१ राजा 13:9

अनलक शाब्दिक बाइबल

किनकि परमप्रभुले आफ्नो वचनद्वारा मलाई आज्ञा दिनुभएको छ, 'तैँले त्यहाँ रोटी नखानू, न त पानी पिउनू, न तँ आएको बाटो फर्केर जानू' ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 16:26 : 26 तिनले समुदायलाई यसो भने, “यी दुष्‍टहरूका पालहरूबाट हट र तिनीहरूको कुनै पनि कुरा नछोओ नत्रता तिनीहरूका सबै पापद्वारा नष्‍ट हुनेछौ ।”
  • व्यव 13:13-18 : 13 केही दुष्‍ट मित्रहरू तिमीहरूबाट तर्केर गई तिमीहरूको सहरका बासिन्दाहरूलाई 'तिमीहरूले नचिनेका अन्य देवताहरूको पुजा गरौँ' भनेको तिमीहरूले सुन्यौ भने 14 तिमीहरूले गम्भीर रूपमा साक्षीको जाँच गर्नू; अनुसन्धान गर्नू अनि केरकार गर्नू । तिमीहरूका बिचमा यस्तो घृणित कुरो भएको रहेछ भनी तिमीहरूले पक्‍का गर्‍यौ भने तिमीहरूले कारवाही अगाडि बढाउनू । 15 तिमीहरूले तरवारले त्यस सहरका बासिन्दाहरूलाई आक्रमण गरी त्यसलाई पूर्ण रूपमा नष्‍ट गरिदिनू अनि त्यहाँ भएका सबै मानिसलगायत तिनीहरूका गाईवस्तु सबैलाई तरवारले नष्‍ट पार्नू । 16 तिमीहरूले लुटका सबै माल सडकको बिचमा जम्मा गरी परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु ती मालसमेत सहरलाई जलाइदिनू । त्यो सहर सदाको लागि भग्‍नावशेषको थुप्रो हुने छ । यसलाई फेरि कहिल्यै पुनर्निर्माण नगरियोस् । 17 विनाशको लागि अलग गरिएको कुनै पनि थोक तिमीहरूको हातमा नहोस् ताकि परमप्रभुको क्रोध शान्त होस् जसले तिमीहरूलाई दया देखाउनुहुन्छ, तिमीहरूलाई टिठ्याउनुहुन्छ र तिमीहरूलाई पिता-पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएमुताबिक सङ्ख्यामा वृद्धि गराउनुहुन्छ । 18 आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञा पालन गर्न र परमप्रभुको दृष्‍टिमा जे ठिक छ त्यही गर्न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाज सुनेकाले उहाँले यसो गर्नुहुने छ ।
  • १ शमू 15:22 : 22 शमूएलले जवाफ दिए, “परमप्रभुको आज्ञापालन गर्दाझैं होमबलिहरू र बलिदानहरूमा परमप्रभु प्रशन्‍न हुनुहुन्छ र? आज्ञा पालन बलिदान भन्दा उत्तम हो र सुन्‍नुचाहिं भेडाको बोसो भन्दा उत्तम हो ।
  • १ राजा 13:1 : 1 ¶ परमप्रभुको वचनद्वारा परमेश्वका जन बेथेलमा आए । यारोबाम धूप बाल्नलाई वेदीनेर उभिरहेका थिए ।
  • १ राजा 13:21-22 : 21 तिनले यहूदबाट आएका परमेश्वरका जनलाई यसो भनेर कराए, “परमप्रभु भन्नुहुन्छ, 'तँ परमप्रभुको वचनप्रति अनाज्ञाकारी भएकोले र परमप्रभुले तँलाई दिनुभएको वचन पालन नगरी 22 फर्केर आई यस ठाउँमा रोटी खाएकोले र पानी पिएकोले तेरो शरीरलाई तेरा पित्रहरूको चिहानमा गाडिने छैन किनकि तैँले परमप्रभुले मनाही गर्नुभएको ठाउँमा रोटी खाइस् र पानी पिइस्' ।”
  • अय्यू 23:12 : 12 उहाँको मुखबाट निस्केको आज्ञाबाट म फर्केको छैनँ । मेरो खानाको भागभन्‍दा बढी मैले उहाँको मुखका वचनहरूलाई सञ्चय गरेको छु ।
  • भजन 141:4 : 4 मेरो हृदयले कुनै कराब कुराको इच्‍छा नगरोस् वा दुष्‍ट किसिमले व्‍यवहार गर्ने मानिसहरूका पापपूर्ण कामहरूमा सहभागी नहोस् । तिनीहरूका कुनै स्वादिष्‍ट कुराहरू मैले खान नपरोस् ।
  • यूह 13:17 : 17 यदि तिमीहरूले यी कुराहरू जान्यौ, र ती गर्‍यौ भने तिमीहरू धन्यका हुनेछौ ।
  • यूह 15:9-9 : 9 जसरी पिताले मलाई प्रेम गर्नुभएको छ, त्यसरी नै मैले पनि तिमीहरूलाई प्रेम गरेको छु; मेरो प्रेममा रहो । 10 तिमीहरूले मेरा आज्ञाहरू पालन गर्छौ भने जसरी मैले मेरा पिताको आज्ञा पालन गरेको छु र उहाँको प्रेममा रहेको छु, त्यसरी नै तिमीहरू मेरो प्रेममा रहनेछौ ।
  • यूह 15:14 : 14 यदि तिमीहरूले मैले आज्ञा गरेका कुराहरू गर्छौ भने तिमीहरू मेरा मित्रहरू हौ ।
  • रोमी 16:17 : 17 अब भाइ हो, जसले विभाजन र बाधा खडा गर्छन् तिनीहरूको बारेमा विचार गर्न म तिमीहरूलाई आग्रह गर्छु । तिनीहरू तिमीहरूले सिकेका शिक्षाभन्दा बाहिर गइरहेका छन् । तिनीहरूदेखि टाढा बस ।
  • १ कोरि 5:11 : 11 तर अहिले आफैलाई प्रभुमा भाइ ठान्‍ने तर यौन अनैतिक वा लोभी वा मूर्तिपूजक वा गालीगलौज गर्ने वा पियक्‍कड वा ठगाहासँग सङ्गत नगर्नू भनेर लेखिरहेछु । यस्ता मानिसहरूसँग बसेर खानसमेत नखाओ ।
  • एफिसी 5:11 : 11 अन्धकारका फलहिन कार्यहरूमा सहभागी नहोओ । बरु, तिनीहरूलाई प्रकट गर ।
  • २ यूह 1:10-11 : 10 यदि कोही तिमीकहाँ आउँछ र यो शिक्षा ल्याउँदैन भने त्यसलाई तिम्रो घरमा स्वागत नगर र त्यसलाई अभिवादन पनि नगर । 11 किनकि जसले त्यसलाई अभिवादन गर्छ त्यो त्यसको दुष्‍ट कामहरूमा सहभागी हुन्छ ।
  • प्रका 18:4 : 4 त्यसपछि मैले स्वर्गबाट यसो भनेको अर्को आवाज सुनेँ, “मेरा मानिसहरू हो, त्यसबाट बाहिर आओ, ताकि तिमीहरू त्यसका पापहरूमा सहभागी बन्‍नु नपरोस्, र त्यसका कुनै पनि विपत्ति तिमीहरूले भोग्‍नु नपरोस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ राजा 13:14-23
    10 पदहरू
    92%

    14ती वृद्ध अगमवक्ता परमेश्वरका जनको पछिपछि गए र तिनलाई फलाँटको रुखमुनि बसिरहेको भेट्टाए, र तिनले भने, “के यहूदाबाट आउनुभएका परमेश्वरका जन तपाईं नै हुनुहुन्छ?” तिनले जवाफ दिए, “हो, म नै हुँ ।”

    15तब ती वृद्ध अगमवक्ताले तिनलाई भने, “मसितै घरमा आउनुहोस् र खानपान गर्नुहोस् ।”

    16परमेश्वरका जनले भने, “म तपाईंसँगै फर्केर जान सक्दिनँ, न त यस ठाउँमा तपाईंसँगै खानपान गर्न सक्छु न पिउन सक्छु ।

    17किनकि परमप्रभुको वचनद्वारा मलाई आज्ञा दिइएको छ, 'तैँले त्यहाँ रोटी नखानू, न पानी पिउनू, न तँ आएको बाटो फर्केर जानू' ।”

    18त्यसैले ती वृद्ध अगमवक्ताले तिनलाई भने, “तपाईंजस्तै म पनि अगमवक्ता हुँ, र परमप्रभुको वचनद्वारा एउटा स्वर्गदूतले मलाई यसो भने, 'तिनलाई तिमीसँगै घरमा फर्काएर ल्याउनू ताकि तिनले रोटी खान सकून् र पानी पिउन सकून्' ।” तर तिनले परमेश्वरका जनलाई झुट बोल्दै थिए ।

    19त्यसैले परमेश्वरका जन ती वृद्ध अगमवक्तासँगै फर्केर गए, र तिनको घरमा रोटी खानुका साथै पानी पिए ।

    20तिनीहरू टेबुलमा बस्दै गर्दा परमप्रभुको वचन तिनलाई फर्काएर ल्याउने अगमवक्ताकहाँ आयो, र

    21तिनले यहूदबाट आएका परमेश्वरका जनलाई यसो भनेर कराए, “परमप्रभु भन्नुहुन्छ, 'तँ परमप्रभुको वचनप्रति अनाज्ञाकारी भएकोले र परमप्रभुले तँलाई दिनुभएको वचन पालन नगरी

    22फर्केर आई यस ठाउँमा रोटी खाएकोले र पानी पिएकोले तेरो शरीरलाई तेरा पित्रहरूको चिहानमा गाडिने छैन किनकि तैँले परमप्रभुले मनाही गर्नुभएको ठाउँमा रोटी खाइस् र पानी पिइस्' ।”

    23जब ती परमेश्वरका जनले रोटी खाइसके र पानी पिइसके तब अगमवक्ताले तिनीसँगै तिनको घरमा फर्केर आएका परमेश्वरका जनका लागि गधामा जीन काठी कसे ।

  • १ राजा 13:10-12
    3 पदहरू
    84%

    10त्यसैले परमेश्वरका जन अर्कै बाटो भएर गए, र तिनी जुन बाटो भएर आएका थिए त्यही बाटो भएर आफ्नो घरमा फर्केनन् ।

    11बेथेलमा एक जना वृद्ध अगमवक्ता बस्थे । त्यस दिन बेथेलमा परमेश्वरका जनले गरेका सबै कुरा अगमवक्ताका एक जना छोराले तिनलाई बताए । परमेश्वरका जन राजासित बोलेका थिए भन्ने कुरा पनि तिनका छोराहरूले तिनलाई बताए ।

    12तिनीहरूका पिताले तिनीहरूलाई सोधे, “तिनी कुनचाहिँ बाटो लागे?” परमेश्वरका जन यहूदाको बाटो भएर गएका थिए भनी तिनका छोराहरूले देखेका थिए ।

  • १ राजा 13:7-8
    2 पदहरू
    84%

    7राजाले परमेश्वरका जनलाई भने, “मेरो घरमा खानपान गर्नुहोस्, र म तपाईंलाई इनाम दिने छु ।”

    8परमेश्वरका जनले राजालाई भने, “तपाईंले मलाई आधा सम्पत्ति दिनुभए तापनि म तपाईंसित जान्नँ, न यस ठाउँमा तपाईंसित खाने छु न पिउने छु ।

  • व्यव 2:27-28
    2 पदहरू
    72%

    27'मलाई तपाईंको देश भएर जान दिनुहोस् । म लोकमार्ग भएर जानेछु । म दाहिने र देब्रे लाग्‍ने छैनँ ।

    28खानको लागि तपाईंले मलाई पैसामा खाना बेच्नुहुने छ र पिउनको लागि पैसामा पानी दिनुहुने छ । केवल मलाई तपाईंको देश भएर जान दिनुहोस्

  • 8परमप्रभुको वचन तिनीकहाँ आयो,

  • 16परमप्रभुका दूतले मानोहलाई भने, “म बसें भने पनि म तिम्रो भोजन खानेछैनँ । तर तिमी होमबलि तयार गर्छौ भने, त्यो परमप्रभुलाई चढाउनू ।” (उनी परमप्रभुका दूत थिए भनेर मानोहलाई थाहा थिएन ।)

  • १ राजा 19:7-8
    2 पदहरू
    71%

    7परमप्रभुका दूत दोस्रो पटक पनि आए र तिनलाई छोएर भने, “उठेर खाऊ किनकि तिम्रो लागि यात्रा निकै लामो छ ।”

    8त्यसैले तिनी उठेर खाए, र पिए अनि त्यस खानाको शक्ति पाएर चालिस दिन यात्रा गरेर परमेश्वरको पर्वत होरेबसम्मै आए ।

  • 9परमप्रभुले तिमीहरूसित बाँध्‍नुभएका करारका शिला-पाटीहरू लिन म पर्वतमा उक्लँदा म चालिस दिन चालिस रातसम्म पर्वतमा बसेँ । मैले न रोटी खाएँ, न पानी पिएँ ।

  • १ राजा 17:2-5
    4 पदहरू
    71%

    2परमप्रभुको वचन एलियाकहाँ आयो,

    3“यस ठाउँलाई छाडेर पूर्वतिर जा । यर्दनको पूर्वमा पर्ने करीत खोलामा लुकेर बस् ।

    4तैँले त्यही खोलाबाट पानी पिउने छस्, र मैले तँलाई खुवाउन कागहरूलाइ आज्ञा गरेको छु ।”

    5एलिया गए, र परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनले गरे । तिनी यर्दनको पूर्वमा पर्ने केरीत खोलानेर बस्न गए ।

  • 26तिनलाई तिमीहरूले यसो भन्‍नेछौ, ‘राजा यसो भन्‍नुहुन्‍छ: यस मानिसलाई झ्‍यालखानमा राख र म कुशलसाथ नआएसम्‍म त्‍यसलाई थोरै रोटी र थोरै पानी मात्र देओ ।’”

  • 9त्यसैले आहाबले बेन-हददका सन्देशवाहकरूलाई भने, “मेरा मालिक राजालाई भनिदेऊ, 'तपाईंले पहिलो पटक आफ्नो दासमार्फत भन्नुभएको हरेक कुरामा म सहमत हुन्छु, तर यो दोस्रो मागलाई चाहिँ स्वीकार गर्दिनँ' ।” त्यसैले सन्देशवाहकरू त्यहाँबाट प्रस्थान गरे र बेन-हददको निम्ति यो जवाफ लिएर गए ।

  • 9त्यसैले परमेश्‍वरका मानिसले इस्राएलका राजाकहाँ यसो भनेर मानिसहरू पठाए, “त्योबाट ठाउँबाट नजानुहोस् किनकि अरामीहरू त्यहाँ तल झर्दैछन् ।”

  • 8तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 18एलीशा यरीहोमा हुँदा तिनीहरू तिनीकहाँ फर्केर आए, र तिनले तिनीहरूलाई सोधे, “के 'नजाओ' भनी मैले तिमीहरूलाई भनेको थिइनँ र?”

  • 27त्यसलाई भन्, ‘राजा भन्नुहुन्छः यो मानिसलाई झ्यालखानामा हाल्, र म सुरक्षितसाथ नफर्केसम्म त्यसलाई थोरै रोटी र थोरै पानी मात्र खुवाउनू' ।”

  • 13हे मेरा मालिक, ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मार्दा मैले परमप्रभुका एक सय जना अगमवक्तालाई पचास-पचास गरी कसरी एउटा गुफामा लुकाई तिनीहरूलाई रोटी र पानी खुवाएँ भन्ने कुरो तपाईंलाई बताइएको छैन र?

  • आमो 7:12-13
    2 पदहरू
    70%

    12अमस्‍याहले आमोसलाई भने, “ए दर्शी, दौडेर यहूदाको देशमा जाऊ, र त्यहाँ रोटी खाऊ अनि अगमवाणी गर ।

    13तर यहाँ बेथेलमा अरू धेरै अगमवाणी नगर, किनकि यो राजाको पवित्र-स्थान र एउटा राजकीय घराना हो ।”

  • 23तर शाऊलले इन्कार गरे र भने, “मैले खाने छैन ।” तर ती स्‍त्रीसहित तिनका सेवकहरूले तिनलाई बाध्य बनाए र तिनले तिनीहरूको कुरा माने । त्यसैले तिनी भूइँबाट उठे र ओछ्यानमा बसे ।

  • 22तब मैले गरेझैं तिमीहरूले पनि गर्नेछौः तिमीहरूले आफ्‍नो अनुहारका रौं छोप्‍नेछैनौ, न त शोक गर्ने मानिसहरूका रोटी खानेछौ ।

  • 3तब दोस्रो पटक परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • २ राजा 3:8-9
    2 पदहरू
    70%

    8तब तिनले भने, “हामीले कुन दिशाबाट आक्रमण गर्नुपर्छ?” यहोशापातले जवाफ दिए, “एदोमको उजाड-स्थानको बाटोबाट ।”

    9त्यसैले यहूदाका राजा र एदोमका राजासँगै इस्राएलका राजा गए । तिनीहरू सात दिनसम्म यताउता भौंतारिए, अनि त्यहाँ सेनाका निम्‍ति र तिनीहरूलाई पछ्याउने पशुहरूका निम्‍ति पानी भएन ।

  • 1¶ फेरि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 11उनी पानी लिन जाँदै गर्दा तिनले उनलाई भने, “तपाईंको हातमा रोटीको टुक्रा पनि ल्याइदिनुहोस् ।”

  • 3उहाँले तिमीहरूलाई विनम्र तुल्याउनुभयो; भोकले पीडित तुल्याउनुभयो र मन्‍न खुवाउनुभयो जसलाई तिमीहरूले चिनेका थिएनौ न त तिमीहरूका पिता-पुर्खाहरले चिनेका थिए । मानिस रोटीले मात्र नभई परमप्रभुको मुखबाट निस्केको हरेक कुराले बाँच्दछ भनी तिमीहरूलाई बुझाउन उहाँले यसो गर्नुभयो ।

  • 4त्यसकारण परमप्रभु भन्‍नुहुन्‍छ, “ तँ उक्‍लेको त्‍यो माथिको ओछ्यानबाट तँ तल आउनेछैनस् । बरु, तँ निश्‍चय नै मर्नेछस्' ।” तब एलिया गए ।

  • 4तब उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, इस्राएलको घरानाकहाँ जा, र तिनीहरूलाई मेरो कुरा भन्‌ ।

  • 6तिमीहरूले अरू कुनै रोटी खाएनौ, न त तिमीहरूले कुनै अरू मद्य पियौ ताकि म नै परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍न सक ।

  • 17परमेश्‍वरको वचन यसो भनेर मकहाँ आयो,

  • 7तर परमेश्‍वरका एक जना मानिस तिनीकहाँ आए र भने, “ए राजा, इस्राएलका फौजलाई तपाईंसँग नलानुहोस्‌, किनकि परमप्रभु इस्राएलसँग हुनुहुन्‍न— एफ्राइमको कोही पनि मानिससँग हुनुहुन्‍न ।

  • 33तिनीहरूले त्‍यसको सामु खानेकुरा पनि राखिदिए, तर त्‍यसले भन्‍यो, “जबसम्‍म मेरो समाचार म भन्‍दिनँ तबसम्‍म म केही खान्‍नँ ।” तब लाबानले भने, “ल, भन्‍नुहोस्‌ ।”

  • 18ती लेवीले तिनलाई भने, “हामी यहूदाको बेथलेहेमबाट एफ्राइमको पहाडी देशको सबैभन्दा दुर्गम ठाउँमा जाँदैछौं, जहाँको म बासिन्दा हुँ । म यहूदाको बेथलेहेममा गएको थिएँ, र म परमप्रभुको घरमा जाँदैछु, तर मलाई आफ्नो घरभित्र लाने कोही पनि छैन ।