२ राजा 6:28

अनलक शाब्दिक बाइबल

राजाले निरन्‍रतर बोले, “तिमीलाई के कुराले कष्‍ट दिंदैछ?” त्यसले जवाफ दिई, “यो स्‍त्रीले मलाई भनी, ‘तिम्रो छोरो देऊ ताकि त्‍यसलाई हामी आज खाऊँ र हामी भोली मेरो छोरो खानेछौँ' ।’

थप स्रोतहरू

उल्लेखित पदहरू

  • न्या 18:23 : 23 तिनीहरूले दानका मानिसहरूमाथि कराए, र तिनीहरू फर्के र मीकालाई भने, “तिमीहरू किन एकसाथ भेला भएका छौ?”
  • २ शमू 14:5 : 5 राजाले उनलाई भने, “के खराबी भयो?” उनले जवाफ दिइन्, “सत्य कुराचहिं म एउटी विधवा हुँ र मेरा पति मरिसकेका छन् ।
  • विलाप 4:10 : 10 दयालु स्‍त्रीहरूका हातले तिनीहरूका आफ्नै बालबच्‍चा पकाएका छन् । मेरो जातिकी छोरीलाई नष्‍ट पारिँदा ती बालबच्‍चा तिनीहरूको खानेकुरा बने ।
  • यहे 5:10 : 10 यसकारण तेरै बिचमा बुबाहरूले छोराछोरीलाई र छोराहरूले आफ्‍ना बुबाहरूलाई खानेछन्‌, किनकि म तँमाथि दण्‍ड ल्‍याउनेछु र तेरा बाँचेकाहरू सबैलाई चारैतिर तितरबितर पारिदिनेछु ।
  • मत्त 24:18-21 : 18 र जो खेतमा छ, ऊ आफ्नो खास्टो लिन नफर्कोस् । 19 तर ती दिनमा हाय तिनीहरूलाई जो गर्भवती छन् र जसले शिशुहरूलाई दूध चुसाउँछन्! 20 हिउँदमा वा शबाथको दिनमा तिमीहरू भाग्‍न नपरोस् भनी प्रार्थना गर । 21 किनकि त्यस बेला महासङ्कष्‍ट हुनेछ, जुन संसारको सुरुदेखि अहिलेसम्म कहिल्यै भएको छैन, न त कहिल्यै फेरि हुनेछ ।
  • लू 23:29 : 29 किनभने हेर, दिनहरू आउँदै छन् र तिनीहरूले भन्‍नेछन्, ‘हे बाँझीहरू, नजन्माउने कोखहरू, दूध नचुसाउने स्तनहरू धन्यका हुन् ।’
  • भजन 114:5 : 5 ए समुद्र, तँ किन भागिस्? ए यर्दन, तँ किन पछि फर्किस्?
  • यशा 9:20-21 : 20 तिनीहरूल दाहिने हातमा खानेकुरा समात्छन् तर तिनीहरू अझै भोको नै हुन्‍छन् । तिनीहरूले देब्रे हातमा खाना खानेछन्, तर अझै तृप्‍त हुनेछैनन् । प्रत्‍येकले आफ्नै बाहुलीको मासु पनि खानेछ । 21 मनश्‍शेले एफ्राइमलाई, अनि एफ्राइमले मनश्‍शेलाई भस्म गर्नेछ । तिनीहरू एकसाथ यहूदालाई आक्रमण गर्नेछन् । यी कुराहरूमा, उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएकै छ ।
  • यशा 22:1 : 1 ¶ दर्शनको बेसीको विषयमा एउटा घोषणाः के कारणले तिमीहरू सबै जना घरको छतमाथि गएका छौ?
  • यशा 49:15 : 15 “के स्‍त्रीले आफ्‍नो दूध खुवाइरहेको बालकलाई बिर्सन सक्छे, अनि तिनले जन्माएकी बलकलाई दया देखाउँदिनन् र? हो, तिनीहरूले बिर्सन सक्छन्, तर तँलाई म बिर्सनेछैन ।
  • १ शमू 1:8 : 8 उनका पति एल्कानाले सदैव उनलाई भन्थे,”ए हन्‍नाह, तिमी किन रुन्छ्यौ? तिमी किन खाँदिनौ? तिम्रो हृदय किन यति धेरै निराश हुन्छ? के म तिम्रो निम्‍ति दस जना छोराभन्दा उत्तम छैन र?”
  • उत्प 21:17 : 17 परमप्रभुले त्यस बालकको सोर सुन्‍नुभयो, र स्वर्गबाट परमप्रभुको एउटा दूतले हागारलाई बोलाएर भने, “हागार, तिमीलाई के कुराले सताइरहेको छ? नडराऊ, किनकि त्यस बालक भएको ठाउँबाट त्यसको सोर परमप्रभुले सुन्‍नुभएको छ ।
  • लैव्य 26:29 : 29 तिमीहरूले आफ्ना छोराछोरीहरूका मासु खाने छौ ।
  • व्यव 28:53-57 : 53 तिमीहरूका शत्रुहरूले तिमीहरूमाथि कष्‍ट ल्याएको समयमा र तिमीहरूलाई घेराबन्दी गर्दा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएका तिमीहरूका आफ्नै सन्तान अर्थात् छोराछोरीका मासु खाने छौ । 54 तिमीहरूका बिचमा भएका कोमल र भद्र मानिसले पनि आफ्नै भाइ, आफ्नी प्यारी पत्‍नी र आफ्ना बाँकी रहेका बालबच्‍चालाई टिठ्याउने छैन । 55 तिमीहरूको शत्रुले तिमीहरूका सबै सहरभित्र कष्‍ट ल्याएको समयमा र घेराबन्दी गर्दा यहाँसम्म हुने छ कि त्यसले खाँदै गरेको आफ्ना बालबच्‍चाहरूको शरीरको मासु त्यसले कसैलाई दिने छैन । 56 तिमीहरूको बिचमा भएकी कोमल र शिष्‍ट स्‍त्री जसले कोमलता र शिष्‍टताको कारणले भुइँमा आफ्नो पैतलाले टेक्‍न पनि चाहँदिन थिई, त्यस्ती स्‍त्रीले पनि आफ्ना पतिसाथै आफ्नै छोराछोरी, 57 अनि आफूले भर्खरै जन्माएको छोरोसाथै आफ्नै बालबच्‍चाको मासु खाने छे । तिमीहरूको शत्रुले तिमीहरूको सहरलाई घेराबन्दी गरी कष्‍टमा ल्याउँदा त्यसले केही खान नपाएकीले गर्दा गुप्‍तमा त्यसले त्यो मासु खाने छे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ राजा 6:29-31
    3 पदहरू
    93%

    29त्यसैले हामीले मेरो छोरोलाई उसिन्‍यौं र त्‍यसलाई खायौँ, अनि अर्को दिन मैले त्यसलाई भनेँ, ‘तिम्रो छोरो देऊ ताकि त्‍यसलाई हामी खाऊँ,’ तर त्यसले आफ्नो छोरो लुकाएकी छे ।”

    30जब राजाले त्‍यो स्‍त्रीको कुरा सुने, तब तिनले आफ्ना लुगा च्याते (यति बेला तिनी पर्खालमा हिंडिरहेका थिए), र मानिसहरूले हेरे अनि तिनले कम्‍मरमा भाङ्ग्रा मात्र लगाएको देखे ।

    31तब तिनले भने, “आज शाफातका छोरा एलीशाको शिर बाँकी रह्‍यो भने परमेश्‍वरले मलाई पनि यसै र अनि त्योभन्दा बढी गरून् ।”

  • १ राजा 3:20-27
    8 पदहरू
    78%

    20त्यसैले मध्य रातमा तपाईंकी दासी सुतिरहेको बेलामा त्यो उठी र छेउमा राखिएको मेरो छोरो लिएर काखमा राखिछ अनि मेरो काखमा चाहिँ त्यसको मरेको छोरो राखिछ ।

    21म मेरो बच्चालाई दूध खुवाउन बिहान उठ्दा त्यो मरेको रहेछ । बिहान मैले त्यसलाई नियालेर हेर्दा त्यो मैले जन्माएको मेरो छोरो थिएन ।”

    22त्यसपछि अर्की स्त्रीले भनी, “त्यसो होइन । जीवित छोरोचाहिँ मेरो छोरो हो, र मरेकोचाहिँ तेरो छोरो हो ।” पहिलो स्त्रीले भनी, “त्यसो होइन । मरेकोचाहिँ तेरो छोरो हो, र जीवितचाहिँ मेरो छोरो हो ।” यसरी तिनीहरूले राजाको सामु बताए ।

    23तब राजाले भने, “तिमीहरूमध्ये एउटीले भन्छौ, 'यो जीवितचाहिँ मेरो छोरो हो, र तेरो छोरोचाहिँ मरेको छ ।' त्यसै गरी, अर्कीले भन्छौ, 'त्यसो होइन । तेरो छोरो मरेको छ, र मेरो छोरोचाहिँ जीवितै छ' ।”

    24राजाले भने, “मलाई एउटा तरवार ल्याइदेऊ ।” त्यसैले तिनीहरूले राजाको सामु एउटा तरवार ल्याइदिए ।

    25तब राजाले भने, “जीवित छोरोलाई काटेर दुई भाग लगा अनि आधा भाग एउटी स्त्रीलाई र बाँकी आधा भाग अर्की स्त्रीलाई दिनू ।”

    26तब आफ्नो छोरोको निम्ति दयाले भरिएर जीवित छोरोकी आमाले राजालाई भनी, “हे मेरा मालिक, जीवित बालक त्यसलाई नै दिनू र त्यसलाई कुनै पनि हालतमा नमार्नू ।” तर अर्की स्त्रीले भनी, “त्यो न मेरो हुने छ न तेरो । त्यसलाई दुई टुक्रा पारियोस् ।”

    27तब राजाले जवाफ दिए, “जीवित बालक पहिलो स्त्रीलाई दिनू, र त्यसलाई कुनै पनि हालतमा नमार्नू । त्यो नै बालककी आमा हो ।”

  • २ राजा 6:26-27
    2 पदहरू
    77%

    26जब इस्राएलका राजा पर्खालमा हिंड्दै थिए, तब एउटी स्‍त्रीले रुँदै तिनलाई भनी, “हे मेरा मालिक राजा, मलाई मदत गर्नुहोस् ।”

    27तिनले भने, “परमप्रभुले नै तिमीलाई मदत गर्नुहुन्‍न भने म कसरी तिमीलाई मदत गर्न सक्छु र? खलो वा दाखको कोलबाट कुनै कुरो आउँदैछ र?”

  • १ राजा 17:17-20
    4 पदहरू
    74%

    17यी कुरापछि ती स्त्री अर्थात् त्यस घरको मालिक्नीको छोरो बिरामी पर्‍यो । त्यसको रोग यति गम्भीर थियो कि त्यसले सास फेर्नै छोड्यो ।

    18त्यसैले त्यसकी आमाले एलियालाई भनिन्, “हे परमेश्वरका जन, मेरो विरुद्धमा तपाईंसित के छ? के तपाईं मेरो पापलाई स्मरण गराई मेरो छोरोलाई मार्न आउनुभएको हो?”

    19तब एलियाले उनलाई जवाफ दिए, “तपाईंको छोरो मलाई दिनुहोस् ।” तिनले उनका पाखुराबाट शरीरलाई लिई आफू बसेको कोठामा लगे, र आफ्नै ओछ्यानमा सुताए ।

    20तिनले परमप्रभुलाई पुकारे, “हे परमप्रभु मेरा परमेश्वर, के तपाईंले म जुन विधवासित बसिरहेको छु, उनको छोरोलाई मारेर उनीमाथि विपत्ति ल्याउनुभएको हो?”

  • २ शमू 14:5-7
    3 पदहरू
    74%

    5राजाले उनलाई भने, “के खराबी भयो?” उनले जवाफ दिइन्, “सत्य कुराचहिं म एउटी विधवा हुँ र मेरा पति मरिसकेका छन् ।

    6म तपाईंको दासीका दुई जना छोरा थिए र तिनीहरू खेतमा एक-आपसमा झगडा गरे र तिनीहरूलाई छुट्टाउने त्‍यहाव कोही पनि थिएन । एउटाले अर्कोलाई प्रहार गर्‍यो र त्यसलाई मार्‍यो ।

    7सारा कुल नै तपाईंको दासीको विरुद्धमा उठेका छन् र तिनीहरू भन्छन्, 'आफ्नो भाइलाई प्रहार गर्ने मानिसलाई हाम्रो हातमा सुम्प, ताकि त्यसले मारेको आफ्नो भाइको जीवनको निम्ति मूल्य चुकाउन हामी त्यसलाई मार्न सकौँ ।' यसरी तिनीहरूले उत्तराधिकार पनि नष्‍ट पार्ने छन् । यसरी मैले छोडेको बलिरहेको भुङ्‍ग्रोलाई तिनीहरूले निभाउने छन् र तिनीहरूले मेरो पतिको निम्ति पृथ्वीको सहतमा न नाम न त सन्तान नै छोड्ने छन् ।

  • १ राजा 17:11-13
    3 पदहरू
    73%

    11उनी पानी लिन जाँदै गर्दा तिनले उनलाई भने, “तपाईंको हातमा रोटीको टुक्रा पनि ल्याइदिनुहोस् ।”

    12उनले भनिन्, “परमप्रभु तपाईंका परमेश्वरको नाउँमा म भन्दछु, कि मसित कुनै रोटी छैन, तर भाँडामा एक मुट्ठी पिठो र ढुङ्ग्रोमा अलकति तेल छ । हेर्नुहोस्, म र मेरो छोरोको लागि खाना बनाई खाएर हामी नमरूँ भनी मैले दुईचार टुक्रा दाउरा बटुल्दै छु ।”

    13एलियाले उनलाई भने, “नडराऊ । गएर मैले भनेझैँ गर, तर पहिले मेरो निम्ति सानो रोटी बनाएर ल्याऊ । त्यसपछि तिमी र तिम्रो छोरोको निम्ती केही रोटी बनाऊ ।

  • 6जब राजाले त्‍यो स्‍त्रीलाई तिनको छोरोको बारेमा सोधे, तब तिनले त्‍यो कुरा उनलाई व्याख्या गरिन् । त्यसैले राजाले तिनको निम्ति यसो भनेर एक जना अधिकारीलाई खटाए, “जे तिनका थिए ती सबै अनि तिनले देश छाडेर गएको दिनदेखि अहिलेम्मको उक्‍त जमिनको उब्जनीसमेत तिनैलाई फिर्ता दिनू।”

  • २ शमू 14:11-12
    2 पदहरू
    72%

    11उनले भनिन्, “महाराजाले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई सम्झनुभएको होस्, ताकि रगतको बदला लिनेले अब उसो नाश गर्ने छैन ताकि तिनीहरूले मेरो छोरालाई नाश गर्ने छैनन् । राजाले जवाफ दिए, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिम्रो छोराको शिरको एउटा कपाल पनि भुईंमा खस्‍ने छैन ।

    12अनि ती स्‍त्रीले भनिन्, “कृपया आफ्नो दासीलाई महाराजासँग अरू एउटा कुरा गर्न दिनुहोस् ।” तिनले भने, “भन ।”

  • २ शमू 14:15-16
    2 पदहरू
    72%

    15अब यो देखेर म मेरो मालिक राजासँग यो कुरा गर्न आएको छु, किनभने मानिसहरूले मलाई भयभीत तुल्याएका छन् । तपाईंको दासीले मनमनै भनिन्, 'म अब महाराजासित कुरा गर्ने छु । सायद महाराजाले आफ्नो दासीको बन्ती पुरा गरिदिनुहुने छ ।

    16सायद महाराजाले मेरो बिन्‍ती सुन्‍नुहुने छ र परमेश्‍वरले हामीलाई दिनुभएको उत्तराधिकारबाट म र मेरो छोरोलाई नष्‍ट पार्ने मानिसहरूको हातबाट मुक्‍त गर्नुहुने छ ।'

  • 29तिमीहरूले आफ्ना छोराछोरीहरूका मासु खाने छौ ।

  • व्यव 28:55-57
    3 पदहरू
    72%

    55तिमीहरूको शत्रुले तिमीहरूका सबै सहरभित्र कष्‍ट ल्याएको समयमा र घेराबन्दी गर्दा यहाँसम्म हुने छ कि त्यसले खाँदै गरेको आफ्ना बालबच्‍चाहरूको शरीरको मासु त्यसले कसैलाई दिने छैन ।

    56तिमीहरूको बिचमा भएकी कोमल र शिष्‍ट स्‍त्री जसले कोमलता र शिष्‍टताको कारणले भुइँमा आफ्नो पैतलाले टेक्‍न पनि चाहँदिन थिई, त्यस्ती स्‍त्रीले पनि आफ्ना पतिसाथै आफ्नै छोराछोरी,

    57अनि आफूले भर्खरै जन्माएको छोरोसाथै आफ्नै बालबच्‍चाको मासु खाने छे । तिमीहरूको शत्रुले तिमीहरूको सहरलाई घेराबन्दी गरी कष्‍टमा ल्याउँदा त्यसले केही खान नपाएकीले गर्दा गुप्‍तमा त्यसले त्यो मासु खाने छे ।

  • 18अनि राजाले जवाफ दिए र ती स्‍त्रीलाई भने, “मैले तिमीलाई सोध्‍ने कुनै पनि कुरा मबाट नलुकाऊ ।” ती स्‍त्रीले जवाफ दिइन्, “हे मेरा मालिक महाराजा भन्‍नहोस् ।”

  • १ शमू 28:22-24
    3 पदहरू
    71%

    22यसकारण अब म तपाईंलाई बिन्ती गर्छु, तपाईंकी दासीको कुरा सुन्‍नुहोस् र तपाईंलाई थोरै खाने कुरा दिन अनुमति दिनुहोस् । खानुहोस् ताकि तपाईं बाटो जानुहुँदा तपाईंलाई शक्ति मिलोस् ।”

    23तर शाऊलले इन्कार गरे र भने, “मैले खाने छैन ।” तर ती स्‍त्रीसहित तिनका सेवकहरूले तिनलाई बाध्य बनाए र तिनले तिनीहरूको कुरा माने । त्यसैले तिनी भूइँबाट उठे र ओछ्यानमा बसे ।

    24ती स्‍त्रीको घरमा पालेको एउटा बाछो थियो । उनले त्यसलाई हतार काटिन् । उनले पिठो लिइन् र मुछिन् अनि यसको अखमिरी रोटी पकाइन् ।

  • 1¶ अब एलीशाले त्‍यस स्‍त्रीसित बात गरेका थिए जसको छोरोलाई तिनले मृत्‍युबाट फेरि जिवित पारेका थिए । तिनले उनलाई भने, “उठ र आफ्ना घरानाको साथमा जाऊ र तिमीलाई जहाँ इच्छा लाग्‍छ त्‍यहाँ अर्को देशमा गएर बस, किनकि परमप्रभुले यस देशमा सात वर्षसम्म अनिकाल ल्याउने वचन दिनुभएको छ ।”

  • 24तिनी बाहिर निस्किन् र आफ्नी आमालाई भनिन्, “म तिनीसित के मागौँ?” र तिनले भनिन्, “बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर ।”

  • 34जब येहू दरबारभित्र पसे, तब तिनले खानपान गरे । तब तिनले भने, “अब त्‍यो श्रापित स्‍त्रीलाई हेर र त्‍यसलाई गाडिदेओ, किनकि त्‍यो राजाकी छोरी थिई ।”

  • 10दयालु स्‍त्रीहरूका हातले तिनीहरूका आफ्नै बालबच्‍चा पकाएका छन् । मेरो जातिकी छोरीलाई नष्‍ट पारिँदा ती बालबच्‍चा तिनीहरूको खानेकुरा बने ।

  • 28तब मानिसहरूमध्ये एक जनाले भने, “ तपाईंको बुबाले 'आजको दिन खाना खाने मानिस श्रापित होस्' भनी मानिसहरूलाई कडा शपथ खान लगाउनुभयो, यद्यपि मानिसहरू भोकले कमजोर भएका छन् ।

  • 41तर एलीशाले भने, “केही पिठो ल्याऊ ।” तिनले त्यसलाई भाँडोभित्र हाले र भने, “मानिसहरूलाई यो खान देऊ ताकि तिनीहरूले त्‍यो खानसकून् ।” तब त्‍यस भाँडोमा त्यस्तो हानिकारक कुनै कुरो बाँकी रहेन ।

  • 2हे मेरो छोरो, हे मेरो गर्भको छोरो, हे मेरा भाकलहरूको छोरो, तँ के चाहन्छस्?

  • 19त्यसले आफ्नो बुबालाई भन्यो, “मेरो टाउको दुख्यो । मेरो टाउको दुख्‍यो । उसका बुबाले आफ्नो सेवकलाई भने, “त्यसलाई त्यसकी आमाकहाँ लिएर जाऊ ।”

  • 28तब तिनले भनिन्, “हे मेरा मालिक, मैले, तपाईंसँग छोरो मागेकी थिएँ र? मैले 'मलाई नछकाउनुहोस्' भनेकी थिइनँ र'?”

  • 21जब इस्राएलका राजाले तिनीहरूलाई देखे, तब तिनले एलीशालाई भने, “हे मेरा पिता, के म तिनीहरूलाई मारौं? के म तिनीहरूलाई मारौं?”

  • 21तब तिनका सेवकहरूले तिनलाई भने, “तपाईंले किन यसो गर्नुभएको छ? त्‍यो बालक जिउँदो हुँदा तपाईं उपवास बस्‍नुभयो र रुनुभयो, तर जब बालक मर्‍यो, तब तपाईं उठ्नुभयो र खानुभयो ।”

  • 53तिमीहरूका शत्रुहरूले तिमीहरूमाथि कष्‍ट ल्याएको समयमा र तिमीहरूलाई घेराबन्दी गर्दा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएका तिमीहरूका आफ्नै सन्तान अर्थात् छोराछोरीका मासु खाने छौ ।