आमोस 7:12

अनलक शाब्दिक बाइबल

अमस्‍याहले आमोसलाई भने, “ए दर्शी, दौडेर यहूदाको देशमा जाऊ, र त्यहाँ रोटी खाऊ अनि अगमवाणी गर ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 8:34 : 34 हेर, पुरै सहर येशूलाई भेट्न आयो । जब तिनीहरूले उहाँलाई देखे, तिनीहरूले उहाँलाई तिनीहरूको इलाका छोडेर त्‍यहाँबाट जान अनुरोध गरे ।
  • १ शमू 9:9 : 9 (इस्राएलमा पहिले, जब मानिसले परमेश्‍वरको इच्छा खोज्‍न जान्थे, तब तिनले भन्थे, “आऊ, हामी दर्शीकहाँ जाऔं ।” किनकि आजका अगमवक्तालाई पहिले दर्शी भनिन्थ्यो ।)
  • २ इति 16:10 : 10 त्यसपछि आसा ती दर्शीसँग रिसाए । उनले तिनलाई थुनामा राखे, किनकि यस विषयमा थिनीसित उनी रिसाएका थिए । यसै समयमा, आसाले केही मानिसहरूमाथि अत्याचार गरे ।
  • यशा 30:10 : 10 तिनीहरूले दर्शीहरूलाई भन्छन्, “नहेर्नुहोस्,” र अगमवक्ताहरूलाई भन्छन्, “हामीलाई सत्य अगमवाणी नगर्नुहोस् । हाम्रा निम्‍ति चापलुसी कुरा गर्नुहोस्, भ्रम अगमवाणी गर्नुहोस् ।
  • यशा 56:11 : 11 ती कुकुरहरू निकै भोकाएका छन् । तिनीहरू कहिल्यै अघाउँदैनन् । तिनीहरू समझ नबइका गोठालाहरू हुन् । तिनीहरू आ-आफ्नै बाटोमा लागेका छन्, प्रत्‍येक व्‍यक्‍तिले अन्यायपुर्ण लाभको निम्‍ति लालच गर्छ ।
  • यहे 13:19 : 19 मर्नु नपर्ने मानिसहरूलाई मार्नलाई र बाँच्न नपर्नेहरूको जीवन बचाउनलाई तिमीहरूका कुरा सुन्‍ने मेरा मानिसहरूलाई झुटा कुरा गरेर र आफ्ना दुई-चार मुट्ठी जौ र रोटीका केही टुक्राहरूका निम्‍ति मेरो मानिसहरूका बिचमा तिमीहरूले मलाई बिटुलो पार्‍यौ ।
  • आमो 2:12 : 12 तर तिमीहरूले नाजिरीहरूलाई दाखमद्य पिउन प्रेरित गर्‍यौ, अनि अगमवक्ताहरूलाई अगमवाणी नबोल्‍ने आज्ञा दियौ ।
  • मल 1:10 : 10 “तिमीहरूले मेरो वेदीमा व्यर्थै आगो नबालोस् भनेर, तिमीहरूमध्ये कोही एकले मन्दिरका ढोकाहरू बन्द गरोस् भन्‍ने म इच्छा गर्दछु! म तिमीहरूमा प्रसन्‍न हुन्‍नँ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ, “र म तिमीहरूका हातबाट कुनै बलिदान अर्पण गर्नेछैनँ ।
  • लू 8:37-38 : 37 गेरासेन र वरपरका सबै मानिसहरूले येशूलाई तिनीहरूबाट जान आग्रह गरे, किनभने तिनीहरू साह्रै डराएका थिए । 38 तर दुष्‍ट आत्माहरू निस्केर गएको मानिसले येशूसँगै जानलाई उहाँलाई बिन्ती गर्‍यो, तर येशूले यसो भन्दै उसलाई पठाउनुभयो,
  • लू 13:31 : 31 लगतै केही फरिसीहरू आए र उहाँलाई भने, “यहाँबाट जानुहोस्, यसलाई छोड्नुहोस्, किनभने हेरोदले तपाईंलाई मार्न चाहन्छन् ।”
  • प्रेरि 16:39 : 39 न्यायाधीशहरू आफैँ आएर बिन्ति गरे र पावल र सिलासलाई झ्यालखानाबाट बाहिर निकाले अनि सहर छाडेर जान आग्रह गरे ।
  • रोमी 16:18 : 18 किनकि यस्ता मानिसहरूले हाम्रा प्रभु ख्रीष्‍टको सेवा गर्दैनन्, तर तिनीहरूले आफ्नै पेटको सेवा गर्छन् । तिनीहरूका चिप्ला कुरा र चापलुसीले निर्दोषहरूको हृदयलाई छल्छ ।
  • १ कोरि 2:14 : 14 परमेश्‍वरका आत्माका कुराहरू अनात्मिक व्यक्‍तिले ग्रहण गर्दैन, किनकि तिनीहरू त्यसका निम्ति मूर्खता हुन्छन् । उसले तिनीहरूलाई बुझ्‍न सक्दैन किनभने तिनीहरूलाई आत्मिक रूपले जाँच्‍न सकिन्छ ।
  • १ पत्रु 5:2 : 2 त्यसकारण, म एल्डरहरूलाई आग्रह गर्दछु, तिमीहरूका माझमा भएका परमेश्‍वरको बगालको हेरचाह गर, करले होइन तर तिमीहरूका आफ्नै र परमेश्‍वरको इच्छाअनुसार । बेइमानीपूर्वक कमाइने पैसाको लागि होइन, तर स्वेच्छाले ।
  • १ शमू 2:36 : 36 तेरो घरानामा बाँकी रहेका हरेक मानिस चाँदीको एक टुक्रा र रोटीको एक टुक्रा माग्‍न उसकहाँ आउनेछन् र घोप्टो पर्नेछन् र यसो भन्‍नेछन्, “कृपया, मलाई पनि पुजारीको कुनै काम दिनुहोस्, ताकि म पनि एक टुक्रा खान पाउनेछु ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • आमो 7:13-16
    4 पदहरू
    81%

    13तर यहाँ बेथेलमा अरू धेरै अगमवाणी नगर, किनकि यो राजाको पवित्र-स्थान र एउटा राजकीय घराना हो ।”

    14अनि आमोसले अमस्‍याहलाई भने, “म अगमवक्ता होइनँ, न त अगमवक्ताका छोरा हुँ । म त एउटा गोठालो हुँ, र म त अन्जीरका रूखहरूको रेखदेख गर्छु ।

    15तर परमप्रभुले मलाई बगालको हेरचाह गर्नबाट पर लानुभयो र मलाई भन्‍नुभयो, ‘जा, मेरा मानिस, इस्राएलको निम्ति अगमवाणी गर ।’

    16अब परमप्रभुको वचन सुन । तिमी भन्छौ, ‘इस्राएलको विरुद्धमा अगमवाणी नगर, र इसहाकको घरानाको विरुद्धमा नबोल ।’

  • आमो 7:8-11
    4 पदहरू
    78%

    8परमप्रभुले मलाई भन्‍नुभयो, “आमोस, तैंले के देखिस्?” मैले भनें, “एउटा साहुल ।” परमप्रभुले भन्‍नुभयो, “हेर, इस्राएलका मेरा मानिसहरूका बिचमा म एउटा साहुल राख्‍नेछु । म तिनीहरूलाई अब बाँकी छोड्नेछैनँ ।

    9इसहाकका उच्‍च ठाउँहरू नष्‍ट पारिनेछन्, इस्राएलका पवित्र स्थानहरू तहस-नहस पारिनेछन्, र म तरवार लिएर यारोबामको घरानाको विरुद्ध खडा हुनेछु ।”

    10तब बेथेलका पुजारी अमस्‍याहले इस्राएलका राजा यारोबामलाई यो सन्देश पठाएः “इस्राएलको घरानाको बिचमा आमोसले तपाईंको विरुद्धमा षड्‌यन्‍त्र रचेको छ । यस देशले त्यसका सबै बोली सहन सक्‍दैन ।

    11किनकि आमोसले यसो भन्‍यो, ‘यारोबाम तरवारद्वारा मर्नेछ, र इस्राएल निश्‍चय नै आफ्नो देशबाट टाढा निर्वासनमा जानेछ ।’”

  • आमो 1:1-2
    2 पदहरू
    70%

    1¶ तकोका गोठालामध्‍ये एक जना आमोसले इस्राएलका विषयमा प्रकाशमा पाएका कुराहरू यी नै हुन् । भुकम्प जानुभन्दा दुई वर्षअगाडि यहूदाका राजा उज्‍जियाहका दिनमा, र येहोआशका छोरा इस्राएलका राजा यारोबामका दिनमा पनि तिनले यी कुराहरू प्राप्‍त गरे ।

    2तिनले भने, “परमप्रभु सियोनबाट गर्जनुहुनेछ । उहाँले यरूशलेमबाट आफ्नो आवाज उठाउनुहुनेछ । गोठालाहरूका खर्कहरू सुक्‍नेछन् । कार्मेलको टाकुरो ओइलाउनेछ ।”

  • 15तब ती वृद्ध अगमवक्ताले तिनलाई भने, “मसितै घरमा आउनुहोस् र खानपान गर्नुहोस् ।”

  • २ राजा 14:10-11
    2 पदहरू
    69%

    10तिमीले साँच्‍चै एदोमलाई आक्रमण गर्‍यौ, र तिम्रो शेखी बढेको छ । आफ्‍नो विजयमा गर्व गर, तर घरमै बस किनकि तिमीले किन आफैलाई सङ्कष्‍टमा पार्ने अनि तिमी र यहूदा पनि दुवै किन पतन हुने?”

    11तर अमस्याहले यो कुरा सुनेनन् । त्यसैले इस्राएलका राजा यहोआशले आक्रमण गरे, अनि तिनी र यहूदाका राजा अमस्याह यहूदाको बेथ-शेमेशमा एक-अर्कासित आमनेसामने भेटे ।

  • 9किनकि परमप्रभुले आफ्नो वचनद्वारा मलाई आज्ञा दिनुभएको छ, 'तैँले त्यहाँ रोटी नखानू, न त पानी पिउनू, न तँ आएको बाटो फर्केर जानू' ।”

  • २ इति 25:15-17
    3 पदहरू
    69%

    15यसैले अमस्‍याहको विरुद्धमा परमप्रभुको क्रोध दन्‍कियो । उहाँले एक जना अगमवक्ता पठाउनुभयो, जसले भने, “आफ्‍नै भक्तहरूलाई त तपाईंको हातदेखि बचाउन नसक्‍ने देवताहरूको खोजी तपाईं किन गर्नुभयो?”

    16यस्‍तो भयो, जब अगमवक्ता तिनीसित बोलिरहेका थिए, तब राजाले तिनलाई भने, “के हामीले तिमीलाई राजाका सल्‍लाहकार बनएका छौं र? चूप लाग । तँ किन मारिने?” तब अगमवक्ता चूप लागे र भने, “मलाई थाहा छ कि तपाईंले यो काम गरेर मेरो सल्‍लाह नसुन्‍नुभएको हुनाले परमेश्‍वरले तपाईंलाई नाश गर्ने निर्णय गर्नुभएको छ ।”

    17त्‍यसपछि यहूदाका राजा अमस्‍याहले आफ्‍ना सल्‍लाहकारहरूसँग सल्‍लाह लिए र इस्राएलका राजा येहूका नाति, यहोआहाजका छोरा येहोआशकहाँ यसो भनेर दूतहरू पठाए, “आऊ, युद्धमा हामी एक-अर्काको सामना गरौं ।”

  • 17किनकि परमप्रभुको वचनद्वारा मलाई आज्ञा दिइएको छ, 'तैँले त्यहाँ रोटी नखानू, न पानी पिउनू, न तँ आएको बाटो फर्केर जानू' ।”

  • आमो 8:1-2
    2 पदहरू
    68%

    1¶ परमप्रभु परमेश्‍वरले मलाई यो कुरा देखाउनुभयो। ग्रीष्‍म ऋतुको फलको एउटा डालो हेर ।

    2उहाँले भन्‍नुभयो, “आमोस, तँ के देख्‍छस्?” मैले भनें, “ग्रीष्‍म ऋतुको फलको एउटा डालो ।” तब परमप्रभुले मलाई यसो भन्‍नुभयो, “मेरा मानिस, इस्राएलको निम्ति अन्‍त्‍य आएको छ । म तिनीहरूलाई अब बाँकी छोड्नेछैनँ ।

  • 4तब उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, इस्राएलको घरानाकहाँ जा, र तिनीहरूलाई मेरो कुरा भन्‌ ।

  • 1¶ परमप्रभु यसो भन्‍नुहुन्छ, “यहूदाको राजाको घरमा तल जा र त्यहाँ यो वचन घोषणा गर्,

  • 13तब मैले भनें, “हे परमप्रभु परमेश्‍वर, हेर्नुहोस्, अगमवक्ताहरूले मानिसहरूलाई भन्दैछन्, 'तिमीहरूले तरवार देख्‍नेछैनौ । तिमीहरूका निम्ति अनिकाल पर्नेछैन, किनकि म यस ठाउँमा तिमीहरूलाई साँचो सुरक्षा दिनेछु' ।”

  • २ इति 25:19-21
    3 पदहरू
    67%

    19तिमीले भनेका छौ ‘हेर, मैले एदोमलाई हराएको छु,’ र तिम्रो हृदयले तिमीलाई माथि उचालेको छ । आफ्नो विजयमा गर्व गर, तर आफ्‍नै घरमा बस, आफ्‍नै र यहूदाको पनि आफूसँगै पतन ल्‍याउन तिमी किन खतरामा पर्छौ?”

    20तर अमस्‍याहले सुनेनन्, किनभने यो घटना परमेश्‍वरबाट भएको थियो ताकि उहाँले यहूदाका मानिसहरूलाई तिनीहरूका शत्रुहरूका हातमा दिन सक्‍नुभएको होस्, किनभने, तिनीहरूले एदोमका देवताहरूबाट सल्लाह लिएका थिए ।

    21यसैले इस्राएलका राजा येहोआशले आक्रमण गरे । तिनी र यहूदाका राजा अमस्‍याह यहूदाको बेथ-शेमेशमा आमने सामने भएर युद्ध लडे ।

  • 17परमेश्‍वरको वचन यसो भनेर मकहाँ आयो,

  • १ राजा 13:19-22
    4 पदहरू
    66%

    19त्यसैले परमेश्वरका जन ती वृद्ध अगमवक्तासँगै फर्केर गए, र तिनको घरमा रोटी खानुका साथै पानी पिए ।

    20तिनीहरू टेबुलमा बस्दै गर्दा परमप्रभुको वचन तिनलाई फर्काएर ल्याउने अगमवक्ताकहाँ आयो, र

    21तिनले यहूदबाट आएका परमेश्वरका जनलाई यसो भनेर कराए, “परमप्रभु भन्नुहुन्छ, 'तँ परमप्रभुको वचनप्रति अनाज्ञाकारी भएकोले र परमप्रभुले तँलाई दिनुभएको वचन पालन नगरी

    22फर्केर आई यस ठाउँमा रोटी खाएकोले र पानी पिएकोले तेरो शरीरलाई तेरा पित्रहरूको चिहानमा गाडिने छैन किनकि तैँले परमप्रभुले मनाही गर्नुभएको ठाउँमा रोटी खाइस् र पानी पिइस्' ।”

  • यहे 25:2-3
    2 पदहरू
    66%

    2“ए मानिसको छोरो, अम्‍मोनका मानिसहरूतिर आफ्‍नो अनुहार फर्का, र तिनीहरूका विरुद्धमा अगमवाणी भन्‌ ।

    3अम्मोनका मानिसहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वरको वचन सुन । परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः मेरो पवित्रस्‍थान तुच्‍छा पारिंदा त्‍यसको बारेमा, र इस्राएलको देश उजाड हुँदा र यहूदाका मानिसहरू निर्वासनमा जाँदा तिमीहरूले, “अहा!” भन्‍यौ,

  • यहे 13:1-2
    2 पदहरू
    66%

    1¶ फेरि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

    2“ए मानिसको छोरो, इस्राएलमा अगमवाणी बोलिरहेका अगमवक्ताहरूका विरुद्धमा अगमवाणी बोल्, र आफ्‍नै कल्‍पनाहरूका अगमवाणी बोल्‍नेहरूलाई यसो भन्, 'परमप्रभुको वचन सुन ।

  • 1¶ परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 21इस्राएलका सर्वशक्तिमान् परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘तिमीहरूका बलिदानहरूमा होमबलिहरू मिसाओ, र तीबाट मासु पनि मिसाओ ।

  • 8तब अमस्याहले इस्राएलका राजा येहूका नाति, यहोआहाजका छोरा यहोआशकहाँ यसो भनी सन्देशवाहकहरू पठाए, “आउनुहोस्, हामी युद्धमा एक-अर्कालाई आमनेसामने भेटौँ ।”

  • 11हेर्, यस्‍ता दिनहरू आउँदैछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो, जति बेला देशमा म अनिकाल पठाउनेछु, त्‍यो रोटीको अनिकाल होइन, न त पानीको तिर्खाको हो, तर त्‍यो परमप्रभुको वचन सुन्‍ने कुराको हो।

  • 1¶ अब एलीशाले त्‍यस स्‍त्रीसित बात गरेका थिए जसको छोरोलाई तिनले मृत्‍युबाट फेरि जिवित पारेका थिए । तिनले उनलाई भने, “उठ र आफ्ना घरानाको साथमा जाऊ र तिमीलाई जहाँ इच्छा लाग्‍छ त्‍यहाँ अर्को देशमा गएर बस, किनकि परमप्रभुले यस देशमा सात वर्षसम्म अनिकाल ल्याउने वचन दिनुभएको छ ।”

  • 26इस्राएलका राजाले आफ्ना अधिकारीलाई हुकुम दिए, “मीकायालाई समात्, अनि त्यसलाई सहरका शासक र मेरो छोरा योआशकहाँ लैजा ।”

  • 27अमस्‍याहले परमप्रभुको अनुसरण गर्नबाट तर्केर गएको दिनदेखि नै तिनीहरूले यरूशलेममा तिनको विरुद्ध षड्‌यन्‍त्र गर्न सुरु गरे । तिनी लाकीशमा भागे, तर तिनीहरूले लाकीशमा तिनको पछिपछि मानिसहरू पठाए र तिनलाई त्‍यहीं मारे ।

  • 6“अगमवाणी नगर” भनेर तिनीहरू भन्‍नेछन् । “तिनीहरूले यस्ता कुराहरूको अगमवाणी गर्नुहुँदैन; तिरस्कार हामीमाथि आउनेछैन ।”

  • 1¶ परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 15परमप्रभु सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “यो प्रशासक शेब्‍नाकहाँ जसले महलको रेखदेख गर्छ र भन्,

  • 7गएर यारोबामलाई भन कि इस्राएलका परमेश्वर परमप्रभु भन्नुहुन्छ, 'मैले तँलाई मेरो जाति इस्राएलमाथि अगुवा हुनलाई मानिसहरूका बिचबाट उठाएँ ।

  • 12तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 15ए यहूदामा बाँकी रहेका मानिसहरू हो, परमप्रभुको यो वचन सुन । सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरूले मिश्रदेशमा नै जाने, त्‍यहाँ जाने र बस्‍ने पक्‍का गरिसकेका छौ भने,

  • 3आफ्नो साथमा दसवटा रोटी, केही फुरौला र एक भाँडो मह लिएर अहियाहकहाँ जाऊ । बालकलाई के हुने छ भनी तिनले तिमीलाई बताउने छन् ।”

  • 25इस्राएलका राजाले केही सेवकलाई भने, “तिमीहरूले मीकायालाई गिरफ्‍तार गर्नुपर्छ, र सहरका गभर्नर अमोन र मेरो छोरा योआशकहाँ लानुपर्छ ।