२ इतिहास 9:3

अनलक शाब्दिक बाइबल

जब शेबाकी रानीले सोलोमनको बुद्धि, र तिनले बनाएको राजमहल देखिन्,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ इति 3:1-4 : 1 ¶ तब सोलोमनले यरूशलेमको मोरीयाह डाँडामा आफ्ना बुबा दाऊदको सामु परमप्रभु देखा पर्नुभएको ठाउँमा परमप्रभुको मन्‍दिर निर्माण गर्न सुरु गरे । दाऊले योजना गरेको ठाउँ यबूसी अरौनाको खलामा तिनले त्‍यो ठाउँ तयार पारे । 2 तिनले आफ्‍नो राजकालको चौथो वर्षको दोस्रो महिनाको दोस्रो दिनमा त्‍यो निर्माण गर्न सुरु गरे । 3 परमेश्‍वरको मन्‍दिर निर्माण गर्न सोलोमनले राखेका जगको क्षेत्रफल यि नै थिए। हातको पुरानो चलनको नापअनुसार लमाइ साठी हात र चौडाइ बीस हात थियो । 4 मन्‍दिरको अगाडिको दलानको लमाइ बीस हात लामो थियो, जुन मन्‍दिरको चौडाइ बराबर थियो । यसको उचाइ पनि बीस हात थियो, र सोलोमनले यसको भित्रपट्टि निखुर सुनको जलप लगाए ।
  • १ राजा 6:1-7 : 1 ¶ यसैले सोलोमनले परमप्रभुको मन्दिर निर्माण गर्न सुरु गरे । इस्राएलीहरू मिश्र देशबाट निस्केर आएको चार सय असीऔँ वर्षमा, सोलोमनले इस्राएलमाथि राज्य गरेको चौथो वर्षको जीभ अर्थात् दोस्रो महिनामा कामको थालनी भएको थियो । 2 सोलोमन राजाले परमप्रभुको निम्ति बनाएका मन्दिरको लमाइ साठी हात, चौडाइ बिस हात र उचाइ तिस हात थियो । 3 मन्दिरको मुख्य सभाकक्षको सामुन्नेको दलान मन्दिरको चौडाइ बराबरको थियो अर्थात् बिस हातो लामो थियो, र त्यो मन्दिरको अगिल्तिर दस हातसम्म निस्केको थियो । 4 तिनले मन्दिरको छानामुनिका साँघुरा झ्यालहरू बनाए । 5 मुख्य सभाकक्षका भित्ताहरूको विपरीत तिनले यसको वरिपरि कोठाहरू बनाए अर्थात् तिनले भित्री र बाहिरी कोठा बनाए । तिनले चारैतिर कोठाहरू बनाए । 6 सबैभन्दा मुनिको तलाको चौडाइ पाँच हात, बिचको तलाको चौडाइ छ हात र तेस्रो तलाको चौडाइचाहिँ सात हात थियो । तिनले मन्दिरका चारैपट्टि बाहिरतिर मन्दिरको भित्तामा केही नघुसाऊन् भनी पालीहरू निर्माण गरे । 7 ढुङ्गाको खानीमा नै तयार पारिएका ढुङ्गाहरूबाट मन्दिर बनाइयो । यसको निर्माण हुँदा घन वा छिनु वा कुनै किसिमको फलामे औजारको आवाज सुनिएन ।
  • १ राजा 10:3 : 3 सोलोमनले उनका सबै प्रश्नका जवाफ दिए । उनले सोधेका सबै प्रश्नको राजाले जवाफ दिए ।
  • प्रेरि 11:23 : 23 जब उनी आए र परमेश्‍वरको वरदानलाई देखे, तब उनी खुसी भए, र तिनीहरूको सम्पूर्ण हृदयले प्रभुसँगै रहिरहन उनले उत्साह दिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ राजा 10:1-6
    6 पदहरू
    95%

    1¶ जब शेबाकी रानीले परमप्रभुको नाउँको सम्बन्धमा सोलोमनको कीर्ति सुनिन्, उनी कठिन प्रश्नहरू लिएर तिनलाई जाँच गर्न आइन् ।

    2उनी मसलाहरू लादिएका ऊँटहरू, थुप्रै सुन र धेरै बहुमूल्य रत्नहरू लिएर ज्यादै ठुलो लावालश्करसाथ यरूशलेम आइन् । उनी आइपुगेपछि उनले आफ्नो ह्रदयमा भएका सबै कुरा सोलोमनलाई बताइन् ।

    3सोलोमनले उनका सबै प्रश्नका जवाफ दिए । उनले सोधेका सबै प्रश्नको राजाले जवाफ दिए ।

    4जब शेबाकी रानीले सोलोमनका सबै बुद्धि, तिनले बनाएका राजदरबार,

    5तिनको टेबुलको भोजन, तिनका वरिपरि बस्ने अधिकारीहरू, तिनका अधिकारीहरूका काम र तिनीहरूका पोशाक, सेवा टहल गर्ने नोकर-चाकरहरू, तिनले परमप्रभुको घरमा बलिदान गर्ने होमबलिको तरिका देखिन्, तब उनी अवाक् भइन् ।

    6उनले राजालाई भनिन्, “तपाईंका वचन र तपाईंको बुद्धिको बारेमा मैले मेरो देशमा सुनेको कुरो साँचो रहेछ ।

  • २ इति 9:1-2
    2 पदहरू
    85%

    1¶ जब शेबाकी रानीले सोलोमनको ख्‍यातिको बारेमा सुनिन्, तब कठिन प्रश्‍नहरू लिएर तिनको जाँच गर्न तिनी यरूशलेममा आइन्‌ । तिनी मसलाहरू, प्रशस्‍त सुन र धेरै बहुमूल्‍य रत्‍नहरूलाई ऊँटहरूमा लदाएर एक अत्‍यन्‍तै ठूलो लावालश्‍करसाथ आइन्‌ । जब तिनी सोलोमनकहाँ आइन्, तब तिनले आफ्‍नो मनमा भएका सबै कुरा उनलाई भनिन् ।

    2सोलोमनले तिनका सबै प्रश्‍नहरूका जवाफ दिए । सोलोमनको निम्ति कुनै कुरा पनि प्रश्‍न कठिन भएन । तिनले जवाफ नदिएको कुनै पनि प्रश्‍न बाँकी रहेन ।

  • 12शेबाकी रानीले जे इच्‍छा गरिन् र जे मागिन् ती हरेक कुरा सोलोमन राजाले तिनलाई दिए । तिनले राजालाई ल्‍याएर दिएका थोकभन्‍दा धेरै तिनले उनलाई दिए । यसरी उनी बिदा भइन् र आफ्ना सेवकहरूका साथ आफ्‍नो देशमा फर्किन्‌ ।

  • १ राजा 9:1-3
    3 पदहरू
    82%

    1¶ सोलोमनले परमप्रभुको मन्दिर र राजदरबार बनाएर सिद्ध्याएछि र तिनले चाहेका कुरा सबै सम्पन्न गरेपछि

    2गिबोनमा देखा पर्नुभएझैँ परमप्रभु दोस्रो पटक सोलोमनकहाँ देखा पर्नुभयो ।

    3तब परमप्रभुले तिनलाई भन्नुभयो, “तैँले मेरो सामु राखेको प्रार्थना र बिन्ती मैले सुनेको छु । मैले तैँले बनाएको यो मन्दिर सदासर्वदा मेरो नाउँ राख्न आफ्नै लागि अलग गरेको छु । मेरा आँखा र मेरो मन सधैँभरि त्यहाँ हुने छ ।

  • २ इति 9:4-5
    2 पदहरू
    81%

    4तिनको टेबलको भोजन, तिनका सेवकहरूका बसाइ, तिनका सेवकहरूका काम र तिनीहरूका पोशाकहरू, र तिनका मद्य पियाउनेहरू र तिनका पोशाकहरू, र परमप्रभुको मन्‍दिरमा तिनले चढाएका होमबलिहरू देखिन्, र तिनी आश्‍चर्यचकित भइन्‌ ।

    5तिनले राजालाई भनिन्, “तपाईंका वचन र तपाईंको बुद्धिको विषयमा मैले आफ्‍नो देशमा सुनेको कुरा साँचो रहेछ ।

  • 9तिनले राजालाई चार टन सुन, प्रशस्‍त मात्रामा मसला र बहुमूल्‍य रत्‍नहरू दिइन्‌ । सोलोमन राजालाई शेबाकी रानीले दिएको जति धेरै मसलाहरू तिनलाई फेरि कसैले पनि दिएन ।

  • 13राजा सोलोमनले शेबाकी रानीले इच्छा गरेकी हरेक थोक दिए । राजाले आफ्नो राजकीय उदारताका अतिरिक्ता उनले मागेकी हरेक कुरा दिए । यसरी उनी आफ्ना सेवकहरूसँगै आफ्नो देशमा फर्किन् ।

  • २ इति 9:22-23
    2 पदहरू
    79%

    22यसरी सोलोमन राजाले धन-सम्‍पत्ति र बुद्धिमा पृथ्‍वीका अरू सबै राजालाई जितेका थिए ।

    23परमेश्‍वरले सोलोमनको हृदयमा हालिदिनुभएको तिनको बुद्धि सुन्‍न पृथ्‍वीका सबै राजाले तिनको उपस्‍थितिमा बस्‍न खोज्‍थे ।

  • 10उनले राजालाई चार टन सुन र प्रशस्त मात्रामा मसलासाथै बहुमूल्य रत्नहरू दिइन् । शेबाकी रानीले सोलोमन राजालाई दिएकी जत्तिकै यति प्रशस्त मसला तिनलाई फेरि कहिल्यै दिइएन । ओपीरबाट सुन ल्याउने

  • १ राजा 10:23-24
    2 पदहरू
    76%

    23यसरी सोलोमन राजा धन-सम्पत्ति र बुद्धिमा संसारका सबै राजाभन्दा श्रेष्ठ थिए ।

    24परमेश्वरले सोलोमनको ह्रदयमा हालिदिनुभएको तिनको बुद्धि सुन्नलाई सारा दुनियाँले तिनको उपस्थितिको खोजी गर्थे ।

  • 10सोलोमनले दुईवटा भवन अर्थात् परमप्रभुको मन्दिर र राजदरबार बनाएर सिद्ध्याउन तिनलाई बिस वर्ष लाग्यो ।

  • 34सोलोमनको बुद्धि सुन्न सबै जातिका मानिसहरू आउने गर्थे । तिनको बुद्धि सुनेका पृथ्वीका सबै राजाका प्रतिनिधिहरू तिनीकहाँ आउने गर्थे ।

  • 1¶ बुद्धिले आफ्नै घर बनाएको छ । त्यसले चट्टानबाट सातवटा खम्बा गाडेको छ ।

  • 1¶ सोलोमनले परमप्रभुका नाउँको निम्‍ति एउटा मन्‍दिर र आफ्नो राज्यको निम्ति एउटा राजमहल निर्माण गर्ने आदेश दिए ।

  • 47तर सोलोमनले परमेश्‍वरको निम्ति एउटा भवन बनाए ।

  • 11यसरी सोलोमनले परमप्रभुको मन्‍दिर र तिनको आफ्नै राजमहल बनाइसके । परमप्रभुको मन्‍दिर र तिनको आफ्‍नो राजमहल बनाउनको निम्ति तिनको हृदयमा आएका हरेक कुरा तिनले सफलतापूर्वक पूरा गरे ।

  • 14यसरी सोलोमनले मन्दिर बनाएर सिद्ध्याए ।

  • २ इति 1:11-13
    3 पदहरू
    73%

    11परमेश्‍वरले सोलोमनलाई भन्‍नुभयो, “किनभने तेरो हृदयमा यो कुरा छ, र तैंले समृद्धि, धन-सम्‍पत्ति वा आदर मागिनस् न त तँलाई घृणा गर्नेहरूको प्राण, न त आफ्‍नो निम्‍ति दीर्घायु नै मागिस्, तर आफ्‍नो निम्‍ति तैंले बुद्धि र ज्ञान मागिस् ताकि तैंले मेरा मानिसमाथि शासन सक्‍छस् जसमाथि मैले तँलाई राजा बनाएको छु, र म यसै गर्नेछु ।

    12अब म तँलाई बुद्धि र ज्ञान दिनेछु । म तँलाई यस्‍तो समृद्धि, धन-सम्‍पत्ति, र आदर पनि दिनेछु, जो तँभन्‍दा अघिका कुनै राजाले पाएका थिएनन्, र तँभन्‍दा पछिका कुनैले पनि पाउनेछैनन्‌ ।”

    13तब सोलोमन गिबोनको अल्‍गो स्‍थानको भेट हुने पालबाट यरूशलेममा आए। तिनले इस्राएलमाथि शासन गरे ।

  • 11परमप्रभुको यो वचन सोलोमनकहाँ आयो,

  • 8सोलोमनले आफू बस्ने महल त्यसको पछिल्तिर न्यायको भवनजस्तै बनाए । आफूले विवाह गरेर ल्याएका फारोकी छोरीको निम्ति पनि तिनले योजस्तै घर बनाए ।

  • 1¶ सोलोमनले परमप्रभुको मन्‍दिर र आफ्‍नो राजमहल निर्माण गरेका बिस वर्षको समयको अन्‍तमा यस्‍तो भयो,

  • 11हे सियोनका छोरीहरू हो, बाहिर गएर राजा सोलोमनलाई एकटक लगाएर हेर, जसले मुकुट लगाउनुभएको छ, जुन उहाँकी आमाले विवाहको दिनमा, उहाँको हृदय आनन्दले भरिएको दिनमा उहाँलाई पहिराइदिएकी थिइन् ।

  • 16परमप्रभुका मन्‍दिरको जग बसालेदेखि त्‍यो पूरा नभएसम्‍म सोलोमनले आज्ञा गरेका सबै काम सम्‍पन्‍न भएको थियो । परमप्रभुको मन्‍दिर बनाउने काम सकियो ।

  • 25सारा इस्राएलका नजरमा परमप्रभुले सोलोमनलाई सम्मानित तुल्याउनुभयो र तिनी अघिका इस्राएलका राजाको भन्‍दा महान् शक्ति उहाँले तिनलाई दिनुभयो ।

  • 2सोलोमन राजाले परमप्रभुको निम्ति बनाएका मन्दिरको लमाइ साठी हात, चौडाइ बिस हात र उचाइ तिस हात थियो ।

  • 12साथै पत्रमा हीरामले भने, “इस्राएलका परमप्रभु परमेश्‍वर धन्‍यका होउन्, जसले स्‍वर्ग र पृथ्‍वीको सृष्‍टि गर्नुभयो, जसले दाऊद राजालाई बुद्धि र समझशक्तिको वरदान भएको एउटा बुद्धिमान्‌ छोरा दिनुभएको छ, जसले परमप्रभुको निम्‍ति एउटा मन्‍दिर र आफ्‍नै निम्‍ति एउटा राजमहल बनाउनुहुनेछ ।

  • 9ताकि मेरो निम्‍ति प्रशस्त काठहरू तयार गर्न सकून्, किनकि मैले बनाउन लागिरहेको मन्‍दिर महान् र आश्‍चर्यको हुनेछ।

  • 25सोलोमनले परमप्रभुको निम्ति बनाएका वेदीमा परमप्रभुको निम्ति धूप बाल्दै तिनले वर्षमा तिन पटक होमबलि र मेलबलिहरू चढाउँथे । यसरी तिनले मन्दिरको काम सम्पन्न गरी त्यसको प्रयोग गरे ।

  • 1¶ आफ्नो राजदरबार बनाउन सोलोमनलाई तेह्र वर्ष लाग्यो ।

  • 7हीरामले सोलोमनको कुरा सुनेपछि तिनी अत्यन्तै खुसी भए र भने, “आज परमप्रभु धन्यका होऊन् जसले दाऊदलाई आफ्ना जातिको रेखदेख गर्न एउटा बुद्धिमान् छोरा दिनुभएको छ ।

  • 9राजा सोलोमनले आफ्नै निम्ति लेबनानको काठबाट पालकी बनाउनुभयो ।

  • 30पूर्वका सबै मानिस र मिश्रका सबै बुद्धिभन्दा सोलोमनको बुद्धि श्रेष्ठ थियो । तिनी सबै मानिसभन्दा बुद्धिमानी थिए ।

  • 14यो व्‍यापारीहरू र कारोवारीले ल्याएका सुनबाहेको थियो । अरब देशका सबै राजा र प्रादेशिक गभर्नरहरूले पनि राजाको निम्‍ति सुन र चाँदी ल्‍याए ।

  • 15सोलोमन राजाले परमप्रभुको मन्दिर, आफ्नो निजी दरबार, टेवा दिने गाराहरू, यरूशलेमको पर्खाल, हासोर, मगिद्दो र गेजेर बनाउनलाई बेगार काममा लगाएका मजदुरहरूको विवरण यही हो ।

  • 3परमेश्‍वरको मन्‍दिर निर्माण गर्न सोलोमनले राखेका जगको क्षेत्रफल यि नै थिए। हातको पुरानो चलनको नापअनुसार लमाइ साठी हात र चौडाइ बीस हात थियो ।

  • 15त्यसपछि सोलोमन ब्युँझे, र यो त सपना पो रहेछ! तिनी यरूशलेममा आए, र परमप्रभुको करारको सन्दुकको सामु खडा भए । तिनले होमबलि र मेलबलिहरू चढाए, अनि आफ्ना सबै सेवकहरूलाई भोज दिए ।

  • 31दक्षिणकी रानी मानिसको विरुद्धमा दोष लगाउनका लागि उठ्नेछिन्, किनकि उनी पृथ्वीको पल्लो कुनाबाट सोलोमनको ज्ञानको बारेमा सुन्‍न आएकी थिइन् र हेर, सोलोमनभन्दा पनि महान् यहाँ हुनुहुन्छ ।