प्रेरितहरूको काम 13:17

अनलक शाब्दिक बाइबल

इस्राएलका यी मानिसहरूका परमेश्‍वरले हाम्रा पितापुर्खाहरूलाई चुनेर र मिश्रदेशमा रहँदा तिनीहरूलाई संख्यामा धेरै बढाउनुभयो र आफ्नो उचालिएको बाहुलीद्वारा तिनीहरूलाई त्यहाँबाट बाहिर निकाल्नुभयो ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 7:6-8 : 6 किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरका निम्ति अलग गरिएका जाति हौ । उहाँले तिमीहरूलाई पृथ्वीको धरातलमा भएका अन्य कुनै पनि जातिहरूभन्दा उहाँको जातिको रूपमा अधिकार हुन चुन्‍नुभएको छ । 7 अरू जातिहरूभन्दा तिमीहरू सङ्ख्यामा धेरै भएकाले परमप्रभुले तिमीहरूलाई प्रेम देखाउनुभएको होइन वा चुन्‍नुभएको होइन किनकि तिमीहरू सबै जातिभन्दा सङ्ख्यामा थोरै छौ । 8 तर उहाँले तिमीहरूलाई प्रेम गर्नुहुने भएकोले र उहाँले तिमीहरूका पिता-पुर्खाहरूसित खानुभएको शपथ पुरा गर्ने इच्छा गर्नुभएकोले तिमीहरूलाई चुन्‍नुभएको हो ।
  • भजन 105:23-24 : 23 त्‍यसपछि इस्राएल मिश्रदेशमा गए र याकूब केही समय हामको देशमा बसे । 24 परमप्रभुले आफ्ना मानिसहरूलाई फल्दोफुल्दो बनाउनुभयो र तिनीहरूलाई आफ्‍ना शत्रुहरूभन्दा बलियो बनाउनुभयो ।
  • भजन 105:26-39 : 26 आफूले चुन्‍नुभएका आफ्ना सेवक मोशा र हारूनलाई उहाँले पठाउनुभयो । 27 तिनीहरूले मिश्रीहरूका माझमा उहाँका चिन्हहरू, हामको देशमा उहाँ अचम्मका कामहरू गरे । 28 उहाँले अन्धकार पठाउनुभयो र त्यो देशलाई अँध्‍यारो बनाउनुभयो, तर त्‍यसका मानिसहरूले उहाँका आज्ञाहरू पालन गरेनन् । 29 उहाँले तिनीहरूका पानीलाई रगतमा बद्लिनुभयो र तिनीहरूका माछाहरू मार्नुभयो । 30 तिनीहरूका देश, तिनीहरूका शासकहरूका कोठाहरूमा समेत भ्यागुताहरूले भरिए । 31 उहाँले बोल्नुभयो र झिंगाहरू र भुसुनाहरूको हुल तिनीहरूको देशभरि आए । 32 तिनीहरूका देशमा बलिरहेको आगोको ज्वालासहित, उहाँले तिनीहरूको वर्सालाई असिनामा बद्लिनुभयो । 33 उहाँले तिनीहरूका दाखका बोटहरू र अञ्‍जीरका रूखहरू नष्‍ट पार्नुभयो । उहाँ तिनीहरूका देशका रूखहरू भाँच्‍नुभयो । 34 उहाँ बोल्नुभयो र सलहहरू, साह्रै नै धेरै सलहहरू आए । 35 सलहहरूले तिनीहरूका देशमा भएका सबै वनस्पतिहरू खाए । तिनीहरूले जमिनका सबै फसलहरू खाए । 36 तिनीहरूका देशमा भएका हरेक जेठा सन्तान, तिनीहरूका बलको पहिलो फललाई उहाँले मार्नुभयो । 37 उहाँले इस्राएलीहरूलाई सुन र चाँदीसहित हाबिर निकालेर ल्याउनुभयो । उहाँका कुलमध्‍ये कुनैले पनि बाटोमा ठेस खाएन । 38 तिनीहरू निस्केर जाँदा मिश्रदेश खुसी थियो, किनकि मिश्रीहरू तिनीहरूसँग डराएका थिए । 39 उहाँले ढाक्‍नलाई बादल फिंजाउनुभयो र रातलाई उज्यालो पार्न आगो बाल्‍नुभयो ।
  • भजन 105:42-43 : 42 किनकि उहाँले आफ्नो सेवक अब्राहामसँग गर्नुभएको आफ्‍नो पवित्र प्रतिज्ञालाइ सम्झिनुभयो । 43 आफ्ना मानिसहरूलाई आनन्दसाथ, उहाँका चुनिएकाहरूलाई जयजयकारको ध्वनिसँगै उहाँले डोर्‍याउनुभयो ।
  • भजन 106:7-9 : 7 हाम्रा पुर्खाहरूले मिश्रदेशमा तपाईंका अचम्मका कामहरूको कदर गरेनन् । तिनीहरूले तपाईंका करारको विश्‍वस्‍तताका धेरै कामहरूलाई बवास्‍ता गरे । तिनीहरू लाल समुद्रमा विद्रोही भए । 8 तापनि, उहाँले आफ्नो नाउँको खातिर तिनीहरूलाई बचाउनुभयो ताकि उहाँले आफ्नो शक्ति प्रकट गर्न सक्‍नुभएको होस् । 9 उहाँले लाल समुद्रलाई हप्कानुभयो र त्‍यो सुक्यो । अनि उहाँले तिनीहरूलाई उजाडस्‍थानमा झैं समुद्रको गहिराइमा डोर्‍याउनुभयो । 10 तिनीहरूलाई घृणा गर्नेहरूको हातबट उहाँले तिनीहरूलाई बचाउनुभयो र शत्रुहरूका हातबाट उहाँले तिनीहरूलाई छुट्टाउनुभयो । 11 तर तिनीहरूका वैरीहरूलाई पानीले छोप्यो । तिनीहरूमध्‍ये एक जना पनि बाँचेन ।
  • भजन 114:1-8 : 1 ¶ जब इस्राएलले मिश्रदेश छोड्‍यो, याकूबका घराना विदेशी भाषा बोल्ने मानिसहरूबाट आयो, 2 तब यहूदा उहाँको पवित्रस्थान र इस्राएल उहाँको राज्य बन्‍यो । 3 समुद्रले हेर्‍यो र भाग्यो । यर्दन पछि फर्कियो । 4 पहाडहरू पाठाहरूझैं उफ्रे, डाँडहरू थुमाहरूझैं उफ्रे । 5 ए समुद्र, तँ किन भागिस्? ए यर्दन, तँ किन पछि फर्किस्? 6 ए पहाड, तँ किन पाठाहरूझैं उफ्रिस्? ए साना डाँडाहरू, तिमीहरू किन थुमाहरूझैं उफ्र्यौ? 7 ए पृथ्वी, परमप्रभुको याकूबका परमेश्‍वरको उपस्थितिमा सामु थरथर हो । 8 उहाँले चट्टानलाई पानीको तलाउमा र कडा चट्टानलाई पानीको मूलमा बद्‍लिनुभयो ।
  • भजन 135:4 : 4 किनकि परमप्रभुले याकूबलाई आफ्नो निम्ति, इस्राएललाई आफ्नो सम्‍पत्तिको रूपमा रोज्‍नुभएको छ ।
  • भजन 135:8-9 : 8 उहाँले मिश्रदेशमा मानिस र पशु दुवैको जेठोलाई मार्नुभयो । 9 उहाँले मिश्रदेशमा तिमीहरूका माझमा फारो र त्यसका सबै सेवकहरूका विरुद्धमा चिन्हहरू र चमत्कारहरू पठाउनुभयो । 10 उहाँले धेरै जातिलाई आक्रमण गर्नुभयो र शक्तिशाली राजाहरूलाई मार्नुभयो,
  • भजन 136:10-15 : 10 उहाँलाई धन्यवाद देओ जसले मिश्रदेशका जेठालाई मार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ । 11 र तिनीहरूको माझबाट इस्राएललाई बाहिर ल्याउनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ । 12 शक्तिशाली हात र उचालिएको बाहुलीले, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ । 13 उहाँलाई धन्यवाद देओ जसले लाल समुद्रलाई विभाजन गर्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ । 14 र इस्राएललाई त्‍यसको माझबाट हिंडाउनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ । 15 तर फारो र तिनका फौजलाई लाल समुद्रमा नष्‍ट पार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
  • यशा 41:8-9 : 8 तर तँ इस्राएल, मेरो सेवक, याकूब, जसलाई मैले चुनेको छु, मेरो मित्र अब्राहमको सन्तान, 9 तँ जसलाई म पृथ्वीको अन्तिम छेउबाट फर्काएर ल्याउँदैछु र जसलाई मैले टाढा ठाउँहरूबाट बोलाएँ, अनि जसलाई मैले भनें, 'तँ मेरो सेवक होस्।' मैले तँलाई चुनेको छु, र तँलाई इन्कार गरेको छैन ।
  • यशा 44:1 : 1 ¶ ए मेरो सेवक, याकूब, ए इस्राएल जसलाई मैले चुनेको छु, अब सुन्:
  • यशा 63:9-9 : 9 तिनीहरूका सबै कष्‍टहरूद्वारा उहाँले पनि कष्‍ट भोग्‍नुभयो, र उहाँको उपस्थितिको स्वर्गदूतले तिनीहरूलाई बचायो । आफ्‍नो प्रेम र दयामा उहाँले तिनीहरूलाई बचाउनुभयो र उहाँले तिनिहरूलाई माथि उठाउनुभयो र सारा प्राचीन समयभरि तिनीहरूलाई बोक्‍नुभयो । 10 तर तिनीहरूले विद्रोह गरे र पवित्र आत्मालाई दुःखी तुल्याए । यसरी उहाँ तिनीहरूका शत्रु हुनुभयो र तिनीहरूका विरुद्धमा युद्ध गर्नुभयो । 11 उहाँका मानिसहरूले मोशाको प्राचीन समयको बारेमा विचार गरे । तिनीहरूले भने, “ परमेश्‍वर कहाँ हुनुहुन्छ जसले आफ्‍ना बथानका गोठालाहरूसँगै तिनीहरूलाई समुद्रबाट ल्याउनुभयो? परमेश्‍वर कहाँ हुनुहुन्छ जसले आफ्‍नो पवित्र आत्मा तिनीहरूका बिचमा राख्‍नुभयो? 12 परमेश्‍वर कहाँ हुनुहुन्छ जसले मोशाको दाहिने हातसँगै आफ्‍नो महिमित शक्ति जान दिनुभयो र आफ्‍नो निम्ति अनन्तको नाउँ बनाउन तिनीहरूका सामु भएको पानीलाई विभाजन गर्नुभयो? 13 परमेश्‍वर कहाँ हुनुहुन्छ जसले तिनीहरूलाई गहिरो पानीबाट डोर्‍याउनुभयो? मैदानमा घोडा दौडेझैं, तिनीहरूले ठेस खाएनन् । 14 गाइवस्तु बेसीमा झरेझैं, परमप्रभुको आत्माले तिनीहरूलाई विश्राम दिनुभयो । यसरी आफ्‍नो निम्‍ति प्रशंसाको नाउँ बनाउनलाई तपाईंले आफ्‍ना मानिसहरूलाई डोर्‍याउनुभयो?
  • यिर्मि 32:20-21 : 20 मिश्रदेशमा तपाईंले चिन्ह र आश्‍चर्यहरू गर्नुभयो । आजको दिनसम्म यहाँ इस्राएलमा र सबै मानव-जातिका बिचमा तपाईंले आफ्नो नाउँ प्रसिद्ध तुल्याउनुभएको छ । 21 किनकि तपाईंले चिन्ह, आश्‍चर्य, शक्तिशाली हात, पसारिएको पाखुरा र भीषण त्रासले आफ्ना मानिस इस्राएललाई मिश्रदेशबाट निकालेर ल्याउनुभयो ।
  • यिर्मि 33:24-26 : 24 “के यी मानिसले भनेका कुरामा तैंले ध्यान दिएको छैनस्? तिनीहरूले भनेका छन्, 'परमप्रभुले चुन्‍नुभएका दुईवटा परिवारलाई उहाँले अहिले त्याग्‍नुभएको छ ।' यसरी तिनीहरूले मेरो मानिसलाई तिरस्कार गर्छन् । तिनीहरूका दृष्‍टमा उनीहरू अब फेरि कुनै एउटा जातिको रूपमा हरेनन् भन्दैछन् । 25 म, परमप्रभु यसो भन्‍छु, 'मैले दिन र रातको करार स्थापित नगरेको भए, र मैले स्वर्ग र पृथ्वीका नियमहरू निधो नगरेको भए, 26 मैले याकूब र मेरा दास दाऊदका सन्तानलाई इन्कार गर्नेथिएँ, र तिनीहरूबाट अब्राहाम, इसहाक र याकूबका सन्तानमाथि राज्‍य गर्न एक जना व्यक्तिलाई ल्याउनेथिइनँ । किनकि म तिनीहरूको सुदिन पुनर्स्थापित गर्नेछु, र तिनीहरूमाथि कृपा देखाउनेछु' ।”
  • आमो 2:10 : 10 साथै मैले तिमीहरूलाई मिश्रदेशबाट निकालेर माथि ल्याएँ, र एमोरीहरूको देश कब्जा गर्नलाई, चालिस वर्षसम्म तिमीहरूलाई मरुभूमिमा डोर्‍याएँ ।
  • मीका 6:4 : 4 किनभने मैले तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ र दासत्वको घरबाट बचाएँ । मैले मोशा, हारून, र मिरियमलाई तिमीहरूकहाँ पठाएँ ।
  • मीका 7:15-16 : 15 मिश्रको भुमिबाट तिमीहरू बाहिर आएका दिनमा झैँ, म तिनीहरूलाई आश्‍चर्य कामहरू देखाउनेछु । 16 जाति-जातिहरूले यो देख्‍नेछन् र आफ्ना शक्तिमाथि लज्‍जित हुनेछन् । तिनीहरूले केही बोल्नेछैनन्, र तिनीहरू बहिरा हुनेछन् ।
  • प्रेरि 7:2-9 : 2 स्तिफनसले भने, “दाजुभाइ तथा पिताहरू हो, मेरो कुरा सुन्‍नुहोस्ः हाम्रा पिता अब्राहाम हारानमा बस्‍नुअगि महिमाका परमेश्‍वर मेसोपोटामियामा तिनीकहाँ देखा पर्नुभयो । 3 उहाँले तिनलाई भन्‍नुभयो, “तिम्रो देश र तिम्रा नातेदारहरूलाई छाड र मैले देखाउने देशमा जाऊ ।” 4 त्यसपछि तिनी कल्दीहरूको देशबाट प्रस्थान गरे अनि तिनी हारानमा आएर बसे । त्यहाँ तिनका पिताको मृत्यु भएपछि परमेश्‍वरले तिनलाई यस देशमा ल्याउनुभयो जहाँ अहिले तपाईंहरू बस्‍नुहुन्छ । 5 उहाँले तिनलाई कुनै पनि कुरा पैत्तृक सम्पत्तिको रूपमा दिनुभएन, यहाँसम्म कि पर्याप्‍त पाइला राख्‍ने ठाउँसम्म पनि दिनुभएन । तर अब्राहामको कुनै सन्तान नहुँदा पनि उहाँले त्यो देश तिनलाई सम्पत्तिको रूपमा दिनुहुनेथियो र त्यसपछि तिनका सन्तानहरूलाई दिनुहुनेथियो भनी तिनीसित प्रतिज्ञा गर्नुभयो । 6 परमेश्‍वरले तिनलाई भन्दै हुनुहुन्थ्यो कि तिनका सन्तानहरू विदेशी भूमिमा केही समयको लागि बस्‍नेथिए र त्यहाँका बासिन्दाहरूले तिनीहरूलाई कमारा तुल्याउनेथिए र चार सय वर्षसम्म तिनीहरूलाई थिचोमिचो गर्नेथिए । 7 परमेश्‍वरले भन्‍नुभयो, “तिनीहरू जुन जातिको अधीनमा कमारा हुनेछन् म तिनीहरूको न्याय गर्नेछु र त्यसपछि तिनीहरू त्यहाँबाट बाहिर निस्‍केर आई यस ठाउँमा मेरो आराधना गर्नेछन् ।” 8 अनि उहाँले अब्राहामसित खतनाको करार बाँध्‍नुभयो । त्यसैले, अब्राहाम इसहाकका पिता बने र तिनले आठौँ दिनमा उनको खतना गरे । इसहाक याकूबका पिता बने र याकूब बाह्र कुलका पिता बने । 9 कुलपतिहरूले योसेफको विरुद्धमा डाह गरे र तिनलाई मिश्रमा बेचिदिए । तर परमेश्‍वर तिनीसित हुनुहुन्थ्यो । 10 र उहाँले तिनलाई सबै दुःखकष्‍टबाट छुटाउनुभयो र मिश्रका राजा फारोको सामने तिनलाई कृपा र बुद्धि दिनुभयो । तब फारोले तिनलाई मिश्र र तिनका सारा घरानाका शासक बनाए । 11 त्यस बेला सारा मिश्र र कनानभरि अनिकाल पर्‍यो र ठुलो सङ्कष्‍ट आइपर्‍यो । परिणाम स्वरूप हाम्रा पुर्खाहरूले कुनै खाना पाएनन् । 12 तर जब मिश्रमा अन्‍न पाईंदोरहेछ भनी याकूबले सुने तिनले पहिले हाम्रा पुर्खाहरूलाई त्यहाँ पठाए । 13 दोस्रो पटकको भेटघाटमा योसेफले आफूलाई आफ्ना दाजुहरूकहाँ प्रकट गरे, र योसेफको परिवारलाई फारोकहाँ परिचित गराइयो । 14 आफ्ना पिता याकूब र तिनका सबै नातेदारहरू अर्थात् पचहत्तर प्राणीलाई मिश्रमा आउनुहोस् भनी तिनले आफ्ना दाजुहरूमार्फत खबर पठाए । 15 त्यसैले याकूब मिश्रमा गए । त्यहाँ तिनको मृत्यु भयो र हाम्रा पुर्खाहरू पनि त्यहीँ नै मरे । 16 तिनीहरूका मृत शरीर शकेममा लगिए र अब्राहामले शकेममा हमोरका छोराहरूबाट चाँदीको मूल्यमा किनेको चिहानमा तिनीहरूलाई गाडियो । 17 परमेश्‍वरले अब्राहामसित प्रतिज्ञा गर्नुभएको समय नजिकिँदै गर्दा मानिसहरू मिश्रमा गुणात्मक रूपमा बढे । 18 त्यसपछि मिश्रमा अर्का राजाको उदय भयो जसले योसेफलाई चिन्दैनथ्ये । 19 ती राजाले हाम्रा मानिसहरूलाई छलगरे र हाम्रा पुर्खाहरूलाई यसरी दुर्व्यवहार गरे कि आफैँलाई बचाउन तिनीहरूले आफ्ना शिशुहरूलाई बाहिर फाल्नुपर्थ्यो । 20 त्यही बेला मोशाको जन्म भयो । तिनी परमेश्‍वरको सामु सुन्दर थिए र तिन महिनासम्म तिनका पिताको घरमा तिनको स्याहार गरियो । 21 जब तिनलाई फ्याँकियो फारोकी छोरीले तिनलाई उठाइन् र तिनलाई आफ्नै छोरासरह हुर्काइन् । 22 मोशालाई मिश्रका सारा विद्यामा शिक्षा दिइयो र तिनी आफ्ना वचन र कर्ममा शक्तिशाली बने । 23 तर जब तिनी करिब चालिस वर्ष पुगे, तिनलाई आफ्ना दाजुहरू अर्थात् इस्राएलीहरूलाई भेट गर्न मन लाग्यो । 24 एक जना इस्राएलीमाथि अन्याय भएको देखेर तिनले उसको रक्षा गरे र अत्याचार गर्ने मिश्रीलाई मारिदिए । 25 परमेश्‍वरले तिनीद्वारा तिनका दाजुभाइहरूको छुट्कारा गर्न खोज्दै हुनुहुन्थ्यो भन्‍ने कुरा तिनीहरूले बुझ्लान् भनी तिनले सोचे, तर तिनीहरूले त्यो कुरा बुझेनन् । 26 अर्को दिन तिनी केही इस्राएलीहरूकहाँ आए जहाँ तिनीहरू एक आपसमा झगडा गरिरहेका थिए । तिनले तिनीहरूको झगडा मिलाउन खोजे र भने, “तपाईंहरू दाजुभाइ हुनुहुन्छ । किन एकअर्काको विरुद्धमा लड्नुहुन्छ?” 27 तर जसले आफ्नो छिमेकीलाई हानि पुर्‍याएको थियो त्यसले तिनलाई धकेलेर भन्यो, “तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता तुल्यायो? 28 हिजो तिमीले त्यस मिश्रीलाई मारेझैँ के तिमी मलाई पनि मार्न चाहन्छौ?” 29 यो सुनेर मोशा भागे । तिनी मिद्यान देशमा परदेशी बने जहाँ तिनी दुई छोराका पिता बने । 30 चालिस वर्ष बितेपछि सीनै पर्वतको उजाड–स्थानमा जलिरहेको आगोको पोथ्रामा एउटा स्वर्गदूत तिनीकहाँ देखा परे । 31 मोशाले ज्वालालाई देखेपछि तिनी छक्‍क परे । त्यसलाई हेर्न तिनी नजिक जाँदा त्यहाँ परमप्रभुको आवाज आयो, 32 “तिम्रा पुर्खाहरू अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर मै हुँ ।” मोशा काँपे र तिनले हेर्ने साहस गरेनन् । 33 परमप्रभुले तिनलाई भन्‍नुभयो, “तिम्रा जुत्ता फुकाल किनकि तिमी उभिएको ठाउँ पवित्र भूमि हो । 34 निश्‍चय नै मैले मिश्रमा भएका मेरा मानिसहरूको दुःखकष्‍टलाई देखेको छु । मैले तिनीहरूको क्रन्दन सुनेको छु र म तिनीहरूलाई छुट्कारा दिन तल ओर्लीआएको छु । म तिमीलाई मिश्रमा पठाउनेछु ।” 35 यी मोशा जसलाई तिनीहरूले इन्कार गरेका थिए, जसलाई तिनीहरूले भनेका थिए, “कसले तिमीलाई शासक र न्यायकर्ता तुल्यायो?”, तिनैलाई परमेश्‍वरले शासक र उद्धारकर्ता दुवै बनाएर पठाउनुभयो । पोथ्रामा मोशाकहाँ देखा पर्ने स्वर्गदूतद्वारा परमेश्‍वरले तिनलाई पठाउनुभयो । 36 मिश्र, लाल समुद्रसाथै उजाड–स्थानमा चालिस वर्षसम्म आश्‍चर्यकर्म र चिन्हहरू गरेर मोशाले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याए । 37 यी तिनै मोशा थिए जसले इस्राएलीहरूलाई भनेका थिए, “परमेश्‍वरले तिमीहरूका दाजुभाइहरूकै बिचबाट मजस्तै एक जना अगमवक्‍ता खडा गर्नुहुनेछ ।” 38 यी तिनै मानिस हुन् जो उजाड-स्थानमा भएको समुदायसित स्वर्गदूतसँगै थिए जो सीनै पर्वतमा तिनीसित बोलेका थिए । यी तिनै मानिस थिए जो हाम्रा पुर्खाहरूसित थिए; यी तिनै मानिस थिए जसले हामीलाई दिन जीवित वचनहरू प्राप्‍त गरे । 39 यी तिनै मानिस थिए जसप्रति हाम्रा पुर्खाहरू आज्ञाकारी बनेनन्; तिनीहरूले तिनलाई पन्छाए र तिनीहरू आफ्ना हृदयमा मिश्रमा फर्कने चाहना गरे । 40 त्यस बेला तिनीहरूले हारूनलाई भने, “हामीलाई अगुवाइ गर्ने देवताहरू बनाउनुहोस् । हामीलाई मिश्र देशबाट अगुवाइ गरेर ल्याउने यी मोशालाई के भयो हामीलाई थाहा छैन ।” 41 ती दिनमा तिनीहरूले एउटा बाछोको मूर्ति बनाए र तिनीहरूले त्यसलाई बलिदान चढाए र तिनीहरू आफूले गरेको काममा रमाए । 42 तर परमेश्‍वर तिनीहरूबाट तर्कनुभयो र तिनीहरूलाई आकाशका ताराहरूको सेवा गर्न छाडिदिनुभयो जस्तो अगमवक्‍ताका पुस्तकहरूमा लेखिएको छः “इस्राएलका घराना हो, के तिमीहरूले मलाई चालिस वर्षसम्म उजाड-स्थानमा पशुबलि र बलिदानहरू चढायौ र?” 43 तिमीहरूले मोलोखको पवित्र वासस्थान र रेफन देवताको तारा र आफूले पूजा गर्न बनाएका मूर्तिहरूलाई स्वीकार गर्‍यौ । यसकारण म तिमीहरूलाई बेबिलोनभन्दा पर निर्वासनमा लैजानेछु ।” 44 उजाड-स्थानमा हाम्रा पुर्खाहरूको गवाहीको पवित्र वासस्थान थियो जुन परमेश्‍वरले मोशालाई आज्ञा गर्नुभएमुताबिक उहाँले देखाउनुभएको नमुनाबमोजिम बनाइएको थियो । 45 हाम्रा पुर्खाहरूको पालोमा तिनीहरूले यस पाललाई यहोशूसँगै यस देशमा ल्याए । हाम्रा पुर्खाहरूको उपस्थितिमा परमेश्‍वरले ती जातिहरूलाई बाहिर निकाली तिनीहरूको देश हाम्रा पुर्खाहरूको हातमा दिनुहुँदा यो घटना भएको थियो । दाऊदको समयसम्म यस्तै भयो, 46 जसले परमेश्‍वरको दृष्‍टिमा निगाह पाए र तिनले याकूबका परमेश्‍वरको निम्ति एउटा वासस्थान निर्माण गर्नका निम्ति अनुरोध गरे । 47 तर सोलोमनले परमेश्‍वरको निम्ति एउटा भवन बनाए । 48 तथापि सर्वोच्‍च परमेश्‍वर हातले बनाएका घरहरूमा बस्‍नुहुन्‍न जस्तो अगमवक्‍ताले भनेका छन्ः 49 ‘स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी मेरा खुट्टाको पाउदान । तिमीहरूले मेरो निम्ति कस्तो किसिमको घर बनाउन सक्छौ?’ परमप्रभु भन्‍नुहुन्छ । वा मेरो विश्राम स्थान कहाँ छ? 50 के यी सबै कुराहरू मेरै हातले बनाएका होइनन् र?’ 51 हे हठी मानिसहरू हो, हृदय र कानको खतना नभएकाहरू, तपाईंहरू सधैँ पवित्र आत्माको विरोध गर्नुहुन्छ । तपाईंहरूका पुर्खाले जस्तो गरे तपाईंहरू पनि त्यस्तै गर्नुहुन्छ । 52 तपाईंहरूका पुर्खाले कुनचाहिँ अगमवक्‍तालाई सताएनन्? तिनीहरूले अगमवक्‍ताहरूलाई मारे जो धर्मी जनको आगमनअगि देखा परेका थिए । अहिले आएर तपाईंहरूले उहाँका विश्‍वासघाती र उहाँका हत्यारा बन्‍नु भएको छ । 53 तपाईंहरूले स्वर्गदूतहरूद्वारा स्थापित व्यवस्था पाउनुभयो तर त्यसको पालना गर्नुभएन ।”
  • १ पत्रु 2:9 : 9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीहरू, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ । त्यसैले, तिमीहरूलाई अन्धकारबाट बोलाई उहाँको उदेकको ज्योतिमा ल्याउनुहुनेका आश्‍चर्यकर्महरूको घोषणा गर्न सक ।
  • व्यव 7:19 : 19 भयानक दुःखकष्‍ट, चिन्ह, आश्‍चर्य, शक्तिशाली हात र फैलिएको पाखुरा जसद्वारा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई ल्याउनुभयो, सो तिमीहरूका आँखाले देख्यौ । तिमीहरू डराएका ती सबै जातिलाई पनि परमप्रभु तिमीहरूका परमेश्‍वरले त्यसै गर्नुहुने छ ।
  • व्यव 9:5 : 5 तिमीहरूको धार्मिकता वा तिमीहरूको ह्रदयको सोझोपनको कारणले गर्दा तिमीहरूले तिनीहरूको देश अधिकार गर्न लागेका होइनौ, तर यी जातिहरूको दुष्‍टताको कारणले गर्दा तिमीहरूका परमेश्‍वरले तिमीहरूकै सामुन्‍ने तिनीहरूलाई धपाउँदै हुनुहुन्छ ताकि उहाँले तिमीहरूका पुर्खाहरू अब्राहाम, इसहाक र याकूबसित शपथ खानुभएको वचनलाई सत्य साबित गर्न सकून् ।
  • व्यव 10:22 : 22 तिमीहरूका सत्तरी जना पिता-पुर्खा मिश्रमा गएका थिए । अहिले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आकाशका ताराहरूजत्तिकै असङ्ख्य बनाउनुभएको छ ।
  • व्यव 14:2 : 2 किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि अलग गरिएका जाति हौ, र परमप्रभुले पृथ्वीको सतहमा बसोबास गर्ने सबै जातिभन्दा उहाँको आफ्नै निज सम्पत्ति हुन तिमीहरूलाई छान्‍नुभएको छ ।
  • १ शमू 4:8 : 8 हामीलाई धिक्‍कार छ! यी शक्तिशाली देवताहरूको शक्तिबाट हामीलाई कसले सुरक्षा दिन्छ? मिश्रीहरूलाई उजाड-स्‍थानमा विभिन्‍न किसिमका विपत्तिहरूले प्रहार गर्ने देवताहरू यिनै हुन् ।
  • नहे 9:7-9 : 7 तपाईं परमप्रभु परमेश्‍वर हुनुहुन्छ जसले अब्रामलाई चुन्‍नुभयो, र तिनलाई कल्दीहरूको ऊरबाट ल्याउनुभयो, र तिनलाई अब्राहाम नाउँ दिनुभयो । 8 तपाईंले तिनको हृदय तपाईंको सामु विश्‍वासयोग्य भएको भेट्टाउनुभयो, र तिनका सन्तानहरूलाई कनानी, हित्ती, एमोरी, परिज्‍जी, यबूसी र गिर्गाशीहरूको देश दिने प्रतिज्ञा गर्नुभयो । तपाईंले आफ्नो प्रतिज्ञा पुरा गर्नुभएको छ किनकि तपाईं धर्मी हुनुहुन्छ । 9 तपाईंले मिश्रमा हाम्रा पिता-पुर्खाहरूको दुःख देख्‍नुभयो, र लाल समुद्रनेर तिनीहरूको क्रन्दन सुन्‍नुभयो । 10 तपाईंले फारो, तिनका सबै अधिकारी र तिनको देशका सबै जनताको सामु चिन्हहरू र आश्‍चर्यहरू गर्नुभयो किनकि मिश्रीहरूले इस्राएलीहरूको विरुद्धमा अहङ्कारी भएर व्यवहार गरेका थिए भनी तपाईं जान्‍नुहुन्थ्यो । तपाईंले आफ्नो निम्ति एउटा नाउँ राख्‍नुभयो जुन आजको दिनसम्म खडा छ । 11 त्यसपछि तपाईंले तिनीहरूकै सामु समुद्रलाई विभाजन गरिदिनुभयो अनि तिनीहरू समुद्रको बिचमा सुक्खा भूमिबाट हिँडेर गए, र तिनीहरूलाई खेद्‍नेहरूलाई तपाईंले उर्लंदो पानी ढुङ्गा फालेझैँ फालिदिनुभयो । 12 तिनीहरूलाई बाटोमा यात्राको लागि प्रकाश दिन तपाईंले तिनीहरूलाई दिनमा बादलको खाँबो र रातमा आगोको खाँबोद्वारा अगुवाइ गर्नुभयो ।
  • भजन 77:13-20 : 13 हे परमेश्‍वर, तपाईंको मार्ग पवित्र छ । हाम्रो महान् परमेश्‍वरसित कुन परमेश्‍वरको तुलना हुन्छ र? 14 तपाईं अचम्‍मका कामहरू गर्ने परमेश्‍वर हुनुहुन्छ । तपाईंले मानिसहरूका माझमा आफ्नो सामर्थ्य प्रकट गर्नुभएको छ । 15 आफ्नो महान् शक्तिले तपाईंले आफ्‍ना मानिसहरू, याकूब र योसेफका सन्तानहरूलाई आफ्‍नो विजय दिनुभयो । सेला 16 हे परमेश्‍वर, पानीले तपाईंलाई देख्यो । पानीले तपाईंलाई देख्यो र तिनीहरू भयभीत भए । गहिराइहरू थरथर कामे । 17 बादलहरूले पानी तल खन्‍याए । बादल लागेको आकाशले आवाज निकाल्यो । तपाईंका काँडहरू यताउता उडे । 18 तपाईंको गर्जनको सोर हावामा सुनियो । बिजुलीको चमकले संसारलाई उज्‍यालो बनायो । पृथ्वी थरथर काम्यो र हल्लियो । 19 तपाईंको मार्ग समुद्रबाट गयो र तपाईंको बाटो उर्लंदो पानीबाट गयो, तर तपाईंका पाइलाहरू देखिएनन् । 20 तपाईंले मोशा र हारूनको हातद्वारा बगाललाई झैं आफ्ना मानिसहरूलाई डोर्‍याउनुभयो ।
  • भजन 78:12-13 : 12 मिश्र देशमा, सोअनको देशमा तिनीहरूका पुर्खाहरूका दृष्‍टिमा उहाँले गर्नुभएको चमत्कारिक कुराहरूलाई तिनीहरूले बिर्से । 13 उहाँले समुद्रलाई दुई भाग पार्नुभयो र तिनीहरूलाई त्‍यसको पारिपट्टि लानुभयो । उहाँले पानीलाई पर्खालहरूझैं खडा गर्नुभयो ।
  • भजन 78:42-53 : 42 तिनीहरूले उहाँको शक्तिको बारेमा विचार गरेनन्, उहाँले तिनीहरूलाई शत्रुहरूबाट कसरी छुटकारा दिनुभएको थियो, 43 जब उहाँले मिश्रदेशमा आफ्‍ना डरलाग्‍दा चिन्हहरू देखाउनुभयो र सोअनको क्षेत्रमा आफ्‍ना चमत्कारहरू देखाउनुभयो । 44 उहाँले मिश्रदेशका नदीहरूलाई रगतमा परिणत गर्नुभयो, ताकि तिनीहरूले आफ्‍ना नदीहरूका पानी पिउन सकेनन् । 45 उहाँले झींगाका हुल पठाउनुभयो, जसले तिनीहरूलाई टोके र भ्यागुताहरूले तिनीहरूका देशलाई अतिक्रमण गर्‍यो । 46 तिनीहरूका अन्‍न फट्याङ्ग्रहरूलाई र तिनीहरूका परिश्रम सलहहरूलाई उहाँले दिनुभयो । 47 तिनीहरूका दाखहरूलाई असिनाले र तिनीहरूका अञ्‍जीरका रूखहरूलाई धेरै असिनाले उहाँले नाश पार्नुभयो । 48 तिनीहरूका बथानमाथि उहाँले असिना बर्साउनुभयो र तिनीहरूका बगालमाथि बिजुली फाल्‍नुभयो । 49 उहाँको रिसको उग्रता तिनीहरूका विरुद्धमा पर्‍यो । उहाँले क्रोध, रिस र समस्‍यालाई विपत्ति ल्याउने एजेन्‍टझैं पठाउनुभयो । 50 आफ्नो रिसको निम्ति उहाँले मार्ग तयार गर्नुभयो । उहाँले तिनीहरूलाई मृत्युबाट बचाउनुभएन तर तिनीहरूलाई रूढीमा सुम्पिनुभयो । 51 मिश्रदेशका सबै जेठाहरूलाई, हामका पालहरूमा भएका तिनीहरूका जेठाहरूलाई उहाँले मार्नुभयो । 52 आफ्ना मानिसहरूलाई उहाँले भेडालाई झैं डोर्‍याउनुभयो र बगाललाई झैं तिनीहरूलाई उजाडस्‍थानमा बाटो देखाउनुभयो । 53 सुरक्षित र निर्भयसाथ उहाँले तिनीहरूलाई डोर्‍याउनुभयो, तर समुद्रले तिनीहरूका शत्रुहरूलाई डुबायो ।
  • भजन 105:6-9 : 6 ए उहाँका सेवक अब्राहामका सन्तानहरू, याकूबका मानिसहरू, उहाँका चुनिएका जनहरू हो । 7 उहाँ परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्छ । उहाँका आदेशहरू सारा पृथ्वीभरि छन् । 8 उहाँले आफ्नो करारलाई सदासर्वदा, आफूले आज्ञा गर्नुभएका वचनलाई हजार पुस्तासम्‍म सम्‍झनुहुन्छ । 9 आफूले अब्राहामसँग गरेको करार र इसहाकसँग खाएको शपथलाई उहाँले सम्झनुहुन्छ । 10 यो उहाँले याकूबसँग आदेश रूपमा र इस्राएलसँग अनन्त करारको रूपमा पुष्‍टि गर्नुभयो । 11 उहाँले भन्‍नुभयो, “तेरो उत्तराधिकारको तेरो अंशको रूपमा तँलाई म कनान देश दिनेछु ।” 12 तिनीहरू संख्यामा थोरै, अति थोरै मात्र हुँदा र देशमा परदेशीहरू हुँदा नै उहाँले यसो भन्‍नुभयो ।
  • उत्प 12:1-3 : 1 ¶ परमप्रभुले अब्रामलाई भन्‍नुभयो, “तेरो देश, तेरा नातेदारहरू र तेरो पिताको घरानाबाट मैले तँलाई देखाउने मुलुकतिर जा । 2 म तँलाई ठुलो जाति बनाउनेछु, म तँलाई आशिष् दिनेछु, तेरो नाउँ महान् हुनेछ र तँ आशिष् हुनेछस् । 3 तँलाई आशिष् दिनेलाई म आशिष् दिनेछु, तर तँलाई अनादर गर्नेलाई म सराप दिनेछु । तँद्वारा नै पृथ्वीका सबै परिवारहरूले आशिष् पाउनेछन् ।
  • उत्प 17:7-8 : 7 तँ र तँपछिका तेरा सन्तानका परमेश्‍वर हुनलाई तेरो र मेरो र तँपछिका तेरा सन्‍तानको बिचमा नित्य रहिरहने करार म स्थापित गर्नेछु । 8 तँ बसेको देश अर्थात् सारा कनान तँ र तँपछि आउने तेरा सन्तानलाई सधैँको निम्ति अधिकारको रूपमा दिनेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु ।”
  • निर्ग 1:7-9 : 7 इस्राएलीहरू फल्दै-फुल्दै र सङ्ख्यामा अत्यधिक बढ्दै गए, अनि तिनीहरू शक्तिशाली भए र तिनीहरूद्वारा देश भरियो । 8 त्यसपछि योसेफको बारेमा थाहा नपाउने नयाँ राजाले शासन गर्न थाले । 9 तिनले आफ्ना मानिसहरूलाई भने, “हेर, इस्राएलीहरू सङ्ख्यामा हामीभन्दा बढी भएका छन् र तिनीहरू हामीभन्दा शक्तिशाली भएका छन् ।
  • निर्ग 6:1-9 : 1 ¶ तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “अब म फारोलाई जे गर्नेछु, त्यो तैँले देख्‍नेछस् । मेरो शक्तिशाली हातको कारणले गर्दा त्यसले तिनीहरूलाई जान दिएको तैँले देख्‍नेछस् । मेरो शक्तिशाली हातको कारणले गर्दा त्यसले तिनीहरूलाई आफ्नो देशबाट बाहिर निकाल्नेछ ।” 2 परमेश्‍वर मोशासित बोल्नुभयो र भन्‍नुभयो, “म परमप्रभु हुँ । 3 म सर्वशक्तिमान् परमेश्‍वरको रूपमा अब्राहाम, इसहाक र याकूबकहाँ देखा परेँ । तर मेरो नाउँ परमप्रभुको रूपमा म तिनीहरूकहाँ चिनाएको थिइनँ । 4 तिनीहरूलाई कनान देश दिनलाई मैले तिनीहरूसित मेरो करार पनि बाँधेँ । यो त्यही देश हो जहाँ तिनीहरू प्रवासी भएर यताउता चाहारे । 5 अनि मिश्रीहरूले दासत्वमा राखेका इस्राएलीहरूको क्रन्दनलाई मैले सुनेको छु, र मैले मेरो करारको सम्झना गरेको छु । 6 त्यसकारण, इस्राएलीहरूलाई यसो भन्, 'म परमप्रभु हुँ । म तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकाली तिनीहरूको शक्तिबाट मुक्त गराउनेछु । मेरो शक्ति देखाएर र इन्साफका शक्तिशाली कामहरू गरेर म तिमीहरूलाई छुटकारा दिनेछु । 7 म तिमीहरूलाई मेरै जाति हुनलाई ग्रहण गर्नेछु, र म तिमीहरूका परमेश्‍वर हुनेछु । तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकालेर ल्याउने म तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ । 8 मैले अब्राहाम, इसहाक र याकूबलाई दिने प्रतिज्ञा गरेको देशमा म तिमीहरूलाई ल्याउनेछु । म यो तिमीहरूलाई सम्पत्तिको रूपमा दिनेछु । म परमप्रभु हुँ' ।” 9 मोशाले इस्राएलीहरूलाई यो कुरा बताउँदा तिनीहरूको कठोर दासत्वको कारणले उब्जेको तिनीहरूको निरुत्साहले गर्दा तिनीहरूले तिनको कुरा सुनेनन् । 10 तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो, 11 “इस्राएलका मानिसहरूलाई त्यसको देशबाट जान दे भनी मिश्रका राजा फारोलाई बताइदे ।” 12 मोशाले परमप्रभुलाई भने, “इस्राएलीहरूले त मेरो कुरा सुनेका छैनन् भने फारोले किन सुन्‍ने किनकि म बोल्नमा सिपालु छैनँ?” 13 परमप्रभु मोशा र हारूनसित बोल्नुभयो । इस्राएलीहरूलाई मिश्र देशबाट बाहिर ल्याउन उहाँले मिश्रका राजा फारोलाई बताउनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो । 14 तिनीहरूका पिताका परिवारहरूका मुख्य-मुख्य मानिसहरू यिनै थिएः इस्राएलका जेठो छोरो रूबेनका छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मी थिए । रूबेनका वंशहरू यिनै थिए ।
  • निर्ग 13:14 : 14 'यसको मतलब के हो?' भनी पछि तिमीहरूको छोरोले सोध्दा तिमीहरूले यसो भन्‍नू, 'परमप्रभुले शक्तिशाली हातद्वारा हामीलाई मिश्रको दासत्वबाट निकालेर ल्याउनुभयो ।
  • निर्ग 13:16 : 16 यो तिमीहरूको हात र तिमीहरूको निधारमा सम्झना दिलाउने कुरो हुनेछ किनकि परमप्रभुको शक्तिशाली हातद्वारा उहाँले हामीलाई मिश्रबाट बाहिर ल्याउनुभएको थियो ।”
  • निर्ग 15:1-9 : 1 ¶ तब मोशा र इस्राएलका मानिसहरूले परमप्रभुको निम्ति यो गीत गाए । तिनीहरूले भने, “म परमप्रभुको निम्ति गाउनेछु किनकि उहाँले महिमामा विजय हासिल गर्नुभएको छ । घोडा र यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ । 2 परमप्रभु मेरो शक्ति र गीत हुनुहुन्छ, र उहाँ मेरा उद्धार हुनुभएको छ । उहाँ मेरा परमेश्‍वर हुनुहुन्छ, र म उहाँको प्रशंसा गर्नेछु । उहाँ मेरा पिता-पुर्खाका परमेश्‍वर हुनुहुन्छ र म उहाँलाई उचाल्छु । 3 परमप्रभु मेरा योद्धा हुनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो । 4 उहाँले फारोका रथहरू र सेनालाई समुद्रमा फालिदिनुभएको छ । फारोका छानिएका अधिकृतहरू लाल समुद्रमा डुबे । 5 गहिराइले तिनीहरूलाई छोप्यो । तिनीहरू पत्थरजस्तै गहिराइमा डुबे । 6 हे परमप्रभु, तपाईंको दाहिने बाहुली शक्तिमा महिमित छ । हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुलाई चकनाचुर पारिदिएको छ । 7 महान् गौरवमा तपाईंले तपाईंको विरुद्धमा उठ्नेहरूलाई तल झारिदिनुभयो । तपाईंले आफ्नो क्रोध पठाउनुभयो । यसले तिनीहरूलाई ठोसालाई झैँ भस्म पार्‍यो । 8 तपाईंको नाकको सासले पानीको थुप्रो लाग्यो । बगिरहेको पानी स्थिर भई उभियो । गहिरो पानी समुद्रको मुटुमा जम्यो । 9 शत्रुले भन्यो, 'म पिछा गर्नेछु; म जित्‍नेछु; म लुटका मालहरू बाँड्नेछु । मेरो इच्छा तिनमा तृप्‍त हुनेछ । म मेरो तरवार थुत्‍नेछु । मेरा हातले तिनीहरूलाई नष्‍ट पार्नेछन् ।' 10 तर तपाईंले आफ्नो बतास चलाइदिनुभयो, र समुद्रले तिनलाई ढाक्यो । तिनीहरू उर्लंदो भेलमा सिसाजस्तै डुबे । 11 हे परमप्रभु, देवहरूका बिचमा तपाईंजस्तो को छ र? पवित्रतामा तपाईं वैभवशाली, प्रशंसामा आदरणीय, आश्‍चर्यकर्म गर्नुहुने तपाईंजस्तै को छ र? 12 तपाईंले आफ्नो दाहिले बाहुली पसार्नुभयो, र पृथ्वीले तिनीहरूलाई निल्यो । 13 तपाईंको करारको बफादारीमा तपाईंले आफूले छुटकारा दिनुभएका मानिसहरूलाई डोर्‍याउनुभएको छ । तपाईंको शक्तिमा तपाईंले तिनीहरूलाई तपाईंको पवित्र वासस्थानमा डोर्‍याउनुभएको छ । 14 जाति-जातिहरूले सुन्‍नेछन्, र तिनीहरू थरथर काँप्‍नेछन् । त्रासले पलिश्तीहरूका बासिन्दाहरूलाई पक्रनेछ । 15 तब एदोमका मुखियाहरू डराउनेछन् । मोआबका सिपाहीहरू हल्लिनेछन् । कनानका सबै बासिन्दा पग्लनेछन् । 16 आतङ्क र त्रास उनीहरूमाथि पर्नेछन् । हे परमप्रभु, तपाईंका मानिसहरू पार नहोउञ्‍जेल र तपाईंले छुटकारा दिनुभएका मानिसहरू पार नहोउञ्‍जेल तपाईंको पाखुराको शक्तिको कारणले तिनीहरू पत्थरझैँ अचल रहनेछन् । 17 तपाईंले तिनीहरूलाई ल्याउनुहुनेछ, र तिनीहरूलाई तपाईंको उत्तराधिकारको पर्वतमा रोप्‍नुहुनेछ । हे परमप्रभु, यो त्यो ठाउँ हो जहाँ तपाईंले आफ्नो बासस्थान बनाउनुभयो, हे हाम्रा प्रभु जुन पवित्रस्थानलाई तपाईंका हातले बनाएका छन् । 18 परमप्रभुले सदासर्वदा शासन गर्नुहुनेछ ।” 19 किनकि फारोका घोडाहरू तिनीहरूका रथहरू र घोडचढीहरूसँगै समुद्रमा पुगे । परमप्रभुले तिनीहरूमाथि फेरि समुद्रको पानी फर्काएर ल्याउनुभयो । तर इस्राएलीहरू समुद्रको बिचमा ओबानो भूमिबाट हिँडेर गए । 20 हारूनकी दिदी अगमवादिनी मिरियमले खैँजडी लिइन्, र सबै स्‍त्रीले पनि खैँजडी लिँदै उनीसँगै नाचे । 21 मिरियमले तिनीहरूका निम्ति गाइन्, “परमप्रभुको निम्ति गाओ किनकि उहाँले महिमामा विजय हासिल गर्नुभएको छ । घोडा र यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ ।”
  • निर्ग 18:11 : 11 अब मलाई थाहा भयो कि परमप्रभु अरू सबै देवभन्दा महान् हुनुहुँदोरहेछ किनकि मिश्रीहरूले इस्राएलीहरूलाई अभिमानपूर्वक व्यवहार गर्दा परमेश्‍वरले आफ्नो जातिलाई छुटकारा दिनुभयो ।”
  • व्यव 4:20 : 20 तर परमप्रभुले तिमीहरूलाई उहाँको आफ्नै निज सम्पत्ति (जस्तो आज तिमीहरू छौ) बनाउन आगोको भट्टी अर्थात् मिश्रबाट निकालेर ल्याउनुभएको छ ।
  • व्यव 4:34 : 34 वा मिश्रमा तिमीहरूका आँखाकै सामुन्‍ने परमप्रभु तिमीहरूका परमेश्‍वरले गर्नुभएझैँ परीक्षा, चिन्ह, आश्‍चार्य, लडाइँ, शक्तिशाली हात, पसारिएको पाखुरा र महान् त्रासहरूद्वारा अर्को जातिको बिचबाट आफ्नो लागि एउटा जातिलाई लिएर आउन के परमेश्‍वरले कहिल्यै कोसिस गर्नुभएको छ?
  • व्यव 4:37 : 37 उहाँले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नुभएकाले उहाँले तिनीहरूका सन्तानहरूलाई चुन्‍नुभयो अनि उहाँको उपस्थिति र महाशक्तिसहित तिमीहरूलाई मिश्रबाट ल्याउनुभयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 16त्यसकारण पावल उठे र हातले इसारा गर्दै उनले भने, “इस्राएलका मानिसहरू र जसले परमेश्‍वरलाई आदर गर्नुहुन्छ, सुन्‍नुहोस् ।

  • 17किनभने हामीलाई र हाम्रा पुर्खाहरूलाई मिश्र अर्थात् दासत्वको घरबाट ल्याउनुहुने परमप्रभु नै हाम्रा परमेश्‍वर हुनुहुन्छ, र उहाँले हाम्रो दृष्‍टिमा ठुला-ठुला चिन्हका कामहरू गर्नुभयो, हामी हिँडेका सबै मार्गमा र हामीले पार गरेका सबै जातिमाझ हामीलाई सुरक्षा दिनुभयो ।

  • 37उहाँले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नुभएकाले उहाँले तिनीहरूका सन्तानहरूलाई चुन्‍नुभयो अनि उहाँको उपस्थिति र महाशक्तिसहित तिमीहरूलाई मिश्रबाट ल्याउनुभयो ।

  • व्यव 26:7-8
    2 पदहरू
    76%

    7हामीले हाम्रा पिता-पुर्खाहरूका परमेश्‍वर परमप्रभुलाई पुकार्‍यौँ, र उहाँले हाम्रो क्रन्दन, हाम्रो पीडा, हाम्रो श्रम र हाम्रो थिचोमिचो सुन्‍नुभयो ।

    8परमप्रभुले हामीलाई शक्तिशाली हात, फैलिएको पाखुरा, ठुलो आतङ्क, चिन्ह र आश्‍चर्यहरूद्वारा मिश्रबाट ल्याउनुभयो ।

  • 18उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाड स्थानमा सहनुभयो।

  • 18तिनले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः ‘मैले इस्राएललाई मिश्रदेशबाट ल्याएँ र मैले तिमीहरूलाई मिश्रीहरूका हातबाट र तिमीहरूको विरोध गर्ने सबै राज्यहरू शक्तिबाट छुटकारा दिएँ ।'

  • निर्ग 13:17-18
    2 पदहरू
    75%

    17फारोले मानिसहरूलाई जान दिएपछि परमेश्‍वरले तिनीहरूलाई पलिश्तीको देशको बाटो नजिकै भए तापनि त्यहाँबाट भएर अगुवाइ गर्नुभएन । किनकि उहाँले भन्‍नुभयो, “तिनीहरूले लडाइँ देखेर तिनीहरूको मन बद्ली तिनीहरू मिश्रमा नै फर्केर जान सक्छन् ।”

    18त्यसैले परमेश्‍वरले ती मानिसहरूलाई उजाड-स्थानको बाटो भएर लाल समुद्रतिर लैजानुभयो । इस्राएलीहरू युद्धको लागि सशस्‍त्र भई मिश्र देशबाट अगि बढे ।

  • 8जब याकूब मिश्रदेशमा गए, र तिमीहरूका पुर्खाहरूले परमप्रभुसँग पुकारा गरे तब परमप्रभुले मोशा र हारून पठाउनुभयो जसले तिमीहरूका पुर्खाहरूलाई मिश्रदैशबाट बाहिर ल्याए र तिनीहरू यस ठाउँमा बसोबास गरे ।

  • 21किनकि तपाईंले चिन्ह, आश्‍चर्य, शक्तिशाली हात, पसारिएको पाखुरा र भीषण त्रासले आफ्ना मानिस इस्राएललाई मिश्रदेशबाट निकालेर ल्याउनुभयो ।

  • 45हाम्रा पुर्खाहरूको पालोमा तिनीहरूले यस पाललाई यहोशूसँगै यस देशमा ल्याए । हाम्रा पुर्खाहरूको उपस्थितिमा परमेश्‍वरले ती जातिहरूलाई बाहिर निकाली तिनीहरूको देश हाम्रा पुर्खाहरूको हातमा दिनुहुँदा यो घटना भएको थियो । दाऊदको समयसम्म यस्तै भयो,

  • १ इति 17:21-22
    2 पदहरू
    73%

    21किनकि तपाईंका मानिस इस्राएलजस्तै यस पृथ्वीमा कुन जाति छ र, जसलाई तपाईं परमेश्‍वरले महान्‌ र भयानक कार्यहरूद्वारा आफ्‍नो नाउँको निम्ति आफ्ना मानिस बनाउनलाई मिश्रदेशबाट छुटकारा दिनुभयो? मिश्रदेशबाट तपाईंले छुटकारा दिनुभएका आफ्‍ना मानिसहरूको सामुबाट तपाईंले जातिहरूलाई धपाउनुभयो ।

    22तपाईंले इस्राएललाई सदाको निम्ति आफ्‍नो मानिसहरू बनाउनुभयो र तपाईं, हे परमप्रभु, तिनीहरूका परमेश्‍वर हुनुभएको छ ।

  • 13अब्राहाम, इसहाक र याकूब हाम्रा पूर्खाका परमेश्‍वरले उहाँका सेवक येशूलाई महिमित पार्नुभएको छ । उहाँ नै हुनुहुन्छ जसलाई तपाईंहरूले पिलातसकहाँ सुम्पनुभयो र तिनले उहाँलाई छोड्ने निर्णय गर्दा पनि तपाईंहरूले तिनको सामु उहाँलाई इन्कार गर्नुभयो ।

  • 29तथापि तिनीहरू तपाईंका मानिसहरू र तपाईंको सम्पत्ति हुन् जसलाई तपाईंले आफ्नो महाशक्ति र तपाईंको शक्तिको प्रदर्शनीद्वारा बाहिर ल्याउनुभयो ।'

  • 15हाम्रा पुर्खाहरू मिश्रमा गए र मिश्रमा नै लामो समयसम्म बसेको तपाईंलाई थाहा छ । मिश्रीहरूले हामी र हाम्रा पुर्खाहरूलाई रुखो व्यवहार गरे ।

  • 34वा मिश्रमा तिमीहरूका आँखाकै सामुन्‍ने परमप्रभु तिमीहरूका परमेश्‍वरले गर्नुभएझैँ परीक्षा, चिन्ह, आश्‍चार्य, लडाइँ, शक्तिशाली हात, पसारिएको पाखुरा र महान् त्रासहरूद्वारा अर्को जातिको बिचबाट आफ्नो लागि एउटा जातिलाई लिएर आउन के परमेश्‍वरले कहिल्यै कोसिस गर्नुभएको छ?

  • 23उहाँले हामीलाई त्यहाँबाट बाहिर ल्याउनुभयो ताकि हाम्रा पुर्खाहरूसित शपथ खानुभएको देशभित्र उहाँले हामीलाई ल्याउन सक्‍नुभएको होस् ।

  • 8तर उहाँले तिमीहरूलाई प्रेम गर्नुहुने भएकोले र उहाँले तिमीहरूका पिता-पुर्खाहरूसित खानुभएको शपथ पुरा गर्ने इच्छा गर्नुभएकोले तिमीहरूलाई चुन्‍नुभएको हो ।

  • 13मोशाले परपप्रभुलाई भने, “यदि तपाईंले यसो गर्नुभयो भने, मिश्रीहरूले यसबारे सुन्‍नेछन्, किनभने तपाईंले यिनीहरूलाई तिनीहरूको शक्‍तिबाट छुटकारा दिनुभयो ।

  • 53किनकि हे परमप्रभु, तपाईंले हाम्रा पुर्खाहरूलाई मिश्रबाट ल्याउनुहुँदा तपाईंका दास मोशालाई व्याख्या गर्नुभएझैँ तपाईंकै हुन र तपाईंका प्रतिज्ञाहरू प्राप्त गर्न तपाईंले नै तिनीहरूलाई पृथ्वीका सबै जातिबाट अलग गर्नुभयो ।”

  • 6शमूएलले मानिसहरूलाई भने, “मोशा र हारूनलाई नियुक्‍त गर्नुहुने र तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु नै हुनुहुन्छ ।

  • 20तर परमप्रभुले तिमीहरूलाई उहाँको आफ्नै निज सम्पत्ति (जस्तो आज तिमीहरू छौ) बनाउन आगोको भट्टी अर्थात् मिश्रबाट निकालेर ल्याउनुभएको छ ।

  • 39यी तिनै मानिस थिए जसप्रति हाम्रा पुर्खाहरू आज्ञाकारी बनेनन्; तिनीहरूले तिनलाई पन्छाए र तिनीहरू आफ्ना हृदयमा मिश्रमा फर्कने चाहना गरे ।

  • 7इस्राएलीहरूले आफूलाई मिश्रदेशका राजा फारोको हातबाट छुटाउनुहुने, तिनीहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा पाप गरेका हुनाले यसरी तिनीहरू बन्‍दी भए । यी मानिसहरूले अरू देवताहरूको पुजा गरिरहेका थिए,

  • 5तिनीहरूलाई भन्‌, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः जुन दिन मैले इस्राएललाई छानें, र याकूबको घरानासित शपथ खानलाई मैले हात उचाले र मैले आफूलाई मिश्रदेशमा तिनीहरूका बिचमा प्रकट गरें । जति बेला तिनीहरूसित शपथ खान मैले आफ्‍नो हात उचालें । मैले भनें, “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ”—

  • न्या 6:8-9
    2 पदहरू
    71%

    8तब परमप्रभुले इस्राएलका मानिसहरूका निम्ति एक जना अगमवक्ता पठाउनुभयो । ती अगमवक्ताले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः ‘मैले तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याएँ । मैले तिमीहरूलाई दासत्वको घरबाट बाहिर निकालेर ल्याएँ ।

    9मैले तिमीहरूलाई मिश्रीहरूका हातबाट र तिमीहरूलाई अत्‍याचार गरिरहेका सबै जनाका हातबाट बचाएँ । तिनीहरूलाई मैले तिमीहरूका सामुबाट लखेटें, र तिमीहरूलाई मैले तिनीहरूका देश दिएँ ।

  • 16हामी मिश्रमा कसरी बस्यौँ र जाति-जातिहरूका बिचबाट हामी कसरी आयौँ भनी तिमीहरू जान्दछौ ।

  • 36मिश्र, लाल समुद्रसाथै उजाड–स्थानमा चालिस वर्षसम्म आश्‍चर्यकर्म र चिन्हहरू गरेर मोशाले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याए ।

  • 23तपाईंको मानिस इस्राएलजस्तो कुन जाति छ, एउटा यस्तो जाति जसलाई तपाईं परमेश्‍वर आफैं गएर छुटकारा दिनुभयो? तपाईंले यो गर्नुभयो ताकि तपाईंको आफ्‍नो नाउँ महान् बनाउन, र तपाईंको देशको निम्ति डरलाग्‍दा कामहरू गर्न तिनीहरू तपाईंका मानिसहरू हुन सकुन् । जातिहरूलाई र तिनीहरूका देवताहरूलाई तपाईंले आफ्‍ना मानिसहरूका सामुबाट धपाउनुभयो, जसलाई तपाईंले मिश्रदेशबाट छुटकारा दिनुभयो ।

  • 1¶ जब इस्राएलले मिश्रदेश छोड्‍यो, याकूबका घराना विदेशी भाषा बोल्ने मानिसहरूबाट आयो,

  • 13परमप्रभुले एक जना अगमवक्ताद्वारा इस्राएललाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो, र एक जना अगमवक्ताद्वारा नै उहाँले तिनीहरूको रेखदेख गर्नुभयो ।

  • 43आफ्ना मानिसहरूलाई आनन्दसाथ, उहाँका चुनिएकाहरूलाई जयजयकारको ध्वनिसँगै उहाँले डोर्‍याउनुभयो ।

  • 13परमप्रभु मोशा र हारूनसित बोल्नुभयो । इस्राएलीहरूलाई मिश्र देशबाट बाहिर ल्याउन उहाँले मिश्रका राजा फारोलाई बताउनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो ।

  • 17परमेश्‍वरले अब्राहामसित प्रतिज्ञा गर्नुभएको समय नजिकिँदै गर्दा मानिसहरू मिश्रमा गुणात्मक रूपमा बढे ।

  • 31परमप्रभुले मिश्रीहरूको विरुद्धमा प्रयोग गर्नुभएको महान् शक्तिलाई जब इस्राएलले देख्यो मानिसहरूले परमप्रभुको आदर गरे, र तिनीहरूले परमप्रभु र उहाँका दास मोशामाथि भरोसा गरे ।

  • 17तिमीहरूले मिश्रमा भोगेको थिचोमिचोबाट मुक्त गरी दूध र मह बग्‍ने देश अर्थात् कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्वी र यबूसीहरूको देशमा लैजाने मैले प्रतिज्ञा गरेको छु” ।'

  • निर्ग 18:9-10
    2 पदहरू
    70%

    9परमप्रभुले इस्राएलको निम्ति गर्नुभएका सबै असल कुरा सुनेर यित्रो रमाए किनकि उहाँले तिनीहरूलाई मिश्रीहरूको हातबाट छुटकारा दिनुभएको थियो ।

    10यित्रोले भने, “परमप्रभुको स्तुति होस् किनकि उहाँले तिमीहरूलाई फारो र मिश्रीहरूको हातबाट छुटकारा दिनुभएको छ, र मिश्रीहरूको हातबाट उद्धार गर्नुभएको छ ।

  • 9तपाईंले मिश्रमा हाम्रा पिता-पुर्खाहरूको दुःख देख्‍नुभयो, र लाल समुद्रनेर तिनीहरूको क्रन्दन सुन्‍नुभयो ।

  • 17तब यसको तिन दिनपछि, पावलले यहूदीहरूका अगुवाहरूलाई एकसाथ बोलाए । जब तिनीहरूसँगसँगै आइपुगे उनले तिनीहरूलाई भने, “दाजुभाइ हो, यद्यपि मैले मानिसहरूको विरुद्धमा वा पितापुर्खाको रितीरिवाजको विरुद्धमा कुनै पनि काम गरेको छैन, मलाई एक जना कैदीको रूपमा यरूशलेमबाट रोमीहरूको हातमा सुम्पिएको छ ।

  • 5मैले मिश्रमाथि मेरो हात पसारेर इस्राएलीहरूलाई तिनीहरूका बिचबाट ल्याएपछि म नै परमप्रभु हुँ भनी मिश्रीहरूले जान्‍नेछन् ।”

  • 1¶ मिद्यानका पुजारी मोशाका ससुरा यित्रोले मोशा र तिनको जाति इस्राएललाई परमेश्‍वरले गर्नुभएका सबै कुरा सुने । परमप्रभुले इस्राएललाई मिश्रबाट ल्याउनुभएको थियो भनी तिनले सुने ।

  • 15परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नमा उहाँ खुसी हुनुभयो र उहाँले तिमीहरू, तिमीहरूका सन्तानहरू र त्यसपछि आउनेहरूलाई चुन्‍नुभयो जस्तो तिमीहरू देख्छौ ।

  • 4मैले मिश्रीहरूलाई के गरेँ, र मैले कसरी तिमीहरूलाई गरुडको पखेटामा बोकेर मकहाँ ल्याएँ भनी तिमीहरूले देखेका छौ ।

  • 21तिमीले आफ्नो छोरोलाई भन्‍नू, 'हामी मिश्रमा फारोका कमाराहरू थियौँ । परमप्रभुले हामीलाई शक्तिशाली हातद्वारा मिश्रबाट ल्याउनुभयो,

  • 55तिनीहरूको सामुबाट उहाँले जातिहरूलाई धपाउनुभयो र तिनीहरूलाई आफ्‍नो उत्तराधिकार दिनुभयो । इस्राएलका कुलहरू उहाँले तिनीहरूका आफ्‍ना पालहरूमा बसाल्नुभयो ।

  • 14'यसको मतलब के हो?' भनी पछि तिमीहरूको छोरोले सोध्दा तिमीहरूले यसो भन्‍नू, 'परमप्रभुले शक्तिशाली हातद्वारा हामीलाई मिश्रको दासत्वबाट निकालेर ल्याउनुभयो ।