२ इतिहास 27:2
हरेक कुरामा आफ्ना पिता उज्जियाहको उदाहरणको अनुसरण गरेर तिनले परमप्रभुको दृष्टिमा जे असल थियो सो गरे । परमप्रभुको मन्दिरभित्र प्रवेश गर्नबाट तिनी अलग बसे । तर मानिसहरू भने अझै पनि आफ्ना दुष्ट चालमा लागिरहेका थिए ।
हरेक कुरामा आफ्ना पिता उज्जियाहको उदाहरणको अनुसरण गरेर तिनले परमप्रभुको दृष्टिमा जे असल थियो सो गरे । परमप्रभुको मन्दिरभित्र प्रवेश गर्नबाट तिनी अलग बसे । तर मानिसहरू भने अझै पनि आफ्ना दुष्ट चालमा लागिरहेका थिए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
32इस्राएलका राजा रमल्याहका छोरा पेकहको दोस्रो वर्षमा यहूदाका राजा अजर्याहका छोरा योतामले राज्य सुरु गरे ।
33तिनले राज्य गर्न सुरु गर्दा तिनी पच्चिस वर्षका थिए । तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यरूशा थियो । तिनी सादोककी छोरी थिइन् ।
34परमप्रभुको दृष्टिमा जे ठिक थियो योतामले त्यही गरे । तिनले आफ्ना पिता अजर्याहले गरेका सबै उदाहरणको अनुसरण गरे ।
35तापनि डाँडाका थानहरू हटाइएनन् । मानिसहरूले अझै पनि डाँडाका थानहरूका बलि चढाए र धूप बाले । योतामले परमप्रभुको मन्दिरको माथिल्लो मूल ढोका निर्माण गरे ।
36योतामको सम्बन्धमा भएका अरू कुराहरू र तिनले गरेका सबै कामका बारेमा ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
3उज्जियाहले राज्य गर्न सुरु गर्दा तिनी सोह्र वर्षका थिए । तिनले यरूशलेममा बाउन्न वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यकोल्याह थियो । तिनी यरूशलेमकी थिइन् ।
4तिनले हरेक कुरामा आफ्ना पिता अमस्याहको उदाहरण पच्छ्याएर परमप्रभुको दृष्टिमा जे कुरो असल थियो सो गरे ।
3आफ्ना पिता अमस्याहले गरेझैँ परमप्रभुको दृष्टिमा जे ठिक थियो, तिनले त्यही गरे ।
4तापनि डाँडाका थानहरू हटाइएनन् । मानिसहरूले अझै पनि डाँडाका थानहरूमा बलि चढाए र धूप बाले ।
5परमप्रभुले राजालाई प्रहार गर्नुभयो ताकि आफ्नो मर्ने दिनसम्म नै तिनी कुष्ठरोगी भए र बेग्लै घरमा बसे । राजाका छोरा योतामले राजमहको रेखदेख गरे र देशमा जनतामाथि राज्य गरे ।
3परमप्रभुको दृष्टिमा जे ठिक थियो, तिनले त्यही गरे, तापनि तिनका पुर्खा दाऊदले गरेझैँ भने होइन । आफ्ना पिता योआशले गरेका हरेक काम तिनले गरे ।
4तर डाँडाका थानहरू हटाइएनन् । मानिसहरूले अझै पनि डाँडाका थानहरूमा बलि चढाए र धूप बाले ।
1¶ योताम राजगद्दी आरोहण गर्दा पच्चिस वर्षका थिए; तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनकी आमाको यरूशा थियो; तिनी नाउँ सादोककी छोरी थिइन् ।
2परमप्रभुको दृष्टिमा जे ठिक थियो, तिनले त्यही गरे । तिनी आफ्ना पुर्खा दाऊदका सबै मार्गमा हिंडे, र तिनी दायाँ र बायाँ लागेनन् ।
2तिनले परमप्रभुको दृष्टिमा जे असल थियो, सो गरे, र आफ्ना पुर्खा दाऊदका चालमा हिंडे र दाहिने वा देब्रेतिर फर्केनन् ।
2तिनले परमप्रभुको दृष्टिमा जे असल थियो सो गरे, तर पूरा हृदयले होइन ।
2आफ्ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्टिमा जे असल थियो सो तिनले गरे ।
3आफ्ना पुर्खा दाऊदले गरेका सबै उदाहरणको अनुसरण गरेर परमप्रभुको दृष्टिमा जे ठिक थियो तिनले त्यही गरे ।
32तिनी आफ्ना बुबा आसाका चालमा हिंडे । तीबाट तिनी तर्केर गएनन् । परमप्रभुको दृष्टिमा जे असल थियो सो तिनले गरे ।
2योआशले सधैँ परमप्रभुको दृष्टिमा जे ठिक छ, त्यही गरे किनकि यहोयादा पुजारीले तिनलाई सल्लाह दिने गर्थे ।
43तिनी आफ्ना पिता आसाका मार्गमा हिँडे । तिनी तीबाट फर्केनन् । तिनले परमप्रभुको दृष्टिमा जे ठिक छ, त्यही गरे । तथापि डाँडाका थानहरू भने हटाइएनन् । मानिसहरूले डाँडाका थानहरूमा अझै पनि बलिदान चढाउँदै थिए, र धूप बाल्दै थिए ।
6यसरी परमप्रभु आफ्ना परमेश्वरको सामुन्ने दृढ भएर हिंडेका हुनाले योताम शक्तिशाली भए ।
7योतामको बारेमा अन्य कुराहरू, तिनका सबै युद्ध र तिनका सबै चाल, इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन् ।
8तिनी राज्य गर्न सुरु गर्दा तिनी पच्चिस वर्षका थिए । तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे ।
9योताम आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले उनलाई दाऊदको सहरमा गाडे । तिनीपछि तिनका छोरा आहाज तिनको ठाउँमा राजा भए ।
2यहोयादा पुजारीका समयभरि नै योआशले परमप्रभुको दृष्टिमा जे असल थियो सो गरे ।
11परमप्रभुको दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे । तिनले इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको कुनै पनि पापलाई छाडेनन्, तर तिनी तिनैमा हिंडे ।
1¶ आहाजले राज्य गर्न सुरु गर्दा तिनी बिस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनले आफ्ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्टिमा जे असल थियो सो गरेनन् ।
2बरू, तिनी पनि इस्राएलका राजाहरूका चालमा हिंडे । तिनले बाल देवताहरूका निम्ति ढलौटे मूर्तिहरू बनाए ।
3तिनले परमप्रभुका मन्दिरको माथिल्लो ढोकाको र्निर्माण गरे, र ओपेल डाँडामा तिनले धेरै निर्माण गरे ।
2परमप्रभुको दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे, र इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापको चामा हिंडे । अनि यहोआहाज तीबाट फर्केनन् ।
37आफ्ना पिता-पुर्खाहरूले गरेझैँ यहोयाकीमले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे ।
24परमप्रभुको दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे । इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको कुनै पनि पापबाट तिनी फर्केनन् ।
32यहोआहाजले हरेक कुरामा आफ्ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे ।
2परमप्रभुको दृष्टिमा जे खराब थियो तिनले त्यही गरे, तर आफ्ना आमाबाबुले गरेझैँ त गरेनन् । किनकि आफ्ना पिताले बनाएका बालको चोखो ढुङ्गाको मूर्तिलाई तिनले हटाए ।
3अबिया तिनको समयभन्दा अगि तिनका पिताले गरेका सबै पापमा हिँडे । तिनको ह्रदय तिनका पुर्खा दाऊदको ह्रदयजस्तै परमप्रभु तिनका परमेश्वरप्रति समर्पित भएन ।
9आफ्ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे । तिनी इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट फर्केनन् ।
2परमप्रभुको दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे । यहोयाकीमले गरेका हरेक कुरा तिनले गरे ।
2परमप्रभुले इस्राएलका मानिसहरूको सामुबाट धपाउनुभएका जातिहरूले घिनलाग्दा कुराहरू गरेजस्तै, परमप्रभुको दृष्टिमा जे खरब थियो, तिनले त्यही गरे ।
52तिनले परमप्रभुको दृष्टिमा जे खराब छ, त्यही गरे, र तिनका बुबाआमाको चालमा हिँडे अनि इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको मार्गमा हिँडे ।
9परमप्रभुले दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे । आफ्ना पिताले गरेका सबै खराब काम तिनले गरे ।
20हिजकियाले यहूदाभरि नै यसो गरे । तिनले परमप्रभु आफ्ना परमेश्वरका दृष्टिमा असल, ठिक र विश्वासयोग्य काम गरे ।
2आसाले परमप्रभु आफ्ना परमेश्वरको दृष्टिमा जे कुरा असल र ठिक थियो त्यही गरे,
2आहाजले राज्य गर्न सुरु गर्दा तिनी बिस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनका पुर्ख दाऊदले गरेझैँ परमप्रभुको दृष्टिमा जे ठिक थियो, तिनले त्यो गरेनन् ।
3बरु, तिनी इस्राएलका राजाहरूको चालमा हिंडे । वास्तवमा परमप्रभुले इस्राएलका मानिसहरूको सामुबाट धपाउनुभएका जातिहरूका घृणित अभ्यासहरूको अनुसरण गरेर तिनले आफ्नो छोरोलाई आगोमा टेकेर हिंड्न लगाए ।
28परमप्रभुको दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे । इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट तिनी फर्केनन् ।
23यसरी उज्जियाह आफ्ना पुर्खाहरूसित सुते । तिनीहरूले राजाहरूका चिहानको जमिनमा पुर्खाहरूसित गाडे, किनकि तिनीहरूले भने, “तिनी एक जना कुष्ठरोगी हुन् ।” अनि तिनीपछि तिनका छोरा योताम तिनको ठाउँमा राजा भए ।
38योताम आफ्ना पुर्खाहरूसित सुते र तिनका पुर्खा दाऊदको सहरमा तिनी आफ्ना पुर्खाहरूसँगै गाडिए । त्यसपछि तिनको ठाउँमा तिनका छोरा आहाज राजा भए ।
2तिनले परमप्रभुले इस्राएलका मानिसहरूका सामुन्नेबाट धपाउनुभएका जातिहरूका घिनलाग्दा चालहरूमा हिंडेर तिनले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे ।
24परमप्रभुको दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे । इस्राएललाई पाप गराउन लगाउने नबातका छोरा यारोबामका पापलाई तिनले छाडेनन् ।