१ राजा 11:17

अनलक शाब्दिक बाइबल

तर त्यस बेला हदद बालक भएकोले आफ्ना पिताका सेवकहरूद्वारा तिनलाई अन्य एदोमीहरूसँगै मिश्रमा लगिएको थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 2:1-9 : 1 ¶ अब लेवीको कुलका एक जना पुरुषले लेवीकै कुलकी एक जना स्‍त्रीसित विवाह गरे । 2 ती स्‍त्री गर्भवती भइन् र एउटा छोरो जन्माइन् । तिनी स्वस्थ बालक भएको देखेर उनले तिनलाई तिन महिनासम्म लुकाइन् । 3 तर उनले लुकाउन नसकेपछि उनले कुशको एउटा टोकरी बनाएर त्यसलाई तारपीन र अलकत्राले लिपिन् । त्यसपछि उनले बच्‍चालाई त्यसभित्र राखिन् र नदीको किनारनेर नर्कटको झाडीमा भएको पानीमा राखिदिइन् । 4 बालकलाई के हुनेथियो भनी हेर्न तिनकी दिदीचाहिँ अलि टाढामा उभिन् । फारोकी छोरी नदीमा नुहाउन ओर्लिन् । 5 उनका सहेलीहरूचाहिँ नदीतटमा टहल्न लागे । उनले नर्कटहरूका बिचमा एउटा टोकरी देखिन् र आफ्नी एक जना सहेलीलाई त्यो लिन पठाइन् । 6 उनले त्यसलाई खोलेर हेर्दा बच्‍चा देखिन् । बच्‍चा रुँदै थियो । उनमा बच्‍चाप्रति दया जाग्यो र उनले भनिन्, “यो पक्‍कै पनि हिब्रूहरूको बच्‍चा हुनुपर्छ ।” 7 तब बालककी दिदीले फारोकी छोरीलाई भनिन्, “बच्‍चालाई दूध खुवाउन तपाईंको लागि म गएर एक हिब्रू स्‍त्रीलाई फेला पारेर ल्याऊँ?” 8 फारोकी छोरीले उनलाई भनिन्, “जाऊ ।” त्यसैले ती युवती गएर आमालाई बोलाएर ल्याइन् । 9 फारोकी छोरीले बच्‍चाकी आमालाई भनिन्, “यो बच्‍चालाई लिएर जाऊ र मेरो खातिर दूध खुवाऊ र म तिम्रो ज्याला दिनेछु ।” त्यसैले आमाले बच्‍चालाई लिएर दूध खुवाउने गरिन् । 10 बालक हुर्कंदै गएपछि उनले तिनलाई फारोकी छोरीकहाँ ल्याइन् र तिनी उनको छोरा भए । उनले तिनलाई मोशा नाउँ राखे र भने, “किनकि मैले यिनलाई पानीबाट निकालेँ ।”
  • २ शमू 4:4 : 4 शाऊलका छोरा जोनातनका एक जना छोरा थिए जसको खुट्टो लङ्गडो थियो । यिजरेलबाट शाऊल र जोनाथनको खबर आउँदा तिनी पाँच वर्षका थिए । भाग्‍नलाई तिनको धाईले तिनलाई बोकिन् । तर तिनी दौडँदै गर्दा, जोनाथनका छोरा खसे र लङ्गडो भए । तिनको नाउँ मेपीबोशेत थियो ।
  • २ राजा 11:2 : 2 तर राजा यहोरामकी छोरी, अहज्याहकी बहिनी यहोशेबाले मारिन लागेका राजाका छोराहरूका माझबाट अहज्याहका छोरो योआशलाई तिनको धाईसँगै सुटुक्‍क लगेर लुकाइन् । तिनले तिनीहरूलाई सुत्‍ने कोठामा राखिन् । योआश नमारिऊन् भनेर तिनीहरूले अतल्याहबाट उसलाई लुकाए ।
  • मत्त 2:13-14 : 13 तिनीहरू गइसकेपछि परमप्रभुका एउटा दूत योसेफकहाँ सपनामा देखा परे र भने, “उठ, सानो बालक र उहाँकी आमालाई लिएर मिश्र देशमा भागेर जाऊ । मैले नभनेसम्म त्यहीँ बस, किनकि हेरोदले सानो बालकलाई मार्न उहाँलाई खोज्नेछ ।” 14 त्यो रात योसेफ उठे र सानो बालक र उहाँकी आमालाई लिए अनि मिश्रदेशतर्फ प्रस्थान गरे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ राजा 11:18-23
    6 पदहरू
    79%

    18तिनीहरू मिद्यानबाट निस्केर पारानमा आइपुगे जहाँबाट तिनीहरूले आफूसँगै केही मानिसहरूलाई मिश्रका राजा फारोकहाँ लिएर गए । फारोले तिनलाई एउटा घर, देश र भोजन जुटाइदिएका थिए ।

    19हददले फारोको दृष्टिमा ठुलो निगाह पाए र फारोले तिनलाई आफ्नी पत्नी तहपेनस रानीकी एउटी बहिनीसित विवाह गरिदिए ।

    20तहपेनसकी बहिनीले हददबाट एउटा छोरो जन्माइन् । तिनीहरूले तिनलाई गनूबत नाम राखे । तहपेनसले तिनलाई फारोको राजदरबारमा हुर्काइन् । त्यसैले गनूबत फारोका छोराछोरीहरूका बिचमा राजदरबारमा हुर्किए ।

    21तिनी मिश्रमा छँदा दाऊद आफ्ना पुर्खाहरूसित मिल्न गए र सेनापति योआब मरे भनी जब हददले सुने तिनले फारोलाई भने, “मेरो आफ्नै देशमा जानलाई मलाई अनुमति दिनुहोस् ।”

    22तब फारोले तिनलाई भने, “तर तिमीलाई यहाँ मसित केको अभाव छ र तिमी आफ्नै देशमा जान खोज्छौ?” हददले जवाफ दिए, “कुनै कुराको अभाव छैन । कृपया, मलाई जान दिनुहोस् ।”

    23परमेश्वरले सोलोमनको विरुद्धमा एल्यादाका छोरा रेसोनलाई पनि विरोधीको रूपमा उठाउनुभयो । तिनी आफ्ना मालिक सोबाका राजा हददेजेरबाट भागेका थिए ।

  • १ राजा 11:14-16
    3 पदहरू
    74%

    14तब परमप्रभुले सोलोमनको विरुद्धमा एदोमी हददलाई विरोधीको रूपमा उठाउनुभयो । तिनी एदोमको राजकीय घरानाका थिए ।

    15दाऊद एदोममा छँदा सेनापति योआब मरेकाहरूको लाश गाड्न एदोममा उक्लेका थिए जहाँ हरेक पुरुष मारिएको थियो ।

    16योआबले एदोमको हरेक पुरुषलाई नमारुञ्जेल तिनी र इस्राएल त्यहाँ छ महिनासम्म बसेका थिए ।

  • 1¶ “जब इस्राएल जवान मानिस थियो, तब मैले त्यसलाई प्रेम गरें, र मैले मेरो पुत्रलाई मिश्रबाट बाहिर ल्याएँ ।

  • न्या 11:16-17
    2 पदहरू
    68%

    16तर तिनीहरू मिश्रदेशबाट आए, र इस्राएल उजाड-स्‍थान हुँदै लाल समुद्रमा र कादेशमा गए ।

    17जब इस्राएलले यसो भनेर एदोमका राजालाई दूतहरू पठाए, ‘कृपया हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्,’ एदोमका राजाले सुनेनन् । तिनीहरूले मोआबका राजाकहाँ पनि दूतहरू पठाए, तर तिनले इन्कार गरे । यसरी इस्राएलचाहिं कादेशमा नै बसे ।

  • 68%

    17त्यसपछि तिनीहरू गए, र केही समय बेथलेहेम नजिकै गेरूथ-किम्हाममा बसे ।

    18कल्दीहरूको कारणले तिनीहरू मिश्रदेश जाँदै थिए । तिनीहरू उनीहरूदेखि डराएका थिए, किनकि नतन्याहको छोरो इश्माएलले अहीकामका छोरा गदल्याहलाई मारेका थिए, जसलाई बेबिलोनका राजाले देशको गभर्नर बनाएका थिए ।

  • 17किनकि एदोमीहरूले फेरि आक्रमण गर्ने आएका र यहूदालाई जितेर कैदी बनाएर लगेका थिए ।

  • 51हदद मरे । एदोमका प्रधानहरूमा प्रधान तीम्‍न, प्रधान अल्‍वा, प्रधान यतेत,

  • 46हूशाम मरेपछि तिनको ठाउँमा बददका छोरा हदद राजा भए, जसले मोआब देशमा मिद्यानीहरूलाई पराजित गरे । तिनको सहरको नाउँ अवीत थियो ।

  • 2नबातका छोरा यारोबामले यो कुरा सुन्दा (तिनी अझैसम्म मिश्रमा नै थिए जहाँ तिनी सोलोमन राजाको उपस्थितिबाट भागेर गएका थिए) तिनी मिश्रमा नै बसेका थिए ।

  • 22तब राजा यहोयाकीमले मिश्रमा अक्बोरका छोरा एल्नातान र त्यसका साथमा केही मानिसहरू उरियाहको पछिपछि मिश्रमा पठाए ।

  • 1¶ यसैले दाऊद त्यहाँबाट भागे र अदुल्‍लामको गुफामा गए । जब तिनका दाजुहरू र तिनका बुबाका सबै घरानाले यो सुने, तिनीहरू तिनीकहाँ तल गए ।

  • 24त्यसपछि दाऊद महनोममा आए । अब्शालोमचाहीं र आफूसित भएका इस्राएलका सबै मानिसलाई लिएर यर्दन नदी तरे ।

  • 67%

    18त्यसपछि मिश्रमा अर्का राजाको उदय भयो जसले योसेफलाई चिन्दैनथ्ये ।

    19ती राजाले हाम्रा मानिसहरूलाई छलगरे र हाम्रा पुर्खाहरूलाई यसरी दुर्व्यवहार गरे कि आफैँलाई बचाउन तिनीहरूले आफ्ना शिशुहरूलाई बाहिर फाल्नुपर्थ्यो ।

  • 21एदोम, मोआब र अम्मोनका मानिसहरू,

  • 8योसेफका परिवारका सबै र तिनका दाजुभाइहरू र तिनका बुबाका परिवारका सबै गए । तर तिनीहरूका बालबच्‍चा, तिनीहरूका बगाल र बथानहरू गोशेन प्रदेशमा नै छोडिए ।

  • 36मिद्यानीहरूले उनलाई मिश्रमा फारोका एक अधिकृत अर्थात् अङ्गरक्षकहरूका कप्‍तान पोतीफरका हातमा बेचिदिए ।

  • मत्त 2:14-15
    2 पदहरू
    66%

    14त्यो रात योसेफ उठे र सानो बालक र उहाँकी आमालाई लिए अनि मिश्रदेशतर्फ प्रस्थान गरे ।

    15हेरोदको मृत्यु नभएसम्म उनी त्यहीँ बसे । अगमवक्‍ताद्वारा परमप्रभुले भन्‍नुभएको कुरा यसरी पुरा भयो, “मैले आफ्ना पुत्रलाई मिश्रदेशबाट बोलाएको छु ।”

  • 20हामीले हजुरलाई भन्यौँ, 'हाम्रा वृद्ध पिता हुनुहुन्छ, र उहाँले बुढेसकालमा जन्माउनुभएको उहाँको एउटा छोरो पनि छ । तर तिनका दाजु मरिसके, र तिनकी आमापट्टिबाट तिनी मात्रै बाँकी छन्, र तिनका पिताले तिनलाई माया गर्नुहुन्छ ।'

  • 20यहोरामको समयमा, यहूदाको विरुद्धमा एदोम बागी भयो र आफ्‍नो निम्‍ति आफैले राजा नियुक्‍त गर्‍यो ।

  • 21जब तिनलाई फ्याँकियो फारोकी छोरीले तिनलाई उठाइन् र तिनलाई आफ्नै छोरासरह हुर्काइन् ।

  • 17उहाँले तिनीहरू अगिअगि एक जना मानिसलाई पठाउनुभयो । योसेफलाई कमाराको रूपमा बेचिएका थिए ।

  • 17जब त्यो बोलिरहेकै थियो, तब अर्को पनि आयो र भन्यो, “कल्दीहरूले तिनवटा समूह बनाएर ऊँटहरूलाई आक्रमण गरे र ती लिएर गएका छन् । नोकरहरूका विषयमा, तिनीहरूले उनीहरूलाई तरवारको धारले प्रहार गरे । तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु ।”

  • 15जब अम्‍मोनका सेनाले अरामीहरूलाई भागेका देखे, तब उनीहरू पनि तिनका भाइ अबीशैको सामुबाट भागे र सहरभित्र फर्के । यसकारण योआब अम्मोनका मानिसहरूबाट फर्के र यरूशलेममा फिर्ता गए ।

  • गिन 20:20-21
    2 पदहरू
    65%

    20तर एदोमका राजाले जवाफ दिए, “तिमीहरू जान सक्दैनौँ ।” यसैले एदोमको राजा ठुलो फौजसहित इस्राएलको विरुद्ध लड्न आए ।

    21एदोमका राजाले इस्राएललाई आफ्नो सिमाना भएर जान दिन इन्कार गरे । यसैले इस्राएल एदोमको भूमिबाट तर्किएर गए ।

  • 40त्यसैले सोलोमनले यारोबामलाई मार्न खोजे । तर यारोबाम उठेर मिश्रका राजा शीशककहाँ भागे । सोलोमनको मृत्यु नहोउञ्जेलसम्म तिनी मिश्रमा नै बसे ।

  • 30त्यसकारण म हजुरका दास मेरा पिताकहाँ पुग्दा ती ठिटा मसित छैनन् भने उहाँको जीवन ती ठिटाको जीवनमा जोडिएकाले