२ राजा 3:17

अनलक शाब्दिक बाइबल

किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'तिमीहरूले बतास देख्‍नेछैनौ, न त वर्षा देख्‍नेछौ, तर यो नदीको उपत्यका पानीले भरिनेछ, अनि तिमीहरू, तिमीहरूका गाईवस्तु र सबै पशुले पिउनेछौ ।'

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 107:35 : 35 उहाँले उजाडस्‍थानलाई पानीको तलाउ र सुख्खा जमिनलाई पानीको मूलमा बद्लिनुहुन्‍छ ।
  • यशा 41:17-18 : 17 अत्यचारमा परेका र खाँचोमा परेकाहरूले पानी खोज्नेछन्, तर त्यहाँ हुनेछैन, अनि तिर्खाले गर्दा तिनीहरूको जिब्रो सुक्‍खा हुन्छन् । म, परमप्रभुले तिनीहरूको प्रार्थनाको जवाफ दिनेछु । म, इस्राएलका परमेश्‍वरले तिनीहरूलाई त्‍याग्‍नेछैन । 18 ठाडो भिरमा म खोला बगाउनेछु र मैदानको माझमा मुल फुटाउनेछु । मरुभूमीमा पानीको तलाउ र सुख्‍खा जमिनमा पानीको मुल म बनाउनेछु ।
  • यशा 43:19-20 : 19 हेर, मैले एउटा नयाँ कुरा गर्न लागेको छु । अब यो पुरा हुन सुरु हुन्छ । के तिमीहरूले यो बुझ्दैनौ? मरुभूमिमा म एउटा बाटो र उजाड-स्थानमा पानीका खोलाहरू बानउनेछु । 20 खेतबारीका जङ्गली जनावरहरू, स्यालहरू र सुतुर्मुर्गहरूले मेरो आदर गर्नेछन्, किनभने मेरा चुनिएका मानिसहरूलाई पिउनको निम्ति म उजाड-स्थानमा पानी र मरुभुमिमा नदीहरू दिन्‍छु,
  • यशा 48:21 : 21 उहाँले तिनीहरूलाई मरुभूमिमा डोर्‍याउनुहुँदा तिनीहरूलाइ तिर्खा लागेन । उहाँले तिनीहरूको निम्ति चट्टानबाट पानी बगाउनुभयो । उहाँले चट्टानलाई चिरा पार्नुभयो र पानी बाहिर बगेर आयो ।
  • निर्ग 17:6 : 6 म होरेब पर्वतमा चट्टानमा तेरो सामु खडा हुनेछु, र तैँले चट्टानलाई हिर्का । मानिसहरूलाई पिउन चट्टानबाट पानी निस्केर आउनेछ ।” तब मोशाले इस्राएलका धर्म-गुरुहरूको दृष्‍टिमा त्यसै गरे ।
  • गिन 20:8-9 : 8 “लहुरो ले र समुदाय, तँ र तेरा दाजु हारूनलाई भेला गर् । तिनीहरूको नजरकै सामुन्‍ने चट्टानलाई भन् र पानी निकाल्न यसलाई आज्ञा दे । तैँले त्यो चट्टानबाट तिनीहरूका निम्ति पानी निकाल्ने छस् र तैँले यो तिनीहरूलाई र तिनीहरूका गाईवस्तुहरूलाई दिनू ।” 9 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएजस्तै मोशाले परमप्रभुको सामुबाट लहुरो लिए । 10 अनि मोशा र हारूनले चट्टानको सामु मानिसहरू भेला पारे । मोशाले तिनीहरूलाई भने, “अब हे बागीहरू हो, सुन । के हामीले तिमीहरूलाई यो चट्टानबाट पानी निकाल्नपर्छ? 11 अनि मोशाले आफ्नो हात उठाएर चट्टानलाई दुई पटक हिर्काए, र पानी निस्क्यो । समुदाय र तिनीहरूका गाईवस्तुहरूले पानी पिए ।
  • १ राजा 18:36-39 : 36 साँझको बलिदान चढाउने समयमा एलिया अगमवक्ता नजिक आएर भने, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर, तपाईं इस्राएलका परमेश्वर हुनुहुन्छ र म तपाईंका दास हुँ र यी सबै कुरा मैले तपाईंको वचनअनुसार गरेको छु भनी आज थाहा होस् । 37 हे परमप्रभु, मेरो कुरा सुन्नुहोस्, तपाईं परमप्रभु नै परमेश्वर हुनुहुन्छ र तपाईंले नै यी मानिसहरूका ह्रदय फर्काउनुभएको छ भनी यी मानिसहरूले जानून् ।” 38 तब परमप्रभुको आगो खसी होमबलि, दाउरा, ढुङ्गाहरू, धूलोलाई नष्ट पार्‍यो, र खाडलको पानी पनि सुकाइदियो । 39 जब सबै मानिसले यो देखे तिनीहरूले आ-आफ्ना शिर झुकाई भने, “परमप्रभु नै परमेश्वर हुनुहुन्छ! परमप्रभु नै परमेश्वर हुनुहुन्छ!”
  • भजन 84:6 : 6 आँसुको बेसीबाट जाँदा तिनीहरूले पिउनलाई पानीको मूलहरू भेट्टाउँछन् । सुरुको वर्षाले यसलाई आशिष्‌ले ढाक्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 16तिनले भने, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'यो सुक्खा नदीको उपत्यकालाई खाल्डै-खाल्डो बनाओ ।'

  • २ राजा 3:18-20
    3 पदहरू
    79%

    18यो परमप्रभुको दृष्‍टिमा मामुली कुरो हो । उहाँले तिमीहरूलाई मोआबीहरूमाथि विजयी पनि तुल्याउनुहुनेछ ।

    19किल्लाले घेरिएको हरेक सहर र हरेक असल सहरलाई तिमीहरूले आक्रमण गर्नेछौ, हरेक असल रुखलाई काटेर ढालिदिनेछौ, पानीका सबै मुहान बन्द गरिदिनेछौ र हरेक असल खेतलाई ढुङ्गाले विनाश गरिदिनेछौ ।”

    20त्यसैले बिहान बलि चढाउने समयमा एदोमको दिशाबाट पानी आयो । देश पानीले भरियो ।

  • 18त्यो दिनमा यस्‍तो हुनेछ, पहाडहरूबाट मिठो दाखमद्य चुहिनेछ, डाँडाहरूबाट दूध बग्‍नेछ, यहूदाका सबै खोलाहरूमा पानी बग्‍नेछ, र परमप्रभुको मन्‍दिरबाट मूल फुट्नेछ, र शित्तिमको उपत्यकालाई भिजाउनेछ ।

  • व्यव 11:14-15
    2 पदहरू
    75%

    14म तोकिएको ऋतुमा तिमीहरूको देशमा अगिल्लो वृष्‍टि र पछिल्लो वृष्‍टि पठाउने छु, ताकि तिमीहरूले तिमीहरूको अन्‍न, नयाँ मद्य र तेल जम्मा गर्न सक ।

    15म तिमीहरूका गाईवस्तुहरूका लागि खर्कमा घाँस दिने छु, र तिमीहरू खाएर तृप्‍त हुने छौ ।

  • 11तर तिमीहरू अधिकार गर्न जाने देश पहाड र बेँसीहरू भएको देश हो जहाँ आकाशका पानीले जमिन भिजाउँछ ।

  • यशा 41:17-18
    2 पदहरू
    74%

    17अत्यचारमा परेका र खाँचोमा परेकाहरूले पानी खोज्नेछन्, तर त्यहाँ हुनेछैन, अनि तिर्खाले गर्दा तिनीहरूको जिब्रो सुक्‍खा हुन्छन् । म, परमप्रभुले तिनीहरूको प्रार्थनाको जवाफ दिनेछु । म, इस्राएलका परमेश्‍वरले तिनीहरूलाई त्‍याग्‍नेछैन ।

    18ठाडो भिरमा म खोला बगाउनेछु र मैदानको माझमा मुल फुटाउनेछु । मरुभूमीमा पानीको तलाउ र सुख्‍खा जमिनमा पानीको मुल म बनाउनेछु ।

  • 23तिमीहरूले जमिनमा बीउ छर्दा उहाँले तिमीहरूलाई वर्षा र जमिनबाट प्रशस्‍त रोटी दिनुहुनेछ, र अन्‍नहरू प्रशस्‍त हुनेछन् । त्यो दिनमा तिमीहरूका गाइवस्तु फराकिलो खर्कमा चर्नेछन् ।

  • 1¶ वसन्त ऋतुको मौसममा परमप्रभुबाट वर्षा माग, परमप्रभु जसले आकाशमा बिजुली र आँधी बनाउनुहुन्छ, अनि उहाँले सबैलाई वर्षाको झरी र भूमिमा उब्जनी दिनुहुनेछ ।

  • 7किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बेसीँ र पर्वतहरू हुँदै खोलानाला र मुल भएको असल देशमा ल्याउँदै हुनुहुन्छ ।

  • 7तर देशमा पानी नपरेकोले केही समय बितेपछि खोला सुक्यो ।

  • 14किनकि इस्राएलका परमेश्वर परमप्रभु भन्नुहुन्छ, 'परमप्रभुले पृथ्वीमा वृष्टि नपठाउञ्जेलसम्म पिठोको भाँडो रित्तो हुने छैन, न त ढुङ्ग्रोबाट तेल आउन रोकिने छ ।”

  • 15एफ्राइम आफ्ना दाजुभाइका बिचमा समृद्ध भए पनि, पूर्वीय बतास आउनेछ, परमप्रभुको बतास उजाड-स्‍थानबाट बहनेछ । एफ्राइमको मुहान सुक्‍नेछ, र त्यसको इनारमा पानी हुनेछैन । त्यसका हरेक बहुमुल्य थोकको भण्डारलाई त्यसको शत्रुले लुट्‍नेछ ।

  • 17अन्जिरका रूखहरूमा मुना नलागेपनि, र दाखका बोटहरूमा कुनै फल नलागेपनि, र जैतूनको रूखले केही नफलाए पनि, र भुमिले केही भोजन नदिएपनि, र खोरबाट बगाल हटाइएपनि, र गोठमा कुनै गाइवस्तु नभएपनि, म यही गर्नेछु ।

  • आमो 4:7-8
    2 पदहरू
    71%

    7फसल काट्‍नलाई तिन महिना बाँकी हुँदा नै मैले पनि तिमीहरूबाट वर्षालाई रोकें । एउटा सहरमा मैले पानी पर्न दिएँ र अर्को सहरमा मैले पानी पर्न दिइनँ । जमिनको एक भागमा पानी पर्‍यो, तर जमिनको जुन भागमा पानी परेन त्यो सुक्‍यो ।

    8दुई वा तिनवटा सहर पानी पिउनको निम्ति अर्को सहरतर्फ धर्मराउँदै हिंडे, तर तृप्‍त भएनन् । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो ।

  • यो 2:22-24
    3 पदहरू
    71%

    22ए मैदानका पशुहरू हो, नडराओ, किनकि उजाड-स्‍थानका खर्कहरूमा पलाउनेछन्, र बोटहरूले आफ्‍ना फलहरू दिनेछन्, र नेभाराका बोटहरू र दाखका बोटहरूले आ-आफ्ना फसल पुरा रूपमा दिनेछन् ।

    23ए सियोनका मानिस हो, खुशी होओ, आफ्‍ना परमप्रभु परमेश्‍वरमा आनन्दित होओ । किनकि उहाँले ठिक समयमा चाँडै शरदको वर्षा दिनुहुनेछ, र तिमीहरूका निम्ति झरी पार्नुहुनेछ, पहिलेझैं नै शरद् र बसन्तका दुवै झरी हुनेछन् ।

    24खलाहरू गहुँले भरिनेछन्, र घ्‍याम्‍पोहरू नयाँ दाखमद्य र तेलले भरिएर पोखिनेछन् ।

  • अय्यू 38:26-27
    2 पदहरू
    71%

    26कुनै व्‍यक्ति नरहने ठाउँ र कोही नभएको उजाड-स्थानमा पानी पार्नलाई,

    27सर्वनाश भएको र उजाड ठाउँहरूलाई हरियाली ल्‍याउनलाई, र भूमिबाट घाँस उमार्नलाई?

  • 5समुद्रका पानीहरू सुक्‍नेछन्, अनि नदीहरू सुक्‍नेछन् र रित्तो हुनेछन् ।

  • १ राजा 17:1-4
    4 पदहरू
    71%

    1¶ गिलादको तिश्बेका तिश्बी एलियाले आहाबलाई भने, “इस्राएलका परमेश्वर परमप्रभु जसको सामु म खडा छु, उहाँको नाउँमा म भन्दछु कि मैले नभनेसम्म पानी पर्ने छैन वा शीत पर्ने छैन ।”

    2परमप्रभुको वचन एलियाकहाँ आयो,

    3“यस ठाउँलाई छाडेर पूर्वतिर जा । यर्दनको पूर्वमा पर्ने करीत खोलामा लुकेर बस् ।

    4तैँले त्यही खोलाबाट पानी पिउने छस्, र मैले तँलाई खुवाउन कागहरूलाइ आज्ञा गरेको छु ।”

  • 11तब परमप्रभुलले तिमीहरूलाई निरन्तर रूपले डोर्‍यउनुहुनेछ र पानी नभएको क्षेत्रहरूमा तृप्‍त पार्नुहुनेछ र उहाँले तिमीहरूको हड्‍डीलाई बलियो पार्नुहुनेछ । तिमीहरू पानी हालिएको बगैंचाझैं र पानी कहिल्यै नसुक्‍ने पानीको मुलजस्तै हुनेछौ ।

  • यशा 35:6-7
    2 पदहरू
    71%

    6तब लङ्गडो मानिस हरिणझैं उफ्रनेछ र गूँगाहरूका जिब्रोले गाउनेछन्, किनकि अरबमा पानीको मुल फुट्नेछ र उजाड-स्‍थानमा खोलाहरू बग्‍नेछन् ।

    7जल्‍ने बालुवा तलाउ बन्‍नेछ र सुख्‍खा जमिन पानीको मुल हुनेछ । कुनै बेला स्यालहरू बस्‍ने ठाउँहरूमा नर्कट र काँशको घाँस हुनेछ ।

  • 17अनि परमप्रभुको क्रोध तिमीहरूको विरुद्धमा दन्कने छ, र उहाँले आकाशलाई बन्द गरिदिनुहुने छ अनि वृष्‍टि रोकिने छ र जमिनले फसल उत्पादन गर्ने छैन र परमप्रभुले तिमीहरूलाई दिनुहुने असल देशबाट तिमीहरू चाँडै नै नष्‍ट हुने छौ ।

  • 21उहाँले तिनीहरूलाई मरुभूमिमा डोर्‍याउनुहुँदा तिनीहरूलाइ तिर्खा लागेन । उहाँले तिनीहरूको निम्ति चट्टानबाट पानी बगाउनुभयो । उहाँले चट्टानलाई चिरा पार्नुभयो र पानी बाहिर बगेर आयो ।

  • 41एलियाले आहाबलाई भने, “उठ्नुहोस्, खानपान गर्नुहोस् र पिउनुहोस् किनकि ठुलो झरीको आवाज आउँदै छ ।”

  • 10तपाईंले यसका जोतेका खेतलाई प्रशस्‍त पानीले भिजाउनुहुन्छ । तपाईंले जोतेका खेतका ठल्‍ला फुटाउनुहुन्छ । झरीका पानीले तपाईंले ती नरम पार्नुहुन्छ । तिनका बिचका विरुवाहरूलाई तपाईंले आशिष्‌ ‌‌दिनुहुन्छ ।

  • 20तिमीहरू जसले नदीहरूका किनारहरूमा बीउ छरेका छौ, तिमीहरूका जसले आफ्‍ना गोरु र गधालाई चर्न पठाएका छौ, आशिषित्‌ हुनेछौ ।

  • 30किनभने तिमीहरू पातहरू ओइलाउने फलाँटजस्ता र पानी नभएको बगैंचाजस्ता हुनेछौ ।

  • यशा 15:6-7
    2 पदहरू
    70%

    6निम्रीमको पानीहरू सुख्‍खा भएका छन् । घाँस ओइलिएका छन् । हरियाली सुकेका छन् । त्यहाँ कुनै हरियो घाँस छैन ।

    7तिनीहरूले प्रशस्त उब्‍जनी गरेका कुरा र भण्डारण गरेका कुरा, तिनीहरू लहरे-पिपलहरूको खोलापारि लैजान्छन् ।

  • 10किनकि जसरी झरी र हिउँ आकाशबाट तल आउँछ, अनि जबसम्‍म तिनले पृथ्वीलाई भिजाउँदैनन्, र त्‍यसलाई उब्‍जाउने तथा उमार्ने बनाउँदैनन्, र छर्ने किसानलाई बीउ र खानेलाई रोटी दिंदैनन्, तबसम्‍म ती त्‍यहाँ फर्कंदैनन्,

  • 35उहाँले उजाडस्‍थानलाई पानीको तलाउ र सुख्खा जमिनलाई पानीको मूलमा बद्लिनुहुन्‍छ ।

  • 20जमिनका पशुहरू पनि तपाईंका निम्ति तड्‍पिन्‍छन्, किनकि पानीका खोलाहरू सुकेका छन्, र उजाड-स्‍थानका खर्कहरूलाई आगोले भस्‍म पारेको छ ।

  • 10यसैकारण आकाशले आफ्नो शीत रोकिदिनेछ, र पृथ्वीले आफ्नो उब्जनी दिनेछैन ।

  • 25मैले इनारहरू खनेको छु र पानी पिएको छु । मिश्रदेशका सबै नदीहरूलाई मेरा गोडाको पैतालमुनि मैले सुकाएको छु ।

  • 17ती सारा जातिहरूमध्ये कोही राजा, अर्थात् सेनाहरूका परमप्रभुलाई दण्डवत् गर्न माथि यरूशलेममा गएनन् भने, परमप्रभुले तिनीहरूमाथि झरी वर्षाउनुहुनेछैन ।

  • 5आहाबले ओबदियालाई भने, “देशको चारैतिर भएका खोलानाला र त्यसका मुहानहरूमा जाऊ । सायद हामीले घाँस पाउनेछौँ अनि घोडा र खच्चरहरूलाई जीवितै राख्न सक्छौँ । यसरी हामीले सबै पशु गुमाउने छैनौँ ।

  • 17किनकि परमप्रभुको वचनद्वारा मलाई आज्ञा दिइएको छ, 'तैँले त्यहाँ रोटी नखानू, न पानी पिउनू, न तँ आएको बाटो फर्केर जानू' ।”

  • 3किन सुकेको जमिनमाथि म पानी खन्याउनेछु र सुख्खा जमिनमाथि खोलाहरू बगाउनेछु । तेरो सन्तानमाथि मेरो आत्मा र तेरा छोराछोरीमाथि मेरो आशिष् म खन्याउनेछु ।

  • 10परमप्रभु यसो भन्‍नुहुन्छ, ‘तिमीहरूले यसो भनिरहेको यस ठाउँको विषयमा, “मानिस वा पशु नभएको यो उजाड-स्थान हो,” यहूदाका सहरहरू र न त मानिस नत पशु भएर भएर उजाड भएका यरूशलेमका सडकहरूमा, त्‍यहाँ फेरि पनि आवाज सुनिनेछ,