१ शमूएल 15:1

अनलक शाब्दिक बाइबल

¶ शमूएलले शऊललाई भने, “ तपाईंलाई परमप्रभुका मानिसहरूका राजा हुन अभिषेक गर्नलाई उहाँले मलाई पठाउनुभयो । अब परमप्रभुको वचन सुन्‍नुहोस् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 9:16 : 16 “भोलि करिब यति बेला, म बेन्यामीनको इलाकाबाट एक जना मानिसलाई पठाउनेछु र मेरा मानिस इस्राएलका शासक हुनलाई तैंले उसलाई अभिषेक गर्नू । उसले मेरा मानिसहरूलाई पलिश्तीहरूका हातहरूबाट बाचाउनेछन् । किनकि मैले आफ्‍ना मानिसहरूलाई दयादृष्‍टिले हेरेको छु किनभने मदतको लागि तिनीहरूले गरेको पुकारा मैले सुनेको छु ।”
  • १ शमू 10:1 : 1 ¶ त्यसपछि शमूएलले एक ढुङ्ग्रो तेल लिए, त्‍यो शाऊलको शिरमाथि खन्याए, तिनलाई चुम्‍बन गरे । तिनले भने, “के परमप्रभुले उहाँको उत्तराधिकारको शासक हुनलाई तपाईंलाई अभिषेक गर्नुभएको हैन र?
  • १ शमू 12:14 : 14 तिमीहरूले परमप्रभुको भय मान्यौ, उहाँको सेवा गर्‍यौ र परमप्रभुको आज्ञा विरुद्ध विद्रोह गरेनौ भने, तिमीहरू र तिमीहरूमाथि राज्‍य गर्ने राजा दुवैले परमप्रभु तिमीहरूका परमेश्‍वरको अनुसरण गर्नेछौ ।
  • १ शमू 13:13 : 13 तब शमूएलले शाऊललाई भने, “तपाईंले मूर्खतापूर्वक काम गर्नुभएको छ । परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएको छैन । त्‍यसो गरेको भए परमप्रभुले इस्राएलमाथि तपाईंको शासन सदाको निम्‍ति स्थापित गर्नुहुनेथियो ।
  • १ शमू 15:16-18 : 16 तब शमूएलले शाऊललाई भने, “पर्खनुहोस्, र परमप्रभुले मल‍ाई आज राती के भन्‍नुभयो सो म तपाईंलाई भन्‍नेछु ।” शाऊलले तिनलाई भने, “भन्‍नुहोस् ।” 17 शमूएलले भने, “तपाईं आफ्नै दृष्‍टिमा सानो हुनुहुन्छ, तापनि के तपाईंलाई इस्राएलको कुलहरूका शिर बनाइएको थिएन र? तब परमप्रभुले तपाईंलाई इस्राएलका राजा अभिषेक गर्नुभयो, 18 र परमप्रभुले तपाईंलाई आफ्नो बाटोमा पठाउनुभयो र भन्‍नुभयो, 'जा र पापीहरू अर्थात् अमालेकीहरूलाई पूर्ण रूपमा नाश गर् र तिनीहरू नाश नभएसम्म तिनीहरूका विरुद्ध युद्ध गर ।'
  • २ शमू 23:2-3 : 2 “परमप्रभुको आत्मा मद्वारा बोल्नुभयो र उहाँको वचन मेरो जिब्रोमा थियो । 3 इस्राएलका परमेश्‍वर बोल्नुभयो, इस्राएलका चट्टानले मलाई भन्‍नुभयो, 'जसले मानिसहरूमाथि धार्मिक रूपले शासन गर्छ, जसले परमेश्‍वरको भयमा शासन गर्छ ।
  • १ इति 22:12-13 : 12 परमप्रभुले नै तँलाई अन्तर्दृष्‍टि र समझ दिनुभएको होस्, ताकि उहाँले तँलाई इस्राएलमाथि अधिकार दिनुहुँदा तैंले परमप्रभु तेरा परमेश्‍वरको व्‍यवस्‍था पालन गर्नेछस् । 13 तब इस्राएलको निम्‍ति परमप्रभुले मोशालाई दिनुभएका विधि र नियमहरूलाई तैंले होशियारसाथ पालन गरिस् भने तँ सफल हुनेछस् । बलियो र साहसी हो । नडरा वा निरुत्‍साहित नहो ।
  • भजन 2:10-11 : 10 त्यसैले ए राजाहरू हो, सावधान होओ । ए पृथ्वीका शासकहरू हो, आफूलाई सच्याओ । 11 भयसाथ परमप्रभुको आराधना गर र कम्पनसाथ आनन्दित होओ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ शमू 15:16-20
    5 पदहरू
    85%

    16तब शमूएलले शाऊललाई भने, “पर्खनुहोस्, र परमप्रभुले मल‍ाई आज राती के भन्‍नुभयो सो म तपाईंलाई भन्‍नेछु ।” शाऊलले तिनलाई भने, “भन्‍नुहोस् ।”

    17शमूएलले भने, “तपाईं आफ्नै दृष्‍टिमा सानो हुनुहुन्छ, तापनि के तपाईंलाई इस्राएलको कुलहरूका शिर बनाइएको थिएन र? तब परमप्रभुले तपाईंलाई इस्राएलका राजा अभिषेक गर्नुभयो,

    18र परमप्रभुले तपाईंलाई आफ्नो बाटोमा पठाउनुभयो र भन्‍नुभयो, 'जा र पापीहरू अर्थात् अमालेकीहरूलाई पूर्ण रूपमा नाश गर् र तिनीहरू नाश नभएसम्म तिनीहरूका विरुद्ध युद्ध गर ।'

    19तपाईंले परमप्रभुको आज्ञालाई किन पालन गर्नुभएन, तर बरु लूटका माल कब्‍जा गर्नुभयो र परमप्रभुको दृष्‍टिमा जे खराब थियो त्यही गर्नुभयो?”

    20तब शाऊलले शमूएललाई भने, “मैले साँच्‍चै नै परमप्रभुको आज्ञा पालन गरेको छु र परमप्रभुले मलाई पठाउनुभएको मार्गमा गएको छु । मैले अमालेकको राजा अगागलाई कब्जामा लिएको छु र अमालेकीहरूलाई पूर्ण रूपमा नाश गरेको छु ।

  • १ शमू 9:15-19
    5 पदहरू
    85%

    15अब शाऊल आउनुभन्दा अगिल्लो दिन नै परमप्रभुले शमूएललाई प्रकट गर्नुभएको थियोः

    16“भोलि करिब यति बेला, म बेन्यामीनको इलाकाबाट एक जना मानिसलाई पठाउनेछु र मेरा मानिस इस्राएलका शासक हुनलाई तैंले उसलाई अभिषेक गर्नू । उसले मेरा मानिसहरूलाई पलिश्तीहरूका हातहरूबाट बाचाउनेछन् । किनकि मैले आफ्‍ना मानिसहरूलाई दयादृष्‍टिले हेरेको छु किनभने मदतको लागि तिनीहरूले गरेको पुकारा मैले सुनेको छु ।”

    17जब शमूएलले शाऊललाई देखे, तब परमप्रभुले तिनलाई भन्‍नुभयो, “मैले तँलाई भनेको मानिस यही हो । मेरा मानिसहरूमाथि राज्‍य गर्ने मानिस यही हो ।”

    18तब शाऊल प्रवेशद्वारमा शमूएलको नजिक आए र भने, “दर्शीको घर कहाँ छ मलाई भन्‍नुहोस्?”

    19शमूएलले शाऊललाई जवाफ दिए र भने, “दर्शी म नै हुँ । मभन्‍दा अगि-अगि उच्‍च स्थानमा जानुहोस्, किनकि आज तपाईंले मसँग खानुहुनेछ । बिहान भएपछि म तपाईंलाई जान दिनेछु, र तपाईंको मनमा भएका हरेक कुरा म तपाईंलाई भनिदिनेछु ।

  • 1¶ त्यसपछि शमूएलले एक ढुङ्ग्रो तेल लिए, त्‍यो शाऊलको शिरमाथि खन्याए, तिनलाई चुम्‍बन गरे । तिनले भने, “के परमप्रभुले उहाँको उत्तराधिकारको शासक हुनलाई तपाईंलाई अभिषेक गर्नुभएको हैन र?

  • १ शमू 16:1-3
    3 पदहरू
    82%

    1¶ परमप्रभुले शमूएललाई भन्‍नुभयो, “मैले शाऊललाई इस्राएलको राजा हुनबाट इन्कार गरेको कारणले तँ उसको निम्ति कहिलेसम्म विलाप गर्नेछस्? तेरो सीङ्‌मा तेल भर् र जा । म तँलाई बेथलेहेमको यिशैकहाँ पठाउनेछु, किनकि मैले त्यसका छोराहरूका बिचबाट एक जनालाई मेरो निम्ति राजा चुनेको छु ।”

    2शमूएलले सोधे, “म कसरी जान सक्‍छु? शाऊलले यो सुने भने, उसले मलाई मार्नेछ ।” परमप्रभुले भन्‍नुभयो, “तँसँगै एउटा कोरली लैजा र भन्, 'म परमप्रभुलाई बलिदान चढाउन आएको छु ।'

    3यिशैलाई पनि बलिदानमा बोला र तैंले के गर्नुपर्नेछ म तँलाई देखाउनेछु । मैले तँलाई देखाएको एक जनालाई तैंले अभिषेक गर्नेछस् ।”

  • 1¶ शमूएलले सबै इस्राएलीलाई भने, “तिमीहरूले मलाई भेनका हरेक कुरा मैले सुनेको छु र मैले तिमीहरूमाथि एक जना राजा नियुक्‍त गरेको छु ।

  • १ शमू 15:10-14
    5 पदहरू
    81%

    10परमप्रभुको वचन शमूएलकहाँ यसो आयो,

    11“शाऊललाई राजा बनाएकोमा म दुःखी छु, किनकि मेरो अनुसरण गर्नबाट ऊ फर्किएको छ र मेरा आज्ञाहरू पालन गरेको छैन ।” शमूएल रिसाए । तिनले रातभरि परमप्रभुमा पुकारे ।

    12शाऊललाई भेट्न शमूएल बिहान सबेरै उठे । शमूएललाई भनियो, “शाऊल कार्मेलमा आए र आफ्नो निम्ति तिनले स्मारक खडा गरे र त्‍यसपछि पर्के र तल गिलगालतिर गए ।”

    13तब शमूएल शाऊलकहाँ आए, र शाऊलले तिनलाई भने, “परमप्रभुद्वारा तपाईंलाई आशिष् मिलोस्! मैले परमप्रभुको आज्ञा पुरा गरेको छु ।”

    14शमूएलले भने, “त्‍यसो भए मेरो कानले सुनेको भेडाहरू कराएको र गोरुहरू कराएको यो के हो?”

  • १ शमू 16:12-13
    2 पदहरू
    79%

    12यिशैले कसैलाई पठाए र तिनलाई ल्याए । यो छोराको राता गाला, सुन्दर आँखा र सुन्दर स्वरूप थियो । परमप्रभुले भन्‍नुभयो, “उठ्, त्यसलाई अभिषेक गर् । किनभने यही नै हो ।”

    13अनि शमूएलले तेल भएको सीङ् लिए र तिनलाई आफ्‍ना दाजुहरूका माझमा अभिषेक गरे । त्यस दिनदेखि परमप्रभुको आत्मा दाऊदमाथि आउनुभयो । त्यसपछि शमूएल उठे र रामातिर गए ।

  • १ इति 11:2-3
    2 पदहरू
    79%

    2हालैमा बितेका समयमा, जब शाऊल हाम्रा राजा थिए, तब तपाईंले नै इस्राएलको सेनाको नेतृत्‍व गर्नुभयो । परमप्रभु तपाईंका परमेश्‍वरले तपाईंलाई यसो भन्‍नुभयो, ‘तैंले नै मेरा मानिस इस्राएलको रेखदेख गर्नेछस्, र तँ नै मेरा मानिस इस्राएलको शासक हुनेछस्‌’ ।”

    3त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा दाऊद राजाकहाँ आए, र त्‍यहीं नै दाऊदले परमप्रभुको सामुन्‍ने तिनीहरूसित करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे । यसरी शमूएलद्वारा घोषणा गरिएको परमप्रभुको वचन पुरा भयो ।

  • 6जब तिनीहरू आए, तिनले एलीआबलाई हेरे र मनमनै भने परमप्रभुको अभिषिक्‍त जन निश्‍चय नै तिनको सामु उभिरहेका थिए ।

  • 10त्यसैले शमूएलले राजाको माग गरिरहेका मानिसहरूलाई परमप्रभुका सबै वचन सुनाए ।

  • १ शमू 13:13-15
    3 पदहरू
    78%

    13तब शमूएलले शाऊललाई भने, “तपाईंले मूर्खतापूर्वक काम गर्नुभएको छ । परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएको छैन । त्‍यसो गरेको भए परमप्रभुले इस्राएलमाथि तपाईंको शासन सदाको निम्‍ति स्थापित गर्नुहुनेथियो ।

    14तर अब तपाईंको शासनले निरन्तरता पाउनेछैन । परमप्रभुले आफ्‍नोजस्‍तो हृदय भएको एक जना मानिसको खोजी गर्नुभएको छ र परमप्रभुले आफ्‍ना मानिसहरूका शासक हुन तिनलाई नियुक्‍त गर्नुभएको छ, किनभने उहाँले तपाईंलाई दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएको छैन ।”

    15तब शमूएल उठे र गिलगालबाट बेन्यामीनको गिबातिर गए । तब शाऊलले आफूसँग भएका मानिसहरूको गन्ती गरे, तिनीहरू झण्डै छ सय जना मानिसहरू थिए ।

  • १ शमू 8:21-22
    2 पदहरू
    78%

    21जब शमूएलले मानिसहरूको सबै कुरा सुने, तब तिनले ती परमप्रभुले सुन्‍ने गरी दोहोर्‍याए ।

    22परमप्रभुले शमूएललाई भन्‍नुभयो, “तिनीहरूका कुरा पालन गर् र कसैलाई तिनीहरूका राजा बना ।” त्यसैले शमूएलले इस्राएलका मानिसहरूलाई भने, “हरेक मानिस आ-आफ्नो सहर जानुपर्छ ।”

  • 6त्यसैले येहू उठेर घरभित्र गए र ती अगमवक्ताले येहूको शिरमाथि तेल खन्याए, र तिनलाई भने, “इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'मैले तँलाई इस्राएलमाथि अर्थात् परमप्रभुका मानिसहरूमाथि राजा अभिषेक गरेको छु ।

  • 15शमूएलले शाऊललाई भने, “तिमीले किन मेरो शान्ति भङ्ग गर्‍यौ र मलाई माथि ल्यायौ?” शाऊलले जवाफ दिए, “म अति नै व्याकुल छु, किनभने पलिश्‍तीहरूले मेरो विरुद्ध युद्ध गरिरहेका छन्, र परमेश्‍वरले मलाई छोड्नुभएको छ र मलाई न अगमवक्ताहरूद्वारा न त सपनाहरूद्वारा नै जवाफ दिनुहुन्छ । यसकारण मैले तपाईंलाई बोलाएको हुँ, ताकि मैले के गर्नुपर्ने हो सो तपाईंले मलाई प्रकट गर्नुहोस् ।”

  • 26शमूएलले शाऊललाई भने, “म फर्केर तपाईंसँग जानेछैन । किनकि तपाईंले परमप्रभुको वचन इन्कार गर्नुभएको छ र परमप्रभुले तपाईंलाई इस्राएलका राजा हुनबाट इन्कार गर्नुभएको छ ।”

  • 2केही समयअगि जब शाऊल हामीमाथि राजा थिए, तब तपाईंले नै इस्राएलको फौजको नेतृत्व गर्नुभयो । परमप्रभुले तपाईंलाई भन्‍नुभयो, 'तैंले नै मेरा इस्राएल इस्राएलको गोठालो गर्ने छस् र तँ नै इस्राएलमाथि शासक हुने छस्' ।”

  • १ शमू 9:26-27
    2 पदहरू
    76%

    26त्यसपछि शामूएलले शाऊललाई बिहान छतमाथि बोलाए र भने, “उठ्नुहोस्, यसरी म तपाईंलाई आफ्‍नो बाटो पठाउनेछु ।” त्यसैले शाऊल उठे, अनि तिनी र शामूएल दुवै जना गल्लीतिर गए ।

    27जसै तिनीहरू सहरको छेउतिर पुग्‍नै लागे, शमूएलले शाऊललाई भने, “सेवकलाई हामीभन्‍दा अगि जाने आज्ञा गर्नुहोस्”— र ऊ अगि गयो— “तर तपाईं केही क्षण यहीं रहनुपर्छ, ताकि तपाईंलाई परमेश्‍वरको सन्देश म भन्‍नेछु ।”

  • 7परमप्रभुले शमूएललाई भन्‍नुभयो, “मानिसहरूले तँलाई भनेका तिनीहरूका सबै कुरा पालन गर् । किनकि तिनीहरूले तँलाई इन्कार गरेका होइनन्, तर तिनीहरूमाथि राजा हुनबाट तिनीहरूले मलाई इन्कार गरेका छन् ।

  • १ शमू 10:24-25
    2 पदहरू
    76%

    24शामूएलले मानिसहरूलाई भने, “के परमप्रभुले चुन्‍नुभएको मानिसलाई तिमीहरूले देख्‍दैछौ? सबै मानिसहरूका माझमा तिनीजस्ता अरू कोही छैन ।” सबै मानिसहरू यसो भन्‍दै कराए, “राजा अमर रहून्” ।

    25तब शमूएलले राजाको शासनको चलन र नियमहरूका बारेमा मानिसहरूलाई भने, तिनलाई एउटा पुस्तकमा लेखे र त्‍यो परमप्रभुको सामु राखिदिए । अनि शमूएलले सबै मानिसलाई आ-आफ्नै घरमा पठाइदिए ।

  • 17परमप्रभुले जे गर्छु भन्‍नुभएको छ सो उहाँले गर्नुभएको छ । परमप्रभुले राज्यलाई तिम्रो हातबाट खोस्‍नुभएको छ र उहाँले अरू कसैलाई अर्थात् दाऊदलाई दिनुभएको छ ।

  • 2सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'इस्राएल मिश्रदेशबाट आउँदा बाटोमा तिनीहरूको विरोध गर्ने अमालेकका कुरालाई मैले ध्‍यान दिएको छु ।

  • 14त्यसपछि शमूएलले मानिसहरूलाई भने, “आओ, हामी गिलगामा जानेछौं र त्यहाँ राजसत्ताप्रति फेरि भक्‍ति जानउनेछौं ।”

  • 11त्यसपछि शमूएलले भने, “तपाईंले यो के गर्नुभएको?” शाऊलले जवाफ दिए, “जब मानिसहरूले मलाई छोडिरहेको मैले देखें र तोकिएको समयभित्र तपाईं आउनुभएन र पलिश्तीहरू मिकमाशमा भेला भएका थिए,

  • 24तब शाऊलले शमूएललाई भने, “मैले पाप गरेको छु । किनकि मैले परमप्रभुको आज्ञा र तपाईंको वचन तोडेको छु, किनभने म मानिसहरूदेखि डराएको थिएँ र मैले तिनीहरूको कुरा मानें ।

  • 13अब तिमीहरूले चुनेका र तिमीहरूले मागेका राजा यहाँ छन् जसलाई परमप्रभुले तिमीहरूमाथि राजाको रूपमा नियुक्‍त गर्नुभएको छ ।

  • 3त्यसपछि तेलको भाँडो लेऊ र यो तिनको शिरमा खन्याऊ, र भन, 'परमप्रभु यसो भन्‍नुहुन्छः “मैले तँलाई इस्राएलको राजा अभिषेक गरेको छु ।” तब ढोका खोल, र दौड । ढिलो नगर ।”

  • 7अब उप्रान्त, तिमीहरूको हात बलियो पार । साहसी होओ किनकि तिमीहरूका मालिक शाऊल मरेका छन् र यहूदाका घरानाले मलाई आफ्‍ना राजा अभिषेक गरेका छन् ।”

  • 17शमूएलले मानिसहरूलाई मिस्‍पामा परमप्रभुको सामु एकसाथ भेला गरे ।

  • 34शमूएल रामामा गए र शाऊल गिबाको आफ्नै घरमा गए ।