१ शमूएल 8:7

अनलक शाब्दिक बाइबल

परमप्रभुले शमूएललाई भन्‍नुभयो, “मानिसहरूले तँलाई भनेका तिनीहरूका सबै कुरा पालन गर् । किनकि तिनीहरूले तँलाई इन्कार गरेका होइनन्, तर तिनीहरूमाथि राजा हुनबाट तिनीहरूले मलाई इन्कार गरेका छन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 10:19 : 19 तर तिमीहरूका सबै विपत्तिहरू र तिमीहरूका कष्‍टबाट बचाउनुहुने तिमीहरूका परमेश्‍वरलाई आज तिमीहरूले इन्कार गरेका छौ । अनि तिमीहरूले उनलाई भनेका छौ, हामीमाथि एक जना राजा खडा गर्नुहोस् ।' अब आ-आफ्ना वंशअनुसार र कुलअनुसार आफैलाई परमप्रभुको सामु प्रस्तुत गर ।”
  • निर्ग 16:8 : 8 मोशाले यसो पनि भने, “तिमीहरूले उहाँको विरुद्धमा गरेको गनगन उहाँले सुन्‍नुभएकोले उहाँले तिमीहरूलाई साँझमा मासु र बिहान रोटी अघाउञ्‍जेल दिनुहुँदा तिमीहरूले यो जान्‍नेछौ । हारून र म को हौँ र? तिमीहरूको गनगन हाम्रा विरुद्धमा नभई परमप्रभुको विरुद्धमा हो ।”
  • गिन 22:20 : 20 परमेश्‍वर राती बालामकहाँ आउनुभयो र तिनलाई भन्‍नुभयो, “यी मानिसहरू तँलाई डाक्‍न आएका हुनाले उठ् र तँ तिनीहरूसँग जा । तर मैले भनेको कुरा मात्र गर् ।”
  • १ शमू 12:17-19 : 17 के आज गहुँ कटानीको समय होइन? म परमप्रभुलाई पुकार्छु ताकि उहाँले गर्जन र झरी पठाउनुहुनेछ । तब तिमीहरूको दुष्‍टता माहन् छ भनी तिमीहरूले जान्‍ने र देख्‍नेछौ, जुन तिमीहरूले आफ्नो निम्ति राजा मागेर परमप्रभुको दृष्‍टिमा गरेका छौ ।” 18 त्यसैले शमूएलले परमप्रभुलाई पुकारा गरे । अनि त्यसै दिन परमप्रभुले गर्जन र झरी पठाउनुभयो । तब सबै मानिस परमप्रभु र शमूएलको भय धेरै भयो । 19 तब सबै मानिसले शमूएललाई भने, “तपाईंका सेवकहरूका निम्ति परमप्रभु आफ्‍ना परमेश्‍वरसँग प्रार्थना गरिदिनुहोस्, ताकि हामी मर्नेछैनौं । किनकि हामीले आफ्‍नो निम्ति राजा मागेर हाम्रा सबै पापमाथि यो दुष्‍टता थपेका छौं ।
  • भजन 81:11-12 : 11 तर मेरा मानिसहरूले मेरा वचनहरू सुनेनन् । इस्राएलले मेरा आज्ञा पालन गरेनन् । 12 त्यसैले तिनीहरूका आफ्नै हठी मार्गमा मैले तिनीहरूलाई छोडिदिएँ, ताकि तिनीहरूले आफूलाई जे ठिक लाग्छ त्यही गरून् ।
  • यशा 66:4 : 4 त्यसरी नै तिनीहरूको आफ्नो दण्ड म चुन्‍नेछु । तिनीहरूले जे कुराको डर मान्छन् त्यही नै म तिनीहरूमा ल्याउनेछु किनभने मैले बोलाउँदा कसैले जवाफ दिएन । मैले बोलाउँदा कसैले सुनेन । मेरो दृष्‍टिमा जे खराब थियो तिनीहरूले त्यही गरे र मलाई जे कुराले खुसी पर्दैन त्यही गरे ।”
  • हो 13:10-11 : 10 तेरो राजा कहाँ छ, जसले तँलाई सबै सहरहरूमा बचाउन सक्‍ला? तेरा शासकहरू कहाँ छन्, जसको विषयमा तैंले मलाई भनिस्, ‘मलाई एउटा राजा र राजकुमारहरू दिनुहोस्’? 11 मैले आफ्‍नो क्रोधमा तँलाई एउटा राजा दिएँ, र मेरो क्रोधमा त्यसलाई मैले हटाएँ ।
  • मत्त 10:24-25 : 24 चेला आफ्नो गुरुभन्दा श्रेष्‍ठ हुँदैन, न त नोकर आफ्नो मालिकभन्दा ठुलो हुन्छ । 25 चेला आफ्नो गुरु र नोकर आफ्नो मालिकजस्तो हुनु नै उसको निम्ति पर्याप्‍त हुन्छ । यदि तिनीहरूले घरका मालिकलाई नै बालजिबुल भनेका छन् भने, तिनीहरूले उनका घरानालाई झन् कति बढी बदनाम गर्लान्!
  • मत्त 10:40 : 40 जसले तिमीहरूलाई स्वागत गर्दछ, उसले मलाई स्वागत गर्दछ र जसले मलाई स्वागत गर्दछ, उसले मलाई पठाउनुहुनेलाई पनि स्वागत गर्दछ ।
  • लू 10:16 : 16 जसले तिमीहरूले भनेको सुन्छ, त्यसले मैले भनेको सुन्छ, जसले तिमीहरूलाई इन्कार गर्छ, त्यसले मलाई इन्कार गर्छ, र जसले मलाई इन्कार गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई इन्कार गर्छ ।
  • लू 19:14 : 14 तर उनका मानिसहरूले घृणा गर्दै यसो भन्‍ने सन्देश दिएर दूतहरू पठाए, ‘यो मानिसले हामीमाथि शासन गरेको हामी चाहँदैनौँ ।’
  • लू 19:27 : 27 तर, मैले तिनीहरूमाथि शासन गरेको नचाहने मेरा यी शत्रुहरूलाई यहाँ ल्याओ र मेरो अगाडि मार’ ।”
  • यूह 13:16 : 16 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, नोकर आफ्नो मालिकभन्दा ठुलो हुँदैन न त समाचारवाहक त्यसलाई पठाउनेभन्दा ठुलो हुन्छ ।
  • यूह 15:20-21 : 20 मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘नोकर त्यसको मालिकभन्दा महान् हुँदैन ।’ यदि तिनीहरूले मलाई सताएका छन् भने, तिनीहरूले तिमीहरूलाई पनि सताउनेछन् । यदि तिनीहरूले मेरो वचन पालन गरेका थिए भने तिनीहरूले तिमीहरूको पनि पालन गर्नेछन् ।” 21 तिनीहरू मेरो नाउँको कारणले तिमीहरूलाई यी सबै कुराहरू गर्नेछन्, किनकि मलाई पठाउनुहुनेलाई तिनीहरू चिन्दैनन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ शमू 8:4-6
    3 पदहरू
    87%

    4त्यसपछि इस्राएलका सारा धर्म-गुरुहरू भेला भए र रामामा शमूएलकहाँ आए ।

    5उनीहरूले तिनलाई भने, “हेर्नुहोस्, तपाईं वृद्ध हुनुभयो, र तपाईंका छोराहरू तपाईंका मर्गहरूमा हिंड्दैनन् । सबै जातिझैं हाम्रो न्याय गर्न हाम्रा निम्ति एक जना राजा नियुक्‍त गर्नुहोस् ।”

    6तर त्‍यसले शमूएललाई दुःख लाग्‍यो, जब तिनीहरूले भने, “हाम्रो न्याय गर्न हामीलाई एक जना राजा दिनुहोस् ।” त्यसैले शमूएलले परमप्रभुसँग प्रार्थना गरे ।

  • १ शमू 8:18-22
    5 पदहरू
    86%

    18त्यसपछि त्‍यो दिन आफ्नो निम्ति छानेका तिमीहरूका राजाको कारणले तिमीहरूले पुकारा गर्नेछौ । तर परमप्रभुले त्यो दिनमा तिमीहरूलाई जवाफ दिनुहुनेछैन ।”

    19तर मानिसहरूले शमूएलको कुरा सुन्‍न इन्कार गरे । तिनीहरूले भने, “होइन, हामीमाथि एक जना राजा हुनैपर्छ ।

    20ताकि हामी अरू जातिहरूजस्तै हुन सक्‍नेछौं, अनि यसरी हाम्रा राजाले हाम्रो न्याय गर्नेछन् र हाम्रो निम्ति युद्ध गर्न हाम्रो अगि-अगि जानेछन् ।”

    21जब शमूएलले मानिसहरूको सबै कुरा सुने, तब तिनले ती परमप्रभुले सुन्‍ने गरी दोहोर्‍याए ।

    22परमप्रभुले शमूएललाई भन्‍नुभयो, “तिनीहरूका कुरा पालन गर् र कसैलाई तिनीहरूका राजा बना ।” त्यसैले शमूएलले इस्राएलका मानिसहरूलाई भने, “हरेक मानिस आ-आफ्नो सहर जानुपर्छ ।”

  • १ शमू 8:8-11
    4 पदहरू
    84%

    8तिनीहरूले मलाई त्यागेका र अरू देवताहरूको सेवा गरेर मैले तिनीहरूलाई मिश्रबाट ल्याएदेखि गरेजस्तै तिनीहरूले गरिरहेका छन्, र त्यसैले तिनीहरूले तँलाई पनि त्यसै गर्दैछन् ।

    9अब तिनीहरूको कुरा सुन । तर तिनीहरूलाई गम्भीरपूर्वक चेताउनी दे र राजाले जसरी तिनीहरूमाथि राज्‍य गर्नेछन्, त्‍यो तिनीहरूले राम्ररी जानून् ।”

    10त्यसैले शमूएलले राजाको माग गरिरहेका मानिसहरूलाई परमप्रभुका सबै वचन सुनाए ।

    11तिनले भने, “तिमीहरूमाथि राज्‍य गर्ने राजाको प्रचलन यस्तो हुनेछ । उनले तिमीहरूका छोराहरूलाई लानेछन् र आफ्‍ना रथहरूका निम्ति र घोडचढी हुनलाई र आफ्‍ना रथहरूको अगि-अगि दौडनलाई उनले तिनीहरूलाई नियुक्‍त गर्ने छन् ।

  • 26शमूएलले शाऊललाई भने, “म फर्केर तपाईंसँग जानेछैन । किनकि तपाईंले परमप्रभुको वचन इन्कार गर्नुभएको छ र परमप्रभुले तपाईंलाई इस्राएलका राजा हुनबाट इन्कार गर्नुभएको छ ।”

  • 19तर तिमीहरूका सबै विपत्तिहरू र तिमीहरूका कष्‍टबाट बचाउनुहुने तिमीहरूका परमेश्‍वरलाई आज तिमीहरूले इन्कार गरेका छौ । अनि तिमीहरूले उनलाई भनेका छौ, हामीमाथि एक जना राजा खडा गर्नुहोस् ।' अब आ-आफ्ना वंशअनुसार र कुलअनुसार आफैलाई परमप्रभुको सामु प्रस्तुत गर ।”

  • 1¶ शमूएलले सबै इस्राएलीलाई भने, “तिमीहरूले मलाई भेनका हरेक कुरा मैले सुनेको छु र मैले तिमीहरूमाथि एक जना राजा नियुक्‍त गरेको छु ।

  • १ शमू 16:7-8
    2 पदहरू
    77%

    7तर परमप्रभुले शमूएललाई भन्‍नुभयो, “त्यसको बाह्य स्वरूप वा त्यसको कदको उचाइलाई नहेर्, किनभने मैले त्यसलाई इन्कार गरेको छु । किनभने परमप्रभुले मानिसले झैं हे्र्नुहुन्‍न । मानिसले बाहिरी स्वरूपलाई हेर्छ, तर परमप्रभुले हृदयलाई हेर्नुहुन्छ ।”

    8यिशैले अबीनादाबलाई बोलाए र शमूएलको सामुन्‍ने हिंड्न लगाए । तब शमूएलले भने, “परमप्रभुले यसलाई पनि चुन्‍नुभएको छैन ।”

  • १ शमू 12:12-13
    2 पदहरू
    76%

    12जब तिमीहरूले अम्मोनका मानिसहरूका राजा नाहाश तिमीहरू विरुद्ध आएको देख्यौ, तब तिमीहरूले मलाई भन्यौ, 'होइन, बरु हामीमाथि राजाले राज्‍य गर्नुपर्छ,’— यद्यपि परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका राजा हुनुहुन्थ्यो ।

    13अब तिमीहरूले चुनेका र तिमीहरूले मागेका राजा यहाँ छन् जसलाई परमप्रभुले तिमीहरूमाथि राजाको रूपमा नियुक्‍त गर्नुभएको छ ।

  • १ शमू 12:19-20
    2 पदहरू
    76%

    19तब सबै मानिसले शमूएललाई भने, “तपाईंका सेवकहरूका निम्ति परमप्रभु आफ्‍ना परमेश्‍वरसँग प्रार्थना गरिदिनुहोस्, ताकि हामी मर्नेछैनौं । किनकि हामीले आफ्‍नो निम्ति राजा मागेर हाम्रा सबै पापमाथि यो दुष्‍टता थपेका छौं ।

    20शमूएलले जवाफ दिए, “नडराओ । तिमीहरूले यी सबै दुष्‍टता गरेकाछौ, तर परमप्रभुबाट नफर्क, र आफ्‍ना सारा हृदयले परमप्रभुको सेवा गर ।

  • 1¶ शमूएलले शऊललाई भने, “ तपाईंलाई परमप्रभुका मानिसहरूका राजा हुन अभिषेक गर्नलाई उहाँले मलाई पठाउनुभयो । अब परमप्रभुको वचन सुन्‍नुहोस् ।

  • 1¶ परमप्रभुले शमूएललाई भन्‍नुभयो, “मैले शाऊललाई इस्राएलको राजा हुनबाट इन्कार गरेको कारणले तँ उसको निम्ति कहिलेसम्म विलाप गर्नेछस्? तेरो सीङ्‌मा तेल भर् र जा । म तँलाई बेथलेहेमको यिशैकहाँ पठाउनेछु, किनकि मैले त्यसका छोराहरूका बिचबाट एक जनालाई मेरो निम्ति राजा चुनेको छु ।”

  • 28शमूएलले तिनलाई भने, “परमप्रभुले आज इस्राएल राज्यलाई तपाईंबाट च्यात्‍नुभएको छ र त्‍यो तपाईंभन्दा उत्तम तपाईंको एक जना छिमेकीलाई दिनुभएको छ ।

  • १ शमू 15:10-11
    2 पदहरू
    75%

    10परमप्रभुको वचन शमूएलकहाँ यसो आयो,

    11“शाऊललाई राजा बनाएकोमा म दुःखी छु, किनकि मेरो अनुसरण गर्नबाट ऊ फर्किएको छ र मेरा आज्ञाहरू पालन गरेको छैन ।” शमूएल रिसाए । तिनले रातभरि परमप्रभुमा पुकारे ।

  • १ शमू 28:16-17
    2 पदहरू
    75%

    16शमूएलले भने, “तब परमप्रभुले तिमीलाई छोड्नुभएको र उहाँ नै तिम्रो शत्रु हुनुभएको हुनाले तिमीले मलाई के सोध्छौ?

    17परमप्रभुले जे गर्छु भन्‍नुभएको छ सो उहाँले गर्नुभएको छ । परमप्रभुले राज्यलाई तिम्रो हातबाट खोस्‍नुभएको छ र उहाँले अरू कसैलाई अर्थात् दाऊदलाई दिनुभएको छ ।

  • १ शमू 15:23-24
    2 पदहरू
    75%

    23किनभने विद्रोह गर्नु मन्त्रतन्त्रको पापजस्तै हो अनि हठचाहिं दुष्‍टता र अधर्मजस्तै हो । तपाईंले परमप्रभुको वचनलाई इन्कार गर्नुभएको कारणले, उहाँले पनि तपाईंलाई राजा हुनबाट इन्कार गर्नुभएको छ ।

    24तब शाऊलले शमूएललाई भने, “मैले पाप गरेको छु । किनकि मैले परमप्रभुको आज्ञा र तपाईंको वचन तोडेको छु, किनभने म मानिसहरूदेखि डराएको थिएँ र मैले तिनीहरूको कुरा मानें ।

  • 17जब शमूएलले शाऊललाई देखे, तब परमप्रभुले तिनलाई भन्‍नुभयो, “मैले तँलाई भनेको मानिस यही हो । मेरा मानिसहरूमाथि राज्‍य गर्ने मानिस यही हो ।”

  • १ शमू 13:13-14
    2 पदहरू
    75%

    13तब शमूएलले शाऊललाई भने, “तपाईंले मूर्खतापूर्वक काम गर्नुभएको छ । परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएको छैन । त्‍यसो गरेको भए परमप्रभुले इस्राएलमाथि तपाईंको शासन सदाको निम्‍ति स्थापित गर्नुहुनेथियो ।

    14तर अब तपाईंको शासनले निरन्तरता पाउनेछैन । परमप्रभुले आफ्‍नोजस्‍तो हृदय भएको एक जना मानिसको खोजी गर्नुभएको छ र परमप्रभुले आफ्‍ना मानिसहरूका शासक हुन तिनलाई नियुक्‍त गर्नुभएको छ, किनभने उहाँले तपाईंलाई दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएको छैन ।”

  • 1¶ तब परमप्रभुले मलाई भन्‍नुभयो, “मोशा र शमूएल मेरो सामु खडा भए तापनि म यी मानिसका पक्षमा खडा हुन्‍नँ । तिनीहरूलाई टाढा जानलाई मेरो सामुबाट तिनीहरूलाई हटाइदे ।

  • 12तब मानिसहरूले शमूएललाई भने, “ती को थिए जसले यसो भने 'के शाऊलले हामीमाथि राज्‍य गर्नेछ र?’ ती मानिसहरूलाई ल्याउनुहोस्, ताकि हामीले तिनीहरूलाई मार्नेछौं ।”

  • 14तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा आइपुगेर यसको अधिकार गरेपछि र यसमा बसोबास गर्न थालेपछि तिमीहरूले 'हाम्रा वरिपरि भएका सबै जातिले जस्तै हाम्रो शासन गर्न राजा चुन्‍ने छौँ' भन्यौ भने

  • 10तेरो राजा कहाँ छ, जसले तँलाई सबै सहरहरूमा बचाउन सक्‍ला? तेरा शासकहरू कहाँ छन्, जसको विषयमा तैंले मलाई भनिस्, ‘मलाई एउटा राजा र राजकुमारहरू दिनुहोस्’?

  • १ शमू 10:24-25
    2 पदहरू
    73%

    24शामूएलले मानिसहरूलाई भने, “के परमप्रभुले चुन्‍नुभएको मानिसलाई तिमीहरूले देख्‍दैछौ? सबै मानिसहरूका माझमा तिनीजस्ता अरू कोही छैन ।” सबै मानिसहरू यसो भन्‍दै कराए, “राजा अमर रहून्” ।

    25तब शमूएलले राजाको शासनको चलन र नियमहरूका बारेमा मानिसहरूलाई भने, तिनलाई एउटा पुस्तकमा लेखे र त्‍यो परमप्रभुको सामु राखिदिए । अनि शमूएलले सबै मानिसलाई आ-आफ्नै घरमा पठाइदिए ।

  • 17शमूएलले भने, “तपाईं आफ्नै दृष्‍टिमा सानो हुनुहुन्छ, तापनि के तपाईंलाई इस्राएलको कुलहरूका शिर बनाइएको थिएन र? तब परमप्रभुले तपाईंलाई इस्राएलका राजा अभिषेक गर्नुभयो,

  • 15अब शाऊल आउनुभन्दा अगिल्लो दिन नै परमप्रभुले शमूएललाई प्रकट गर्नुभएको थियोः

  • 8त्यसपछि इस्राएलका मानिसहरूले शमूएललाई भने, “हाम्रो निम्ति परमप्रभुसँग पुकारा गर्न नछोड्नुहोस्, ताकि उहाँले हामीलाई पलिश्तीहरूका हातबट बचाउनुहुनेछ ।”

  • 11तर मेरा मानिसहरूले मेरा वचनहरू सुनेनन् । इस्राएलले मेरा आज्ञा पालन गरेनन् ।

  • 3किनकि तब तिनीहरूले यसो भन्‍नेछन्, “हाम्रा राजा छैनन्, किनकि हामीले परमप्रभुको भय मानेनौं, अनि राजा भए पनि उनले हाम्रो निम्ति के गर्न सक्‍थे र?”

  • 28तिमीहरू मसित बोल्दा परमप्रभुले तिमीहरूका वचन सुन्‍नुभयो । उहाँले मलाई भन्‍नुभयो, 'यी मानिसहरूले तँलाई भनेका वचनहरू मैले सुनेको छु । तिनीहरूले भनेका कुरा असल थिए ।

  • 21त्यसपछि, मानिसहरूले एउटा राजाको माग गरे, त्यसैले परमेश्‍वरले बेन्यामिन कुलको किशका छोरा शाऊललाई चालिस वर्षसम्मको निम्ति दिनुभयो ।

  • 16जब राजाले आफ्‍ना कुरा नसुनेका सारा इस्राएलले देखे, तब तिनीहरूले जवाफ दिए र भने, “दाऊदमा हाम्रो के हिस्‍सा छ र? यिशैका छोरामा हाम्रो केही उत्तराधिकार छैन! ए इस्राएल, तिमीहरू हरेका आआफ्‍नै पालमा जानुपर्छ । अब ए दाऊद, तिम्रो आफ्‍नै घरको रेखदेख गर ।” यसैले सबै इस्राएल आआफ्‍ना पालहरूमा फर्के ।

  • 4मैले नचुनेका राजाहरूलाई, तिनीहरूले स्थापित गरेका छन् । तिनीहरूले मलाई नसोधी राजकुमारहरू नियुक्‍त गरेका छन् । आफ्‍ना चाँदी र सुनले, आफ्नै निम्ति तिनीहरूले मूर्तिहरू बनाएका छन्, तर तिनीहरूको विनाश हुनलाई नै यसो भयो ।”

  • 14शमूएलले भने, “त्‍यसो भए मेरो कानले सुनेको भेडाहरू कराएको र गोरुहरू कराएको यो के हो?”

  • 16जब सारा इस्राएलको कुरा राजाले नसुनेको तिनीहरूले देखे तब मानिसहरूले तिनलाई जवाफ दिए, “दाऊदमा हाम्रो के हिस्सा छ र? यिशैका छोरामा हाम्रो कुनै उत्तराधिकार छैन! हे इस्राएली हो, आ-आफ्ना पालमा जाओ । हे दाऊद, तिमी आफ्नै घर सम्हाल ।” यसरी इस्राएलीहरू आ-आफ्ना पालमा फर्केर गए ।