२ शमूएल 14:11

अनलक शाब्दिक बाइबल

उनले भनिन्, “महाराजाले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई सम्झनुभएको होस्, ताकि रगतको बदला लिनेले अब उसो नाश गर्ने छैन ताकि तिनीहरूले मेरो छोरालाई नाश गर्ने छैनन् । राजाले जवाफ दिए, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिम्रो छोराको शिरको एउटा कपाल पनि भुईंमा खस्‍ने छैन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 14:45 : 45 तब मानिसहरूले शाऊललाई भने, “इस्राएलको निम्ति यत्रो विजय ल्याउने जोनाथन मर्नुपर्छ? यस्‍तो हुँदै नहोस्! परमप्रभु जीवित हुनुभएझैं, तिनको शिरबाट एउटा कपाल पनि झर्नेछैन, किनकि आज तिनले परमेश्‍वरसँग काम गरेका छन् ।” यसरी मानिसहरूले जोनाथनको उद्धार गरे ताकि तिनी मरेनन् ।
  • गिन 35:19 : 19 रगतको बदला लिने व्यक्‍तिले हत्यारालाई मार्न सक्छ । त्यसले त्यसलाई भेट्दा, रगतको बदला लिने व्यक्‍तिले त्यसलाई मार्नुपर्छ ।
  • मत्त 10:30 : 30 तर तिमीहरूका शिरका केशहरू पनि गन्ती भएका छन् ।
  • प्रेरि 27:34 : 34 त्यसैले तपाईंहरूले केही खानुहोस् किनकि यो तपाईंहरूलाई बाँच्‍नको लागि हो र तपाईंहरूको टाउकोको एउटै रौँ पनि नष्‍ट हुन पाउने छैन ।”
  • १ राजा 1:52 : 52 सोलोमनले भने, “तिनले आफैलाई योग्य मानिस साबित गरे भने तिनको इच्छाविना एउटा रौँ पनि भुइँमा झर्ने छैन, तर तिनमा दुष्टता पाइयो भने तिनी मर्ने छन् ।”
  • गिन 35:21 : 21 वा यदि त्यसले घृणा गरेको व्यक्‍तिलाई आफ्नै हातले प्रहार गर्छ अनि त्यो आक्रमणमा परेको व्यक्‍ति मर्छ भने, त्यसलाई प्रहार गरेको दोष लगाइएको व्यक्‍तिलाई मार्नुपर्छ । त्यो हत्यारा हो । रगतको बदला लिने व्यक्‍तिले त्यसलाई भेट्दा मार्न सक्छ ।
  • व्यव 19:4-9 : 4 जसले आफ्नो छिमेकीलाई पहिले घृणा गर्दैनथ्यो र त्यसले अजानमा उसलाई मार्‍यो भने मारेर त्यहाँ बस्‍न जाने व्यक्तिको विषयमा भएको व्यवस्था यही हो । 5 उदाहरणको लागि, कुनै मानिस आफ्नो छिमेकीसँगै दाउरा काट्न जङ्गलमा जान्छ र रुख ढाल्नलाई बञ्चरो चलाउँदा बञ्चरो बीँडबाट फुस्केर छिमेकीलाई लागेर त्यो मर्‍यो भने त्यो मान्छे यीमध्ये कुनै एउटा सहरमा भागेर आफ्नो ज्यान बचाउन सक्छ । 6 नत्रता बाटो लामो छ भने बदला लिने व्यक्ति त्यो ज्यान मार्नेको पछि गई त्यसको तातो रिसमा त्यसलाई उछिनी त्यसलाई प्रहार गरेर मार्न सक्छ यद्यपि त्यो मानिस मारिने योग्यको भने थिएन किनकि विगतमा त्यसले आफ्नो छिमेकीलाई घृणा गरेको थिएन । 7 त्यसकारण, तिमीहरूले आफ्ना लागि तिनवटा सहर अलग गर्नू भनी म आज्ञा दिन्छु । 8 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएअनुसार उहाँले तिमीहरूका सिमाना बढाइदिनुभयो र तिमीहरूलाई पिता-पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएका सबै देश दिनुभयो भने 9 र आज मैले तिमीहरूलाई आज्ञा गरेका यी सबै आज्ञा अर्थात् परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्ने र सधैँ उहाँका मार्गहरूमा हिँड्ने आज्ञाहरू तिमीहरूले पालन गर्‍यौ भने तिमीहरूले यी तिनवटा सहरका अतिरिक्त अन्य तिनवटा पनि थप्‍नुपर्छ । 10 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा निर्दोष रगत नबगाइयोस् र त्यसको दोष तिमीहरूमाथि नलागोस् भन्‍नाका लागि यसो गर ।
  • यहो 20:3-6 : 3 यसो गर ताकि जसले मानिसलाई अनजानमा मार्छ त्यो व्यक्‍ति त्यहाँ जान सक्छ । यी सहरहरू मारिएको व्य‍क्‍तिको रगतको बदला लिन खोज्‍नेबाट शरण-स्थान हुने छ । 4 त्यो ती सहरहरूमध्ये एउटामा भागेर जाने छ, सहरको प्रवेशद्वारमा खडा हुने छ र त्यस सहरका धर्म-गुरुहरूलाई त्यसका सबै कुरा बताउने छ । त्यसपछि तिनीहरूले त्यसलाई सहरभित्र लाने छन् र त्यसलाई तिनीहरूमाझ बस्‍नलाई ठाउँ दिने छन् । 5 यदि कोही मारिएको व्यक्‍तिको बदला लिन आउँछ भने, त्यस सहरका मानिसहरूले मार्ने व्यक्‍तिलाई अधिकारीहरूको हातमा सुम्‍पनुहुँदैन । तिनीहरूले यसो गर्नुहुँदैन, किनभने त्यसले आफ्नो छिमेकीलाई अनजानमा मार्‍यो, र विगतमा तिनको उनीसँग कुनै दुश्मनी थिएन । 6 सहरमा न्यायको सभाको सामु खडा नभएसम्म ती दिनमा प्रधान पुजारीको सेवा गरिरहेका व्यक्‍तिको मृत्यु नभएसम्म त्यो व्यक्ति त्यस सहरमा रहनुपर्छ । त्यसपछि दुर्घटनावश मानिसलाई मार्ने व्यक्‍ति आफ्नो घर र आफ्नो सहरमा फर्कन सक्छ, जहाँबाट त्यो भागेको थियो' ।”
  • १ शमू 20:42 : 42 जोनाथनले दाऊदलाई भने, “शान्तिसँग जानुहोस्, किनभने, 'तपाईं र म, तपाईंका सन्तान र मेरा सन्तान बिचमा परमप्रभु सदाको निम्ति हुनुभएको होस्' भनी परमप्रभुको नाउँमा हामी दुवैले शपथ खाएका छौं ।” तब दाऊद उठे, र गए र जोनाथन सहरमा फर्के ।
  • १ शमू 28:10 : 10 शाऊलले परमप्रभुको नाउँमा शपथ खाए र भने, “जस्‍तो परमप्रभु जीवित हुनुहुन्छ, तिमीलाई यो कुराको निम्ति कुनै दण्ड हुनेछैन ।”
  • गिन 35:27 : 27 र यदि रगतको बदला लिनेले त्यसलाई शरण-नगरको सिमानाबाहिर फेला पार्छ, र यदि त्यसले त्यो दोष लगाइएको व्यक्‍तिलाई मार्छ भने, रगतको बदला लिने व्यक्‍ति हत्याको दोषी हुने छैन ।
  • उत्प 14:22 : 22 अब्रामले सदोमका राजालाई भने, “मैले सर्वोच्‍च परमेश्‍वर, स्वर्ग र पृथ्वीका सृष्‍टिकर्ता परमप्रभुमा शपथ खाएको छु,
  • उत्प 24:2-3 : 2 अब्राहामले आफ्‍नो घरको सबै भन्दा पुरानो र तिनीसँग भएका सबै कुराहरूका अख्‍तियार गर्ने प्रमुख नोकरलाई भने, “तेरो हात मेरो तिघ्रामुनि राख्‌ 3 अनि तैँले अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्‍ये कसैलाई पनि मेरो छोरोकी पत्‍नीको रूपमा ल्याइदिने छैनस् भनी म तँलाई स्‍वर्ग र पृथ्‍वीका परमप्रभु परमेश्‍वरको यो शपथ खान लाउँछु ।
  • उत्प 31:50 : 50 तिमीले मेरा छोरीहरूलाई दुर्व्यवहार गर्‍यौ वा तिमीले मेरा छोरीहरूबाहेक अन्य पत्‍नीहरू ल्यायौ भने हामीसित कोही नभए तापनि परमेश्‍वर तिम्रो र मेरो बिचमा गवाही हुनुहुन्छ ।”
  • यिर्मि 4:2 : 2 'परमप्रभुको नाउँमा' भनेर तैंले शपथ खाँदा तँ सत्य, न्यायी र धर्मी हुनुपर्छ। तब जाति-जातिहरू उहाँमा आशिषित हुनेछन्, र उहाँलाई नै तिनीहरूले महिमा दिनेछन् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 10राजाले जवाफ दिए, “कसैले तिमीलाई कुनै कुरा भन्यो भने त्यसलाई मकहाँ लेऊ र त्यसले तिमीलाई फेरि छुने छैन ।”

  • २ शमू 14:12-13
    2 पदहरू
    82%

    12अनि ती स्‍त्रीले भनिन्, “कृपया आफ्नो दासीलाई महाराजासँग अरू एउटा कुरा गर्न दिनुहोस् ।” तिनले भने, “भन ।”

    13त्यसैले ती स्‍त्रीले भनिन्, “तपाईंले परमश्‍वरका मानिसहरूका विरुद्धमा किन यस्तो कुरा गर्नुभएको छ? राजाले यसो भन्‍नुहुँदा उहाँ कुनै दोषी व्यक्‍तिजस्तै हुनुहुन्छ, किनभने राजाले आफ्नो निर्वासित छोरालाई फिर्ता ल्याउनुभएको छैन ।

  • २ शमू 14:15-19
    5 पदहरू
    79%

    15अब यो देखेर म मेरो मालिक राजासँग यो कुरा गर्न आएको छु, किनभने मानिसहरूले मलाई भयभीत तुल्याएका छन् । तपाईंको दासीले मनमनै भनिन्, 'म अब महाराजासित कुरा गर्ने छु । सायद महाराजाले आफ्नो दासीको बन्ती पुरा गरिदिनुहुने छ ।

    16सायद महाराजाले मेरो बिन्‍ती सुन्‍नुहुने छ र परमेश्‍वरले हामीलाई दिनुभएको उत्तराधिकारबाट म र मेरो छोरोलाई नष्‍ट पार्ने मानिसहरूको हातबाट मुक्‍त गर्नुहुने छ ।'

    17त्यसपछि तपाईंकी दासीले प्रार्थना गरिन्, 'हे परमप्रभु, मेरो मालिक महाराजाका वचनले मलाई मुक्‍त गर्नुभएको होस्, किनकि मेरो मालिक असल र खराब छुट्याउनला परमश्‍वरको स्वर्गदूतजस्तै हुनुहुन्छ ।' परमप्रभु तपाईंको परमेश्‍वर तपाईंसँग हुनुभएको होस् ।”

    18अनि राजाले जवाफ दिए र ती स्‍त्रीलाई भने, “मैले तिमीलाई सोध्‍ने कुनै पनि कुरा मबाट नलुकाऊ ।” ती स्‍त्रीले जवाफ दिइन्, “हे मेरा मालिक महाराजा भन्‍नहोस् ।”

    19राजाले भने, “के यी सबै कुराको पछाडी योआबको हात छैन र?” ती स्‍त्रीले जवाफ दिइन्, “जस्तो तपाईं मेरो मालिक महाराजा जीवित हुनुहुन्छ, मेरो मालिक महाराजाले भन्‍नुभएको कुराबाट कोही पनि दाया वा बाँया लाग्‍न सक्दैन । तपाईंकी दासीले बोलेको यी कुराहरू भन्‍न मलाई आज्ञा गर्ने र बताउने तपाईंको दास योआब नै थिए ।

  • २ शमू 14:5-8
    4 पदहरू
    77%

    5राजाले उनलाई भने, “के खराबी भयो?” उनले जवाफ दिइन्, “सत्य कुराचहिं म एउटी विधवा हुँ र मेरा पति मरिसकेका छन् ।

    6म तपाईंको दासीका दुई जना छोरा थिए र तिनीहरू खेतमा एक-आपसमा झगडा गरे र तिनीहरूलाई छुट्टाउने त्‍यहाव कोही पनि थिएन । एउटाले अर्कोलाई प्रहार गर्‍यो र त्यसलाई मार्‍यो ।

    7सारा कुल नै तपाईंको दासीको विरुद्धमा उठेका छन् र तिनीहरू भन्छन्, 'आफ्नो भाइलाई प्रहार गर्ने मानिसलाई हाम्रो हातमा सुम्प, ताकि त्यसले मारेको आफ्नो भाइको जीवनको निम्ति मूल्य चुकाउन हामी त्यसलाई मार्न सकौँ ।' यसरी तिनीहरूले उत्तराधिकार पनि नष्‍ट पार्ने छन् । यसरी मैले छोडेको बलिरहेको भुङ्‍ग्रोलाई तिनीहरूले निभाउने छन् र तिनीहरूले मेरो पतिको निम्ति पृथ्वीको सहतमा न नाम न त सन्तान नै छोड्ने छन् ।

    8राजाले ती स्‍त्रीलाई भने, “आफ्नो घर जाऊ र तिम्रो निम्ति केही कुरा गर्न म आदेश दिने छु ।”

  • १ राजा 3:25-27
    3 पदहरू
    77%

    25तब राजाले भने, “जीवित छोरोलाई काटेर दुई भाग लगा अनि आधा भाग एउटी स्त्रीलाई र बाँकी आधा भाग अर्की स्त्रीलाई दिनू ।”

    26तब आफ्नो छोरोको निम्ति दयाले भरिएर जीवित छोरोकी आमाले राजालाई भनी, “हे मेरा मालिक, जीवित बालक त्यसलाई नै दिनू र त्यसलाई कुनै पनि हालतमा नमार्नू ।” तर अर्की स्त्रीले भनी, “त्यो न मेरो हुने छ न तेरो । त्यसलाई दुई टुक्रा पारियोस् ।”

    27तब राजाले जवाफ दिए, “जीवित बालक पहिलो स्त्रीलाई दिनू, र त्यसलाई कुनै पनि हालतमा नमार्नू । त्यो नै बालककी आमा हो ।”

  • 31तब तिनले भने, “आज शाफातका छोरा एलीशाको शिर बाँकी रह्‍यो भने परमेश्‍वरले मलाई पनि यसै र अनि त्योभन्दा बढी गरून् ।”

  • १ राजा 17:18-20
    3 पदहरू
    74%

    18त्यसैले त्यसकी आमाले एलियालाई भनिन्, “हे परमेश्वरका जन, मेरो विरुद्धमा तपाईंसित के छ? के तपाईं मेरो पापलाई स्मरण गराई मेरो छोरोलाई मार्न आउनुभएको हो?”

    19तब एलियाले उनलाई जवाफ दिए, “तपाईंको छोरो मलाई दिनुहोस् ।” तिनले उनका पाखुराबाट शरीरलाई लिई आफू बसेको कोठामा लगे, र आफ्नै ओछ्यानमा सुताए ।

    20तिनले परमप्रभुलाई पुकारे, “हे परमप्रभु मेरा परमेश्वर, के तपाईंले म जुन विधवासित बसिरहेको छु, उनको छोरोलाई मारेर उनीमाथि विपत्ति ल्याउनुभएको हो?”

  • 45तब मानिसहरूले शाऊललाई भने, “इस्राएलको निम्ति यत्रो विजय ल्याउने जोनाथन मर्नुपर्छ? यस्‍तो हुँदै नहोस्! परमप्रभु जीवित हुनुभएझैं, तिनको शिरबाट एउटा कपाल पनि झर्नेछैन, किनकि आज तिनले परमेश्‍वरसँग काम गरेका छन् ।” यसरी मानिसहरूले जोनाथनको उद्धार गरे ताकि तिनी मरेनन् ।

  • 52सोलोमनले भने, “तिनले आफैलाई योग्य मानिस साबित गरे भने तिनको इच्छाविना एउटा रौँ पनि भुइँमा झर्ने छैन, तर तिनमा दुष्टता पाइयो भने तिनी मर्ने छन् ।”

  • १ शमू 24:11-12
    2 पदहरू
    73%

    11हेर्नुहोस् हे मेरा पिता, तपाईंको वस्‍त्रको छेउ मेरो हातमा हेर्नुहोस् । तपाईंको वस्‍त्रको छेउ मैले काटेको र मैले तपाईंलाई नमारेको कुराले, मेरो हातमा कुनै खराबी वा देशद्रोह छैन, र मैले तपाईंको विरुद्धमा पाप गरेको छैन, तापनि तपाईंले मेरो ज्यान लिन खोज्‍नुहुन्छ ।

    12तपाईं र मेरो बिचमा परमप्रभुले नै न्याय गर्नुभएको होस् र तपाईंको विरुद्धमा म भए परमप्रभुले नै बद्‍ला लिनुभएको होस्, तर मेरो हात तपाईंको विरुद्ध हुनेछैन ।

  • 4ताकि परमप्रभुले मेरो बारेमा यसो भन्नुभएको वचन उहाँले पुरा गर्नुभएको होस्, 'तेरा छोराहरूले तिनीहरूका सारा ह्रदय र सारा प्राणले विश्वसनीयतासाथ मेरो सामु हिँड्न होसियारीपूर्वक आफ्ना आचरणको रेखदेख गरे भने इस्राएलको सिंहासनमा बस्ने उत्तराधिकारीको कहिल्यै अभाव हुने छैन ।'

  • १ राजा 3:21-23
    3 पदहरू
    73%

    21म मेरो बच्चालाई दूध खुवाउन बिहान उठ्दा त्यो मरेको रहेछ । बिहान मैले त्यसलाई नियालेर हेर्दा त्यो मैले जन्माएको मेरो छोरो थिएन ।”

    22त्यसपछि अर्की स्त्रीले भनी, “त्यसो होइन । जीवित छोरोचाहिँ मेरो छोरो हो, र मरेकोचाहिँ तेरो छोरो हो ।” पहिलो स्त्रीले भनी, “त्यसो होइन । मरेकोचाहिँ तेरो छोरो हो, र जीवितचाहिँ मेरो छोरो हो ।” यसरी तिनीहरूले राजाको सामु बताए ।

    23तब राजाले भने, “तिमीहरूमध्ये एउटीले भन्छौ, 'यो जीवितचाहिँ मेरो छोरो हो, र तेरो छोरोचाहिँ मरेको छ ।' त्यसै गरी, अर्कीले भन्छौ, 'त्यसो होइन । तेरो छोरो मरेको छ, र मेरो छोरोचाहिँ जीवितै छ' ।”

  • 30तर बालककी आमाले भनिन्, “परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर म भन्छु, कि म तपाईंलाई छाड्दिनँ ।” त्यसैले एलीशा उठे, र तिनको पछि लागे ।

  • 11उनले भाकल गरिन् र भनिन्, “हे सर्वशक्तिमान् परमप्रभु, तपाईंले आफ्नी दासीको वेदनालाई हेर्नुहुन्‍छ, मलाई याद गर्नुहुन्‍छ र आफ्‍नो दासीलाई बिर्सनुहुन्‍न, तर तपाईंको दासीलाई एउटा छोरा दिनुहुन्छ भने, उसको सम्पूर्ण जीवनभरि म उसलाई परमप्रभुको निम्ति दिनेछु र उसको शिरमा कुनै छुराले कदापि छुनेछैन ।”

  • 39राजा त्यही बाटो भएर आउँदा अगमवक्ताले राजालाई बोलाएर भने, “तपाईंका दास युद्धको मुखैमा गएका थिए, र एक जना सिपाहीले मलाई रोकेर मकहाँ एक जना मानिस लिएर आई मलाई भन्यो, 'यो मानिसको रक्षा गर । कुनै कारणले गर्दा यो मानिस हरायो भने यसको सट्टामा तिमीले आफ्नो प्राण दिनुपर्ने छ वा तिमीले करिब चौँतिस किलोग्राम चाँदी तिर्नुपर्ने हुन्छ ।'

  • 28राजाले निरन्‍रतर बोले, “तिमीलाई के कुराले कष्‍ट दिंदैछ?” त्यसले जवाफ दिई, “यो स्‍त्रीले मलाई भनी, ‘तिम्रो छोरो देऊ ताकि त्‍यसलाई हामी आज खाऊँ र हामी भोली मेरो छोरो खानेछौँ' ।’

  • 36उनले तिनलाई भनिन्, “मेरा बुबा, तपाईंले परमप्रभुसँग भाकल गर्नुभएको छ, तपाईंले प्रतिज्ञा गर्नुभएको हरेक कुरा मलाई गर्नुहोस्, किनभने परमप्रभुले तपाईंका शत्रु अम्मोनीहरूसँग बदला लिनुभएको छ ।”

  • 13कि तपाईंहरूले मेरा बुबा, आमा, दाजुभाइहरू, दिदी-बहिनीहरू र तिनीहरूका सबै परिवारको जीवन बचाउनुहुने छ र तपाईंहरूले हामीलाई मृत्युबाट जोगाउनुहुने छ ।

  • 29अब तिमीहरूले यसलाई पनि मबाट लिएर गयौ र यसमाथि कुनै हानि आइपर्‍यो भने तिमीहरूले मेरो फुलेको कपाललाई शोकमै पातालमा पुर्‍याउने‍छौ ।'

  • 10परमप्रभु तपाईंका परमेश्वरको नाउँमा म भन्दछु, कि यस्तो कुनै जाति वा राज्य छैन जहाँ मेरा मालिकले तपाईंलाई फेला पार्न मानिसहरू पठाएका छैनन् । 'एलिया यहाँ छैनन्' भनी कुनै जाति वा राज्यले बताउँदा तिनीहरूले फेला पार्न सकेनन् भनी आहाबले तिनीहरूलाई भाकल गर्न लगाउँछन् ।

  • 16राजाले जवाफ दिए, “अहीमेलेक, तँ र तेरा बुबाको घरानाका सबै जना निश्‍चय नै मर्नेछौ ।”

  • 39किनकि जसरी इस्राएललाई छुटकारा दिनुहुने परमप्रभु जीवित हुनुहुन्छ, यो मेरो छोरा जोनाथन नै भए पनि निश्‍चय नै मर्नेछ ।” तर सबै मानिसमध्येका कुनैले पनि तिनलाई जवाफ दिएन ।

  • 31तपाईंले निर्दोष रगत बगाउनुभएको वा मेरो मालिकले आफ्‍नो उद्धार आफैले गरेकोले यो तपाईंको निम्ति पछुताउनुपर्ने बोझ हुनेछैन । किनकि परमप्रभुले मेरो मालिकको निम्ति असल गर्नुहुँदा आफ्नो दासीलाई पनि सम्झनुहोस् ।”

  • 42अगमवक्ताले राजालाई भने, “परमप्रभु भन्नुहुन्छ, 'मैले मृत्युदण्ड तोकेको मानिसलाई तैँले आफ्नो हातबाट फुत्किन दिएकोले त्यसको प्राणको सट्टा तेरो प्राण र तिनीहरूका मानिसहरूको सट्टा तेरा मानिसहरू हुने छन्' ।”

  • 29राजाले शपथ खाएर भने, “मेरा सबै सङ्कष्टमा मलाई छुटकारा दिनुहुने परमप्रभुको नाउँमा शपथ खाएर म भन्दछु,

  • 26उनले भनिन्, “हे मेरो मालिक, मेरो मालिक जीवित हुनुभएझैं, यहाँ तपाईंको छेउमा खडा भएर प्रार्थना गर्ने स्‍त्री म नै हुँ ।

  • 21तिमीले मपछिका मेरा सन्तानहरूलाई खत्तम पार्नेछैनौ र मेरो पिताको घरानाबाट मेरो नाउँ नाश पार्नेछैनौ भनी मसँग परमप्रभुको नाउँमा शपथ खाऊ ।

  • 6तिमीले सिकेको बुद्धिले योआबसित व्यवहार गर्नू, तर तिनको फुलेको कपाल शान्तिसित चिहानमा जान नपाओस् ।

  • 10शाऊलले परमप्रभुको नाउँमा शपथ खाए र भने, “जस्‍तो परमप्रभु जीवित हुनुहुन्छ, तिमीलाई यो कुराको निम्ति कुनै दण्ड हुनेछैन ।”

  • 17उनले राजालाई भनिन्, “हे मेरा मालिक, परमप्रभु तपाईंका परमेश्वरको नाउँमा तपाईंले आफ्नी दासीसित यसो भन्दै शपथ खानुभएको थियो, ‘निश्चय नै मपछि तिम्रो छोराले शासन गर्ने छ र त्यो नै मेरो सिंहासनमा बस्ने छ ।”

  • 14म जीवित रहें भने के तपाईंले मलाई परमप्रभुको करारको विश्‍वस्‍तता देखाउनुहुनेछैन र ताकि म मर्नेछैन?

  • 12त्यसकारण, तपाईंले आफ्नै जीवन र तपाईंका छोरा सोलोमनको जीवन बचाउन सक्नुभएको होस् भनेर म अब तपाईंलाई सल्लाह दिन चाहन्छु ।

  • 20यसकारण अभ, मेरो रगत परमप्रभुको उपस्थितिबाट टाढा पृथ्वीमा नबगोस् । किनभने इस्राएलका राजा शिकारीले तित्रालाई पहाडहरूमा खेदेझैं एउटा उपियाँलाई खोज्‍न निस्केर आएका छन् ।”

  • 26अब, हे मेरा मालिक, जस्तो परमप्रभु जीवित हुनुहुन्छ र हजूर जीवित हुनुहुन्छ, किनकि परमप्रभुले तपाईंलाई रक्‍तपात गर्न र आफ्नो शत्रुमाथि आफ्‍नै हातले बद्‍ला लिनबाट रोक्‍नुभएको छ, अब हे मेरा मालिक, तपाईंका सत्रुहरू र तपाईंको खराबी गर्न खोज्‍ने सबै नाबालजस्तै होऊन् ।

  • 21नत्रता जब हजुर आफ्ना पिता-पुर्खाहरूसित सुतिजानुहुने छ तब म र मेरो छोरो सोलोमनलाई अपराधीजस्तै ठानिने छ ।”