२ इतिहास 11:17

अनलक शाब्दिक बाइबल

यसैले तिनीहरूले यहूदाको राज्‍य बलियो बनाए र तीन वर्षसम्‍म सोलोमनका छोरो रहबामलाई समर्थन गरे, र त्‍यस बेला तिनीहरू दाऊद र सोलोमनका चालअनुसार तीन वर्षसम्‍म हिंडे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ इति 12:1 : 1 ¶ यस्‍तो भयो, जब रहबामको राज्‍य स्थापित भयो र तिनी शक्तिशाली भए, तब तिनले परमप्रभुको व्‍यवस्‍था त्‍यागे— र तिनीसँगै जम्मै इस्राएलले पनि त्यागे ।
  • हो 6:4 : 4 ए एफ्राइम, म तँलाई के गरूँ? ए यहूदा, म तँलाई के गरूँ? तेरो विश्‍वस्‍तता बिहानीको बादलझैं, चाँडै हराएर जाने शीतझैं छ ।
  • मत्त 13:20-21 : 20 ढुङ्गेनी माटोमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्छ र तुरुन्तै खुसीसाथ त्यसलाई ग्रहण गर्छ । 21 तर ऊ आफैँमा जरा हुँदैन र केही बेरसम्म मात्र टिकिरहन्छ । तर जब वचनको कारण सतावट वा कष्‍ट आउँछ, उसले तुरुन्तै ठेस खान्छ ।
  • २ इति 1:1-9 : 1 ¶ दाऊदका छोरा सोलोमन आफ्‍नो शासनमा बलियो भएपछि र परमप्रभु तिनका परमेश्‍वर तिनको साथमा हुनुहुन्‍थ्‍यो र तिनलाई धेरै शक्तिशाली बनाउनुभयो । 2 सबै इस्राएलसित, हजार कमाण्‍डर र सयका कमाण्‍डरहरू, र न्‍यायकर्ताहरू, र सारा इस्राएलमा भएका हरेक शासक, घरानाहरूका मुखियाहरूसित सोलोमनले कुरा गरे । 3 अनि सोलोमन र तिनीसँग भएका सबै सभा गिबोनमा भएको अग्‍लो स्‍थानमा गए, किनकि त्‍यहाँ परमेश्‍वरका भेट हुने पाल थियो, जुन परमप्रभुका सेवक मोशाले उजाड-स्‍थानमा बनाएका थिए । 4 तर दाऊदले परमेश्‍वरको सन्‍दूक किर्यत-यारीमबाट आफूले तयार गरेको ठाउँमा माथि ल्‍याएका थिए,किनकि त्‍यसको निम्‍ति तिनले यरूशलेममा पाल टाँगेका थिए । 5 साथै हूरका नाति, ऊरीका छोरा बजलेलले बनाएको काँसाको वेदी गिबोनमा नै परमप्रभुको पवित्र वासस्‍थानको सामुन्‍ने थियो । सोलोमन र त्‍यो सभा त्‍याहाँ गए । 6 सोलोमन भेट हुने पालमा परमप्रभुको सामुन्‍ने भएको काँसाको वेदीमा गए र त्‍यसमा एक हजार होमबलि चढाए । 7 त्‍यस रात परमेश्‍वर सोलोमनकहाँ देखा पर्नुभयो र तिनलाई भन्‍नुभयो, “माग्, म तँलाई के दिऊँ?” 8 सोलोमनले परमेश्‍वरलाई भने, “तपाईंले मेरा बुबा दाऊदलाई महान्‌ करारको विश्‍वस्‍तता देखाउनुभएको छ र मलाई उहाँको सट्टामा राजा तुल्‍याउनुभएको छ । 9 अब हे परमप्रभु परमेश्‍वर, तपाईंले मेरा बुबा दाऊदलाई दिनुभएको तपाईंको प्रतिज्ञा पुरा गर्नुहोस्, किनकि पृथ्‍वीको धुलो जत्तिकै अनगन्‍ती मानिसमाथि तपाईंले मलाई राजा बनाउनुभएको छ । 10 अब मलाई बुद्धि र ज्ञान दिनुहोस् ताकि यी मानिसलाई म नेतृत्‍व गर्न सकूँ, किनकि यति धेरै सङ्ख्यामा रहेका तपाईंका मानिसहरूको न्याय कसले गर्न सक्छ र?” 11 परमेश्‍वरले सोलोमनलाई भन्‍नुभयो, “किनभने तेरो हृदयमा यो कुरा छ, र तैंले समृद्धि, धन-सम्‍पत्ति वा आदर मागिनस् न त तँलाई घृणा गर्नेहरूको प्राण, न त आफ्‍नो निम्‍ति दीर्घायु नै मागिस्, तर आफ्‍नो निम्‍ति तैंले बुद्धि र ज्ञान मागिस् ताकि तैंले मेरा मानिसमाथि शासन सक्‍छस् जसमाथि मैले तँलाई राजा बनाएको छु, र म यसै गर्नेछु । 12 अब म तँलाई बुद्धि र ज्ञान दिनेछु । म तँलाई यस्‍तो समृद्धि, धन-सम्‍पत्ति, र आदर पनि दिनेछु, जो तँभन्‍दा अघिका कुनै राजाले पाएका थिएनन्, र तँभन्‍दा पछिका कुनैले पनि पाउनेछैनन्‌ ।”
  • २ इति 7:17-19 : 17 तेरो बारेमाचाहिं, मैले तँलाई दिएका सबै आज्ञा पालन गरेर र मेरा विधिहरू र आदेशहरू पालन गरेर तेरा बुबा दाऊद मेरो दृष्‍टिमा हिंडेझैं हिंडिस्‌ भने, 18 तब तेरो राज्‍यको सिंहासन म स्थापित गर्नेछु, जसरी मैले तेरा बुबा दाऊदलाई यसो भनेर करारद्वारा प्रतिज्ञा गरेको थिएँ, ‘इस्राएलमाथि राज्‍य गर्न तेरा सन्तानहरूको अभाव हुनेछैन’ ।’ 19 तर मैले तँलाई दिएका मेरा विधिहरू र आज्ञाहरू पालन गरिनस् र ती त्‍यागिस् र तँ गएर अरू देवताहरूको पुजा गरिस् र तिनीहरूका सामु दण्‍डवत् गरिस् भने,
  • २ इति 8:13-16 : 13 दिन-दिनको सूचीअनुसार तिनले बलिदानहरू चढाए । मोशाको आज्ञामा भएका निर्देशनबमोजिम तिनले शबाथ दिन, औंसी र वर्षेनी तिन पल्‍ट चढाउने चाडहरूः अखमिरी रोटीको चाड, साताहरूको चाड र छाप्रो-वासको चाडमा तोकिएबमिजिम तिनले चढाए । 14 आफ्‍ना पिता दाऊदको विधिहरू पालन गर्ने कुरामा सोलोमनले प्रतिदिनको लागि आवश्यक परेअनुसार पुजारीका दलहरूलाई आआफ्‍ना काममा र लेवीहरूलाई चाहिं परमेश्‍वरको स्‍तुति गर्ने र पुजारीहरूका अगि सेवा गर्ने तिनीहरूका दर्जामा नियुक्त गरे । हरेक ढोकामा तिनले ढोकाका रक्षकहरू आफ्‍ना दलअनुसार रहनलाई नियुक्त गरे, किनकि परमेश्‍वरका मानिस दाऊदले यसरी नै आज्ञा दिएका थिए । 15 पुजारीहरू र लेवीहरूलाई कुनै पनि विषयमा वा अनि भण्‍डारण कोठाहरूका विषयमा राजाले दिएका आज्ञाबाट यी मानिसहरू तर्किएनन् । 16 परमप्रभुका मन्‍दिरको जग बसालेदेखि त्‍यो पूरा नभएसम्‍म सोलोमनले आज्ञा गरेका सबै काम सम्‍पन्‍न भएको थियो । परमप्रभुको मन्‍दिर बनाउने काम सकियो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 3“सोलोमनका छोरा यहूदाका राजा रहबाम, अनि यहूदा र बेन्यामिनका सबै इस्राएललाई यसो भन्,

  • 17तर रहबाम यहूदाका सहरहरूमा बस्ने इस्राएलीहरूका राजा बने ।

  • 17तर यहूदाका सहरहरूमा बस्‍ने इस्राएलका मानिसहरूका सम्‍बन्‍धमा तिनीहरूमाथि रहबामले राज्‍य गरे ।

  • 1¶ यस्‍तो भयो, जब रहबामको राज्‍य स्थापित भयो र तिनी शक्तिशाली भए, तब तिनले परमप्रभुको व्‍यवस्‍था त्‍यागे— र तिनीसँगै जम्मै इस्राएलले पनि त्यागे ।

  • १ राजा 12:5-6
    2 पदहरू
    72%

    5रहबामले तिनीहरूलाई भने, “तपाईंहरू जानुहोस् र तिनदिनपछि फर्केर आउनुहोस् ।” त्यसैले मानिसहरू प्रस्थान गरे ।

    6रहबाम राजाले आफ्ना पिता सोलोमन जीवित छँदा तिनको सामु खडा हुने पाका मानिसहरूसित सरसल्लाह लिए र भने, “यी मानिसहरूलाई जवाफ दिन तपाईंहरू मलाई के सल्लाह दिनुहुन्छ?”

  • 18रहबामले आफ्नो निम्ति एउटी पत्‍नी ल्याएः तिनी महलत थिइन् । तिनका बुबा दाऊदका छोरा यरीमोत थिए र आमाचाहिं यिशैका छोरा एलीआबकी छोरी अबीहेल थिइन् ।

  • २ इति 10:12-13
    2 पदहरू
    72%

    12यसैले, “तिन दिनपछि फेरि मकहाँ आओ,” भन्‍ने राजाको हुकुमबमोजिम यारोबाम र ती सबै मानिस तेस्रो दिन रहबामकहाँ आए ।

    13अनि ती पाका मानिसका सल्लाहलाई बेवास्‍ता गरेर रहबामले तिनीहरूसँग कठोर किसिमले बोले ।

  • २ इति 10:5-6
    2 पदहरू
    72%

    5रहबामले तिनीहरूलाई भने, “तिन दिनपछि फेरि मकहाँ आओ ।” यसैले मानिसहरू गए ।

    6राजा रहबामले आफ्‍नो बुबा सोलोमन जीवित छँदा तिनका सेवा गर्ने पाका मानिसहरूसँग सल्‍लाह मागे । तिनले भने, “यी मानिसलाई जवाफ दिन तपाईंहरू कस्‍तो सल्‍लाह दिनुहुन्‍छ?”

  • १ राजा 11:42-43
    2 पदहरू
    71%

    42सोलोमनले यरूशलेममा बसी सारा इस्राएलमाथि चालिस वर्षसम्म शासन गरे ।

    43तिनी आफ्ना पित्रहरूसित सुते, र तिनलाई तिनका पिता दाऊदको सहरमा गाडियो । तिनको ठाउँमा तिनका छोरा रहबाम राजा भए ।

  • 1¶ दाऊदका छोरा सोलोमन आफ्‍नो शासनमा बलियो भएपछि र परमप्रभु तिनका परमेश्‍वर तिनको साथमा हुनुहुन्‍थ्‍यो र तिनलाई धेरै शक्तिशाली बनाउनुभयो ।

  • 12त्यसैले तेस्रो दिनमा यारोबाम र सारा मानिस रहबामकहाँ आए । किनकि राजाले यसो भनी निर्देशन दिएका थिए, “तेस्रो दिनमा मकहाँ फर्केर आओ ।”

  • 1¶ आसाका छोरा यहोशापात तिनको ठाउँमा राजा भए । यहोशापातले इस्राएलको विरूद्ध आफैलाई मजबुत बनाए ।

  • 5रहबाम यरूशलेममा बसोबास गरे र सुरक्षाको निम्ति यहूदामा सहरहरू निर्माण गरे ।

  • 21सोलोमनका छोरा रहबामले यहूदामा शासन गर्दै थिए । रहबाम राजा हुँदा तिनी एकचालिस वर्षका थिए । तिनले परमप्रभुले आफ्नो नाउँ राख्न इस्राएलका सबै कुलबाट चुन्नुभएको सहर यरूशलेममा सत्र वर्ष शासन गरे । तिनकी आमाको नाउँ नामा थियो जो एक अम्मोनी स्त्री थिइन् ।

  • 7केही बेकम्‍मा बदमाशहरू त्‍यसको साथमा भेला भए । तिनीहरू सोलोमनका छोरा रहबामको विरुद्धमा आए, जति बेला रहबाम कलिलै र अनुभव नभएको र तिनीहरूको सामना गर्न नसक्‍ने अवस्थामा थिए ।

  • 3त्यसैले, तिनीहरूले यारोबामलाई बोलाइपठाए, अनि यारोबाम र इस्राएलका सारा समुदाय रहबामकहाँ आएर भने,

  • 10सोलोमनका छोरा रहबाम थिए । रहबामका छोरा अबिया थिए । अबियाका छोरा आसा थिए । आसाका छोरा यहोशापात थिए ।

  • २ इति 9:30-31
    2 पदहरू
    71%

    30सोलोमनले यरूशलेममा सारा इस्राएलमाथि चालिस वर्ष राज्‍य गरे ।

    31त्‍यसपछि तिनी आफ्‍ना पर्खाहरूसित सुते, र मानिसहरूले तिनका बुबा दाऊदको सहरमा गाडे । तिनका ठाउँमा तिनका छोरा रहबाम राजा भए

  • 3सबै सभाले परमेश्‍वरको मन्‍दिरमा राजासित करार बाँधे । यहोयादाले तिनीहरूलाई भने, “हेर्नुहोस्, परमप्रभुले दाऊदका सन्‍तानहरूका विषयमा प्रतिज्ञा गर्नुभएझैं राजाका छोराले राज्‍य गर्नेछन् ।

  • 1¶ रहबाम शकेममा गए किनकि सारा इस्राएल तिनलाई राजा बनाउन शकेममा आउँदै थिए ।

  • 3यसैले तिनीहरूले मानिस पठाए र तिनलाई बोलाए, र रहबाम र सबै इस्राएल आए । तिनीहरूले रहबामसित कुरा गरे र भने,

  • 13यसरी रहबाम राजाले यरूशलेममा आफ्नो राजकाज बलियो बनाए, र यसरी तिनले राज्य गरे । रहबामले राज्य गर्न सुरु गर्दा तिनी एकचालीस वर्षका थिए, र परमप्रभुले इस्राएलका सारा कुलबाट आफ्‍नो नाउँ राख्‍नका निम्‍ति चुन्‍नुभएको सहर यरूशलेममा तिनले सत्र वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ अम्‍मोनी स्‍त्री नामा थियो ।

  • 5तिनले हेब्रोनमा सात वर्ष छ महिना राज्‍य गरे र सबै इस्राएल र यहूदामा तेत्तीस वर्ष राज्‍य गरे ।

  • १ राजा 2:11-12
    2 पदहरू
    70%

    11दाऊदले इस्राएलमाथि चालिस वर्षसम्म शासन गरे । तिनले हेब्रोनमा सात वर्षसम्म र यरूशलेममा तेत्तिस वर्षसम्म राज्य गरे ।

    12तब सोलोमन आफ्ना पिता दाऊदको सिंहासनमा बसे, र तिनको शासन दृढतापूर्वक स्थापित थियो ।

  • 16रहबाम आफ्‍ना पुर्खाहरूसित सुते, र दाऊदको सहरमा गाडिए । तिनका छोरा अबिया तिनका ठाउँमा राजा भए ।

  • 1¶ जब रहबाम यरूशलेममा आइपुगे, तब तिनले रहबामको राज्‍य पुनःर्स्‍थापित गराउनलाई इस्राएलको विरुद्धमा युद्ध गर्नलाई यहूदा र बेन्‍यामीनका घरानाका एक लाख असी हजार योद्धाहरू भेला गरे ।

  • १ राजा 12:20-21
    2 पदहरू
    69%

    20यारोबाम फर्के भनी जब सारा इस्राएलले सुने तिनीहरूको आफ्नो सभामा तिनलाई बोलाउनपठाइ तिनलाई सारा इस्राएलमाथि राजा बनाए । यहूदाको कुलबाहेक दाऊदको परिवारलाई पछ्याउने कोही भएन ।

    21जब रहबाम यरूशलेममा आए तिनले यहूदाको सबै घराना र बेन्यामीन कुललाई भेला गरे । इस्राएलको घरानाको विरुद्धमा लडी सोलोमनका छोरा रहबामको राज्यलाई पुनर्स्थापित गर्न त्यहाँ १,८०,००० चुनिएका योद्धा जम्मा भएका थिए ।

  • 14तेरा पिता दाऊदझैँ मेरा विधिविधानहरू र मेरा आज्ञाहरू पालन गर्न तँ मेरो मार्गमा हिँडिस् भने म तेरो आयु लम्ब्याउने छु ।”

  • १ राजा 15:1-2
    2 पदहरू
    69%

    1¶ नबातका छोरा राजा यारोबामको शासनकालको अठारौँ वर्षमा अबियाले यहूदामाथि शासन गर्न थाले ।

    2तिनले यरूशलेममा तिन वर्ष राज्य गरे । तिनकी आमाको नाउँ माका थियो । उनी अबीशालोमकी छोरी थिइन् ।

  • 1¶ राजा यरोबामको अठारौँ वर्षमा, अबियाले यहूदामा राज्य गर्न सुरु गरे ।

  • १ राजा 14:29-30
    2 पदहरू
    69%

    29रहबामले गरेका अरू सबै कामहरूको बारेमा के यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

    30रहबाम र यारोबामको बिचमा युद्ध चलिरह्‍यो ।

  • 1¶ अब शाऊलका घराना र दाऊदका घरानाका बिच लामो समयसम्म युद्ध भइरह्‍यो । दाऊद झन्-झन् बलियो हुँदै गए, तर शाऊलको घराना झन्-झन् कमजोर हुँदै गयो ।

  • 11दाऊद हेब्रोनमा यहूदाको घरानाको राजा भएका समय सात वर्ष छ महिना थियो ।

  • 6अबियाको जीवनभर रहबाम र यारोबामको बिचमा युद्ध भइरह्‍यो ।

  • 23त्यसपछि सोलोमन आफ्‍ना पिता दाऊदको सट्टा परमप्रभुको सिंहासनमा राजा भएर बसे । तिनको उन्‍नति भयो र सबै इस्राएलले तिनको हुकुम पालन गरे ।

  • 22रहबामले माकाका छोरा अबियालाई दाजुभाइका प्रमुख अगुवा नियुक्त गरे । तिनले उनलाई राजा बनाउने बिचार गरेका थिए ।

  • 16परमप्रभु इस्राएलका परमेश्‍वरलाई खोज्‍न आफ्नो हृदयहरू दिएका इस्राएलका सबै कुलबाट मानिसहरू तिनीहरूको पछि आए । तिनीहरू परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई बलिदान चढाउन यरूशलेममा आए ।

  • 4यी छ जनाचाहिं दाऊदको लागि हेब्रोनमा जन्‍मेका थिए, जहाँ दाऊदले सात वर्ष छ महिना राज्‍य गरे । त्यसपछि तिनले यरूशलेममा तेत्तिस वर्ष राज्‍य गरे ।

  • 1¶ जब दाऊद वृद्ध भएका र आफ्नो जीवनको अन्तिम क्षणमा थिए, तब तिनले आफ्‍ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा बनाए ।

  • 1¶ रहबाम शकेममा गए, किनकि सारा इस्राएल तिनलाई राजा तुल्‍याउन शकेममा आइरहेका थिए ।

  • 10इस्राएलको विषयमा परमप्रभुको वचन पालन गर्दै दाऊदको राज्‍यमा तिनको साथमा तिनलाई राजा बनाउनलाई जम्‍मै इस्राएलसँगै मिलेर आफूलाई सामर्थ्‍यवान् देखाउने तिनका अगुवाहरू यी नै थिए