१ राजा 17:20
तिनले परमप्रभुलाई पुकारे, “हे परमप्रभु मेरा परमेश्वर, के तपाईंले म जुन विधवासित बसिरहेको छु, उनको छोरोलाई मारेर उनीमाथि विपत्ति ल्याउनुभएको हो?”
तिनले परमप्रभुलाई पुकारे, “हे परमप्रभु मेरा परमेश्वर, के तपाईंले म जुन विधवासित बसिरहेको छु, उनको छोरोलाई मारेर उनीमाथि विपत्ति ल्याउनुभएको हो?”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
17यी कुरापछि ती स्त्री अर्थात् त्यस घरको मालिक्नीको छोरो बिरामी पर्यो । त्यसको रोग यति गम्भीर थियो कि त्यसले सास फेर्नै छोड्यो ।
18त्यसैले त्यसकी आमाले एलियालाई भनिन्, “हे परमेश्वरका जन, मेरो विरुद्धमा तपाईंसित के छ? के तपाईं मेरो पापलाई स्मरण गराई मेरो छोरोलाई मार्न आउनुभएको हो?”
19तब एलियाले उनलाई जवाफ दिए, “तपाईंको छोरो मलाई दिनुहोस् ।” तिनले उनका पाखुराबाट शरीरलाई लिई आफू बसेको कोठामा लगे, र आफ्नै ओछ्यानमा सुताए ।
21त्यसपछि एलिया त्यस बालकमाथि तिन पटक लम्पसार परेर सुते । तिनले परमप्रभुलाई पुकारे, “हे परमप्रभु मेरा परमेश्वर, यो बालकको जीवन फर्कोस् भनी म तपाईंलाई बिन्ती गर्दछु ।”
22परमप्रभुले एलियाको कुरा सुन्नुभयो । बालकको जीवन फर्केर आयो र त्यो जीवित भयो ।
23एलियाले बालकलाई लिई कोठाबाट बाहिर ल्याए । बालकलाई त्यसकी आमाको जिम्मा लगाएर तिनले भने, “हेर, तिम्रो छोरो बाँचेको छ ।”
24ती स्त्रीले एलियालाई भनिन्, “अब मलाई थाहा भयो, कि तपाईं परमेश्वरका जन हुनुहुँदोरहेछ र तपाईंको बोलीमा भएको परमप्रभुको वचन तपाईंको मुखमा साँचो रहेछ ।”
16एलीशाले भने, “एक वर्षपछि यही समयमा तिम्रो काखमा एउटा छोरो हुनेछ ।” तिनले जवाफ दिइन्, “होइन, हे मेरा मालिक र परमेश्वरका मानिस, आफ्नी दासीसित झुट नबोल्नुहोस् ।”
17तर एलीशाले त्यो स्त्रीलाई भनेझैँ तिनी गर्भवती भइन् र अर्को वर्ष ठिक त्यही समयमा एउटा छोरो जन्माइन् ।
18बालक हुर्केपछि एक दिन त्यो आफ्नो बुबाकहाँ गयो जो कटनी गर्नेहरूसँगै थिए ।
19त्यसले आफ्नो बुबालाई भन्यो, “मेरो टाउको दुख्यो । मेरो टाउको दुख्यो । उसका बुबाले आफ्नो सेवकलाई भने, “त्यसलाई त्यसकी आमाकहाँ लिएर जाऊ ।”
20जब नोकरले केटोलाई उठाएर त्यसकी आमाकहाँ ल्यायो तब केटो मध्यान्हसम्म आमाको काखमा बस्यो, र त्यो मर्यो ।
21त्यसैले ती स्त्री उठिन्, र केटोलाई परमेश्वरका मानिसको ओछ्यानमा सुताइन्, ढोका बन्द गरेर बाहिर निस्किन् ।
30तर बालककी आमाले भनिन्, “परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर म भन्छु, कि म तपाईंलाई छाड्दिनँ ।” त्यसैले एलीशा उठे, र तिनको पछि लागे ।
31गेहजी तिनीहरूभन्दा अगिअगि गयो र बाललको अनुहारमा लट्ठी पसार्यो, तर बालकले बोलेन र सुनेन । त्यसैले गेहजी एलीशालाई भेट्न फर्क्यो र तिनलाई यसो भन्यो, “बालक ब्युँझेको छैन ।”
32जब एलीशा घरमा आइपुगे, तब बालक मरिसकेको थियो, र ओछ्यानमा शान्त थियो ।
33त्यसैले एलीशा भित्र गएर बालक र आफूलाई राखेर ढोका बन्द गरे, र परमप्रभुलाई प्रार्थना चढाए ।
34तिनी ओछ्यानमाथि चढे र बालकमाथि सुते । तिनले आफ्नो मुख उसको मुखमा, आफ्ना आँखा उसको आँखामा, र आफ्ना हात उसको हातमा राखे । तिनले आफैलाई बालकमाथि लमतन्न पारे, र बालकको शरीर न्यानो भयो ।
35तब एलीशा उठे, र कोठाको वरिपरि घुमे अनि तिनी फेरि ओछ्यानमा चढे र बालकमाथि लमतन्न परे । बालकले सात पटक छिउँ काड्यो र आफ्ना आँखा खोल्यो ।
36त्यसैले एलीशाले गेहजीलाई बोलाए र भने, “शूनम्मीलाई बोला ।” त्यसले उनलाई बोलायो, र जब तिनी कोठाभित्र आइन्, तब एलीशाले भने, “तिम्रो छोरोलाई बोक ।”
37तब एलीशाको पाउमा तिनी भुइँसम्मै घोप्टो परिन्, अनि आफ्नो छोरोलाई उठाइन् र बाहिर गइन् ।
22दाऊदले जवाफ दिए, “बालक जीवित हुँदा म उपवास बसें र रोएँ । मैले भनें, 'कसले जान्दछ कतै परमप्रभु अनुग्रही हुनुहुने छ ताकि बालक बाँच्न सकोस्?'
19त्यसपछि रातमा यो स्त्रीले बालकलाई थिचेर मारिछ ।
20त्यसैले मध्य रातमा तपाईंकी दासी सुतिरहेको बेलामा त्यो उठी र छेउमा राखिएको मेरो छोरो लिएर काखमा राखिछ अनि मेरो काखमा चाहिँ त्यसको मरेको छोरो राखिछ ।
21म मेरो बच्चालाई दूध खुवाउन बिहान उठ्दा त्यो मरेको रहेछ । बिहान मैले त्यसलाई नियालेर हेर्दा त्यो मैले जन्माएको मेरो छोरो थिएन ।”
8परमप्रभुको वचन तिनीकहाँ आयो,
9“उठेर सीदोनको सारपातमा जा, र त्यही बस् । हेर्, तेरो खानाको बन्दोवस्त मिलाउन मैले त्यहाँ एउटी विधवालाई आज्ञा दिएको छु ।”
10त्यसैले तिनी उठेर सारपातमा गए । तिनी सहरको मुल ढोकामा आइपुग्दा एउटी विधवाले दाउरा बटुल्दै थिइन् । तिनले उनलाई डाकेर भने, “मलाई पिउनलाई यो भाँडोमा थोरै पानी ल्याइदिनुहुन्छ कि?”
11उनी पानी लिन जाँदै गर्दा तिनले उनलाई भने, “तपाईंको हातमा रोटीको टुक्रा पनि ल्याइदिनुहोस् ।”
12उनले भनिन्, “परमप्रभु तपाईंका परमेश्वरको नाउँमा म भन्दछु, कि मसित कुनै रोटी छैन, तर भाँडामा एक मुट्ठी पिठो र ढुङ्ग्रोमा अलकति तेल छ । हेर्नुहोस्, म र मेरो छोरोको लागि खाना बनाई खाएर हामी नमरूँ भनी मैले दुईचार टुक्रा दाउरा बटुल्दै छु ।”
11उनले भनिन्, “महाराजाले परमप्रभु आफ्ना परमेश्वरलाई सम्झनुभएको होस्, ताकि रगतको बदला लिनेले अब उसो नाश गर्ने छैन ताकि तिनीहरूले मेरो छोरालाई नाश गर्ने छैनन् । राजाले जवाफ दिए, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिम्रो छोराको शिरको एउटा कपाल पनि भुईंमा खस्ने छैन ।
1¶ अगमवक्ताका छोराहरूमध्ये एउटाकी पत्नी एलीशाकहाँ रुँदै आएर यसो भनिन्, “मेरा पति तपाईंका दास मर्नुभयो, र तपाईंका दास परमप्रभुदेखि डराउनुहुन्थ्यो भनी तपाईंलाई थाहा छ । अब मेरा दुई छोरालाई कमारा बनाउन लैजानलाई ऋणदाता आएका छन् ।”
27तिनले भने, “परमप्रभुले नै तिमीलाई मदत गर्नुहुन्न भने म कसरी तिमीलाई मदत गर्न सक्छु र? खलो वा दाखको कोलबाट कुनै कुरो आउँदैछ र?”
28राजाले निरन्रतर बोले, “तिमीलाई के कुराले कष्ट दिंदैछ?” त्यसले जवाफ दिई, “यो स्त्रीले मलाई भनी, ‘तिम्रो छोरो देऊ ताकि त्यसलाई हामी आज खाऊँ र हामी भोली मेरो छोरो खानेछौँ' ।’
5तब कसरी एलीशाले मेरको बच्चालाई मृत्युबाट फेरि जिवित पारेका थिए भनी राजालाई बताइरहँदा मृत्युबाट फेरि जिवित भएको बच्चाकी आमा आफ्नो परिवार र जमिनको निम्ति बिन्ती गर्न राजाकहाँ आइन् । गेहजीले भने, “हे मेरा मालिक राजा, ती स्त्री यिनै हुन् र तिनको छोरो यही हो जसलाई एलीशाले मृत्युबाट फेरि जिवित पारेका थिए ।”
27जब तिनी डाँडामा परमेश्वरका मानिस भएको ठाउँमा आइपुगिन् तब तिनले एलीशाको पाउ समातिन् । गेहजी तिनलाई हटाउनलाई अगाडि बढ्यो, तर परमेश्वरका मानिसले भने, “तिनलाई नछोऊ किनकि तिनी अत्यन्तै दुखी छिन्, र परमप्रभुले मबाट समस्या लुकाउनुभएको छ, र मलाई केही भन्नुभएको छैन ।”
28तब तिनले भनिन्, “हे मेरा मालिक, मैले, तपाईंसँग छोरो मागेकी थिएँ र? मैले 'मलाई नछकाउनुहोस्' भनेकी थिइनँ र'?”
9ओबदियाले भने, “मैले के पाप गरेको छु, कि तपाईं आफ्ना दासलाई आहाबको हातमा मर्नलाई सुम्पनुहुन्छ?”
26उनले भनिन्, “हे मेरो मालिक, मेरो मालिक जीवित हुनुभएझैं, यहाँ तपाईंको छेउमा खडा भएर प्रार्थना गर्ने स्त्री म नै हुँ ।
27यही बलकको निम्ति मैले प्रार्थना गरें र मैले परमप्रभुमा गरेको बन्ती सुनेर उहाँले मलाई जवाफ दिनुभयो ।
12जब उहाँ सहरको मूल ढोकानजिक पुग्नुभयो, त्यहाँ एउटा मृत मानिसलाई बोकेर ल्याइएको थियो । त्यो उसकी आमाको एक मात्र छोरो थियो । तिनी एउटी विधवा थिइन् र सहरबाट आएको एउटा भिड तिनीसँगै थियो ।
13तिनलाई देखेर प्रभु तिनीप्रति अति नै दयाले भरिनुभयो र तिनलाई भन्नुभयो, “नरोऊ ।”
1¶ अब एलीशाले त्यस स्त्रीसित बात गरेका थिए जसको छोरोलाई तिनले मृत्युबाट फेरि जिवित पारेका थिए । तिनले उनलाई भने, “उठ र आफ्ना घरानाको साथमा जाऊ र तिमीलाई जहाँ इच्छा लाग्छ त्यहाँ अर्को देशमा गएर बस, किनकि परमप्रभुले यस देशमा सात वर्षसम्म अनिकाल ल्याउने वचन दिनुभएको छ ।”
14त्यसैले एलीशाले भने, “त्यसो हो भने, तिनको लागि हामी के गर्न सक्छौँ त?” गेहजीले जवाफ दियो, “वास्तवमा तिनीसँग छोरो छैन, र तिनका पति बुढो भएका छन् ।”
30जब राजाले त्यो स्त्रीको कुरा सुने, तब तिनले आफ्ना लुगा च्याते (यति बेला तिनी पर्खालमा हिंडिरहेका थिए), र मानिसहरूले हेरे अनि तिनले कम्मरमा भाङ्ग्रा मात्र लगाएको देखे ।
31तब तिनले भने, “आज शाफातका छोरा एलीशाको शिर बाँकी रह्यो भने परमेश्वरले मलाई पनि यसै र अनि त्योभन्दा बढी गरून् ।”
16पछि एलियाले अहज्याहलाई भने, “परमप्रभु यसो भन्नुहुन्छ, 'तैँले एक्रोनको देवता बाल-जिबबसित सल्लाह लिन सन्देशवाहकहरू पठाएको छस् । जानकारी लिनको लागि इस्राएलमा कुनै परमेश्वर नभएको हुनाले त्यसो गरेको हो? यसैले तँ उक्लेको त्यो माथिको ओछ्यानबाट तँ तल आउनेछैनस् । तँ निश्चय नै मर्नेछस्' ।”
5राजाले उनलाई भने, “के खराबी भयो?” उनले जवाफ दिइन्, “सत्य कुराचहिं म एउटी विधवा हुँ र मेरा पति मरिसकेका छन् ।
6म तपाईंको दासीका दुई जना छोरा थिए र तिनीहरू खेतमा एक-आपसमा झगडा गरे र तिनीहरूलाई छुट्टाउने त्यहाव कोही पनि थिएन । एउटाले अर्कोलाई प्रहार गर्यो र त्यसलाई मार्यो ।
12त्यसैले हे यारोबामकी पत्नी, उठेर आफ्नो घर फर्केर जाऊ । तिमी सहरमा प्रवेश गर्दा तिम्रो बालक अबिया मर्ने छ ।