१ राजा 9:21
तिनीहरूका सन्तानहरू जो देशमा बाँकी रहेका थिए, जसलाई इस्राएलीहरूले पूर्ण रूपमा नष्ट गर्न सकेका थिएनन्, तिनीहरूलाई सोलोमनले बेगार काममा लगाएका थिए जो आजको दिनसम्म छन् ।
तिनीहरूका सन्तानहरू जो देशमा बाँकी रहेका थिए, जसलाई इस्राएलीहरूले पूर्ण रूपमा नष्ट गर्न सकेका थिएनन्, तिनीहरूलाई सोलोमनले बेगार काममा लगाएका थिए जो आजको दिनसम्म छन् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
7हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूका सबै बाँकी रहेकाहरू, जो इस्राएलका थिएनन्,
8तिनीहरूपछि देशमा छोडिएका तिनीहरूका सन्तानहरू, जसलाई इस्राएलीहरूले नाश गरेका थिएनन्—सोलोमनले तिनीहरूलाई ज्यालाबिनाका श्रमिक बनाए, जसमा तिनीहरू आजको दिनसम्मै रहेका छन् ।
9तापनि सोलोमनले इस्राएलका मानिसलाई ज्यालाबिनाका श्रमिक बनाएनन् । बरु, तिनीहरू तिनका सिपाहीहरू, कमाण्डरहरू, अधिकारीहरू, अनि सारथि र घोडचडीका कमाण्डरहरू भए ।
22तथापि, सोलोमनले इस्राएलीहरूलाई भने बेगार काममा लगाएनन् । बरु, तिनीहरू तिनका सिपाहीहरू, अधिकृतहरू र कप्तानहरू अनि सारथीहरूका कप्तान र घोडचढीहरू बने ।
23तिनीहरू सोलोमनका कामको रेखदेख गर्ने अधिकारीहरू पनि बने जसको सङ्ख्या पाँच सय पचास थियो । तिनीहरूले काम गर्ने मानिसहरूको रेखदेख गर्ने काम गर्थे ।
20बाँकी रहेका सबै एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबूसी जो इस्राएली थिएनन्,
46तिमीहरूले त्यस्ता दासहरूलाई आफ्ना छोराछोरीहरूका निम्ति तिमीहरूपछि सम्पत्तिको रूपमा प्राप्त गर्न र सारा जीवनभर तिनीहरूलाई दास बनाउन उत्तराधिकारको रूपमा दिन सक्छौ, तर इस्राएलका मानिसहरूका बिचमा आफ्ना भाइहरूलाई तिमीहरूले कठोर रूपमा शासन नगर्नू ।
21सोलोमनले यूफ्रेटिस नदीदेखि पलिश्तिहरूको देश र मिश्रको सिमानासम्म राज्य गर्थे । सोलोमनको जीवनभर तिनीहरूले तिनीकहाँ कर ल्याए र तिनको सेवा गरे ।
13सोलोमन राजाले सारा इस्राएलबाट तिस हजार बेगार काम गर्ने मानिस जम्मा गरे ।
28जब इस्राएल शक्तिशाली भ ए, तिनीहरूले कनानीहरूलाई आफ्नो निम्ति कडा परिश्रमले सेवा गर्न लगाए, तर तिनीहरूलाई कहिल्यै पनि पूर्ण रूपमा बाहिर निकालेनन् ।
8तापनि तिनीहरू त्यसका सेवकहरू हुनेछन् ताकि मेरो सेवा गर्नु र अरू देशका शासकहरूका सेवा गर्नमा के भिन्नता रहेछ सो तिनीहरूले थाहा पाउनेछन् ।”
15सोलोमन राजाले परमप्रभुको मन्दिर, आफ्नो निजी दरबार, टेवा दिने गाराहरू, यरूशलेमको पर्खाल, हासोर, मगिद्दो र गेजेर बनाउनलाई बेगार काममा लगाएका मजदुरहरूको विवरण यही हो ।
13जब इस्राएलका मानिसहरू वृद्धि भए, तिनीहरूले कनानीहरूलाई बेगारी काममा लगाए, तर तिनीहरूलाई पूर्ण रूपमा धपाएनन् ।
24त्यसैले मानिसहरू देशभित्र प्रवेश गरी यसको अधिकार गरे, र तिनीहरूकै सामु त्यस देशका बासिन्दाहरू अर्थात् कनानीहरूलाई तपाईंले अधीनमा ल्याउनुभयो । इस्राएलले इच्छा लागेअनुसार कनानीहरूलाई व्यवहार गरून् भनेर तपाईंले कनानीहरू, तिनीहरूका राजाहरू, देशका जनताहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो ।
2तिनीहरू त्यस्ता जातिहरूका थिए जसको बारेमा परमप्रभुले इस्राएललीहरूलाई भन्नुभएको थियो, “विवाह गर्न तिनीहरूका बिचमा नजाओ, न त तिनीहरू तिमीहरूका बिचमा आऊन् किनकि निश्चय नै, तिनीहरूले तिमीहरूका ह्रदय तिनीहरूका देवताहरूतर्फ फर्काउने छन् ।” यस आज्ञाको बाबजुत पनि सोलोमन यी स्त्रीहरूप्रति मोहित भए ।
22परमप्रभुले सेइरमा बस्ने एसावका सन्तानहरूकै सामुन्ने होरीहरूलाई नष्ट गरी तिनीहरूको ठाउँमा यिनीहरूलाई राख्नुहुँदा यिनीहरूका लागि पनि यसै गर्नुभयो । यिनीहरू आजसम्म यहाँ बसोबास गर्दै छन् ।
10अब तिमीहरू यहूदा र यरूशलेमका पुरुष र स्त्री दुवैलाई दास-दासी बनाउने इच्छा गर्छौ । तर त्यसो गर्दा के तिमीहरू पनि परमप्रभु तिमीहरूका परमेश्वरको सामु आफ्नो पापको दोषी हुँदैनौ?
10तिनीहरूले गेजेरमा बस्ने कनानीहरूलाई धपाएनन्, त्यसैले आजको दिनसम्म पनि एफ्राइमभित्र कनानीहरू बस्छन्, तर यी मानिसहरूलाई बेगारी काम गर्न लगाइएको थियो ।
15सोलोमनका सत्तरी हजरा भरिया र पहाडमा असी हजार ढुङ्गा काट्ने मानिस थिए ।
9तर मानिसहरूले यो कुरा सुनेनन्, र इस्राएलका मानिसहरूकै सामु परमप्रभुले नष्ट गर्नुभएका जातिहरूले भन्दा बढी खराब काम गर्न मनश्शेले तिनीहरूलाई अगुवाइ गरे ।
13मिश्रीहरूले इस्राएलीहरूलाई निर्दयतापूर्वक काममा लगाए ।
17आफ्ना बुबा दाऊदले मानिसहरूको जनगणना लिएझैं सोलोमनले इस्राएलमा बस्ने सबै विदेशीको जनगणना लिए । यिनीहरू १,५३,६०० जना थिए ।
18यिमध्येका सत्तरी हजारलाई भारी बोक्न र असी हजारलाई पहाडहरूमा ढुङ्गा काट्न र मानिसहरूलाई काममा लगाउन निरीक्षण गर्न छत्तिस सयलाई नियुक्त गरे ।
19जब हददेजेरका अधीनमा भएका सबै राजाले आफू इस्राएलद्वारा परास्त भएको देखे, तब उनीहरूले इस्राएलसँग शान्ति सम्झौता गरे र तिनीहरूका अधीनमा भए । यसरी अरामीहरू अम्मोनका मानिसहरूलाई फेर सहायता गर्न डराए ।
2जातिहरूले तिनीहरूलाई आफ्नै ठाउँमा ल्याउनेछन् । तब इस्राएलको घरानाले तिनीहरूलाई सेवक र सेविकाको रूपमा परमप्रभुको देशमा लानेछन् । तिनीहरूलाई कैदी बनाउनेहरूलाई तिनीहरूले कैदी बनाउनेछन् र तिनीहरूले आफ्ना अत्याचारीहरूमाथि राज्य गर्नेछन् ।
16उनले तिमीहरूका सेवक-सेविकाहरू, र तिमीहरूका उत्तम जवान पुरुषहरू तथा तिमीहरूका गधाहरू लिनेछन् । तिनीहरू सबैलाई उनले आफ्नो काममा लगाउनेछन् ।
17उनले तिमीहरूका बगालहरूको दशौं भाग लिनेछन्, र तिमीहरू उनका दासहरू हुनेछौ ।
41यसरी यी जातिहरू परमप्रभुदेखि डराए र आफूले खोपेर बनाएका मूर्तिहरूको पनि तिनीहरूले पुजा गरे, अनि तिनीहरूका छोराछोरी र नातिनातिनाले पनि त्यसै गरे । आजको दिनसम्म आफ्ना पुर्खाहरूले गरेझैँ तिनीहरूले निरन्तर त्यसै गर्दैछन् ।
9इस्राएलका फौजले मिद्यानका महिलाहरू, तिनीहरूका बालबच्चाहरू, तिनीहरूका सबै गाईवस्तु, तिनीहरूका सबै भेडाबाख्रा र तिनीहरूका सबै मालसामान लगे । तिनीहरूले यिनीहरूलाई लुटको रूपमा लिए ।
23अब यसैकारण तिमीहरू श्रापित भएका छौ र तिमीहरूमध्ये केही सधैँको निम्ति मेरा परमेश्वरको भवनमा दाउरा काट्ने र पानी तान्ने दासहरू हुने छौ ।”
10अब हेर्नुहोस्, यहाँ अम्मोन, मोआब, र सेइर पर्वतका मानिसहरू छन्, जसलाई तपाईंले मिश्रदेशबाट आउँदा इस्राएललाई आक्रमण गर्न दिनुभएन । बरु, इस्राएल तिनीहरूबाट तर्केर गए र तिनीहरूलाई नष्ट गरेनन् ।
26त्यसैले यहोशूले उनीहरूका निम्ति यसो गरेः तिनले उनीहरूलाई इस्राएलका मानिसहरूको नियन्त्रणबाट छुटकारा दिए । त्यसैले इस्राएलीहरूले उनीहरूलाई मारेनन् ।
27त्यस दिन यहोशूले गिबोनीहरूलाई समुदायको निम्ति र परमप्रभुले चुन्नुभएको ठाउँको निम्ति दाउरा काट्ने र पानी बोक्नेहरू बनाए ।
11त्यसकारण परमप्रभुले सोलोमनलाई भन्नुभयो, “तैँले यसो गरेको कारण र तैँले मेरो करार र मैले तँलाई आज्ञा गरेका मेरा विधिविधानहरू पालन नगरेकोले निश्चय नै म यो राज्य तँबाट खोसेर तेरो दासलाई दिने छु ।
5तिनीहरूले राजालाई जवाफ दिए, “हामी सबैलाई मार्न खोज्ने मानिस जसले हाम्रो विरुद्ध षड्यान्त्र गरे, ताकि हामी अहिले नाश भएका छौं र इस्राएलको सिमानाभित्र हाम्रो स्थान छैन,
36हेर्नुहोस्, हामी दास भएका छौँ । अहिले हामी तपाईंले हाम्रा पिता-पुर्खाहरूलाई त्यसका फलहरू खान र त्यसका असल उब्जनीहरू उपभोग गर्नलाई दिनुभएको यही देशमा हामी दास भएका छौँ ।
2हीरामले सोलोमनलाई दिएका सहरहरूका तिनले पुनर्निर्माण गरे र तिनमा इस्राएलका मानिहरूलाई तिनले बसाले ।
21यहोशू मृत्यु हुँदा, त्यसले बाँकी छोडेका सबै जातिलाई म अबदेखि उसो तिनीहरूका सामुबाट धपाउनेछैनँ ।
11तर यसपछि तिनीहरूले आफ्नो मन बद्ले । तिनीहरूले फुक्का गरिदिएका कमारा-कमारीहरूलाई फर्काएर ल्याए, र तिनीहरूलाई फेरि कमारा-कमारी हुन जबरदस्ती गरे ।
4इस्राएलको जाँच गर्न, अनि परमप्रभुले मोशाद्वारा तिनीहरूका पुर्खाहरूलाई दिनुभएका आज्ञाहरू तिनीहरूले पालन गर्छन् कि गर्दैनन् भनेर निश्चित रूपमा थाहा पाउनलाई यी जातिहरूलाई छोडिएको थियो ।
2सोलोमनले भारी बोक्नलाई सत्तरी हजार, र पहाडहरूमा ढुङ्गा काट्नलाई असी हजार र तिनीहरूको निरीक्षण गर्न छत्तिस सय मानिसलाई जिम्मा दिए ।
24सबै अगुवाहरू, सेनाहरू, र दाऊद राजाका सबै छोराहरूले पनि सोलोमन राजालाई आफ्नो राजभक्ति देखाए ।