२ इतिहास 8:2

अनलक शाब्दिक बाइबल

हीरामले सोलोमनलाई दिएका सहरहरूका तिनले पुनर्निर्माण गरे र तिनमा इस्राएलका मानिहरूलाई तिनले बसाले ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ राजा 9:11-18 : 11 टुरोसका राजा हीरामले सोलोमनले चाहेका सबै देवदारु र सल्लाका काठ तिनलाई जुटाइदिए । त्यसैले सोलोमन राजाले हीरामलाई गालीलको क्षेत्रमा बिसवटा सहर दिए । 12 सोलोमनले हीरामलाई दिएका सहरहरू हेर्न तिनी टुरोसबाट आए, तर तिनी खुसी भएनन् । 13 त्यसैले हीरामले भने, “हे मेरा भाइ, तपाईंले मलाई दिनुभएका यी सहरहरू कस्ता सहरहरू हुन्?” हीरामले ती सहरहरूलाई काबूल देश भने जसलाई आजसम्म पनि त्यही नाउँले चिनिन्छ । 14 हीरामले राजालाई चार टन सुन पठाएका थिए । 15 सोलोमन राजाले परमप्रभुको मन्दिर, आफ्नो निजी दरबार, टेवा दिने गाराहरू, यरूशलेमको पर्खाल, हासोर, मगिद्दो र गेजेर बनाउनलाई बेगार काममा लगाएका मजदुरहरूको विवरण यही हो । 16 मिश्रका राजा फारोले गेजेरलाई माथि उक्लेर कब्जा गरेका थिए । तिनले यस सहरका कनानीहरूलाई मारेर जलाइदिएका थिए । त्यसपछि फारोले यो सहर आफ्नी छोरी सोलोमनकी पत्नीलाई दाइजोस्वरूप दिएका थिए । 17 त्यसैले सोलोमनले गेजेर र तल्लो बेथ-होरोनलाई पुनर्निर्माण गरे । 18 तिनले बालात र यहूदियाको उजाड-स्थानमा तामार, आफ्नो अधिकारमा भएका सबै भण्डारण गर्ने सहरहरू,

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 1¶ सोलोमनले परमप्रभुको मन्‍दिर र आफ्‍नो राजमहल निर्माण गरेका बिस वर्षको समयको अन्‍तमा यस्‍तो भयो,

  • २ इति 8:3-8
    6 पदहरू
    77%

    3सोलोमनले हमातसोबालाई आक्रमण गरे र त्‍यसलाई हराए ।

    4तिनले उजाड-स्‍थानमा तदमोरको पुनर्निर्माण गरे र सबै भण्‍डारणका सहर जसलाई तिनले हमातमा बनाए ।

    5तिनले माथिल्‍लो बेथ होरोन र तल्‍लो बेथ होरोनलाई पर्खालहरू, ढोकाहरू र बारहरू लगाएर किल्लाबन्‍दी गरे ।

    6तिनले बालात आफूसँग भएका भण्‍डारणका सबै सहर र आफ्‍ना रथहरू सबै सहर र घोडाचडीहरूका निम्‍ति सहरहरू र यरूशलेममा, लेबनानमा र आफ्‍ना सारा राज्‍यमा सारा देशभरि आफूले जे इच्‍छा गरे त्‍यो तिनले बनाए ।

    7हित्ती, एमोरी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूका सबै बाँकी रहेकाहरू, जो इस्राएलका थिएनन्,

    8तिनीहरूपछि देशमा छोडिएका तिनीहरूका सन्‍तानहरू, जसलाई इस्राएलीहरूले नाश गरेका थिएनन्‌—सोलोमनले तिनीहरूलाई ज्‍यालाबिनाका श्रमिक बनाए, जसमा तिनीहरू आजको दिनसम्‍मै रहेका छन्‌ ।

  • १ राजा 9:10-15
    6 पदहरू
    76%

    10सोलोमनले दुईवटा भवन अर्थात् परमप्रभुको मन्दिर र राजदरबार बनाएर सिद्ध्याउन तिनलाई बिस वर्ष लाग्यो ।

    11टुरोसका राजा हीरामले सोलोमनले चाहेका सबै देवदारु र सल्लाका काठ तिनलाई जुटाइदिए । त्यसैले सोलोमन राजाले हीरामलाई गालीलको क्षेत्रमा बिसवटा सहर दिए ।

    12सोलोमनले हीरामलाई दिएका सहरहरू हेर्न तिनी टुरोसबाट आए, तर तिनी खुसी भएनन् ।

    13त्यसैले हीरामले भने, “हे मेरा भाइ, तपाईंले मलाई दिनुभएका यी सहरहरू कस्ता सहरहरू हुन्?” हीरामले ती सहरहरूलाई काबूल देश भने जसलाई आजसम्म पनि त्यही नाउँले चिनिन्छ ।

    14हीरामले राजालाई चार टन सुन पठाएका थिए ।

    15सोलोमन राजाले परमप्रभुको मन्दिर, आफ्नो निजी दरबार, टेवा दिने गाराहरू, यरूशलेमको पर्खाल, हासोर, मगिद्दो र गेजेर बनाउनलाई बेगार काममा लगाएका मजदुरहरूको विवरण यही हो ।

  • २ इति 2:11-12
    2 पदहरू
    76%

    11टुरोसका राजा हीरामले पत्रद्वारा सोलोमनलाई लेखेर जावाफ दिए: “परमप्रभुले आफ्ना मानिसहरूलाई प्रेम गर्नुभएको हुनाले उहाँले तपाईंलाई तिनीहरूमाथि राजा तुल्‍याउनुभयो ।”

    12साथै पत्रमा हीरामले भने, “इस्राएलका परमप्रभु परमेश्‍वर धन्‍यका होउन्, जसले स्‍वर्ग र पृथ्‍वीको सृष्‍टि गर्नुभयो, जसले दाऊद राजालाई बुद्धि र समझशक्तिको वरदान भएको एउटा बुद्धिमान्‌ छोरा दिनुभएको छ, जसले परमप्रभुको निम्‍ति एउटा मन्‍दिर र आफ्‍नै निम्‍ति एउटा राजमहल बनाउनुहुनेछ ।

  • १ राजा 9:17-19
    3 पदहरू
    73%

    17त्यसैले सोलोमनले गेजेर र तल्लो बेथ-होरोनलाई पुनर्निर्माण गरे ।

    18तिनले बालात र यहूदियाको उजाड-स्थानमा तामार, आफ्नो अधिकारमा भएका सबै भण्डारण गर्ने सहरहरू,

    19र आफ्ना रथहहरू र घोडचढीहरू राख्नका निम्ति सहरहरू बनाए । यरूशलेम, लेबनान र आफूले शासन गरेका सबै इलाकामा आफूले इच्छा गरेअनुसार तिनले बनाउने काम गरे ।

  • २ इति 2:1-3
    3 पदहरू
    72%

    1¶ सोलोमनले परमप्रभुका नाउँको निम्‍ति एउटा मन्‍दिर र आफ्नो राज्यको निम्ति एउटा राजमहल निर्माण गर्ने आदेश दिए ।

    2सोलोमनले भारी बोक्‍नलाई सत्तरी हजार, र पहाडहरूमा ढुङ्गा काट्नलाई असी हजार र तिनीहरूको निरीक्षण गर्न छत्तिस सय मानिसलाई जिम्मा दिए ।

    3सोलोमनले टुरोसका राजा हीरामलाई यसो भनेर समाचार पठाए, “तपाईंले जसरी मेरा बुबा दाऊदको निम्ति आवासीय भवन बनाउनलाई देवदारुका काठहरू पठाउनुभएको थियो, मेरो निम्ति पनि त्‍यसै गर्नुहोस् ।

  • 2सोलोमनले यसो भन्दै हीरामलाई वचन पठाए,

  • 18त्यसैले सोलोमन र हीरामका कारीगरहरूसाथै गेबालका मानिसहरूले मन्दिर निर्माणको निम्ति काठ र ढुङ्गाहरू काटेर तयार पारे ।

  • 24फारोकी छोरी दाऊदको सहरबाट सोलोमनले उनको लागि बनाएको घरमा सरिन् । पछि सोलोमनले टेवा दिने गाराहरू बनाए ।

  • 8टेवा दिने गाराहरू र पछाडिबाट चारैतिरको पर्खालसम्‍म किल्‍लाको वरिपरि तिनले सहर बनाए । योआबले चाहिं बाँकी सहरको पुनर्निर्माण गरे ।

  • २ इति 8:16-17
    2 पदहरू
    69%

    16परमप्रभुका मन्‍दिरको जग बसालेदेखि त्‍यो पूरा नभएसम्‍म सोलोमनले आज्ञा गरेका सबै काम सम्‍पन्‍न भएको थियो । परमप्रभुको मन्‍दिर बनाउने काम सकियो ।

    17त्‍यसपछि सोलोमन एदोम देशको किनारमा भएको एस्‍योन-गेबेर र एलातमा गए ।

  • 13सोलोमन राजाले हुरामलाई टुरोसबाट बोलाउन लगाए ।

  • 14यसरी सोलोमनले मन्दिर बनाएर सिद्ध्याए ।

  • 5गेरा, शपूपान र हुराम थिएन ।

  • 27तिनी राजाको विरुद्धमा उठे किनकि सोलोमनले टेवा दिने गाराहरू बनाएका थिए, र आफ्ना पिता दाऊदको सहरको पर्खालमा प्रवेशद्वार मर्मत गरेका थिए ।

  • 1¶ सोलोमनले परमप्रभुको मन्दिर र राजदरबार बनाएर सिद्ध्याएछि र तिनले चाहेका कुरा सबै सम्पन्न गरेपछि

  • 13तर तपाईं सदासर्वदै रहनलाई मैले एउटा शोभनीय वासस्थान निर्माण गरेको छु ।”

  • 47तर सोलोमनले परमेश्‍वरको निम्ति एउटा भवन बनाए ।

  • 7हीरामले सोलोमनको कुरा सुनेपछि तिनी अत्यन्तै खुसी भए र भने, “आज परमप्रभु धन्यका होऊन् जसले दाऊदलाई आफ्ना जातिको रेखदेख गर्न एउटा बुद्धिमान् छोरा दिनुभएको छ ।

  • 6तब तिनले आफ्‍नो छोरा सोलोमनलाई बोलाए र परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति एउटा मन्‍दिर बनाउने आज्ञा दिए ।

  • 11हुरामले भाँडा, बेल्‍चा र छर्कने बाटाहरू बनाए । यसरी हुरामले परमेश्‍वरको मन्‍दिरमा सोलोमन राजाको निम्‍ति आफूले जिम्‍मा लिएको काम सिद्ध्याएः

  • 2यसैले दाऊदले आफ्ना सेवकहरूलाई इस्राएलमा बसोबास गर्ने परदेशीहरूलाई भेला गराउने हुकुम गरे । तिनले उनीहरूलाई परमेश्‍वरको मन्दिर बनाउन ढुङ्गा काटेर तयार गर्ने काममा खटाए ।

  • 11सोलोमनले फारोकी छोरीलाई दाऊदको सहरबाट तिनको निम्‍ति बनाएको महलमा ल्‍याए, किनकि तिनले भने, “मेरी पत्‍नी इस्राएलका राजा दाऊदको महलमा बस्‍नेछैनन्, किनभने परमप्रभुको सन्‍दूक ल्याइएका ठाउँहरू पवित्र छन्‌ ।”

  • 5रहबाम यरूशलेममा बसोबास गरे र सुरक्षाको निम्ति यहूदामा सहरहरू निर्माण गरे ।

  • 1¶ आफ्नो राजदरबार बनाउन सोलोमनलाई तेह्र वर्ष लाग्यो ।

  • 11त्यसपछि टुरोसका राजा हीरामले दाऊदकहाँ दूतहरू पठाए अनि देवदारुका काठहरू, डकर्मीहरू र सिकर्मीहरूलाई पनि पठाए । तिनीहरूले दाऊदको निम्ति महल बनाए ।

  • 2तर यहाँ मैले तपाईंको निम्‍ति सदासर्वदा वास गर्न एउटा उच्‍च वासस्‍थान बनाएको छु ।”

  • 11यसरी सोलोमनले परमप्रभुको मन्‍दिर र तिनको आफ्नै राजमहल बनाइसके । परमप्रभुको मन्‍दिर र तिनको आफ्‍नो राजमहल बनाउनको निम्ति तिनको हृदयमा आएका हरेक कुरा तिनले सफलतापूर्वक पूरा गरे ।

  • 2परमप्रभुको नाउँमा कुनै पनि घर निर्माण नभइसकेकोले मानिसहरूले उच्च स्थानहरूमा बलिदान चढाउँदै थिए ।

  • 4यसको साथै तिनले यहूदाको पहाडी देशमा सहरहरू बनाए, र वनमा किल्‍ला र धरहराहरू बनाए ।

  • 1¶ यसैले सोलोमनले परमप्रभुको मन्दिर निर्माण गर्न सुरु गरे । इस्राएलीहरू मिश्र देशबाट निस्केर आएको चार सय असीऔँ वर्षमा, सोलोमनले इस्राएलमाथि राज्य गरेको चौथो वर्षको जीभ अर्थात् दोस्रो महिनामा कामको थालनी भएको थियो ।

  • 13तब सोलोमन गिबोनको अल्‍गो स्‍थानको भेट हुने पालबाट यरूशलेममा आए। तिनले इस्राएलमाथि शासन गरे ।

  • 12आफूले प्रतिज्ञा गर्नुभएझैँ परमप्रभुले सोलोमनलाई बुद्धि दिनुभयो । सोलोमन र हीरामको बिचमा शान्ति कायम थियो, र तिनीहरू दुई जनाले एउटा करार बाँधे ।

  • 10तिनले मन्दिरको भित्री कक्षको विपरीत किनाराका कोठाहरू बनाए र हरेक कोठाको उचाइ पाँच हात थियो । ती मन्दिरसँगै देवदारुका काठका सत्तरीले जोडिएका थिए ।