एज्रा 10:44

अनलक शाब्दिक बाइबल

यी सबैले विदेशी स्‍त्रीहरूलाई विवाह गरेका थिए, र तिनीहरूमध्ये कसैले छोराछोरीसमेत जन्माएका थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • एज्रा 10:3 : 3 त्यसैले अब प्रभुका निर्देशनहरू र हाम्रा परमेश्‍वरका आज्ञाहरूदेखि डराउनेहरूका निर्देशनहरूअनुसार सबै स्‍त्री र तिनीहरूका छोराछोरीलाई पठाउन हाम्रा परमेश्‍वरसित करार बाँधौं, र यो काम व्यवस्थाअनुसार गरियोस् ।
  • नीति 2:16 : 16 बुद्धि र विवेकले तँलाई व्यभिचारी स्‍त्री, र अनैतिक स्‍त्रीसाथै त्यसका चाप्लुसी वचानहरूबाट बचाउने छ ।
  • नीति 5:3 : 3 किनकि व्यभिचारी स्‍त्रीको ओठबाट मह चुहन्छ, र त्यसको मुख तेलभन्दा पनि चिल्लो हुन्छ ।
  • नीति 5:20 : 20 हे मेरो छोरो, तँ किन व्यभिचारी स्‍त्रीद्वारा फसाइने? तैँले किन अनैतिक स्‍त्रीलाई अङ्गालो हाल्ने?

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • एज्रा 10:17-19
    3 पदहरू
    78%

    17पहिलो महिनाको पहिलो दिनसम्ममा तिनीहरूले कुन-कुन मानिसहरू विदेशी स्‍त्रीहरूसित बसेका थिए भनी पत्ता लगाए ।

    18विदेशी स्‍त्रीहरूलाई विवाह गर्ने पुजारी परिवारहरूका यिनै हुन्: योसादाकका छोरा येशूअ र तिनका दाजुभाइका: मासेयाह, एलीएजर, यारीब र गदल्‍याह थिए ।

    19त्यसैले तिनीहरूले आ-आफ्‍ना पत्‍नीहरूलाई त्‍यागिदिने निधो गरे । तिनीहरू दोषी भएका हुनाले तिनीहरूले दोषबलिको रूपमा आफ्‍ना बगालबाट एउटा भेडा पनि ल्‍याए ।

  • एज्रा 10:10-11
    2 पदहरू
    77%

    10पुजारी एज्रा खडा भए र भने, “तिमीहरू आफैले अपराध गरेका छौ । इस्राएलको पापलाई बढाउलाई तिमीहरू विदेशी स्‍त्रीहरूसित बस्यौ ।

    11तर अब आफ्‍ना पुर्खाहरूका परमप्रभु परमेश्‍वरलाई प्रशंसा देओ, र उहाँको इच्छाअनुसार गर । यस देशका मानिसहरू र विदेशी स्‍त्रीहरूबाट अलग रहो ।”

  • 43नेबोका परिवारका: यीएल, मत्तित्‍याह, जाबाद, जबीना, यद्दै, योएल, र बनायाह ।

  • 14त्यसैले हाम्रा अधिकारीहरूले सारा समुदायको प्रतिनिधित्व गरून् । हामीबाट हाम्रा परमेश्‍वरको क्रोध नहटेसम्म हाम्रा सहरहरूमा विदेशी स्‍त्रीहरूलाई बस्‍न दिएकाहरू सहरका सबै धर्म-गुरु र सहरका न्यायकर्ताहरूद्वारा तोकिएको समयमा आऊन् ।”

  • नहे 13:23-27
    5 पदहरू
    75%

    23ती दिनमा अश्दोद, अम्मोन र मोआबका स्‍त्रीहरूलाई बिहे गर्ने यहूदीहरूलाई पनि मैले देखेँ ।

    24तिनीहरूका सन्तानमध्ये आधाले अश्दोदको भाषा बोल्थे । तिनीहरूमध्ये कसैले पनि यहूदाको भाषा बोल्न सक्दैनथ्यो, तर ती मानिसहरूको कुनै एउटा भाषा बोल्दथे ।

    25मैले तिनीहरूको सामना गरी तिनीहरूलाई सराप दिएँ, र केहीलाई हिर्काएँ र तिनीहरूको जगल्टा लुछेँ । मैले तिनीहरूलाई यसो भनी परमेश्‍वरको नाउँमा शपथ खान लगाएँ, “तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू अथवा तिनीहरूका छोरीहरू आफ्ना छोराहरू वा आफ्नै लागि नलिनू ।

    26के यी स्‍त्रीहरूकै कारणले इस्राएलका राजा सोलोमनले पाप गरेका होइनन् र? जाति-जातिहरूका बिचमा तिनीजस्ता राजा कोही थिइनन्, र तिनका परमेश्‍वरले तिनलाई प्रेम गर्नुहुन्थ्यो, अनि परमेश्‍वरले सारा इस्राएलमाथि तिनलाई राजा बनाउनुभयो । तथापि, तिनका विदेशी पत्‍नीहरूले तिनलाई पाप गर्न लगाए । के तपाईंहरूको कुरा सुनी यी सबै दुष्‍ट काम गर्ने अनि विदेशी स्‍त्रीहरूसित बिहे गरी हाम्रा परमेश्‍वरलाई धोका दिने?”

    27प्रधान पुजारी एल्यासीबका छोरा योयादाको एक जना छोरो होरोनी सन्बलतको ज्वाइँ रहेछ । त्यसकारण मैले त्यसलाई मेरो उपस्थितिबाट भाग्‍न लगाएँ ।

  • एज्रा 9:1-2
    2 पदहरू
    74%

    1¶ जब यी कुराहरू भए तब अधिकारीहरू मकहाँ आए र भने, “इस्राएलका मानिसहरू, पुजारीहरू र लेवीहरूले अन्य देशमा बस्‍ने जातिहरू अर्थात् कनानी, हित्ती, परिज्‍जी, यबूसी, अम्मोनी, मोआबी, मिश्री र एमोरीहरू अनि तिनीहरूका घिनलाग्दा कुराहरूदेखि आफैलाई अलग गरेका छैनन् ।

    2किनकि तिनीहरूले उनीहरूका केही छोराछोरीसित विहेवा गरेका छन् र अरू देशका जातिहरूसित पवित्र जातिलाई मिसाएका छन्, अनि अधिकारीहरू र अगुवाहरूले नै पहिले यस्तो अविश्‍वासको काम गरेका छन् ।”

  • जक 12:13-14
    2 पदहरू
    73%

    13लेवीको घरानाको कुल अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन् । शिमीको कुल अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन् ।

    14बाँकी रहेका कुलहरूको हरेक वंश अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन् ।”

  • एज्रा 10:2-3
    2 पदहरू
    73%

    2एलामका परिवारका यहीएलका छोरा शकन्याहले एज्रालाई भने, “हामी हाम्रा परमेश्‍वरप्रति अविश्‍वासी भएका छौं, र हामीले अन्य देशका विदेशी स्‍त्रीहरूसित विवाह गरेका छौं । तर यसको बाबजुत पनि इस्राएलको लागि अझै आशा छ ।

    3त्यसैले अब प्रभुका निर्देशनहरू र हाम्रा परमेश्‍वरका आज्ञाहरूदेखि डराउनेहरूका निर्देशनहरूअनुसार सबै स्‍त्री र तिनीहरूका छोराछोरीलाई पठाउन हाम्रा परमेश्‍वरसित करार बाँधौं, र यो काम व्यवस्थाअनुसार गरियोस् ।

  • 61र पुजारीहरूबाट: होबायाहका, हक्‍कोसका र बर्जिल्‍लै (तिनले गिलादी बर्जिल्‍लैका छोरीहरूमध्ये एउटीलाई विवाह गरे र तिनीहरूका नाउँ राखे) परिवार ।

  • 6तिनीहरूका छोरीहरूलाई उनीहरूले आफ्ना पत्‍नीहरू बनाएर ल्याए, र उनीहरूका आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई दिए र तिनीहरूका उनीहरूका देवताहरूका सेवा गरे ।

  • १ राजा 11:1-3
    3 पदहरू
    73%

    1¶ अब राजा सोलोमनले फारोकी छोरीलगायत मोआबी, अम्मोनी, सीदोनी र हित्तीजस्ता धेरै विदेशी स्त्रीहरूलाई प्रेम गरे ।

    2तिनीहरू त्यस्ता जातिहरूका थिए जसको बारेमा परमप्रभुले इस्राएललीहरूलाई भन्नुभएको थियो, “विवाह गर्न तिनीहरूका बिचमा नजाओ, न त तिनीहरू तिमीहरूका बिचमा आऊन् किनकि निश्चय नै, तिनीहरूले तिमीहरूका ह्रदय तिनीहरूका देवताहरूतर्फ फर्काउने छन् ।” यस आज्ञाको बाबजुत पनि सोलोमन यी स्त्रीहरूप्रति मोहित भए ।

    3सोलोमनका सात सय जना राजकीय पत्नी र तिन सय जना उपपत्नी थिए । तिनका पत्नीहरूले तिनको ह्रदयलाई बहकाइदिए ।

  • नहे 10:27-28
    2 पदहरू
    72%

    27मल्‍लूक, हारीम र बानाह ।

    28बाँकी मानिसहरू अर्थात् पुजारीहरू, लेवीहरू, द्वारपालहरू, गायकहरू, मन्दिरका सेवकहरू र छिमेकी देशका मानिसहरूबाट आ-आफूलाई अलग गरी परमेश्‍वरको व्यवस्था पालन गर्ने प्रतिज्ञा गरेका सबै पुरुष, तिनीहरूका पत्‍नीहरू, तिनीहरूका छोराछोरीहरू जससित ज्ञान र समझशक्ति थियो,

  • 11यहूदा विश्‍वासहीन भएको छ । इस्राएल र यरूशलेममा घिनलाग्दो काम भएको छ । परमप्रभुले प्रेम गर्नुहुने पवित्र ठाउँलाई यहूदाले अपवित्र बनाएको छ, र त्यसले पराई ईश्‍वरकी छोरीसँग विहे गरेको छ ।

  • 16अनि तिनीहरूका छोरीहरूले तिनीहरूका देवी-देवताहरूका निम्ति आफैलाई वेश्या-वृत्तिमा लगाउनेछन् अनि तिनीहरूले तिमीहरूका छोराहरूलाई पनि तिनीहरूका देवी-देवताहरूका निम्ति वेश्या-वृत्तिमा लैजानेछन् ।

  • 22त्यसले विधवा वा सम्‍बन्‍ध-विच्‍छेद भएकी स्‍त्रीलाई आफ्नी पत्‍नी बनाउनुहुँदैन, तर त्यसले इस्राएलको घरानाको कन्ये केटी वा पुजारीसँग विवाह गरेर विधवा भएकीसँग मात्र विवाह गरोस् ।

  • 6बिहेबारी गर र छोराहरू र छोरीहरू जन्माओ । त्यसपछि आफ्ना छोराहरूका लागि पत्‍नीहरू ल्याओ, र आफ्ना छोरीहरू तिनीहरूका पतिहरूलाई देओ । तिनीहरूले छोराहरू र छोरीहरू जन्माऊन्, र त्यहाँ आफ्नो सङ्ख्या बढाओ, घटाउने होइन ।

  • 3यरूशलेममा दाऊदले अझै अरू पत्‍नीहरू ल्‍याए, र तिनी धेरै जना छोराहरू र छोरीहरूका बाबु भए ।

  • 8तिनले आफ्ना सबै विदेशी पत्नीका निम्ति पनि पुजा गर्ने अग्लो स्थानहरू बनाए जसले त्यहाँ तिनीहरूका देवताहरूलाई धूप बाल्ने र बलिदान चढाउने गर्थे ।

  • 18तिनीहरूले सारा समुदाय भरका तिनका साना बालबालिका, पत्‍नीहरू र छोराछोरी सबैलाई पनि समावेस गरे, किनकि आफैलाई शुद्ध गर्नमा तिनीहरू विश्‍वासयोग्य थिए ।

  • 12तर यदि तिमीहरू तिमीहरूमाझ बाँकी रहेका यी जातिहरूसँग लाग्यौ र पछि हट्यौ भने वा यदि तिमीहरूले तिनीहरूसँग अन्तर-जातीय विवाह गर्‍यौ भने वा यदि तिमीहरू उनीहरूसँगै आयौ र उनीहरू तिमीहरूसँग सबै आए भने,

  • 9तिमीहरूका पुर्खाहरू अनि यहूदाका राजाहरू र तिनीहरूका पत्‍नीहरूले गरेका दुष्‍टतालाई के तिमीहरूले बिर्सेका छौ? यहूदा देशमा र यरूशलेमका सडकहरूमा तिमीहरू आफै र तिमीहरूका पत्‍नीहरूले गरेका दुष्‍ट कामलाई के तिमीहरूले बिर्सेका छौ?

  • 30हामीले हाम्रा छोरीहरू त्यस देशका मानिसहरूलाई नदिने र तिनीहरूका छोरीहरू हाम्रा छोरीहरूका निम्ति नलिने प्रतिज्ञा गर्‍यौँ ।

  • 4तिनीहरूका साथै तिनीहरूसँग पुर्खाका वंशअनुसार युद्ध गर्नलाई छत्तिस हजार योद्धाहरू थिए, किनकी तिनीहरूका धेरै पत्‍नीहरू र छोराहरू थिए ।

  • 63पुजारीहरूबाट: होबायाहका परिवार, हक्‍कोसका परिवार, र बर्जिल्‍लैका परिवार (तिनले गिलादी बर्जिल्‍लैका छोरीहरूमध्ये एउटीलाई विवाह गरी तिनीहरूको नाउँ राखे) ।

  • 23बेन्यामीनी मानिसहरूले त्यस्तै गरे । तिनीहरूले नाचिरहेका युवतीहरूबाट पत्‍नीहरू लिए र तिनीहरूसँगै अगि बढे । तिनीहरू आफ्नै उत्तराधिकारको ठाउँमा फर्केर गए । तिनीहरूले नगरहरू बनाए र त्‍यसमा बसोबास गरे ।

  • 27जत्तूका परिवारका: एल्‍योएनै, एल्‍यासीब, मत्तन्‍याह, यरेमोत, जाबाद र अजीजा जत्तूका परिवारका: एल्‍योएनै, एल्‍यासीब, मत्तन्‍याह, यरेमोत, जाबाद र अजीजा ।

  • 13दाऊदले हेब्रोन छोडे र यरूशलेममा आए, त्‍यसपछि तिनले यरूशलेममा अरू धेरै उपपत्‍नीहरू र पत्‍नीहरू ल्याए र तिनका अरू धेरै छोराहरू र छोरीहरू जन्मे ।

  • 30गिदोनको वंशमा सत्तरी छोराहरू थिए, किनकि तिनका धेरै जना पत्‍नीहरू थिए ।

  • 2परमेश्‍वरका छोराहरूले मानव-जातिका छोरीहरूलाई आकर्षक (राम्री) देखे । तिनीहरूले तिनीहरूमध्ये कसैलाई आफैले चुनेको पत्‍नी ल्याए ।

  • 21तर अबियाले शक्तिशाली भए । तिनले आफ्नो निम्ति चौध जना पत्‍नी ल्‍याए, र बाइस जना छोरा र सोह्र जना छोरीका पिता भए ।

  • 44केरोस, सीआ, पादोन,

  • 11सलोफादका छोरी महला, तिर्सा, होग्ला, मिल्का र नोआहले मनश्शेका सन्तानहरूसँग विवाह गरे ।

  • 4यी छोराहरूले मोआबका महिलाहरूमध्येबाट पत्‍नीहरू ल्याए । एउटीको नाउँ ओर्पा र अर्कीको नाउँ रूथ थियो । तिनीहरू त्यहाँ झण्डै दश वर्ष जति बसे ।

  • 2गिलादकी पत्‍नीले पनि तिनका निम्‍ति अरू छोराहरू जन्माइन् । जब तिनकी पत्‍नीकी छोराहरू हुर्के, तिनीहरूले यिप्‍तालाई घर छोड्न बाध्‍य पारे र तिनलाई भने, “हाम्रो परिवारबाट तैंले केही पनि पैतृक अंश पाउनेछैनस् । तँ अर्कै स्‍त्रीको छोरा होस् ।”

  • 7बाँकी भएकाहरूलाई कसले पत्‍नीहरू दिनेछन्, किनकि हामी कसैले पनि आफ्ना छोरीहरू तिनीहरूलाई विवाह गरेर दिनेछैनौं भनेर परमप्रभुसँग प्रतिज्ञा गरेका छौं?”