न्यायाधीश 21:7

अनलक शाब्दिक बाइबल

बाँकी भएकाहरूलाई कसले पत्‍नीहरू दिनेछन्, किनकि हामी कसैले पनि आफ्ना छोरीहरू तिनीहरूलाई विवाह गरेर दिनेछैनौं भनेर परमप्रभुसँग प्रतिज्ञा गरेका छौं?”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • न्या 21:1 : 1 ¶ इस्राएलका मानिसहरूले मिस्पामा एउटा प्रतिज्ञा गरेका थिए, “हामीहरूमध्ये कसैले पनि आफ्नी छोरीलाई बेन्यामीनीलाई विवाह गरेर दिनेछैनौं ।”
  • न्या 21:18 : 18 हामीले तिनीहरूलाई आफ्ना छोरीहरूबाट पत्‍नीहरू दिन सक्दैनौं, किनकि इस्राएलका मानिसहरूले प्रतिज्ञा गरेका थिए, “बेन्यामीनीहरूलाई पत्‍नी दिने कुनै पनि व्‍यक्‍ति श्रापित होस् ।’”
  • १ शमू 14:28-29 : 28 तब मानिसहरूमध्ये एक जनाले भने, “ तपाईंको बुबाले 'आजको दिन खाना खाने मानिस श्रापित होस्' भनी मानिसहरूलाई कडा शपथ खान लगाउनुभयो, यद्यपि मानिसहरू भोकले कमजोर भएका छन् । 29 तब जोनाथनल भने, “मेरो बुबाले देशलाई कष्‍ट दिनुभएको छ । हेर, मैले यो थोरै मह चाखेर मेरा आँखाहरू कति तेजिला भएका छन् ।
  • १ शमू 14:45 : 45 तब मानिसहरूले शाऊललाई भने, “इस्राएलको निम्ति यत्रो विजय ल्याउने जोनाथन मर्नुपर्छ? यस्‍तो हुँदै नहोस्! परमप्रभु जीवित हुनुभएझैं, तिनको शिरबाट एउटा कपाल पनि झर्नेछैन, किनकि आज तिनले परमेश्‍वरसँग काम गरेका छन् ।” यसरी मानिसहरूले जोनाथनको उद्धार गरे ताकि तिनी मरेनन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • न्या 21:11-18
    8 पदहरू
    89%

    11“यस्तो गर्नू: हरेक पुरुष र मानिससँग सहवास गरेका स्‍त्रीलाई मार्नू ।”

    12याबेश-गिलादमा बस्‍नेहरूमध्ये ती मानिसहरूले चार सय यस्ता जवान स्‍त्रीहरू भेट्टाए को कहिल्यै कुनै मानिससँग सुतेका थिएनन्, र तिनीहरूले उनीहरूलाई कनानमा शीलोको छाउनीमा लगे ।

    13सारा सभाले रिम्मोनको चट्टानमा भएका बेन्यामीनका मानिसहरूलाई सन्देश पठाए र तिनीहरूले उनीहरूलाई शान्तिको प्रस्ताव राखेका थिए ।

    14ती बेन्यामीनीहरू त्यो समयमा फर्के र तिनीहरूलाई याबेश गिलादका स्‍त्रीहरू दिइयो । तर तिनीहरू सबैका निम्ति पुग्‍ने स्‍त्रीहरू थिएनन् ।

    15बेन्यामीनीहरूलाई जे भयो त्यसको निम्ति मानिसहरू दुःखित थिए, किनभने परमप्रभुले इस्राएलका कुलहरूका बिचमा विभाजन गराउनुभएको थियो ।

    16त्यसपछि सभाका अगुवाहरूले भने, “बाँकी भएका बेन्यामीनीहरूका निम्ति पत्‍नीहरू हामी कसरी जुटाउनेछौं? किनभने बेन्यामीनी स्‍त्रीहरू मारिएका छन् ।”

    17तिनीहरूले भने, “बेन्यामीनका बाँचेकाहरूको निम्ति एउटा उत्तराधिकार हुनुपर्छ, ताकि इस्राएलबाट एउटा कुलको नाश नहोस् ।

    18हामीले तिनीहरूलाई आफ्ना छोरीहरूबाट पत्‍नीहरू दिन सक्दैनौं, किनकि इस्राएलका मानिसहरूले प्रतिज्ञा गरेका थिए, “बेन्यामीनीहरूलाई पत्‍नी दिने कुनै पनि व्‍यक्‍ति श्रापित होस् ।’”

  • न्या 21:1-2
    2 पदहरू
    87%

    1¶ इस्राएलका मानिसहरूले मिस्पामा एउटा प्रतिज्ञा गरेका थिए, “हामीहरूमध्ये कसैले पनि आफ्नी छोरीलाई बेन्यामीनीलाई विवाह गरेर दिनेछैनौं ।”

    2त्यसपछि मानिसहरू बेथेलमा गए र साँझसम्म परमेश्‍वरको सामुन्‍ने बसे, र तिनीहरू ठुलो स्वरले धरुधुरु रोए ।

  • न्या 21:21-23
    3 पदहरू
    85%

    21शीलोबाट युवतीहरू नाच्नलाई बाहिर निस्कने समयलाई हेर । तब दाखबारीहरूबाट बाहिर निस्‍क र तिमीहरू हरेकले शीलोबाट युवतीललाई आफ्नी पत्‍नीको रूपमा लिएर बेन्यामीनको भूमिमा फर्क ।

    22जब तिनीहरूका बुबा वा दाजुभाइहरू हाम्रो विरोध गर्न हामीकहाँ आउँछन्, तब हामी तिनीहरूलाई भन्‍नेछौं, ‘हामीमाथि कृपा गर्नुहोस्! तिनीहरूलाई रहन दिनुहोस् किनभने हामीले युद्धको बेला हरेक मानिसको निम्ति पत्‍नी दिएनौं । तपाईंहरू निर्दोष हुनुहुन्छ, किनकि तपाईंले तिनीहरूलाई आफ्ना छोरीहरू दिनुभएको होइन ।’”

    23बेन्यामीनी मानिसहरूले त्यस्तै गरे । तिनीहरूले नाचिरहेका युवतीहरूबाट पत्‍नीहरू लिए र तिनीहरूसँगै अगि बढे । तिनीहरू आफ्नै उत्तराधिकारको ठाउँमा फर्केर गए । तिनीहरूले नगरहरू बनाए र त्‍यसमा बसोबास गरे ।

  • न्या 21:5-6
    2 पदहरू
    82%

    5इस्राएलका मानिसहरूले भने, “परमप्रभुको सभामा इस्राएलका कुलमध्ये कुनचाहिं आएन?” किनकि मिस्पामा परमप्रभुकहाँ नआउनेको बारेमा तिनीहरूले एउटा महत्त्वपूर्ण निर्णय गरेका थिए । तिनीहरूले भने, “त्यो निश्‍चय नै मारिनेछ ।”

    6इस्राएलका मानिसहरूमा तिनीहरूका दाजुभाइ बेन्यामिनीहरू प्रति दया जाग्यो । तिनीहरूले भने, “आज इस्राएलबाट एउटा कुल बाहिरिएको छ ।

  • 8तिनीहरूले भने, “मिस्पामा परमप्रभुकहाँ इस्राएलका कुनचाहिं कुल आएनन्?” याबेश-गिलादबाट कोही पनि सभामा आएका थिएनन् भन्‍ने कुरा थाहा भयो ।

  • 30हामीले हाम्रा छोरीहरू त्यस देशका मानिसहरूलाई नदिने र तिनीहरूका छोरीहरू हाम्रा छोरीहरूका निम्ति नलिने प्रतिज्ञा गर्‍यौँ ।

  • 16तब हामी हाम्रा छोरीहरू तपाईंहरूलाई दिनेछौँ र तपाईंहरूका छोरीहरू हामी लिनेछौँ अनि हामी तपाईंहरूसित बसी एउटै जाति हुनेछौँ ।

  • 37मेरो मालिकले मलाई यसो भनेर शपथ खान लाएका छन्, ‘तैँले मेरो छोराको लागि म अहिले बसेको देशका कनानीहरूका छोरीहरूमध्‍ये कुनै पनि विवाह गर्नलाई नल्‍याउनू ।

  • उत्प 34:21-22
    2 पदहरू
    73%

    21“यी मानिसहरू शान्तिप्रिय छन् । त्यसैले यिनीहरू हामीसितै बसोबास गरी व्यापार गरून् किनकि वास्तवमा हाम्रो देश तिनीहरूका लागि पनि ज्यादै ठुलो छ । तिनीहरूका छोरीहरूलाई पत्‍नी बनाउनलाई लिऔँ र तिनीहरूलाई हाम्रा छोरीहरू दिऔँ ।

    22यो सर्तमा मात्रै ती मानिसहरू हामीसित बसी एउटै जाति हुन सहमत छन्: तिनीहरूजस्तै हाम्रो हरेक पुरुषको खतना हुनुपर्छ ।

  • यहो 9:19-20
    2 पदहरू
    72%

    19तर सबै अगुवाले मानिसहरूलाई भने, “हामीले उनीहरूको बारेमा परमप्रभु इस्राएलका परमेश्‍वरद्वारा शपथ खाएका छौँ र अहिले हामी उनीहरूको हानि गर्न सक्दैनौ ।

    20हामी उनीहरूलाई यसो गर्ने छौँ: हामीले उनीहरूसँग शपथ खाएका कारण हामीमाथि आइपर्ने क्रोधबाट बच्‍न हामी उनीहरूलाई बाँच्‍न दिने छौँ ।”

  • 3बेन्यामिनका मानिसहरूले इस्राएलका मानिसहरू मिस्पामा गएका कुरा सुने । इस्राएलका मानिसहरूले भने, “यस्तो दुष्‍ट काम कसरी भयो त्‍यो हामीलाई भन ।”

  • 7के मगनी भएर बिहे नभएको यहाँ कोही मानिस छ? त्यो घरमा जाओस् ताकि त्यो युद्धमा मर्नु नपरोस् र त्यसलाई अर्कोले बिहे गर्न नपाओस् ।'

  • 3अनि तैँले अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्‍ये कसैलाई पनि मेरो छोरोकी पत्‍नीको रूपमा ल्याइदिने छैनस् भनी म तँलाई स्‍वर्ग र पृथ्‍वीका परमप्रभु परमेश्‍वरको यो शपथ खान लाउँछु ।

  • 6तिनीहरूका छोरीहरूलाई उनीहरूले आफ्ना पत्‍नीहरू बनाएर ल्याए, र उनीहरूका आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई दिए र तिनीहरूका उनीहरूका देवताहरूका सेवा गरे ।

  • 27प्रधान पुजारी एल्यासीबका छोरा योयादाको एक जना छोरो होरोनी सन्बलतको ज्वाइँ रहेछ । त्यसकारण मैले त्यसलाई मेरो उपस्थितिबाट भाग्‍न लगाएँ ।

  • 9हामीसित अन्तरजातीय विवाह गर्नुहोस् । तपाईंका छोरीहरू हामीलाई दिनुहोस् र हाम्री छोरीहरू तपाईंहरूले लैजानुहोस् ।

  • न्या 20:12-13
    2 पदहरू
    71%

    12इस्राएलका कुलहरूले बेन्यामीनको कुलका सबैलाई यसो भन्दै मानिसहरू पठाए, “तिमीहरूका बिचमा गरिएको दुष्‍टता के हो?

    13यसकारण, गिबाका ती दुष्‍ट मानिसहरूलाई हामीलाई सुम्‍पिदेओ, ताकि हामी तिनीहरूलाई मार्नेछौं र यसरी इस्राएलबाट हामी यो दुष्‍टता पूर्ण रूपमा हटाउनेछौं ।” तर बेन्यामीनीहरूले आफ्ना दाजुभाइ, अर्थात् इस्राएलका मानिसहरूको कुरा सुनेनन् ।

  • 8आफ्नो कुलमा अंश पाउने हेरक महिलाले आफ्नै पिताको कुलको परिवारभित्र मात्र विवाह गर्नुपर्छ, ताकि इस्राएलका मानिस हरेकले आ-आफ्नो पुर्खाहरूबाटको अंश पाओस् ।

  • 25मैले तिनीहरूको सामना गरी तिनीहरूलाई सराप दिएँ, र केहीलाई हिर्काएँ र तिनीहरूको जगल्टा लुछेँ । मैले तिनीहरूलाई यसो भनी परमेश्‍वरको नाउँमा शपथ खान लगाएँ, “तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू अथवा तिनीहरूका छोरीहरू आफ्ना छोराहरू वा आफ्नै लागि नलिनू ।

  • 18तर पुरुषसँग सहवास नगरेका सबै जवान महिलालाई आफ्नो निम्ति लेओ ।

  • 17ती मानिसहरूले तिनलाई भने, “यदि तिमीले यो कुरा गरेनौ भने हामीले तिमीलाई गरेका प्रतिज्ञाहरू लागु हुने छैनन् ।

  • 14तिनीहरूले उनीहरूलाई भने, “हामी यस्तो कुरा गर्न सक्दैनौँ । खतना नगरेको कुनै पनि व्यक्तिलाई हामी हाम्री बहिनी दिन सक्दैनौँ । किनकि त्यसो गर्दा हाम्रो बेइज्‍जत हुन्छ ।

  • 25तिनीहरू सात जना दाजुभाइ थिए । पहिलोले विवाह गर्‍यो । कुनै पनि सन्तान नभईकन उसले आफ्नी पत्‍नी आफ्नो भाइलाई छोड्यो ।

  • 50तिमीले मेरा छोरीहरूलाई दुर्व्यवहार गर्‍यौ वा तिमीले मेरा छोरीहरूबाहेक अन्य पत्‍नीहरू ल्यायौ भने हामीसित कोही नभए तापनि परमेश्‍वर तिम्रो र मेरो बिचमा गवाही हुनुहुन्छ ।”

  • 3तिनीहरूसित विवाहको कुनै बन्दोवस्त नमिलाउनू । तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू, र आफ्ना छोराहरूका निम्ति तिनीहरूका छोरीहरू नलिनू ।

  • 10हामी इस्राएलका सबै कुलहरूबाट एक सयबाट दश, एक हजारबाट एक सय, र दश हजारबाट एक हजारलाई मानिसहरूलाई अरूका निम्‍ति खानेकुराको प्रबन्‍ध गर्न राख्‍नेछौं, ताकि तिनीहरू बेन्यामीनको गिबामा आउँदा, उनीहरूले इस्राएलमा गरेका दुष्‍टताको लागि तिनीहरूले दण्ड दिन सकून् ।”

  • 6सलोफादका छोरीको बारेमा परमप्रभुले यो आज्ञा दिनुहुन्छ, 'तिनीहरू आफूलाई उत्तम लाग्‍ने मानिससँग विवाह गरून्, तर तिनीहरूले आफ्ना पिताको परिवारभित्र मात्र विवाह गर्नुपर्छ ।'

  • 22त्यसले विधवा वा सम्‍बन्‍ध-विच्‍छेद भएकी स्‍त्रीलाई आफ्नी पत्‍नी बनाउनुहुँदैन, तर त्यसले इस्राएलको घरानाको कन्ये केटी वा पुजारीसँग विवाह गरेर विधवा भएकीसँग मात्र विवाह गरोस् ।

  • 11सलोफादका छोरी महला, तिर्सा, होग्ला, मिल्का र नोआहले मनश्शेका सन्तानहरूसँग विवाह गरे ।