१ राजा 14:14

अनलक शाब्दिक बाइबल

साथै, त्यस दिन परमप्रभुले इस्राएलबाट एक जना राजा उठाउनुहुने छ जसले यारोबामको परिवारलाई खतम पारिदिने छ । आज नै त्यही दिन हो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ राजा 15:27-29 : 27 अहियाहका छोरा बाशाले नादाबको विरुद्धमा षड्यन्त्र रचे । बाशाले तिनलाई पलिश्तीहरूको सहर गिब्बतोनमा मारे किनकि नादाब र सारा इस्राएलले गिब्बतोनलाई घेरा हाल्दै थिए । 28 यहूदाका राजा आसाको तेस्रो वर्षमा बाशाले नादाबलाई मारे, तिनको ठाउँमा तिनी राजा बने । 29 तिनी राजा हुनेबित्तिकै बाशाले याराबामको सारा घरानालाई मारे । तिनले यारोबामको कुनै पनि सन्तानलाई जिउँदो राखेनन् । यसरी परमप्रभुले आफ्ना दास शीलोका अहियाहद्वारा बोल्नुभएझैँ तिनले यारोबामको सबै राजकीय वंशलाई नष्ट गरिदिए ।
  • उप 8:11 : 11 दुष्‍ट अपराधको विरुद्धमा जारी गरिएको मृत्युदण्डलाई झट्टै कार्यान्यन नगरिँदा यसले मानिसको हृदयलाई खराब काम गर्न उस्काउँछ ।
  • यहे 7:2-7 : 2 “ए मानिसको छोरो—इस्राएलको देशलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ ।“'अन्‍त्‍य! देशका चारै सिमानामा अन्‍त्‍य आइपुगेको छ । 3 अब अन्‍त्‍य तँमाथि आएको छ, किनकि म आफ्‍नो क्रोध तँमाथि पठाउँदैछु, र तेरो चालअनुसार म तेरो न्‍याय गर्नेछु । तब तेरा सबै घिनलाग्‍दा कामहरू तँमाथि नै ल्याउनेछु । 4 किनकि मेरा आँखाले तँलाई दया देखाउनेछैनन्, र म तँलाई छोड्नेछैन । बरु, तेरा कामहरू तँमाथि नै ल्याउनेछु, र तेरा घिनलाग्‍दा कामहरू तेरा माझमा हुनेछन्, यसरी म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस्‌ । 5 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः विपत्ति! विशेष विपत्ति! हेर्, त्‍यो आउँदैछ । 6 अन्‍त्‍यचाहिं साँच्‍चै नै आउँदैछ । अन्‍त्‍य तिमीहरूका विरुद्धमा उठेको छ । हेर्, त्यो आउँदैछ! 7 तिमीहरू जो देशमा बस्‍छौ, तिमीहरूको सर्वनाश आउँदैछ । समय आएको छ । सर्वनाशको दिन नजिकै छ, र पर्वतहरू आनन्‍दित हुनेछैनन् ।
  • यहे 12:22-28 : 22 “ए मानिसको छोरो, ‘समय लामो पारिएको छ, र हरेक दर्शन फेल हुन्छ' भन्‍ने इस्राएलमा चल्‍दैआएको उखान के हो? 23 यसकारण तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म यस उखानको अन्‍त गरिदिनेछु, र इस्राएलका मानिसहरूले फेरि कहिल्‍यै यो प्रयोग गर्नेछैनन्‌ ।' तिनीहरूलाई यसो भन्, ‘समय नजिकै आएको छ, जति बेला हरेक दर्शन पुरा हुनेछ । 24 किनकि अब फेरि कहिल्‍यै इस्राएलका मानिसहरूका बिचमा झूटा दर्शन र जोखना हेर्नेहरू हुनेछैनन्‌ । 25 किनकि म परमप्रभु हुँ! म बोल्छु र आफूले बोलेका कुरा पुरा गर्छु । यो कुरा ढिलो हुनेछैन । किनकि ए विद्रोही घराना, तिमीहरूका समयमा नै मैले भनेको यो कुरा म पुरा गर्नेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।” 26 फेरि पनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 27 “ए मानिसको छोरो, हेर्, इस्राएलका घरानाले यसो भनेको छ, 'त्‍यसले देखेको दर्शन अबदेखि धेरै दिनसम्‍मको लागि हो र त्‍यसले बोलेको अगमवाणी धेरै समयपछिका लागि हो ।' 28 यसकारण तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः मेरा वचन पुरा हुन अब ढिलो हुनेछैन, तर मैले बोलेका वचन पुरा हुनेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
  • याक 5:9 : 9 भाइहरू हो, तिमीहरूको इन्साफ नहोस् भनेर एक अर्काको विरुद्धमा गनगन नगर । हेर, न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ ।
  • २ पत्रु 2:3 : 3 लोभको कारण तिनीहरूले छलपूर्ण कुरा गरेर तिमीहरूबाट फाइदा उठाउनेछन् । तिनीहरूको विरुद्धमा श्राप आउन लामो समय लाग्दैन । तिनीहरूको विनाश निष्क्रिय छैन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ राजा 14:10-13
    4 पदहरू
    83%

    10त्यसकारण हेर्, म तेरो परिवारमा विपत्ति ल्याउने छु । चाहे कमारा होस् या फुक्का, म इस्राएलको हरेक पुरुष बालकलाई खतम पारिदिने छु, र तेरो घरानालाई गोबर जलाएझैँ पूर्ण रूपमा हटाइदिने छु ।

    11तेरो घरानाको हरेक व्यक्ति जो यस सहरमा मर्छ, त्यसलाई कुकुरहरूले खाने छन्, अनि खेतमा मर्ने जोसुकैलाई आकाशका चराचुरुङ्गीहरूले खाने छन् किनकि म परमप्रभुले यसो भनेको छु ।'

    12त्यसैले हे यारोबामकी पत्नी, उठेर आफ्नो घर फर्केर जाऊ । तिमी सहरमा प्रवेश गर्दा तिम्रो बालक अबिया मर्ने छ ।

    13सारा इस्राएलले त्यसको निम्ति शोक गर्ने छन् र त्यसलाई गाड्ने छन् । यारोबामको परिवारबाट चिहानमा जाने त्यही मात्र हुने छ किनकि यारोबामको घरबाट त्यसले मात्र इस्राएलका परमेश्वर परमप्रभुको दृष्टिमा निगाह पायो ।

  • १ राजा 14:15-19
    5 पदहरू
    79%

    15किनकि पानीमा निगालो हल्लिएझैँ परमप्रभुले इस्राएललाई हल्लाउनुहुने छ, र उहाँले तिनीहरूका पिता-पुर्खाहरूलाई दिनुभएको यस असल देशबाट जरैदेखि उखेलिदिनुहुने छ । उहाँले तिनीहरूलाई यूफ्रेटिस नदीभन्दा पारि तितर-बितर पारिदिनुहुने छ किनकि तिनीहरूले अशेराका खम्बाहरू बनाई परमप्रभुलाई रिस उठाएका छन् ।

    16यारोबामले पाप गरेका कारण र तिनले इस्राएललाई पाप गर्न लगाएकाले उहाँले इस्राएललाई त्यागिदिनुहुने छ ।”

    17त्यसैले यारोबामकी पत्नी उठिन् र बाटो लागिन् अनि तिर्सामा आइन् । उनले आफ्नो घरको सँघार टेक्दा बालक मर्‍यो ।

    18सारा इस्राएलले त्यसलाई गाडे, र त्यसको निम्ति शोक गरे जस्तो परमप्रभुले आफ्ना दास अहियाह अगमवक्ताद्वारा भन्नुभएको थियो ।

    19यारोबामका अन्य कामहरूको बारेमा अर्थात् कसरी तिनले युद्ध गरे र शासन गरे भन्ने विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन् ।

  • १ राजा 14:7-8
    2 पदहरू
    78%

    7गएर यारोबामलाई भन कि इस्राएलका परमेश्वर परमप्रभु भन्नुहुन्छ, 'मैले तँलाई मेरो जाति इस्राएलमाथि अगुवा हुनलाई मानिसहरूका बिचबाट उठाएँ ।

    8मेरो दृष्टिमा जे ठिक छ त्यही गर्न अनि मेरा आज्ञाहरू पालन गर्न र सारा ह्रदयले मेरो पछि लाग्ने मेरा दास दाऊदजस्तै तँ नभए तापनि मैले दाऊदको घरानाबाट राज्य टुक्र्याई त्यो तँलाई दिएँ ।

  • 34यो विषय यारोबामको परिवारको निम्ति पाप बन्यो, र यसले गर्दा तिनको परिवार पृथ्वीबाट नष्ट भएर सर्वनाश भएर गयो ।

  • २ राजा 14:27-29
    3 पदहरू
    77%

    27त्‍यसैले आकाशमुनि इस्राएलको नाउँ परमप्रभुले मेट्नुहुनेछैन भनी उहाँले भन्‍नुभयो । बरु उहाँले तिनीहरूलाई येहोआशका छोरा यारोबामको हातबाट बचाउनुभयो ।

    28यारोबाम, तिनले गरेका सबै काम, तिनको शक्ति, कसरी तिनले युद्ध गरे र यहूदाको अधीनमा रहेका दमस्कस र हमातलाई इस्राएललाई फिर्ता गराए भन्‍ने बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

    29यारोबाम आफ्ना पुर्खाहरू इस्राएलका राजाहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा जकरिया राजा भए ।

  • १ राजा 16:2-3
    2 पदहरू
    75%

    2“मैले तँलाई धूलोबाट उठाई मेरो जाति इस्राएलमाथि अगुवा बनाए तापनि तँ यारोबामको चालमा हिँडी तैँले मेरो जाति इस्राएललाई पाप गर्न लगाएको छस् र तिनीहरूका पापद्वारा मलाई रिस उठाएको छस् ।

    3हेर्, म बाशा र त्यसको घरानालाई पूर्ण रूपमा निमिट्यान्न पारिदिने छु र तेरो घरानालाई नबातका छोरा यारोबामको परिवारजस्तै तुल्याउने छु ।

  • १ राजा 12:26-27
    2 पदहरू
    75%

    26यारोबामले आफ्नो ह्रदयमा सोचे, “अब यो राज्य दाऊदको घरानामा फर्कने छ ।

    27यी मानिसहरू यरूशलेमस्थित परमप्रभुको मन्दिरमा बलिदान चढाउन गए भने यी मानिसहरूका ह्रदय तिनीहरूका मालिक अर्थात् यहूदाका राजा रहबामकहाँ फर्कने छन् । मलाई मारेर तिनीहरू यहूदाका राजा रहबामकहाँ फर्केने छन् ।”

  • १ राजा 15:29-30
    2 पदहरू
    74%

    29तिनी राजा हुनेबित्तिकै बाशाले याराबामको सारा घरानालाई मारे । तिनले यारोबामको कुनै पनि सन्तानलाई जिउँदो राखेनन् । यसरी परमप्रभुले आफ्ना दास शीलोका अहियाहद्वारा बोल्नुभएझैँ तिनले यारोबामको सबै राजकीय वंशलाई नष्ट गरिदिए ।

    30यारोबामले गरेका पाप र तिनले इस्राएललाई गर्न लगाएका पापको कारण तिनीहरूले इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाएकाले यसो हुन आएको हो ।

  • 21उहाँले इस्राएललाई दाऊदको राजकीय वंशबाट अलग गर्नुभयो, र तिनीहरूले नबातका छोरा यारोबामलाई राजा बनाए । यारोबामले इस्राएललाई परमप्रभुको अनुसरण गर्नबाट बहकाए र तिनीहरूलाई ठुलो पाप गर्न लगाए ।

  • 32किनकि तिनले परमप्रभुको वचनद्वारा बेथेलको वेदीको विरुद्धमा र सामरियाका सहरहरूमा भएका सबै डाँडाका ठाउँहरूका घरहरूको विरुद्धमा घोषणा गरेका सन्देश निश्चय नै पुरा हुने छ ।”

  • २ राजा 9:8-9
    2 पदहरू
    74%

    8किनकि आहाबको पुरै घराना नष्‍ट हुनेछ, र म आहाबको घरानाबाट कमारा होस् वा फुक्‍का हरेक पुरुषलाई निमिट्ट्यान्‍न पार्नेछु ।

    9म आहाबको घरानालाई नबातका छोरा यारोबामको घराना र अहज्याहका छोरा बाशाको घरानाजस्तै तुल्याउनेछु ।

  • 15यसरी राजाले मानिसहरूको कुरा सुनेनन् किनकि शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई उहाँले भन्नुभएको वचन पुरा होस् भनेर परमप्रभुले यस्तो परिस्थिति ल्याउनुभएको थियो ।

  • 22म तेरो घरानालाई नबातका छोरा यारोबाम र अहियाका छोरा बाशाको घरानाजस्तै तुल्याउने छु किनकि तैँले मलाई रिस उठाई इस्राएललाई पाप गर्न लगाएको छस् ।'

  • २ राजा 14:23-24
    2 पदहरू
    73%

    23यहूदाका राजा योआशका छोरा अमस्याहको पन्ध्रौँ वर्षमा इस्राएलका राजा येहोआशका छोरा यारोबामले सामरियामा राज्‍य गर्न थाले । तिनले एकचालिस वर्ष राज्य गरे ।

    24परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको कुनै पनि पापबाट तिनी फर्केनन् ।

  • 15यसैले ए बेथेल, तेरो ठुलो दुष्‍टताको कारणले, तँलाई पनि यस्तै हुनेछ । झिसमिसेमा इस्राएलका राजा पूर्ण रूपले नाश पारिनेछ ।

  • 2यारोबामले आफ्नी पत्नीलाई भने, “उठ र तिमी मेरी पत्नी हौ भनी नचिन्नलाई आफ्नो भेष बदली गर । अनि शीलोमा जाऊ किनकि अहियाह अगमवक्ता त्यहीँ छन् । यी मानिसहरूमाथि म नै राजा हुनेथिएँ भनी मेरो बारेमा बताउने तिनी नै थिए ।

  • 11किनकि आमोसले यसो भन्‍यो, ‘यारोबाम तरवारद्वारा मर्नेछ, र इस्राएल निश्‍चय नै आफ्नो देशबाट टाढा निर्वासनमा जानेछ ।’”

  • 16तब यहोआश आफ्ना पुर्खाहरूसित सुते, र इस्राएलका राजाहरूसँगै सामरियाम गाडिए, अनि तिनको ठाउँमा तिनका छोरा यारोबाम राजा भए ।

  • 14यसकारण परमप्रभुले इस्राएलबाट टाउको र पुच्छर, खजूरको हाँगा र नर्कट एकै दिनमा नष्‍ट पार्नुहुनेछ ।

  • 20यारोबाम फर्के भनी जब सारा इस्राएलले सुने तिनीहरूको आफ्नो सभामा तिनलाई बोलाउनपठाइ तिनलाई सारा इस्राएलमाथि राजा बनाए । यहूदाको कुलबाहेक दाऊदको परिवारलाई पछ्याउने कोही भएन ।

  • 15यसरी राजाले ती मानिसका कुरा सुनेनन्, किनकि शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई परमप्रभुले भन्‍नुभएको वचन पूरा हुनलाई परमेश्‍वरले नै यस्‍ता घटनाहरू हुन दिनुभयो ।

  • 39म दाऊदका सन्तानहरूलाई दण्ड दिने छु, तर सदाको निम्ति भने होइन ।”

  • 31हेर्, मैले तेरो बल र तेरो पिताको घरानाको बल नाश पार्ने समय आउँदैछ, ताकि तेरो घरानामा कोही वृद्ध मानिस हुनेछैन ।

  • 20अबियाको शासनको समयमा यारोबामले फेरि आफ्‍नो शक्ति कदापि प्राप्‍त गर्न सकेनन्‌ । परमप्रभुले उनलाई प्रहार गर्नुभयो, र उनी मरे ।

  • १ इति 17:10-11
    2 पदहरू
    72%

    10जसरी मैले आफ्‍ना मानिस इस्राएलमाथि न्‍यायकर्ताहरू नियुक्त गरेको समयदेखि नै तिनीहरूले गर्दै आएका थिए । त्यसपछि तेरा सबै शत्रुहरूलाई म वशमा पार्नेछु । साथै म तँलाई भन्‍दछु, कि म परमप्रभुले तेरो निम्ति घर बनाउनेछु ।

    11जब तेरो जीवन पुरा हुनेछ, र तँ तेरा पुर्खाहरूसित मिल्‍न जानेछस्, तब तँपछि म तेरै सन्तानलाई खडा गर्नेछु, र तेरै एक सन्तानमध्‍ये एक जनाको राज्यलाई म स्थापित गर्नेछु ।

  • 3“सोलोमनका छोरा यहूदाका राजा रहबाम, अनि यहूदा र बेन्यामिनका सबै इस्राएललाई यसो भन्,

  • 13यहोआश आफ्ना पुर्खाहरूसित सुते, र यारोबाम तिनको सिंहासनमा बसे । इस्राएलका राजाहरूसँगै यहोआशलाई सामरियामा गाडियो ।

  • 31तिनले यारोबामलाई भने, “दसवटा टुक्रा लिनुहोस्, किनकि इस्राएलका परमेश्वर परमप्रभु यसो भन्नुहुन्छ, 'हेर्, म सोलोमनको हातबाट राज्य टुक्रा पारेर तँलाई दस कुल दिने छु,

  • 20अब मलाई थाहा भयो कि तिमी साँच्‍चै नै राजा हुनेछौ र इस्राएलको राज्य तिम्रै हातमा स्थापित हुनेछ ।

  • 9इसहाकका उच्‍च ठाउँहरू नष्‍ट पारिनेछन्, इस्राएलका पवित्र स्थानहरू तहस-नहस पारिनेछन्, र म तरवार लिएर यारोबामको घरानाको विरुद्ध खडा हुनेछु ।”

  • 5परमप्रभुले राजालाई प्रहार गर्नुभयो ताकि आफ्‍नो मर्ने दिनसम्म नै तिनी कुष्ठरोगी भए र बेग्लै घरमा बसे । राजाका छोरा योतामले राजमहको रेखदेख गरे र देशमा जनतामाथि राज्‍य गरे ।

  • 14“किनभने मैले इस्राएलका पापको दण्ड दिने दिनमा, म बेथेलका वेदीहरूलाई पनि दण्‍ड दिनेछु । वेदीका सिङहरू काटिनेछन् र भुइँमा खस्‍नेछन् ।

  • 15त्यसपछि यहूदाका मानिसहरूले ठुलो सोरले कराए । जब तिनीहरूले ठुलो सोरले कराए, तब परमेश्‍वरले यारोबाम र सबै इस्राएललाई अबिया र यहूदाको सामुन्‍ने प्रहार गर्नुभयो ।

  • 17परमप्रभुले तिमी, तिम्रा मानिसहरू र तिम्रा बुबाको घरानामाथि एफ्राइम यहूदाबाट छुटेदेखि कहिल्यै नभएको कुरा ल्याउनुहुनेछ— उहाँले तिमीमाथि अश्शूरका राजा ल्याउनुहुनेछ ।”