१ राजा 15:24

अनलक शाब्दिक बाइबल

त्यसपछि आसा आफ्ना पित्रहरूसित सुते र तिनलाई तिनका पिता पुर्खा दाऊदको सहरमा गाडियो । तिनको ठाउँमा तिनका छोरा यहोशापात राजा भए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 1:8 : 8 आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, र यहोराम उज्जियाहका पिता थिए ।
  • १ राजा 22:41-43 : 41 इस्राएलका राजा आहाबको चौथो वर्षमा आसाका छोरा यहोशापातले यहूदामाथि शासन गर्न थाले । 42 यहोशापातले शासन गर्न थाल्दा तिनी पैँतिस वर्षका थिए, र तिनले यरूशलेममा पच्चिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अजूबा थियो, जो शिल्हीकी छोरी थिइन् । 43 तिनी आफ्ना पिता आसाका मार्गमा हिँडे । तिनी तीबाट फर्केनन् । तिनले परमप्रभुको दृष्टिमा जे ठिक छ, त्यही गरे । तथापि डाँडाका थानहरू भने हटाइएनन् । मानिसहरूले डाँडाका थानहरूमा अझै पनि बलिदान चढाउँदै थिए, र धूप बाल्दै थिए ।
  • २ इति 17:1-9 : 1 ¶ आसाका छोरा यहोशापात तिनको ठाउँमा राजा भए । यहोशापातले इस्राएलको विरूद्ध आफैलाई मजबुत बनाए । 2 तिनले यहूदाका किल्‍ला भएका सबै सहरमा फौज राखे, र यहूदाभरि र तिनका पिता आसाले कब्‍जा गरेका एफ्राइमका सहरहरूमा रक्षाको निम्‍ति छाउनीहरू राखे । 3 परमप्रभु यहोशापातसँग हुनुहुन्थ्यो किनकि तिनी आफ्‍ना पिता दाऊदले देखाएका उदाहरणअनुसार सुरु-सुरुमा हिंडे, र बालको खोजी गरेनन् । 4 बरू, तिनले आफ्‍ना पिताका परमेश्‍वरमा भरोसा गरे, र तिनका आज्ञाहरूमा चले, इस्राएलका व्‍यवहारअनुसार होइन । 5 यसरी परमप्रभुले तिनको हातमा शासन स्थापित गर्नुभयो । सारा यहूदाले यहोशापातलाई कर तिरे । तिनीसित धन-सम्‍पत्ति र ख्‍याति प्रशस्‍त थियो । 6 तिनको हृदय परमप्रभुका मार्गमा समर्पित थिए । तिनले यहूदाबाट डाँडाका थानहरू र अशेरा देवीका मूर्तिहरू हटाउने काम पनि गरे । 7 आफ्‍नो राजकालको तेस्रो वर्षमा तिनले आफ्‍ना अधिकारीहरू बेन-हेल, ओबदिया, जकरिया, नतनेल र मीकायालाई यहूदाका सहरहरूमा शिक्षा दिनलाई पठाए । 8 तिनीहरूसँग लेवीहरू शमायाह, नतन्‍याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह र तोब-अदोनियाह, र तिनीहरूसँग पुजारी एलीशामा र यहोराम थिए । 9 तिनीहरूले आफूसित परमप्रभुका व्‍यवस्‍थाको पुस्‍तक लिएर यहूदामा सिकाए । तिनीहरू यहूदाका सबै सहरमा गए र मानिसहरूका माझमा सिकाए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ राजा 15:8-9
    2 पदहरू
    89%

    8अबिया आफ्ना पित्रहरूसित सुते, र तिनीहरूले तिनलाई दाऊदको सहरमा गाडे । तिनको ठाउँमा तिनका छोरा आसा राजा भए ।

    9इस्राएलका राजा यारोबामको बिसौँ वर्षमा आसाले यहूदामाथि शासन गर्न थाले ।

  • २ इति 16:11-14
    4 पदहरू
    88%

    11हेर, आसाका सुरुदेखि अन्तसम्मका कामहरू यहूदा र इस्राएलका राजाहरूका पुस्‍तकमा लेखिएका छन्‌ ।

    12आफ्‍नो राजकालको उनन्‍चालिसौँ वर्षमा आसालाई खुट्टामा रोग लाग्यो । तिनको त्‍यो रोग साह्रै गम्‍भीर भए तापनि तिनले परमप्रभुबाट सहायता खोजेनन्, तर वैद्यहरूको मात्र सल्‍लाह लिए ।

    13तब आफ्‍नो राजकालको एकचालिसौँ वर्षमा मरेर, तिनी आफ्‍ना पुर्खाहरूसित सुते ।

    14तिनको आफ्‍नै चिहानमा तिनलाई तिनीहरूले गाडे, जुन तिनले दाऊदको सहरमा आफ्‍नो निम्‍ति खन्‍न लगाएका थिए । उनलाई सुगन्धित वासनाहरू र अत्तरहरू बनाउने निपुण मानिसहरूद्वारा तयार गारिएको विभिन्‍न किसिमका मसलाहरू मिलाइएको अर्थीमा राखियो । अनि तिनीहरूले उनको सम्‍झनामा एउटा ठूलो आगो बाले ।

  • २ इति 14:1-2
    2 पदहरू
    86%

    1¶ अबिया आफ्‍ना पुर्खाहरूसित सुते र तिनीहरूले उनलाई दाऊदको सहरमा गाडे । तिनको ठाउँमा तिनका छोरा आसा राजा भए । तिनको समयमा दश वर्षसम्‍म देशमा शान्‍ति भयो ।

    2आसाले परमप्रभु आफ्‍ना परमेश्‍वरको दृष्‍टिमा जे कुरा असल र ठिक थियो त्‍यही गरे,

  • १ राजा 22:50-51
    2 पदहरू
    85%

    50यहोशापात आफ्ना पित्रहरूसित सुते, र तिनीहरूसितै आफ्ना पुर्खा दाऊदको सहरमा गाडिए । तिनको ठाउँमा तिनका छोरा यहोराम राजा भए ।

    51यहूदाका राजा यहोशापातको सत्रौँ वर्षमा आहाबका छोरा अहज्याहले सामरियामा बसेर इस्राएलमाथि शासन गर्न थाले, र तिनले इस्राएलमाथि दुई वर्ष राज्य गरे ।

  • 1¶ यहोशापात आफ्‍ना पुर्खाहरूसित सुते र तिनीहरूसँग दाऊदको सहरमा गाडिए । तिनका ठाउँमा तिनका छोरा यहोराम राजा भए ।

  • 24यहोराम आफ्ना पुर्खाहरूसित सुते र तिनीहरूसँगै दाऊदको सहरमा गाडिए । त्यसपछि तिनको ठाउँमा तिनका छोरा अहज्याह राजा भए ।

  • 16तब यहोआश आफ्ना पुर्खाहरूसित सुते, र इस्राएलका राजाहरूसँगै सामरियाम गाडिए, अनि तिनको ठाउँमा तिनका छोरा यारोबाम राजा भए ।

  • 9यसरी यहोआहाज आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई सामरियामा गाडे । तिनको ठाउँमा तिनका छोरा यहोआश राजा भए ।

  • 7यसरी अजर्याह आफ्ना पर्खाहरूसित सुते । तिनीहरूले तिनलाई आफ्ना पुर्खाहरूसँगै दाऊदको सहरमा गाडे । तिनको ठाउँमा तिनका छोरा योताम राजा भए ।

  • १ राजा 22:40-41
    2 पदहरू
    80%

    40यसरी आहाब आफ्ना पित्रहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा अहज्याह राजा भए ।

    41इस्राएलका राजा आहाबको चौथो वर्षमा आसाका छोरा यहोशापातले यहूदामाथि शासन गर्न थाले ।

  • 38योताम आफ्ना पुर्खाहरूसित सुते र तिनका पुर्खा दाऊदको सहरमा तिनी आफ्‍ना पुर्खाहरूसँगै गाडिए । त्यसपछि तिनको ठाउँमा तिनका छोरा आहाज राजा भए ।

  • 20आहाज आफ्ना पुर्खाहरूसित सुते र दाऊदको सहरमा तिनका पुर्खाहरूसँगै गाडिए । तिनको ठाउँमा तिनका छोरा हिजकिया राजा भए ।

  • 9योताम आफ्‍ना पुर्खाहरूसित सुते, र तिनीहरूले उनलाई दाऊदको सहरमा गाडे । तिनीपछि तिनका छोरा आहाज तिनको ठाउँमा राजा भए ।

  • 16रहबाम आफ्‍ना पुर्खाहरूसित सुते, र दाऊदको सहरमा गाडिए । तिनका छोरा अबिया तिनका ठाउँमा राजा भए ।

  • 23के आसाले गरेका अरू कामहरू, तिनका सारा शक्ति र तिनले निर्माण गरेका सहरहरूको बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? तर तिनको वृद्धावस्थामा तिनको खुट्टामा रोग लाग्यो ।

  • 6यहोयाकीम आफ्ना पुर्खाहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा यहोयाकीन राजा भए ।

  • 21हिजकिया आफ्ना पुर्खाहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा मनश्शे राजा भए ।

  • 13यहोआश आफ्ना पुर्खाहरूसित सुते, र यारोबाम तिनको सिंहासनमा बसे । इस्राएलका राजाहरूसँगै यहोआशलाई सामरियामा गाडियो ।

  • 27आहाज आफ्‍ना पुर्खारूसित सुते, र तिनीहरूले उनलाई यरूशलेम सहरमा गाडे, तर तिनीहरूले तिनलाई इस्राएलका राजाहरूका चिहानमा गाडेनन्‌ । तिनको ठाउँमा तिनका छोरा हिजकिया राजा भए ।

  • 31त्‍यसपछि तिनी आफ्‍ना पर्खाहरूसित सुते, र मानिसहरूले तिनका बुबा दाऊदको सहरमा गाडे । तिनका ठाउँमा तिनका छोरा रहबाम राजा भए

  • 43तिनी आफ्ना पित्रहरूसित सुते, र तिनलाई तिनका पिता दाऊदको सहरमा गाडियो । तिनको ठाउँमा तिनका छोरा रहबाम राजा भए ।

  • 11आसाले तिनका पुर्खा दाऊदले परमप्रभुको दृष्टिमा जे ठिक छ, त्यही गरे ।

  • 26मानिसहरूले तिनलाई उज्‍जाको बगैँचामा तिनकै चिहानमा गाडे, र तिनको ठाउँमा तिनका छोरा योशियाह राजा भए ।

  • 28यसरी ओम्री आफ्ना पित्रहरूसित सुते, र तिनी सामरियामा गाडिए । त्यसपछि तिनको ठाउँमा तिनका छोरा आहाब राजा भए ।

  • 35येहू आफ्ना पर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई सामरियामा गाडे । तब तिनको ठाउँमा तिनका छोरा यहोआहाज राजा भए ।

  • 10सोलोमनका छोरा रहबाम थिए । रहबामका छोरा अबिया थिए । अबियाका छोरा आसा थिए । आसाका छोरा यहोशापात थिए ।

  • २ इति 17:1-2
    2 पदहरू
    75%

    1¶ आसाका छोरा यहोशापात तिनको ठाउँमा राजा भए । यहोशापातले इस्राएलको विरूद्ध आफैलाई मजबुत बनाए ।

    2तिनले यहूदाका किल्‍ला भएका सबै सहरमा फौज राखे, र यहूदाभरि र तिनका पिता आसाले कब्‍जा गरेका एफ्राइमका सहरहरूमा रक्षाको निम्‍ति छाउनीहरू राखे ।

  • 23यसरी उज्‍जियाह आफ्‍ना पुर्खाहरूसित सुते । तिनीहरूले राजाहरूका चिहानको जमिनमा पुर्खाहरूसित गाडे, किनकि तिनीहरूले भने, “तिनी एक जना कुष्‍ठरोगी हुन्‌ ।” अनि तिनीपछि तिनका छोरा योताम तिनको ठाउँमा राजा भए ।

  • 20यसरी मनश्शे आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई तिनको आफ्नै महलमा गाडे । तिनको ठाउँमा तिनका छोरा अमोन राजा भए ।

  • 29यारोबाम आफ्ना पुर्खाहरू इस्राएलका राजाहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा जकरिया राजा भए ।

  • 32तिनी आफ्‍ना बुबा आसाका चालमा हिंडे । तीबाट तिनी तर्केर गएनन्‌ । परमप्रभुको दृष्‍टिमा जे असल थियो सो तिनले गरे ।

  • 33हिजकिया आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले दाऊदका सन्तानहरूका चिहानहरू भएको डाँडामा तिनलाई गाडे । तिनको मृत्युमा सारा यहूदा र यरूशलेमका मानिसहरूले तिनलाई श्रद्धासुमन प्रकट गरे । तिनको ठाउँमा तिनका छोरा मनश्शे राजा भए ।

  • 25यहूदाका राजा आसाको दोस्रो वर्षमा यारोबामका छोरा नादाबले इस्राएलमाथि शासन गर्न थाले । तिनले इस्राएलमाथि दुई वर्ष राज्य गरे ।

  • 22यसरी मनहेम आफ्ना पर्खाहरूसित सुते, र तिनका छोरा पकहीया तिनको ठाउँमा राजा भए ।

  • 10त्यसपछि दाऊद आफ्ना पुर्खाहरूसित सुते, र तिनलाई दाऊदको सहरमा गाडियो ।

  • 18मनश्शे आफ्ना पुर्खाहरूसित सुते, र तिनको आफ्नै घरको उज्‍जाको बगैँचामा तिनलाई गाडियो । तिनको ठाउँमा तिनका छोरा आमोन राजा भए ।

  • 22राजा अमस्याह आफ्ना पुर्खाहरूसित सुतेपछि अजर्याहले नै एलात सहरलाई पुनर्निर्माण गरे र त्‍यसलाई यहूदामा फिर्ता दिए ।

  • 8आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, र यहोराम उज्जियाहका पिता थिए ।

  • 6बाशा आफ्ना पित्रहरूसित सुत्न गए, र तिनलाई तिर्सामा गाडियो । तिनको ठाउँमा तिनका छोरा एलाह राजा भए ।

  • 28यहूदाका राजा आसाको तेस्रो वर्षमा बाशाले नादाबलाई मारे, तिनको ठाउँमा तिनी राजा बने ।

  • 16तिनीहरूले तिनलाई दाऊदको सहरमा राजाहरूकै चिहानमा गाडे, किनभने तिनले इस्राएलमा परमेश्‍वर र परमेश्‍वरको मन्दिरको निम्ति असल काम गरेका थिए ।

  • 25अरामीहरू जाने बेलासम्‍म योआश गम्‍भीर रूपले घाइते भएका थिए । पुजारी यहोयादाका छोराहरूका मृत्युको कारणले तिनका आफ्नै सेवकहरूले तिनको विरुद्धमा षड्यन्त्र रचे । तिनको ओछ्यानमा तिनीहरूले तिनलाई मारे, र तिनी मरे । तिनीहरूले तिनलाई दाऊदको सहरमा गाडे, तर राजाहरूका चिहानमा चाहिं होइन ।