१ राजा 12:15
यसरी राजाले मानिसहरूको कुरा सुनेनन् किनकि शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई उहाँले भन्नुभएको वचन पुरा होस् भनेर परमप्रभुले यस्तो परिस्थिति ल्याउनुभएको थियो ।
यसरी राजाले मानिसहरूको कुरा सुनेनन् किनकि शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई उहाँले भन्नुभएको वचन पुरा होस् भनेर परमप्रभुले यस्तो परिस्थिति ल्याउनुभएको थियो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
15यसरी राजाले ती मानिसका कुरा सुनेनन्, किनकि शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई परमप्रभुले भन्नुभएको वचन पूरा हुनलाई परमेश्वरले नै यस्ता घटनाहरू हुन दिनुभयो ।
16जब राजाले आफ्ना कुरा नसुनेका सारा इस्राएलले देखे, तब तिनीहरूले जवाफ दिए र भने, “दाऊदमा हाम्रो के हिस्सा छ र? यिशैका छोरामा हाम्रो केही उत्तराधिकार छैन! ए इस्राएल, तिमीहरू हरेका आआफ्नै पालमा जानुपर्छ । अब ए दाऊद, तिम्रो आफ्नै घरको रेखदेख गर ।” यसैले सबै इस्राएल आआफ्ना पालहरूमा फर्के ।
16जब सारा इस्राएलको कुरा राजाले नसुनेको तिनीहरूले देखे तब मानिसहरूले तिनलाई जवाफ दिए, “दाऊदमा हाम्रो के हिस्सा छ र? यिशैका छोरामा हाम्रो कुनै उत्तराधिकार छैन! हे इस्राएली हो, आ-आफ्ना पालमा जाओ । हे दाऊद, तिमी आफ्नै घर सम्हाल ।” यसरी इस्राएलीहरू आ-आफ्ना पालमा फर्केर गए ।
7गएर यारोबामलाई भन कि इस्राएलका परमेश्वर परमप्रभु भन्नुहुन्छ, 'मैले तँलाई मेरो जाति इस्राएलमाथि अगुवा हुनलाई मानिसहरूका बिचबाट उठाएँ ।
8मेरो दृष्टिमा जे ठिक छ त्यही गर्न अनि मेरा आज्ञाहरू पालन गर्न र सारा ह्रदयले मेरो पछि लाग्ने मेरा दास दाऊदजस्तै तँ नभए तापनि मैले दाऊदको घरानाबाट राज्य टुक्र्याई त्यो तँलाई दिएँ ।
13राजाले मानिसहरूलाई कडा तवरले जवाफ दिए, र तिनले पाका मानिसहरूले तिनलाई दिएको सल्लाहको बेवास्ता गरे ।
14तिनले युवाहरूको सल्लाह मानी तिनीहरूलाई भने, “मेरा पिताले तिमीहरूमाथि गरुङ्गो जुवा बोकाउनुभएको थियो । म त्यो अझै गरुङ्गो पारिदिने छु । मेरा पिताले तिमीहरूलाई कोर्रा लगाउनुभएको थियो, तर म तिमीहरूलाई बिच्छीहरूले डस्न लगाउने छु ।”
2तर परमप्रभुको वचन परमेश्वरका मानिस शमायाहकहाँ यसो भनेर आयो,
3“सोलोमनका छोरा यहूदाका राजा रहबाम, अनि यहूदा र बेन्यामिनका सबै इस्राएललाई यसो भन्,
4'परमप्रभु यसो भन्नुहुन्छ, “आफ्नै दाजुभाइका विरुद्धमा तिमीहरूले आक्रमण गर्नु वा युद्ध गर्नुहुँदैन । हरेक व्यक्ति आआफ्नै घरमा फर्केर जानुपर्छ, किनकि मैले नै यसो हुन दिएको हो” ।’” यसैले तिनीहरूले परमप्रभुका वचन पालन गरे, र यारोबामको विरुद्धमा आक्रमण गर्नबाट पछि हटे ।
26यारोबामले आफ्नो ह्रदयमा सोचे, “अब यो राज्य दाऊदको घरानामा फर्कने छ ।
27यी मानिसहरू यरूशलेमस्थित परमप्रभुको मन्दिरमा बलिदान चढाउन गए भने यी मानिसहरूका ह्रदय तिनीहरूका मालिक अर्थात् यहूदाका राजा रहबामकहाँ फर्कने छन् । मलाई मारेर तिनीहरू यहूदाका राजा रहबामकहाँ फर्केने छन् ।”
14साथै, त्यस दिन परमप्रभुले इस्राएलबाट एक जना राजा उठाउनुहुने छ जसले यारोबामको परिवारलाई खतम पारिदिने छ । आज नै त्यही दिन हो ।
20यारोबाम फर्के भनी जब सारा इस्राएलले सुने तिनीहरूको आफ्नो सभामा तिनलाई बोलाउनपठाइ तिनलाई सारा इस्राएलमाथि राजा बनाए । यहूदाको कुलबाहेक दाऊदको परिवारलाई पछ्याउने कोही भएन ।
23“सोलोमनका छोरा यहूदाका राजा रहबाम अनि यहूदा र बेन्यामीनका सम्पूर्ण घरानासाथै बाँकी सबै मानिसलाई भन्,
24'परमप्रभु यसो भन्नुहुन्छः आफ्ना दाजुभाइ इस्राएलका मानिसहरूलाई तिमीहरूले आक्रमण नगर्नू वा तिनीहरूसित लडाइँ नगर्नू । हरेक मानिस आ-आफ्नो घरमा फर्केर जाओस् किनकि यो काम मैले गरेको हुँ' ।” त्यसैले तिनीहरूले परमप्रभुको वचन सुने र तिनीहरू फर्केर आ-आफ्नो बाटो लागे । यसरी तिनीहरूले उहाँको वचन पालन गरे ।
21उहाँले इस्राएललाई दाऊदको राजकीय वंशबाट अलग गर्नुभयो, र तिनीहरूले नबातका छोरा यारोबामलाई राजा बनाए । यारोबामले इस्राएललाई परमप्रभुको अनुसरण गर्नबाट बहकाए र तिनीहरूलाई ठुलो पाप गर्न लगाए ।
22इस्राएलका मानिसहरूले यारोबामका सबै पापको अनुसरण गरे र तिनीहरू ती कुराबाट फर्केनन्,
29तिनी राजा हुनेबित्तिकै बाशाले याराबामको सारा घरानालाई मारे । तिनले यारोबामको कुनै पनि सन्तानलाई जिउँदो राखेनन् । यसरी परमप्रभुले आफ्ना दास शीलोका अहियाहद्वारा बोल्नुभएझैँ तिनले यारोबामको सबै राजकीय वंशलाई नष्ट गरिदिए ।
30यारोबामले गरेका पाप र तिनले इस्राएललाई गर्न लगाएका पापको कारण तिनीहरूले इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाएकाले यसो हुन आएको हो ।
2यारोबामले आफ्नी पत्नीलाई भने, “उठ र तिमी मेरी पत्नी हौ भनी नचिन्नलाई आफ्नो भेष बदली गर । अनि शीलोमा जाऊ किनकि अहियाह अगमवक्ता त्यहीँ छन् । यी मानिसहरूमाथि म नै राजा हुनेथिएँ भनी मेरो बारेमा बताउने तिनी नै थिए ।
2नबातका छोरा यारोबामले यो कुरा सुन्दा (तिनी अझैसम्म मिश्रमा नै थिए जहाँ तिनी सोलोमन राजाको उपस्थितिबाट भागेर गएका थिए) तिनी मिश्रमा नै बसेका थिए ।
3त्यसैले, तिनीहरूले यारोबामलाई बोलाइपठाए, अनि यारोबाम र इस्राएलका सारा समुदाय रहबामकहाँ आएर भने,
26तर तिनले के गर्नुपर्छ भनेर परमप्रभुलाई सोधपुछ गर्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई यही कुरा भनिदेओ, ‘तपाईंले सुन्नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ:
16यारोबामले पाप गरेका कारण र तिनले इस्राएललाई पाप गर्न लगाएकाले उहाँले इस्राएललाई त्यागिदिनुहुने छ ।”
8यसैले तिमीहरूसँग एउटा ठूलो फौज भएको हुनाले र तिमीहरूसँग देवताहरू हुनलाई यारोबामले बनाएका यी सुनका बाछाहरू तिमीहरूसँग भएको हुनाले, अब तिमीहरू दाऊदका सन्तानहरूका हातमा भएको परमप्रभुका राज्यको विरुद्धमा खडा हुने योजना गर्दछौ ।
34यो विषय यारोबामको परिवारको निम्ति पाप बन्यो, र यसले गर्दा तिनको परिवार पृथ्वीबाट नष्ट भएर सर्वनाश भएर गयो ।
18तर परमप्रभुको इच्छा जान्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई चाहिं तिमीहरूले यसो भन, 'तपाईंले सुन्नुभएको वचनको विषयमा इस्राएलका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः
28परमप्रभुको दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे । इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट तिनी फर्केनन् ।
15तिमीहरूले परमप्रभुको आवाज पालन गर्दैनौ, तर परमप्रभुको आज्ञाको विरुद्ध वोद्रिह गर्छौ भने, परमप्रभुको हात तिमीहरूको विरुद्धमा हुनेछ, जसरी त्यो तिमीहरूका पुर्खाहरूको विरुद्धमा थियो ।
32किनकि तिनले परमप्रभुको वचनद्वारा बेथेलको वेदीको विरुद्धमा र सामरियाका सहरहरूमा भएका सबै डाँडाका ठाउँहरूका घरहरूको विरुद्धमा घोषणा गरेका सन्देश निश्चय नै पुरा हुने छ ।”
2तर सिदकियाह, तिनका सेवकहरू र देशका मानिसले यर्मिया अगमवक्ताको हातद्वारा परमप्रभुले घोषणा गर्नुभएको उहाँको वचनलाई सुनेनन् ।
31तिनले यारोबामलाई भने, “दसवटा टुक्रा लिनुहोस्, किनकि इस्राएलका परमेश्वर परमप्रभु यसो भन्नुहुन्छ, 'हेर्, म सोलोमनको हातबाट राज्य टुक्रा पारेर तँलाई दस कुल दिने छु,
7तर परमेश्वरका एक जना मानिस तिनीकहाँ आए र भने, “ए राजा, इस्राएलका फौजलाई तपाईंसँग नलानुहोस्, किनकि परमप्रभु इस्राएलसँग हुनुहुन्न— एफ्राइमको कोही पनि मानिससँग हुनुहुन्न ।
12एलिया अगमवक्ताबाट यहोरामकहाँ एउटा पत्र आयो । त्यसमा लेखिएको थियो, “तपाईंका पुर्खा दाऊदका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ‘तँ आफ्ना बुबा यहोशापात चालमा चलिनस्, न त यहूदाका राजा आसाको चालमा नै चलिस्,
15यसैले अमस्याहको विरुद्धमा परमप्रभुको क्रोध दन्कियो । उहाँले एक जना अगमवक्ता पठाउनुभयो, जसले भने, “आफ्नै भक्तहरूलाई त तपाईंको हातदेखि बचाउन नसक्ने देवताहरूको खोजी तपाईं किन गर्नुभयो?”
15त्यसपछि यहूदाका मानिसहरूले ठुलो सोरले कराए । जब तिनीहरूले ठुलो सोरले कराए, तब परमेश्वरले यारोबाम र सबै इस्राएललाई अबिया र यहूदाको सामुन्ने प्रहार गर्नुभयो ।
11त्यसकारण परमप्रभुले सोलोमनलाई भन्नुभयो, “तैँले यसो गरेको कारण र तैँले मेरो करार र मैले तँलाई आज्ञा गरेका मेरा विधिविधानहरू पालन नगरेकोले निश्चय नै म यो राज्य तँबाट खोसेर तेरो दासलाई दिने छु ।
4यारोबामकी पत्नीले त्यसै गरिन् । उनी बाटो लागिन् र शीलोमा गइन्, र अहियाहको घरमा आइन् । अहियाहले देख्न सक्दैनथे । तिनको वृद्धावस्थाको कारणले तिनले आफ्ना आँखाको ज्योति गुमाएका थिए ।
5परमप्रभुले अहियाहलाई भन्नुभयो, “हेर्, यारोबामकी पत्नी आफ्नो छोरोको बारेमा तँबाट सल्लाह लिन आउँदै छे किनकि त्यसको छोरो बिरामी परेको छ । तैँले यस्तो-यस्तो जवाफ दिनू किनकि त्यो अर्कै स्त्री भएझैँ त्यसले नाटक गर्छे ।”
27त्यसैले आकाशमुनि इस्राएलको नाउँ परमप्रभुले मेट्नुहुनेछैन भनी उहाँले भन्नुभयो । बरु उहाँले तिनीहरूलाई येहोआशका छोरा यारोबामको हातबाट बचाउनुभयो ।
13अब तिमीहरूले चुनेका र तिमीहरूले मागेका राजा यहाँ छन् जसलाई परमप्रभुले तिमीहरूमाथि राजाको रूपमा नियुक्त गर्नुभएको छ ।
1¶ यस्तो भयो, जब रहबामको राज्य स्थापित भयो र तिनी शक्तिशाली भए, तब तिनले परमप्रभुको व्यवस्था त्यागे— र तिनीसँगै जम्मै इस्राएलले पनि त्यागे ।
2जब नबातका छोरा यारोबामले यो कुरा सुने (किनकि तिनी मिश्रदेशमा थिए, जहाँ तिनी सोलोमन राजादेखि भागेर गएका थिए), तब तिनी मिश्रदेशबाट फर्के ।
20तर अमस्याहले सुनेनन्, किनभने यो घटना परमेश्वरबाट भएको थियो ताकि उहाँले यहूदाका मानिसहरूलाई तिनीहरूका शत्रुहरूका हातमा दिन सक्नुभएको होस्, किनभने, तिनीहरूले एदोमका देवताहरूबाट सल्लाह लिएका थिए ।
14तिनले जे खराब थियो त्यही गरे, किनभने तिनले आफ्नो हृदय परमप्रभुको खोजी गर्न लगाएनन् ।
31तर आफ्ना सारा ह्रदयले इस्राएलका परमप्रभु परमेश्वरको व्यवस्थामा हिँड्न कुरालाई येहूले वास्ता गरेनन् । इस्राएललाई पाप गर्न लगाउने यारोबामका पापहरूबाट तिनी फर्केनन् ।
14किनकि लेवीहरूले यहूदा र यरूशलेममा आउनको निम्ति आफ्ना खर्कहरू र जग्गाजमिन छोडे, किनकि किनकि यारोबाम र तिनका छोराहरूले तिनीहरूलाई लखेटेका थिए, ताकि तिनीहरूले परमप्रभुको पुजारीको काम गर्न पाएनन् ।
5शीशकको कारणले यरूशलेममा भेला भएका रहबाम र यहूदाका अगुवाहरू भएको ठाउँमा शमयाह अगमवक्ता आए । शमायाहले तिनीहरूलाई भने, “परमप्रभु यसो भन्नुहुन्छ: ‘तिमीहरूले मलाई त्यागेका छौ, यसैले मैले पनि तिमीहरूलाई शीशकको हातमा सुम्पिदिएको छु’ ।”
7परमप्रभुले शमूएललाई भन्नुभयो, “मानिसहरूले तँलाई भनेका तिनीहरूका सबै कुरा पालन गर् । किनकि तिनीहरूले तँलाई इन्कार गरेका होइनन्, तर तिनीहरूमाथि राजा हुनबाट तिनीहरूले मलाई इन्कार गरेका छन् ।