२ राजा 14:3

अनलक शाब्दिक बाइबल

परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तिनले त्यही गरे, तापनि तिनका पुर्खा दाऊदले गरेझैँ भने होइन । आफ्ना पिता योआशले गरेका हरेक काम तिनले गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ राजा 11:4 : 4 किनकि जब सोलोमन वृद्ध भए तिनका पत्नीहरूले तिनको ह्रदयलाई अन्य देवताहरूतर्फ फर्काइदिए । तिनको ह्रदय तिनका पिता दाऊदको ह्रदयजस्तै परमप्रभु तिनका परमेश्वरतर्फ पूर्ण रूपमा समर्पित भएन ।
  • १ राजा 15:3 : 3 अबिया तिनको समयभन्दा अगि तिनका पिताले गरेका सबै पापमा हिँडे । तिनको ह्रदय तिनका पुर्खा दाऊदको ह्रदयजस्तै परमप्रभु तिनका परमेश्वरप्रति समर्पित भएन ।
  • २ राजा 12:2 : 2 योआशले सधैँ परमप्रभुको दृष्‍टिमा जे ठिक छ, त्यही गरे किनकि यहोयादा पुजारीले तिनलाई सल्‍लाह दिने गर्थे ।
  • २ इति 24:2 : 2 यहोयादा पुजारीका समयभरि नै योआशले परमप्रभुको दृष्‍टिमा जे असल थियो सो गरे ।
  • २ इति 24:17 : 17 यहोयादाको मृत्युपछि यहूदाका अधिकारीहरू राजाकहाँ आएर आदर देखाए । तब राजाले तिनीहरूका कुरा सुने ।
  • २ इति 25:2-3 : 2 तिनले परमप्रभुको दृष्‍टिमा जे असल थियो सो गरे, तर पूरा हृदयले होइन । 3 अनि यस्‍तो भयो, जब तिनको शासन राम्ररी स्थापित भयो, तब तिनले आफ्‍ना बुबा राजाको हत्‍या गरेका अधिकारीहरूलाई मारे ।
  • २ इति 25:14-16 : 14 अब यस्‍तो भयो, एदोमीहरूलाई परास्‍त गरेर फर्केपछि अमस्‍याहले सेइरका मानिसहरूका देवताहरू ल्‍याए र ती आफ्‍नै देवताका रूपमा स्थापना गरे । तिनीहरूका सामु तिनी घोप्‍टो परे, र तिनीहरूलाई धूप बाले । 15 यसैले अमस्‍याहको विरुद्धमा परमप्रभुको क्रोध दन्‍कियो । उहाँले एक जना अगमवक्ता पठाउनुभयो, जसले भने, “आफ्‍नै भक्तहरूलाई त तपाईंको हातदेखि बचाउन नसक्‍ने देवताहरूको खोजी तपाईं किन गर्नुभयो?” 16 यस्‍तो भयो, जब अगमवक्ता तिनीसित बोलिरहेका थिए, तब राजाले तिनलाई भने, “के हामीले तिमीलाई राजाका सल्‍लाहकार बनएका छौं र? चूप लाग । तँ किन मारिने?” तब अगमवक्ता चूप लागे र भने, “मलाई थाहा छ कि तपाईंले यो काम गरेर मेरो सल्‍लाह नसुन्‍नुभएको हुनाले परमेश्‍वरले तपाईंलाई नाश गर्ने निर्णय गर्नुभएको छ ।”
  • यिर्मि 16:19 : 19 हे परमप्रभु, तपाईं मेरो किल्ला र मेरो शरणस्थान, सङ्कष्‍टको दिनमा मेरो सुरक्षाको स्थान हुनुहुन्छ । पृथ्वीका कुनाबाट जातिहरू तपाईंकहाँ आउनेछन् र भन्‍नेछन्, “निश्‍चय नै हाम्रा पुर्खाहरूले छललाई अधिकार गरे । तिनीहरू रित्ता छन् । तिनीहरूमा कुनै लाभ छैन ।
  • जक 1:4-6 : 4 तिमीहरूका पिता-पुर्खाहरूझैँ नहोओ जसलाई अगमवक्ताहरूले यस्तो भनेका थिए, “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: तिमीहरूका खराब मार्गहरू र दुष्‍ट कामहरूबाट फर्क!” तर तिनीहरूले सुनेनन् र मलाई ध्यान दिएनन् - परमप्रभु घोषणा गर्नुहुन्छ ।’” 5 तिमीहरूका पिता-पुर्खाहरू कहाँ छन्? अगमवक्ताहरू कहाँ छन्, के तिनीहरूयहाँ सधैँ रहन्छन्? 6 तर मैले मेरा दास अगमवक्ताहरूलाई आज्ञा गरेका मेरा वचन र निर्णयहरूले के तिमीहरूका पिता-पुर्खाहरूलाई उछिनेकाछैनन् र? यसैकारण तिनीहरूले पाश्‍चाताप गरे र भने, ‘हाम्रा चाल र कामहरूअनुसारसुहाउँदो सेनाहरूका परमप्रभुले हामीसँग जस्तो व्यवहार गर्ने योजना गर्नुभयो, उहाँले हामीसित त्यस्तै गर्नुभएको छ ।’”
  • १ पत्रु 1:18 : 18 तिमीहरूलाई थाहा छ, कि तिमीहरूले तिमीहरूका सांसारिक पिताहरूबाट सिकेका मूर्ख बानीहरूबाट नष्‍ट भएर जाने चाँदी वा सुनबाट छुटकारा पाएका होइनौ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ राजा 15:3-4
    2 पदहरू
    88%

    3आफ्ना पिता अमस्याहले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तिनले त्यही गरे ।

    4तापनि डाँडाका थानहरू हटाइएनन् । मानिसहरूले अझै पनि डाँडाका थानहरूमा बलि चढाए र धूप बाले ।

  • २ इति 24:1-4
    4 पदहरू
    85%

    1¶ योआशले राज्य गर्न सुरु गर्दा तिनी सात वर्षका थिए । तिनले यरूशलेममा चालीस वर्ष राज्य गरे । तिनकी आमा बेर्शेबाकी सिब्या थिइन् ।

    2यहोयादा पुजारीका समयभरि नै योआशले परमप्रभुको दृष्‍टिमा जे असल थियो सो गरे ।

    3यहोयादाले तिनका निम्ति दुई वटी पत्‍नी ल्याएदिए, र तिनी छोराछोरीका पिता भए ।

    4यसपछि यस्‍तो भयो, योआशले परमप्रभुको मन्दिरको पुननिर्माण गर्ने निर्णय गरे ।

  • २ राजा 12:1-3
    3 पदहरू
    85%

    1¶ येहूको सातौँ वर्षमा योआशले राज्‍य गर्न थाले । तिनले यरूशलेममा चालिस वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ सिब्या थियो, जो बेर्शेबाकी थिइन् ।

    2योआशले सधैँ परमप्रभुको दृष्‍टिमा जे ठिक छ, त्यही गरे किनकि यहोयादा पुजारीले तिनलाई सल्‍लाह दिने गर्थे ।

    3तर डाँडाका थानहरू भने हटाइएनन् । मानिसहरूले अझै पनि डाँडाका थानहरूमा बलिदान चढाए र धूप बाले ।

  • 3आफ्ना पुर्खा दाऊदले गरेका सबै उदाहरणको अनुसरण गरेर परमप्रभुको दृष्‍टिमा जे ठिक थियो तिनले त्यही गरे ।

  • 34परमप्रभुको दृष्‍टिमा जे ठिक थियो योतामले त्यही गरे । तिनले आफ्ना पिता अजर्याहले गरेका सबै उदाहरणको अनुसरण गरे ।

  • २ इति 27:1-2
    2 पदहरू
    82%

    1¶ योताम राजगद्दी आरोहण गर्दा पच्‍चिस वर्षका थिए; तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे । तिनकी आमाको यरूशा थियो; तिनी नाउँ सादोककी छोरी थिइन् ।

    2हरेक कुरामा आफ्ना पिता उज्‍जियाहको उदाहरणको अनुसरण गरेर तिनले परमप्रभुको दृष्‍टिमा जे असल थियो सो गरे । परमप्रभुको मन्‍दिरभित्र प्रवेश गर्नबाट तिनी अलग बसे । तर मानिसहरू भने अझै पनि आफ्‍ना दुष्‍ट चालमा लागिरहेका थिए ।

  • 4तिनले हरेक कुरामा आफ्‍ना पिता अमस्‍याहको उदाहरण पच्छ्याएर परमप्रभुको दृष्‍टिमा जे कुरो असल थियो सो गरे ।

  • 2परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तिनले त्यही गरे । तिनी आफ्ना पुर्खा दाऊदका सबै मार्गमा हिंडे, र तिनी दायाँ र बायाँ लागेनन् ।

  • 2तिनले परमप्रभुको दृष्‍टिमा जे असल थियो, सो गरे, र आफ्ना पुर्खा दाऊदका चालमा हिंडे र दाहिने वा देब्रेतिर फर्केनन् ।

  • 32तिनी आफ्‍ना बुबा आसाका चालमा हिंडे । तीबाट तिनी तर्केर गएनन्‌ । परमप्रभुको दृष्‍टिमा जे असल थियो सो तिनले गरे ।

  • 4तर डाँडाका थानहरू हटाइएनन् । मानिसहरूले अझै पनि डाँडाका थानहरूमा बलि चढाए र धूप बाले ।

  • २ राजा 13:9-12
    4 पदहरू
    80%

    9यसरी यहोआहाज आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई सामरियामा गाडे । तिनको ठाउँमा तिनका छोरा यहोआश राजा भए ।

    10यहूदाका राजा योआशको सैँतिसौँ वर्षमा यहोआहाजका छोरा यहोआशले सामरियामा बसेर इस्राएलमाथि राज्‍य गर्न थाले । तिनले सोह्र वर्ष राज्य गरे ।

    11परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । तिनले इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको कुनै पनि पापलाई छाडेनन्, तर तिनी तिनैमा हिंडे ।

    12यहोआश, तिनले गरेका सबै कामहरू र कसरी तिनको शक्ति जसद्वारा तिनले यहूदाका राजा अमस्याहको विरुद्धमा लडे भन्‍ने बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

  • 2आफ्‍ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्‍टिमा जे असल थियो सो तिनले गरे ।

  • 2तिनले परमप्रभुको दृष्‍टिमा जे असल थियो सो गरे, तर पूरा हृदयले होइन ।

  • 11आसाले तिनका पुर्खा दाऊदले परमप्रभुको दृष्टिमा जे ठिक छ, त्यही गरे ।

  • 43तिनी आफ्ना पिता आसाका मार्गमा हिँडे । तिनी तीबाट फर्केनन् । तिनले परमप्रभुको दृष्टिमा जे ठिक छ, त्यही गरे । तथापि डाँडाका थानहरू भने हटाइएनन् । मानिसहरूले डाँडाका थानहरूमा अझै पनि बलिदान चढाउँदै थिए, र धूप बाल्दै थिए ।

  • 2आसाले परमप्रभु आफ्‍ना परमेश्‍वरको दृष्‍टिमा जे कुरा असल र ठिक थियो त्‍यही गरे,

  • 3अबिया तिनको समयभन्दा अगि तिनका पिताले गरेका सबै पापमा हिँडे । तिनको ह्रदय तिनका पुर्खा दाऊदको ह्रदयजस्तै परमप्रभु तिनका परमेश्वरप्रति समर्पित भएन ।

  • 32यहोआहाजले हरेक कुरामा आफ्ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे ।

  • 2परमप्रभुको दृष्‍टिमा जे खराब थियो तिनले त्यही गरे, तर आफ्ना आमाबाबुले गरेझैँ त गरेनन् । किनकि आफ्ना पिताले बनाएका बालको चोखो ढुङ्गाको मूर्तिलाई तिनले हटाए ।

  • २ राजा 13:1-2
    2 पदहरू
    76%

    1¶ यहूदाका राजा अहज्याहका छोरा योआशको तेइसौँ वर्षमा येहूका छोरा यहोआहाजले सामरियामा बसेर इस्राएलमाथि राज्‍य गर्न थाले । तिनले सत्र वर्ष राज्य गरे

    2परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे, र इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापको चामा हिंडे । अनि यहोआहाज तीबाट फर्केनन् ।

  • 1¶ आहाजले राज्य गर्न सुरु गर्दा तिनी बिस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे । तिनले आफ्‍ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्‍टिमा जे असल थियो सो गरेनन्‌ ।

  • 37आफ्ना पिता-पुर्खाहरूले गरेझैँ यहोयाकीमले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे ।

  • 9परमप्रभुले दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । आफ्ना पिताले गरेका सबै खराब काम तिनले गरे ।

  • 4बरू, तिनले आफ्‍ना पिताका परमेश्‍वरमा भरोसा गरे, र तिनका आज्ञाहरूमा चले, इस्राएलका व्‍यवहारअनुसार होइन ।

  • 11यहोशापातका छोरा यहोराम थिए । यहोरामका छोरा अहज्‍याह थिए । अहज्याहका छोरा योआश थिए ।

  • २ राजा 14:15-16
    2 पदहरू
    73%

    15यहोआश, तिनले गरेका सबै काम, तिनको शक्ति र कसरी तिनले यहूदाका राजा अमस्याहसित लडे भन्‍ने बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

    16तब यहोआश आफ्ना पुर्खाहरूसित सुते, र इस्राएलका राजाहरूसँगै सामरियाम गाडिए, अनि तिनको ठाउँमा तिनका छोरा यारोबाम राजा भए ।

  • 2तिनले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्तिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यहोअदीन थियो जो यरूशलेमकी थिइन् ।

  • 24परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको कुनै पनि पापबाट तिनी फर्केनन् ।

  • 52तिनले परमप्रभुको दृष्टिमा जे खराब छ, त्यही गरे, र तिनका बुबाआमाको चालमा हिँडे अनि इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको मार्गमा हिँडे ।

  • 9आफ्ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । तिनी इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट फर्केनन् ।

  • 22यसरी किसिमले, योआश राजाले जकरियाका बुबा यहोयादाले आफूप्रति गरेको दयालाई बेवास्‍ता गरे । बरु, यहोयादाका छोरालाई मारे । जब जकरियाको मृत्‍यु हुन लागेको थियो, तब तिनले यसो भने, “परमप्रभुले यो देख्‍नुभएको होस् र तिमीहरूका लेखा लिनुभएको होस् ।”

  • 19योशाश, तिनले गरेका अरू कामहरूका बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

  • 20हिजकियाले यहूदाभरि नै यसो गरे । तिनले परमप्रभु आफ्ना परमेश्‍वरका दृष्‍टिमा असल, ठिक र विश्‍वासयोग्य काम गरे ।

  • २ राजा 16:2-3
    2 पदहरू
    72%

    2आहाजले राज्‍य गर्न सुरु गर्दा तिनी बिस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनका पुर्ख दाऊदले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तिनले त्‍यो गरेनन् ।

    3बरु, तिनी इस्राएलका राजाहरूको चालमा हिंडे । वास्तवमा परमप्रभुले इस्राएलका मानिसहरूको सामुबाट धपाउनुभएका जातिहरूका घृणित अभ्यासहरूको अनुसरण गरेर तिनले आफ्नो छोरोलाई आगोमा टेकेर हिंड्‍न लगाए ।

  • 20तिनका पिता मनश्शेले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे ।

  • 2परमप्रभुको दृष्‍टिमा जे खराब थियो तिनले त्यही गरे, तापनि तिनीभन्दा अगिका इस्राएलका राजाहरूले जस्तै भने होइन ।