२ राजा 23:37

अनलक शाब्दिक बाइबल

आफ्ना पिता-पुर्खाहरूले गरेझैँ यहोयाकीमले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ राजा 23:32 : 32 यहोआहाजले हरेक कुरामा आफ्ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे ।
  • २ इति 28:22-25 : 22 तिनै राजा आहाजले आफ्‍नो कष्‍टको समयमा परमप्रभुको विरुद्ध झन्‌ धेरै पाप गरे । 23 किनकि तिनले आफूलाई परास्‍त गर्ने दमस्‍कसका देवताहरूलाई बलिदान चढाए । तिनले भने, “अरामका राजाहरूका देवताहरूले उनीहरूलाई सहायता गरेका हुनाले म तिनीहरूलाई बलिदान चढाउनेछु, ताकि तिनीहरूले मलाई सहायता गरुन्‌ ।” तर तिनीहरू नै तिनको र सारा इस्राएलको पतनको कारण बने । 24 आहाजले परमप्रभुको मन्‍दिरका भाँडाकुँडाहरू जम्‍मा गरे र तिनलाई टुक्राटुक्रा बनाए । तिनले परमप्रभुको मन्‍दिरका ढोकाहरू पनि बन्‍द गरिदिए र तिनले यरूशलेमका हरेक कुनामा आफ्ना निम्ति वेदीहरू बनाए । 25 यहूदाका हरेक सहरमा अरू देवतालाई बलिदान चढाउनका निम्‍ति डाँडाहरूका थानहरू बनाए । तिनले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई क्रोधित तुल्‍याए ।
  • २ इति 33:4-9 : 4 “यरूशलेममा नै मेरो नाउँ सदासर्वदा रहनेछ” भनेर परमप्रभुले आज्ञा दिनुभए तापनि मनश्शेले परमप्रभुको मन्दिरमा वेदीहरू बनाए । 5 तिनले आकाशका सारा ताराहरूका निम्ति परमप्रभुको मन्दिरका दुवै चोकमा वेदीहरू बनाए । 6 तिनले आफ्ना छोराहरूलाई बेन-हिन्‍नोमको बेसीमा आगोमा हिंड्न लगाए । तिनले टुनामुना गरे, जोखना हेरे, मन्त्रतन्त्र गरे र मृतहरूसँग कुरा गर्नेहरू र आत्माहरूसँग कुरा गर्नेहरूसित सल्लाह लिए । मनश्शेले परमप्रभुको दृष्‍टिमा धेरै दुष्‍ट काम गरे र तिनले उहाँलाई रिस उठाए । 7 तिनले बनाएको खोपेका मूर्तिलाई तिनले परमेश्‍वरको मन्दिरभित्र राखे । यस मन्दिरको विषयमा परमप्रभुले दाऊद र तिनका छोरा सोलोमनसित बोल्‍नुभएको थियो । गहाँले यसो भन्‍नुभएको थियोः “मैले इस्राएलका सबै कुलमध्ये चुनेको यो मन्दिर र यरूशलेममा म सदासर्वदाको निम्ति मेरो नाउँ राख्नेछु । 8 इस्राएलका मानिसहरूले मेरा सबै आज्ञा मानेर मेरो दास मोशामार्फत् मैले तिनीहरूलाई दिएका सबै व्‍यवस्‍था, विधिहरू र आदेशहरू होसियारसाथ पालन गरे भने, मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट तिनीहरूलाई म फेरि पर हटाउनेछैनँ ।” 9 परमप्रभुले इस्राएलको सामुन्‍ने नाश गर्नुभएका जातिहरूले भन्दा पनि धेरै दुष्‍ट काम गर्न मनश्शेले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई अगुवाइ गरे । 10 मनश्शे र तिनका मानिसहरूसित परमप्रभु बोल्नुभयो, तर तिनीहरूले ध्‍यान नै दिएनन् ।
  • २ इति 33:22-23 : 22 तिनका पिता मनश्शेले गरेझैं तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे । तिनले आफ्ना पिता मनश्शेले बनाएका सबै मूर्तिमा बलिदान चढाए र तिनको पुजा गरे । 23 आफ्ना पिता मनश्शेले गरेझैं तिनले परमप्रभुको सामुन्‍ने आफैलाई विनम्र पारेनन् । यसरी तिनी झन् बढी अनाज्ञाकारी भए ।
  • यिर्मि 22:13-17 : 13 जसले आफ्नो घर अधार्मिकता, आफ्ना माथिल्ला कोठाहरू अन्यायले बनाउँछ, जसले आफ्नो छिमेकीलाई सित्तैमा काम लगाउँछ, अनि जसले उसलाई ज्याला दिंदैन, त्‍यसलाई धिक्‍कार छ । 14 उसले भन्छ, 'आफ्नो निम्ति माथिल्ला कोठाहरू फराकिलो भएको एउटा ठुलो महल म बनाउनेछु ।' त्यसले उसले त्‍यसको निम्‍ति ठुला-ठुला झ्यालहरू बनाउँछ र त्‍यसमा देवदारुका पल्लाहरू हाल्‍छ अनि उसले त्‍यसमा रातो रङ लगाऊँछ । 15 के यही कुराले तँलाई असल राजा बनाउँछन्, कि तैंले देवदारुका फल्याकहरू पाउने इच्‍छा गरिस्? तेरा बाबुले पनि खाए र पिए, तापनि न्याय र धार्मिकता कायम राखे, होइन र? त्यसको लागि असल कुराहरू नै भए । 16 उसले गरिबहरू र खाँचोमा परेकाहरूको पक्षमा न्याय गर्‍यो । त्यस बेला राम्रै भएको थियो । के मलाई चिन्‍नुको अर्थ यही होइन र? यो परमप्रभुको घोषणा हो । 17 तर तेरो दृष्‍टि र हृदयमा बेइमान नाफा कमाउनु, निर्दोषहरूको रगत बगाउनु, अरूहरूलाई थिचोमिचो र अत्याचार गरेर कमाउनुबाहेक अरू केही छैन ।
  • यिर्मि 26:20-23 : 20 त्यसै बेला त्यहाँ परमप्रभुको नाउँमा अगमवाणी बोल्ने अर्का मानिस, किर्यत-यारीमा बस्‍ने शमायाहका छोरा उरियाह पनि थिए । यर्मियाका वचनहरूसित सहमत हुने गरी तिनले पनि यस सहर र यस देशको विरुद्धमा अगमवाणी बोले । 21 तर जब राजा यहोयाकीम, तिनका सबै सिपाही र अधिकारीहरूले तिनको वचन सुने, तब राजाले तिनलाई मार्न खोजे, तर उरियाहले यो कुरा सुने र तिनी डराए । त्यसैले तिनी भागे र मिश्रमा गए । 22 तब राजा यहोयाकीमले मिश्रमा अक्बोरका छोरा एल्नातान र त्यसका साथमा केही मानिसहरू उरियाहको पछिपछि मिश्रमा पठाए । 23 तिनीहरूले उरियाहलाई मिश्रबाट ल्‍याए र तिनलाई राजा यहोयाकीमकहाँ ल्याए । तब यहोयाकीमले तिनलाई तरवारले मारे, र तिनको लाशलाई साधारण मानिसका लाशहरू भएको ठाउँमा पठाए ।
  • यिर्मि 36:23-26 : 23 जब यहूदीले तिन वा चार खण्ड पढेर सकेका मात्र थिए, राजाले चक्‍कूले ती काटे र जम्मै मुट्ठो नष्‍ट नभएसम्म त्‍यसलाई बलिरहेको मकलमा फाले । 24 तर यी वचन सुन्‍ने न राजा न तिनका अधिकारीहरू डराए, न त तिनीहरूले आफ्ना लुगा नै च्याते । 25 एल्नातान, दलायाह र गमर्याहले राजालाई मुट्ठो नजलाउन बिन्ती गरेका पनि थिए तर तिनले उनीहरूका कुरा सुनेनन् । 26 तब राजाले एक जना आफन्त यरहमेल, अज्रीएलका छोरा सरायाह र अबदीलका छोरा शेलेम्याहलाई सचिव बारूक र यर्मिया अगमवक्तालाई गिरफ्‍तार गर्ने हुकुम गरे, तर परमप्रभुले तिनीहरूलाई लुकाउनुभएको थियो ।
  • यिर्मि 36:31 : 31 किनकि तिमीहरू सबैले गरेका अधर्मको दण्‍ड म तेरा सन्तानहरू र तेरा सेवकहरूलाई दिनेछु । तँ, यरूशलेमका सबै बासिन्‍दा र यहूदामा भएका हरेक व्यक्तिमाथि मैले ल्याउनेछु भनी घोषणा गरेका सबै विपत्ति म ल्याउनेछु, तर तैंले त्‍यसमा ध्यानै दिइनस्' ।”
  • यहे 19:5-9 : 5 त्‍यसले ऊ फर्केर आउँछ कि भनी आशा गरे तापनि आफ्‍नो आशा खेर गएको देखी । यसैले त्यसले आफ्नो अर्को डमरुलाई लिएर र त्यसलाई जवान सिंह हुनलाई हुर्काई । 6 त्यो जवान सिंह अरू सिंहहरूका माझमा यताउता हिंड्‌डुल गर्न लाग्‍यो । त्‍यो एउटा बलियो जवान सिंह भएको थियो र त्‍यसले शिकारलाई फहराउन सिक्‍यो । त्‍यसले मानिसहरूलाई खान लाग्‍यो । 7 त्‍यसले तिनीहरूका विधवाहरूलाई कब्जा गर्‍यो र तिनीहरूका सहरहरू उजाड पार्‍यो । त्‍यो गर्जेको आवाजले त्यो देश र त्‍यसको पूर्णतालाई त्यागियो । 8 तर छेउछाउका इलाकाबाट जातिहरू त्‍यसको विरुद्धमा आए । तिनीहरूले त्‍यसमाथि पासो थापे । तिनीहरूको पासोमा त्‍यो पर्‍यो । 9 अङ्‌कुसेले समातेर तिनीहरूले त्‍यसलाई एउटा खोरमा हाले, र तिनीहरूले त्‍यसलाई बेबिलोनको राजाकहाँ लगे । तिनीहरूले त्‍यसलाई किल्लाहरूमा ल्याए ताकि इस्राएलका डाँडाहरूमा त्‍यसको आवाज फेरि कहिल्‍यै सुनिनेछैन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ राजा 23:31-32
    2 पदहरू
    91%

    31यहोआहाजले राज्‍य गर्न सुरु गर्दा तिनी तेइस वर्षका थिए, र तिनले यरूशलेममा तिन महिना राज्य गरे । तिनकी आमाको नाउँ हमुतल थियो । उनी लिब्नाकी यर्मियाकी छोरी थिइन् ।

    32यहोआहाजले हरेक कुरामा आफ्ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे ।

  • 9परमप्रभुले दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । आफ्ना पिताले गरेका सबै खराब काम तिनले गरे ।

  • 19परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । यहोयाकीमले गरेका सबै खराब काम तिनले गरे ।

  • यिर्मि 52:1-2
    2 पदहरू
    87%

    1¶ सिदकियाहले राज्‍य गर्न सुरु गर्दा तिनी एक्‍काइस वर्षका थिए । तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनकी आमाको नाउँ हमुतल थियो । उनी लिब्नाका यर्मियाकी छोरी थिइन् ।

    2परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । यहोयाकीमले गरेका हरेक कुरा तिनले गरे ।

  • 5यहोयाकीमले राज्य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनले परमप्रभु आफ्ना परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो, त्यही गरे ।

  • २ राजा 21:20-21
    2 पदहरू
    80%

    20तिनका पिता मनश्शेले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे ।

    21आमोनले आफ्‍ना पिताका सबै चालको अनुसरण गरे र आफ्‍ना पिताले पुजेका मूर्तिहरूको पुजा गरे र तिनीहरूका सामु निहुरे ।

  • 36यहोयाकीमले राज्‍य सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनकी आमाको नाउँ जबीदा थियो । उनी रूमाकी पदायाहकी छोरी थिइन् ।

  • १ राजा 22:52-53
    2 पदहरू
    80%

    52तिनले परमप्रभुको दृष्टिमा जे खराब छ, त्यही गरे, र तिनका बुबाआमाको चालमा हिँडे अनि इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको मार्गमा हिँडे ।

    53तिनले आफ्ना पिताले गरेझैँ बालको सेवा गरे, त्यसको पुजा गरे अनि इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाए ।

  • 2परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे, र इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापको चामा हिंडे । अनि यहोआहाज तीबाट फर्केनन् ।

  • २ इति 36:8-9
    2 पदहरू
    78%

    8यहोयाकीमको राजकालका अरू घटनाहरू, र तिनले गरेका घिनलाग्दा कामहरू, र तिनको विरुद्ध पाइएका कुराहरू यहूदा र इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् । त्यसपछि तिनको ठाउँमा तिनका छोरा यहोयाकीन राजा भए ।

    9यहोयाकीन ले राज्य गर्न सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा तीन महिना दश दिन राज्य गरे । तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो, त्यही गरे ।

  • २ इति 36:11-12
    2 पदहरू
    77%

    11सिदकियाहले राज्य गर्न सुरु गर्दा तिनी एक्‍काइस वर्षका थिए । तिनले यरूशलेममा एघार वर्ष राज्य गरे ।

    12तिनले परमप्रभु तिनका परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो त्यही गरे । परमप्रभुको वचन बोल्ने यर्मिया अगमवक्ताको सामु तिनले आफैलाई विनम्र पारेनन् ।

  • 9आफ्ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । तिनी इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट फर्केनन् ।

  • 2परमप्रभुले इस्राएलका मानिसहरूको सामुबाट धपाउनुभएका जातिहरूले घिनलाग्दा कुराहरू गरेजस्‍तै, परमप्रभुको दृष्‍टिमा जे खरब थियो, तिनले त्यही गरे ।

  • 2परमप्रभुको दृष्‍टिमा जे खराब थियो तिनले त्यही गरे, तर आफ्ना आमाबाबुले गरेझैँ त गरेनन् । किनकि आफ्ना पिताले बनाएका बालको चोखो ढुङ्गाको मूर्तिलाई तिनले हटाए ।

  • 11परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । तिनले इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको कुनै पनि पापलाई छाडेनन्, तर तिनी तिनैमा हिंडे ।

  • 2परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तिनले त्यही गरे । तिनी आफ्ना पुर्खा दाऊदका सबै मार्गमा हिंडे, र तिनी दायाँ र बायाँ लागेनन् ।

  • 2तिनले परमप्रभुले इस्राएलका मानिसहरूका सामुन्‍नेबाट धपाउनुभएका जातिहरूका घिनलाग्दा चालहरूमा हिंडेर तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे ।

  • 3आफ्ना पुर्खा दाऊदले गरेका सबै उदाहरणको अनुसरण गरेर परमप्रभुको दृष्‍टिमा जे ठिक थियो तिनले त्यही गरे ।

  • 34परमप्रभुको दृष्‍टिमा जे ठिक थियो योतामले त्यही गरे । तिनले आफ्ना पिता अजर्याहले गरेका सबै उदाहरणको अनुसरण गरे ।

  • 3आफ्ना पिता अमस्याहले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तिनले त्यही गरे ।

  • 2आफ्‍ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्‍टिमा जे असल थियो सो तिनले गरे ।

  • २ राजा 24:5-6
    2 पदहरू
    75%

    5यहोयाकीमका सम्‍बन्‍धमा भएका अरू कुराहरू, र तिनका सबै कामका बारेमा के ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

    6यहोयाकीम आफ्ना पुर्खाहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा यहोयाकीन राजा भए ।

  • 3परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तिनले त्यही गरे, तापनि तिनका पुर्खा दाऊदले गरेझैँ भने होइन । आफ्ना पिता योआशले गरेका हरेक काम तिनले गरे ।

  • 24परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको कुनै पनि पापबाट तिनी फर्केनन् ।

  • 2तिनले परमप्रभुको दृष्‍टिमा जे असल थियो, सो गरे, र आफ्ना पुर्खा दाऊदका चालमा हिंडे र दाहिने वा देब्रेतिर फर्केनन् ।

  • 22यहूदाले परमप्रभुको दृष्टिमा जे खराब छ त्यही गरे । तिनीहरूका पिता-पुर्खाहरूले गरेका पापभन्दा बढी पाप गरेर तिनीहरूले उहाँलाई डाही तुल्याए ।

  • २ इति 22:3-4
    2 पदहरू
    74%

    3तिनी पनि आहाबको घरानाका चालमा हिंडे, किनकि दुष्‍ट कुराहरू गर्नलाई तिनकी आमा सल्‍लाहकार थिइन् ।

    4आहाबको घरानाले गरेझैं अहज्याहले परमप्रभुको दृष्‍टिमा जे खराब थियो सो गरे, किनकि तिनका बुबाको मृत्‍युपछि तिनीहरू नै तिनको पतन गराउने सल्‍लाहकारहरू थिए ।

  • 24परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । इस्राएललाई पाप गराउन लगाउने नबातका छोरा यारोबामका पापलाई तिनले छाडेनन् ।

  • 2हरेक कुरामा आफ्ना पिता उज्‍जियाहको उदाहरणको अनुसरण गरेर तिनले परमप्रभुको दृष्‍टिमा जे असल थियो सो गरे । परमप्रभुको मन्‍दिरभित्र प्रवेश गर्नबाट तिनी अलग बसे । तर मानिसहरू भने अझै पनि आफ्‍ना दुष्‍ट चालमा लागिरहेका थिए ।

  • 27अहज्याह आहाबको घरानाका चालमा हिंडे । आहाबको घरानाले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे किनकि अहज्याह आहाबको घरानाका ज्वाइँ थिए ।

  • 6आहाबका घरानाले गरेझैं तिनी इस्राएलका राजाहरूका चालमा हिंडे, किनकि तिनले आहाबकी छोरीलाई आफ्‍नी पत्‍नीको रूपमा ल्याए, र तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो सो गरे ।

  • 26तिनले परमप्रभुको दृष्टिमा जे खराब छ, त्यही गरे, र आफ्ना पिताको चालमा हिँडे । तिनी आफ्नै पापमा हिँडे र इस्राएललाई पनि पाप गर्न लगाए । इस्साखारको घरानाका

  • 3अबिया तिनको समयभन्दा अगि तिनका पिताले गरेका सबै पापमा हिँडे । तिनको ह्रदय तिनका पुर्खा दाऊदको ह्रदयजस्तै परमप्रभु तिनका परमेश्वरप्रति समर्पित भएन ।

  • 28परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट तिनी फर्केनन् ।

  • 18परमप्रभुको दृष्‍टिमा जे खराब थियो तिनले त्यही गरे । आफ्नो जीवनकालभरि तिनी इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट फर्केनन् ।

  • 4तिनले हरेक कुरामा आफ्‍ना पिता अमस्‍याहको उदाहरण पच्छ्याएर परमप्रभुको दृष्‍टिमा जे कुरो असल थियो सो गरे ।

  • 2परमप्रभुको दृष्‍टिमा जे खराब थियो तिनले त्यही गरे, तापनि तिनीभन्दा अगिका इस्राएलका राजाहरूले जस्तै भने होइन ।

  • 22तिनका पिता मनश्शेले गरेझैं तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे । तिनले आफ्ना पिता मनश्शेले बनाएका सबै मूर्तिमा बलिदान चढाए र तिनको पुजा गरे ।

  • 1¶ आहाजले राज्य गर्न सुरु गर्दा तिनी बिस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे । तिनले आफ्‍ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्‍टिमा जे असल थियो सो गरेनन्‌ ।

  • 1¶ यहोयाकीमको समयमा बेबिलोनका राजा नबूकदनेसरले यहूदालाई आक्रमण गरे । तिन वर्षसम्म यहोयाकीम तिनका सेवक भए । त्यसपछि यहोयाकीम फर्किए र नबूकदनेसरको विरुद्धमा विद्रोह गरे ।

  • 32तिनी आफ्‍ना बुबा आसाका चालमा हिंडे । तीबाट तिनी तर्केर गएनन्‌ । परमप्रभुको दृष्‍टिमा जे असल थियो सो तिनले गरे ।

  • 18आहाबको घरानाले गरेझैँ, यहोराम इस्राएलका राजाहरूका चालमा हिंडे किनकि तिनले आहाबकी छोरीलाई विवाह गरेका थिए, र परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही तिनले गरे ।