२ इतिहास 27:1

अनलक शाब्दिक बाइबल

¶ योताम राजगद्दी आरोहण गर्दा पच्‍चिस वर्षका थिए; तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे । तिनकी आमाको यरूशा थियो; तिनी नाउँ सादोककी छोरी थिइन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ इति 3:12 : 12 योआश का छोरा अमस्‍याह थिए । अमस्‍याहका छोरा अजर्याह थिए । अजर्याह का छोरा योताम थिए ।
  • यशा 1:1 : 1 ¶ यहूदाका राजाहरू उज्‍जियाह, योताम, आहाज र हिजकियाका समयमा यरूशलेम र यहूदाको बारेमा आमोसका छोरा यशैयाले दखेका दर्शन ।
  • हो 1:1 : 1 ¶ यहूदाका राजाहरू उज्‍जियाह, योताम, आहाज र हिजकिया अनि येहोआशका छोरा इस्राएलका राजा यारोबामको समयमा बेरीको छोरो होशेकहाँ आऐको परमप्रभुको वचन यही हो,
  • मीका 1:1 : 1 ¶ यरूशलेमका राजाहरू योताम, आहाज, र हिजकियाको समयमा मोरेशेतका निवासी मीकाकहाँ परमप्रभुको यस्तो वचन आयो, जुन उनले सामरिया र यरूशलेमको विषयमा देखेका थिए ।
  • मत्त 1:9 : 9 उज्जियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता थिए ।
  • २ राजा 15:32-38 : 32 इस्राएलका राजा रमल्याहका छोरा पेकहको दोस्रो वर्षमा यहूदाका राजा अजर्याहका छोरा योतामले राज्‍य सुरु गरे । 33 तिनले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यरूशा थियो । तिनी सादोककी छोरी थिइन् । 34 परमप्रभुको दृष्‍टिमा जे ठिक थियो योतामले त्यही गरे । तिनले आफ्ना पिता अजर्याहले गरेका सबै उदाहरणको अनुसरण गरे । 35 तापनि डाँडाका थानहरू हटाइएनन् । मानिसहरूले अझै पनि डाँडाका थानहरूका बलि चढाए र धूप बाले । योतामले परमप्रभुको मन्दिरको माथिल्लो मूल ढोका निर्माण गरे । 36 योतामको सम्‍बन्‍धमा भएका अरू कुराहरू र तिनले गरेका सबै कामका बारेमा ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 37 ती दिनमा परमप्रभुले यहूदाको विरुद्धमा अरामका राजा रसीन र रमल्याहका छोरा पेकहलाई पठाउन सुरु गर्नुभयो । 38 योताम आफ्ना पुर्खाहरूसित सुते र तिनका पुर्खा दाऊदको सहरमा तिनी आफ्‍ना पुर्खाहरूसँगै गाडिए । त्यसपछि तिनको ठाउँमा तिनका छोरा आहाज राजा भए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ राजा 15:32-34
    3 पदहरू
    93%

    32इस्राएलका राजा रमल्याहका छोरा पेकहको दोस्रो वर्षमा यहूदाका राजा अजर्याहका छोरा योतामले राज्‍य सुरु गरे ।

    33तिनले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यरूशा थियो । तिनी सादोककी छोरी थिइन् ।

    34परमप्रभुको दृष्‍टिमा जे ठिक थियो योतामले त्यही गरे । तिनले आफ्ना पिता अजर्याहले गरेका सबै उदाहरणको अनुसरण गरे ।

  • २ इति 27:6-9
    4 पदहरू
    85%

    6यसरी परमप्रभु आफ्‍ना परमेश्‍वरको सामुन्‍ने दृढ भएर हिंडेका हुनाले योताम शक्तिशाली भए ।

    7योतामको बारेमा अन्य कुराहरू, तिनका सबै युद्ध र तिनका सबै चाल, इस्राएल र यहूदाका राजाहरूको पुस्‍तकमा लेखिएका छन्‌ ।

    8तिनी राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे ।

    9योताम आफ्‍ना पुर्खाहरूसित सुते, र तिनीहरूले उनलाई दाऊदको सहरमा गाडे । तिनीपछि तिनका छोरा आहाज तिनको ठाउँमा राजा भए ।

  • २ इति 26:3-4
    2 पदहरू
    83%

    3उज्‍जियाहले राज्य गर्न सुरु गर्दा तिनी सोह्र वर्षका थिए । तिनले यरूशलेममा बाउन्‍न वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ यकोल्‍याह थियो । तिनी यरूशलेमकी थिइन्‌ ।

    4तिनले हरेक कुरामा आफ्‍ना पिता अमस्‍याहको उदाहरण पच्छ्याएर परमप्रभुको दृष्‍टिमा जे कुरो असल थियो सो गरे ।

  • २ राजा 15:1-3
    3 पदहरू
    82%

    1¶ इस्राएलका राजा यारोबामको सत्ताइसौँ वर्षमा यहूदाका राजा अमस्याहका छोरा अजर्याहले राज्‍य गर्न थाले ।

    2अजर्याहले राज्‍य गर्न सुरु गर्दा तिनी सोह्र वर्षका थिए, र तिनले यरूशलेममा बाउन्‍न वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यकोल्याह थिए, र उनी यरूशलेमकी थिइन् ।

    3आफ्ना पिता अमस्याहले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तिनले त्यही गरे ।

  • 1¶ योशियाहले राज्‍य गर्न सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा एकतिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यदीता थियो (उनी बोस्कतकी अदायाहकी छोरी थिइन्) ।

  • २ राजा 14:1-3
    3 पदहरू
    81%

    1¶ इस्राएलका राजा यहोआहाजको छोरा यहोआशको दोस्रो वर्षमा यहूदाका राजा योआशका छोरा अमस्याहले राज्‍य गर्न थाले ।

    2तिनले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्तिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यहोअदीन थियो जो यरूशलेमकी थिइन् ।

    3परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तिनले त्यही गरे, तापनि तिनका पुर्खा दाऊदले गरेझैँ भने होइन । आफ्ना पिता योआशले गरेका हरेक काम तिनले गरे ।

  • 2हरेक कुरामा आफ्ना पिता उज्‍जियाहको उदाहरणको अनुसरण गरेर तिनले परमप्रभुको दृष्‍टिमा जे असल थियो सो गरे । परमप्रभुको मन्‍दिरभित्र प्रवेश गर्नबाट तिनी अलग बसे । तर मानिसहरू भने अझै पनि आफ्‍ना दुष्‍ट चालमा लागिरहेका थिए ।

  • 1¶ अमस्‍याहले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्‍तिस वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ यरूशलेमकी यहोअदीन थियो ।

  • २ इति 24:1-2
    2 पदहरू
    78%

    1¶ योआशले राज्य गर्न सुरु गर्दा तिनी सात वर्षका थिए । तिनले यरूशलेममा चालीस वर्ष राज्य गरे । तिनकी आमा बेर्शेबाकी सिब्या थिइन् ।

    2यहोयादा पुजारीका समयभरि नै योआशले परमप्रभुको दृष्‍टिमा जे असल थियो सो गरे ।

  • २ राजा 8:25-26
    2 पदहरू
    78%

    25इस्राएलका राजा आहाबका छोरा योरामको बार्‍हौँ वर्षमा यहूदाका राजा यहोरामका छोरा अहज्याहले राज्‍य गर्न सुरु गरे ।

    26अहज्याहले राज्‍य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए । तिनले यरूशलेममा एक वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अतल्याह थियो । उनी इस्राएलका राजा ओम्रीकी छोरी थिइन् ।

  • 31यहोशापातले यहूदामाथि राज्‍य गरेः तिनले राज्य गर्न सुरु गर्दा तिनी पैंतिस वर्षका थिए, र तिनले यरूशलेममा पच्‍चिस वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ अजूबा थियो, र तिनी शिल्‍हीकी छोरी थिइन्‌ ।

  • 42यहोशापातले शासन गर्न थाल्दा तिनी पैँतिस वर्षका थिए, र तिनले यरूशलेममा पच्चिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अजूबा थियो, जो शिल्हीकी छोरी थिइन् ।

  • २ इति 22:1-2
    2 पदहरू
    76%

    1¶ यरूशलेमका बासिन्‍दाहरूले यहोरामको सट्टामा तिनका कान्‍छा छोरा अहज्‍याहलाई राजा बनाए, किनकि आक्रमणमा अरबीहरूसित मिलेर आएका मानिसका झुण्डले तिनका सबै ठुला छोरालाई मारेका थिए । यसैले यहूदाका राजा यहोरामका छोरा अहज्‍याह राजा भए ।

    2अहज्याह ले राज्य गर्न सुरु गर्दा तिनी बाईस वर्षका थिए । तिनले यरूशलेममा एक वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ अतल्‍याह थियो । तिनी ओम्रीकी छोरी थिइन्‌ ।

  • २ राजा 8:16-17
    2 पदहरू
    76%

    16इस्राएलका राजा आहाबका छोरा योरामको पाँचौँ वर्षमा यहोरामले राज्‍य गर्न थाले । तिनी यहूदाका राजा यहोशापातका छोरा थिए । यहोशापात यहूदाका राजा हुँदादेखि नै तिनले राज्‍य गर्न थाले ।

    17यहोरामले राज्‍य गर्न सुरु गर्दा तिनी बत्तिस वर्षका थिए, र तिनले यरूशलेममा आठ वर्ष राज्य गरे ।

  • 1¶ येहूको सातौँ वर्षमा योआशले राज्‍य गर्न थाले । तिनले यरूशलेममा चालिस वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ सिब्या थियो, जो बेर्शेबाकी थिइन् ।

  • 36यहोयाकीमले राज्‍य सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनकी आमाको नाउँ जबीदा थियो । उनी रूमाकी पदायाहकी छोरी थिइन् ।

  • 1¶ सिदकियाहले राज्‍य गर्न सुरु गर्दा तिनी एक्‍काइस वर्षका थिए । तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनकी आमाको नाउँ हमुतल थियो । उनी लिब्नाका यर्मियाकी छोरी थिइन् ।

  • 5यहोरामले राज्य गर्न सुरु गर्दा तिनी बत्तिस वर्षका थिए र तिनले येरूशलेममा आठ वर्ष राज्य गरे ।

  • 38योताम आफ्ना पुर्खाहरूसित सुते र तिनका पुर्खा दाऊदको सहरमा तिनी आफ्‍ना पुर्खाहरूसँगै गाडिए । त्यसपछि तिनको ठाउँमा तिनका छोरा आहाज राजा भए ।

  • 2तिनले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्तिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अबिया थियो । तिनी जकरियाकी छोरी थिइन् ।

  • 12योआश का छोरा अमस्‍याह थिए । अमस्‍याहका छोरा अजर्याह थिए । अजर्याह का छोरा योताम थिए ।

  • 10यहूदाका राजा योआशको सैँतिसौँ वर्षमा यहोआहाजका छोरा यहोआशले सामरियामा बसेर इस्राएलमाथि राज्‍य गर्न थाले । तिनले सोह्र वर्ष राज्य गरे ।

  • 31यहोआहाजले राज्‍य गर्न सुरु गर्दा तिनी तेइस वर्षका थिए, र तिनले यरूशलेममा तिन महिना राज्य गरे । तिनकी आमाको नाउँ हमुतल थियो । उनी लिब्नाकी यर्मियाकी छोरी थिइन् ।

  • 18सिदकियाहले राज्य गर्न सुरु गर्दा तिनी एक्‍काइस वर्षका थिए । तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनकी आमाको नाउँ हमुतल थियो । तिनी लिब्नाकी यर्मियाकी छोरी थिइन् ।

  • 19आमोनले राज्‍य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए । तिनले यरूशलेममा दुई वर्ष राज्य गरे । तिनकी आमाको नाउँ मशुल्लेमेत थियो । तिनी योत्बाका हारूसकी छोरी थिइन् ।

  • २ राजा 16:1-2
    2 पदहरू
    73%

    1¶ रमल्याहका छोरा पेकहको सत्रौँ वर्षमा यहूदाका राजा योतामका छोरा आहाजले राज्‍य सुरु गरे ।

    2आहाजले राज्‍य गर्न सुरु गर्दा तिनी बिस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनका पुर्ख दाऊदले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तिनले त्‍यो गरेनन् ।

  • 1¶ योशियाहले राज्य सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा एकतिस वर्ष राज्य गरे ।

  • 1¶ आहाजले राज्य गर्न सुरु गर्दा तिनी बिस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे । तिनले आफ्‍ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्‍टिमा जे असल थियो सो गरेनन्‌ ।

  • 1¶ यहूदाका राजा अहज्याहका छोरा योआशको तेइसौँ वर्षमा येहूका छोरा यहोआहाजले सामरियामा बसेर इस्राएलमाथि राज्‍य गर्न थाले । तिनले सत्र वर्ष राज्य गरे

  • 21योआशले राज्‍य गर्न सुरु गर्दा तिनी सात वर्षका थिए ।

  • 1¶ यहूदाका सबै मानिसले सोह्र वर्ष उमेर पुगेका उज्‍जियाहलाई लिए र तिनका पिता अमस्‍याहको ठाउँमा तिनलाई राजा बनाए ।

  • 1¶ हिजकियाले राज्य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्‍तिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अबिया थियो । तिनी जकरियाकी छोरी थिइन् ।

  • 10तिनले यरूशलेममा एकचालिस वर्ष राज्य गरे । तिनकी हजुर आमाको नाउँ माका थियो जो अबीशालोमकी छोरी थिइन् ।

  • 5यहोयाकीमले राज्य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनले परमप्रभु आफ्ना परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो, त्यही गरे ।

  • 7यसरी अजर्याह आफ्ना पर्खाहरूसित सुते । तिनीहरूले तिनलाई आफ्ना पुर्खाहरूसँगै दाऊदको सहरमा गाडे । तिनको ठाउँमा तिनका छोरा योताम राजा भए ।