१ राजा 12:1

अनलक शाब्दिक बाइबल

¶ रहबाम शकेममा गए किनकि सारा इस्राएल तिनलाई राजा बनाउन शकेममा आउँदै थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ इति 10:1-9 : 1 ¶ रहबाम शकेममा गए, किनकि सारा इस्राएल तिनलाई राजा तुल्‍याउन शकेममा आइरहेका थिए । 2 जब नबातका छोरा यारोबामले यो कुरा सुने (किनकि तिनी मिश्रदेशमा थिए, जहाँ तिनी सोलोमन राजादेखि भागेर गएका थिए), तब तिनी मिश्रदेशबाट फर्के । 3 यसैले तिनीहरूले मानिस पठाए र तिनलाई बोलाए, र रहबाम र सबै इस्राएल आए । तिनीहरूले रहबामसित कुरा गरे र भने, 4 “तपाईंका बुबाले हाम्रो जुवा गाह्रो बनाउनुभयो । यसकारण, अब तपाईंका बुबाको कठोर कामलाई सजिलो बनाउनुहोस्, र उहाँले हामीमाथि लाद्‍नुभएको गह्रौं जुवा हलुङ्गो गरिदिनुहोस्, र हामी तपाईंको सेवा गर्नेछौं ।” 5 रहबामले तिनीहरूलाई भने, “तिन दिनपछि फेरि मकहाँ आओ ।” यसैले मानिसहरू गए । 6 राजा रहबामले आफ्‍नो बुबा सोलोमन जीवित छँदा तिनका सेवा गर्ने पाका मानिसहरूसँग सल्‍लाह मागे । तिनले भने, “यी मानिसलाई जवाफ दिन तपाईंहरू कस्‍तो सल्‍लाह दिनुहुन्‍छ?” 7 उनीहरूले तिनलाई यसो भने, “यी मानिसप्रति तपाईं असल हुनुभयो र तिनीहरूलाई खुसी पार्नुभयो, र तिनीहरूलाई असल वचन दिनुभयो भने, तिनीहरूले सधैं तपाईंका सेवकहरू हुनेछन्‌ ।” 8 तर ती पाका मानिसले आफूलाई दिएको सल्‍लाहलाई रहबामले बेवास्‍ता गरे, र आफूसित हुर्केका र आफ्‍नो सामु खडा भएका जवान मानिसहरूका सल्‍लाह तिनले मागे । 9 तिनले उनीहरूलाई भने, “तिमीहरू मलाई कस्‍तो सल्लाह दिन्छौ, ताकि मसित यसो भनेर कुरा गर्ने मानिसहरूलाई हामीले जवाफ दिन सकौं, ‘तपाईंका बुबाले हामीमाथि लाद्‍नुभएको गह्रौं जुवा हलुङ्गो गरिदिनुहोस्’?” 10 रहबामसित हुर्केका ती जवान मानिसहरूले यसो भनेर तिनीसित कुरा गरे, “तपाईंको बुबा सोलोमोनले तिनीहरूका जुवा गह्रौं बनाउनुभयो, तर तपाईंले त्‍यो हलुङ्गो बनाउनुपर्छ भन्‍ने यी मानिसलाई तपाईंले यसो भन्‍नुपर्छ । तिनीहरूलाई तपाईंले यसो भन्‍नुपर्छ, ‘मेरो कान्‍छी औंला मेरा बुबाको कम्‍मरभन्‍दा मोटो छ । 11 यसैले अब, मेरा बुबाले तिमीहरूमाथि गह्रौं जुवा बोकाउनुभए तापनि, तिमीहरूका जुवामाथि म थप्‍नेछु । मेरा बुबाले तिमीहरूलाई कोर्राले दण्‍ड दिनुहुन्‍थ्‍यो, तर म तिमीहरूलाई बिच्‍छीहरूले दण्‍ड दिनेछु’ ।” 12 यसैले, “तिन दिनपछि फेरि मकहाँ आओ,” भन्‍ने राजाको हुकुमबमोजिम यारोबाम र ती सबै मानिस तेस्रो दिन रहबामकहाँ आए । 13 अनि ती पाका मानिसका सल्लाहलाई बेवास्‍ता गरेर रहबामले तिनीहरूसँग कठोर किसिमले बोले । 14 ती जवान मानिसका सल्‍लाहको अनुसरण गरेर उनीहरूसँग तिनले यसो भनेर, “मेरा बुबाले तिमीहरूको जुवा गह्रौं बनाउनुभयो, तर म त्‍यसमा थप्‍नेछु। मेरा बुबाले तिमीहरूलाई कोर्राले दण्‍ड दिनुहुन्‍थ्‍यो, तर म तिमीहरूलाई बिच्‍छीहरूले दण्‍ड दिनेछु ।” 15 यसरी राजाले ती मानिसका कुरा सुनेनन्, किनकि शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई परमप्रभुले भन्‍नुभएको वचन पूरा हुनलाई परमेश्‍वरले नै यस्‍ता घटनाहरू हुन दिनुभयो । 16 जब राजाले आफ्‍ना कुरा नसुनेका सारा इस्राएलले देखे, तब तिनीहरूले जवाफ दिए र भने, “दाऊदमा हाम्रो के हिस्‍सा छ र? यिशैका छोरामा हाम्रो केही उत्तराधिकार छैन! ए इस्राएल, तिमीहरू हरेका आआफ्‍नै पालमा जानुपर्छ । अब ए दाऊद, तिम्रो आफ्‍नै घरको रेखदेख गर ।” यसैले सबै इस्राएल आआफ्‍ना पालहरूमा फर्के । 17 तर यहूदाका सहरहरूमा बस्‍ने इस्राएलका मानिसहरूका सम्‍बन्‍धमा तिनीहरूमाथि रहबामले राज्‍य गरे । 18 तब राजा रहबामले ज्‍यालाबिना काममा लगाइएका मानिसहरूका निरीक्षक अदोनीरामलाई पठाए, तर इस्राएलका मानिसहरूले तिनलाई ढुङ्गाले हानेर मारे । राजा रहबामचाहिं आफ्‍नो रथमा चढेर तुरुन्‍तै यरूशलेमतर्फ भागे । 19 अनि आजको दिनसम्‍म पनि दाऊदका घरानाप्रति इस्राएलचाहिं विद्रोही भएको छ ।
  • भजन 60:6 : 6 परमेश्‍वरले आफ्नो पवित्रतामा बोल्नुभएको छ, “म आनन्‍दित हुनेछु । म शकेमलाई बाँड्नेछु र सुक्‍कोतको बेसीलाई भाग लगाउनेछु ।
  • प्रेरि 7:16 : 16 तिनीहरूका मृत शरीर शकेममा लगिए र अब्राहामले शकेममा हमोरका छोराहरूबाट चाँदीको मूल्यमा किनेको चिहानमा तिनीहरूलाई गाडियो ।
  • उत्प 12:6 : 6 अब्राम त्यो भूमि हुँदै शकेममा भएको मोरेको फलाँटको रुखसम्म गए । त्यस बेला त्यो भूमिमा कनानीहरू बस्थे ।
  • उत्प 33:18-19 : 18 याकूब पद्दन-आरामबाट आउँदा तिनी शकेमको सहरमा सुरक्षितसाथ आइपुगे जुन ठाउँ कनान देशमा पर्छ । तिनले सहरनजिकै पाल टाँगे । 19 त्यसपछि तिनले एक सय चाँदीका सिक्‍कामा शकेमका पिता हमोरका छोराहरूबाट एउटा जग्गा किने र त्यहीँ नै आफ्नो पाल टाँगे ।
  • यहो 20:7 : 7 त्यसैले इस्राएलीहरूले नप्‍तलीको पहाडी देशमा गालीलको केदेश, एफ्राइमको पहाडी देशमा शकेम, र यहूदाको पहाडी देशमा किर्यत-अर्बा (जुन हेब्रोन हो) छाने ।
  • यहो 24:1 : 1 ¶ त्यसपछि यहोशूले इस्राएलका सबै कुललाई शकेममा भेला गरे र तिनीहरूका धर्म-गुरुहरू, तिनीहरूका अगुवाहरू, तिनीहरूका न्यायकर्ताहरू र तिनीहरूका अधिकृतहरूलाई बोलाए, र तिनीहरूले आफैलाई परमेश्‍वरको सामु प्रस्तुत गरे ।
  • यहो 24:32 : 32 इस्राएलका मानिसहरूले मिश्रबाट ल्याएका योसेफका हड्‍डीहरूलाई तिनीहरूले शकेममा गाडे, त्यो याकूबले शकेमका पिता हमोरका छोराहरूबाट किनेका थिए । तिनले यो एक सय चाँदीका टुक्रामा किने र यो योसेफका सन्तानहरूको उत्तराधिकार बन्यो ।
  • न्या 9:1 : 1 ¶ यरूब-बालका छोरा अबीमेलेक आफ्नी आमाका नातेदारहरूकहाँ शकेममा गए र तिनले उनीहरूलाई र आफ्नी आमाको परिवारका सबै वंशलाई यसो भने,
  • न्या 9:6 : 6 शकेम र बेथ-मिल्लोका सबै अगुवाहरू एकसाथ भेला भए, र शकेममा रहेको ठुलो रूखको छेउको खम्बामा अबीमेलेकलाई राजा बनाए ।
  • १ राजा 11:43 : 43 तिनी आफ्ना पित्रहरूसित सुते, र तिनलाई तिनका पिता दाऊदको सहरमा गाडियो । तिनको ठाउँमा तिनका छोरा रहबाम राजा भए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ इति 10:1-3
    3 पदहरू
    96%

    1¶ रहबाम शकेममा गए, किनकि सारा इस्राएल तिनलाई राजा तुल्‍याउन शकेममा आइरहेका थिए ।

    2जब नबातका छोरा यारोबामले यो कुरा सुने (किनकि तिनी मिश्रदेशमा थिए, जहाँ तिनी सोलोमन राजादेखि भागेर गएका थिए), तब तिनी मिश्रदेशबाट फर्के ।

    3यसैले तिनीहरूले मानिस पठाए र तिनलाई बोलाए, र रहबाम र सबै इस्राएल आए । तिनीहरूले रहबामसित कुरा गरे र भने,

  • १ राजा 12:2-6
    5 पदहरू
    82%

    2नबातका छोरा यारोबामले यो कुरा सुन्दा (तिनी अझैसम्म मिश्रमा नै थिए जहाँ तिनी सोलोमन राजाको उपस्थितिबाट भागेर गएका थिए) तिनी मिश्रमा नै बसेका थिए ।

    3त्यसैले, तिनीहरूले यारोबामलाई बोलाइपठाए, अनि यारोबाम र इस्राएलका सारा समुदाय रहबामकहाँ आएर भने,

    4“तपाईंका पिताले हाम्रो जुवा गरुङ्गो बनाइदिनुभयो । अब तपाईंका पिताले हामीमाथि राखिदिनुभएको भारी र जुवा हलुङ्गो बनाइदिनुहोस्, अनि हामी तपाईंको सेवा गर्ने छौँ ।

    5रहबामले तिनीहरूलाई भने, “तपाईंहरू जानुहोस् र तिनदिनपछि फर्केर आउनुहोस् ।” त्यसैले मानिसहरू प्रस्थान गरे ।

    6रहबाम राजाले आफ्ना पिता सोलोमन जीवित छँदा तिनको सामु खडा हुने पाका मानिसहरूसित सरसल्लाह लिए र भने, “यी मानिसहरूलाई जवाफ दिन तपाईंहरू मलाई के सल्लाह दिनुहुन्छ?”

  • १ राजा 12:20-23
    4 पदहरू
    78%

    20यारोबाम फर्के भनी जब सारा इस्राएलले सुने तिनीहरूको आफ्नो सभामा तिनलाई बोलाउनपठाइ तिनलाई सारा इस्राएलमाथि राजा बनाए । यहूदाको कुलबाहेक दाऊदको परिवारलाई पछ्याउने कोही भएन ।

    21जब रहबाम यरूशलेममा आए तिनले यहूदाको सबै घराना र बेन्यामीन कुललाई भेला गरे । इस्राएलको घरानाको विरुद्धमा लडी सोलोमनका छोरा रहबामको राज्यलाई पुनर्स्थापित गर्न त्यहाँ १,८०,००० चुनिएका योद्धा जम्मा भएका थिए ।

    22तर परमेश्वरका जन शमायाहकहाँ परमेश्वरको वचन आयो,

    23“सोलोमनका छोरा यहूदाका राजा रहबाम अनि यहूदा र बेन्यामीनका सम्पूर्ण घरानासाथै बाँकी सबै मानिसलाई भन्,

  • २ इति 11:1-3
    3 पदहरू
    78%

    1¶ जब रहबाम यरूशलेममा आइपुगे, तब तिनले रहबामको राज्‍य पुनःर्स्‍थापित गराउनलाई इस्राएलको विरुद्धमा युद्ध गर्नलाई यहूदा र बेन्‍यामीनका घरानाका एक लाख असी हजार योद्धाहरू भेला गरे ।

    2तर परमप्रभुको वचन परमेश्‍वरका मानिस शमायाहकहाँ यसो भनेर आयो,

    3“सोलोमनका छोरा यहूदाका राजा रहबाम, अनि यहूदा र बेन्यामिनका सबै इस्राएललाई यसो भन्,

  • २ इति 12:1-2
    2 पदहरू
    78%

    1¶ यस्‍तो भयो, जब रहबामको राज्‍य स्थापित भयो र तिनी शक्तिशाली भए, तब तिनले परमप्रभुको व्‍यवस्‍था त्‍यागे— र तिनीसँगै जम्मै इस्राएलले पनि त्यागे ।

    2रहबाम राजाको शासनकालको पाँचौं वर्षमा मिश्रदेशका राजा शीशक यरूशलेमको विरुद्ध आए, किनभने मानिसहरू परमप्रभुप्रति अविश्‍वासी भएका थिए।

  • 12त्यसैले तेस्रो दिनमा यारोबाम र सारा मानिस रहबामकहाँ आए । किनकि राजाले यसो भनी निर्देशन दिएका थिए, “तेस्रो दिनमा मकहाँ फर्केर आओ ।”

  • २ इति 10:12-13
    2 पदहरू
    75%

    12यसैले, “तिन दिनपछि फेरि मकहाँ आओ,” भन्‍ने राजाको हुकुमबमोजिम यारोबाम र ती सबै मानिस तेस्रो दिन रहबामकहाँ आए ।

    13अनि ती पाका मानिसका सल्लाहलाई बेवास्‍ता गरेर रहबामले तिनीहरूसँग कठोर किसिमले बोले ।

  • 13तब सोलोमन गिबोनको अल्‍गो स्‍थानको भेट हुने पालबाट यरूशलेममा आए। तिनले इस्राएलमाथि शासन गरे ।

  • 17तर रहबाम यहूदाका सहरहरूमा बस्ने इस्राएलीहरूका राजा बने ।

  • 17तर यहूदाका सहरहरूमा बस्‍ने इस्राएलका मानिसहरूका सम्‍बन्‍धमा तिनीहरूमाथि रहबामले राज्‍य गरे ।

  • १ राजा 12:25-28
    4 पदहरू
    72%

    25तब यारोबामले एफ्राइमको पहाडी देशमा शकेमलाई मजबुत पारी तिनी त्यहीँ बसे । तिनी त्यहाँबाट गएर तिनले पनीएल सहर बनाए ।

    26यारोबामले आफ्नो ह्रदयमा सोचे, “अब यो राज्य दाऊदको घरानामा फर्कने छ ।

    27यी मानिसहरू यरूशलेमस्थित परमप्रभुको मन्दिरमा बलिदान चढाउन गए भने यी मानिसहरूका ह्रदय तिनीहरूका मालिक अर्थात् यहूदाका राजा रहबामकहाँ फर्कने छन् । मलाई मारेर तिनीहरू यहूदाका राजा रहबामकहाँ फर्केने छन् ।”

    28यसैले राजा यारोबामले सरसल्लाह लिई सुनका दुईवटा बाछा बनाए । तिनले मानिसहरूलाई भने, “तिमीहरूलाई यरूशलेमसम्म जान निकै टाढा हुन्छ । हे इस्राएली हो, तिमीहरूलाई मिश्र देशबाट ल्याउने देवताहरू यी नै हुन् ।”

  • 16रहबाम आफ्‍ना पुर्खाहरूसित सुते, र दाऊदको सहरमा गाडिए । तिनका छोरा अबिया तिनका ठाउँमा राजा भए ।

  • 25राजा रहबामको शासनकालको पाँचौँ वर्षमा मिश्रका राजा शीशकले यरूशलेमको विरुद्धमा आक्रमण गरे ।

  • २ इति 12:4-5
    2 पदहरू
    71%

    4तिनले यहूदाका किल्‍लाबन्‍दी गरिएका सहरहरू जिते र यरूशलेममा आइपुगे ।

    5शीशकको कारणले यरूशलेममा भेला भएका रहबाम र यहूदाका अगुवाहरू भएको ठाउँमा शमयाह अगमवक्ता आए । शमायाहले तिनीहरूलाई भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘तिमीहरूले मलाई त्‍यागेका छौ, यसैले मैले पनि तिमीहरूलाई शीशकको हातमा सुम्‍पिदिएको छु’ ।”

  • २ इति 10:5-6
    2 पदहरू
    71%

    5रहबामले तिनीहरूलाई भने, “तिन दिनपछि फेरि मकहाँ आओ ।” यसैले मानिसहरू गए ।

    6राजा रहबामले आफ्‍नो बुबा सोलोमन जीवित छँदा तिनका सेवा गर्ने पाका मानिसहरूसँग सल्‍लाह मागे । तिनले भने, “यी मानिसलाई जवाफ दिन तपाईंहरू कस्‍तो सल्‍लाह दिनुहुन्‍छ?”

  • 1¶ शमूएलले सबै इस्राएलीलाई भने, “तिमीहरूले मलाई भेनका हरेक कुरा मैले सुनेको छु र मैले तिमीहरूमाथि एक जना राजा नियुक्‍त गरेको छु ।

  • 6शकेम र बेथ-मिल्लोका सबै अगुवाहरू एकसाथ भेला भए, र शकेममा रहेको ठुलो रूखको छेउको खम्बामा अबीमेलेकलाई राजा बनाए ।

  • 5रहबाम यरूशलेममा बसोबास गरे र सुरक्षाको निम्ति यहूदामा सहरहरू निर्माण गरे ।

  • 1¶ त्यसैले राजाले सन्देशवाहकहरू पठाए जसले यहूदा र यरूशलेमका सबै धर्म-गुरुलाई तिनीकहाँ भेला गराए ।

  • 4त्यसपछि इस्राएलका सारा धर्म-गुरुहरू भेला भए र रामामा शमूएलकहाँ आए ।

  • 17यसैले तिनीहरूले यहूदाको राज्‍य बलियो बनाए र तीन वर्षसम्‍म सोलोमनका छोरो रहबामलाई समर्थन गरे, र त्‍यस बेला तिनीहरू दाऊद र सोलोमनका चालअनुसार तीन वर्षसम्‍म हिंडे ।

  • 2सबै इस्राएलसित, हजार कमाण्‍डर र सयका कमाण्‍डरहरू, र न्‍यायकर्ताहरू, र सारा इस्राएलमा भएका हरेक शासक, घरानाहरूका मुखियाहरूसित सोलोमनले कुरा गरे ।

  • 22रहबामले माकाका छोरा अबियालाई दाजुभाइका प्रमुख अगुवा नियुक्त गरे । तिनले उनलाई राजा बनाउने बिचार गरेका थिए ।

  • 3त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा दाऊद राजाकहाँ आए, र त्‍यहीं नै दाऊदले परमप्रभुको सामुन्‍ने तिनीहरूसित करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे । यसरी शमूएलद्वारा घोषणा गरिएको परमप्रभुको वचन पुरा भयो ।

  • 13जम्‍मै इस्राएलमा भएका चारैतिरबाट पुजारीहरू र लेवीहरू आआफ्‍ना सिमानाहरूबाट तिनीकहाँ गए ।

  • 29रहबामले गरेका अरू सबै कामहरूको बारेमा के यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

  • 1¶ राजा सोलोमन सारा इस्राएलमाथि राजा भए ।

  • 11जब राजा परमप्रभुको मन्‍दिरभित्र पस्‍थे, तब रक्षकहरू ती बोक्थे । अनि तिनीहरूले रक्षक बस्‍ने कोठामा फेरि ती फर्काउँथे ।

  • 1¶ तब सोलोमनले इस्राएलका सबै धर्म-गुरु, कुल-कुलका नायकहरू र इस्राएलका परिवारका मुख्य-मुख्य व्यक्तिहरूलाई सियोन अर्थात् दाऊदको सहरबाट परमप्रभुको सन्दुक ल्याउनलाई यरूशलेममा जम्मा गरे ।

  • 1¶ त्‍यसपछि सबै इस्राएल हेब्रोनमा दाऊदकहाँ आए र भने, “हेर्नुहोस्, हामीहरू तपाईंकै हाडनाता हौ ।

  • 3त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू राजाकहाँ हेब्रोनमा आए र राजा दाऊदले परमप्रभुको सामु तिनीहरूसँग करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे ।

  • 40त्यसैले सोलोमनले यारोबामलाई मार्न खोजे । तर यारोबाम उठेर मिश्रका राजा शीशककहाँ भागे । सोलोमनको मृत्यु नहोउञ्जेलसम्म तिनी मिश्रमा नै बसे ।