍ने थिए कि को र कस्ती प्रकारकी स्‍त्रीले उहाँलाई छोइरहेकी छे र त्यो एउटी पापी स्‍त्री हो भनेर ।”
  • लू 18:9-9 : 9 त्यसपछि उहाँले आफैँलाई धर्मी ठान्‍ने र अरूलाई तुच्छ ठान्‍ने कतिपय मानिसहरूलाई यो दृष्‍टान्त पनि भन्‍नुभयो, 10 “दुई जना मानिस मन्दिरमा प्रार्थना गर्न गए– एक जना फरिसी र अर्को कर उठाउने । 11 फरिसीले उभिएर यसो भनेर आफ्नै बारेमा प्रार्थना गर्‍यो, ‘हे परमेश्‍वर, म तपाईंलाई धन्यवाद दिन्छु कि म अरू चोरहरूजस्तो छैनँ, अधर्मीहरूजस्तो छैनँ, व्यभिचारीजस्तो पनि छैनँ, यही कर उठाउनेजस्तो पनि छैनँ । 12 म हरेक हप्‍ता दुई पटक उपवास बस्दछु । म आफूले पाएका सबै थोकको दशांश दिन्छु ।’ 13 तर कर उठाउने मानिसले टाढैबाट उभिएर, स्वर्गतिर पनि नहेरीकन आफ्नो छाती पिट्दै यसो भन्यो, ‘हे परमेश्‍वर म पापीमाथि कृपालु हुनुहोस् ।’ 14 म तिमीहरूलाई भन्दछु, कि यो मानिस अर्को मानिसभन्दा बढी धर्मी ठहरिएर आफ्नो घर फर्क्यो, किनभने हरेक जसले आफूलाई उचाल्दछ त्यो होच्याइनेछ र जसले आफैँलाई होच्याउँछ त्यो उचालिनेछ ।
  • रोमी 1:18-2:29 : 18 किनभने सबै भक्‍तिहीनता र मानिसहरूको अधार्मिक्‍ता विरुद्ध परमेश्‍वरको क्रोध स्वर्गबाट प्रकट भएको छ जसले भक्‍तिहीनताद्वारा सत्यतालाई रोकेको छ । 19 यो परमेश्‍वरबारे अज्ञात भएको कुरा तिनीहरूलाई दृश्‍य भएको हुनाले हो । किनभने परमेश्‍वरले तिनीहरूलाई प्रकाश दिनुभएको छ । 20 किनकि संसारको उत्‍पत्तिदेखि उहाँका अदृश्य पक्षहरू स्पष्‍ट रूपमा दृश्‍य भएका छन् । ती सृजिएका थोकहरूद्वारा बुझिएका छन् । यी पक्षहरू उहाँको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभावहरू हुन् । परिणामस्वरूप, यी मानिसहरूलाई कुनै बहाना छैन । 21 यो तिनीहरूले परमेश्‍वरलाई चिनेर पनि तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा महिमा नदिएकाले गर्दा भएको हो । बरु, तिनीहरू आ-आफ्नै विचारमा मूर्ख भए, र तिनीहरूका अचेत हृदयहरू अँध्यारो बनाइए । 22 तिनीहरूले बुद्धिमान्‌ भएको दाबी गरे, तापनि तिनीहरू मूर्ख नै भए । 23 तिनीहरूले अविनाशी परमेश्‍वरको महिमालाई नाश हुने मानिस, चराचुरुङ्गी, चार खुट्टे जनावरहरू र घस्रने जन्तुहरूको प्रतिमासँग साटे । 24 त्यसकारण, परमेश्‍वरले तिनीहरूलाई अशुद्धताको निम्ति अर्थात् तिनीहरूका बिचमा नै तिनीहरूका शरीरको अनादर होस् भनी तिनीहरूका हृदयका कामबासनामा नै छाडिदिनुभयो । 25 परमेश्‍वरको सत्यतालाई झुटसँग साट्ने र सदासर्वदा प्रशंसा गरिनुपर्ने सृष्‍टिकर्तालाई आराधना गर्नुको सट्टा सृष्‍टि गरिएका थोकहरूको सेवा गर्ने तिनीहरू नै हुन् । आमेन । 26 यसैले, परमेश्‍वरले तिनीहरूलाई लाजमर्दो अभिलाषाहरूमा छाडिदिनुभयो, किनकि तिनीहरूका स्‍त्रीहरूले प्राकृतिक स्वभावलाई प्रकृति विरुद्धको अस्वाभाविक कार्यहरूसँग साटे । 27 त्यसै गरी, पुरुषहरूले पनि स्‍त्रीहरूसँगको स्वाभाविक कार्यलाई छोडे, र एक-अर्काप्रतिको कामुकताले जले । पुरुषहरूसँग अश्‍लील कार्य गर्ने र तिनीहरूका भ्रष्‍टताअनुसारको दण्ड पाउने पुरुषहरू यिनीहरू नै थिए । 28 तिनीहरूको सजगतामा पनि तिनीहरूले परमेश्‍वर हुनुभएकोमा सहमत नभएका हुनाले उहाँले तिनीहरूलाई तिनीहरूका निम्ति अनुचित कुरा गर्नलाई भ्रष्‍ट मनमा छोडिदिनुभयो । 29 तिनीहरू अधार्मिकता, दुष्‍टता, लालच, र द्वेषले भरिएका छन् । तिनीहरू ईर्ष्या, हत्या, कलह, छल र दुष्‍ट विचारले पूर्ण छन् । 30 तिनीहरू कुरौटे, निन्दा गर्ने, र परमेश्‍वरलाई घृणा गर्नेहरू हुन् । तिनीहरू हिंस्रक, घमण्डी र अहङ्कारी छन् । तिनीहरू दुष्‍ट थोकहरूका आविष्कारकहरू हुन् र आफ्ना आमाबुबाप्रति अनाज्ञाकारी भएका छन् । 31 तिनीहरूमा समझ छैन, तिनीहरू अविश्‍वासयोग्य, स्वाभाविक प्रेमविनाका, र कृपारहित छन् । 32 यसो गर्नेहरू मृत्युका भागीदार हुन्छन् भन्‍ने परमेश्‍वरको नियमलाई तिनीहरू जान्दछन् । तर तिनीहरू यी थोकहरू गर्ने मात्र होइनन्, तिनीहरू यसो गर्नेहरूसँग सहमत पनि हुन्छन् । 1 ¶ यसकारण, तिमीहरूलाई कुनै बहाना छैन । ए मानिस, तिमी जसले न्याय गर्छौ र तिमी अर्कालाई जेको निम्ति दोष लगाउँछौ तिमी आफैँ पनि त्यसैमा दोषी ठहराइन्छौ । किनकि तिमी न्याय गर्नेले पनि त्यही कुराहरू गर्छौ । 2 तर यस्ता कुराहरू गर्नेहरूमाथि परमेश्‍वरको न्याय हुँदा सत्यताअनुसार हुन्छ भनी हामी जान्दछौँ । 3 तर ए मानिस, यसलाई विचार गर कि तिमी आफैँले पनि त्यही गर्छौ यद्यपि तिमीले यी कुराहरू गर्नेहरूको न्याय गर्छौ । के तिमी परमेश्‍वरको इन्साफबाट उम्कनेछौ र? 4 अथवा के तिमी उहाँको कृपाको प्रशस्तता, उहाँको दण्डको ढिलाइ र उहाँको धैर्यलाई तुच्छ ठन्छौ? के उहाँको भलाइ तिमीहरूलाई पश्‍चात्तापमा डोर्‍याउनलाई हो भन्‍ने तिमीहरू जान्दैनौ? 5 तर तिमीहरूको कठोर र अपश्‍चात्तापी हृदयको कारण तिमीहरूले क्रोधको दिन अर्थात् परमेश्‍वरको धार्मिक न्याय प्रकट हुने दिनको निम्ति क्रोध थुपारिरहेका छौ । 6 परमेश्‍वरले हरेकलाई त्यसको आफ्ना कर्महरूको नापअनुसार दिनुहुनेछः 7 अटुट रूपमा सुकर्म गर्दै प्रशंसा, इज्‍जत र अमरत्वको खोजी गर्नेलाई उहाँले अनन्त जीवन दिनुहुनेछ । 8 तर आफ्नै मात्र भलाइ खोज्‍ने, सत्यताको अवज्ञा गर्ने तर अधार्मिकताप्रति आज्ञाकारी हुनेहरूमाथि क्रोध र भयङ्कर रिस आइपर्नेछ । 9 परमेश्‍वरले दुष्‍ट कार्य गर्ने हरेक मानव प्राणमाथि सङ्कट र दुःख ल्याउनुहुनेछ, पहिले यहूदीमाथि अनि ग्रिकहरूमाथि । 10 तर असल काम गर्नेहरूमाथि प्रशंसा, इज्‍जत र शान्‍ति आउनेछ, पहिले यहूदी र त्‍यसपछि ग्रिकहरूमाथि । 11 किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न । 12 किनकि जतिले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नै नष्‍ट हुनेछन् र जतिले व्यवस्थाप्रति पाप गरेका छन्, तिनीहरू व्यवस्थाद्वारा नै न्याय गरिनेछन् । 13 किनकि परमेश्‍वरको सामु धर्मी ठहरिनेहरू व्यवस्था सुन्‍नेहरू होइनन्, तर व्यवस्था पालन गर्नेहरू नै धर्मी ठहरिनेछन् । 14 किनकि गैरयहूदीहरू जससँग व्यवस्था छैन, तिनीहरूले स्वभावद्वारा नै व्यवस्थाका कुराहरू गर्छन् । तिनीहरू आफ्ना निम्ति आफैँ नै व्यवस्था हुन्, यद्यपि तिनीहरूसँग व्यवस्था छैन । 15 यसैद्वारा व्यवस्थाले चाहेका कुराहरू तिनीहरूका हृदयमा लेखिएका छन् भन्‍ने देखाउँछ । तिनीहरूको विवेकले पनि तिनीहरूलाई गवाही दिन्छ र तिनीहरूका आफ्नै विचारले कि तिनीहरू आफैँलाई दोष दिन्छ कि प्रतिरक्षा गर्छ । 16 अनि परमेश्‍वरप्रति पनि यही कुरो लागु हुन्छ । त्यो मेरो सुसमाचारअनुसार येशू ख्रीष्‍टद्वारा परमेश्‍वरले सबै मानिसहरूको गोप्य कुराहरूको इन्साफ गर्नुहुने दिन हुनेछ । 17 मानौँ, व्यवस्थामाथि भर परेर तिमी आफैँलाई यहूदी भन्छौ, परमेश्‍वरमा गर्वका साथ रमाउँछौ, 18 उहाँको इच्छा जान्दछौ र व्यवस्थाका शिक्षा पाएर त्यसबाट फरक भएका कुराहरूको जाँच गर्दछौ । 19 मानौँ, कि तिमी आफैँ अन्धाहरूका अगुवा हौ, र अन्धकारमा हुनेहरूका निम्ति ज्योति हौ, 20 मूर्खलाई सुधार गर्ने, शिशुहरूका शिक्षक हौ, अनि तिमीसँग ज्ञान र सत्यताको स्वरूप व्यवस्थामा छ । 21 अनि तिमी जसले अरूलाई सिकाउँछौ, के तिमी आफैलाई चाहिँ सिकाउँदैनौ? तिमी जसले चोरी नगर्नू भनी सिकाउँछौ, के तिमी नै चोरी गर्छौ? 22 तिमी जसले व्‍यभिचार नगर्नू भन्‍छौ, के तिमीले नै व्‍यभिचार गर्छौ? तिमी जसले मूर्तिहरूलाई घृणा गर्छौ, के तिमी मन्‍दिरहरू लुट्छौ? 23 तिमी जो परमेश्‍वरको व्‍यवस्‍थामा गर्वका साथ रमाउँछौ, के तिमीले व्‍यवस्‍था उल्‍लङ्घन गरेर परमेश्‍वरको अपमान गर्छौ? 24 किनकि जसो लेखिएको छ, “तिमीहरूले गर्दा गैरयहूदीहरूका माझमा परमेश्‍वरको नाउँको अनादर भएको छ ।” 25 यदि तिमीहरूले व्‍यवस्‍था पालन गर्छौ भने वास्‍तवमा खतनाले तिमीहरूलाई लाभ दिन्‍छ, तर यदि तिमीहरू व्‍यवस्‍था भङ्‌ग गर्नेहरू हौ भने, तिमीहरूको खतना बेखतना हुन्‍छ । 26 यदि बेखतने व्यक्‍तिले व्यवस्थाले माग गरेका कुराहरूलाई पालन गर्छ भने, के त्‍यसको बेखतना खतना नै ठानिनेछैन र? 27 यदि स्वाभाविक रूपले खतना नभएकाले व्यवस्था पुरा गर्छ भने के त्यसले तिमीलाई दोषी ठहराउँदैन र? तिमीहरूसँग लिखित धर्मशास्‍त्र र खतना भएको भए तापनि तिमीहरूले व्यवस्था उल्‍लङ्घन गर्ने भएकाले यसो भएको हो । 28 किनकि त्यो यहूदी होइन जो बाहिरी रूपले मात्र यहूदी हो; न त केवल बाहिरी शरीरको खतना नै खतना हो । 29 तर त्यही यहूदी हो जो भित्री रूपमा यहूदी हो र अक्षरमा होइन तर आत्‍माद्वारा हृदयको खतना नै खतना हो । यस्‍तो व्यक्‍तिको प्रशंसा मानिसबाट होइन, तर परमेश्‍वरबाट आउँछ ।
  • रोमी 3:5 : 5 तर यदि हाम्रो अधार्मिकताले परमेश्‍वरको धार्मिकतालाई देखाउँछ भने हामी के भन्‍न सक्छौ र? परमेश्‍वरले उहाँको क्रोध प्रकट गर्नुहुँदा उहाँ अधर्मी ठहरिनुहुन्‍न, के अधर्मी ठहरिनुहुन्छ त? म मानवीय तर्कअनुसार बोलिरहेको छु ।
  • रोमी 3:22-23 : 22 अर्थात् यो विश्‍वास गर्ने सबैका निम्ति येशू ख्रीष्‍टमा विश्‍वासद्वारा आउने परमेश्‍वरको धार्मिकता हो । किनकि त्यहाँ कुनै भेदभाव छैन । 23 किनकि सबैले पाप गरेका छन् र परमेश्‍वरको महिमासम्म पुग्‍न चुकेका छन् ।
  • फिलि 1:18 : 18 त्यसो भए के त? चाहे बहानामा होस् वा सत्यतामा दुवै तरिकाले ख्रीष्‍टको प्रचार हुन्छ, र म यसैमा रमाउँदछु । हो, म रमाउनेछु ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • रोमी 3:10-12
    3 पदहरू
    84%

    10यस्तो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन ।

    11बुझ्ने कोही पनि छैन । परमेश्‍वरलाई खोज्‍ने कोही पनि छैन ।

    12तिनीहरू सबै तर्केर गएका छन् । तिनीहरू सबै जना एकैसाथ अनुपयोगी भएका छन् । असल गर्ने कोही पनि छैन, अहँ, एक जना पनि छैन ।

  • रोमी 3:22-24
    3 पदहरू
    79%

    22अर्थात् यो विश्‍वास गर्ने सबैका निम्ति येशू ख्रीष्‍टमा विश्‍वासद्वारा आउने परमेश्‍वरको धार्मिकता हो । किनकि त्यहाँ कुनै भेदभाव छैन ।

    23किनकि सबैले पाप गरेका छन् र परमेश्‍वरको महिमासम्म पुग्‍न चुकेका छन् ।

    24ख्रीष्‍टमा भएको छुटकाराद्वारा तिनीहरू सित्तैँमा धर्मी ठहराइन्छन् ।

  • रोमी 3:18-20
    3 पदहरू
    78%

    18तिनीहरूका आँखाको सामुन्‍ने परमेश्‍वरको डर छैन ।

    19अब हामी जान्दछौँ, कि व्यवस्थाले जे भन्दछ त्यो व्यवस्थाको अधीनमा बस्‍नेहरू कै लागि भन्छ । यो हरेक मुख बन्द होस् भन्‍नाका लागि हो, ताकि सारा संसार परमेश्‍वरप्रति जवाफदेही हुन सकून् ।

    20उहाँको दृष्‍टिमा व्यवस्थाका कामहरूद्वारा कुनै पनि मानिस धर्मी नठहरिने हुनाले यसो भएको हो । किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान आउँछ ।

  • गलाती 2:15-17
    3 पदहरू
    78%

    15हामी जो जन्मसिद्ध यहूदीहरू हौँ र “गैरयहूदी पापीहरू होइनौँ”,

    16व्यवस्थाद्वारा कोही पनि धर्मी हुन सक्दैन भन्‍ने कुरा हामी जान्दछौँ । त्यसको सट्टा, तिनीहरू येशू ख्रीष्‍टमा विश्‍वासद्वारा धर्मी ठहरिन्छन् । हामी ख्रीष्‍ट येशूमा विश्‍वासमा आयौँ ताकि हामी ख्रीष्‍टमा विश्‍वासद्वारा धर्मी ठहरिन सकौँ र व्यवस्थाअनुसारका कामहरूद्वारा होइन । किनकि व्यवस्थाअनुसारका कामहरूद्वारा कोही पनि धर्मी ठहरिन सक्दैन ।

    17तर यदि हामी ख्रीष्‍टमा परमेश्‍वरद्वारा धर्मी हुन खोज्छौँ भने, हामीले आफैँलाई पापी भएको पनि पाउँछौ । के त्यसो भए ख्रीष्‍ट पापको दास हुनुभयो त? त्यस्तो होइन!

  • रोमी 3:5-8
    4 पदहरू
    78%

    5तर यदि हाम्रो अधार्मिकताले परमेश्‍वरको धार्मिकतालाई देखाउँछ भने हामी के भन्‍न सक्छौ र? परमेश्‍वरले उहाँको क्रोध प्रकट गर्नुहुँदा उहाँ अधर्मी ठहरिनुहुन्‍न, के अधर्मी ठहरिनुहुन्छ त? म मानवीय तर्कअनुसार बोलिरहेको छु ।

    6कहिल्यै यस्तो नहोस्! किनकि त्यसो भए त परमेश्‍वरले कसरी संसारको न्याय गर्नुहुन्छ?

    7तर यदि मेरो झुटद्वारा परमेश्‍वरको सत्यताले उहाँको निम्ति प्रशस्त प्रशंसा प्रदान गर्छ भने मलाई अझ पनि किन पापीको रूपमा न्याय गरिन्छ त?

    8किन नभनौँ, जसरी हामीलाई झुटो रूपमा आरोप लगाइन्छ, र केहीले पुष्‍टि गर्छन्, कि हामी भन्छौँ, “दुष्‍ट काम गरौँ, ताकि असल आओस् ।” तिनीहरूमाथिको न्याय उचित छ ।

  • 30त्यसो भए, हामी के भनौँ त? गैरयहूदीहरू जसले धार्मिकतालाई पछ्याइरहेका थिएनन्, तिनीहरूले धार्मिकता अर्थात् विश्‍वासद्वारा आउने धार्मिकता प्राप्‍त गरे ।

  • रोमी 2:1-3
    3 पदहरू
    76%

    1¶ यसकारण, तिमीहरूलाई कुनै बहाना छैन । ए मानिस, तिमी जसले न्याय गर्छौ र तिमी अर्कालाई जेको निम्ति दोष लगाउँछौ तिमी आफैँ पनि त्यसैमा दोषी ठहराइन्छौ । किनकि तिमी न्याय गर्नेले पनि त्यही कुराहरू गर्छौ ।

    2तर यस्ता कुराहरू गर्नेहरूमाथि परमेश्‍वरको न्याय हुँदा सत्यताअनुसार हुन्छ भनी हामी जान्दछौँ ।

    3तर ए मानिस, यसलाई विचार गर कि तिमी आफैँले पनि त्यही गर्छौ यद्यपि तिमीले यी कुराहरू गर्नेहरूको न्याय गर्छौ । के तिमी परमेश्‍वरको इन्साफबाट उम्कनेछौ र?

  • 22तर त्यसको सट्टामा, पापको अधीनमा रहेका सबै कुरालाई धर्मशास्‍त्रले कैदमा राख्यो । परमेश्‍वरले यो गर्नुभयो ताकि येशू ख्रीष्‍टमा विश्‍वासद्वारा हामीलाई बचाउने उहाँको प्रतिज्ञालाई विश्‍वास गर्नेहरूलाई दिन सकियोस् ।

  • 8यदि हामीले हामीसँग पाप छैन भन्‍छौँ भने, हामीले आफैँलाई धोका दिन्छौँ, र हामीसँग सत्य हुँदैन ।

  • रोमी 2:11-12
    2 पदहरू
    75%

    11किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न ।

    12किनकि जतिले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नै नष्‍ट हुनेछन् र जतिले व्यवस्थाप्रति पाप गरेका छन्, तिनीहरू व्यवस्थाद्वारा नै न्याय गरिनेछन् ।

  • 10यदि हामीले पाप गरेका छैनौँ भन्छौँ भने हामीले उहाँलाई झुटा तुल्‍याउँछौँ, र उहाँको वचन हामीमा हुँदैन ।

  • 15त्यसो भए के त? के हामी व्यवस्थामा छैनौँ, तर अनुग्रहमा छौँ भनेर हामी पाप गरौँ त? कहिल्यै यस्तो नहोस् ।

  • 3तिनीहरू सबै बरालिएका छन् । तिनीहरू एकसाथ भ्रष्‍ट भएका छन् । असल गर्ने कोही छैन, अहँ, एक जना पनि छैन ।

  • 3हामी एकपल्ट यी सबै अविश्‍वासीहरू सँगै थियौँ । हाम्रो शरीरको खराब इच्छा अनुसार हामी चल्थ्यौँ र शरीर र मनका इच्छा अनुसार काम गर्ने गर्‍थ्‍यौँ । हामी अरू मानिसहरू जस्तै स्वभावले क्रोधका सन्तान थियौँ ।

  • 3किनभने एक पटक हामीहरू पनि लापरवाह, अनाज्ञाकारी थियौँ । हामी बरालिएका र धेरै प्रकारका खराब इच्छाहरू र विलासिताको दासत्वमा थियौँ । हामी दुष्‍टता र ईर्ष्यामा जिउँथ्यौँ । हामी घृणित र एक अर्कालाई घृणा गर्ने मानिस थियौँ ।

  • 1¶ हामी अब के भनौँ त? के अनुग्रह प्रशस्त होस् भनेर हामीले पाप गरिरहने त?

  • 29अथवा के परमेश्‍वर यहूदीहरूका मात्रै परमेश्‍वर हुनुहुन्छ त? के उहाँ गैरयहूदीहरूका परमेश्‍वर हुनुहुन्‍न र? हो, उहाँ गैरयहूदीहरूका पनि परमेश्‍वर हुनुहुन्छ ।

  • गलाती 3:10-11
    2 पदहरू
    73%

    10व्यवस्था अनुसारका कामहरूमा भर पर्नेहरू श्रापित हुन्छन् । किनकि यसरी लेखिएको छ “व्यवस्थामा लेखिएका सबै कुराहरू पालन नगर्ने सबै श्रापित हुन्छन् ।”

    11अब यो स्पष्‍ट छ, कि परमेश्‍वरले कसैलाई पनि व्यवस्थाद्वारा धर्मी ठहराउनुहुन्‍न, किनकि “धर्मी मानिस विश्‍वासद्वारा नै जिउनेछ ।”

  • 18किनभने सबै भक्‍तिहीनता र मानिसहरूको अधार्मिक्‍ता विरुद्ध परमेश्‍वरको क्रोध स्वर्गबाट प्रकट भएको छ जसले भक्‍तिहीनताद्वारा सत्यतालाई रोकेको छ ।

  • 9परमेश्‍वरले दुष्‍ट कार्य गर्ने हरेक मानव प्राणमाथि सङ्कट र दुःख ल्याउनुहुनेछ, पहिले यहूदीमाथि अनि ग्रिकहरूमाथि ।

  • 29उहाँको अगि कसैले पनि घमण्ड नगरोस् भनेर नै उहाँले यसो गर्नुभयो ।

  • 14त्यसो हो भने, हामी के भनौँ त? के परमेश्‍वरसित अधार्मिकता छ त? कहिल्यै यस्तो नहोस् ।

  • 3किनकि तिनीहरूले परमेश्‍वरको धार्मिकता जान्दैनन्, र तिनीहरूले आफ्नै धार्मिकता स्थापित गर्न खोज्छन् । तिनीहरू परमेश्‍वरको धार्मिकताप्रति समर्पित भएनन् ।

  • 6किनकि हामी सबै अशुद्धझैं भएका छौं र हाम्रा सबै धार्मिक कामहरू महिनावारीको कपडाझैं भएका छन् । हामी सबै पातहरू झैं ओइलाएका छौं । हावाले झैं हाम्रा अपराधहरूले हामीलाई उडाएर दलान्छन् ।

  • 9कामहरूबाट यो होइन, यसैकारण कसैले घमण्ड गर्न सक्दैन ।

  • 7त्यसो भए, हामी के भनौँ त? के व्यवस्था आफैँ पाप हो? यस्तो कहिल्यै नहोस् । तथापि यदि व्यवस्था नभएको भए मैले कहिल्यै पाप जान्‍ने थिइनँ । किनकि यदि व्यवस्थाले, “तैँले लोभ नगर्” नभनेसम्म मैले लोभ के हो भनी कहिल्यै जान्‍ने थिइनँ ।

  • 12किनकि हाम्रा धेरै अपराधहरू तपाईंका सामु छन् र हाम्रा पापहरूले हाम्रा विरुद्धमा गवाही दिन्छन् । किनकि हाम्रा अपराधहरू हामीसँग छन् र हामी आफ्‍ना पापहरू जान्दछौं।

  • 3तिनीहरू सबै जना बरालिएका छन् । तिनीहरू एकसाथ भ्रष्‍ट भएका छन् । असल गर्ने कोही पनि छैन, एक जना पनि छैन ।

  • 12यसकारण, एक जना मानिसद्वारा संसारमा पाप प्रवेश गर्‍यो, यसरी पापद्वारा मृत्‍यु प्रवेश गर्‍यो । अनि मृत्यु सबै मानिसमा फैलियो, किनभने सबैले पाप गरे ।

  • 14हामी जान्दछौँ, कि व्यवस्था आत्मिक हो, तर म शारीरिक हुँ । म पापको दासत्वमा बेचिएको छु ।

  • 5हामीले पाप गरेका छौं र गलत काम गरेका छौं। हामीले दुष्‍टतापुर्वक काम गरेका छौं र तपाईंका आज्ञा र विधिहरूबाट तर्केर हामीले बागी भएका छौं।

  • 14किनकि गैरयहूदीहरू जससँग व्यवस्था छैन, तिनीहरूले स्वभावद्वारा नै व्यवस्थाका कुराहरू गर्छन् । तिनीहरू आफ्ना निम्ति आफैँ नै व्यवस्था हुन्, यद्यपि तिनीहरूसँग व्यवस्था छैन ।

  • 9र उहाँमा स्थापित हुन सकूँ । व्यवस्थाबाट मैले आफैँले प्राप्‍त गरेको धार्मिकता मसँग छैन । बरु, ख्रीष्‍ट येशूमा विश्‍वासद्वारा प्राप्‍त गरेको धार्मिकता मसँग छ, जुन धार्मिकता विश्‍वासमा आधारित परमेश्‍वरबाट मैले प्राप्‍त गरेको हुँ ।

  • 1¶ त्यसकारण, अब ख्रीष्‍ट येशूमा भएकाहरूलाई दण्डको कुनै आज्ञा छैन ।

  • 4पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्छ, पाप व्यवस्था भङ्ग हो ।