२ राजा 14:16
तब यहोआश आफ्ना पुर्खाहरूसित सुते, र इस्राएलका राजाहरूसँगै सामरियाम गाडिए, अनि तिनको ठाउँमा तिनका छोरा यारोबाम राजा भए ।
तब यहोआश आफ्ना पुर्खाहरूसित सुते, र इस्राएलका राजाहरूसँगै सामरियाम गाडिए, अनि तिनको ठाउँमा तिनका छोरा यारोबाम राजा भए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
8यहोआहाज, तिनले गरेका सबै काम र तिनको शक्तिको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
9यसरी यहोआहाज आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई सामरियामा गाडे । तिनको ठाउँमा तिनका छोरा यहोआश राजा भए ।
10यहूदाका राजा योआशको सैँतिसौँ वर्षमा यहोआहाजका छोरा यहोआशले सामरियामा बसेर इस्राएलमाथि राज्य गर्न थाले । तिनले सोह्र वर्ष राज्य गरे ।
11परमप्रभुको दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे । तिनले इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको कुनै पनि पापलाई छाडेनन्, तर तिनी तिनैमा हिंडे ।
12यहोआश, तिनले गरेका सबै कामहरू र कसरी तिनको शक्ति जसद्वारा तिनले यहूदाका राजा अमस्याहको विरुद्धमा लडे भन्ने बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
13यहोआश आफ्ना पुर्खाहरूसित सुते, र यारोबाम तिनको सिंहासनमा बसे । इस्राएलका राजाहरूसँगै यहोआशलाई सामरियामा गाडियो ।
14अब एलीशा एउटा रोगले बिरामी परे जसबाट पछि तिनी मरे । त्यसैले इस्राएलका राजा यहोआश तिनीकहाँ आए र तिनीसँग रोए । तिनले भने, “हे मेरा पिता, हे मेरा पिता, इस्राएलका रथहरू र घोडचढीले तिमीलाई उठाएर लाँदैछन् ।”
35येहू आफ्ना पर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई सामरियामा गाडे । तब तिनको ठाउँमा तिनका छोरा यहोआहाज राजा भए ।
50यहोशापात आफ्ना पित्रहरूसित सुते, र तिनीहरूसितै आफ्ना पुर्खा दाऊदको सहरमा गाडिए । तिनको ठाउँमा तिनका छोरा यहोराम राजा भए ।
51यहूदाका राजा यहोशापातको सत्रौँ वर्षमा आहाबका छोरा अहज्याहले सामरियामा बसेर इस्राएलमाथि शासन गर्न थाले, र तिनले इस्राएलमाथि दुई वर्ष राज्य गरे ।
1¶ यहोशापात आफ्ना पुर्खाहरूसित सुते र तिनीहरूसँग दाऊदको सहरमा गाडिए । तिनका ठाउँमा तिनका छोरा यहोराम राजा भए ।
24यहोराम आफ्ना पुर्खाहरूसित सुते र तिनीहरूसँगै दाऊदको सहरमा गाडिए । त्यसपछि तिनको ठाउँमा तिनका छोरा अहज्याह राजा भए ।
29यारोबाम आफ्ना पुर्खाहरू इस्राएलका राजाहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा जकरिया राजा भए ।
24त्यसपछि आसा आफ्ना पित्रहरूसित सुते र तिनलाई तिनका पिता पुर्खा दाऊदको सहरमा गाडियो । तिनको ठाउँमा तिनका छोरा यहोशापात राजा भए ।
7यसरी अजर्याह आफ्ना पर्खाहरूसित सुते । तिनीहरूले तिनलाई आफ्ना पुर्खाहरूसँगै दाऊदको सहरमा गाडे । तिनको ठाउँमा तिनका छोरा योताम राजा भए ।
38योताम आफ्ना पुर्खाहरूसित सुते र तिनका पुर्खा दाऊदको सहरमा तिनी आफ्ना पुर्खाहरूसँगै गाडिए । त्यसपछि तिनको ठाउँमा तिनका छोरा आहाज राजा भए ।
17इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्युपछि यहूदाका राजा योआशका छोरा अमस्याह पन्ध्र वर्ष बाँचे ।
15यहोआश, तिनले गरेका सबै काम, तिनको शक्ति र कसरी तिनले यहूदाका राजा अमस्याहसित लडे भन्ने बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
6यहोयाकीम आफ्ना पुर्खाहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा यहोयाकीन राजा भए ।
9योताम आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले उनलाई दाऊदको सहरमा गाडे । तिनीपछि तिनका छोरा आहाज तिनको ठाउँमा राजा भए ।
28यसरी ओम्री आफ्ना पित्रहरूसित सुते, र तिनी सामरियामा गाडिए । त्यसपछि तिनको ठाउँमा तिनका छोरा आहाब राजा भए ।
16रहबाम आफ्ना पुर्खाहरूसित सुते, र दाऊदको सहरमा गाडिए । तिनका छोरा अबिया तिनका ठाउँमा राजा भए ।
18सारा इस्राएलले त्यसलाई गाडे, र त्यसको निम्ति शोक गरे जस्तो परमप्रभुले आफ्ना दास अहियाह अगमवक्ताद्वारा भन्नुभएको थियो ।
19यारोबामका अन्य कामहरूको बारेमा अर्थात् कसरी तिनले युद्ध गरे र शासन गरे भन्ने विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन् ।
20यारोबामले बाइस वर्ष शासन गरे, र त्यसपछि तिनी आफ्ना पित्रहरूसित सुत्न गए, अनि तिनको ठाउँमा तिनका छोरा नादाब राजा भए ।
40यसरी आहाब आफ्ना पित्रहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा अहज्याह राजा भए ।
21तिनका सेवकहरू शिम्मतका छोरा योजाबाद र शोमेरका छोरा यहोजाबादले तिनलाई आक्रमण गरे, अनि तिनी मरे । तिनीहरूले योआशलाई दाऊदको सहरमा तिनका पुर्खाहरूसित गाडे, र तिनको ठाउँमा तिनका छोरा अमस्याह राजा भए ।
30योशियाहका सेवकहरूले तिनको लाशलाई रथमा राखेर मगिद्दोबाट यरूशलेममा ल्याए, र तिनको आफ्नै चिहानमा तिनलाई गाडे । तब देशका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लिई तिनलाई अभिषेक गरे, र तिनका पिताको ठाउँमा तिनलाई राजा बनाए ।
8अबिया आफ्ना पित्रहरूसित सुते, र तिनीहरूले तिनलाई दाऊदको सहरमा गाडे । तिनको ठाउँमा तिनका छोरा आसा राजा भए ।
1¶ यहूदाका राजा अहज्याहका छोरा योआशको तेइसौँ वर्षमा येहूका छोरा यहोआहाजले सामरियामा बसेर इस्राएलमाथि राज्य गर्न थाले । तिनले सत्र वर्ष राज्य गरे
20आहाज आफ्ना पुर्खाहरूसित सुते र दाऊदको सहरमा तिनका पुर्खाहरूसँगै गाडिए । तिनको ठाउँमा तिनका छोरा हिजकिया राजा भए ।
22राजा अमस्याह आफ्ना पुर्खाहरूसित सुतेपछि अजर्याहले नै एलात सहरलाई पुनर्निर्माण गरे र त्यसलाई यहूदामा फिर्ता दिए ।
23यहूदाका राजा योआशका छोरा अमस्याहको पन्ध्रौँ वर्षमा इस्राएलका राजा येहोआशका छोरा यारोबामले सामरियामा राज्य गर्न थाले । तिनले एकचालिस वर्ष राज्य गरे ।
11यहोशापातका छोरा यहोराम थिए । यहोरामका छोरा अहज्याह थिए । अहज्याहका छोरा योआश थिए ।
26मानिसहरूले तिनलाई उज्जाको बगैँचामा तिनकै चिहानमा गाडे, र तिनको ठाउँमा तिनका छोरा योशियाह राजा भए ।
27आहाज आफ्ना पुर्खारूसित सुते, र तिनीहरूले उनलाई यरूशलेम सहरमा गाडे, तर तिनीहरूले तिनलाई इस्राएलका राजाहरूका चिहानमा गाडेनन् । तिनको ठाउँमा तिनका छोरा हिजकिया राजा भए ।
23यसरी उज्जियाह आफ्ना पुर्खाहरूसित सुते । तिनीहरूले राजाहरूका चिहानको जमिनमा पुर्खाहरूसित गाडे, किनकि तिनीहरूले भने, “तिनी एक जना कुष्ठरोगी हुन् ।” अनि तिनीपछि तिनका छोरा योताम तिनको ठाउँमा राजा भए ।
25इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्युपछि यहूदाका राजा योआशका छोरा अमस्याह पन्ध्र वर्षसम्म बाँचे ।
25अरामीहरू जाने बेलासम्म योआश गम्भीर रूपले घाइते भएका थिए । पुजारी यहोयादाका छोराहरूका मृत्युको कारणले तिनका आफ्नै सेवकहरूले तिनको विरुद्धमा षड्यन्त्र रचे । तिनको ओछ्यानमा तिनीहरूले तिनलाई मारे, र तिनी मरे । तिनीहरूले तिनलाई दाऊदको सहरमा गाडे, तर राजाहरूका चिहानमा चाहिं होइन ।
43तिनी आफ्ना पित्रहरूसित सुते, र तिनलाई तिनका पिता दाऊदको सहरमा गाडियो । तिनको ठाउँमा तिनका छोरा रहबाम राजा भए ।
16इस्राएलका राजा आहाबका छोरा योरामको पाँचौँ वर्षमा यहोरामले राज्य गर्न थाले । तिनी यहूदाका राजा यहोशापातका छोरा थिए । यहोशापात यहूदाका राजा हुँदादेखि नै तिनले राज्य गर्न थाले ।
21हिजकिया आफ्ना पुर्खाहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा मनश्शे राजा भए ।
17यसरी एलियाले बोलेको परमप्रभुको वचनअनुसार अहज्याह मरे । अहज्याहको कुनै छोरो नभएको हुनाले यहूदाका राजा यहोशापातका छोरा यहोरामको दोस्रो वर्षमा योरामले तिनको ठाउँमा राज्य गर्न थाले ।
13तब आफ्नो राजकालको एकचालिसौँ वर्षमा मरेर, तिनी आफ्ना पुर्खाहरूसित सुते ।
37यसरी राजा आहाब मरे, र तिनलाई सामरियामा लगी त्यहीँ नै गाडियो ।
20यसरी मनश्शे आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई तिनको आफ्नै महलमा गाडे । तिनको ठाउँमा तिनका छोरा अमोन राजा भए ।
31त्यसपछि तिनी आफ्ना पर्खाहरूसित सुते, र मानिसहरूले तिनका बुबा दाऊदको सहरमा गाडे । तिनका ठाउँमा तिनका छोरा रहबाम राजा भए
6बाशा आफ्ना पित्रहरूसित सुत्न गए, र तिनलाई तिर्सामा गाडियो । तिनको ठाउँमा तिनका छोरा एलाह राजा भए ।
14साथै, त्यस दिन परमप्रभुले इस्राएलबाट एक जना राजा उठाउनुहुने छ जसले यारोबामको परिवारलाई खतम पारिदिने छ । आज नै त्यही दिन हो ।
1¶ अबिया आफ्ना पुर्खाहरूसित सुते र तिनीहरूले उनलाई दाऊदको सहरमा गाडे । तिनको ठाउँमा तिनका छोरा आसा राजा भए । तिनको समयमा दश वर्षसम्म देशमा शान्ति भयो ।