यिर्मिया 29:6

अनलक शाब्दिक बाइबल

बिहेबारी गर र छोराहरू र छोरीहरू जन्माओ । त्यसपछि आफ्ना छोराहरूका लागि पत्‍नीहरू ल्याओ, र आफ्ना छोरीहरू तिनीहरूका पतिहरूलाई देओ । तिनीहरूले छोराहरू र छोरीहरू जन्माऊन्, र त्यहाँ आफ्नो सङ्ख्या बढाओ, घटाउने होइन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 16:2-4 : 2 “यो ठाउँमा आफ्नो लागि पत्‍नी नले, र आफ्नो लागि छोराछोरी नजन्मा । 3 किनकि यस ठाउँमा जन्मने छोराहरू र छोरीहरू, तिनीहरूलाई जन्माउने आमाहरू र तिनीहरूलाई यस देशमा जन्मने पार्ने बाबुलाई परमप्रभु यसो भन्‍नुहुन्छ, 4 'तिनीहरू रोग लागेरले मर्नेछन् । तिनीहरूका निम्ति शोक गरिने वा गाडिनेछैन । तिनीहरू जमिनमा गोबरजस्तै हुनेछन् । किनकि तरवार र अनिकालले तिनीहरूको अन्त्य हुनेछ, र तिनीहरूका लाशहरू आकाशका चराहरू र जमिनका पशुहरूका लागि आहार हुनेछन् ।'
  • १ कोरि 7:36-38 : 36 कसैले विचार गर्दछ कि उसले मगनी भएकी आफ्नी कन्यासँग राम्रो व्यवहार गरिरहेको छैन भन्‍ने ठान्छ र तिनको विवाह गर्ने उमेर बितिसकेको छ भने चाहेबमोजिम उसले गरोस् । 37 तर यदि ऊ हृदयमा पक्‍का छ, ऊ कुनै करकापमा परेको छैन भने र उसले आफ्नो इच्छा वशमा राख्‍न सक्छ, र उसले आफ्नो हृदयमा यसो गर्ने अर्थात् आफ्नी मगनी भएकी कन्यालाई कुमारी नै राख्‍ने निर्णय गरिसकेको छ भने उसले असल नै गर्दछ । 38 त्यसैले, जसले आफ्नी कन्यासँग विवाह गर्दछ उसले असल नै गर्दछ, र जसले विवाह नगर्ने इच्छा गर्दछ भने उसले अझ बढी राम्रो गर्दछ ।
  • १ तिमो 5:14 : 14 यसकारण म चाहन्छु जवान स्‍त्रीहरूले हाम्रा विरोधीहरूलाई हामीले खराबी गरेकोमा दोष लगाउने मौका नदिनको लागि विवाह गरून्, बालबच्‍चा जन्माउन, घरवार चलाऊन् ।
  • उत्प 1:27-28 : 27 परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो । उहाँले तिनलाई आफ्नै प्रतिरूपमा सृष्‍टि गर्नुभयो । नर र नारी गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो । 28 परमेश्‍वरले तिनीहरूलाई आशिष्‍्‍ दिनुभयो र भन्‍नुभयो,“फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ । पृथ्वीमा भरिँदै जाओ, र त्यसलाई आफ्नो वशमा राख । समुद्रका माछाहरू, आकाशका पक्षीहरू, र पृथ्वीमा चलहल गर्ने सबै जीवित प्राणीहरूमाथि अधिकार गर ।”
  • उत्प 9:7 : 7 तिमीहरूचाहिँ पृथ्वीमा फल्दै-फुल्दै, वृद्धि हुँदै, फैलँदै जाओ ।”
  • उत्प 21:21 : 21 ऊ पारानको उजाड-स्थानमा बस्दा, उसकी आमाले उसको निम्ति मिश्रबाट एउटा पत्‍नी ल्याइदिइन् ।
  • उत्प 24:3-4 : 3 अनि तैँले अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्‍ये कसैलाई पनि मेरो छोरोकी पत्‍नीको रूपमा ल्याइदिने छैनस् भनी म तँलाई स्‍वर्ग र पृथ्‍वीका परमप्रभु परमेश्‍वरको यो शपथ खान लाउँछु । 4 तर तैँले मेरो देशमा मेरै कुटुम्‍बकहाँ गएर मेरो छोरा इसहाकको लागि एउटी पत्‍नी ल्‍याउनेछस् ।”
  • उत्प 24:51 : 51 हेर्नुस्, रिबेका तपाईँको सामुन्‍ने छे । त्‍यसलाई लिएर जानुस्, र परमप्रभुले भन्‍नुभएजस्‍तै गरी त्यो तपाईंका मालिकका छोराकी पत्‍नी होस्‌ ।”
  • उत्प 24:60 : 60 तिनीहरूले रिबेकालाई आशिष्‌ दिएर भने, “हे हाम्री बहिनी, तिमी हजारौँ हजारका आमा होऊ, र तिम्रा सन्‍तानले तिनीहरूसँग दुश्‍मनी गर्नेहरूका सहरका प्रवेशद्वारहरू कब्‍जा गरून्‌ ।”
  • उत्प 28:1-4 : 1 ¶ इसहाकले याकूबलाई बोलाएर आशीर्वाद दिए, र यसो भनेर आज्ञा गरे, “तैँले कनानी स्‍त्रीहरूबाट आफ्नो निम्ति पत्‍नी नलिनू । 2 पद्दन-आराममा तेरी आमाका बुबा बतूएलको घरमा गएर त्‍यहीँबाट तेरा मामा लाबानका छोरीहरूमध्‍ये एउटीलाई विवाह गर्‌ । 3 सर्वशक्तिमान्‌ परमेश्‍वरले तँलाई आशिष्‌ देऊन्; तँलाई फल्‍दो-फुल्‍दो गराएर तेरो वृद्धि गराऊन्, ताकि तँ मानिसहरूको एक समूह बन्‍न सक्‍नेछस् । 4 उहाँले तँलाई र तँ पछिका तेरा सन्‍तानहरूलाई अब्राहामले पाएको आशिष्‌ देऊन्, ताकि परमेश्‍वरले अब्राहामलाई दिनुभएको तँ बसेको देशमा तेरै अधिकार होस्‌ ।”
  • उत्प 29:19 : 19 लाबानले भने, “त्‍यसलाई अर्को मानिसलाई दिनुभन्दा त तिमीलाई दिनु नै असल हो । मसँगै बस ।”
  • उत्प 34:4 : 4 शकेमले आफ्ना पिता हमोरलाई यसो भने, “मेरी पत्‍नी हुनलाई ती युवती मलाई ल्याइदिनुहोस् ।”
  • न्या 1:12-14 : 12 कालेबले भने, “जसले किर्यत-सेपेरलाई आक्रमण गर्छ र त्यसलाई लिन्‍छ, त्यसको पत्‍नी हुनलाई मेरी छोरी अक्सालाई म दिनेछु ।” 13 कालेबका भाइ कनजका छोरा, ओत्‍निएलले दबीरमाथि कब्जा गरे, यसैले कालेबले आफ्नी छोरी अक्सा तिनकी पत्‍नी हुनलाई दिए । 14 चाँडै नै अक्सा ओत्‍निएलकहाँ आइन्, र आफ्ना बुबासँग तिनको निम्ति एउटा जमिन मागिदिनलाई बिन्ती गरिन् । तिनी आफ्नो गधाबाट तल झर्दै गर्दा, कालेबले तिनलाई सोधे, “तिम्रो निम्ति म के गर्न सक्‍छु?”
  • न्या 12:9 : 9 तिनका तिस जना छोरा थिए । तिनले आफ्ना तिस जना छोरीहरूका विवाह गरिदिए, र आफ्ना छोराहरूका निम्ति बाहिरबाट अरू मानिसहरूका तिस जान छोरीहरू ल्याए । उनले सात वर्षसम्‍म इस्राएलको न्याय गरे ।
  • न्या 14:2 : 2 जब तिनी फर्के, तब तिनले आफ्ना बुबा र आमालाई भने, “मैले तिम्नामा पलिश्तीहरूका छोरीहरूमध्‍ये एक जना स्‍त्रीलाई देखें । तिनलाई मेरो पत्‍नी हुनलाई ल्याइदिनुहोस् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 5'घरहरू बनाओ र तिनमा बस । बारीहरूमा बीउ रोप र तिनको फल खाओ ।

  • यिर्मि 16:2-3
    2 पदहरू
    78%

    2“यो ठाउँमा आफ्नो लागि पत्‍नी नले, र आफ्नो लागि छोराछोरी नजन्मा ।

    3किनकि यस ठाउँमा जन्मने छोराहरू र छोरीहरू, तिनीहरूलाई जन्माउने आमाहरू र तिनीहरूलाई यस देशमा जन्मने पार्ने बाबुलाई परमप्रभु यसो भन्‍नुहुन्छ,

  • 12त्यसैले अब आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू । तिनीहरूका छोरीहरू आफ्‍ना छोराहरूका लागि नलिनू, र तिनीहरूका जारी शान्ति र भलाइको खोजी नगर्नू, जसको कारणले तिमीहरू बलिया हुनेछौ, र त्यस देशका असल थोकहरूको उपभोग गर्नेछौ अनि तिमीहरूले आफ्ना छोराछोरीका लागि सदाको लागि यो देश अधिकार गर्नेछौ ।”

  • 7तिमीहरूचाहिँ पृथ्वीमा फल्दै-फुल्दै, वृद्धि हुँदै, फैलँदै जाओ ।”

  • 7मैले तिमीहरूलाई जहाँ निर्वासित गरेको छु, त्यस सहरको शान्ति खोज, र यसको पक्षमा मलाई अन्तर-बिन्ती चढाओ, किनकि यो शान्तिमा रह्‍यो बने तिमीहरूलाई शान्ति हुनेछ ।'

  • 16अनि तिनीहरूका छोरीहरूले तिनीहरूका देवी-देवताहरूका निम्ति आफैलाई वेश्या-वृत्तिमा लगाउनेछन् अनि तिनीहरूले तिमीहरूका छोराहरूलाई पनि तिनीहरूका देवी-देवताहरूका निम्ति वेश्या-वृत्तिमा लैजानेछन् ।

  • 9हामीसित अन्तरजातीय विवाह गर्नुहोस् । तपाईंका छोरीहरू हामीलाई दिनुहोस् र हाम्री छोरीहरू तपाईंहरूले लैजानुहोस् ।

  • 6तिनीहरूका छोरीहरूलाई उनीहरूले आफ्ना पत्‍नीहरू बनाएर ल्याए, र उनीहरूका आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई दिए र तिनीहरूका उनीहरूका देवताहरूका सेवा गरे ।

  • उत्प 28:2-3
    2 पदहरू
    72%

    2पद्दन-आराममा तेरी आमाका बुबा बतूएलको घरमा गएर त्‍यहीँबाट तेरा मामा लाबानका छोरीहरूमध्‍ये एउटीलाई विवाह गर्‌ ।

    3सर्वशक्तिमान्‌ परमेश्‍वरले तँलाई आशिष्‌ देऊन्; तँलाई फल्‍दो-फुल्‍दो गराएर तेरो वृद्धि गराऊन्, ताकि तँ मानिसहरूको एक समूह बन्‍न सक्‍नेछस् ।

  • 19तर तिमीहरूका पत्‍नीहरू, तिमीहरूका बालबच्‍चाहरू र तिमीहरूका गाईवस्तु (तिमीहरूसित थुप्रै गाईवस्तु छन् भनी मलाई थाहा छ) मैले तिमीहरूलाई दिएका सहरहरूमा बस्‍ने छन् ।

  • 28परमेश्‍वरले तिनीहरूलाई आशिष्‍्‍ दिनुभयो र भन्‍नुभयो,“फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ । पृथ्वीमा भरिँदै जाओ, र त्यसलाई आफ्नो वशमा राख । समुद्रका माछाहरू, आकाशका पक्षीहरू, र पृथ्वीमा चलहल गर्ने सबै जीवित प्राणीहरूमाथि अधिकार गर ।”

  • 41तिमीहरूले छोराछोरीहरू जन्माउने छौ, तर तिनीहरू तिमीहरूका हुने छैनन् किनकि तिनीहरू दासत्वमा लगिने छन् ।

  • 38बरु, तैँले मेरा पिताका परिवार र मेरा कुटुम्बहरूकहाँ गएर मेरो छोराको निम्ति पत्‍नी ल्याउनू ।'

  • 30तिम्रो मगनी भएकी केटीलाई अर्को पुरुषले लगेर बलत्कार गर्ने छ । तिमीहरूले घर बनाउने छौ, तर त्यसमा बस्‍न पाउने छैनौ ।

  • 13उहाँले तिमीहरूलाई प्रेम गर्नुहुने छ; आशिष् दिनुहुने छ र गुणात्मक रूपमा वृद्धि गराउनुहुने छ । तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा उहाँले तिमीहरूको शरीरको फल, भूमिको फल, तिमीहरूको अन्‍न, तिमीहरूको नयाँ दाखमद्य, तिमीहरूको तेल, तिमीहरूको गाईवस्तु र तिमीहरूको बगाललाई वृद्धि गरी आशिष् दिनुहुने छ ।

  • उत्प 6:1-2
    2 पदहरू
    71%

    1¶ मानिसहरूको संख्या पृथ्वीमा वृद्धि हुँदैजाँदा र तिनीहरूका छोरीहरू जन्‍मे,

    2परमेश्‍वरका छोराहरूले मानव-जातिका छोरीहरूलाई आकर्षक (राम्री) देखे । तिनीहरूले तिनीहरूमध्ये कसैलाई आफैले चुनेको पत्‍नी ल्याए ।

  • 3यरूशलेममा दाऊदले अझै अरू पत्‍नीहरू ल्‍याए, र तिनी धेरै जना छोराहरू र छोरीहरूका बाबु भए ।

  • 1¶ त्यसपछि परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई आशिष् दिनुभयो र भन्‍नुभयो, “फल्‍दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ ।

  • 44यी सबैले विदेशी स्‍त्रीहरूलाई विवाह गरेका थिए, र तिनीहरूमध्ये कसैले छोराछोरीसमेत जन्माएका थिए ।

  • 2“उदार भएर, आफ्‍नो पाललाई अझ ठुलो बना र आफ्‍नो पालका पर्दाहरू तन्‍का । आफ्‍ना डोरीहरू लामो बना र आफ्‍ना किलाहरू बलियो पार् ।

  • 3तिनीहरूसित विवाहको कुनै बन्दोवस्त नमिलाउनू । तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू, र आफ्ना छोराहरूका निम्ति तिनीहरूका छोरीहरू नलिनू ।

  • 8आफ्नो कुलमा अंश पाउने हेरक महिलाले आफ्नै पिताको कुलको परिवारभित्र मात्र विवाह गर्नुपर्छ, ताकि इस्राएलका मानिस हरेकले आ-आफ्नो पुर्खाहरूबाटको अंश पाओस् ।

  • 12तर यदि तिमीहरू तिमीहरूमाझ बाँकी रहेका यी जातिहरूसँग लाग्यौ र पछि हट्यौ भने वा यदि तिमीहरूले तिनीहरूसँग अन्तर-जातीय विवाह गर्‍यौ भने वा यदि तिमीहरू उनीहरूसँगै आयौ र उनीहरू तिमीहरूसँग सबै आए भने,

  • 16तब हामी हाम्रा छोरीहरू तपाईंहरूलाई दिनेछौँ र तपाईंहरूका छोरीहरू हामी लिनेछौँ अनि हामी तपाईंहरूसित बसी एउटै जाति हुनेछौँ ।

  • 21ताकि स्वर्ग माथि भएसम्म र पृथ्वी तल रहेसम्म परमप्रभुले तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका आयु र तिमीहरूका छोराछोरीहरूका आयु लम्बिन सकोस् ।

  • 37खेतबारीमा बीउ छर्नलाई, दाखबारी लगाउनलाई र प्रशस्‍त उब्‍जनी ल्‍याउनलाई तिनीहरूले एउटा सहर बनाउँछन् ।

  • 18तेरो फुहाराले आशिष् पाओस्, र तेरो युवावस्थाकी पत्‍नीसित तँ आनन्दित भएको होस् ।

  • 3तिम्रो घरमा तिम्री पत्‍नी फल्‍दोफुल्‍दो दाखको बोटजस्तो हुनेछिन् । तिम्रा छोराछोरी टेबलको वरिपरि बस्दा तिनीहरू जैतूनका रूखहरूझैं हुनेछन् ।

  • 21“यी मानिसहरू शान्तिप्रिय छन् । त्यसैले यिनीहरू हामीसितै बसोबास गरी व्यापार गरून् किनकि वास्तवमा हाम्रो देश तिनीहरूका लागि पनि ज्यादै ठुलो छ । तिनीहरूका छोरीहरूलाई पत्‍नी बनाउनलाई लिऔँ र तिनीहरूलाई हाम्रा छोरीहरू दिऔँ ।

  • 7तँबाट जन्मिएका छोराहरू, जसका बाबु तँ आफैं होस्, तिनीहरूले नै ती लानेछन् र बेबिलोनका राजाको दरबारमा तिनीहरू नपुङ्सकहरू बन्‍नेछन् ।’”

  • उत्प 8:16-17
    2 पदहरू
    69%

    16“तँ, तेरी पत्‍नी, तेरा छोराहरू र तेरा बुहारीहरू जहाजबाट निस्केर आओ ।

    17तँसित भएका सबै जीवित प्राणीहरू अर्थात् पक्षीहरू, पशुहरू, पृथ्वीको सतहमा हरेक घस्रने प्राणीलाई तँसँगै बाहिर लिएर आइज ताकि तिनीहरू पृथ्वीमा पशस्त मात्रामा फल्दै-फुल्दै, वृद्धि हुँदै र भरिँदै जाऊन् ।”

  • 4तर तैँले मेरो देशमा मेरै कुटुम्‍बकहाँ गएर मेरो छोरा इसहाकको लागि एउटी पत्‍नी ल्‍याउनेछस् ।”

  • 17तिनले आफ्ना लागि धेरै पत्‍नीहरू नल्याऊन् नत्रता तिनको हृदय बरालिने छ । तिनले सुन र चाँदीको थुप्रो नलगाऊन् ।

  • 4तिमीहरूका सन्तान, तिमीहरूको भूमिको उब्जनी, तिमीहरूका पशु, तिमीहरूका गाईवस्तुसाथै तिमीहरूका बाछा-बाछीमाथि

  • 13दाऊदले हेब्रोन छोडे र यरूशलेममा आए, त्‍यसपछि तिनले यरूशलेममा अरू धेरै उपपत्‍नीहरू र पत्‍नीहरू ल्याए र तिनका अरू धेरै छोराहरू र छोरीहरू जन्मे ।

  • 10त्यसले आफ्नो लागि अर्की पत्‍नी ल्यायो भने त्यसले खानेकुरा, लुगाफाटा वा त्यसका वैवाहिक अधिकारहरू पुरा गर्नबाट नचुकोस् ।

  • 22परमेश्‍वरले तिनीहरूलाई यसो भनेर आशिष् दिनुभयो, “फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ, र समुद्रमा भरिँदै जाओ । पृथ्वीमा पक्षीहरू वृद्धि होऊन् ।”

  • 11तिमीहरूका छोराछोरीहरू, पत्‍नीहरू, तिमीहरूको छाउनीमा भएका परदेशी, दाउरे र पनेरे सबै उहाँको सामु खडा छौ ।