१ इतिहास 11:8

अनलक शाब्दिक बाइबल

टेवा दिने गाराहरू र पछाडिबाट चारैतिरको पर्खालसम्‍म किल्‍लाको वरिपरि तिनले सहर बनाए । योआबले चाहिं बाँकी सहरको पुनर्निर्माण गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • न्या 9:6 : 6 शकेम र बेथ-मिल्लोका सबै अगुवाहरू एकसाथ भेला भए, र शकेममा रहेको ठुलो रूखको छेउको खम्बामा अबीमेलेकलाई राजा बनाए ।
  • न्या 9:20 : 20 तर होइन भने, अबीमेलेकबाट आगो बाहिर निस्कोस्, र शकेम र बेथ-मिल्लोका मानिसहरूलाई भस्म पारोस् । अनि शकेम र बेथ-मिल्लोका मानिसहरूबाट अबीमेलेकलाई भस्म पार्न आगो बाहिर आओस् ।”
  • १ राजा 9:15 : 15 सोलोमन राजाले परमप्रभुको मन्दिर, आफ्नो निजी दरबार, टेवा दिने गाराहरू, यरूशलेमको पर्खाल, हासोर, मगिद्दो र गेजेर बनाउनलाई बेगार काममा लगाएका मजदुरहरूको विवरण यही हो ।
  • १ राजा 11:27 : 27 तिनी राजाको विरुद्धमा उठे किनकि सोलोमनले टेवा दिने गाराहरू बनाएका थिए, र आफ्ना पिता दाऊदको सहरको पर्खालमा प्रवेशद्वार मर्मत गरेका थिए ।
  • २ राजा 12:20 : 20 तिनका सेवकहरू खडा भए र तिनीहरूले मिलेर षड्यन्त्र गरे । तिनीहरूले योशाशलाई सिल्लाको ओरालो बाटोमा भएको बेथ-मिल्लोमा आक्रमण गरे ।
  • नहे 4:2 : 2 तिनका दाजुभाइहरू र सामरियाका सेनाको उपस्थितिमा तिनले भने, “यी निर्बल यहूदीहरू के गर्दै छन्? के तिनीहरू आफैले सहरको पुनर्स्थापना गर्ने छन्? के तिनीहरूले बलिदानहरू चढाउने छन्? के तिनीहरूले एकै दिनमा काम सक्‍ने छन्? ती जलिसकेका कसिङ्गरको थुप्रोबाट के तिनीहरूले ढुङ्गाहरूलाई पुनर्जीवित पार्न सक्छन्?

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 9त्यसैले दाऊद त्यो किल्लामा बसे र यसलाई दाऊदको सहर भनियो । तिनले यसलाई गाराहरूदेखि भित्रसम्म नै किल्लाबन्दी गरे ।

  • 7तब दाऊद त्यही किल्‍लामा बसोबास गर्न थाले । यसैले तिनीहरूले त्‍यसलाई दाऊदको सहर नामाकरण गरे ।

  • २ इति 32:5-6
    2 पदहरू
    77%

    5हिजकियाले साहस गरे र भत्किएका सबै पर्खालको निर्माण गरे । तिनले धरहराहरू अग्‍लो बनाए, र बाहिरका अरू पर्खालहरू पनि त्यसै गरे । दाऊदको सहरका टेवा दिने गाराहरू पनि तिनले सुदृढ पारे, र तिनले ठुलो सङ्‍ख्‍यामा हातहतियार र ढालहरू बनाए ।

    6तिनले मानिसहरूमाथि फौजी कमाण्‍डरहरू नियुक्त गरे । तिनले तिनीहरूलाई सहरको मूल ढोकाको खुल्ला ठाउँमा एकसाथ भेला गरे र तिनीहरूसँग हौसलासहित कुरा गरे । तिनले भने,

  • 14त्यसपछि मनश्शेले बेसीको गीहोनको पश्‍चिमपट्टिदेखि माछा ढोकासम्म दाऊदको सहरका बाहिरको पर्खाल बनाए । तिनले ओफेल डाँडा घेरे र त्यो पर्खाल धेरै अल्गो बनाए । तिनले यहूदाका किल्ला भएका सबै सहरमा साहसी फौजका कमाण्‍डरहरू पनि खटाइदिए ।

  • 27तिनी राजाको विरुद्धमा उठे किनकि सोलोमनले टेवा दिने गाराहरू बनाएका थिए, र आफ्ना पिता दाऊदको सहरको पर्खालमा प्रवेशद्वार मर्मत गरेका थिए ।

  • 24फारोकी छोरी दाऊदको सहरबाट सोलोमनले उनको लागि बनाएको घरमा सरिन् । पछि सोलोमनले टेवा दिने गाराहरू बनाए ।

  • २ इति 27:3-4
    2 पदहरू
    70%

    3तिनले परमप्रभुका मन्‍दिरको माथिल्‍लो ढोकाको र्निर्माण गरे, र ओपेल डाँडामा तिनले धेरै निर्माण गरे ।

    4यसको साथै तिनले यहूदाको पहाडी देशमा सहरहरू बनाए, र वनमा किल्‍ला र धरहराहरू बनाए ।

  • २ इति 11:5-7
    3 पदहरू
    70%

    5रहबाम यरूशलेममा बसोबास गरे र सुरक्षाको निम्ति यहूदामा सहरहरू निर्माण गरे ।

    6तिनले बेथहेलेम, एताम, तको,

    7बेथ सर, सोखो, अदुल्‍लाम,

  • 6उज्‍जियाह बाहिर गए र पलिश्‍तीहरूसँग युद्ध गरे । तिनले गात, यब्‍ने र अश्‍दोदका पर्खालहरू भत्‍काइदिए । तिनले अश्‍दोदको गाउँमा र पलिश्‍तीहरूका बिचमा सहरहरू बनाए ।

  • 2हीरामले सोलोमनलाई दिएका सहरहरूका तिनले पुनर्निर्माण गरे र तिनमा इस्राएलका मानिहरूलाई तिनले बसाले ।

  • २ इति 11:10-12
    3 पदहरू
    69%

    10सोरा, अय्‍यालोन र हेब्रोन निर्माण गरे । यहूदा र बेन्‍यामीनका किल्‍लाबन्‍दी गरिएका सहरहरू यि नै थिए ।

    11तिनले ती गढीहरू किल्‍लाबन्‍दी गरे र तिनमा कमाण्‍डरहरू नियुक्त गरे । त्यहाँ तिनले खानेकुरा, तेल र दाखमद्य पनि तिनमा सञ्‍चय गरिदिए ।

    12तिनले सबै सहरमा ढाल र भालाहरू राखे, र तिनीहरूलाई धेरै बलियो बनाए । यसरी यहूदा र बेन्‍यामीन तिनका भए ।

  • 15तिनीहरूले त्यसलाई बेथ-माकाको हाबिलमा भेट्टाए र घेराबन्दी गरे । तिनीहरूले सहरको विरुद्ध एउटा घेरा-मचान बनाए । योआबसँग भएका सबै फौजले पर्खाललाई ढाल्‍नलाई त्‍यसमा हिर्काउन लागे ।

  • 5तिनले माथिल्‍लो बेथ होरोन र तल्‍लो बेथ होरोनलाई पर्खालहरू, ढोकाहरू र बारहरू लगाएर किल्लाबन्‍दी गरे ।

  • 15सोलोमन राजाले परमप्रभुको मन्दिर, आफ्नो निजी दरबार, टेवा दिने गाराहरू, यरूशलेमको पर्खाल, हासोर, मगिद्दो र गेजेर बनाउनलाई बेगार काममा लगाएका मजदुरहरूको विवरण यही हो ।

  • 38यो परमप्रभुको घोषणा हो, “हेर्, यस्‍ता दिनहरू आउँदैछन्‌, जुन बेला यो सहर हननेलको धरहरादेखि कुने-ढोकसम्मै पुनर्निर्माण गरिनेछ ।

  • 9साथै उज्‍जियाहले यरूशलेममा कुने-ढोका, बेसी ढोका र पर्खालका कुनाको घुम्‍तीमा पनि धरहराहरू बनाए र तिनलाई सुरक्षित पारे ।

  • 7तापनि, दाऊदले सियोनका किल्ला कब्जा गरे, जुन अहिले दाऊदको सहर हो ।

  • १ इति 11:4-5
    2 पदहरू
    68%

    4दाऊद र सारा इस्राएल यरूशलेममा (अर्थात् यबूसमा) गए । यति बेला त्‍यस देशका बसिन्‍दा यबूसीहरू त्‍यहाँ थिए ।

    5यबूसका बसिन्‍दाहरूले दाऊदलाई भने, “तपाईं यहाँ कहिल्‍यै आउनुहुनेछैन ।” तर दाऊदले सियोनको किल्‍ला अर्थात् दाऊदको सहरलाई लिए ।

  • २ इति 14:6-7
    2 पदहरू
    68%

    6तिनले यहूदामा किल्‍ला भएका सहरहरू निर्माण गरे, किनकि देशमा शान्‍ति थियो, र ती वर्षहरूमा तिनले युद्ध गर्नुपरेन, किनभने परमप्रभुले तिनलाई शान्ति दिनुभएको थियो ।

    7किनकि आसाले यहूदालाई भने, “हामी यी सहरको निर्माण गरौं र तिनका चारैतिर पर्खाल, धरहरा, ढोका र बारहरू बनाऔँ । यो देश अझ हाम्रै हो, किनभने हामीले परमप्रभु हाम्रा परमेश्‍वरको खोजी गरेका छौं । हामीले उहाँलाई खोज्‍यौं, र हरेकतिरबाट उहाँले हामीलाई शन्‍ति दिनुभएको छ ।” यसैले तिनीहरूले निर्माण गरे र सफल भए ।

  • यशा 22:9-10
    2 पदहरू
    68%

    9तिमीहरूले दाऊदका सहरका प्‍वालहरू देख्यौ, ती धेरै थिए र तिमीहरूले तल्‍लो तलाउबाट पानी जम्‍मा गर्‍यौ ।

    10तिमीहरूले यरूशलेमा घरहरू गन्यौ र तिमीहरूले पर्खाललाई बलियो पार्न घरहरू भत्कायौ ।

  • 16बेथ-सरको आधा जिल्लाका शासक अज्बूकका छोरा नहेम्याहले दाऊदको चिहानको सामुन्‍ने भाग, कृत्रिम तलाउ र वीरहरूको घरसम्म मर्मत गरे ।

  • 3ए यरूशलेम, होसियार भएर योजना गरी बनाइएको सहर हो ।

  • 2तब त्‍यसका चारैतिर घेरा हाल्‌, र त्‍यसको विरुद्धमा किल्लाहरू बना । त्यसको वरिपरि घेरा-मचान खडा गर्, र त्‍सको वरिपरि छाउनी बना । त्‍यसलाई आक्रमण गरी भत्‍काउने मूढाहरू राख्‌ ।

  • 28यसकारण बाँकी फौजलाई भेला गर्नुहोस् र यो सहर विरुद्ध छआउनी हाल्नुहोस् र यसलाई कब्जा गर्नुहोस्, किनकि मैले त्‍यो सहर लिएँ भने, त्‍यसलाई मेरो नाउँ दिइने छ ।

  • 12यहोशापात धेरै शक्तिशाली भए । तिनले यहूदामा किल्‍लाहरू र भण्‍डार राख्‍ने सहरहरू बनाए ।

  • 29तिनीहरू बेथ-गिलगाल, गेबा र अज्मावेतका क्षेत्रहरूबाट पनि आए किनकि गायकहरूले यरूशलेमको वरिपरि आफ्ना लागि गाउँहरू बनाएका थिए ।

  • 9दाऊद झन्‌-झन्‌ शक्तिशाली हुँदै गए किनभने सर्वशक्तिमान् परमप्रभु तिनीसित हुनुहुन्‍थ्‍यो ।

  • 24तिनीपछि हेनादादका छोरा बिन्‍नूईले अर्को भाग अर्थात् अजर्याहको घरदेखि पर्खालको कुनासम्म मर्मत गरे ।

  • 2परमप्रभुले यरूशलेम पुनःनिर्माण गर्नुहुन्छ । उहाँले छरिएका इस्राएलका मानिसलाई एकसाथ भेला गर्नुहुन्छ ।

  • नहे 3:18-19
    2 पदहरू
    66%

    18तिनीपछि कीलाहको आधा जिल्लाका शासक हेनादादका छोरा बिन्‍नूईलगायत तिनीहरूका जनताले मर्मत गरे ।

    19तिनीपछि मिस्पाका शासक येशूअका छोरा एसेरले अर्को भाग मर्मत गरे जुन पर्खालको कुनामा हतियारखानाको भिरालोको सामुन्‍नेको भाग थियो ।

  • 26यति बेला योआबले अम्मोनीहरूको रब्बाको विरुद्ध युद्ध गरे र तिनले राजकीय सहर कब्जा गरे ।

  • 2तिनीपछि यरीहोका मानिसहरूले काम गरे, र तिनीहरूपछि इम्रीका छोरा जक्‍कूरले काम गरे ।

  • 10गेबादेखियरूशलेमको दक्षिण रिम्मोनसम्म सारा भूमि अराबाजस्तै हुनेछ । यरूशलेम निरन्तर माथि उठाइनेछ र बेन्यामीनको ढोकादेखि पहिलो ढोकाको ठाउँसम्म, कुने ढोकासम्म, र हननेलको बुर्जादेखि राजाको दाखको कोलसम्म त्यो आफ्नै ठाउँसम्म रहनेछ ।

  • 14एउटा सानो सहर थियो जहाँ थोरै मात्र मानिसहरू थिए । एउटा महान् राजा यसको विरुद्धमा आएर यसलाई घेरा हाले र यसको विरुद्धमा चारैतिर घेरा-मचान लगाए ।

  • 2यसैले दाऊदले आफ्ना सेवकहरूलाई इस्राएलमा बसोबास गर्ने परदेशीहरूलाई भेला गराउने हुकुम गरे । तिनले उनीहरूलाई परमेश्‍वरको मन्दिर बनाउन ढुङ्गा काटेर तयार गर्ने काममा खटाए ।

  • 4अब सहरचाहिँ फराकिलो र विशाल थियो, तर त्यसभित्र केही मानिसहरू मात्र थिए, र अझसम्म कुनै पनि घरको पुनर्निर्माण भएको थिएन ।

  • 16त्यसैले जब योआबले सहरमाथिको घेराबन्धीलाई हेरे, तब तिनले लड्नलाई बलियो शत्रु सिपाहीहरू छन् भनी जानेका ठाउँमा उरियाहलाई खटाए ।

  • 27तिनीपछि तकोका बासिन्दाहरूले अर्को भाग अर्थात् बाहिर निस्केको ठुलो बुर्जादेखि ओफेलको पर्खालसम्मको भाग मर्मत गरे ।

  • 4दोस्रो स्वर्गदूतले उनलाई भने, “दौडेर जाऊ र त्यस जवान मानिसलाई यस्तो भन, ‘यरूशलेमभित्रका मानिसहरू र पशुहरूको ठुलो संख्याको कारण त्यो पर्खालविनाको देश हुनेछ ।