प्रेरितहरूको काम 7:46

अनलक शाब्दिक बाइबल

जसले परमेश्‍वरको दृष्‍टिमा निगाह पाए र तिनले याकूबका परमेश्‍वरको निम्ति एउटा वासस्थान निर्माण गर्नका निम्ति अनुरोध गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रेरि 13:22 : 22 तब परमेश्‍वरले शाऊललाई राजाबाट हटाउनुभएपछि, उहाँले दाऊदलाई तिनीहरूको राजा हुनलाई खडा गर्नुभयो । परमेश्‍वरले यी नै दाऊदको बारेमा भन्‍नुभएको थियो, ‘यिशैका छोरा दाऊद मेरो हृदयअनुसारका मानिस भएको पाएँ र मैले चाहेको हरेक काम उनले गर्नेछन् ।’
  • भजन 132:1-5 : 1 ¶ हे परमप्रभु, दाऊदको खातिर तिनका सबै कष्‍टहरू याद गर्नुहोस् । 2 तिनले कसरी परमप्रभुमा शपथ खाए, याकूबका सर्वशक्तिमान्‌सँग तिनले कसरी भाकल गरे सो सम्झनुहोस् । 3 तिनले भने, “म मेरो घरभित्र पस्‍नेछैनँ वा मेरो ओछ्यानमा जानेछैन, 4 म आफ्‍ना आँखालाई सुत्‍न दिनेछैन न त आफ्‍ना पलकहरूलाई विश्राम दिनेछु, 5 जबसम्म परमप्रभुको निम्ति एउटा ठाउँ, याकूबको सर्वशक्तिमान्‌को निम्ति एउटा वासस्थान म पाउँदिन ।”
  • १ शमू 16:1 : 1 ¶ परमप्रभुले शमूएललाई भन्‍नुभयो, “मैले शाऊललाई इस्राएलको राजा हुनबाट इन्कार गरेको कारणले तँ उसको निम्ति कहिलेसम्म विलाप गर्नेछस्? तेरो सीङ्‌मा तेल भर् र जा । म तँलाई बेथलेहेमको यिशैकहाँ पठाउनेछु, किनकि मैले त्यसका छोराहरूका बिचबाट एक जनालाई मेरो निम्ति राजा चुनेको छु ।”
  • २ शमू 7:1-5 : 1 ¶ राजाले आफ्नो घर व्यवस्थित गरेपछि र तिनका वरिपरिका सबै शत्रुबाट परमप्रभुले विश्राम दिनुभएपछि, 2 राजाले नतान अगमवक्‍तालाई भने, “हे्र्नुहोस्, म देवदारुको महलमा बसिरहेको छु, तर परमेश्‍वरको सन्दुकचाहिं पालको माझमा रहिरहेको छ ।” 3 त्यसपछी नातानने राजालाई भने, “जानुहोस्, तपाईंको मनमा जे छ सो गर्नुहोस्, किनभने परमप्रभु तपाईंसँग हुनुहुन्छ ।” 4 तर त्यसै रात परमप्रभुको वचन नातानकहाँ यसो भनेर आयो, 5 “जा र मेरो दास दाऊदलाई भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'के तैंले मेरो निम्ति बस्‍नलाई मन्‍दिर बनाउने छस्?
  • २ शमू 7:8-9 : 8 अब उप्रान्‍त, मेरो सेवक दाऊदलाई यसो भन्, 'सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ, 'मैले तँलाई खर्कबाट, भेडाहरूको पछिपछि हिंड्न छोडेर बोलाएँ, ताकि तैंले मेरा मानिस इस्राएलाई शासन गर्नुपर्छ । 9 तँ जहाँजहाँ गए तापनि म तँसँगै गएको छु । मैले तेरा सबै शत्रुलाई तेरो सामुन्‍नेबाट नामेट पारेको छु । अब म तेरो नाउँलाई पृथ्वीका महान् नाउँहरूजस्तै महान् बनाउने छु । 10 म आफ्‍ना मानिस इस्राएलको निम्ति एउटा स्थान नियुक्‍ति गर्नेछु र तिनीहरूलाई म त्यहाँ राख्‍ने छु, ताकि तिनीहरू आफ्नै ठाउँमा बसोबास गरुन् र फेरि समस्‍या नपरुन् । दुष्‍ट मानिसहरूले पहिले गरेझैं फेरि तिनीहरूलाई थिचोमिचो गर्ने छैनन् । 11 जस्तो मेरा मानिस इस्राएलका निम्ति न्यायकर्ता हुनलाई मैले आज्ञा गरेका दिनहरूदेखि नै तिनीहरूले गरिरहेका थिए । अब तेरा सबै शत्रुबाट म तँलाई विश्राम दिने छु । यसको साथै, म परमप्रभुले तँलाई भन्‍छु कि म तेरो निम्ति एउटा घराना बनाउने छु । 12 जब तेरो दिन पुरा हुने छ र तँ आफ्‍ना पुर्खाहरूसँग सुत्‍ने छस्, तब तँपछिको तेरो सन्तानलाई म खडा गर्ने छु, जो तेरै शरीरबाट आउने छ र म त्यसको राज्य स्थापित गर्ने छु । 13 त्यसैले मेरो नाउँको निम्ति एउटा मन्‍दिर बनाउने छ र म त्यसको सिंहासनलाई सदाको निम्ति स्थापित गर्ने छु । 14 म त्यको बुबा हुने छु र त्यो मेरो छोरा हुने छ । जब त्यसले पाप गर्छ, तब म त्यसलाई मानिसका लोरोले र मानिसका छोराहरूका कोर्राहरूले अनुशासित गर्ने छु । 15 तर मेरो करारको बफदारीताको त्यसलाई छोड्ने छैन, जसरी मैले त्‍यो शाऊलबाट थिएँ, जसलाई मैले तेरो सामुबाट हटाएँ । 16 तेरो घराना र राज्य तेरो सामु सदाको निम्ति सुदृढ गरिने छ । तेरो सिंहसान सदाको निम्ति स्थापित गरिने छ' ।”
  • २ शमू 7:18-19 : 18 त्यसपछि राजा दाऊद भित्र गए र परमप्रभुको सामु बसे र यसो भने, “हे परमप्रभु परमेश्‍वर, म को हुँ र मेरो परिवार के हो र मलाई यहाँसम्म ल्याउनुभएको छ? 19 अब हे परमप्रभु परमेश्‍वर, यो तपाईंको दृष्‍टिमा सानो कुरा थियो । हे परमप्रभु परमेश्‍वर, तपाईंको सेवकको घरानामा धेरै समयपछि हुन आउने कुराका बारेमा पनि तपाईंले भन्‍नुभएको छ र भावी पुस्‍ताहरूका बारेमा मलाई प्रकट गर्नुभएको छ ।
  • १ इति 17:1-4 : 1 ¶ राजा आफ्‍नो महलमा बसेपछि उनले नातान अगमवक्तालाई भने, “हेर्नुहोस्, म देवदारुको घरमा बस्‍दैछु, तर परमप्रभुको करारको सन्‍दूकचाहिं पालमुनि राखिएको छ ।” 2 तब नातानले दाऊदलाई जवाफ दिए, “ जानुहोस्, आफ्‍नो मनमा जे छ त्‍यो गर्नुहोस्, किनकि परमेश्‍वर तपाईंसँग हुनुहुन्‍छ ।” 3 तर त्‍यही रात परमेश्‍वरको यो वचन नातानकहाँ यसो भनेर आयो, 4 “जा र मेरो दास दाऊदलाई यसो भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: तैंले मेरो लागि बस्‍ने घर बनाउनेछैनस्‌ ।
  • १ इति 22:7-8 : 7 दाऊदले सोलोमनलाई भने, “ए मेरो छोरो, परमप्रभु मेरा परमेश्‍वरका नाउँको निम्‍ति एउटा मन्‍दिर बनाउने मेरो इच्‍छा थियो । 8 तर परमप्रभुले मकहाँ आउनुभयो र भन्‍नुभयो, ‘तैंले धेरै रक्तपात गरेको र धेरै युद्ध गरेको छस्‌ । मेरो नाउँको निम्‍ति मन्‍दिर तैंले बनाउनेछैनन्, किनभने मेरो दृष्‍टिमा तैंले पृथ्‍वीमा धेरै रगत बगाएको छस्‌ ।
  • १ इति 28:2-5 : 2 तब दाऊद राजा खडा भए र यसो भने, “ए मेरा दाजुभाइ र मेरा मानिसहरू हो, मेरा कुरा सुन्‍नुहोस् । परमप्रभुको करारका सन्‍दूकको निम्‍ति एउटा मन्‍दिर, हाम्रा परमेश्‍वरको निम्‍ति एउटा पाउदान बनाउने मेरो इच्‍छा थियो, अनि मैले त्‍यो निर्माण गर्नलाई तयारी पनि गरें । 3 तर परमेश्‍वरले मलाई भन्‍नुभयो, ‘मेरो नाउँको निम्‍ति तैंले मन्‍दिर बनाउनेछैनस्, किनभने तँ लडाइँ गर्ने मानिस होस्, र तैंले रक्तपात गरेको छस्‌ ।’ 4 तापनि परमप्रभु इस्राएलका परमेश्‍वरले मेरा पिताका सबै परिवारबाट सदासर्वदाको निम्‍ति इस्राएलमाथि राज्‍य गर्न मलाई चुन्‍नुभयो । उहाँले यहूदाको कुललाई अगुवाको रूपमा चुन्‍नुभएको छ । यहूदाको कुलमा, र मेरो पिताको परिवारमा, मेरा पिताका छोराहरूमध्‍येबाट सारा इस्राएलमा राजा हुनलाई उहाँले मलाई चुन्‍नुभयो । 5 परमप्रभुले मलाई दिनुभएका धेरै जना छोरामध्‍ये इस्राएलमाथि परमप्रभुको राज्‍यको सिंहासनमा बस्‍न उहाँले मेरो छोरो सोलोमनलाई चुन्‍नुभयो ।
  • १ इति 29:2-3 : 2 यसैले मेरा परमेश्‍वरको मन्दिरको निम्ति सामाग्री जुटाउन मैले सकेसम्‍म प्रयास गरेको छु । सुनबाट बनाइने कुराहरूका निम्ति सुन, चाँदीबाट बनाइने कुराहरूका निम्ति चाँदी, काँसाबाट बनाइने कुराहरूका निम्ति काँसा, फलामबाट बनाइने कुराहरूका निम्ति फलाम, र काठबाट बनाइने कुराहरूका निम्ति काठ म दिंदैछु । पत्थरको कामको निम्‍ति आनिक्‍स, फिरोजा, विभिन्‍न रङ्गका पत्‍थरहरू— सबै किसिमका बहुमूल्‍य पत्‍थरहरू पनि म प्रशस्‍त मात्रामा दिंदैछु । 3 अब, मेरा परमेश्‍वरको मन्‍दिरमा मेरो आनन्दको कारणले यसको निम्‍ति आफ्‍नो निजी भण्‍डारबाट सुन र चाँदी म दिंदैछु । यस पवित्र मन्‍दिरको निम्‍ति मैले तयार गरेका सबै कुराहरूमा अरू थपः
  • भजन 78:68-72 : 68 उहाँले यहूदाको कुल र उहाँले प्रेम गर्नुभएको सियोन पर्वतलाई चुन्‍नुभयो । 69 उहाँले आफ्नो पवित्रस्थानलाई स्‍वर्गझैं, उहाँले सदाको निम्ति स्थापना गर्नुभएको पृथ्वीझैं बनाउनुभयो । 70 उहाँले आफ्नो दास दाऊदलाई चुन्‍नुभयो र तिनलाई भेडाका बगालहरूबाट ल्‍याउनुभयो । 71 आफ्‍ना पाठाहरूका साथमा हिंड्‍ने भेडीहरूका पछि लाग्‍नबाट उहाँले तिनलाई ल्‍याउनुभयो, अनि उहाँले तिनलाई याकूब, उहाँका मानिसहरू, र उहाँको उत्तराधिकार इस्राएलको गोठालो तुल्याउनुभयो । 72 आफ्‍नो हृदयको इमानदारीताले दाऊदले उनीहरूको रेखदेख गरे र आफ्नो हातको सीपले तिनले उनीहरूलाई बाटो देखाए ।
  • भजन 89:19-37 : 19 धेरै अघि आफ्ना विश्‍वासी जनहरूसँग तपाईं बोल्नुभयो । तपाईंले भन्‍नुभयो, “मैले वीर मानिसलाई मुटुक लगाइदिएको छु ।” मैले मानिसहरू माझबाट चुनिएको एक जनालाई उठाएको छु । 20 मैले आफ्‍नो सेवक दाऊदलाई चुनेको छु । मैले त्यसलाई मेरो पवित्र तेलले अभिषेक गरेको छु । 21 मेरो हातले त्यसलाई सहयत दिनेछ । मेरो बाहुलीले त्यसलाई बलियो बनाउनेछ । 22 कुनै पनि शत्रुले त्यसलाई छल गर्नेछैन । दुष्‍टताका कुनै पनि सन्तानले त्यसलाई थिचोमिचो गर्नेछैन । 23 त्यसको सामु भएका शत्रुहरूलाई म चूर पार्नेछु । त्यसलाई घृणा गर्नेहरूलाई म मार्नेछु । 24 मेरो सत्यता र मेरो करारको विश्‍वस्‍तता त्यससँग हुनेछ । मेरो नाउँद्वारा नै त्यो विजयी हुनेछ । 25 म त्यसको हात समुद्रमाथि र त्यसको दाहिने बाहुली नदीहरूमाथि राख्‍नेछु । 26 त्यसले मलाई पुकारा गर्नेछ, 'हे परमेश्‍वर, तपाईं मेरो पिता र मेरो उद्धारको चट्टान हुनुहुन्छ ।' 27 मेरो जेठो छोरो, पृथ्वीका राजाहरूमध्‍ये सबैभन्दा उच्‍च पारिएको रूपमा पनि त्यसलाई म राख्‍नेछु । 28 म आफ्‍नो करारको विश्‍वस्‍तता सदासर्वदा त्यसलाई दिनेछु । अनि त्यससँगको मेरो करार सुरक्षित हुनेछ । 29 त्यसका सन्तानहरूलाई सदासर्वदासम्म रहने र त्यसको सिंहासन माथिको आकाश जत्तिकै रहिरहने म बनाउनेछु । 30 त्यसका सन्तानहरूले मेरो व्यवस्ता त्यागे र मेरा विधिहरूमा हिंडेनन् भने, 31 तिनीहरूले मेरा नियमहरू तोडे र मेरा आज्ञाहरू पालन गरेनन् भने, 32 तब तिनीहरूका विद्रोहलाई लट्ठीले र तिनीहरूको अधर्मलाई आघातले म दण्ड दिनेछु । 33 तर त्यसबाट आफ्‍नो अटल प्रेमलाई म हटाउनेछैन वा मेरो प्रतिज्ञाप्रति अविश्‍वासी हुनेछैन । 34 म आफ्‍नो करार तोड्नेछैन वा मेरा ओठका शब्दहरू फेर्नेछैन । 35 सदाको निम्ति एकै पटक मैले आफ्‍नो पवित्रताद्वारा शपथ खाएको छु, म दाऊदसित झुट बोल्नेछैनः 36 त्यसका सन्तानहरू सधैं निरन्‍तर रहनेछन् र मेरो सामु सूर्य रहेसम्म त्यसको सिंहासन रहनेछ । 37 आकाशमा विश्‍वासयोग्य साक्षी चन्द्रमाझैं यसलाई सदाको निम्ति स्थापित गरिनेछ ।” सेला
  • १ राजा 8:17-19 : 17 तथापि मेरो जाति इस्राएलमाथि शासन गर्न मैले दाऊदलाई छानेँ ।' इस्राएलका परमेश्वर परमप्रभुको नाउँमा एउटा भवन निर्माण गर्ने इच्छा मेरा पिता दाऊदको ह्रदयमा थियो । 18 तर परमप्रभुले मेरा पिता दाऊदलाई भन्नुभयो, 'तेरो ह्रदयमा मेरो नाउँमा एउटा भवन निर्माण गर्ने इच्छा राम्रै छ । 19 तरै पनि तैँले त्यो भवन बनाउने छैनस्, बरु तेरो छोरो अर्थात् तेरो आफ्नै रगत र मासुको छोरोले मेरो नाउँमा भवन बनाउने छ ।'
  • १ शमू 16:11-13 : 11 तब शमूएलले यिशैलाई भने, “के तपाईंका छोराहरू सबै जना यहाँ नै छन्?” तिनले जवाफ दिए, “अझै कान्छो बाँकी नै छ, तर उसले भेडाको गोठाला गरिरहेको छ ।” शमूएलले यिशैलाई भने, “कसैलाई पठाउनुहोस् र तिनलाई झिकाउनुहोस् । तिनी यहाँ नआएसम्म, हामी बस्‍नेछैनौं ।” 12 यिशैले कसैलाई पठाए र तिनलाई ल्याए । यो छोराको राता गाला, सुन्दर आँखा र सुन्दर स्वरूप थियो । परमप्रभुले भन्‍नुभयो, “उठ्, त्यसलाई अभिषेक गर् । किनभने यही नै हो ।” 13 अनि शमूएलले तेल भएको सीङ् लिए र तिनलाई आफ्‍ना दाजुहरूका माझमा अभिषेक गरे । त्यस दिनदेखि परमप्रभुको आत्मा दाऊदमाथि आउनुभयो । त्यसपछि शमूएल उठे र रामातिर गए ।
  • २ शमू 6:21 : 21 दाऊदले मीकललाई जवाफ दिए, “त्यो मैले परमप्रभुको सामु गरें, जसले मलाई तिम्रा बुबा र तिनका सबै परिवारमाथि चुन्‍नुभयो, जसले मलाई परमप्रभुका मानिसहरू इस्राएलमाथि अगुवा चुन्‍नुभयो । परमप्रभुको सामु म आनन्दित हुने छु ।
  • भजन 132:11 : 11 परमप्रभुले दाऊदसित पक्‍का शपथ खानुभयो, एउटा पक्‍का शपथ जसलाई उहाँले उल्टाउनुहुनेछैनः “तेरा सन्तानमध्ये एक जनालाई तेरो सिंहासनमा म राख्‍नेछु ।
  • १ शमू 15:28 : 28 शमूएलले तिनलाई भने, “परमप्रभुले आज इस्राएल राज्यलाई तपाईंबाट च्यात्‍नुभएको छ र त्‍यो तपाईंभन्दा उत्तम तपाईंको एक जना छिमेकीलाई दिनुभएको छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 83%

    47तर सोलोमनले परमेश्‍वरको निम्ति एउटा भवन बनाए ।

    48तथापि सर्वोच्‍च परमेश्‍वर हातले बनाएका घरहरूमा बस्‍नुहुन्‍न जस्तो अगमवक्‍ताले भनेका छन्ः

  • 76%

    44उजाड-स्थानमा हाम्रा पुर्खाहरूको गवाहीको पवित्र वासस्थान थियो जुन परमेश्‍वरले मोशालाई आज्ञा गर्नुभएमुताबिक उहाँले देखाउनुभएको नमुनाबमोजिम बनाइएको थियो ।

    45हाम्रा पुर्खाहरूको पालोमा तिनीहरूले यस पाललाई यहोशूसँगै यस देशमा ल्याए । हाम्रा पुर्खाहरूको उपस्थितिमा परमेश्‍वरले ती जातिहरूलाई बाहिर निकाली तिनीहरूको देश हाम्रा पुर्खाहरूको हातमा दिनुहुँदा यो घटना भएको थियो । दाऊदको समयसम्म यस्तै भयो,

  • २ शमू 7:5-7
    3 पदहरू
    75%

    5“जा र मेरो दास दाऊदलाई भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'के तैंले मेरो निम्ति बस्‍नलाई मन्‍दिर बनाउने छस्?

    6किनकि मैले इस्राएलका मानिसलाई मिश्र देशबाट ल्याएको दिनदेखि वर्तमान्‌ समयसम्म नै म मन्‍दिरमा बसेको छैन । बरु, म पालमा अर्थात् पवित्र वासस्थानमा नै घुमिहिंडेको छु ।

    7इस्राएलका सबै मानिस माझमा म घुमफिर गरेका सबै ठाउँमा, मेरा मानिस इस्राएलका रेखदेख गर्न मैले नियुक्‍ति गरेका इस्राएलका कुनै पनि अगुवालाई मैले कहिलै यसो भनें र, “तैंले मेरो निम्ति किन देवदारुको मन्‍दिर बनाएको छैनस्?”

  • भजन 132:5-7
    3 पदहरू
    75%

    5जबसम्म परमप्रभुको निम्ति एउटा ठाउँ, याकूबको सर्वशक्तिमान्‌को निम्ति एउटा वासस्थान म पाउँदिन ।”

    6हेर्नुहोस्, हामीले यसबारे एप्रातामा सुन्यौ । हामीले यसलाई याआरको मैदनमा भेट्टायौं ।

    7हामी परमेश्‍वरको वासस्थानमा जानेछौं । हामीले उहाँको पाउदानमा आरधना गर्नेछौं ।

  • २ इति 6:7-8
    2 पदहरू
    74%

    7अब परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्ने इच्‍छा मेरा बुबा दाऊदको हृदयमा थियो ।

    8तर परमप्रभुले मेरो बुबा दाऊदलाई भन्‍नुभयो, 'मेरो नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्ने कुरा तेरो हृदयमा थियो, यो तेरो हृदयमा राखेर तैंले असलै गरिस् ।

  • १ इति 17:5-6
    2 पदहरू
    73%

    5किनकि इस्राएललाई मिश्रदेशबाट ल्‍याएको दिनदेखि यता आजको दिनसम्‍म म कहिल्‍यै घरमा बसेको छैनँ । बरू, विभिन्‍न ठाउँमा पवित्र पालसम्‍म म बस्‍दैआएको छु ।

    6सारा इस्राएलसँग सबै ठाउँमा म सरेको बेलामा, मेरा मानिसहरूको रेखदेख गर्नलाई मैले नियुक्‍त गरेका इस्राएलका कुनै अगुवालाई के मैले यसो भनें, “मेरो निम्‍ति देवदारुको घर किन बनाएको छैनस्?”

  • 1¶ दाऊदले आफ्‍नो निम्‍ति दाऊदको सहरमा भवनहरू बनाए । तिनले परमेश्‍वरका सन्‍दूकको निम्‍ति एउटा ठाउँ तयार गरे र त्‍यसको लागि एउटा पाल टाँगे ।

  • २ इति 1:3-4
    2 पदहरू
    72%

    3अनि सोलोमन र तिनीसँग भएका सबै सभा गिबोनमा भएको अग्‍लो स्‍थानमा गए, किनकि त्‍यहाँ परमेश्‍वरका भेट हुने पाल थियो, जुन परमप्रभुका सेवक मोशाले उजाड-स्‍थानमा बनाएका थिए ।

    4तर दाऊदले परमेश्‍वरको सन्‍दूक किर्यत-यारीमबाट आफूले तयार गरेको ठाउँमा माथि ल्‍याएका थिए,किनकि त्‍यसको निम्‍ति तिनले यरूशलेममा पाल टाँगेका थिए ।

  • 8म तिनीहरूका बिचमा बस्‍न सकूँ भनेर तिनीहरूले मेरो निम्ति एउटा पवित्रस्थान बनाऊन् ।

  • 27किनकि हे सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर, आफ्‍नो सेवकको निम्‍ति तपाईंले एउटा घराना निर्माण गर्नुहुने छ भनी तपाईंले उसलाई प्रकट गर्नुभएको छ । यसैले म तपाईंको सेवकले तपाईंसँग प्रार्थना गर्ने आँट गरेको छु ।

  • 8तिनीहरू यसमा बसे र यसमा यसो भनेर एउटा पवित्र स्थान बनाए,

  • १ राजा 8:16-17
    2 पदहरू
    71%

    16'मैले मेरो जाति इस्राएललाई मिश्रबाट बाहिर ल्याएको दिनदेखि मेरो नाउँ राख्नको लागि मैले इस्राएलका सबै कुलबाट कुनै पनि सहर छानिनँ ।

    17तथापि मेरो जाति इस्राएलमाथि शासन गर्न मैले दाऊदलाई छानेँ ।' इस्राएलका परमेश्वर परमप्रभुको नाउँमा एउटा भवन निर्माण गर्ने इच्छा मेरा पिता दाऊदको ह्रदयमा थियो ।

  • 2तर यहाँ मैले तपाईंको निम्‍ति सदासर्वदा वास गर्न एउटा उच्‍च वासस्‍थान बनाएको छु ।”

  • 2तब दाऊद राजा खडा भए र यसो भने, “ए मेरा दाजुभाइ र मेरा मानिसहरू हो, मेरा कुरा सुन्‍नुहोस् । परमप्रभुको करारका सन्‍दूकको निम्‍ति एउटा मन्‍दिर, हाम्रा परमेश्‍वरको निम्‍ति एउटा पाउदान बनाउने मेरो इच्‍छा थियो, अनि मैले त्‍यो निर्माण गर्नलाई तयारी पनि गरें ।

  • 29त्यस बेला, मोशाले उजाड-स्‍थानमा बनाएको परमप्रभुको पवित्र वासस्‍थान र होमबलिको वेदी गिबोनको डाँडाको उच्‍च स्‍थानमा नै थिए ।

  • 18तर के परमेश्‍वर साँच्‍चै नै मानिससित पृथ्‍वीमा बस्‍नुहुन्‍छ र? हेर्नुहोस्, सारा संसार र स्वर्गमा पनि तपाईं अटाउनुहुन्‍न भने—मैले निर्माण गरेको यो मन्‍दिरमा त झन्‌ कति साँगुरो हुन्‍छ होला?

  • 27तर के परमेश्वर साँच्चै नै पृथ्वीमा बस्नुहुन्छ र? सारा विश्व र आकाशमा पनि तपाईं अटाउनुहुन्न भने मैले बनाएको यस मन्दिरमा तपाईं कसरी अटाउन सक्नुहुन्छ त!

  • 7भेट हुने पाल, गवाहीको सन्दुक, सन्दुकमाथि राखिने प्रायश्‍चित्तको ढकनी, पालका सबै सरसामान अर्थात्

  • १ इति 22:1-2
    2 पदहरू
    70%

    1¶ तब दाऊदले भने, “इस्राएलको निम्‍ति होमबलिको वेदी सहितको परमप्रभु परमेश्‍वरका मन्‍दिरको ठाउँ यहीं हुनेछ ।”

    2यसैले दाऊदले आफ्ना सेवकहरूलाई इस्राएलमा बसोबास गर्ने परदेशीहरूलाई भेला गराउने हुकुम गरे । तिनले उनीहरूलाई परमेश्‍वरको मन्दिर बनाउन ढुङ्गा काटेर तयार गर्ने काममा खटाए ।

  • 2मानिसले बनाएको होइन, तर परमेश्‍वरले बनाउनुभएको साँचो पवित्र बासस्थानमा उहाँ एक सेवक हुनुहुन्छ ।

  • १ इति 22:6-7
    2 पदहरू
    70%

    6तब तिनले आफ्‍नो छोरा सोलोमनलाई बोलाए र परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति एउटा मन्‍दिर बनाउने आज्ञा दिए ।

    7दाऊदले सोलोमनलाई भने, “ए मेरो छोरो, परमप्रभु मेरा परमेश्‍वरका नाउँको निम्‍ति एउटा मन्‍दिर बनाउने मेरो इच्‍छा थियो ।

  • 27हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्‍वरको स्तुति होस् जसले यरूशलेममा भएको परमप्रभुको मन्दिरको महिमा गर्न राजाको ह्रदयमा यी सबै कुरा हाल्‍नुभयो,

  • 6त्यसको सामु एउटा दलान थियो, र त्यसको सामु खम्बाहरू थिए अनि एउटा बाहिर निस्केको छत थियो ।

  • 19परमप्रभुको करारको सन्दुक राख्नका लागि सोलोमनले मन्दिरको भित्री कोठा तयार पारे ।

  • 5हे याकूब, तिम्रा पालहरू र तिमी बस्‍ने ठाउँ कति सुन्दर छन्!

  • 6तर सारा विश्‍व र स्‍वर्ग नै पनि परमेश्‍वरको निम्‍ति सानो हुन्‍छ भने, कसले उहाँको निम्‍ति मन्‍दिर निर्माण गर्न सक्‍छ? उहाँको सामु बलिदान चढाउनुबाहेक उहाँको निम्‍ति मन्‍दिर निर्माण गर्ने म को हुँ र?

  • 12परमप्रभु राती सोलोमोनकहाँ देखा परेर तिनलाई भन्‍नुभयोः “मैले तेरो प्रार्थना सुनेको छु, र बलिदानको मन्‍दिरको रूपमा यो स्‍थानलाई मैले आफ्‍नो बासस्थानको निम्‍ति चुनेको छु ।

  • 1¶ हे परमप्रभु, तपाईंको पवित्रस्थानमा को बस्‍न सक्छ? तपाईंको पवित्र पर्वतमा को वास गर्न सक्छ?

  • 21मैले त्यहाँ सन्दुकको निम्ति ठाउँ बनाएको छु जसमा परमप्रभुको करार राखिएको छ । उहाँले मिश्रबाट हाम्रा पिता-पुर्खाहरूलाई ल्याउनुहँदा उहाँले तिनीहरूसित यो करार बाँध्नुभएको थियो ।”

  • २ इति 6:4-5
    2 पदहरू
    69%

    4तिनले भने, “परमप्रभु इस्राएलका परमेश्‍वरलाई प्रशंसा होस्, जसले मेरा बुबा दाऊदसँग बोल्‍नुभयो र आफ्‍ना हातले यसो भन्दै प्रतिज्ञा पूरा गर्नुभएको छ,

    5‘मेरो मानिसलाई मिश्रदेशबाट मैले निकालेर ल्‍याएको दिनदेखि यता इस्राएलका सबै कुलको कुनै पनि सहरलाई मेरो नाउँ कायम राख्‍नलाई एउटा मन्‍दिर बनाउन भनी मैले छानिनँ । न त मेरो मानिस इस्राएलमाथि शासन गर्न मैले कुनै मानिसलाई अगुवा हुनलाई चुनें ।

  • 1¶ त्‍यसपछि ती मानिसले मलाई मन्दिरको पवित्र स्थानमा ल्याए र ढोकाका चौकोसहरू नापे । ती दुवैपट्टि छ हात चौडा थिए ।

  • 10कौसीमा एलीशाको लागि एउटा सानो कोठा बनाऔँ, र त्यसमा एउटा खाट, टेबल, आसन र बत्ती राखौँ । तब तिनी हामीकहाँ आउँदा तिनी त्यहीँ बस्‍नेछन् ।”

  • 69उहाँले आफ्नो पवित्रस्थानलाई स्‍वर्गझैं, उहाँले सदाको निम्ति स्थापना गर्नुभएको पृथ्वीझैं बनाउनुभयो ।

  • 8हे परमप्रभु, तपाईं बस्‍नुहुने मन्‍दिरलाई म प्रेम गर्छु, त्यो ठाउँ जहाँ तपाईंको महिमाले वास गर्छ ।

  • 19अब आफ्‍नो सारा हृदय र आफ्‍नो प्राणले परमप्रभु आफ्‍ना परमेश्‍वरको खोजी गर । उठ र परमप्रभु परमेश्‍वरको पवित्रस्‍थान निर्माण गर । त्यसपछि तिमीहरूले परमप्रभुका करारको सन्‍दूक र परमेश्‍वरका पवित्र कुराहरू परमेश्‍वरको नाउँको निम्‍ति बनाइएको मन्‍दिरमा ल्‍याओ ।”

  • 13तर तपाईं सदासर्वदै रहनलाई मैले एउटा शोभनीय वासस्थान निर्माण गरेको छु ।”