आमोस 7:8

अनलक शाब्दिक बाइबल

परमप्रभुले मलाई भन्‍नुभयो, “आमोस, तैंले के देखिस्?” मैले भनें, “एउटा साहुल ।” परमप्रभुले भन्‍नुभयो, “हेर, इस्राएलका मेरा मानिसहरूका बिचमा म एउटा साहुल राख्‍नेछु । म तिनीहरूलाई अब बाँकी छोड्नेछैनँ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • आमो 8:2 : 2 उहाँले भन्‍नुभयो, “आमोस, तँ के देख्‍छस्?” मैले भनें, “ग्रीष्‍म ऋतुको फलको एउटा डालो ।” तब परमप्रभुले मलाई यसो भन्‍नुभयो, “मेरा मानिस, इस्राएलको निम्ति अन्‍त्‍य आएको छ । म तिनीहरूलाई अब बाँकी छोड्नेछैनँ ।
  • यिर्मि 15:6 : 6 तैंले मलाई त्यागेको छस्, यो परमप्रभुको घोषणा हो— तँ मबाट फर्केर गएको छस् । त्यसैले म आफ्‍नो हातले तँलाई प्रहार गर्नेछु र तलाई नाश पार्नेछु । तँलाई दया देखाउँदा-देखाउँदा म थकित भइसकेको छु ।
  • विलाप 2:8 : 8 परमप्रभुले सियोनकी छोरीको सहरको पर्खाललाई नष्‍ट गर्ने निधो गर्नुभयो । उहाँले नाप्‍ने फित्ता तन्काउनुभयो, र पर्खाललाई नष्‍ट गर्नबाट आफ्नो हात रोक्‍नुभएको छैन । उहाँले गढी र पर्खाललाई विलाप गर्न लगाउनुभयो । ती सँगसँगै भत्के ।
  • यहे 7:2-9 : 2 “ए मानिसको छोरो—इस्राएलको देशलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ ।“'अन्‍त्‍य! देशका चारै सिमानामा अन्‍त्‍य आइपुगेको छ । 3 अब अन्‍त्‍य तँमाथि आएको छ, किनकि म आफ्‍नो क्रोध तँमाथि पठाउँदैछु, र तेरो चालअनुसार म तेरो न्‍याय गर्नेछु । तब तेरा सबै घिनलाग्‍दा कामहरू तँमाथि नै ल्याउनेछु । 4 किनकि मेरा आँखाले तँलाई दया देखाउनेछैनन्, र म तँलाई छोड्नेछैन । बरु, तेरा कामहरू तँमाथि नै ल्याउनेछु, र तेरा घिनलाग्‍दा कामहरू तेरा माझमा हुनेछन्, यसरी म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस्‌ । 5 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः विपत्ति! विशेष विपत्ति! हेर्, त्‍यो आउँदैछ । 6 अन्‍त्‍यचाहिं साँच्‍चै नै आउँदैछ । अन्‍त्‍य तिमीहरूका विरुद्धमा उठेको छ । हेर्, त्यो आउँदैछ! 7 तिमीहरू जो देशमा बस्‍छौ, तिमीहरूको सर्वनाश आउँदैछ । समय आएको छ । सर्वनाशको दिन नजिकै छ, र पर्वतहरू आनन्‍दित हुनेछैनन् । 8 अब चाँडै मेरो क्रोध म तँमाथि पोखाउनेछु, र मेरो रिस तेरो विरिद्धमा खन्‍याउनेछु । तेरो चालअनुसार म न्‍याय गर्नेछु, र तेरा सबै घिनलाग्‍दा कामहरू तँमाथि ल्याउनेछु । 9 किनकि मेरा आँखाले तँलाई दयापूर्वक हेर्नेछैनँ, र तँलाई म छोड्‍नेछैन । जस्‍तो तैंले गरेको छस् तेस्‍तै म तँलाई गर्नेछु । अनि तेरा घृणित कुराहरू तेरै माझमा हुनेछन् ताकि तँलाई दण्ड दिनेचाहिं म परमप्रभु नै हुँ भनी तैंले जान्‍नेछस्‌ ।
  • यशा 28:17 : 17 न्यायलाई म नाप्‍ने लट्ठी र धर्मिकतालाई साहुल बनाउनेछु । असिनाले झुटको शरणस्थानलाई बढार्नेछ र बाढीले लुक्‍ने ठाउँलाई डुबाउनेछ ।
  • यिर्मि 1:11-13 : 11 परमप्रभुको वचन मकहाँ यसो भनेर आयो, “ए यर्मिया, तँ के देख्छस्?” मैले भनें, “हाडे-बदामको एउटा हाँगा म देख्छु ।” 12 परमप्रभुले मलाई भन्‍नुभयो, “तैंले राम्ररी देखेको छस्, किनकि आफ्‍नो वचन पुरा गर्नलाई म त्‍यसलाई नियालेर हेर्दैछु ।” 13 परमप्रभुको वचन दोस्रो पटक मकहाँ यसो भनेर आयो, “तैंले के देख्छस्?” मैले भनें, “म एउटा तताइएको भाँडो देख्छु जसको माथिल्लो सतह छचल्‍किएर उत्तर दिशाबाट घोप्टिहरेको छ ।”
  • मीका 7:18 : 18 तपाईंझैँ परमेश्‍वर को छ, जसले पापलाई मेटाउनुहुन्छ, र आफ्नो उत्तराधिकारका बाँकी रहेकाहरूको अपराध क्षमा गर्नुहुन्छ? उहाँ सदाको निम्ति रिसाउनुहुन्‍न, किनभने उहाँ आफ्नो करारको विश्‍वसनीयतामा खुशी हुनुहुन्छ ।
  • नहू 1:8-9 : 8 तर उहाँले महान् बाढीले आफ्ना शत्रुहरूको अन्त गर्नुहुनेछ, र उहाँले तिनीहरूलाई अन्धकारमा लानुहुनेछ । 9 तिमीहरूले परमप्रभुको विरुद्ध के षड्यन्त्र गर्दैछौ? उहाँले पूर्णरूपमा त्यो अन्त गर्नुहुनेछ । समस्या दोस्रो पटक आइपर्नेछैन ।
  • जक 5:2 : 2 स्वर्गदूतले मलाई भने, “तिमी के देख्दैछौ?” मैले जवाफ दिएँ, “मैले नौ मिटर लामो र साढे चार मिटर चौडा चर्मपत्रको मुट्ठो उडिरहेको देख्दै छु ।”
  • २ राजा 21:13 : 13 मैले सामरियाको विरुद्धमा प्रयोग गरेको नाप्ने टाँगो र आहाबको घरानाको विरुद्धमा प्रयोग गरेको साहुलले म यरूशलेमलाई नाप्नेछु । जसरी एक जना मानिसले थाललाई माझेर त्‍यसलाई घोप्‍टो पार्छ, त्‍यसरी नै म यरूशलेमलाई सफा पार्नेछु ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • आमो 7:6-7
    2 पदहरू
    92%

    6परमप्रभु यस विषयमा नरम हुनुभयो । परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “यो पनि हुनेछैन ।”

    7उहाँले मलाई यो कुरा देखाउनुभयोः हेर, परमप्रभु हातमा साहुल लिएर एउटा पर्खालको छेउमा उभिनुभयो ।

  • आमो 8:1-2
    2 पदहरू
    79%

    1¶ परमप्रभु परमेश्‍वरले मलाई यो कुरा देखाउनुभयो। ग्रीष्‍म ऋतुको फलको एउटा डालो हेर ।

    2उहाँले भन्‍नुभयो, “आमोस, तँ के देख्‍छस्?” मैले भनें, “ग्रीष्‍म ऋतुको फलको एउटा डालो ।” तब परमप्रभुले मलाई यसो भन्‍नुभयो, “मेरा मानिस, इस्राएलको निम्ति अन्‍त्‍य आएको छ । म तिनीहरूलाई अब बाँकी छोड्नेछैनँ ।

  • आमो 7:9-11
    3 पदहरू
    77%

    9इसहाकका उच्‍च ठाउँहरू नष्‍ट पारिनेछन्, इस्राएलका पवित्र स्थानहरू तहस-नहस पारिनेछन्, र म तरवार लिएर यारोबामको घरानाको विरुद्ध खडा हुनेछु ।”

    10तब बेथेलका पुजारी अमस्‍याहले इस्राएलका राजा यारोबामलाई यो सन्देश पठाएः “इस्राएलको घरानाको बिचमा आमोसले तपाईंको विरुद्धमा षड्‌यन्‍त्र रचेको छ । यस देशले त्यसका सबै बोली सहन सक्‍दैन ।

    11किनकि आमोसले यसो भन्‍यो, ‘यारोबाम तरवारद्वारा मर्नेछ, र इस्राएल निश्‍चय नै आफ्नो देशबाट टाढा निर्वासनमा जानेछ ।’”

  • आमो 7:14-16
    3 पदहरू
    75%

    14अनि आमोसले अमस्‍याहलाई भने, “म अगमवक्ता होइनँ, न त अगमवक्ताका छोरा हुँ । म त एउटा गोठालो हुँ, र म त अन्जीरका रूखहरूको रेखदेख गर्छु ।

    15तर परमप्रभुले मलाई बगालको हेरचाह गर्नबाट पर लानुभयो र मलाई भन्‍नुभयो, ‘जा, मेरा मानिस, इस्राएलको निम्ति अगमवाणी गर ।’

    16अब परमप्रभुको वचन सुन । तिमी भन्छौ, ‘इस्राएलको विरुद्धमा अगमवाणी नगर, र इसहाकको घरानाको विरुद्धमा नबोल ।’

  • 17न्यायलाई म नाप्‍ने लट्ठी र धर्मिकतालाई साहुल बनाउनेछु । असिनाले झुटको शरणस्थानलाई बढार्नेछ र बाढीले लुक्‍ने ठाउँलाई डुबाउनेछ ।

  • आमो 9:8-9
    2 पदहरू
    72%

    8हेर्, परमप्रभु परमेश्‍वरको आँखा पापी राज्यमाथि पर्छ, र म त्यसलाई पृथ्वीको सतहबाट विनाश गर्नेछु, तर म याकूबको घरानालाई पूर्ण रूपमा नाश गर्नेछैनँ, यो परमप्रभुको घोषणा हो ।

    9हेर्, म एउटा आज्ञा दिनेछु, र कसैले अन्‍नलाई एउटा नाङ्लोमा निफनेझैं, सबै जातिहरूका बिचमा म इस्राएलको घरानालाई हल्‍लाउनेछु, ताकि सबभन्दा सानो ढुङ्गा पनि जमिनमा खस्‍नेछैन ।

  • जक 2:1-2
    2 पदहरू
    71%

    1¶ अनि मैले माथितिर हेरें र एउटा मानिसले आफ्नो हातमा नाप्ने डोरी लिएको देखें ।

    2मैले भनें, “तपाईं कहाँ जाँदैहुनुहुन्छ?” उहाँले मलाई भन्‍नुभयो, यरूशलेमलाई नाप्न, त्यसको लमाइ र चौडाइ थाहा गर्न” ।”

  • 13मैले सामरियाको विरुद्धमा प्रयोग गरेको नाप्ने टाँगो र आहाबको घरानाको विरुद्धमा प्रयोग गरेको साहुलले म यरूशलेमलाई नाप्नेछु । जसरी एक जना मानिसले थाललाई माझेर त्‍यसलाई घोप्‍टो पार्छ, त्‍यसरी नै म यरूशलेमलाई सफा पार्नेछु ।

  • आमो 1:1-2
    2 पदहरू
    70%

    1¶ तकोका गोठालामध्‍ये एक जना आमोसले इस्राएलका विषयमा प्रकाशमा पाएका कुराहरू यी नै हुन् । भुकम्प जानुभन्दा दुई वर्षअगाडि यहूदाका राजा उज्‍जियाहका दिनमा, र येहोआशका छोरा इस्राएलका राजा यारोबामका दिनमा पनि तिनले यी कुराहरू प्राप्‍त गरे ।

    2तिनले भने, “परमप्रभु सियोनबाट गर्जनुहुनेछ । उहाँले यरूशलेमबाट आफ्नो आवाज उठाउनुहुनेछ । गोठालाहरूका खर्कहरू सुक्‍नेछन् । कार्मेलको टाकुरो ओइलाउनेछ ।”

  • 7मैले इस्राएललाई दिएको देशबाट म तिनीहरूलाई निष्कासित गरिदिने छु, र मेरो नाउँको लागि मैले अलग गरेको यो मन्दिरलाई म मेरो दृष्टिबाट मिल्काइदिने छु अनि इस्राएल सबै जातिका बिचमा घृणा र उपहासको उदाहरण बन्ने छ ।

  • 4तैंले उसलाई यसो भन्‍नुपर्छ, ‘परमप्रभु यसो भन्‍नुहुन्छः हेर, जे मैले बनाएँ, त्‍यो म अब भत्काउँदैछु । जे मैले रोपेँ, त्‍यो अहिले म उखेल्दैछु— सारा पृथ्वीभरि नै म यसै गर्नेछु ।

  • 7किनकि सर्वशक्तिमान् परमप्रभुको दाखबारी इस्राएलको घराना, र यहूदाका मानिसचाहिं आनन्‍दको बगैंचा हो । न्यायको निम्ति उहाँ पर्खनुभयो, तर त्‍यसको साटोमा त्यहाँ हत्या भयो । धार्मिकताको खोज्नुभयो तर त्‍यसको साटोमा सहायताको निम्‍ति चित्कार आयो ।

  • 8तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 10म आफ्‍ना मानिस इस्राएलको निम्ति एउटा स्थान नियुक्‍ति गर्नेछु र तिनीहरूलाई म त्यहाँ राख्‍ने छु, ताकि तिनीहरू आफ्नै ठाउँमा बसोबास गरुन् र फेरि समस्‍या नपरुन् । दुष्‍ट मानिसहरूले पहिले गरेझैं फेरि तिनीहरूलाई थिचोमिचो गर्ने छैनन् ।

  • 1¶ परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 5परमप्रभु फेरि मसँग बोल्नुभयो,

  • 14मैले आफ्‍ना मानिस इस्राएललाई उत्तराधिकारको रूपमा दिएको कुरामा प्रहार गर्ने मेरा सबै दुष्‍ट छिमेकीका विरुद्धमा परमप्रभु यसो भन्‍नुहुन्छ, “हेर, तिनीहरूको आफ्नै भूमिबाट जरैदेखि तिनीहरूलाई उखेल्ने लागेको मैले नै हो र यहूदाको घरानालाई म तिनीहरूका बिचबाट माथि तान्‍नेछु ।

  • २ इति 7:20-21
    2 पदहरू
    68%

    20तब मैले तिनीहरूलाई दिएको मेरो देशबाट म तिनीहरूलाई जरैसमेत उखेलिदिनेछु । मेरो नाउँ रहनलाई मैले अलग गरेको यस मन्‍दिरलाई म त्‍याग्‍नेछु, र सबै मानिसका बिचमा म त्‍यसलाई एउटा उखान र गिल्‍लाको पात्र बनाउनेछु ।

    21अहिले यो मन्‍दिर ज्‍यादै गौरवशाली भए तापनि, यसलाई देखेर आउनेजाने हरेक मानिस अवाक्‌ भएर सुस्‍केरा निकाल्‍नेछ । तिनीहरूले सोध्‍नेछन्, ‘परमप्रभुले किन यस देश र यस मन्‍दिरसित यस्‍तो गर्नुभयो?’

  • 1¶ मैले परमप्रभुलाई वेदीको छेऊमा खडा हुनुभएको देखें, र उहाँले भन्‍नुभयो, “स्तम्भहरूका टुप्‍पाहरूमा हिर्का ताकि त्यसका जगहरू हल्लिऊन् । तिनलाई ती सबै जनाका शिरहरूमा टुक्रा-टुक्रा पार्, र तीमध्‍ये आखिरी बचेकोलाई म तरवारले मार्नेछु । तीमध्‍ये एक जना पनि निस्‍कनेछैनन्, तीमध्‍ये एक जना पनि भाग्‍नेछैन ।

  • 27“हे यर्मिया, तिनीहरूका मार्ग निरीक्षण गर्न र जाँच गर्न मैले तँलाई धातु जाँच गर्नेजस्तै मेरा मानिसहरूको जाँच गर्ने मानिस बनाएको छु ।

  • 11के मेरो नाउँले पुकारिने यो घर तिमीहरूको दृष्‍टिमा डाँकुहरूको ओडार हो? तर हेर, मैले यो देखेको छु, यो परमप्रभुको घोषणा हो ।’

  • यहे 40:2-3
    2 पदहरू
    68%

    2परमेश्‍वरबाट आएको दर्शनमा उहाँले मलाई इस्राएल देशमा लानुभयो । उहाँले मलाई अति उच्‍च पर्वतमा आराम गर्न लानुभयो । दक्षिणमा सहरका घरहरूजस्तै देखिएका थिए ।

    3अनि उहाँले मलाई त्यहाँ लानुभयो । हेर, एक जना मानिस । तिनी हेर्दा काँसाजस्ता देखिन्‍थे । तिनको हातमा सूतीको डोरी र नाप्‍ने लौरो थियो, र तिनी सहरको मूल ढोकामा खडा भए ।

  • 12तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 4किनकि मेरा आँखाले तँलाई दया देखाउनेछैनन्, र म तँलाई छोड्नेछैन । बरु, तेरा कामहरू तँमाथि नै ल्याउनेछु, र तेरा घिनलाग्‍दा कामहरू तेरा माझमा हुनेछन्, यसरी म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस्‌ ।

  • 8परमप्रभुले सियोनकी छोरीको सहरको पर्खाललाई नष्‍ट गर्ने निधो गर्नुभयो । उहाँले नाप्‍ने फित्ता तन्काउनुभयो, र पर्खाललाई नष्‍ट गर्नबाट आफ्नो हात रोक्‍नुभएको छैन । उहाँले गढी र पर्खाललाई विलाप गर्न लगाउनुभयो । ती सँगसँगै भत्के ।

  • 37परमप्रभु यसो भन्‍नुहुन्छ, “उच्‍चतम आकाशलाई नाप्न सकियो भने, अनि मुनि पृथ्वीको जगलाई पत्ता लगाउन सकियो भने मात्र, इस्राएलका सबै सन्तानले गरेका कुराको कारणले, म तिनीहरूलाई इन्कार गर्नेछु, यो परमप्रभुको घोषणा हो ।”

  • 8तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 6तिनीहरूको भलाइको निम्ति म आफ्‍नो दृष्‍टि तिनीहरूमा लगाउनेछु, र तिनीहरूलाई यस देशमा पुनर्स्थापित गराउनेछु । म तिनीहरूलाई बनाउनेछु, र तिनीहरूलाई भत्काउनेछैनँ । म तिनीहरूलाई रोप्नेछु, र तिनीहरूलाई उखेल्नेछैनँ ।

  • 7एक समय एक जाति वा राज्यलाई म धपाउनेछु, त्‍यसलाई तोड्नेछु वा नष्‍ट गर्नेछु भनी म घोषणा गर्न सक्छु ।

  • 68%

    11परमप्रभुको वचन मकहाँ यसो भनेर आयो, “ए यर्मिया, तँ के देख्छस्?” मैले भनें, “हाडे-बदामको एउटा हाँगा म देख्छु ।”

    12परमप्रभुले मलाई भन्‍नुभयो, “तैंले राम्ररी देखेको छस्, किनकि आफ्‍नो वचन पुरा गर्नलाई म त्‍यसलाई नियालेर हेर्दैछु ।”

  • 15म तिनीहरूलाई आफ्‍नै देशमा बसाल्‍नेछु, र तिनीहरूलाई मैले दिएको देशबाट, तिनीहरू फेरि कहिल्यै पनि उखेलिनेछैनन्,” परमप्रभु तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्छ ।

  • 9म आफ्‍ना मानिस इस्राएलको निम्‍ति एउटा ठाउँ तोक्‍नेछु ताकि तिनीहरू आफ्‍नै देशमा बसून् र फेरि कष्‍टमा नपरून् । दुष्‍ट मानिसहरूले पहिले गरेझैं फेरि तिनीहरूलाई थिचोमिचो गर्नेछैनन्,

  • 27राजाले शोक गर्नेछन् र शासकले निराशको पोशाक पहिरिनेछ, जबकि देशका मानिसहरूका हात त्रासले काँप्‍नेछन्‌ । तिनीहरूका आफ्‍नै चालअनुसार तिनीहरूलाई म यसो गर्नेछु । म नै परमप्रभु हुँ भनी तिनीहरूले नजानेसम्म तिनीहरूकै मानकअनुसार म तिनीहरूको न्‍याय गर्नेछु ।

  • 9उहाँले मलाई भन्‍नुभयो, “इस्राएल र यहूदाका घरानाको पाप असाध्‍य ठुलो छ । देश रक्तपातले भरिएको छ, र सहरचाहिं विकृतिले भरिपूर्ण छ, किनकि तिनीहरू भन्‍छन्, 'परमप्रभुले देशलाई त्‍याग्‍नुभएको छ, र ‘परमप्रभुले देख्‍नुहुन्‍न' ।

  • 1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः

  • 28विगतमा मैले तिनीहरूलाई जरैदेखि उखेल्न, लछार्न, नष्‍ट पार्न र हानि गर्न तिनीहरूलाई मेरो निगरानीमा राखेँ । तर आउने दिनहरूमा, तिनीहरूलाई निर्माण गर्न र तिनीहरूलाई रोप्न, म तिनीहरूको रेखदेख गर्नेछु, यो परमप्रभुको घोषणा हो ।”

  • 1¶ आमोसका छोरा यशैयाले यहूदा र यरूशलेमका बारेमा दर्शनमा दखेका कुराहरू ।

  • 3सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः तिमीहरूका मार्ग र अभ्यास असल बनाओ, र म तिमीहरूलाई यस ठाउँमा बसिरहन दिनेछु ।