१ राजा 2:27

अनलक शाब्दिक बाइबल

त्यसैले सोलोमनले अबियाथारलाई पुजारीको पदबाट हटाइदिए । यसरी शीलोमा बस्ने एलीका घरानाको बारेमा परमप्रभुले भन्नुभएको वचन पुरा भयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 2:27-36 : 27 यति बेला परमेश्‍वरका एक जना मानिस एलीकहाँ आए र तिनलाई भने, “परमप्रभु भन्‍नुहुन्छ, 'तेरा पुर्खाहरू मिश्रदेशमा फारोको घरमा दासत्वमा हुँदा, के मैले तिनीहरूकहाँ आफूलाई प्रकट गरिन र? 28 मेरो पुजारी हुन, मेरो वेदीमा जान, र धूप बाल्न र मेरो सामु एपोद लगाउनलाई मैले इस्राएलको सारा कुलहरूबाट उसलाई चुनें । मैले इस्राएलका मानिसहरूले आगोद्वारा चढाएका सबै बलिदानहरू तेरो पुर्खाको घरानालाई दिएँ । 29 तब किन मेरो बासस्‍थानमा मलाई आवश्यक मेरा बलिदानहरू र भेटीहरूलाई तैंले किन तुच्‍छ ठान्छस्? इस्राएलका मेरा मानिसहरूको हरेक बलिदानको उत्तम थोकद्वारा आफैलाई मोटो बनाएर तैंले आफ्ना छोराहरूलाई किन मलाई भन्दा बढी आदर गर्छस्?' 30 किनकि परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, 'तेरो घराना र तेरो पुर्खाको घराना सदाको निम्ति मेरो सामु हिंड्नुपर्छ भनी मैले प्रतिज्ञा गरें ।' तर अब परमप्रभु भन्‍नुहुन्छ, 'यसो गर्ने कुरा मबाट टाढै रहोस्, किनकि मलाई आदर गर्नेलाई म आदर गर्छु, तर जसले मलाई तुच्‍छ ठान्छ उसको आदर घट्नेछ । 31 हेर्, मैले तेरो बल र तेरो पिताको घरानाको बल नाश पार्ने समय आउँदैछ, ताकि तेरो घरानामा कोही वृद्ध मानिस हुनेछैन । 32 मरो बासस्‍थानमा नै तैले संकष्‍ट देख्‍नेछस् । इस्राएललाई असल कुरा दिइए तापनि, तेरो घरानामा कोही वृद्ध मानिस हुनेछैन । 33 आफ्‍नो वेदीबाट मैले वञ्‍चित तेरा कुनै पनि व्‍यक्‍तिका आँखा धमिलिनेछन् र तेरो जीवनको निम्ति म कष्‍ट ल्याउनेछु । तेरो परिवारमा जन्मका सबै मानिसहरू मर्नेछन् । 34 तेरा दुई छोराहरू होप्‍नी र पीनहासमाथि आईपर्ने चिन्ह यो हुनेछः तिनीहरू दुवै एकै दिनमा मर्नेछन् । 35 म आफ्‍नो निम्ति एक जना विश्‍वासयोग्य पुजारी नियक्‍त गर्नेछु जसले मेरो हृदय र मेरो प्राणमा जे छ सो गर्नेछ । उसको घराना निर्माण गर्नेछु, अनि ऊ नै मेरो अभिषिक्‍त राजाको सामु सधैं हिंड्‍नेछ । 36 तेरो घरानामा बाँकी रहेका हरेक मानिस चाँदीको एक टुक्रा र रोटीको एक टुक्रा माग्‍न उसकहाँ आउनेछन् र घोप्टो पर्नेछन् र यसो भन्‍नेछन्, “कृपया, मलाई पनि पुजारीको कुनै काम दिनुहोस्, ताकि म पनि एक टुक्रा खान पाउनेछु ।”
  • १ शमू 3:12-14 : 12 त्यस दिन एलीको घरानाको विरुद्ध मैले भनेका हरेक कुरा सुरुदेखि अन्‍तसम्म नै म पुरा गर्नेछु । 13 म उसको घरानाको विरुद्ध सधैंको लागि एकैपल्‍ट न्याय गर्न लागेको छु भनी मैले उसलाई भनेको छु, किनभने उसका छोराहरूले आफैमाथि सराप ल्याए र उसले तिनीहरूलाई रोकेन । 14 यसकारणले गर्दा एलीको घरानाका पापहरू बलिदान वा भेटीद्वारा कहिल्यै पनि प्रायश्‍चित गरिनेछैन भनी मैले उसको घरनासँग शपथ खाएको छु ।”
  • भजन 78:60 : 60 शीलोको पवित्रस्थान, उहाँ मानिसहरूका बिचमा बास गर्नुभएको पाललाई उहाँले त्याग्‍नुभयो ।
  • यिर्मि 7:12-14 : 12 ‘त्यसैले शीलोमा भएको मेरो ठाउँ जाओ, जहाँ सुरुमा मैले मेरो नाउँ रहने अनुमति दिएँ, र मेरो जाति इस्राएलको दुष्‍टताको कारणले मैले यसलाई के गरें त्‍यो हेर । 13 त्यसैले अब यो परमप्रभुको घोषणा हो, तिमीहरूका यी सबै अभ्यासको बारेमा तिमीहरूसित म बेलाबेलामा बोलेँ, तर तिमीहरूले सुनेनौ । मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरूले जवाफ दिएनौ । 14 त्यसकारण मैले शीलोलाई जे गरें, मेरो नाउँद्वारा बोलाइने यस मन्दिरलाई पनि म त्यसै गर्नेछु, तिमीहरूले भरोसा गरेको यो घर हो, जुन मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई दिएँ ।
  • मत्त 26:56 : 56 तर यी सबै कुरा भए, ताकि अगमवक्‍ताहरूले लेखेका कुरा पुरा हुन सकून् ।” त्यसपछि सबै चेलाले उहाँलाई छोडे र भागे ।
  • यूह 12:38 : 38 यशैया अगमवक्‍ताको वचन पुरा होस् भनेर यसो भएको थियो । तिनी भन्दछन्, “प्रभु, हाम्रो समाचार कसले विश्‍वास गरेको छ? र परमेश्‍वरको बाहुली कसलाई प्रकट गरिएको छ?”
  • यूह 19:24 : 24 तब तिनीहरूले एक आपसमा भने, “यसलाई नच्यातौँ, बरु यो कसको हुनेछ भनी निर्णय गर्न चिट्ठा हालौँ ।” धर्मशास्‍त्रको वचन पुरा होस् यसो भएको थियो, “तिनीहरूले मेरो वस्‍त्र आपसमा भाग लगाए; तिनीहरूले मेरो वस्‍त्रको लागि चिट्ठा हाले ।”
  • यूह 19:28 : 28 यसपछि येशूले सबै थोक पुरा गरिएको थियो भन्‍ने जान्‍नुभएको हुनाले धर्मशास्‍त्र पुरा हुनको लागि उहाँले भन्‍नुभयो, “मलाई तिर्खा लाग्यो ।”
  • यूह 19:36-37 : 36 यी कुराहरू यस हेतुले भए, ताकि धर्मशास्‍त्र पुरा होस्, “उहाँको एउटै पनि हड्डी भाँचिनेछैन ।” 37 फेरि, अर्को धर्मशास्‍त्रले भन्छ, “तिनीहरूले उहाँलाई हेर्नेछन् जसलाई तिनीहरूले घोचे ।”
  • यहो 18:1 : 1 ¶ त्यसपछि इस्राएलका मानिसको सारा सभा शीलोमा जम्‍मा भयो । तिनीहरूले त्यहाँ भेट हुने पाल खडा गरे र त्यो भूमि तिनीहरूको अधीनमा थियो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ राजा 2:22-26
    5 पदहरू
    82%

    22राजा सोलोमनले आफ्नी आमालाई भने, “तपाईं किन शूनम्मी अबीशगलाई अदोनियाहको लागि माग्नुहुन्छ? तपाईं तिनको लागि किन राज्य नै माग्नुहुन्न? किनकि तिनी मेरा दाजु हुन् । किन पुजारी अबियाथार र सरूयाहका छोरा योआबको निम्ति पनि माग्नुहुन्न?”

    23तब राजा सोलोमनले परमप्रभुको नाउँमा यसो भनी शपथ खाए, “यो बिन्तिको निम्ति अदोनियाहले आफ्नो ज्यान गुमाएनन् भने परमेश्वरले मलाई त्योभन्दा कठोर व्यवहार गरून् ।

    24त्यसकारण मलाई स्थापित गर्नुहुने, मलाई मेरा पिता दाऊदको सिंहासनमा राख्नुहुने र आफ्नो प्रतिज्ञाअनुसार मेरो वंश खडा गर्नुहुने जीवित परमप्रभुको नाउँमा म भन्दछु, कि आज निश्चय नै अदोनियाह मारिने छन् ।”

    25त्यसैले राजा सोलोमनले यहोयादाका छोरा बनायाहलाई पठाए, र बनायाहले अदोनियाहलाई फेला पारी मारे ।

    26तब राजाले पुजारी अबियाथारलाई भने, “तिम्रो आफ्नै जग्गा अनातोतमा जाऊ । तिमी मृत्युको लायक छौ, तर मेरा पिता दाऊदको सामु तिमीले परमप्रभुको सन्दुक बोकेकाले र मेरा पिताजस्तै हरेक मार्गमा तिमीले दुःख भोगेकाले तिमीलाई म यस बेला मार्दिनँ ।”

  • 35राजाले तिनको ठाउँमा यहोयादाका छोरा बनायाहलाई सेनापतिमा र अबियाथारको ठाउँमा सादोकलाई पुजारीमा नियुक्त गरे ।

  • १ शमू 22:20-21
    2 पदहरू
    78%

    20तर अहीतूबका छोरा अहीमेलेकका छोराहरूमध्ये अबीयाथार नाउँका एक जना उम्के र दाऊदकहाँ गए ।

    21शाऊलले परमप्रभुका पुजारीहरूलाई मरेको कुरा अबीयाथारले दाऊदलाई सुनाए ।

  • 6जब अहीमेलेकका छोरा अबीयाथार भागेर कीलाहमा दाऊदकहाँ जाँदा, तिनी एपोदसहित तल आएका थिए ।

  • १ राजा 2:28-29
    2 पदहरू
    72%

    28यो खबर योआबकहाँ आयो किनकि योआबले अदोनियाहलाई समर्थन गरेका थिए, यद्यपि तिनले अब्शालोमलाई भने समर्थन गरेका थिएनन् । त्यसैले योआब परमप्रभुको पालभित्र भागे, र वेदीका सिङहरू पक्रेर बसे ।

    29योआब भागेर गई वेदीको छेउमा बसेका छन् भनी सोलोमनलाई बताइयो । तब सोलोमनले यहोयादाका छोरा बनायाहलाई यसो भनी पठाए, “जाऊ र तिनलाई मार ।”

  • १ शमू 22:16-17
    2 पदहरू
    71%

    16राजाले जवाफ दिए, “अहीमेलेक, तँ र तेरा बुबाको घरानाका सबै जना निश्‍चय नै मर्नेछौ ।”

    17राजाले तिनका वरिपरि खडा बएका अङ्गरक्षकलाई भने, “फर्क र परमप्रभुको पुजारीहरूलाई मार् । किनभने तिनीहरूका हात पनि दाऊदसँगै छन्, र किनभने तिनी भागेका थिए भनी तिनीहरूले थाहा पाए, तर त्‍यो कुरा मलाई प्रकट गरेनन् ।” तर राजाका सेवकहरूले परमप्रभुको पुजारीहरूलाई मार्नलाई आफ्‍ना हात हालेनन् ।

  • 7दाऊदले पुजारी अहीमेलेकका छोरा अबीयाथारलाई भने, “बिन्ती छ, यहाँ मकहाँ एपोद ल्याऊ ।” अबीयाथारले दाऊदकहाँ एपोद ल्याए ।

  • 35के तिमीसँग सादोक पुजारी र अबियाथार हुने छैनन् र? त्यसैले तिमीले दरबारमा राजाबाट जे-जे सुन्छौ सो कुरा तिमीले पुजारी सादोक र अबियाथारलाई भन्‍नुपर्छ ।

  • 11अनि शाऊलले अहीतूबका छोरा पुजारी अहीमेलेक, र तिनका बुबाको घरानाका सबै, नोबमा भएका पुजारीहरूलाई बोलाउन कसैलाई पठाए । तिनीहरू सबै जना राजाकहाँ आए ।

  • 17अहीतूबका छोरा सादोक र अबियाथारका छोरा अहीमेलेक पुजारीहरू थिए र सरायाह शास्‍त्री थिए ।

  • 35म आफ्‍नो निम्ति एक जना विश्‍वासयोग्य पुजारी नियक्‍त गर्नेछु जसले मेरो हृदय र मेरो प्राणमा जे छ सो गर्नेछ । उसको घराना निर्माण गर्नेछु, अनि ऊ नै मेरो अभिषिक्‍त राजाको सामु सधैं हिंड्‍नेछ ।

  • १ राजा 1:19-20
    2 पदहरू
    70%

    19तिनले ठुलो सङ्ख्यामा गोरुहरू, पोसिएका बाछाहरू र भेडा बलिदान चढाएका छन्, अनि राजाका सबै छोरा, पुजारी अबियाथार, र सेनापति योआबलाई निमन्त्रणा दिएका छन्, तर तपाईंका दास सोलोमनलाई भने निमन्त्रणा दिएका छैनन् ।

    20हे मेरा मालिक राजा, हजुरपछि को सिंहासनमा बस्ने छ भनी हजुरबाट थाहा पाउनलाई सारा इस्राएलले हजुरकै प्रतीक्षा गरिरहेका छन् ।

  • 16अहीतूबका छोरा सादोक र अबियाथारका छोरा अहीमेलेक पुजारीहरू थिए, र शब्‍शा सचिव थिए ।

  • 53त्यसैले राजा सोलोमनले मानिसहरू पठाए जसले अदोनियाहलाई वेदीबाट लिएर आए । तिनी आएर राजा सोलोमनलाई दण्डवत् गरे, र सोलोमनले तिनलाई भने, “तिम्रो घरमा जाऊ ।”

  • 28मेरो पुजारी हुन, मेरो वेदीमा जान, र धूप बाल्न र मेरो सामु एपोद लगाउनलाई मैले इस्राएलको सारा कुलहरूबाट उसलाई चुनें । मैले इस्राएलका मानिसहरूले आगोद्वारा चढाएका सबै बलिदानहरू तेरो पुर्खाको घरानालाई दिएँ ।

  • 34अहीतोपेलको पद बनायाहका छोरा यहोयादा र अबियाथारले लिए । योआब राजाका सेनाका कमाण्‍डर थिए ।

  • १ राजा 1:25-27
    3 पदहरू
    69%

    25किनकि तिनी आज तल गएका छन्, र तिनले ठुलो सङ्ख्यामा गोरुहरू, पोसिएका बाछाहरू र भेडाहरू बलिदान चढाएका छन्, अनि तिनले राजाका सबै छोरा, सेनापतिहरू र पुजारी अबियाथारलाई निमन्त्रणा दिएका छन् । तिनीहरू तिनकै सामु खाँदै र पिउँदै यसो भन्दै छन्, ‘राजा अदोनियाह दीर्घायु होऊन्!’

    26तर तिनले तपाईंका दास मलाई, पुजारी सादोक, यहोयादाका छोरा बनायाह र हजुरको दास सोलोमनलाई निमन्त्रणा दिएका छैनन् ।

    27हे मेरा मालिक राजा, के हजुरपछि हजुरको सिंहासनमा को बस्ने भनेर हजुरले हामी हजुरका दासहरूलाई जानकारी नै नदिई यसो गर्नुभएको हो र?”

  • 14किनकि लेवीहरूले यहूदा र यरूशलेममा आउनको निम्ति आफ्‍ना खर्कहरू र जग्‍गाजमिन छोडे, किनकि किनकि यारोबाम र तिनका छोराहरूले तिनीहरूलाई लखेटेका थिए, ताकि तिनीहरूले परमप्रभुको पुजारीको काम गर्न पाएनन् ।

  • 25शेभा शास्‍त्री र सादोक तथा अबियाथार पुजारीहरू थिए ।

  • 29त्यसैले सादोक र अबियाथारले परमेश्‍वरको सन्दुक यरूशलेममा नै फिर्ता ल्याए र तिनीहरू त्यहीं बसे ।

  • 4यहोयादाका छोरा बनायाह सेनापति थिए । सादोक र पुजारी अबियाथार हरू थिए ।

  • 9शाऊलले आफ्‍नो विरुद्धमा षड्यान्त्र गरिरहेका कुरा दाऊदलाई थाहा थियो । तिनले पुजारी अबीयाथारलाई भने, “एपोद यहाँ ल्याऊ ।”

  • १ राजा 2:45-46
    2 पदहरू
    68%

    45तर राजा सोलोमनचाहिँ आशिषित हुने छन्, र दाऊदको सिंहासन परमप्रभुको सामु सदाको निम्ति स्थापित हुने छ ।”

    46तब राजाले यहोयादाका छोरा बनायाहलाई आज्ञा दिएअनुसार तिनले शिमीलाई मारे । यसरी सोलोमनको हातमा शासन बलियो गरी स्थापित भयो ।

  • 11त्यसकारण परमप्रभुले सोलोमनलाई भन्नुभयो, “तैँले यसो गरेको कारण र तैँले मेरो करार र मैले तँलाई आज्ञा गरेका मेरा विधिविधानहरू पालन नगरेकोले निश्चय नै म यो राज्य तँबाट खोसेर तेरो दासलाई दिने छु ।

  • 27राजाले सादोक पुजारीलाई यसो पनि भने, “के तिमी दर्शी होइनौ? सहरमा शान्तिसँग फर्क र तिम्रा दुई छोरा, तिम्रा छोरा अहीमास र अबियाथारका छोरा जोनाथन तिम्रो साथमा छन् ।

  • 14यसकारणले गर्दा एलीको घरानाका पापहरू बलिदान वा भेटीद्वारा कहिल्यै पनि प्रायश्‍चित गरिनेछैन भनी मैले उसको घरनासँग शपथ खाएको छु ।”

  • 11त्यसपछि एल्काना आफ्नो घर रामामा गए । त्यो बालकले पुजारी एलीको सामु परमप्रभुको सेवा गर्‍यो ।

  • 17परमप्रभुले जे गर्छु भन्‍नुभएको छ सो उहाँले गर्नुभएको छ । परमप्रभुले राज्यलाई तिम्रो हातबाट खोस्‍नुभएको छ र उहाँले अरू कसैलाई अर्थात् दाऊदलाई दिनुभएको छ ।

  • 7अदोनियाहले सरूयाहका छोरा योआब र पुजारी अबियाथारसित सरसल्लाह लिए । तिनीहरूले अदोनियाहलाई पछ्याएर तिनको मदत गरे ।

  • 11दाऊदले सादोक र अबियाथार पुजारीहरू, अनि लेवी उरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्‍मीनादाबलाई बोलाए ।

  • 9तर के तिमीहरूले हारूनको वंशका परमप्रभुका पुजारीहरू र लेवीहरूलाई लखेट्‍ने र अरू देशका मानिसहरूले गरेझैं आफ्‍नै पुजारीहरूलाई नियुक्त गरेनौ र? जुनसुकै मानिस पुजारी भएर सेवा गर्नलाई एउटा बाछो र सात वटा भेडा लिएर आउँछ, त्यो जो देवताहरू नै होइनन्, त्यसको पुजारी बन्छ ।

  • 13राजा दाऊदकहाँ गएर भन्नहोस्, ‘मेरा मालिक राजा, के तपाईंले आफ्नो सेवकलाई “निश्चय नै मपछि तिम्रो छोराले शासन गर्ने छ र त्यो नै मेरो सिंहासनमा बस्ने छ” भनी तपाईंले मसित शपथ खानुभएको होइन र? त्यसो भए, किन अदोनियाहले शासन गर्दै छन् त?’

  • 3एपोद लगाउने शीलोमा परमप्रभुको पुजारी एलीका पनाति, पीनहासका नाति, अहीतूबका छोरा (ईकाबोदका भाइ) अहियाहसहित । जोनाथान गएको थिए भन्‍ने कुरा मानिसहरूलाई थाहा थिएन ।

  • 23त्यसपछि सोलोमन आफ्‍ना पिता दाऊदको सट्टा परमप्रभुको सिंहासनमा राजा भएर बसे । तिनको उन्‍नति भयो र सबै इस्राएलले तिनको हुकुम पालन गरे ।

  • 41शिमी यरूशलेमबाट गातमा गएर फर्केका छन् भनी जब सोलोमनलाई सुनाइयो,

  • 2तिनका अधिकारीहरू यी नै हुन्: सादोकका छोरा अजर्याह पुजारी थिए ।

  • 31राजाले तिनलाई भने, “तिनले भनेजस्तै गर । तिनलाई मारेर गाड । यसरी म र तिमीले मेरा पिताको घरानाबाट विनाकारण योआबले बगाएको रगतको दोष लैजाने छौ ।

  • 15तिनले विदेशी देवताहरू र खोपेर बनाएका मूर्ति परमप्रभुको मन्दिरबाट हटाए, र परमप्रभुको मन्दिरको डाँडा र यरूशलेममा तिनी आफैले बनाएका सबै वेदी पनि हटाइदिए र तिनले ती सबैलाई सहरबाट बाहिर फ्याँकिदिए ।

  • 6नतनेलका छोरा शमायाहले, एक जना लेवी र शास्‍त्रीले राजा, अधिकारीहरू, सादोक पूजाहारी, अबियाथारका छोरा अहीमेलेक, पुजारी र लेवीहरूका परिवारहरूका मुखियाहरूका सामुन्‍ने तिनीहरूका नाउँहरू लेखे । एलाजारका सन्‍तानबाट र ईतामारका सन्‍तानबाट पालो-पालो एक-एक परिवारको चिट्ठा तानियो ।