प्रेरितहरूको काम 7:47

अनलक शाब्दिक बाइबल

तर सोलोमनले परमेश्‍वरको निम्ति एउटा भवन बनाए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ राजा 8:20 : 20 परमप्रभुले आफूले भन्नुभएको वचन पुरा गर्नुभएको छ, किनकि म मेरा पिता दाऊदको ठाउँमा खडा भएको छु, र परमप्रभुले प्रतिज्ञा गर्नुभएझैँ म इस्राएलको सिंहासनमा बसेको छु । मैले इस्राएलका परमेश्वर परमप्रभुको नाउँमा घर बनाएको छु ।
  • २ शमू 7:13 : 13 त्यसैले मेरो नाउँको निम्ति एउटा मन्‍दिर बनाउने छ र म त्यसको सिंहासनलाई सदाको निम्ति स्थापित गर्ने छु ।
  • १ राजा 6:37-38 : 37 चौथो वर्षको जीभ महिनामा परमप्रभुको मन्दिरको जग बसालियो । 38 एघारौँ वर्षको बूल महिना अर्थात् आठौँ महिनामा निर्देशनमुताबिक मन्दिरका सबै भाग बनाएर सिद्ध्याइयो । मन्दर बनाउन सोलोमनलाई सात वर्ष लाग्यो ।
  • १ राजा 7:13-51 : 13 सोलोमन राजाले हुरामलाई टुरोसबाट बोलाउन लगाए । 14 हुराम नप्ताली कुलकी एउटी विधवाका छोरा थिए । तिनका पिता टुरोसवासी काँसाका कारिगर थिए । हुराम बुद्धि र समझशक्तिले भरिएका र काँसाका महान् काम गर्ने सिप भएका मानिस थिए । सोलोमन राजाको लागि काँसाको काम गर्न तिनी राजाकहाँ आए । 15 हुरामले दुईवटा काँसाका स्तम्भको रचना गरे । प्रत्येक स्तम्भको उचाइ अठार हात र परिधि बाह्र हातको थियो । 16 तिनले स्तम्भहरूमाथि शिर राख्न ढालेका काँसाका दुईवटा स्तम्भ-शिर पनि बनाए । हरेक स्तम्भ-शिरको उचाइ पाँच हात थियो । 17 हरेक स्तम्भमाथि भएको स्तम्भ-शिरको निम्ति जालीस्वरूप सातवटा झुण्डिएका सिक्री बनाइए । 18 यसरी हुरामले स्तम्भहरूका स्तम्भ-शिर सिँगार्नलाई प्रत्येक सिक्रीको जालीका वरिपरि दुईवटा पङ्क्ति भएको बुट्टादार दारिम बनाए । 19 दलानभित्रका स्तम्भका स्तम्भ-शिरहरू लिली फुलको आकारका चार हात उचाइका थिए । 20 दुवै स्तम्भका स्तम्भ-शिरमा जाली नजिकैको कचौराको आकार भएको भागमा स्तम्भ-शिरको चारैपट्टि पङ्क्ति-पङ्क्ति गरी दुई सय बुट्टादार दारिम बनाइए । 21 तिनले मन्दिरको दलानमा ती स्तम्भहरू खडा गरे । दाहिनेपट्टिको स्तम्भलाई याकीन र देब्रेपट्टिको स्तम्भलाई बोआज नाउँ राखियो । 22 स्तम्भ-शिरहरूलाई लिली फुलको आकारमा सजाइयो । यसरी स्तम्भहरूको काम सम्पन्न भयो । 23 हुरामले ढालेर बनाइएको धातुको विशाल खड्कुँलो बनाए जसको बिट एउटा किनारादेखि अर्को किनारासम्म दस हात थियो । यसको उचाइ पाँच हात थियो, र परिधि तिस हात थियो । 24 त्यस विशाल खड्कुँलोका चारैतिर बाहिरपट्टि बिटमुनि हरेक हातमा दसवटा लौका बनाइएका थिए, र खड्कुँलो र लौका दुवै एउटै टुक्रा धातुबाट बनाइएका थिए । 25 खड्कुँलोलाई बाह्रवटा गोरुमाथि राखिएको थियो– तिनवटा उत्तरतिर फर्केका, तिनवटा पश्चिमतिर फर्केका, तिनवटा दक्षिणतिर फर्केका र तिनवटा पूर्वतिर फर्केका थिए । खड्कुँलो तीमाथि राखिएको थियो, र तिनका सबै पछिल्ला भाग भित्रपट्टि फर्केका थिए । 26 खड्कुँलोको चौडाइ चार अङ्गुल थियो, र यसको बिटचाहिँ कचौराको बिटजस्तो फक्रेको लिली फुलजस्तो थियो । यसमा लगभग चवालिस हजार लिटर पानी अटाउँथ्यो । 27 हुरामले काँसाका दसवटा आधार बनाए । प्रत्येक आधार चार हात लामो, चार हात चौडा र तिन हात अग्लो थियो । 28 ती आधार यसरी बनाइएका थिएः तिनका वरिपरिका पाटाहरू ठाडो फ्रेममा जोडिएका थिए, 29 र ती पाटा र फ्रेमहरूमा सिंह, गोरु र करूबहरू थिए । सिंह र गोरुहरूको माथि र तल ढलौटे मालाहरू थिए । 30 प्रत्येक आधारमा काँसाका धुरा भएका चारवटा चक्का थिए, र हरेकमा चार टेकामा अडेको एउटा बाटा थियो जसको चारैतिर ढलौटे मालाहरू थिए । 31 आधारभित्र खुला भाग थियो, जसको गोलाकार साढे एक हात थियो, र त्यसभित्र एक हात अग्लो मुकुट थियो । त्यसको खुला भागको वरिपरि बुट्टाहरू कुँदिएका थिए, र आधारका पाटाहरू गोलाकार नभई वर्गाकार थिए । 32 चारवटा चक्का पाटाहरूको मुनि थिए, र चक्काहरूका धुरा आधारसँग गाँसिएका थिए । हरेक चक्काको उचाइ साढे एक हात थियो । 33 ती चक्काहरू रथका चक्काजस्ता थिए । तिनका धुरा, बिट, सुइरा र नाभि सबै ढालेर बनाइएका धातुका थिए । 34 हरेक आधारका चारवटा समात्ने बिँड एउटा-एउटा कुनामा थिए, जुन आधारबाट बाहिर निस्केका थिए । 35 आधारहरूको टुप्पामा आधा हात गहिरो गोलाकार धातुको फित्ता थियो, अनि आधारका टेका र पाटाहरू त्यसकै टुप्पासँग गाँसिएका थिए । 36 पाटा र टेकाहरूका खाली ठाउँमा हुरामले करूबहरू, सिंहहरू र खजूरका रुखहरूको चित्र कुँदी त्यसको वरिपरि मालाहरू लगाए । 37 यसरी नै तिनले दसवटा आधार बनाए । ती सबै एउटै नाप र एउटै आकार भएका ढालेर बनाइएका थिए । 38 हुरामले काँसाका दसवटा बाटा बनाए । एउटा बाटामा आठ सय असी लिटर पानी अटाउँथ्यो । हरेक बाटा चार हातको थियो, र दसवटै आधारका लागि एउटा-एउटा बाटा थियो । 39 तिनले पाँचवटा आधार मन्दिरको दक्षिणपट्टि र पाँचवटा आधार उत्तरपट्टि राखे । तिनले खड्कुँलोचाहि मन्दिरको दक्षिणपट्टि फर्कने गरी पूर्वी किनारामा राखे । 40 हुरामले बाटाहरू, बेल्चाहरू र छर्कने बाटाहरू बनाए । यसरी तिनले परमप्रभुको मन्दिरमा सोलोमन राजाको लागि सबै काम सिद्ध्याए । 41 तिनले दुईवटा स्तम्भ, स्तम्भको टुप्पामा कचौरा आकारका दुईवटा स्तम्भ-शिर माथिका स्तम्भ-शिरहरू सजाउने दुईवटा बुट्टादार जाली बनाए । 42 तिनले दुईवटा सजाउने जालीका निम्ति चार सयवटा दारिम (दुईवटा स्तम्भका कचौराको आकार भएका स्तम्भ-शिरलाई ढाक्ने प्रत्येक जालीको निम्ति दुई पङ्क्ति दारिम), 43 दसवटा आधार र आधारमाथि राख्नलाई दसवटा बाटा बनाए । 44 तिनले खड्कुँलो भनिने विशाल बाटा र त्यसको मुन्तिर बाह्रवटा गोरु, 45 भाँडाकुँडाहरू, बेल्चाहरू, बाटाहरू अनि सबै चिजहरू बनाए । हुरामले परमप्रभुको मन्दिरको लागि सोलोमन राजाको निम्ति टल्काइएका काँसाबाट बनाएका थिए । 46 राजाले ती यर्दनको मैदानमा सुक्कोत र सार्तानको बिचमा ढालेर बनाउन लगाएका थिए । 47 सोलोमनले धेरै भाँडाकुँडा बनाएकाले तिनले जोखेनन् । तिनले काँसाको ओजन निधो गरेनन् । 48 सोलोमनले परमप्रभुको मन्दिरमा राखिने सबै सजाउने सामान सुनबाट बनाएका थिएः सुनको वेदी, उपस्थितिको रोटी राखिने सुनको टेबुल, 49 निखुर सुनका सामदानहरू जसलाई भित्री कोठाको दाहिनेपट्टि पाँचवटा र देब्रेपट्टि पाँचवटा गरी राखिन्थ्यो; फुलको आकारका सुनका बुट्टाहरू, बत्तीहरू र चिम्टाहरू । 50 सोलोमनले गिलासहरू, सलेदाका चिम्टाहरू, बाटाहरू, चम्चाहरू र धुपोराहरू पनि बनाए र यी सबै निखुर सुनका थिए । तिनले भित्री कोठा (अर्थात् महा-पवित्रस्थान) का ढोकाहरू र मन्दिरको मुख्य सभाकक्षका ढोकाहरूका निम्ति सुनका खोपिल्टाहरू पनि बनाए । 51 यसरी सोलोमन राजाले परमप्रभुको मन्दिरको निम्ति सबै काम गरी सिद्ध्याए । त्यसैले सोलोमनले आफ्ना पिता दाऊदद्वारा अलग गरिएका चीजहरू अर्थात् चाँदी, सुन, सजाउने सामानहरू भित्र ल्याई परमप्रभुको मन्दिरका भण्डारमा राखे ।
  • १ राजा 5:1-6:2 : 1 ¶ टुरोसका राजा हीरामले सोलोमनकहाँ आफ्ना सेवकहरू पठाए किनकि आफ्नो पिताको सट्टामा सोलोमन राजा अभिषेक गरिएका थिए भनी तिनले सुनेका थिए । हीरामले दाऊदलाई सधैँ माया गर्थे । 2 सोलोमनले यसो भन्दै हीरामलाई वचन पठाए, 3 “मेरा पिता दाऊद युद्धले घेरिएकाले परमप्रभु उहाँका परमेश्वरको नाउँमा उहाँले मन्दिर बनाउन सक्नुभएन भनी तपाईंलाई थाहै छ । उहाँको जीवनभर परमप्रभुले उहाँका शत्रुहरूलाई उहाँको खुट्टाको पैतालामुनि ल्याउनुभयो । 4 तर अहिले परमप्रभु मेरा परमेश्वरले मलाई हरेक क्षेत्रमा विश्राम दिनुभएको छ । 5 त्यसैले परमप्रभु मेरा परमेश्वरको नाउँमा एउटा मन्दिर बनाउने मेरो इच्छा छ जस्तो परमप्रभुले मेरा पिता दाऊदलाई यसो भन्नुभएको थियो, 'म तेरो छोरोलाई तेरो सिंहासनमा बसाउने छु, र त्यसले नै मेरो नाउँमा मन्दिर बनाउने छ ।' 6 त्यसकारण, अब तिनीहरूलाई मेरो निम्ति देवदारुका रुखहरू काट्न आज्ञा दिनुहोस् । मेरा दासहरू तपाईंका दासहरूसित मिल्ने छन्, र तपाईंले तोक्नुभएको ज्याला म तिनीहरूलाई दिने छु । किनकि तपाईंलाई थाहा छ, कि सीदोनीहरूजस्तै रुख ढाल्ने सिपालु मानिसहरू हाम्रा बिचमा कोही छैन ।” 7 हीरामले सोलोमनको कुरा सुनेपछि तिनी अत्यन्तै खुसी भए र भने, “आज परमप्रभु धन्यका होऊन् जसले दाऊदलाई आफ्ना जातिको रेखदेख गर्न एउटा बुद्धिमान् छोरा दिनुभएको छ । 8 हीरामले सोलोमनलाई यस्तो वचन पठाए, “तपाईंले मलाई पठाउनुभएको सन्देश मैले सुनेको छु । म तपाईंले चाहना गर्नुभएका सबै देवदारु र सल्लाका काठ जुटाइदिने छु । 9 मेरा दासहरूले लेबनानबाट समुद्रसम्म मूढाहरू ल्याउने छन्, र ती बाँधेर तपाईंले तोक्नुभएको ठाउँमा म बगाएर पठाउन लगाउने छु । म त्यहाँ खोल्न लगाउने छु, र तपाईंले ती लैजान सक्नुहुने छ । मेरो घरानालाई भोजन जुटाइदिएर तपाईंले चाहनुभएको कुरा पुरा गर्नुहोस् ।” 10 त्यसैले सोलोमनले चाहेका सबै देवदारु र सल्लाका मूढा हीरामले तिनलाई दिए । 11 सोलोमनले हीरामको घरानालाई भोजनको निम्ति पचास हजार मुरी गहुँ र साढे चार हजार लिटर शुद्ध तेल दिए । सोलोमनले यो वर्षैपिच्छे हीरामलाई दिन्थे । 12 आफूले प्रतिज्ञा गर्नुभएझैँ परमप्रभुले सोलोमनलाई बुद्धि दिनुभयो । सोलोमन र हीरामको बिचमा शान्ति कायम थियो, र तिनीहरू दुई जनाले एउटा करार बाँधे । 13 सोलोमन राजाले सारा इस्राएलबाट तिस हजार बेगार काम गर्ने मानिस जम्मा गरे । 14 तिनले तिनीहरूलाई हरेक महिना दस-दस हजार गरी लेबनानमा पठाए । तिनीहरू एक महिना लेबनानमा बस्थे र दुई महिना घरमा बस्थे । अदोनिराम बेगार काम गर्नेहरूका जिम्मावाल थिए । 15 सोलोमनका सत्तरी हजरा भरिया र पहाडमा असी हजार ढुङ्गा काट्ने मानिस थिए । 16 मजदुरहरूका कामको रेखदेख गर्न खटिएका तिन हजार तिन सय नाइके थिए । 17 राजाको आज्ञामा तिनीहरूले मन्दिरको जगको निम्ति उच्च गुणस्तरका ठुला-ठुला ढुङ्गाहरू फोरेर निकाले । 18 त्यसैले सोलोमन र हीरामका कारीगरहरूसाथै गेबालका मानिसहरूले मन्दिर निर्माणको निम्ति काठ र ढुङ्गाहरू काटेर तयार पारे । 1 ¶ यसैले सोलोमनले परमप्रभुको मन्दिर निर्माण गर्न सुरु गरे । इस्राएलीहरू मिश्र देशबाट निस्केर आएको चार सय असीऔँ वर्षमा, सोलोमनले इस्राएलमाथि राज्य गरेको चौथो वर्षको जीभ अर्थात् दोस्रो महिनामा कामको थालनी भएको थियो । 2 सोलोमन राजाले परमप्रभुको निम्ति बनाएका मन्दिरको लमाइ साठी हात, चौडाइ बिस हात र उचाइ तिस हात थियो ।
  • १ इति 17:1 : 1 ¶ राजा आफ्‍नो महलमा बसेपछि उनले नातान अगमवक्तालाई भने, “हेर्नुहोस्, म देवदारुको घरमा बस्‍दैछु, तर परमप्रभुको करारको सन्‍दूकचाहिं पालमुनि राखिएको छ ।”
  • २ इति 2:1-4 : 1 ¶ सोलोमनले परमप्रभुका नाउँको निम्‍ति एउटा मन्‍दिर र आफ्नो राज्यको निम्ति एउटा राजमहल निर्माण गर्ने आदेश दिए । 2 सोलोमनले भारी बोक्‍नलाई सत्तरी हजार, र पहाडहरूमा ढुङ्गा काट्नलाई असी हजार र तिनीहरूको निरीक्षण गर्न छत्तिस सय मानिसलाई जिम्मा दिए । 3 सोलोमनले टुरोसका राजा हीरामलाई यसो भनेर समाचार पठाए, “तपाईंले जसरी मेरा बुबा दाऊदको निम्ति आवासीय भवन बनाउनलाई देवदारुका काठहरू पठाउनुभएको थियो, मेरो निम्ति पनि त्‍यसै गर्नुहोस् । 4 हेर्नुहोस्, मैले परमप्रभु मेरा परमेश्‍वरका नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्न, त्‍यसलाई उहाँको निम्‍ति अलग गर्न, उहाँको सामु सुगन्‍धित मसलाका धूप बाल्‍न, उपस्‍थितिको रोटी राख्‍न, अनि बिहान-बेलुकी, शबाथहरूमा, औंसीहरूमा र परमप्रभु हाम्रा परमेश्‍वरका तोकिएका चाडहरूमा होमबलि चढाउन लागेको छु । यो इस्राएलको निम्‍ति सदासर्वदाको लागि हो ।
  • २ इति 3:1 : 1 ¶ तब सोलोमनले यरूशलेमको मोरीयाह डाँडामा आफ्ना बुबा दाऊदको सामु परमप्रभु देखा पर्नुभएको ठाउँमा परमप्रभुको मन्‍दिर निर्माण गर्न सुरु गरे । दाऊले योजना गरेको ठाउँ यबूसी अरौनाको खलामा तिनले त्‍यो ठाउँ तयार पारे ।
  • जक 6:12-13 : 12 त्यसलाई यस्तो भन्‍नू, ‘सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: यो मानिसको नाउँ हाँगा हो! यो त्यसको आफ्नै ठाउँमा बढ्नेछ र त्यसले परमप्रभुको मन्दिर बनाउनेछ! 13 त्यो त्यही हो जसले परमप्रभुको मन्दिर बनाउनेछ, र त्यो राजकीय वैभवले पहिराइनेछ, त्यो आफ्नो सिंहासनमा विराजमान भएर शासन गर्नेछ । त्यो आफ्नो सिंहासनमा एउटा पुजारी हुनेछ, र दुईको बिचमा मिलाप गराउनेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 46जसले परमेश्‍वरको दृष्‍टिमा निगाह पाए र तिनले याकूबका परमेश्‍वरको निम्ति एउटा वासस्थान निर्माण गर्नका निम्ति अनुरोध गरे ।

  • 81%

    48तथापि सर्वोच्‍च परमेश्‍वर हातले बनाएका घरहरूमा बस्‍नुहुन्‍न जस्तो अगमवक्‍ताले भनेका छन्ः

    49‘स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी मेरा खुट्टाको पाउदान । तिमीहरूले मेरो निम्ति कस्तो किसिमको घर बनाउन सक्छौ?’ परमप्रभु भन्‍नुहुन्छ । वा मेरो विश्राम स्थान कहाँ छ?

  • २ इति 6:1-2
    2 पदहरू
    81%

    1¶ तब सोलोमनले भने, “परमप्रभुले भन्‍नुभएको छ, उहाँ निष्‍पट्ट अँध्‍यारोमा वास गर्नुहुनेछ,

    2तर यहाँ मैले तपाईंको निम्‍ति सदासर्वदा वास गर्न एउटा उच्‍च वासस्‍थान बनाएको छु ।”

  • 13तर तपाईं सदासर्वदै रहनलाई मैले एउटा शोभनीय वासस्थान निर्माण गरेको छु ।”

  • १ राजा 7:1-2
    2 पदहरू
    79%

    1¶ आफ्नो राजदरबार बनाउन सोलोमनलाई तेह्र वर्ष लाग्यो ।

    2तिनले लेबनानको वन भनिने राजदरबार बनाए । यसको लमाइ एक सय हात, चौडाइ पचास हात र उचाइ तिस हात थियो । देवदारुका स्तम्भहरूका चारवटा लहर र तीमाथि देवदारुकै सत्तरीहरूले राजदरबार बनाइयो ।

  • १ इति 22:6-7
    2 पदहरू
    78%

    6तब तिनले आफ्‍नो छोरा सोलोमनलाई बोलाए र परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति एउटा मन्‍दिर बनाउने आज्ञा दिए ।

    7दाऊदले सोलोमनलाई भने, “ए मेरो छोरो, परमप्रभु मेरा परमेश्‍वरका नाउँको निम्‍ति एउटा मन्‍दिर बनाउने मेरो इच्‍छा थियो ।

  • 1¶ सोलोमनले परमप्रभुका नाउँको निम्‍ति एउटा मन्‍दिर र आफ्नो राज्यको निम्ति एउटा राजमहल निर्माण गर्ने आदेश दिए ।

  • २ शमू 7:5-7
    3 पदहरू
    78%

    5“जा र मेरो दास दाऊदलाई भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'के तैंले मेरो निम्ति बस्‍नलाई मन्‍दिर बनाउने छस्?

    6किनकि मैले इस्राएलका मानिसलाई मिश्र देशबाट ल्याएको दिनदेखि वर्तमान्‌ समयसम्म नै म मन्‍दिरमा बसेको छैन । बरु, म पालमा अर्थात् पवित्र वासस्थानमा नै घुमिहिंडेको छु ।

    7इस्राएलका सबै मानिस माझमा म घुमफिर गरेका सबै ठाउँमा, मेरा मानिस इस्राएलका रेखदेख गर्न मैले नियुक्‍ति गरेका इस्राएलका कुनै पनि अगुवालाई मैले कहिलै यसो भनें र, “तैंले मेरो निम्ति किन देवदारुको मन्‍दिर बनाएको छैनस्?”

  • 14यसरी सोलोमनले मन्दिर बनाएर सिद्ध्याए ।

  • २ इति 7:11-12
    2 पदहरू
    77%

    11यसरी सोलोमनले परमप्रभुको मन्‍दिर र तिनको आफ्नै राजमहल बनाइसके । परमप्रभुको मन्‍दिर र तिनको आफ्‍नो राजमहल बनाउनको निम्ति तिनको हृदयमा आएका हरेक कुरा तिनले सफलतापूर्वक पूरा गरे ।

    12परमप्रभु राती सोलोमोनकहाँ देखा परेर तिनलाई भन्‍नुभयोः “मैले तेरो प्रार्थना सुनेको छु, र बलिदानको मन्‍दिरको रूपमा यो स्‍थानलाई मैले आफ्‍नो बासस्थानको निम्‍ति चुनेको छु ।

  • 27किनकि हे सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर, आफ्‍नो सेवकको निम्‍ति तपाईंले एउटा घराना निर्माण गर्नुहुने छ भनी तपाईंले उसलाई प्रकट गर्नुभएको छ । यसैले म तपाईंको सेवकले तपाईंसँग प्रार्थना गर्ने आँट गरेको छु ।

  • १ राजा 6:1-2
    2 पदहरू
    77%

    1¶ यसैले सोलोमनले परमप्रभुको मन्दिर निर्माण गर्न सुरु गरे । इस्राएलीहरू मिश्र देशबाट निस्केर आएको चार सय असीऔँ वर्षमा, सोलोमनले इस्राएलमाथि राज्य गरेको चौथो वर्षको जीभ अर्थात् दोस्रो महिनामा कामको थालनी भएको थियो ।

    2सोलोमन राजाले परमप्रभुको निम्ति बनाएका मन्दिरको लमाइ साठी हात, चौडाइ बिस हात र उचाइ तिस हात थियो ।

  • 27तर के परमेश्वर साँच्चै नै पृथ्वीमा बस्नुहुन्छ र? सारा विश्व र आकाशमा पनि तपाईं अटाउनुहुन्न भने मैले बनाएको यस मन्दिरमा तपाईं कसरी अटाउन सक्नुहुन्छ त!

  • 12उसैले मेरो लागि एउटा मन्‍दिर बनाउनेछ, र उसको सिंहासन सदाको निम्‍ति स्‍थापित गर्नेछु ।

  • २ इति 6:7-8
    2 पदहरू
    76%

    7अब परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्ने इच्‍छा मेरा बुबा दाऊदको हृदयमा थियो ।

    8तर परमप्रभुले मेरो बुबा दाऊदलाई भन्‍नुभयो, 'मेरो नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्ने कुरा तेरो हृदयमा थियो, यो तेरो हृदयमा राखेर तैंले असलै गरिस् ।

  • 1¶ सोलोमनले परमप्रभुको मन्‍दिर र आफ्‍नो राजमहल निर्माण गरेका बिस वर्षको समयको अन्‍तमा यस्‍तो भयो,

  • 1¶ सोलोमनले परमप्रभुको मन्दिर र राजदरबार बनाएर सिद्ध्याएछि र तिनले चाहेका कुरा सबै सम्पन्न गरेपछि

  • 4“जा र मेरो दास दाऊदलाई यसो भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: तैंले मेरो लागि बस्‍ने घर बनाउनेछैनस्‌ ।

  • 18तर के परमेश्‍वर साँच्‍चै नै मानिससित पृथ्‍वीमा बस्‍नुहुन्‍छ र? हेर्नुहोस्, सारा संसार र स्वर्गमा पनि तपाईं अटाउनुहुन्‍न भने—मैले निर्माण गरेको यो मन्‍दिरमा त झन्‌ कति साँगुरो हुन्‍छ होला?

  • 2परमप्रभुको नाउँमा कुनै पनि घर निर्माण नभइसकेकोले मानिसहरूले उच्च स्थानहरूमा बलिदान चढाउँदै थिए ।

  • 11परमप्रभुको यो वचन सोलोमनकहाँ आयो,

  • 1¶ तब सोलोमनले यरूशलेमको मोरीयाह डाँडामा आफ्ना बुबा दाऊदको सामु परमप्रभु देखा पर्नुभएको ठाउँमा परमप्रभुको मन्‍दिर निर्माण गर्न सुरु गरे । दाऊले योजना गरेको ठाउँ यबूसी अरौनाको खलामा तिनले त्‍यो ठाउँ तयार पारे ।

  • 5त्यसैले परमप्रभु मेरा परमेश्वरको नाउँमा एउटा मन्दिर बनाउने मेरो इच्छा छ जस्तो परमप्रभुले मेरा पिता दाऊदलाई यसो भन्नुभएको थियो, 'म तेरो छोरोलाई तेरो सिंहासनमा बसाउने छु, र त्यसले नै मेरो नाउँमा मन्दिर बनाउने छ ।'

  • 13त्यसैले मेरो नाउँको निम्ति एउटा मन्‍दिर बनाउने छ र म त्यसको सिंहासनलाई सदाको निम्ति स्थापित गर्ने छु ।

  • १ राजा 7:7-8
    2 पदहरू
    75%

    7सोलोमनले सिंहासन कक्ष अर्थात् न्याय गर्नको लागि न्यायको कक्ष बनाए । यसको भुइँ देवदारुको काठले ढाकिएको थियो ।

    8सोलोमनले आफू बस्ने महल त्यसको पछिल्तिर न्यायको भवनजस्तै बनाए । आफूले विवाह गरेर ल्याएका फारोकी छोरीको निम्ति पनि तिनले योजस्तै घर बनाए ।

  • 6तर सारा विश्‍व र स्‍वर्ग नै पनि परमेश्‍वरको निम्‍ति सानो हुन्‍छ भने, कसले उहाँको निम्‍ति मन्‍दिर निर्माण गर्न सक्‍छ? उहाँको सामु बलिदान चढाउनुबाहेक उहाँको निम्‍ति मन्‍दिर निर्माण गर्ने म को हुँ र?

  • 17तथापि मेरो जाति इस्राएलमाथि शासन गर्न मैले दाऊदलाई छानेँ ।' इस्राएलका परमेश्वर परमप्रभुको नाउँमा एउटा भवन निर्माण गर्ने इच्छा मेरा पिता दाऊदको ह्रदयमा थियो ।

  • 10सोलोमनले दुईवटा भवन अर्थात् परमप्रभुको मन्दिर र राजदरबार बनाएर सिद्ध्याउन तिनलाई बिस वर्ष लाग्यो ।

  • 6सारा इस्राएलसँग सबै ठाउँमा म सरेको बेलामा, मेरा मानिसहरूको रेखदेख गर्नलाई मैले नियुक्‍त गरेका इस्राएलका कुनै अगुवालाई के मैले यसो भनें, “मेरो निम्‍ति देवदारुको घर किन बनाएको छैनस्?”

  • १ इति 28:10-11
    2 पदहरू
    74%

    10यसैले याद राख, यो मन्‍दिरलाई परमप्रभुको पवित्रस्‍थानको रूपमा निर्माण गर्न उहाँले तिमीलाई नै चुन्‍नुभएको छ । बलियो होऊ, र यो काम गर ।”

    11तब दाऊदले आफ्‍ना छोरा सोलोमनलाई मन्‍दिरको दलान र त्‍यसका भवन, भण्‍डारहरू, कौसीहरू, भित्री कोठाहरू र प्रायश्‍चित गर्ने कोठाका नक्‍शा दिए ।

  • 4हरेक घर कोही न कोहीद्वारा बनाइएको हुन्छ, तर हरेक थोक बनाउने परमेश्‍वर नै हुनुहुन्छ ।

  • 6उहाँले मलाई भन्‍नुभयो, ‘तेरो छोरा सोलोमनले नै मेरो मन्‍दिर र मेरा चोकहरू बनाउनेछ, किनकि मैले त्‍यसलाई मेरो छोरा हुनलाई चुनेको छु र म उसका पिता हुनेछु ।

  • 16परमप्रभुका मन्‍दिरको जग बसालेदेखि त्‍यो पूरा नभएसम्‍म सोलोमनले आज्ञा गरेका सबै काम सम्‍पन्‍न भएको थियो । परमप्रभुको मन्‍दिर बनाउने काम सकियो ।

  • 10मेरो नाउँको निम्‍ति एउटा मन्दिर उसैले बनाउनेछ । ऊ मेरो छोरो हुनेछ, र म उसका पिता हुनेछु । म उसको राज्यको सिंहासन इस्राएलमा सदासर्वदाको स्थापित गर्नेछु ।’

  • 17महा-पवित्रस्थानको अगाडिपट्टि रहेको मुख्य कक्ष अर्थात् पवित्रस्थान चालिस हात लामो थियो ।

  • 11त्यसपछि टुरोसका राजा हीरामले दाऊदकहाँ दूतहरू पठाए अनि देवदारुका काठहरू, डकर्मीहरू र सिकर्मीहरूलाई पनि पठाए । तिनीहरूले दाऊदको निम्ति महल बनाए ।

  • 18त्यसैले सोलोमन र हीरामका कारीगरहरूसाथै गेबालका मानिसहरूले मन्दिर निर्माणको निम्ति काठ र ढुङ्गाहरू काटेर तयार पारे ।

  • 3जब शेबाकी रानीले सोलोमनको बुद्धि, र तिनले बनाएको राजमहल देखिन्,

  • 48सोलोमनले परमप्रभुको मन्दिरमा राखिने सबै सजाउने सामान सुनबाट बनाएका थिएः सुनको वेदी, उपस्थितिको रोटी राखिने सुनको टेबुल,