१ राजा 14:21

अनलक शाब्दिक बाइबल

सोलोमनका छोरा रहबामले यहूदामा शासन गर्दै थिए । रहबाम राजा हुँदा तिनी एकचालिस वर्षका थिए । तिनले परमप्रभुले आफ्नो नाउँ राख्न इस्राएलका सबै कुलबाट चुन्नुभएको सहर यरूशलेममा सत्र वर्ष शासन गरे । तिनकी आमाको नाउँ नामा थियो जो एक अम्मोनी स्त्री थिइन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ इति 12:13 : 13 यसरी रहबाम राजाले यरूशलेममा आफ्नो राजकाज बलियो बनाए, र यसरी तिनले राज्य गरे । रहबामले राज्य गर्न सुरु गर्दा तिनी एकचालीस वर्षका थिए, र परमप्रभुले इस्राएलका सारा कुलबाट आफ्‍नो नाउँ राख्‍नका निम्‍ति चुन्‍नुभएको सहर यरूशलेममा तिनले सत्र वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ अम्‍मोनी स्‍त्री नामा थियो ।
  • १ राजा 11:36 : 36 म एउटा कुल सोलोमनको छोरोलाई दिने छु ताकि मेरो नाउँ राख्न मैले चुनेको सहर यरूशलेममा मेरो सामु मेरा दास दाऊदको एउटा बत्ती सधैँ बलिरहोस् ।
  • १ राजा 14:31 : 31 यसरी रहबाम आफ्ना पित्रहरूसित सुत्न गए, र तिनीहरूसँगै दाऊदको सहरमा गाडिए । तिनकी आमाको नाउँ नामा थियो जो अम्मोनी स्त्री थिइन् । तिनको ठाउँमा तिनका छोरा अबिया राजा भए ।
  • १ राजा 11:43 : 43 तिनी आफ्ना पित्रहरूसित सुते, र तिनलाई तिनका पिता दाऊदको सहरमा गाडियो । तिनको ठाउँमा तिनका छोरा रहबाम राजा भए ।
  • २ इति 13:7 : 7 केही बेकम्‍मा बदमाशहरू त्‍यसको साथमा भेला भए । तिनीहरू सोलोमनका छोरा रहबामको विरुद्धमा आए, जति बेला रहबाम कलिलै र अनुभव नभएको र तिनीहरूको सामना गर्न नसक्‍ने अवस्थामा थिए ।
  • भजन 78:68-69 : 68 उहाँले यहूदाको कुल र उहाँले प्रेम गर्नुभएको सियोन पर्वतलाई चुन्‍नुभयो । 69 उहाँले आफ्नो पवित्रस्थानलाई स्‍वर्गझैं, उहाँले सदाको निम्ति स्थापना गर्नुभएको पृथ्वीझैं बनाउनुभयो ।
  • भजन 87:1-2 : 1 ¶ उहाँले स्थापित गर्नुभएको सहर पवित्र पर्वतमा खडा छ । 2 याकूबका सबै पालभन्दा धेरै पमरप्रभुले सियोनको ढोकाहरूलाई नै मन पराउनुहुन्छ ।
  • भजन 132:13-14 : 13 निश्‍चय नै परमप्रभुले सियोनलाई रोज्‍नुभएको छ । उहाँको आफ्‍नो आसनको निम्ति उहाँले त्यसको इच्‍छा गर्नुभएको छ । 14 “यो सदासर्वदाको निम्ति मेरो विश्राम स्थल हो । म यहाँ बस्‍नेछु किनकि म यसलाई चाहन्छु ।
  • यशा 12:6 : 6 ए सियोनका बासिन्दाहरू हो, उच्‍च सोरले कराओ र आनन्दसाथ चिच्याओ, किनकि तिमीहरूका माझमा इस्राएलका परमपवित्र महान् हुनुहुन्छ ।
  • निर्ग 20:24 : 24 मेरो निम्ति माटोको वेदी बनाउनू, र त्यहाँ तिमीहरूले होमबलि, मेलबलि, भेडा र गोरुहरू बलिदान गर्नू । मेरो नाउँको आदर गरिने हरेक ठाउँमा म तिमीहरूकहाँ आएर तिमीहरूलाई आशिष् दिनेछु ।
  • व्यव 12:5 : 5 तर जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो नाउँ राख्‍न तिमीहरूका सबै कुलबाट चुन्‍नुहुन्छ त्यही नै त्यो ठाउँ हुने छ जहाँ तिमीहरू बस्छौ र त्यहीँ नै तिमीहरू जाने छौ ।
  • व्यव 12:21 : 21 परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो नाउँ राख्‍न छान्‍नुहुने ठाउँ तिमीहरूबाट ज्यादै टाढा भयो भने मैले तिमीहरूलाई आज्ञा दिएअनुसार परमप्रभुले तिमीहरूलाई दिनुभएका गाईवस्तु र भेडा-बाख्राबाट केहीलाई मार्नू, र तिमीहरूको मनले इच्छा गरेअनुसार तिमीहरूले आफ्ना सहरहरूभित्र तिनलाई खान सक्छौ ।
  • व्यव 23:3 : 3 अम्मोनी वा मोआबी परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन । त्यसको दस पुस्तासम्म त्यसको कोही सन्तान पनि परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन ।
  • १ राजा 8:16 : 16 'मैले मेरो जाति इस्राएललाई मिश्रबाट बाहिर ल्याएको दिनदेखि मेरो नाउँ राख्नको लागि मैले इस्राएलका सबै कुलबाट कुनै पनि सहर छानिनँ ।
  • १ राजा 8:44 : 44 तपाईंले जुनसुकै बाटो भएर पठाउनुभए तापनि तपाईंको जाति शत्रुको विरुद्धमा लड्न बाहिर गएको छ, र हे परमप्रभु, तिनीहरूले तपाईंले चुन्नुभएको सहर र मैले तपाईंको नाउँमा बनाएको मन्दिरतर्फ हेरेर तपाईंमा प्रार्थना चढाएका छन् भने
  • १ राजा 11:32 : 32 (तर मेरा दास दाऊदको खातिर र मैले इस्राएलका सबै कुलबाट चुनेको सहर यरूशलेमको खातिर सोलोमनलाई एउटा कुल दिने छु),

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ इति 12:12-14
    3 पदहरू
    94%

    12जब रहबामले आफूलाई विनम्र तुल्‍याए, तब तिनलाइ पुरै नष्‍ट नगर्नलाई परमप्रभुको क्रोध तिनीबाट हट्यो । यसका अतिरिक्त, यहूदामा केही असल कुरा अझै बाँकी थियो ।

    13यसरी रहबाम राजाले यरूशलेममा आफ्नो राजकाज बलियो बनाए, र यसरी तिनले राज्य गरे । रहबामले राज्य गर्न सुरु गर्दा तिनी एकचालीस वर्षका थिए, र परमप्रभुले इस्राएलका सारा कुलबाट आफ्‍नो नाउँ राख्‍नका निम्‍ति चुन्‍नुभएको सहर यरूशलेममा तिनले सत्र वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ अम्‍मोनी स्‍त्री नामा थियो ।

    14तिनले जे खराब थियो त्‍यही गरे, किनभने तिनले आफ्नो हृदय परमप्रभुको खोजी गर्न लगाएनन् ।

  • १ राजा 14:29-31
    3 पदहरू
    82%

    29रहबामले गरेका अरू सबै कामहरूको बारेमा के यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

    30रहबाम र यारोबामको बिचमा युद्ध चलिरह्‍यो ।

    31यसरी रहबाम आफ्ना पित्रहरूसित सुत्न गए, र तिनीहरूसँगै दाऊदको सहरमा गाडिए । तिनकी आमाको नाउँ नामा थियो जो अम्मोनी स्त्री थिइन् । तिनको ठाउँमा तिनका छोरा अबिया राजा भए ।

  • 20यारोबामले बाइस वर्ष शासन गरे, र त्यसपछि तिनी आफ्ना पित्रहरूसित सुत्न गए, अनि तिनको ठाउँमा तिनका छोरा नादाब राजा भए ।

  • १ राजा 15:1-2
    2 पदहरू
    72%

    1¶ नबातका छोरा राजा यारोबामको शासनकालको अठारौँ वर्षमा अबियाले यहूदामाथि शासन गर्न थाले ।

    2तिनले यरूशलेममा तिन वर्ष राज्य गरे । तिनकी आमाको नाउँ माका थियो । उनी अबीशालोमकी छोरी थिइन् ।

  • 17तर यहूदाका सहरहरूमा बस्‍ने इस्राएलका मानिसहरूका सम्‍बन्‍धमा तिनीहरूमाथि रहबामले राज्‍य गरे ।

  • २ इति 11:17-23
    7 पदहरू
    72%

    17यसैले तिनीहरूले यहूदाको राज्‍य बलियो बनाए र तीन वर्षसम्‍म सोलोमनका छोरो रहबामलाई समर्थन गरे, र त्‍यस बेला तिनीहरू दाऊद र सोलोमनका चालअनुसार तीन वर्षसम्‍म हिंडे ।

    18रहबामले आफ्नो निम्ति एउटी पत्‍नी ल्याएः तिनी महलत थिइन् । तिनका बुबा दाऊदका छोरा यरीमोत थिए र आमाचाहिं यिशैका छोरा एलीआबकी छोरी अबीहेल थिइन् ।

    19उनीले तिनको निम्ति छोराहरू जन्माइन्: येऊश, शमरयाह र साहम ।

    20महलतपछि तिनले अब्‍शालोमकी छोरी माकालाई विवाह गरे । उनले तिनको निम्ति अबिया, अत्तै, जीजा र शलोमीत जन्माइन् ।

    21रहबामले आफ्‍ना सबै पत्‍नीहरू र उपपत्‍नीहरूलाई भन्दा धेरै माया माकालाई गरे (तिनले अठाह्र जना पत्‍नीहरू र साठी जना उपपत्‍नीहरू ल्याए, र तिनका अट्ठाईस जना छोरा र साठी जना छोरी थिए) ।

    22रहबामले माकाका छोरा अबियालाई दाजुभाइका प्रमुख अगुवा नियुक्त गरे । तिनले उनलाई राजा बनाउने बिचार गरेका थिए ।

    23रहबामले बुद्धिमानीपूर्वक राज्‍य गरे । तिनले आफ्ना सबै छोराहरूलाई यहूदा र बेन्‍यामीनका किल्लाबन्‍दी गरिएका जम्‍मै सहरमा पठाए । तिनले उनीहरूका निम्‍ति प्रशस्‍त खानेकुरा दिए र तिनीहरूका निम्‍ति धेरै जना पत्‍नीहरू खोजिदिए ।

  • १ राजा 15:9-10
    2 पदहरू
    72%

    9इस्राएलका राजा यारोबामको बिसौँ वर्षमा आसाले यहूदामाथि शासन गर्न थाले ।

    10तिनले यरूशलेममा एकचालिस वर्ष राज्य गरे । तिनकी हजुर आमाको नाउँ माका थियो जो अबीशालोमकी छोरी थिइन् ।

  • 17तर रहबाम यहूदाका सहरहरूमा बस्ने इस्राएलीहरूका राजा बने ।

  • 16रहबाम आफ्‍ना पुर्खाहरूसित सुते, र दाऊदको सहरमा गाडिए । तिनका छोरा अबिया तिनका ठाउँमा राजा भए ।

  • 23यहूदाका राजा योआशका छोरा अमस्याहको पन्ध्रौँ वर्षमा इस्राएलका राजा येहोआशका छोरा यारोबामले सामरियामा राज्‍य गर्न थाले । तिनले एकचालिस वर्ष राज्य गरे ।

  • 3“सोलोमनका छोरा यहूदाका राजा रहबाम, अनि यहूदा र बेन्यामिनका सबै इस्राएललाई यसो भन्,

  • 2तिनले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्तिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यहोअदीन थियो जो यरूशलेमकी थिइन् ।

  • २ इति 9:30-31
    2 पदहरू
    68%

    30सोलोमनले यरूशलेममा सारा इस्राएलमाथि चालिस वर्ष राज्‍य गरे ।

    31त्‍यसपछि तिनी आफ्‍ना पर्खाहरूसित सुते, र मानिसहरूले तिनका बुबा दाऊदको सहरमा गाडे । तिनका ठाउँमा तिनका छोरा रहबाम राजा भए

  • १ राजा 11:42-43
    2 पदहरू
    68%

    42सोलोमनले यरूशलेममा बसी सारा इस्राएलमाथि चालिस वर्षसम्म शासन गरे ।

    43तिनी आफ्ना पित्रहरूसित सुते, र तिनलाई तिनका पिता दाऊदको सहरमा गाडियो । तिनको ठाउँमा तिनका छोरा रहबाम राजा भए ।

  • 5रहबाम यरूशलेममा बसोबास गरे र सुरक्षाको निम्ति यहूदामा सहरहरू निर्माण गरे ।

  • १ राजा 12:20-21
    2 पदहरू
    68%

    20यारोबाम फर्के भनी जब सारा इस्राएलले सुने तिनीहरूको आफ्नो सभामा तिनलाई बोलाउनपठाइ तिनलाई सारा इस्राएलमाथि राजा बनाए । यहूदाको कुलबाहेक दाऊदको परिवारलाई पछ्याउने कोही भएन ।

    21जब रहबाम यरूशलेममा आए तिनले यहूदाको सबै घराना र बेन्यामीन कुललाई भेला गरे । इस्राएलको घरानाको विरुद्धमा लडी सोलोमनका छोरा रहबामको राज्यलाई पुनर्स्थापित गर्न त्यहाँ १,८०,००० चुनिएका योद्धा जम्मा भएका थिए ।

  • २ इति 13:1-2
    2 पदहरू
    67%

    1¶ राजा यरोबामको अठारौँ वर्षमा, अबियाले यहूदामा राज्य गर्न सुरु गरे ।

    2तिनले यरूशलेममा तीन वर्ष राज्‍य गरे । तिनकी आमा गिबाका उरीएलकी छोरी माका थिइन्‌ । अबिया र यारोबामका बीचमा युद्ध भयो ।

  • 19आमोनले राज्‍य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए । तिनले यरूशलेममा दुई वर्ष राज्य गरे । तिनकी आमाको नाउँ मशुल्लेमेत थियो । तिनी योत्बाका हारूसकी छोरी थिइन् ।

  • 1¶ रहबाम शकेममा गए किनकि सारा इस्राएल तिनलाई राजा बनाउन शकेममा आउँदै थिए ।

  • 1¶ योताम राजगद्दी आरोहण गर्दा पच्‍चिस वर्षका थिए; तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे । तिनकी आमाको यरूशा थियो; तिनी नाउँ सादोककी छोरी थिइन् ।

  • 26तब नबातका छोरा यारोबाम पनि राजाको विरुद्धमा बागी भए । तिनी सोलोमनका एक जना अधिकारी जेरेदाका एफ्राइमी थिए । तिनकी विधवा आमा सेरूआ थिइन् ।

  • 36यहोयाकीमले राज्‍य सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनकी आमाको नाउँ जबीदा थियो । उनी रूमाकी पदायाहकी छोरी थिइन् ।

  • 2अजर्याहले राज्‍य गर्न सुरु गर्दा तिनी सोह्र वर्षका थिए, र तिनले यरूशलेममा बाउन्‍न वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यकोल्याह थिए, र उनी यरूशलेमकी थिइन् ।

  • 1¶ जब रहबाम यरूशलेममा आइपुगे, तब तिनले रहबामको राज्‍य पुनःर्स्‍थापित गराउनलाई इस्राएलको विरुद्धमा युद्ध गर्नलाई यहूदा र बेन्‍यामीनका घरानाका एक लाख असी हजार योद्धाहरू भेला गरे ।

  • 1¶ यस्‍तो भयो, जब रहबामको राज्‍य स्थापित भयो र तिनी शक्तिशाली भए, तब तिनले परमप्रभुको व्‍यवस्‍था त्‍यागे— र तिनीसँगै जम्मै इस्राएलले पनि त्यागे ।

  • 1¶ अमस्‍याहले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्‍तिस वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ यरूशलेमकी यहोअदीन थियो ।

  • 31यहोशापातले यहूदामाथि राज्‍य गरेः तिनले राज्य गर्न सुरु गर्दा तिनी पैंतिस वर्षका थिए, र तिनले यरूशलेममा पच्‍चिस वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ अजूबा थियो, र तिनी शिल्‍हीकी छोरी थिइन्‌ ।

  • 6अबियाको जीवनभर रहबाम र यारोबामको बिचमा युद्ध भइरह्‍यो ।

  • 25यहूदाका राजा आसाको दोस्रो वर्षमा यारोबामका छोरा नादाबले इस्राएलमाथि शासन गर्न थाले । तिनले इस्राएलमाथि दुई वर्ष राज्य गरे ।

  • 42यहोशापातले शासन गर्न थाल्दा तिनी पैँतिस वर्षका थिए, र तिनले यरूशलेममा पच्चिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अजूबा थियो, जो शिल्हीकी छोरी थिइन् ।

  • 6रहबाम राजाले आफ्ना पिता सोलोमन जीवित छँदा तिनको सामु खडा हुने पाका मानिसहरूसित सरसल्लाह लिए र भने, “यी मानिसहरूलाई जवाफ दिन तपाईंहरू मलाई के सल्लाह दिनुहुन्छ?”

  • 1¶ सिदकियाहले राज्‍य गर्न सुरु गर्दा तिनी एक्‍काइस वर्षका थिए । तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनकी आमाको नाउँ हमुतल थियो । उनी लिब्नाका यर्मियाकी छोरी थिइन् ।

  • 22यहूदाले परमप्रभुको दृष्टिमा जे खराब छ त्यही गरे । तिनीहरूका पिता-पुर्खाहरूले गरेका पापभन्दा बढी पाप गरेर तिनीहरूले उहाँलाई डाही तुल्याए ।

  • 6राजा रहबामले आफ्‍नो बुबा सोलोमन जीवित छँदा तिनका सेवा गर्ने पाका मानिसहरूसँग सल्‍लाह मागे । तिनले भने, “यी मानिसलाई जवाफ दिन तपाईंहरू कस्‍तो सल्‍लाह दिनुहुन्‍छ?”