प्रेरितहरूको काम 7:45

अनलक शाब्दिक बाइबल

हाम्रा पुर्खाहरूको पालोमा तिनीहरूले यस पाललाई यहोशूसँगै यस देशमा ल्याए । हाम्रा पुर्खाहरूको उपस्थितिमा परमेश्‍वरले ती जातिहरूलाई बाहिर निकाली तिनीहरूको देश हाम्रा पुर्खाहरूको हातमा दिनुहुँदा यो घटना भएको थियो । दाऊदको समयसम्म यस्तै भयो,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 44:2 : 2 तपाईंले जातिहरूलाई आफ्नै हातले लखेट्नुभयो, तर तपाईंले हाम्रा मानिसहरूलाई बसाल्नुभयो । तपाईंले मानिसहरूलाई कष्‍ट दिनुभयो तर तपाईंले देशमा हाम्रा मानिसहरूलाई फैलाउनुभयो ।
  • प्रेरि 13:19 : 19 कनानमा भएका सातवटा जातिहरूलाई उहाँले नास गरिसकेपछि हाम्रा मानिसहरूलाई तिनीहरूको भूमि आफ्नो उत्तराधिकारका लागि दिनुभयो ।
  • यहो 18:1 : 1 ¶ त्यसपछि इस्राएलका मानिसको सारा सभा शीलोमा जम्‍मा भयो । तिनीहरूले त्यहाँ भेट हुने पाल खडा गरे र त्यो भूमि तिनीहरूको अधीनमा थियो ।
  • यहो 23:9 : 9 किनभने परमप्रभुले ठुलो र बलियो जातिहरूलाई तिमीहरूको सामु धपाउनुभएको छ, आजको दिनसम्म कोही तिमीहरूको सामु खडा हुन सकेको छैन ।
  • यहो 24:18 : 18 त्यसपछि त्यो भूमिमा बसोबास गर्ने एमोरीहरूलगायत सबै मानिसलाई हाम्रो सामु धपाउनुभयो । त्यसैले हामी पनि परमप्रभुको सेवा गर्छौं किनकि उहाँ हाम्रो परमेश्‍वर हुनुहुन्छ ।
  • न्या 18:31 : 31 यसैले शीलोमा परमेश्‍वरको भवन भएसम्म तिनीहरूले मीकाले बनाएका खोपिएका मूर्तिहरूको पुजा गरे ।
  • १ शमू 4:4 : 4 त्यसैले मानिसहरूले शीलोमा मानिसहरू पठाए । तिनीहरूले त्यहाँबाट सर्वशक्‍तमान् परमप्रभुको करारको सन्दुक बोके, जो करूबहरूमाथि विराजमान हुनुहुन्छ । एलीका दुई जना छोराहरू होप्‍नी र पीनहास त्यहाँ परमेश्‍वरको करारको सन्दुकसँगै थिए ।
  • २ शमू 6:1-9 : 1 ¶ दाऊदले फेरि पनि इस्राएलका चुनिएका सबै तिस हजार मानिसलाई एकसाथ भेला पारे । 2 दाऊद उठे र यहूदाको बालाबाट पमरप्रभुको सन्दुक ल्याउनलाई आफूसँग भएका सबै मानिसलाई साथमा लिएर गए, जसलाई सर्वशकक्‍तिमान् परमप्रभुको नाउँद्वारा पुकारा गरिन्‍छ जो करूबहरूमाथि विराजमान हुनुहुन्छ । 3 तिनीहरूले परमप्रभुको सन्दुकलाई एउटा नयाँ गाडामा राखे । तिनीहरूले यसलाई अबीनादाबको घरबाट बाहिर ल्याए, जुन डाँडामाथि थियो । तिनका छोराहरू उज्‍जाह र अहियोले त्‍यो नयाँ गाडालाई ठेल्‍दै थिए । 4 तिनीहरूले परमेश्‍वरको सन्दुकसहितको गाडालाई डाँडामा भएको अबीनादाको घरबाट बाहिर ल्याए । अहियो सन्दुकको अगिअगि हिंडिरहेका थिए । 5 तब दाऊद र इस्राएलका सबै घरानाले परमप्रभुको सामु काठका साधनहरू, वीणा, सारङ्गी, खैंजडीहरू, मृदङ्ग र झ्यालीहरू बजाउँदै उत्सव मनाउन थाले । 6 जब तिनीहरू नाकोनको खलामा आइपुगे, तब गोरुहरूले ठेस खाए, र उज्‍जाहले परमेश्‍वरको सन्दुक समात्‍नलाई आफ्‍नो हात पसारे र तिनले त्‍यो समाते । 7 त्यसपछि परमप्रभुको रिस उज्‍जाहको विरुद्ध दन्कियो । तिनको पापको कारणले परमेश्‍वरले तिनलाई त्यहाँ आक्रमण गर्नुभयो । उज्‍जाह त्यहाँ नै परमेश्‍वरको सन्दुकनेर मरे । 8 दाऊद रिसाए, किनभने परमप्रभुले उज्‍जाहलाई आक्रमण गर्नुभएको थियो र तिनले त्यस ठाउँलाई फारेस-उज्‍जाह भने । त्यस ठाउँलाई आज पनि फारेस-उज्‍जाह नै भनिन्छ । 9 दाऊद त्यस दिन परमप्रभुसँग डराएका थिए । तिनले भने, “परमप्रभुको सन्दुक मकहाँ कसरी आउन सक्छ?” 10 त्यसैले दाऊदले परमप्रभुको सन्दुकलाई दाऊदको सहरमा लान तत्पर भएनन् । बरु, तिनले यसलाई गित्ती ओबेद-एदोमको घरमा राखे । 11 पमरप्रभुको सन्दुक गित्ती ओबेद-एदोमको घरमा तीन महिनासम्म रह्यो । त्यसैले परमप्रभुले तिनलाई र तिनका सबै घरानालाई आशिष् दिनुभयो । 12 अब दाऊद राजालाई भनियो, “परमेश्‍वरको सन्दुकको कारणले परमप्रभुले एदोमको घर र तिनीसँग भएका हरेक कुरामा आशिष् दिनुभएको छ ।” त्यसैले दाऊद गए र तिनले परमेश्‍वरको सन्दुकलाई एदोमको घरबाट दाऊदको सहरमा आनन्द साथ ल्याए । 13 जब परमप्रभुको सन्दुक बोक्‍नेहरू छ कदम अगि बढ्‍थे, तब तिनले एउटा साँढे र एउटा पोसेको बाछो बलि चढाउँथे । 14 पमरप्रभुको सामु आफ्‍नो सारा शक्ति लगाएर दाऊद नाचे । तिनले सूतीको एपोद मात्र लगाएका थिए । 15 यसरी दाऊद र इस्राएलका सबै घरानाले परमप्रभुको सन्दुक रमाहट गर्दै र तुरही बजाउँदै लिएर आए । 16 अब जब परमप्रभुको सन्दुक दाऊदको सहरमा आयो, तब शाऊलकी छोरी मीकलले झ्यालबाट बाहिर हेरिन् । परमप्रभुको सामु दाऊद राजा उफ्रँदै र नाँच्दै गरेको तिनले देखिन् । तब आफ्‍नो हृदयमा तिनले उनलाई घृणा गरिन् । 17 तिनीहरू परमप्रभुको सन्दुक ल्याए र त्‍यसको निम्‍ति दाऊदले तयार पारेका बिचको पालमा त्‍यसको आफ्नै ठाउँमा त्‍यो राखे । तब दाऊदले परमप्रभुको सामु होमबलि र मेलबलिहरू चढाए । 18 जब दाऊदले होमबलि र मेलबलिहरू चढाएर सिद्ध्याए, तिनले मानिसहरूलाई सर्वशक्तिमान् परमप्रभुको नाउँमा आशिष् दिए । 19 त्यसपछि तिनले सबै मानिसका माझमा, सम्पूर्ण इस्राएलको भिडलाई पुरुष र महिला दुवैलाई एउटा रोटी, एक डल्लो खजूर र एक झुप्पा किसमिस बाँडिदिए । अनि सबै मानिस विदा भए । प्रत्‍येक व्‍यक्‍ति उसको आफ्‍नै घरमा फर्कियो । 20 त्यसपछि दाऊद आफ्‍नो परिवारलाई आशिष् दिन फर्केर गए । शऊलकी छोरी मीकल दाऊदलाई भेट्न आइन् र भनिन्, “इस्राएलको राजाको आज कति ठुलो इज्‍जत भएको, जसले आफ्नो सेविकाहरू र सेवकहरूको माझ निर्लज्‍ज रूपमा आफूलाई निवर्वस्‍त्र पार्ने कुपात्रले झैं आफैलाई निर्वस्‍त्र तुल्याए ।” 21 दाऊदले मीकललाई जवाफ दिए, “त्यो मैले परमप्रभुको सामु गरें, जसले मलाई तिम्रा बुबा र तिनका सबै परिवारमाथि चुन्‍नुभयो, जसले मलाई परमप्रभुका मानिसहरू इस्राएलमाथि अगुवा चुन्‍नुभयो । परमप्रभुको सामु म आनन्दित हुने छु । 22 म योभन्दा अझ धेरै अप्रतिष्ठित हुने छु र म मेरै आँखामा अपमानिस हुने छु । तर तिमीले भनेकी यी सेविकाहरूद्वारा नै मेरो इज्‍जत गरिने छ ।” 23 त्यसैले शाऊलकी छोरी मीकलको मृत्युको दिनसम्म पनि कुनै सन्तान भएन ।
  • १ राजा 8:4 : 4 तिनीहरूले परमप्रभुको सन्दुक, भेट हुने पाल र पालभित्र भएका सजावटका सबै पवित्र सामान ल्याए । पुजारी र लेवीहरूले यी सामानहरू ल्याएका थिए ।
  • १ इति 15:1-9 : 1 ¶ दाऊदले आफ्‍नो निम्‍ति दाऊदको सहरमा भवनहरू बनाए । तिनले परमेश्‍वरका सन्‍दूकको निम्‍ति एउटा ठाउँ तयार गरे र त्‍यसको लागि एउटा पाल टाँगे । 2 तब दाऊदले भने, “परमेश्‍वरको सन्दूक लेवीहरूले मात्र बोकून, किनकि परमप्रभुको सन्‍दूक बोक्‍न र सदासर्वदा उहाँको सेवा गर्न परमप्रभुले तिनीहरूलाई नै चुन्‍नुभएको थियो ।” 3 त्यसपछि परमप्रभुको सन्‍दूकलाई त्‍यसको निम्‍ति तयार गरिएको ठाउँमा ल्‍याउनलाई दाऊदले सारा इस्राएललाई यरूशलेममा भेला गराए । 4 दाऊदले हारूनका सन्‍तानहरू र लेवीहरूलाई एकसाथ भेला गराए । 5 कहातका सन्‍तानबाट मुखिया उरीएल र तिनका आफन्तहरू १२० जना थिए । 6 मरारीका सन्‍तानबाट मुखिया असायाह र तिनका आफन्तहरू २२० जना थिए । 7 गेर्शोनका सन्‍तानबाट मुखिया योएल र तिनका आफन्तहरू १३० जना थिए । 8 एलीजापानका सन्‍तानबाट मुखिया शमायाह र तिनका आफन्तहरू २०० जना थिए । 9 हेब्रोनका सन्‍तानबाट एलीएल मुखिया र तिनका आफन्तहरू ८० जना थिए । 10 उज्‍जीएलका सन्‍तानबाट मुखिया अम्‍मीनादाब र तिनका आफन्तहरू ११२ जना थिए । 11 दाऊदले सादोक र अबियाथार पुजारीहरू, अनि लेवी उरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्‍मीनादाबलाई बोलाए । 12 तिनले उनीहरूलाई भने, “तिमीहरू लेवीहरूका परिवारका मुखियाहरू हौ । तिमीहरू र तिमीहरूका दाजुभाइले आफूलाई पवित्र गर, ताकि परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूक राख्‍न मैले तयार पारेको ठाउँमा तिमीहरूले त्‍यसलाई ल्याउन सक्‍छौ । 13 तिमीहरूले यसलाई पहिलो पल्‍ट बोकेनौ । यसैले परमप्रभु हाम्रा परमेश्‍वर हामीमाथि क्रोधित हुनुभयो, किनकि हामीले उहाँको खोजी गरेनौं वा उहाँको आज्ञा पालन गरेनौं ।” 14 यसैले परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूकलाई तिनीहरूले ल्‍याउन सकून् भनेर पुजारीहरू र लेवीहरूले आफैलाई पवित्र गरे । 15 यसैले परमप्रभुको वचनको अनुरण गरेर मोशाले आज्ञा दिएझैं लेवीहरूले परमेश्‍वरको सन्‍दूकलाई आ-आफ्‍ना काँधमा डन्‍डाले बोकेर ल्‍याए । 16 लेवीहरूका मुखियाहरूले आ-आफ्‍ना दाजुभाइलाई बाजा, सारङ्गी, वीणा र झ्‍यालीको साथ ठुलो स्वरमा र आफ्ना स्वरहरू उचालेर आनन्दका साथ सङ्गीत बजाउनको निम्ति नियुक्त गरून् भनी दाऊदले हुकुम दिए । 17 यसैले लेवीहरूले योएलका छोरा हेमान, र तिनका दाजुभाइमध्ये बेरेक्‍याहका छोरा आसापलाई नियुक्‍त गरे । तिनीहरूले मरारीहरूको सन्तानका आफन्त कूशायाहका छोरा एतानलाई पनि नियुक्‍त गरे ।
  • १ इति 16:39 : 39 सादोक पुजारी र तिनका मित्र पुजारीहरूलर गिबोन डाँडामा भएको परमप्रभुको पवित्र वासस्‍थानको सामु सेवा गर्नुपर्थ्‍यो ।
  • १ इति 21:29 : 29 त्यस बेला, मोशाले उजाड-स्‍थानमा बनाएको परमप्रभुको पवित्र वासस्‍थान र होमबलिको वेदी गिबोनको डाँडाको उच्‍च स्‍थानमा नै थिए ।
  • नहे 9:24 : 24 त्यसैले मानिसहरू देशभित्र प्रवेश गरी यसको अधिकार गरे, र तिनीहरूकै सामु त्यस देशका बासिन्दाहरू अर्थात् कनानीहरूलाई तपाईंले अधीनमा ल्याउनुभयो । इस्राएलले इच्छा लागेअनुसार कनानीहरूलाई व्यवहार गरून् भनेर तपाईंले कनानीहरू, तिनीहरूका राजाहरू, देशका जनताहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो ।
  • इब्रा 4:8 : 8 किनकि यदि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए, परमेश्‍वरले अर्को दिनको विषयमा बोल्नुहुने थिएन ।
  • भजन 78:55 : 55 तिनीहरूको सामुबाट उहाँले जातिहरूलाई धपाउनुभयो र तिनीहरूलाई आफ्‍नो उत्तराधिकार दिनुभयो । इस्राएलका कुलहरू उहाँले तिनीहरूका आफ्‍ना पालहरूमा बसाल्नुभयो ।
  • व्यव 32:49 : 49 “यरीहोको सामु मोआब देशमा भएको अबारीम पहाडको नेबो डाँडामाथि उक्लेर जा । मैले इस्राएलीहरूलाई तिनीहरूको अधिकारस्वरूप दिन लागेको कनान देशलाई हेर् ।
  • यहो 3:6-7 : 6 योहोशूले पुजारीहरूलाई भने, “करारको सन्दुक लेओ र मानिसहरूको अगिअगि जाओ ।” त्यसैले तिनीहरूले करारको सन्दुक उठाए र मानिसहरूको अगिअगि गए । 7 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “आज म तँलाई इस्राएलका मानिसहरूको नजरमा महान् व्यक्‍ति बनाउने छु । म जसरी मोशासँग थिएँ, त्यसै गरी म तँसँग पनि छु भनी तिनीहरूले जान्‍ने छन् ।
  • यहो 3:11-17 : 11 हेर, सारा पृथ्वीका परमप्रभुको करारको सन्दुक यर्दन नदीमा तिमीहरूको अगिअगि जाने छ । 12 अब इस्राएलका हरेक कुलबाट एक-एक जना गरी बाह्र जना मानिस छान । 13 जब सारा पृथ्वीका प्रभुहरूका परमप्रभुको करारको सन्दुक बोक्‍ने पुजारीहरूको खुट्टाले यर्दन नदीको पानी छुन्छ यर्दनको पानी रोकिने छ र माथिबाट तल बग्दै गरेको पानी पनि बग्‍न छोड्ने छ र त्यो एक थुप्रो भएर रहने छ । 14 त्यसैले जब मानिसहरू यर्दन पारि जानलाई हिँडे, पुजारीहरूले करारको सन्दुकलाई बोकेर मानिसहरूको अगिअगि गए । 15 ती करारको सन्दुक बोक्‍नेहरू यर्दन नदीमा आउने र तिनीहरूका खुट्टाले पानी छुने बित्तिकै (कटनीको समयभरि नै यर्दन नदीको पानी यसको किनारासम्म पुग्छ) 16 माथिबाट तलतिर बग्दै गरेको पानी एक थुप्रो भई रोकियो । 17 पानी निकै माथिदेखि नै बग्‍न छोड्यो । पानी सार्तान नजिकैको आदम नाम गरेको सहरबाट नेगेवको समुद्र अर्थात् मृत सागरसम्म नै बग्‍न छोड्यो । मानिसहरू यरीहो नजिकै पारि तरे । इस्राएलका मानिसहरूले सुक्खा भूमिमा पार नगरेसम्म परमप्रभुको करारको सन्दुक बोक्‍ने पुजारीहरू यर्दन नदीको बिचमा सुक्खा जमिनमा उभिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 44उजाड-स्थानमा हाम्रा पुर्खाहरूको गवाहीको पवित्र वासस्थान थियो जुन परमेश्‍वरले मोशालाई आज्ञा गर्नुभएमुताबिक उहाँले देखाउनुभएको नमुनाबमोजिम बनाइएको थियो ।

  • 46जसले परमेश्‍वरको दृष्‍टिमा निगाह पाए र तिनले याकूबका परमेश्‍वरको निम्ति एउटा वासस्थान निर्माण गर्नका निम्ति अनुरोध गरे ।

  • भजन 78:54-55
    2 पदहरू
    74%

    54त्‍यसपछि उहाँले तिनीहरूलाई आफ्‍नो पवित्र देशको सिमानामा, उहाँको दहिने हातले प्राप्‍त गरेको यो पर्वतमा ल्याउनुभयो ।

    55तिनीहरूको सामुबाट उहाँले जातिहरूलाई धपाउनुभयो र तिनीहरूलाई आफ्‍नो उत्तराधिकार दिनुभयो । इस्राएलका कुलहरू उहाँले तिनीहरूका आफ्‍ना पालहरूमा बसाल्नुभयो ।

  • 73%

    17इस्राएलका यी मानिसहरूका परमेश्‍वरले हाम्रा पितापुर्खाहरूलाई चुनेर र मिश्रदेशमा रहँदा तिनीहरूलाई संख्यामा धेरै बढाउनुभयो र आफ्नो उचालिएको बाहुलीद्वारा तिनीहरूलाई त्यहाँबाट बाहिर निकाल्नुभयो ।”

    18उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाड स्थानमा सहनुभयो।

    19कनानमा भएका सातवटा जातिहरूलाई उहाँले नास गरिसकेपछि हाम्रा मानिसहरूलाई तिनीहरूको भूमि आफ्नो उत्तराधिकारका लागि दिनुभयो ।

  • 73%

    38यी तिनै मानिस हुन् जो उजाड-स्थानमा भएको समुदायसित स्वर्गदूतसँगै थिए जो सीनै पर्वतमा तिनीसित बोलेका थिए । यी तिनै मानिस थिए जो हाम्रा पुर्खाहरूसित थिए; यी तिनै मानिस थिए जसले हामीलाई दिन जीवित वचनहरू प्राप्‍त गरे ।

    39यी तिनै मानिस थिए जसप्रति हाम्रा पुर्खाहरू आज्ञाकारी बनेनन्; तिनीहरूले तिनलाई पन्छाए र तिनीहरू आफ्ना हृदयमा मिश्रमा फर्कने चाहना गरे ।

  • 7हे हाम्रा परमेश्‍वर, के तपाईंले नै आफ्‍नो मानिस इस्राएलका सामुबाट यस देशका बासिन्‍दाहरूलाई धपाउनुभएको र यसलाई सदासर्वदाको निम्ति अब्राहामका सन्‍तानलाई दिनुभएको होइन र?

  • 23उहाँले हामीलाई त्यहाँबाट बाहिर ल्याउनुभयो ताकि हाम्रा पुर्खाहरूसित शपथ खानुभएको देशभित्र उहाँले हामीलाई ल्याउन सक्‍नुभएको होस् ।

  • 38उहाँले तिमीहरूकै सामु तिमीहरूभन्दा शक्तिशाली र महान् जातिलाई धपाइदिनुभयो ताकि तिमीहरूलाई भित्र ल्याई सम्पत्तिको रूपमा तिनीहरूको देश दिन सकून् जस्तो आज उहाँले गर्नुभएको छ ।

  • नहे 9:23-24
    2 पदहरू
    72%

    23तपाईंले तिनीहरूका सन्तानहरूलाई आकाशका ताराजत्तिकै अनगिन्ती बनाउनुभयो, र तपाईंले तिनीहरूका पिता-पुर्खाहरूलाई अधिकार गर्न दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा तिनीहरूलाई ल्याउनुभयो ।

    24त्यसैले मानिसहरू देशभित्र प्रवेश गरी यसको अधिकार गरे, र तिनीहरूकै सामु त्यस देशका बासिन्दाहरू अर्थात् कनानीहरूलाई तपाईंले अधीनमा ल्याउनुभयो । इस्राएलले इच्छा लागेअनुसार कनानीहरूलाई व्यवहार गरून् भनेर तपाईंले कनानीहरू, तिनीहरूका राजाहरू, देशका जनताहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो ।

  • व्यव 9:4-5
    2 पदहरू
    72%

    4तिमीहरूकै सामु परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई निकाल्नुभएपछि आफ्नो ह्रदयमा यसो नभन, 'मेरो धार्मिकताको कारणले गर्दा परमप्रभुले मलाई यो देश अधिकार गर्न ल्याउनुभएको छ ।' बरु यी जातिहरूको दुष्‍टताको कारणले परमप्रभुले तिनीहरूलाई तिमीहरूकै सामु धपाउँदै हुनुहुन्छ ।

    5तिमीहरूको धार्मिकता वा तिमीहरूको ह्रदयको सोझोपनको कारणले गर्दा तिमीहरूले तिनीहरूको देश अधिकार गर्न लागेका होइनौ, तर यी जातिहरूको दुष्‍टताको कारणले गर्दा तिमीहरूका परमेश्‍वरले तिमीहरूकै सामुन्‍ने तिनीहरूलाई धपाउँदै हुनुहुन्छ ताकि उहाँले तिमीहरूका पुर्खाहरू अब्राहाम, इसहाक र याकूबसित शपथ खानुभएको वचनलाई सत्य साबित गर्न सकून् ।

  • 1¶ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्ने देशमा ल्याउनुहुँदा उहाँले तिमीहरूकै सामु तिमीहरूभन्दा महान् र शक्तिशाली सात जाति हित्ती, गिर्गाशी, एमोरी, कनानी, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई धपाउनुहुने छ ।

  • 11हेर्नुहोस्, यिनीहरूले हामीलाई कस्तो प्रतिफल दिइरहेका छन् । तपाईंले हामीलाई अधिकार गर्न दिनुभएको ठाउँदेखि हामीलाई धपाउन तिनीहरू आउँदै छन्‌ ।

  • 52तपाईंहरूका पुर्खाले कुनचाहिँ अगमवक्‍तालाई सताएनन्? तिनीहरूले अगमवक्‍ताहरूलाई मारे जो धर्मी जनको आगमनअगि देखा परेका थिए । अहिले आएर तपाईंहरूले उहाँका विश्‍वासघाती र उहाँका हत्यारा बन्‍नु भएको छ ।

  • भजन 44:1-2
    2 पदहरू
    70%

    1¶ हे परमेश्‍वर, हामीले हाम्रो कानले सुनेका छौं, हाम्रा पुर्खाहरूका समयमा, प्राचीन दिनहरूमा जे काम तपाईंले गर्नुभयो ति तिनीहरूले हामीलाई भनेका छन् ।

    2तपाईंले जातिहरूलाई आफ्नै हातले लखेट्नुभयो, तर तपाईंले हाम्रा मानिसहरूलाई बसाल्नुभयो । तपाईंले मानिसहरूलाई कष्‍ट दिनुभयो तर तपाईंले देशमा हाम्रा मानिसहरूलाई फैलाउनुभयो ।

  • 8जब याकूब मिश्रदेशमा गए, र तिमीहरूका पुर्खाहरूले परमप्रभुसँग पुकारा गरे तब परमप्रभुले मोशा र हारून पठाउनुभयो जसले तिमीहरूका पुर्खाहरूलाई मिश्रदैशबाट बाहिर ल्याए र तिनीहरू यस ठाउँमा बसोबास गरे ।

  • 5परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई धपाउनुहुने छ । उहाँले तिनीहरूलाई तिमीहरूका खातिर फ्याँक्‍नुहुने छ । उहाँले तिनीहरूको भू-भाग कब्जा गर्नुहुने छ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूको भूमि अधीन गर्ने छौ ।

  • 5परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूका पिता-पुर्खाहरूले अधिकार गर्नुभएको र तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूलाई ल्याउनुहुने छ । उहाँले तिमीहरूको भलो गर्नुहुने छ र तिमीहरूका पिता-पुर्खाहरूभन्दा तिमीहरूलाई सङ्ख्यामा वृद्धि गर्नुहुने छ ।

  • 8हेर, मैले यो देश तिमीहरूको सामु राखिदिएको छु । परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरू अर्थात् अब्राहाम, इसहाक र याकूबसित तिनीहरू र तिनीहरूका सन्तानहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा गएर यसलाई कब्जा गर ।'

  • 53किनकि हे परमप्रभु, तपाईंले हाम्रा पुर्खाहरूलाई मिश्रबाट ल्याउनुहुँदा तपाईंका दास मोशालाई व्याख्या गर्नुभएझैँ तपाईंकै हुन र तपाईंका प्रतिज्ञाहरू प्राप्त गर्न तपाईंले नै तिनीहरूलाई पृथ्वीका सबै जातिबाट अलग गर्नुभयो ।”

  • यहो 24:17-18
    2 पदहरू
    69%

    17किनभने हामीलाई र हाम्रा पुर्खाहरूलाई मिश्र अर्थात् दासत्वको घरबाट ल्याउनुहुने परमप्रभु नै हाम्रा परमेश्‍वर हुनुहुन्छ, र उहाँले हाम्रो दृष्‍टिमा ठुला-ठुला चिन्हका कामहरू गर्नुभयो, हामी हिँडेका सबै मार्गमा र हामीले पार गरेका सबै जातिमाझ हामीलाई सुरक्षा दिनुभयो ।

    18त्यसपछि त्यो भूमिमा बसोबास गर्ने एमोरीहरूलगायत सबै मानिसलाई हाम्रो सामु धपाउनुभयो । त्यसैले हामी पनि परमप्रभुको सेवा गर्छौं किनकि उहाँ हाम्रो परमेश्‍वर हुनुहुन्छ ।

  • 13अब्राहाम, इसहाक र याकूब हाम्रा पूर्खाका परमेश्‍वरले उहाँका सेवक येशूलाई महिमित पार्नुभएको छ । उहाँ नै हुनुहुन्छ जसलाई तपाईंहरूले पिलातसकहाँ सुम्पनुभयो र तिनले उहाँलाई छोड्ने निर्णय गर्दा पनि तपाईंहरूले तिनको सामु उहाँलाई इन्कार गर्नुभयो ।

  • 6किनकि हाम्रा पुर्खाहरूले पाप गरे र परमप्रभु हाम्रा परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो सो गरे । तिनीहरूले उहाँलाई त्‍यागे, परमप्रभुको बस्‍नुहुने ठाउँबाट आफ्नो मुहारहरू फर्काए, र त्यसतर्फ आफ्‍ना पीठ फर्काए ।

  • 43यसरी परमप्रभुले इस्राएलका पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको सबै भू-भाग दिनुभयो । इस्राएलीहरूले यो कब्जा गरे र त्यहाँ बसोबास गरे ।

  • 23परमप्रभुले तिमीहरूकै सामु यी सबै जातिलाई धपाइदिनुहुने छ, र तिमीहरूले तिमीहरूभन्दा महान् र शक्तिशाली जातिहरूलाई पराजित गर्ने छौ ।

  • 15तर परमप्रभुले तिनीहरूलाई पनि तिमीहरूलाई झैँ विश्राम नदिनुभएसम्म तिमीहरूका योद्धाहरू तिमीहरूका भाइहरूसँग पारि जाने छन् र तिनीहरूलाई सहायता गर्ने छन् ।

  • 29परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सामु ती जातिहरूलाई निष्कासन गर्नुहँदा तिमीहरू त्यहाँ गई तिनीहरूलाई पराजित गर्ने छौ र तिनीहरूको देशमा बस्‍ने छौ ।

  • 15किनकि तपाईंको सामु हामी परदेशी र घुमन्‍तेहरू हौं । हाम्रा सबै पुर्खाहरू पनि त्‍यस्‍तै थिए । पृथ्‍वीमा हाम्रा दिन छायाजस्‍तो हो र पृथ्वीमा रहिरहने आशा छँदैछैन ।

  • 15हाम्रा पुर्खाहरू मिश्रमा गए र मिश्रमा नै लामो समयसम्म बसेको तपाईंलाई थाहा छ । मिश्रीहरूले हामी र हाम्रा पुर्खाहरूलाई रुखो व्यवहार गरे ।

  • 7हाम्रा पिता-पुर्खाहरूलेपाप गरे, र अब तिनीहरू छैनन्, र हामीले तिनीहरूका अधर्मको फल भोग्दछौँ ।

  • 73त्यो करारचाहिँ उहाँले हाम्रा पुर्खा अब्राहामसँग गर्नुभएको शपथ हो ।

  • 23यसरी इस्राएलका परमप्रभु परमेश्‍वरले आफ्‍ना मानिस इस्राएलको सामुबाट एमोरीहरूलाई खेद्‍नुभएको हो, र के तपाईं अब उनीहरूको देशमाथि अधिकार गर्नुहुन्‍छ?

  • 4हाम्रा पुर्खाहरूले तपाईंलाई भरोसा गरे । तिनीहरूले तपाईंमा भरोसा गरे र तपाईंले तिनीहरूलाई बचाउनुभयो ।

  • 8तपाईंले तिनको हृदय तपाईंको सामु विश्‍वासयोग्य भएको भेट्टाउनुभयो, र तिनका सन्तानहरूलाई कनानी, हित्ती, एमोरी, परिज्‍जी, यबूसी र गिर्गाशीहरूको देश दिने प्रतिज्ञा गर्नुभयो । तपाईंले आफ्नो प्रतिज्ञा पुरा गर्नुभएको छ किनकि तपाईं धर्मी हुनुहुन्छ ।

  • 27हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्‍वरको स्तुति होस् जसले यरूशलेममा भएको परमप्रभुको मन्दिरको महिमा गर्न राजाको ह्रदयमा यी सबै कुरा हाल्‍नुभयो,

  • 3यहोशूले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु तिमीहरूका पुर्खाले तिमीहरूलाई दिनुभएको भू-भागमा जान तिमीहरूले कहिलेसम्म पछि सारिरहन्छौ?

  • 58उहाँका सबै मार्गमा जिउन, र उहाँले हाम्रा पिता-पुर्खाहरूलाई दिनुभएका उहाँका आदेशहरूसाथै निर्देशनहरू अनि विधिविधानहरू पालन गर्न उहाँले हाम्रा ह्रदय आफूतर्फ फर्काऊन् ।

  • 44उहाँले तिनीहरूलाई जातिहरूका देश दिनुभयो । तिनीहरूले मानिसहरूका सम्पत्तिमाथि आफ्नो अधिकार जमाए,

  • 8तिनीहरू एश्कोलको बेँसीमा गए ।

  • प्रेरि 7:5-6
    2 पदहरू
    68%

    5उहाँले तिनलाई कुनै पनि कुरा पैत्तृक सम्पत्तिको रूपमा दिनुभएन, यहाँसम्म कि पर्याप्‍त पाइला राख्‍ने ठाउँसम्म पनि दिनुभएन । तर अब्राहामको कुनै सन्तान नहुँदा पनि उहाँले त्यो देश तिनलाई सम्पत्तिको रूपमा दिनुहुनेथियो र त्यसपछि तिनका सन्तानहरूलाई दिनुहुनेथियो भनी तिनीसित प्रतिज्ञा गर्नुभयो ।

    6परमेश्‍वरले तिनलाई भन्दै हुनुहुन्थ्यो कि तिनका सन्तानहरू विदेशी भूमिमा केही समयको लागि बस्‍नेथिए र त्यहाँका बासिन्दाहरूले तिनीहरूलाई कमारा तुल्याउनेथिए र चार सय वर्षसम्म तिनीहरूलाई थिचोमिचो गर्नेथिए ।

  • 7तिमीहरू आफ्‍ना पुर्खाहरू वा आफ्ना दाजुभाइजस्‍तै नहोओ, जसले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको विरुद्धमा विश्‍वासघात गरे, जसले गर्दा उहाँले तिनीहरूलाई त्रासका पात्र तुल्‍याउनुभयो, जुन तिमीहरूले देख्छौ ।

  • 2स्तिफनसले भने, “दाजुभाइ तथा पिताहरू हो, मेरो कुरा सुन्‍नुहोस्ः हाम्रा पिता अब्राहाम हारानमा बस्‍नुअगि महिमाका परमेश्‍वर मेसोपोटामियामा तिनीकहाँ देखा पर्नुभयो ।