१ राजा 15:6

अनलक शाब्दिक बाइबल

अबियाको जीवनभर रहबाम र यारोबामको बिचमा युद्ध भइरह्‍यो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ राजा 14:30 : 30 रहबाम र यारोबामको बिचमा युद्ध चलिरह्‍यो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ राजा 14:29-30
    2 पदहरू
    92%

    29रहबामले गरेका अरू सबै कामहरूको बारेमा के यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

    30रहबाम र यारोबामको बिचमा युद्ध चलिरह्‍यो ।

  • 16आसा र इस्राएलका राजा बाशाका राज्यकालभरि तिनीहरूको बिचमा युद्ध चलिरह्‍यो ।

  • 7के अबियाले गरेका अन्य कामहरू यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? अबिया र यारोबामको बिचमा युद्ध चलेको थियो ।

  • 32आसा र इस्राएलका राजा बाशाको बिचमा तिनीहरूको राज्यकालभरि युद्ध चलिरह्‍यो ।

  • २ इति 12:15-16
    2 पदहरू
    77%

    15रहबामको राजकालका घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍म शमायाह अगमवक्ता र दर्शी इद्दोका इतिहासका पुस्‍तकहरूमा समेत लेखिएका छैनन्‌ र, जसमा वंशक्रमहरू र रहबाम र यारोबामका बीचमा निरन्‍तर भएको युद्धका अभिलेख पनि राखिएको छन्?

    16रहबाम आफ्‍ना पुर्खाहरूसित सुते, र दाऊदको सहरमा गाडिए । तिनका छोरा अबिया तिनका ठाउँमा राजा भए ।

  • १ राजा 14:19-20
    2 पदहरू
    73%

    19यारोबामका अन्य कामहरूको बारेमा अर्थात् कसरी तिनले युद्ध गरे र शासन गरे भन्ने विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन् ।

    20यारोबामले बाइस वर्ष शासन गरे, र त्यसपछि तिनी आफ्ना पित्रहरूसित सुत्न गए, अनि तिनको ठाउँमा तिनका छोरा नादाब राजा भए ।

  • 17यी सबै यहूदाका राजा योताम र इस्राएलका राजा यारोबामका राज्‍य गरेको समयमा वंशाक्रमको सूचीमा लेखिएका थिए ।

  • २ इति 11:1-5
    5 पदहरू
    71%

    1¶ जब रहबाम यरूशलेममा आइपुगे, तब तिनले रहबामको राज्‍य पुनःर्स्‍थापित गराउनलाई इस्राएलको विरुद्धमा युद्ध गर्नलाई यहूदा र बेन्‍यामीनका घरानाका एक लाख असी हजार योद्धाहरू भेला गरे ।

    2तर परमप्रभुको वचन परमेश्‍वरका मानिस शमायाहकहाँ यसो भनेर आयो,

    3“सोलोमनका छोरा यहूदाका राजा रहबाम, अनि यहूदा र बेन्यामिनका सबै इस्राएललाई यसो भन्,

    4'परमप्रभु यसो भन्‍नुहुन्‍छ, “आफ्‍नै दाजुभाइका विरुद्धमा तिमीहरूले आक्रमण गर्नु वा युद्ध गर्नुहुँदैन । हरेक व्‍यक्ति आआफ्‍नै घरमा फर्केर जानुपर्छ, किनकि मैले नै यसो हुन दिएको हो” ।’” यसैले तिनीहरूले परमप्रभुका वचन पालन गरे, र यारोबामको विरुद्धमा आक्रमण गर्नबाट पछि हटे ।

    5रहबाम यरूशलेममा बसोबास गरे र सुरक्षाको निम्ति यहूदामा सहरहरू निर्माण गरे ।

  • 17तर यहूदाका सहरहरूमा बस्‍ने इस्राएलका मानिसहरूका सम्‍बन्‍धमा तिनीहरूमाथि रहबामले राज्‍य गरे ।

  • 19आसाको राजकालको पैँतिसौँ वर्षसम्‍म कुनै युद्ध भएन ।

  • 1¶ नबातका छोरा राजा यारोबामको शासनकालको अठारौँ वर्षमा अबियाले यहूदामाथि शासन गर्न थाले ।

  • १ राजा 12:19-21
    3 पदहरू
    69%

    19त्यसैले आजको दिनसम्म इस्राएल दाऊदको घरानाको विरुद्धमा बागी बनेको छ ।

    20यारोबाम फर्के भनी जब सारा इस्राएलले सुने तिनीहरूको आफ्नो सभामा तिनलाई बोलाउनपठाइ तिनलाई सारा इस्राएलमाथि राजा बनाए । यहूदाको कुलबाहेक दाऊदको परिवारलाई पछ्याउने कोही भएन ।

    21जब रहबाम यरूशलेममा आए तिनले यहूदाको सबै घराना र बेन्यामीन कुललाई भेला गरे । इस्राएलको घरानाको विरुद्धमा लडी सोलोमनका छोरा रहबामको राज्यलाई पुनर्स्थापित गर्न त्यहाँ १,८०,००० चुनिएका योद्धा जम्मा भएका थिए ।

  • 19अनि आजको दिनसम्‍म पनि दाऊदका घरानाप्रति इस्राएलचाहिं विद्रोही भएको छ ।

  • 6तापनि दाऊदका छोरा सोलोमनका सेवक नबातका छोरा यारोबाम उठ्‍यो र आफ्‍ना मालिकको विरुद्धमा बागी भयो ।

  • 17तर रहबाम यहूदाका सहरहरूमा बस्ने इस्राएलीहरूका राजा बने ।

  • 20अबियाको शासनको समयमा यारोबामले फेरि आफ्‍नो शक्ति कदापि प्राप्‍त गर्न सकेनन्‌ । परमप्रभुले उनलाई प्रहार गर्नुभयो, र उनी मरे ।

  • 40त्यसैले सोलोमनले यारोबामलाई मार्न खोजे । तर यारोबाम उठेर मिश्रका राजा शीशककहाँ भागे । सोलोमनको मृत्यु नहोउञ्जेलसम्म तिनी मिश्रमा नै बसे ।

  • 28यारोबाम, तिनले गरेका सबै काम, तिनको शक्ति, कसरी तिनले युद्ध गरे र यहूदाको अधीनमा रहेका दमस्कस र हमातलाई इस्राएललाई फिर्ता गराए भन्‍ने बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

  • 15त्यसपछि यहूदाका मानिसहरूले ठुलो सोरले कराए । जब तिनीहरूले ठुलो सोरले कराए, तब परमेश्‍वरले यारोबाम र सबै इस्राएललाई अबिया र यहूदाको सामुन्‍ने प्रहार गर्नुभयो ।

  • 17यसैले तिनीहरूले यहूदाको राज्‍य बलियो बनाए र तीन वर्षसम्‍म सोलोमनका छोरो रहबामलाई समर्थन गरे, र त्‍यस बेला तिनीहरू दाऊद र सोलोमनका चालअनुसार तीन वर्षसम्‍म हिंडे ।

  • २ इति 13:1-4
    4 पदहरू
    68%

    1¶ राजा यरोबामको अठारौँ वर्षमा, अबियाले यहूदामा राज्य गर्न सुरु गरे ।

    2तिनले यरूशलेममा तीन वर्ष राज्‍य गरे । तिनकी आमा गिबाका उरीएलकी छोरी माका थिइन्‌ । अबिया र यारोबामका बीचमा युद्ध भयो ।

    3अबिया चार लाख छानिएका बलिया र वीर योद्धाहरू लिएर युद्ध गर्न गए । यारोबामले छानिएका बलिया र वीर आठ लाख योद्धाहरू लडाँइको निम्ति तैनाथ गरे ।

    4अबिया एफ्राइमको पहाडी देशमा भएको समारैम डाँडामा खडा भए र यसो भने, “हे यारोबाम र सारा इस्राएल हो, मेरो कुरा सुन!

  • 1¶ यस्‍तो भयो, जब रहबामको राज्‍य स्थापित भयो र तिनी शक्तिशाली भए, तब तिनले परमप्रभुको व्‍यवस्‍था त्‍यागे— र तिनीसँगै जम्मै इस्राएलले पनि त्यागे ।

  • 23यहूदाका राजा योआशका छोरा अमस्याहको पन्ध्रौँ वर्षमा इस्राएलका राजा येहोआशका छोरा यारोबामले सामरियामा राज्‍य गर्न थाले । तिनले एकचालिस वर्ष राज्य गरे ।

  • 14साथै, त्यस दिन परमप्रभुले इस्राएलबाट एक जना राजा उठाउनुहुने छ जसले यारोबामको परिवारलाई खतम पारिदिने छ । आज नै त्यही दिन हो ।

  • १ राजा 12:26-27
    2 पदहरू
    68%

    26यारोबामले आफ्नो ह्रदयमा सोचे, “अब यो राज्य दाऊदको घरानामा फर्कने छ ।

    27यी मानिसहरू यरूशलेमस्थित परमप्रभुको मन्दिरमा बलिदान चढाउन गए भने यी मानिसहरूका ह्रदय तिनीहरूका मालिक अर्थात् यहूदाका राजा रहबामकहाँ फर्कने छन् । मलाई मारेर तिनीहरू यहूदाका राजा रहबामकहाँ फर्केने छन् ।”

  • 30यारोबामले गरेका पाप र तिनले इस्राएललाई गर्न लगाएका पापको कारण तिनीहरूले इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाएकाले यसो हुन आएको हो ।

  • २ इति 10:2-3
    2 पदहरू
    68%

    2जब नबातका छोरा यारोबामले यो कुरा सुने (किनकि तिनी मिश्रदेशमा थिए, जहाँ तिनी सोलोमन राजादेखि भागेर गएका थिए), तब तिनी मिश्रदेशबाट फर्के ।

    3यसैले तिनीहरूले मानिस पठाए र तिनलाई बोलाए, र रहबाम र सबै इस्राएल आए । तिनीहरूले रहबामसित कुरा गरे र भने,

  • 5दाऊदले परमेश्वरको दृष्टिमा जे ठिक छ, त्यही गरेकाले उहाँले यसो गर्नुभयो । किनकि हित्ती उरियाहको विषयमा बाहेक उहाँले तिनलाई दिनुभएको कुनै पनि आज्ञाबाट तिनी आफ्नो जीवनभर तर्केर गएनन् ।

  • १ राजा 12:1-3
    3 पदहरू
    68%

    1¶ रहबाम शकेममा गए किनकि सारा इस्राएल तिनलाई राजा बनाउन शकेममा आउँदै थिए ।

    2नबातका छोरा यारोबामले यो कुरा सुन्दा (तिनी अझैसम्म मिश्रमा नै थिए जहाँ तिनी सोलोमन राजाको उपस्थितिबाट भागेर गएका थिए) तिनी मिश्रमा नै बसेका थिए ।

    3त्यसैले, तिनीहरूले यारोबामलाई बोलाइपठाए, अनि यारोबाम र इस्राएलका सारा समुदाय रहबामकहाँ आएर भने,

  • 23“सोलोमनका छोरा यहूदाका राजा रहबाम अनि यहूदा र बेन्यामीनका सम्पूर्ण घरानासाथै बाँकी सबै मानिसलाई भन्,

  • 12यसैले, “तिन दिनपछि फेरि मकहाँ आओ,” भन्‍ने राजाको हुकुमबमोजिम यारोबाम र ती सबै मानिस तेस्रो दिन रहबामकहाँ आए ।

  • 12त्यसैले तेस्रो दिनमा यारोबाम र सारा मानिस रहबामकहाँ आए । किनकि राजाले यसो भनी निर्देशन दिएका थिए, “तेस्रो दिनमा मकहाँ फर्केर आओ ।”

  • 34यो विषय यारोबामको परिवारको निम्ति पाप बन्यो, र यसले गर्दा तिनको परिवार पृथ्वीबाट नष्ट भएर सर्वनाश भएर गयो ।

  • 22इस्राएलका मानिसहरूले यारोबामका सबै पापको अनुसरण गरे र तिनीहरू ती कुराबाट फर्केनन्,