१ राजा 17:14

अनलक शाब्दिक बाइबल

किनकि इस्राएलका परमेश्वर परमप्रभु भन्नुहुन्छ, 'परमप्रभुले पृथ्वीमा वृष्टि नपठाउञ्जेलसम्म पिठोको भाँडो रित्तो हुने छैन, न त ढुङ्ग्रोबाट तेल आउन रोकिने छ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ राजा 3:16 : 16 तिनले भने, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'यो सुक्खा नदीको उपत्यकालाई खाल्डै-खाल्डो बनाओ ।'
  • २ राजा 4:2-7 : 2 त्यसैले एलीशाले तिनलाई भने, “तिम्रो निम्ति म के गरौं? घरमा तिमीसँग के छ मलाई भन ।” तिनले भनिन्, “तपाईंका दासीको घरमा एउटा भाँडोमा तेलबाहेक केही छैन ।” 3 तब एलीशाले भने, “तिम्रा छिमेकीहरूबाट रित्ता भाँडाहरू पैँचो माग्‍न जाऊ । सकेजति धेरै पैँचो माग । 4 त्यसपछि तिमी भित्र जाऊ र तिम्रा छोराहरूलाई पनि भित्र राखेर ढोका बन्द गर, अनि ती सबै भाँडामा तेल खन्याऊ । भरिएका भाँडाहरू एकापट्टि राख ।” 5 त्यसैले तिनी एलीशाबाट विदा भइन्, र तिनले आफ्ना छोराहरूलाई पनि भित्र राखेर ढोका बन्द गरिन् । तिनीहरूले तिनीकहाँ भाँडाहरू ल्याए, र तिनले ती तेलले भरिन् । 6 जब ती भाँडाहरू भरिए तब तिनले आफ्नो छोरोलाई भनिन्, “ अर्को भाँडा मकहाँ ल्याऊ ।” तर उसले तिनलाई भन्‍यो, “अब एउटै भाँडा पनि छैन।” त्यसपछि तेल आउन पनि छाड्यो । 7 तब तिनी आइन् र परमेश्‍वरका मानिसलाई त्यो कुरो बताइन् । तिनले भने, “गएर तेल बेच । तिम्रो ऋण तिर, र आफ्ना छोराहरूसित आरामसित बस ।”
  • २ राजा 4:42-44 : 42 बाल-शलीशाको कोही एक जना मानिस परमेश्‍वरकका मानिसकहाँ आयो, र त्यसले अगौटे फलबाट तयार गरिएको जौँका बिसवटा रोटी र केही अन्‍नका ताजा बाला आफ्नो बोरामा लिएर आयो । त्यसले भन्यो, “यो मानिसहरूलाई दिनुहोस् ताकि तिनीहरूले खान सकून् ।” 43 तिनको सेवकले भन्यो, “एक सय जना मानिसलाई मैले यसबाट कसरी भाग पुर्‍याउन सक्छु र?” तर एलीशाले भने, “यो मानिसहरूलाई ताकि तिनीहरूलेखान सकून्, किनकि परमप्रभु भन्‍नुहुन्छ, 'तिनीहरूले खानेछन्, र केही बच्‍नेछ' ।” 44 त्यसैले तिनको सेवकले त्यो तिनीहरूका सामु राखिदियो र तिनीहरूले खाए अनि परमप्रभुको वचनले प्रतिज्ञा गरेझैँ केही बच्‍यो ।
  • २ राजा 7:1 : 1 ¶ एलीशाले भने, “परमप्रभुको वचन सुन्‍नुहोस् । परमप्रभु यसो भन्‍नुहुन्छ, 'भोलि यतिबेला सामरियाको मूल ढोकामा एक ग्राम चाँदीमा डेढ माना पिठो र एक ग्राम चाँदीमा तिन माना जौ बिक्री हुनेछ' ।”
  • २ राजा 9:6 : 6 त्यसैले येहू उठेर घरभित्र गए र ती अगमवक्ताले येहूको शिरमाथि तेल खन्याए, र तिनलाई भने, “इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'मैले तँलाई इस्राएलमाथि अर्थात् परमप्रभुका मानिसहरूमाथि राजा अभिषेक गरेको छु ।
  • मत्त 14:17-20 : 17 उनीहरूले उहाँलाई भने, “हामीसँग यहाँ जम्मा पाँचवटा रोटी र दुईवटा माछा मात्र छन् ।” 18 येशूले भन्‍नुभयो, “ती मकहाँ ल्याओ ।” 19 अनि येशूले भिडलाई चौरमा बस्‍नको लागि आदेश दिनुभयो । उहाँले पाँचवटा रोटी र दुईवटा माछा लिनुभयो । माथि स्वर्गमा हेर्दै उहाँले धन्यवाद दिनुभयो र रोटीलाई भाँच्‍नुभयो अनि चेलाहरूलाई ती दिनुभयो । चेलाहरूले ती भिडहरूलाई दिए । 20 तिनीहरू सबैले खाए र टन्‍न भए । त्यसपछि उनीहरूले खानाका बाँकी भएका टुक्राहरू बाह्र टोकरीभरि बटुले ।
  • मत्त 15:36-38 : 36 उहाँले ती सातवटा रोटी र माछा लिनुभयो, र धन्यवाद दिनुभएपछि ती रोटीहरू भाँच्‍नुभयो र चेलाहरूलाई दिनुभयो । अनि चेलाहरूले ती भिडलाई दिए । 37 मानिसहरू सबैले खाए र सन्तुष्‍ट भए । र उनीहरूले बाँकी रहेका टुक्रा-टाक्री खाना जम्मा गरेर सात डाला भरे । 38 स्‍त्रीहरू र बालबालिकाहरूबाहेक जतिले खाए, तिनीहरू चार हजार मानिस थिए ।
  • १ राजा 17:4 : 4 तैँले त्यही खोलाबाट पानी पिउने छस्, र मैले तँलाई खुवाउन कागहरूलाइ आज्ञा गरेको छु ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ राजा 17:15-17
    3 पदहरू
    92%

    15त्यसैले उनले एलियाले भनेझैँ गरिन् । उनी र एलियालगायत उनको घरानाले धेरै दिनसम्म खाए ।

    16परमप्रभुले एलियाद्वारा बोल्नुभएको वचनले भनेझैँ पिठोको भाँडो रित्तो भएन, न त ढुङ्ग्रोबाट तेल आउन रोकियो ।

    17यी कुरापछि ती स्त्री अर्थात् त्यस घरको मालिक्नीको छोरो बिरामी पर्‍यो । त्यसको रोग यति गम्भीर थियो कि त्यसले सास फेर्नै छोड्यो ।

  • १ राजा 17:4-13
    10 पदहरू
    82%

    4तैँले त्यही खोलाबाट पानी पिउने छस्, र मैले तँलाई खुवाउन कागहरूलाइ आज्ञा गरेको छु ।”

    5एलिया गए, र परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनले गरे । तिनी यर्दनको पूर्वमा पर्ने केरीत खोलानेर बस्न गए ।

    6कागहरूले तिनलाई बिहान र बेलुका रोटी र मासु ल्याए, अनि तिनले खोलाबाट पानी पिए ।

    7तर देशमा पानी नपरेकोले केही समय बितेपछि खोला सुक्यो ।

    8परमप्रभुको वचन तिनीकहाँ आयो,

    9“उठेर सीदोनको सारपातमा जा, र त्यही बस् । हेर्, तेरो खानाको बन्दोवस्त मिलाउन मैले त्यहाँ एउटी विधवालाई आज्ञा दिएको छु ।”

    10त्यसैले तिनी उठेर सारपातमा गए । तिनी सहरको मुल ढोकामा आइपुग्दा एउटी विधवाले दाउरा बटुल्दै थिइन् । तिनले उनलाई डाकेर भने, “मलाई पिउनलाई यो भाँडोमा थोरै पानी ल्याइदिनुहुन्छ कि?”

    11उनी पानी लिन जाँदै गर्दा तिनले उनलाई भने, “तपाईंको हातमा रोटीको टुक्रा पनि ल्याइदिनुहोस् ।”

    12उनले भनिन्, “परमप्रभु तपाईंका परमेश्वरको नाउँमा म भन्दछु, कि मसित कुनै रोटी छैन, तर भाँडामा एक मुट्ठी पिठो र ढुङ्ग्रोमा अलकति तेल छ । हेर्नुहोस्, म र मेरो छोरोको लागि खाना बनाई खाएर हामी नमरूँ भनी मैले दुईचार टुक्रा दाउरा बटुल्दै छु ।”

    13एलियाले उनलाई भने, “नडराऊ । गएर मैले भनेझैँ गर, तर पहिले मेरो निम्ति सानो रोटी बनाएर ल्याऊ । त्यसपछि तिमी र तिम्रो छोरोको निम्ती केही रोटी बनाऊ ।

  • २ राजा 4:2-7
    6 पदहरू
    78%

    2त्यसैले एलीशाले तिनलाई भने, “तिम्रो निम्ति म के गरौं? घरमा तिमीसँग के छ मलाई भन ।” तिनले भनिन्, “तपाईंका दासीको घरमा एउटा भाँडोमा तेलबाहेक केही छैन ।”

    3तब एलीशाले भने, “तिम्रा छिमेकीहरूबाट रित्ता भाँडाहरू पैँचो माग्‍न जाऊ । सकेजति धेरै पैँचो माग ।

    4त्यसपछि तिमी भित्र जाऊ र तिम्रा छोराहरूलाई पनि भित्र राखेर ढोका बन्द गर, अनि ती सबै भाँडामा तेल खन्याऊ । भरिएका भाँडाहरू एकापट्टि राख ।”

    5त्यसैले तिनी एलीशाबाट विदा भइन्, र तिनले आफ्ना छोराहरूलाई पनि भित्र राखेर ढोका बन्द गरिन् । तिनीहरूले तिनीकहाँ भाँडाहरू ल्याए, र तिनले ती तेलले भरिन् ।

    6जब ती भाँडाहरू भरिए तब तिनले आफ्नो छोरोलाई भनिन्, “ अर्को भाँडा मकहाँ ल्याऊ ।” तर उसले तिनलाई भन्‍यो, “अब एउटै भाँडा पनि छैन।” त्यसपछि तेल आउन पनि छाड्यो ।

    7तब तिनी आइन् र परमेश्‍वरका मानिसलाई त्यो कुरो बताइन् । तिनले भने, “गएर तेल बेच । तिम्रो ऋण तिर, र आफ्ना छोराहरूसित आरामसित बस ।”

  • १ राजा 17:1-2
    2 पदहरू
    75%

    1¶ गिलादको तिश्बेका तिश्बी एलियाले आहाबलाई भने, “इस्राएलका परमेश्वर परमप्रभु जसको सामु म खडा छु, उहाँको नाउँमा म भन्दछु कि मैले नभनेसम्म पानी पर्ने छैन वा शीत पर्ने छैन ।”

    2परमप्रभुको वचन एलियाकहाँ आयो,

  • 41एलियाले आहाबलाई भने, “उठ्नुहोस्, खानपान गर्नुहोस् र पिउनुहोस् किनकि ठुलो झरीको आवाज आउँदै छ ।”

  • 14म तोकिएको ऋतुमा तिमीहरूको देशमा अगिल्लो वृष्‍टि र पछिल्लो वृष्‍टि पठाउने छु, ताकि तिमीहरूले तिमीहरूको अन्‍न, नयाँ मद्य र तेल जम्मा गर्न सक ।

  • 41तर एलीशाले भने, “केही पिठो ल्याऊ ।” तिनले त्यसलाई भाँडोभित्र हाले र भने, “मानिसहरूलाई यो खान देऊ ताकि तिनीहरूले त्‍यो खानसकून् ।” तब त्‍यस भाँडोमा त्यस्तो हानिकारक कुनै कुरो बाँकी रहेन ।

  • 17किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'तिमीहरूले बतास देख्‍नेछैनौ, न त वर्षा देख्‍नेछौ, तर यो नदीको उपत्यका पानीले भरिनेछ, अनि तिमीहरू, तिमीहरूका गाईवस्तु र सबै पशुले पिउनेछौ ।'

  • १ राजा 18:1-2
    2 पदहरू
    71%

    1¶ धेरै दिन बितेपछि खडेरीको तेस्रो वर्षमा परमप्रभुको वचन एलियाकहाँ आयो, “आहाबकहाँ गएर आफैलाई प्रकट गर्, र म देशमा वृष्टि ल्याउने छु ।”

    2आफैलाई आहाबकहाँ प्रकट गर्न एलिया गए । सामरियामा घोर अनिकाल परेको थियो ।

  • २ राजा 7:1-2
    2 पदहरू
    71%

    1¶ एलीशाले भने, “परमप्रभुको वचन सुन्‍नुहोस् । परमप्रभु यसो भन्‍नुहुन्छ, 'भोलि यतिबेला सामरियाको मूल ढोकामा एक ग्राम चाँदीमा डेढ माना पिठो र एक ग्राम चाँदीमा तिन माना जौ बिक्री हुनेछ' ।”

    2तब जुन अधिकारीको हातको भरमा राजा हिंड्थे तिनले परमेश्‍वरका मानिसलाई जवाफ दिए र भने, “हेर्नुहोस्, परमेश्‍वरले स्वर्गमा झ्यालहरू बनाउनुभयो भने पनि यसो हुन सक्ला र?” एलीशाले जवाफ दिए, “तिम्रा आफ्नै आँखाले यसो भएको तिमी देख्‍नेछौ, तर तिमीले यो खान पाउनेछैनौ ।”

  • 10अब तिमीहरूले निश्‍चय नै बुझ्नुपर्छ कि आहाबको घरानाको सम्बन्धमा बोलिएको परमप्रभुको वचनको कुनै पनि भाग खेर जाने छैन किनकि परमप्रभुले आफ्ना सेवक एलियाद्वारा बोल्नुभएअनुसार गर्नुभएको छ ।”

  • 24खलाहरू गहुँले भरिनेछन्, र घ्‍याम्‍पोहरू नयाँ दाखमद्य र तेलले भरिएर पोखिनेछन् ।

  • 24ती स्त्रीले एलियालाई भनिन्, “अब मलाई थाहा भयो, कि तपाईं परमेश्वरका जन हुनुहुँदोरहेछ र तपाईंको बोलीमा भएको परमप्रभुको वचन तपाईंको मुखमा साँचो रहेछ ।”

  • 25तर म तिमीहरूलाई सत्य भन्दछु, तिन वर्ष छ महिनासम्म स्वर्गको ढोका बन्द गरी वृष्‍टि रोकिँदा र सारा भूमीमा ठुलो अनिकाल पर्दा एलियाको समयमा इस्राएलमा धेरै विधवाहरू थिए ।

  • 1¶ अब एलीशाले त्‍यस स्‍त्रीसित बात गरेका थिए जसको छोरोलाई तिनले मृत्‍युबाट फेरि जिवित पारेका थिए । तिनले उनलाई भने, “उठ र आफ्ना घरानाको साथमा जाऊ र तिमीलाई जहाँ इच्छा लाग्‍छ त्‍यहाँ अर्को देशमा गएर बस, किनकि परमप्रभुले यस देशमा सात वर्षसम्म अनिकाल ल्याउने वचन दिनुभएको छ ।”

  • 35पानी वेदीको चारैतिर पोखियो र खाडल भरियो ।

  • १ राजा 18:12-13
    2 पदहरू
    70%

    12म यहाँबाट जानेबित्तिकै परमप्रभुका आत्माले तपाईंलाई मैले नचिनेको ठाउँमा लैजानुहुने छ । तब मैले आहाबलाई गएर बताउँदा तिनले तपाईंलाई फेला नपारेपछि तिनले मलाई मार्ने छन् । तापनि म तपाईंका दासले त मेरो बाल्यकालदेखि नै परमप्रभुको आराधना गरेको छु ।

    13हे मेरा मालिक, ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मार्दा मैले परमप्रभुका एक सय जना अगमवक्तालाई पचास-पचास गरी कसरी एउटा गुफामा लुकाई तिनीहरूलाई रोटी र पानी खुवाएँ भन्ने कुरो तपाईंलाई बताइएको छैन र?

  • २ राजा 4:43-44
    2 पदहरू
    70%

    43तिनको सेवकले भन्यो, “एक सय जना मानिसलाई मैले यसबाट कसरी भाग पुर्‍याउन सक्छु र?” तर एलीशाले भने, “यो मानिसहरूलाई ताकि तिनीहरूलेखान सकून्, किनकि परमप्रभु भन्‍नुहुन्छ, 'तिनीहरूले खानेछन्, र केही बच्‍नेछ' ।”

    44त्यसैले तिनको सेवकले त्यो तिनीहरूका सामु राखिदियो र तिनीहरूले खाए अनि परमप्रभुको वचनले प्रतिज्ञा गरेझैँ केही बच्‍यो ।

  • 1¶ खडेरीको सम्‍बन्‍धमा यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो,

  • १ राजा 18:43-44
    2 पदहरू
    69%

    43तिनले आफ्नो नोकरलाई भने, “गएर समुद्रतिर गएर हेर् ।” तिनको नोकर गएर हेर्‍यो र फर्केर आई भन्यो, “त्यहाँ केही छैन ।” त्यसैले एलियाले भने, “सातपल्ट गएर हेर् ।”

    44सातौँ पटकमा नोकरले भन्यो, “हेर्नुहोस्, मानिसको हातजस्तै समुद्रबाट सानो बादल उठिरहेको छ ।” एलियाले जवाफ दिए, “गएर आहाबलाई भन्, 'आफ्नो रथ तयार गरेर तल जानुहोस् नत्रता पानीले तपाईंलाई रोक्ने छ ।”

  • 17अन्जिरका रूखहरूमा मुना नलागेपनि, र दाखका बोटहरूमा कुनै फल नलागेपनि, र जैतूनको रूखले केही नफलाए पनि, र भुमिले केही भोजन नदिएपनि, र खोरबाट बगाल हटाइएपनि, र गोठमा कुनै गाइवस्तु नभएपनि, म यही गर्नेछु ।

  • 17अत्यचारमा परेका र खाँचोमा परेकाहरूले पानी खोज्नेछन्, तर त्यहाँ हुनेछैन, अनि तिर्खाले गर्दा तिनीहरूको जिब्रो सुक्‍खा हुन्छन् । म, परमप्रभुले तिनीहरूको प्रार्थनाको जवाफ दिनेछु । म, इस्राएलका परमेश्‍वरले तिनीहरूलाई त्‍याग्‍नेछैन ।

  • 17किनकि परमप्रभुको वचनद्वारा मलाई आज्ञा दिइएको छ, 'तैँले त्यहाँ रोटी नखानू, न पानी पिउनू, न तँ आएको बाटो फर्केर जानू' ।”

  • 12त्यसैले तैंले यो वचन तिनीहरूलाई भन्‍नुपर्छ, 'परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः हरेक मशक दाखमद्यले भरिनेछ ।' तिनीहरूले तँलाई भन्‍नेछन्, 'हरेक मशक दाखमद्यले भरिनेछ भनेर के हामीलाई थाहा छैन र?'

  • 16तिमीहरू बिस मुरी अन्‍नको छेऊमा आउँदा, त्यहाँ दश मात्र थिए, र तिमीहरू पचास लिटर दखमद्य लिन कोलमा आउँदा, त्यहाँ बिसमात्र थिए ।

  • 10खेतहरू सखाप पारिएका छन्, र अन्‍नहरू नष्‍ट पारिएका हुनाले भूमिले विलाप गर्दैछ । नयाँ दाखमद्य सुकेको छ, तेल बाँकी छैन ।

  • 28तब परमप्रभुको वचन तिश्बी एलियाकहाँ आयो,

  • 32अनाज र नयाँ दाखमद्य, अन्‍न र दाखबारी, भद्राक्षका रुखहरू र मह भएको देश अर्थात् तिमीहरूको आफ्नै देशजस्तो एउटा देशमा मैले तिमीहरूलाई नलगेसम्म तिमीहरूले यसो गर्नेछौ, ताकि तिमीहरू बाँच्‍नेछौ र मर्नेछैनौ ‘परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ’ भनी हिजकियाले तिमीहरूलाई फकाउन खोज्दा कुरा उसको नसुन ।