आमोस 7:6

अनलक शाब्दिक बाइबल

परमप्रभु यस विषयमा नरम हुनुभयो । परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “यो पनि हुनेछैन ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • न्या 2:18 : 18 जब परमप्रभुले तिनीहरूका निम्ति न्यायकर्ताहरू खडा गर्नुभयो, ती न्यायकर्ताहरू बाँचुन्जेल परमप्रभुले तिनीहरूलाई सहायता गर्नुभयो र तिनीहरूका शत्रुहरूका हातबाट तिनीहरूलाई बचाउनुभयो । तिनीहरूलाई अत्‍याचार गर्ने र कष्‍ट दिनेहरूका कारणले तिनीहरूले चित्कार गर्दा परमप्रभुले तिनीहरूमाथि दया देखाउनुभयो ।
  • न्या 10:16 : 16 तिनीहरूले आफ्ना बिचमा भएका विदेशी देवताहरू त्यागे र परमप्रभुको आराधना गरे । तब परमप्रभुले इस्राएलको दुःखलाई अरू बढी सहन सक्‍नुभएन ।
  • भजन 90:13 : 13 हे परमप्रभु, फर्कनुहोस्! यो कहिलेसम्म हुनेछ? आफ्नो सेवकमाथि दया गर्नुहोस् ।
  • भजन 135:14 : 14 किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई रक्षा गर्नुहुन्छ र आफ्‍ना सेवकहरूमाथि दया देखाउनुहुन्छ ।
  • यिर्मि 26:19 : 19 के यहूदाका राजा हिजकिया र यहूदाका सारा मानिसले तिनलाई मारे त? के तिनले परमप्रभुको भय मान्‍ने काम गरे र परमप्रभुले तिनीहरूमाथि ल्याउने घोषणा गर्नुभएको विपत्ति ल्याउनबाट उहाँको मन बद्लने गरी के तिनले परमप्रभुको मुहारलाई शान्त पारेनन् र? यसरी हामी आफ्नै प्राणको विरुद्धमा अझै ठुलो दुष्‍ट काम गर्ने र?”
  • आमो 7:3 : 3 परमप्रभु यस विषयमा नरम हुनुभयो । उहाँले भन्‍नुभयो, “यस्तो हुनेछैन ।”
  • योना 3:10 : 10 तिनीहरूले जे गरे त्‍यो परमेश्‍वरले देख्‍नुभयो । यसरी तिनीहरू आफ्ना दुष्‍ट मार्गहरूबाट फर्के । यसैले परमेश्‍वरले तिनीहरूलाई दिन्‍छु भन्‍नुभएको दण्डको बारेमा उहाँले आफ्नो मन परिवर्तन गर्नुभयो, र उहाँले त्यसो गर्नुभएन ।
  • योना 4:2 : 2 यसैले योनाले परमप्रभुसँग प्रार्थना गरे र यसो भने, “हे परमप्रभु, के म आफ्नो देशमा हुँदा मैले यही कुरा भनेको थिइनँ र? यसकारण म तर्शीशमा भागेर जाने प्रयत्‍न गरें, किनभने मलाई थाहा थियो, कि तपाईं अनुग्रही परमेश्‍वर हुनुहुन्छ, दयाले पूर्ण, रिसाउनमा ढिलो र प्रतिज्ञामा विश्‍वसनीय हुनुहुन्छ, र तपाईंले विपत्ति पठाउन रोक्‍नुहुन्‍छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • आमो 7:2-5
    4 पदहरू
    92%

    2जब तिनीहरूले भूमिको बालीनाली खाएर सके, अनि त्‍यसपछि मैले भनें, “परमप्रभु परमेश्‍वर, कृपया क्षमा गर्नुहोस् । याकूब कसरी बाँच्‍नेछ? किनकि त्यो त धेरै सानो छ ।”

    3परमप्रभु यस विषयमा नरम हुनुभयो । उहाँले भन्‍नुभयो, “यस्तो हुनेछैन ।”

    4अनि परमप्रभु परमेश्‍वरले मलाई यस्तो देखाउनुभयोः हेर, परमप्रभु परमेश्‍वरले न्याय गर्नलाई आगो बोलाउनुभयो । त्यसले पृथ्वीमुनिको गहिरो विशाल पानीलाई सुकायो र त्यसले जमिनलाई पनि भष्‍म पार्न सक्थ्यो ।

    5तर मैले भनें, “परमप्रभु परमेश्‍वर, कृपया रोक्‍नुहोस् । याकूब कसरी बाँच्‍नेछ? किनकि त्यो त धेरै सानो छ ।”

  • 7परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “त्‍यो कुरा हुन आउनेछैन । त्‍यस्‍तो हुनेछैन,

  • उत्प 6:6-7
    2 पदहरू
    77%

    6पृथ्वीमा मानव-जातिलाई बनाउनुभएकोमा परमप्रभुले पछुतो मान्‍नुभयो, र यसले उहाँलाई दुःखित तुल्यायो ।

    7यसैले परमप्रभुले भन्‍नुभयो, “मैले सृष्‍टि गरेका मानव-जातिलाई पृथ्वीको सतहबाट नामेट पार्नेछु; मानव-जाति र ठुला-ठुला जनावरहरू, घस्रने जन्तुहरू र आकाशमा उड्ने पक्षीहरू सबैलाई नमाेट पार्नेछु, किनकि तिनीहरूलाई बनाएकोमा म दुःखित छु ।”

  • 14तब आफ्नो जातिलाई हानि गर्नदेखि परमप्रभुले आफ्नो मन बद्लनुभयो ।

  • 10तिनीहरूले जे गरे त्‍यो परमेश्‍वरले देख्‍नुभयो । यसरी तिनीहरू आफ्ना दुष्‍ट मार्गहरूबाट फर्के । यसैले परमेश्‍वरले तिनीहरूलाई दिन्‍छु भन्‍नुभएको दण्डको बारेमा उहाँले आफ्नो मन परिवर्तन गर्नुभयो, र उहाँले त्यसो गर्नुभएन ।

  • यहे 24:14-15
    2 पदहरू
    74%

    14म परमप्रभुले यो घोषणा गरेको हुँ, र म यो गर्नेछु । म पछि हट्‌नेछैनँ, न त म त्‍यसबाट आराम नै गर्नेछु । तेरा चाल र तेरा कामहरूले तिनीहरूले तेरो न्‍याय गर्नेछन्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

    15त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः

  • 73%

    27परमप्रभु यसो भन्‍नुहुन्छ, “सारा देश ध्वस्त हुनेछ, तर म यसलाई पूर्ण रूपमा नष्‍ट पार्दिनँ ।

    28यसकारण पृथ्वीले शोक गर्नेछ, र माथि आकाशमण्डल अँध्यारो हुनेछ । किनकि मैले आफ्‍नो मनको कुरा घोषणा गरेको छु । म त्यसलाई रोक्दिनँ । त्यसलाई कार्यान्वयन गर्नदेखि म तर्कन्‍नँ ।

  • 11परमप्रभुले मलाई यसो भन्‍नुभयो, “यी मानिसहरूको पक्षमा भलाइको निम्ति प्रार्थना नगर् ।

  • आमो 7:7-8
    2 पदहरू
    73%

    7उहाँले मलाई यो कुरा देखाउनुभयोः हेर, परमप्रभु हातमा साहुल लिएर एउटा पर्खालको छेउमा उभिनुभयो ।

    8परमप्रभुले मलाई भन्‍नुभयो, “आमोस, तैंले के देखिस्?” मैले भनें, “एउटा साहुल ।” परमप्रभुले भन्‍नुभयो, “हेर, इस्राएलका मेरा मानिसहरूका बिचमा म एउटा साहुल राख्‍नेछु । म तिनीहरूलाई अब बाँकी छोड्नेछैनँ ।

  • 6तैंले मलाई त्यागेको छस्, यो परमप्रभुको घोषणा हो— तँ मबाट फर्केर गएको छस् । त्यसैले म आफ्‍नो हातले तँलाई प्रहार गर्नेछु र तलाई नाश पार्नेछु । तँलाई दया देखाउँदा-देखाउँदा म थकित भइसकेको छु ।

  • 16तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 29साथै इस्राएलका शक्तिले न ढाट्नु हुन्छ न त आफ्‍नो मन बदल्‍नु नै हुन्छ । किनभने आफ्नो मन बद्लने उहाँ मानिस हुनुहुन्‍न।

  • 16“ए यर्मिया, तैंलेचाहिं यी मानिसहरूको लागि प्रार्थना नगर्, र तिनीहरूको पक्षमा विलाप नगर्, न त बिन्ती चढा, किनकि म तेरो कुरा सुन्दिनँ ।

  • 10यसरी तिनीहरूले जान्‍नेछन्, कि म नै परमप्रभु हुँ । यही कारणले म तिनीहरूमाथि हानि ल्‍याउँछु भनी मैले भनें ।

  • 10तर मेरो कुरा नसुनेर त्‍यसले मेरो दृष्‍टिमा खराबी गर्छ भने, मैले त्यसलाई गर्नेछु भनेको घोषणाको भलाइ गर्न म रोक्‍नेछु ।

  • 1¶ परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 10'तिमीहरू फर्केर जान्‍छौ र यस देशमा बस्‍छौ भने, म तिमीहरूलाई निर्माण गर्नेछु, भत्काउनेछैनँ । म तिमीहरूलाई रोप्नेछु, उखेल्नेछैनँ, किनकि मैले तिमीहरूमाथि ल्याएको विपत्ति म हटाउनेछु ।

  • 14किनभने सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: तिमीहरूका पिता-पुर्खाहरूले मलाई रिस उठाउँदा मैले तिनीहरूलाई हानी पुर्‍याउने योजना गरेर तिनीहरूप्रति दया देखाइनँ - परमप्रभु घोषणा गर्नुहुन्छ,

  • 8तर मैले त्‍यस्तो घोषणा गरेको त्यो जाति दुष्‍ट्याइँबाट फर्कन्छ भने मैले त्यसमाथि ल्याउने योजना गरेको विपत्ति म ल्याउनेछैनँ ।

  • 6“किनभने म, परमप्रभु परिवर्तन भएको छैनँ, यसैकारण याकूबका सन्तान हो, तिमीहरू नष्‍ट भएका छैनौ ।

  • 4किनकि मेरा आँखाले तँलाई दया देखाउनेछैनन्, र म तँलाई छोड्नेछैन । बरु, तेरा कामहरू तँमाथि नै ल्याउनेछु, र तेरा घिनलाग्‍दा कामहरू तेरा माझमा हुनेछन्, यसरी म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस्‌ ।

  • 13त्यसैले अब, आ-आफ्ना चाल र अभ्यासहरू सुधार्नुहोस् र परमप्रभु तपाईंहरूका परमेश्‍वरको सोर सुन्‍नुहोस्, ताकि उहाँले तपाईंहरूको विरुद्धमा घोषणा गर्नुभएको विपत्तिको विषयमा उहाँले आफ्नो मन बद्लनुहुनेछ ।

  • 6“अगमवाणी नगर” भनेर तिनीहरू भन्‍नेछन् । “तिनीहरूले यस्ता कुराहरूको अगमवाणी गर्नुहुँदैन; तिरस्कार हामीमाथि आउनेछैन ।”

  • 4तैंले उसलाई यसो भन्‍नुपर्छ, ‘परमप्रभु यसो भन्‍नुहुन्छः हेर, जे मैले बनाएँ, त्‍यो म अब भत्काउँदैछु । जे मैले रोपेँ, त्‍यो अहिले म उखेल्दैछु— सारा पृथ्वीभरि नै म यसै गर्नेछु ।

  • 4त्यसैले तिनीहरूलाई भन्, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'के कोही लडेर उठ्दैन र? के कोही हरायो भने त्यो फर्केर आउन खोज्दैन र?

  • 9किनकि यो मेरो निम्ति नोआको समयको पानीजस्तै होः जसरी नोआको पानीले पृथ्वीलाई फेरि कहिल्यै डुबाउनेछैन भनी मैले शपथ खाएँ, त्यसरी नै तँसँग कहिल्यै रिसाउँदिनँ वा तँलाई हप्‍काउँदिन भनी मैले शपथ खाएको छु ।

  • 8“म, परमप्रभुले आफैंसित यो प्रतिज्ञा गरेको छु — यो परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर घोषणा हो, म याकूबको घमण्डलाई घृणा गर्छु, म त्यसका किल्लाहरूलाई घृणा गर्छु । यसकारण म त्यो सहरमा भएका सबै थोकसँगै त्‍यसलाई सुम्पिदिनेछु ।”

  • 6किनकि अब म भूमिमा बसोबास गर्नेहरूलाई दया देखाउनेछैनँ! - परमप्रभु घोषणा गर्नुहुन्छ । हेर, म हरेक मानिसलाई त्यसको छिमेकी र त्यसको राजाको हातमा सुम्पन लाग्दै छु, अनि तिनीहरूले भूमिलाई नष्‍ट गर्नेछन् र तिनीहरूका हातबाट म कसैलाई पनि छुटाउनेछैन ।”

  • 30यो परमप्रभुको घोषणा हो, त्यसको अटेरी बोली म आफैंलाई थाहा छ, जुन त्यसका कामहरूजस्तै व्यर्थको छ ।

  • 8हेर्, परमप्रभु परमेश्‍वरको आँखा पापी राज्यमाथि पर्छ, र म त्यसलाई पृथ्वीको सतहबाट विनाश गर्नेछु, तर म याकूबको घरानालाई पूर्ण रूपमा नाश गर्नेछैनँ, यो परमप्रभुको घोषणा हो ।

  • 3सयद तिनीहरूले सुन्‍नेछन्, अनि हरेक मानिस आफ्ना दुष्‍ट चालहरूबाट फर्कनेछन्, यसरी तिनीहरूका अभ्यासको दुष्‍टताको कारणले मैले तिनीहरूमाथि ल्याउने योजना गरेको विपत्ति ल्याउनबाट मैले आफ्‍नो मन म बद्लनेछु ।

  • 37परमप्रभुले उर्दी नगर्नुभएसम्म कसले बोलेको कुरा पुरा भएको छ?

  • 19परमेश्‍वर मानिस वा मानव हुनुहुन्‍न कि उहाँले ढाँट्नुपरोस्, उहाँले आफ्नो मन बदल्नुपरोस् । के उहाँले पुरा नगर्ने गरी कुनै कुरा प्रतिज्ञा गर्नुभएको छ? के उहाँले कुनै गर्छु भनेर पुरा गर्नुभएको छैन र?

  • 28यसकारण तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः मेरा वचन पुरा हुन अब ढिलो हुनेछैन, तर मैले बोलेका वचन पुरा हुनेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 1¶ तब परमप्रभुको यो वचन यसो भनेर मकहाँ आयो,

  • 8यही कारणले गर्दा, आफैलाई भाङ्ग्राले बेर, विलाप गर र रोओ । किनकि परमप्रभुको रिसको शक्ति हामीबाट तर्केर गएको छैन ।

  • 14यो कुरा सर्वशक्तिमान् परमप्रभुले मेरो कानमा प्रकट गर्नुभयोः “निश्‍चय नै यो अपराधको निम्‍ति मृत्‍युमा पनि तिमीहरूलाई क्षमा हुनेछैन,” परमप्रभु सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ ।

  • 20त्यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर, यस ठाउँमा मानिस र पशु दुवैमाथि, शेतबारीका रूखहरू र जमिनका फलमाथि मेरो रिस र क्रोधको ज्वाला फुट्नेछ । यसले जलाउनेछ, र कहिल्यै निभाइनेछैन ।”

  • 14किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई रक्षा गर्नुहुन्छ र आफ्‍ना सेवकहरूमाथि दया देखाउनुहुन्छ ।

  • 1¶ तब परमप्रभुले मलाई भन्‍नुभयो, “मोशा र शमूएल मेरो सामु खडा भए तापनि म यी मानिसका पक्षमा खडा हुन्‍नँ । तिनीहरूलाई टाढा जानलाई मेरो सामुबाट तिनीहरूलाई हटाइदे ।

  • 16अब परमप्रभुको वचन सुन । तिमी भन्छौ, ‘इस्राएलको विरुद्धमा अगमवाणी नगर, र इसहाकको घरानाको विरुद्धमा नबोल ।’