१ राजा 11:1
¶ अब राजा सोलोमनले फारोकी छोरीलगायत मोआबी, अम्मोनी, सीदोनी र हित्तीजस्ता धेरै विदेशी स्त्रीहरूलाई प्रेम गरे ।
¶ अब राजा सोलोमनले फारोकी छोरीलगायत मोआबी, अम्मोनी, सीदोनी र हित्तीजस्ता धेरै विदेशी स्त्रीहरूलाई प्रेम गरे ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
2तिनीहरू त्यस्ता जातिहरूका थिए जसको बारेमा परमप्रभुले इस्राएललीहरूलाई भन्नुभएको थियो, “विवाह गर्न तिनीहरूका बिचमा नजाओ, न त तिनीहरू तिमीहरूका बिचमा आऊन् किनकि निश्चय नै, तिनीहरूले तिमीहरूका ह्रदय तिनीहरूका देवताहरूतर्फ फर्काउने छन् ।” यस आज्ञाको बाबजुत पनि सोलोमन यी स्त्रीहरूप्रति मोहित भए ।
3सोलोमनका सात सय जना राजकीय पत्नी र तिन सय जना उपपत्नी थिए । तिनका पत्नीहरूले तिनको ह्रदयलाई बहकाइदिए ।
4किनकि जब सोलोमन वृद्ध भए तिनका पत्नीहरूले तिनको ह्रदयलाई अन्य देवताहरूतर्फ फर्काइदिए । तिनको ह्रदय तिनका पिता दाऊदको ह्रदयजस्तै परमप्रभु तिनका परमेश्वरतर्फ पूर्ण रूपमा समर्पित भएन ।
5किनकि सोलोमन सीदोनीहरूकी देवी अश्तोरेत र अम्मोनीहरूको घिनलाग्दो देवता मोलोखको पछि लागे ।
6सोलोमनले परमप्रभुको दृष्टिमा दुष्ट काम गरे । तिनले आफ्ना पिता दाऊदले गरेझैँ पूर्ण रूपमा परमप्रभुलाई पछ्याएनन् ।
7तब सोलोमनले मोआबको घृणित देवता कमोश र अम्मोनीहरूको घृणित देवता मोलोखको निम्ति यरूशलेमको पूर्वपट्टिको डाँडामा पुजा गर्ने अग्लो स्थान बनाए ।
8तिनले आफ्ना सबै विदेशी पत्नीका निम्ति पनि पुजा गर्ने अग्लो स्थानहरू बनाए जसले त्यहाँ तिनीहरूका देवताहरूलाई धूप बाल्ने र बलिदान चढाउने गर्थे ।
9परमप्रभु सोलोमनसित रिसाउनुभयो, किनकि तिनको ह्रदय इस्राएलका परमेश्वरबाट तर्केर गएको थियो यद्यपि उहाँ तिनीकहाँ दुई पटक देखा पर्नुभएको थियो,
10र यसै विषयमा अर्थात् तिनी अरू देवताहरूको पछि लाग्न हुँदैन भनी उहाँले तिनलाई आज्ञा दिनुभएको थियो । तर सोलोमनले परमप्रभुको आज्ञा मानेनन् ।
11त्यसकारण परमप्रभुले सोलोमनलाई भन्नुभयो, “तैँले यसो गरेको कारण र तैँले मेरो करार र मैले तँलाई आज्ञा गरेका मेरा विधिविधानहरू पालन नगरेकोले निश्चय नै म यो राज्य तँबाट खोसेर तेरो दासलाई दिने छु ।
26के यी स्त्रीहरूकै कारणले इस्राएलका राजा सोलोमनले पाप गरेका होइनन् र? जाति-जातिहरूका बिचमा तिनीजस्ता राजा कोही थिइनन्, र तिनका परमेश्वरले तिनलाई प्रेम गर्नुहुन्थ्यो, अनि परमेश्वरले सारा इस्राएलमाथि तिनलाई राजा बनाउनुभयो । तथापि, तिनका विदेशी पत्नीहरूले तिनलाई पाप गर्न लगाए । के तपाईंहरूको कुरा सुनी यी सबै दुष्ट काम गर्ने अनि विदेशी स्त्रीहरूसित बिहे गरी हाम्रा परमेश्वरलाई धोका दिने?”
27प्रधान पुजारी एल्यासीबका छोरा योयादाको एक जना छोरो होरोनी सन्बलतको ज्वाइँ रहेछ । त्यसकारण मैले त्यसलाई मेरो उपस्थितिबाट भाग्न लगाएँ ।
11सोलोमनले फारोकी छोरीलाई दाऊदको सहरबाट तिनको निम्ति बनाएको महलमा ल्याए, किनकि तिनले भने, “मेरी पत्नी इस्राएलका राजा दाऊदको महलमा बस्नेछैनन्, किनभने परमप्रभुको सन्दूक ल्याइएका ठाउँहरू पवित्र छन् ।”
1¶ सोलोमनले विवाहद्वारा मिश्रका राजा फारोसित मैत्रीपूर्ण सम्बन्ध गाँसे । तिनले फारोकी छोरीसित विवाह गरे, र तिनले आफ्नै महल, परमप्रभुको मन्दिरसाथै यरूशलेमको पर्खाल निर्माण गरेपछि उनलाई दाऊदको सहरमा ल्याए ।
44यी सबैले विदेशी स्त्रीहरूलाई विवाह गरेका थिए, र तिनीहरूमध्ये कसैले छोराछोरीसमेत जन्माएका थिए ।
8सोलोमनले आफू बस्ने महल त्यसको पछिल्तिर न्यायको भवनजस्तै बनाए । आफूले विवाह गरेर ल्याएका फारोकी छोरीको निम्ति पनि तिनले योजस्तै घर बनाए ।
16त्यसपछि दुई जना वेश्या स्त्री राजाकहाँ आई तिनको सामु खडा भए ।
11यहूदा विश्वासहीन भएको छ । इस्राएल र यरूशलेममा घिनलाग्दो काम भएको छ । परमप्रभुले प्रेम गर्नुहुने पवित्र ठाउँलाई यहूदाले अपवित्र बनाएको छ, र त्यसले पराई ईश्वरकी छोरीसँग विहे गरेको छ ।
3आफ्ना पिता दाऊदका विधिविधानहरूमा हिँडी सोलोमनले परमप्रभुप्रति आफ्नो प्रेम देखाए, तर तिनले उच्च स्थानहरूमा बलिदान चढाए र धूप बाले ।
21रहबामले आफ्ना सबै पत्नीहरू र उपपत्नीहरूलाई भन्दा धेरै माया माकालाई गरे (तिनले अठाह्र जना पत्नीहरू र साठी जना उपपत्नीहरू ल्याए, र तिनका अट्ठाईस जना छोरा र साठी जना छोरी थिए) ।
1¶ इस्राएल सित्तीमम बसे र पुरुषहरूले मोआबका स्त्रीहरूसँग व्यभिचार गर्न थाले,
17तिनले आफ्ना लागि धेरै पत्नीहरू नल्याऊन् नत्रता तिनको हृदय बरालिने छ । तिनले सुन र चाँदीको थुप्रो नलगाऊन् ।
16अनि तिनीहरूका छोरीहरूले तिनीहरूका देवी-देवताहरूका निम्ति आफैलाई वेश्या-वृत्तिमा लगाउनेछन् अनि तिनीहरूले तिमीहरूका छोराहरूलाई पनि तिनीहरूका देवी-देवताहरूका निम्ति वेश्या-वृत्तिमा लैजानेछन् ।
11हे सियोनका छोरीहरू हो, बाहिर गएर राजा सोलोमनलाई एकटक लगाएर हेर, जसले मुकुट लगाउनुभएको छ, जुन उहाँकी आमाले विवाहको दिनमा, उहाँको हृदय आनन्दले भरिएको दिनमा उहाँलाई पहिराइदिएकी थिइन् ।
16मिश्रका राजा फारोले गेजेरलाई माथि उक्लेर कब्जा गरेका थिए । तिनले यस सहरका कनानीहरूलाई मारेर जलाइदिएका थिए । त्यसपछि फारोले यो सहर आफ्नी छोरी सोलोमनकी पत्नीलाई दाइजोस्वरूप दिएका थिए ।
12शेबाकी रानीले जे इच्छा गरिन् र जे मागिन् ती हरेक कुरा सोलोमन राजाले तिनलाई दिए । तिनले राजालाई ल्याएर दिएका थोकभन्दा धेरै तिनले उनलाई दिए । यसरी उनी बिदा भइन् र आफ्ना सेवकहरूका साथ आफ्नो देशमा फर्किन् ।
1¶ यो सोलोमनको श्रेष्ठगीत हो । प्रेमिका आफैसित बोल्दै:
13राजा सोलोमनले शेबाकी रानीले इच्छा गरेकी हरेक थोक दिए । राजाले आफ्नो राजकीय उदारताका अतिरिक्ता उनले मागेकी हरेक कुरा दिए । यसरी उनी आफ्ना सेवकहरूसँगै आफ्नो देशमा फर्किन् ।
9राजा सोलोमनले आफ्नै निम्ति लेबनानको काठबाट पालकी बनाउनुभयो ।
17त्यसपछि सोलोमन एदोम देशको किनारमा भएको एस्योन-गेबेर र एलातमा गए ।
13तब सोलोमन गिबोनको अल्गो स्थानको भेट हुने पालबाट यरूशलेममा आए। तिनले इस्राएलमाथि शासन गरे ।
14सोलोमनले रथहरू र घोडचढीहरू जम्मा गरे, र तिनीसँग चौध सय रथ र बाह्र हजार घोडचढीहरू थिए, जसलाई तिनले रथ राख्ने सहरहरूमा र आफू, अर्थात् यरूशलेममा राजसित राखे ।
11यसबाहेक यहोरामले यहूदाका पहाडमा अल्गा ठाउँहरू पनि बनाएका थिए र तिनले यरूशलेमका बासिन्दाहरूलाई वेश्याहरूजस्तै जिउने बनाए र यहूदालाई कुमार्गमा लगाए ।
15कुनै मानिसका दुई पत्नी छन् र त्यसले एउटालाई माया गर्छ र अर्कीलाई घृणा गर्छ अनि दुवै जनाले सन्तान जन्माएका छन् भने अनि घृणा गरिनेले चाहिँ जेठो छोरो जन्माएको छ भने
6तिनीहरूका छोरीहरूलाई उनीहरूले आफ्ना पत्नीहरू बनाएर ल्याए, र उनीहरूका आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई दिए र तिनीहरूका उनीहरूका देवताहरूका सेवा गरे ।
13इस्राएलका राजा सोलोमनले यरूशलेमको पूर्वपट्टि, भ्रष्टताको पर्वतको दक्षिणपट्टि बनाएका सीदोनीहरूका देवी अश्तोरेतको घिनलाग्दो मूर्ति, मोआबीहरूको देवता कमोशको घिनलाग्दो मूर्ति र अम्मोनीहरूको देवता मोलोखको घिनलाग्दो मूर्तिलाई राजाले नष्ट पारिदिए ।
20हे मेरो छोरो, तँ किन व्यभिचारी स्त्रीद्वारा फसाइने? तैँले किन अनैतिक स्त्रीलाई अङ्गालो हाल्ने?
1¶ जब शेबाकी रानीले सोलोमनको ख्यातिको बारेमा सुनिन्, तब कठिन प्रश्नहरू लिएर तिनको जाँच गर्न तिनी यरूशलेममा आइन् । तिनी मसलाहरू, प्रशस्त सुन र धेरै बहुमूल्य रत्नहरूलाई ऊँटहरूमा लदाएर एक अत्यन्तै ठूलो लावालश्करसाथ आइन् । जब तिनी सोलोमनकहाँ आइन्, तब तिनले आफ्नो मनमा भएका सबै कुरा उनलाई भनिन् ।
16राजा र तिनका सबै परिवार तिनीसितै विदा भए, तर दरबारको रेखदेख गर्न दश जना उपपत्नीलाई राजाले छोडिराखे ।
23ती दिनमा अश्दोद, अम्मोन र मोआबका स्त्रीहरूलाई बिहे गर्ने यहूदीहरूलाई पनि मैले देखेँ ।
3यरूशलेममा दाऊदले अझै अरू पत्नीहरू ल्याए, र तिनी धेरै जना छोराहरू र छोरीहरूका बाबु भए ।
23रहबामले बुद्धिमानीपूर्वक राज्य गरे । तिनले आफ्ना सबै छोराहरूलाई यहूदा र बेन्यामीनका किल्लाबन्दी गरिएका जम्मै सहरमा पठाए । तिनले उनीहरूका निम्ति प्रशस्त खानेकुरा दिए र तिनीहरूका निम्ति धेरै जना पत्नीहरू खोजिदिए ।
16सोलोमनका घोडाहरू मिश्रदेश र क्यूएबाट पैठारी हुन्थे। तिनका व्यापारीहरूले ती क्यूएबाट किनेर ल्याउँथे ।
1¶ राजा सोलोमन सारा इस्राएलमाथि राजा भए ।
2एसावले कनानीहरूबाट आफ्ना पत्नीहरू ल्याए । उनका पत्नीहरू यसप्रकार थिएः हित्ती एलोनकी छोरी आदा; हिव्वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा;
1¶ जब यी कुराहरू भए तब अधिकारीहरू मकहाँ आए र भने, “इस्राएलका मानिसहरू, पुजारीहरू र लेवीहरूले अन्य देशमा बस्ने जातिहरू अर्थात् कनानी, हित्ती, परिज्जी, यबूसी, अम्मोनी, मोआबी, मिश्री र एमोरीहरू अनि तिनीहरूका घिनलाग्दा कुराहरूदेखि आफैलाई अलग गरेका छैनन् ।
8साठी जना रानी, असी जना भित्रिनी र अनगिन्ती युवतीहरू छन् ।
26सोलोमनले रथहरू र घोडचढीहरू जम्मा गरे । तिनका चौध सयवटा रथ र बाह्र हजार घोडचढी थिए जसलाई तिनले रथ राख्ने सहरहरू र आफूसितै यरूशलेममा पनि राख्ने गर्थे ।
2सोलोमनले यसो भन्दै हीरामलाई वचन पठाए,
10उनले राजालाई चार टन सुन र प्रशस्त मात्रामा मसलासाथै बहुमूल्य रत्नहरू दिइन् । शेबाकी रानीले सोलोमन राजालाई दिएकी जत्तिकै यति प्रशस्त मसला तिनलाई फेरि कहिल्यै दिइएन । ओपीरबाट सुन ल्याउने