२ इतिहास 9:2
सोलोमनले तिनका सबै प्रश्नहरूका जवाफ दिए । सोलोमनको निम्ति कुनै कुरा पनि प्रश्न कठिन भएन । तिनले जवाफ नदिएको कुनै पनि प्रश्न बाँकी रहेन ।
सोलोमनले तिनका सबै प्रश्नहरूका जवाफ दिए । सोलोमनको निम्ति कुनै कुरा पनि प्रश्न कठिन भएन । तिनले जवाफ नदिएको कुनै पनि प्रश्न बाँकी रहेन ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
1¶ जब शेबाकी रानीले परमप्रभुको नाउँको सम्बन्धमा सोलोमनको कीर्ति सुनिन्, उनी कठिन प्रश्नहरू लिएर तिनलाई जाँच गर्न आइन् ।
2उनी मसलाहरू लादिएका ऊँटहरू, थुप्रै सुन र धेरै बहुमूल्य रत्नहरू लिएर ज्यादै ठुलो लावालश्करसाथ यरूशलेम आइन् । उनी आइपुगेपछि उनले आफ्नो ह्रदयमा भएका सबै कुरा सोलोमनलाई बताइन् ।
3सोलोमनले उनका सबै प्रश्नका जवाफ दिए । उनले सोधेका सबै प्रश्नको राजाले जवाफ दिए ।
4जब शेबाकी रानीले सोलोमनका सबै बुद्धि, तिनले बनाएका राजदरबार,
5तिनको टेबुलको भोजन, तिनका वरिपरि बस्ने अधिकारीहरू, तिनका अधिकारीहरूका काम र तिनीहरूका पोशाक, सेवा टहल गर्ने नोकर-चाकरहरू, तिनले परमप्रभुको घरमा बलिदान गर्ने होमबलिको तरिका देखिन्, तब उनी अवाक् भइन् ।
6उनले राजालाई भनिन्, “तपाईंका वचन र तपाईंको बुद्धिको बारेमा मैले मेरो देशमा सुनेको कुरो साँचो रहेछ ।
1¶ जब शेबाकी रानीले सोलोमनको ख्यातिको बारेमा सुनिन्, तब कठिन प्रश्नहरू लिएर तिनको जाँच गर्न तिनी यरूशलेममा आइन् । तिनी मसलाहरू, प्रशस्त सुन र धेरै बहुमूल्य रत्नहरूलाई ऊँटहरूमा लदाएर एक अत्यन्तै ठूलो लावालश्करसाथ आइन् । जब तिनी सोलोमनकहाँ आइन्, तब तिनले आफ्नो मनमा भएका सबै कुरा उनलाई भनिन् ।
3जब शेबाकी रानीले सोलोमनको बुद्धि, र तिनले बनाएको राजमहल देखिन्,
4तिनको टेबलको भोजन, तिनका सेवकहरूका बसाइ, तिनका सेवकहरूका काम र तिनीहरूका पोशाकहरू, र तिनका मद्य पियाउनेहरू र तिनका पोशाकहरू, र परमप्रभुको मन्दिरमा तिनले चढाएका होमबलिहरू देखिन्, र तिनी आश्चर्यचकित भइन् ।
5तिनले राजालाई भनिन्, “तपाईंका वचन र तपाईंको बुद्धिको विषयमा मैले आफ्नो देशमा सुनेको कुरा साँचो रहेछ ।
12शेबाकी रानीले जे इच्छा गरिन् र जे मागिन् ती हरेक कुरा सोलोमन राजाले तिनलाई दिए । तिनले राजालाई ल्याएर दिएका थोकभन्दा धेरै तिनले उनलाई दिए । यसरी उनी बिदा भइन् र आफ्ना सेवकहरूका साथ आफ्नो देशमा फर्किन् ।
13सोलोमनकहाँ हरेक वर्षमा आएको सुनको तौल तेईस टन हुन्थ्यो,
14यो व्यापारीहरू र कारोवारीले ल्याएका सुनबाहेको थियो । अरब देशका सबै राजा र प्रादेशिक गभर्नरहरूले पनि राजाको निम्ति सुन र चाँदी ल्याए ।
13राजा सोलोमनले शेबाकी रानीले इच्छा गरेकी हरेक थोक दिए । राजाले आफ्नो राजकीय उदारताका अतिरिक्ता उनले मागेकी हरेक कुरा दिए । यसरी उनी आफ्ना सेवकहरूसँगै आफ्नो देशमा फर्किन् ।
14सोलोमनकहाँ वर्षेनी आउने गरेको सुनको ओजन तेइस टन थियो ।
9तिनले राजालाई चार टन सुन, प्रशस्त मात्रामा मसला र बहुमूल्य रत्नहरू दिइन् । सोलोमन राजालाई शेबाकी रानीले दिएको जति धेरै मसलाहरू तिनलाई फेरि कसैले पनि दिएन ।
22यसरी सोलोमन राजाले धन-सम्पत्ति र बुद्धिमा पृथ्वीका अरू सबै राजालाई जितेका थिए ।
23परमेश्वरले सोलोमनको हृदयमा हालिदिनुभएको तिनको बुद्धि सुन्न पृथ्वीका सबै राजाले तिनको उपस्थितिमा बस्न खोज्थे ।
10उनले राजालाई चार टन सुन र प्रशस्त मात्रामा मसलासाथै बहुमूल्य रत्नहरू दिइन् । शेबाकी रानीले सोलोमन राजालाई दिएकी जत्तिकै यति प्रशस्त मसला तिनलाई फेरि कहिल्यै दिइएन । ओपीरबाट सुन ल्याउने
23यसरी सोलोमन राजा धन-सम्पत्ति र बुद्धिमा संसारका सबै राजाभन्दा श्रेष्ठ थिए ।
24परमेश्वरले सोलोमनको ह्रदयमा हालिदिनुभएको तिनको बुद्धि सुन्नलाई सारा दुनियाँले तिनको उपस्थितिको खोजी गर्थे ।
34सोलोमनको बुद्धि सुन्न सबै जातिका मानिसहरू आउने गर्थे । तिनको बुद्धि सुनेका पृथ्वीका सबै राजाका प्रतिनिधिहरू तिनीकहाँ आउने गर्थे ।
10अब मलाई बुद्धि र ज्ञान दिनुहोस् ताकि यी मानिसलाई म नेतृत्व गर्न सकूँ, किनकि यति धेरै सङ्ख्यामा रहेका तपाईंका मानिसहरूको न्याय कसले गर्न सक्छ र?”
11परमेश्वरले सोलोमनलाई भन्नुभयो, “किनभने तेरो हृदयमा यो कुरा छ, र तैंले समृद्धि, धन-सम्पत्ति वा आदर मागिनस् न त तँलाई घृणा गर्नेहरूको प्राण, न त आफ्नो निम्ति दीर्घायु नै मागिस्, तर आफ्नो निम्ति तैंले बुद्धि र ज्ञान मागिस् ताकि तैंले मेरा मानिसमाथि शासन सक्छस् जसमाथि मैले तँलाई राजा बनाएको छु, र म यसै गर्नेछु ।
12अब म तँलाई बुद्धि र ज्ञान दिनेछु । म तँलाई यस्तो समृद्धि, धन-सम्पत्ति, र आदर पनि दिनेछु, जो तँभन्दा अघिका कुनै राजाले पाएका थिएनन्, र तँभन्दा पछिका कुनैले पनि पाउनेछैनन् ।”
13तब सोलोमन गिबोनको अल्गो स्थानको भेट हुने पालबाट यरूशलेममा आए। तिनले इस्राएलमाथि शासन गरे ।
14तब तिनले भने, “मैले तपाईंलाई केही कुरो भन्नु छ ।” उनले भनिन्, “भन ।”
7त्यस रात परमेश्वर सोलोमनकहाँ देखा पर्नुभयो र तिनलाई भन्नुभयो, “माग्, म तँलाई के दिऊँ?”
18अनि राजाले जवाफ दिए र ती स्त्रीलाई भने, “मैले तिमीलाई सोध्ने कुनै पनि कुरा मबाट नलुकाऊ ।” ती स्त्रीले जवाफ दिइन्, “हे मेरा मालिक महाराजा भन्नहोस् ।”
1¶ सोलोमनले परमप्रभुको मन्दिर र राजदरबार बनाएर सिद्ध्याएछि र तिनले चाहेका कुरा सबै सम्पन्न गरेपछि
2गिबोनमा देखा पर्नुभएझैँ परमप्रभु दोस्रो पटक सोलोमनकहाँ देखा पर्नुभयो ।
2सबै इस्राएलसित, हजार कमाण्डर र सयका कमाण्डरहरू, र न्यायकर्ताहरू, र सारा इस्राएलमा भएका हरेक शासक, घरानाहरूका मुखियाहरूसित सोलोमनले कुरा गरे ।
17तिनले भने, “मैले शुनम्मी अबीशगलाई पत्नीको रूपमा लैजान पाऊँ भनी सोलोमन राजालाई बिन्ती गरिदिनुहोस् ।”
18बतशेबाले भनिन्, “ठिक छ । म राजासित कुरा गर्ने छु ।”
19त्यसकारण अदोनियाहको निम्ति कुरा गर्न बतशेबा राजा सोलोमनकहाँ गइन् । उनलाई भेट्न राजा खडा भए र तिनले उनलाई दण्डवत् गरे । त्यसपछि राजा आफ्नो सिंहासनमा बसे, र राजाकी आमाको निम्ति एउटा सिंहासन ल्याउने हुकुम गरे । उनी राजाको दाहिने हातपट्टि बसिन् ।
20त्यसपछि उनले भनिन्, “तिमीलाई एउटा सानो बिन्ती चढाउने इच्छा छ, किनकि तिमीले इन्कार गर्ने छैनौ ।” राजाले उनलाई भने, “भन्नुहोस् मेरी आमा । म त्यसलाई इन्कार गर्ने छैनँ ।”
28तिनीहरू सोलोमनका सेवकहरूसँगै ओपीरमा गए । त्यहाँबाट तिनीहरूले राजा सोलोमनकहाँ साँढे चौध टन सुन ल्याए ।
41सोलोमनले गरेका अन्य कामहरू र तिनको बुद्धिको विषयमा के सोलोमनको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
28तिनीहरूले सोलोमनका निम्ति मिश्रदेश र अरू सबै देशबाट घोडाहरू ल्याए ।
20सोलोमनका पिउने कचौरा सबै सुनका थिए, र लेबनानको वन भनिने राजमहलमा भएका पिउने कचौरा सबै सुनका थिए । चाँदीको केही पनि थिएन, किनभने सोलोमनको समयमा चाँदीलाई बहुमूल्य ठानिइन ।
30पूर्वका सबै मानिस र मिश्रका सबै बुद्धिभन्दा सोलोमनको बुद्धि श्रेष्ठ थियो । तिनी सबै मानिसभन्दा बुद्धिमानी थिए ।
25सारा इस्राएलका नजरमा परमप्रभुले सोलोमनलाई सम्मानित तुल्याउनुभयो र तिनी अघिका इस्राएलका राजाको भन्दा महान् शक्ति उहाँले तिनलाई दिनुभयो ।
12आफूले प्रतिज्ञा गर्नुभएझैँ परमप्रभुले सोलोमनलाई बुद्धि दिनुभयो । सोलोमन र हीरामको बिचमा शान्ति कायम थियो, र तिनीहरू दुई जनाले एउटा करार बाँधे ।
2सोलोमनले यसो भन्दै हीरामलाई वचन पठाए,
21सोलोमन राजाका सबै पिउने कचौरा सुनका थिए, र लेबनानको वन भनिने राजदरबारका भएका सबै पिउने कचौरा निखुर सुनका थिए । कुनै पनि कचौरा चाँदीको थिएन किनकि सोलोमनको समयमा चाँदीलाई मूल्यवान् ठानिदैनथ्यो ।
4यशैयाले सोधे, “तिनीहरूले तपाईंको दरवार के कुरा हेरेका छन्?” हिजकियाले जवाफ दिए, “तिनीहरूले मेरो दरवारका हरेक कुरा हेरेका छन् । मेरा बहुमूल्य थोकहरूमस तिनीहरूलाई मैले नदेखाएको कुनै पनि थोक छैन ।”
10सोलोमनको यस बिन्तीले परमप्रभुलाई खुसी तुल्यायो ।
16त्यसपछि दुई जना वेश्या स्त्री राजाकहाँ आई तिनको सामु खडा भए ।
19मेरा छोरा सोलोमनलाई तपाईंका आज्ञाहरू, तपाईंका धार्मिक नियमहरू र तपाईंका विधिहरू भक्तिसाथ पालन र मैले जुटाएका कुराले एउटा स्थान बनाउने योजना पुरा गर्न सम्पूर्ण हृदयको इच्छा दिनुहोस् ।”
16बतशेबाले शिर झुकाई राजाको सामु शाष्टाङ्ग दण्डवत् गरिन् । तब राजाले सोधे, “तिमी के चाहन्छ्यौ?”