प्रेरितहरूको काम 7:17

अनलक शाब्दिक बाइबल

परमेश्‍वरले अब्राहामसित प्रतिज्ञा गर्नुभएको समय नजिकिँदै गर्दा मानिसहरू मिश्रमा गुणात्मक रूपमा बढे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रेरि 7:6 : 6 परमेश्‍वरले तिनलाई भन्दै हुनुहुन्थ्यो कि तिनका सन्तानहरू विदेशी भूमिमा केही समयको लागि बस्‍नेथिए र त्यहाँका बासिन्दाहरूले तिनीहरूलाई कमारा तुल्याउनेथिए र चार सय वर्षसम्म तिनीहरूलाई थिचोमिचो गर्नेथिए ।
  • प्रेरि 13:17 : 17 इस्राएलका यी मानिसहरूका परमेश्‍वरले हाम्रा पितापुर्खाहरूलाई चुनेर र मिश्रदेशमा रहँदा तिनीहरूलाई संख्यामा धेरै बढाउनुभयो र आफ्नो उचालिएको बाहुलीद्वारा तिनीहरूलाई त्यहाँबाट बाहिर निकाल्नुभयो ।”
  • २ पत्रु 3:8-9 : 8 प्रिय हो, यो कुरा नभुल कि प्रभुको लागि एक दिन एक हजार वर्ष र एक हजार वर्ष एक दिनझैँ हुन्छ । 9 अरूले सोचेजस्तै परमेश्‍वर आफ्नो प्रतिज्ञाको बारेमा ढिलो गर्नुहुन्‍न, तर तिमीहरूको निम्ति उहाँ धैर्यवान् हुनुहुन्छ । उहाँ तिमीहरूमध्ये कोही पनि नाश होस् भन्‍ने चाहनुहुन्‍न, तर उहाँले सबैलाई पश्‍चात्ताप गर्ने समय दिने चाहना गर्नुहुन्छ ।
  • उत्प 15:13-16 : 13 त्यपछि परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरा सन्तानहरू तिनीहरूको आफ्नो नभएको (अर्काको) मुलुकमा प्रवासी हुनेछन् र तिनीहरूलाई चार सय वर्षसम्‍म दास बनाइ‍नेछन् र अत्याचार गरिनेछन् । 14 तिनीहरूले सेवा गरेको देशको मैले न्यान गर्नेछु र त्यसपछि तिनीहरू प्रशस्‍त धन-सम्पत्तिहरूसहित निस्केर आउनेछन् । 15 तर तँचाहिँ तेरा पिता-पूर्खाहरूकहाँ शान्तिमा जानेछस् र तँलाई वृद्धवस्थामा दफन गरिनेछ । 16 तिनीहरू चौथो पुस्तामा फेरि यहाँ आउनेछन्, किनकि एमोरीहरूको अधर्मको सिमा अझै पुगेको छैन ।”
  • निर्ग 1:7-9 : 7 इस्राएलीहरू फल्दै-फुल्दै र सङ्ख्यामा अत्यधिक बढ्दै गए, अनि तिनीहरू शक्तिशाली भए र तिनीहरूद्वारा देश भरियो । 8 त्यसपछि योसेफको बारेमा थाहा नपाउने नयाँ राजाले शासन गर्न थाले । 9 तिनले आफ्ना मानिसहरूलाई भने, “हेर, इस्राएलीहरू सङ्ख्यामा हामीभन्दा बढी भएका छन् र तिनीहरू हामीभन्दा शक्तिशाली भएका छन् । 10 आओ, तिनीहरूसित बुद्धिमानीपूर्वक काम गरौँ नत्रभने तिनीहरूको सङ्ख्या वृद्धि भइरहनेछ । युद्ध भयो भने तिनीहरू हाम्रा शत्रुहरूसित मिल्न गई हाम्रै विरुद्धमा लड्नेछन् र देश छाडेर जानेछन् ।” 11 त्यसैले तिनीहरूलाई कठोर काम लगाएर तिनीहरूमाथि थिचोमिचो गर्न तिनीहरूले नाइकेहरू खटाए । इस्राएलीहरूले पिताम र रामसेस नामक भण्डारका सहरहरू बनाए । 12 तर जति मिश्रीहरूले इस्राएलीहरूमाथि थिचोमिचो गरे त्यति नै तिनीहरूको सङ्ख्या बढ्दै गएर तिनीहरू फैलन थाले । त्यसैले मिश्रीहरू इस्राएलीहरूसित डराउन थाले ।
  • निर्ग 1:20 : 20 परमेश्‍वरले यी सुँडिनीहरूलाई जोगाउनुभयो । इस्राएलीहरू सङ्ख्यामा बढ्दै गए र तिनीहरू शक्तिशाली भए ।
  • भजन 105:24-25 : 24 परमप्रभुले आफ्ना मानिसहरूलाई फल्दोफुल्दो बनाउनुभयो र तिनीहरूलाई आफ्‍ना शत्रुहरूभन्दा बलियो बनाउनुभयो । 25 उहाँका मानिसहरूलाई तिनीहरूका शत्रुहरूले घृणा गर्ने, आफ्ना सेवकहरूलाई दुर्व्यवहार गर्ने उहाँले बनाउनुभयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 79%

    18त्यसपछि मिश्रमा अर्का राजाको उदय भयो जसले योसेफलाई चिन्दैनथ्ये ।

    19ती राजाले हाम्रा मानिसहरूलाई छलगरे र हाम्रा पुर्खाहरूलाई यसरी दुर्व्यवहार गरे कि आफैँलाई बचाउन तिनीहरूले आफ्ना शिशुहरूलाई बाहिर फाल्नुपर्थ्यो ।

  • प्रेरि 7:4-13
    10 पदहरू
    78%

    4त्यसपछि तिनी कल्दीहरूको देशबाट प्रस्थान गरे अनि तिनी हारानमा आएर बसे । त्यहाँ तिनका पिताको मृत्यु भएपछि परमेश्‍वरले तिनलाई यस देशमा ल्याउनुभयो जहाँ अहिले तपाईंहरू बस्‍नुहुन्छ ।

    5उहाँले तिनलाई कुनै पनि कुरा पैत्तृक सम्पत्तिको रूपमा दिनुभएन, यहाँसम्म कि पर्याप्‍त पाइला राख्‍ने ठाउँसम्म पनि दिनुभएन । तर अब्राहामको कुनै सन्तान नहुँदा पनि उहाँले त्यो देश तिनलाई सम्पत्तिको रूपमा दिनुहुनेथियो र त्यसपछि तिनका सन्तानहरूलाई दिनुहुनेथियो भनी तिनीसित प्रतिज्ञा गर्नुभयो ।

    6परमेश्‍वरले तिनलाई भन्दै हुनुहुन्थ्यो कि तिनका सन्तानहरू विदेशी भूमिमा केही समयको लागि बस्‍नेथिए र त्यहाँका बासिन्दाहरूले तिनीहरूलाई कमारा तुल्याउनेथिए र चार सय वर्षसम्म तिनीहरूलाई थिचोमिचो गर्नेथिए ।

    7परमेश्‍वरले भन्‍नुभयो, “तिनीहरू जुन जातिको अधीनमा कमारा हुनेछन् म तिनीहरूको न्याय गर्नेछु र त्यसपछि तिनीहरू त्यहाँबाट बाहिर निस्‍केर आई यस ठाउँमा मेरो आराधना गर्नेछन् ।”

    8अनि उहाँले अब्राहामसित खतनाको करार बाँध्‍नुभयो । त्यसैले, अब्राहाम इसहाकका पिता बने र तिनले आठौँ दिनमा उनको खतना गरे । इसहाक याकूबका पिता बने र याकूब बाह्र कुलका पिता बने ।

    9कुलपतिहरूले योसेफको विरुद्धमा डाह गरे र तिनलाई मिश्रमा बेचिदिए । तर परमेश्‍वर तिनीसित हुनुहुन्थ्यो ।

    10र उहाँले तिनलाई सबै दुःखकष्‍टबाट छुटाउनुभयो र मिश्रका राजा फारोको सामने तिनलाई कृपा र बुद्धि दिनुभयो । तब फारोले तिनलाई मिश्र र तिनका सारा घरानाका शासक बनाए ।

    11त्यस बेला सारा मिश्र र कनानभरि अनिकाल पर्‍यो र ठुलो सङ्कष्‍ट आइपर्‍यो । परिणाम स्वरूप हाम्रा पुर्खाहरूले कुनै खाना पाएनन् ।

    12तर जब मिश्रमा अन्‍न पाईंदोरहेछ भनी याकूबले सुने तिनले पहिले हाम्रा पुर्खाहरूलाई त्यहाँ पठाए ।

    13दोस्रो पटकको भेटघाटमा योसेफले आफूलाई आफ्ना दाजुहरूकहाँ प्रकट गरे, र योसेफको परिवारलाई फारोकहाँ परिचित गराइयो ।

  • निर्ग 1:7-9
    3 पदहरू
    77%

    7इस्राएलीहरू फल्दै-फुल्दै र सङ्ख्यामा अत्यधिक बढ्दै गए, अनि तिनीहरू शक्तिशाली भए र तिनीहरूद्वारा देश भरियो ।

    8त्यसपछि योसेफको बारेमा थाहा नपाउने नयाँ राजाले शासन गर्न थाले ।

    9तिनले आफ्ना मानिसहरूलाई भने, “हेर, इस्राएलीहरू सङ्ख्यामा हामीभन्दा बढी भएका छन् र तिनीहरू हामीभन्दा शक्तिशाली भएका छन् ।

  • उत्प 47:27-28
    2 पदहरू
    76%

    27त्यसैले इस्राएल मिश्रको गोशेनमा बसोबास गरे । तिनका मानिसहरूले त्‍यहाँका जग्‍गाजमिन आफ्‍नो अधिकारमा लिए । तिनीहरूको फलिफाप भएर सङ्ख्या अत्यन्तै वृद्धि भयो ।

    28याकूब मिश्रमा सत्र वर्ष बसे । यसरी याकूबको जम्‍मा उमेर एक सय सतचालिस वर्ष भयो ।

  • 73%

    15त्यसैले याकूब मिश्रमा गए । त्यहाँ तिनको मृत्यु भयो र हाम्रा पुर्खाहरू पनि त्यहीँ नै मरे ।

    16तिनीहरूका मृत शरीर शकेममा लगिए र अब्राहामले शकेममा हमोरका छोराहरूबाट चाँदीको मूल्यमा किनेको चिहानमा तिनीहरूलाई गाडियो ।

  • निर्ग 2:23-24
    2 पदहरू
    73%

    23धेरै समय बितेपछि मिश्रका राजा मरे । इस्राएलीहरूले दासत्वको कठिनाइको कारणले चित्कार गरे । तिनीहरूले मदतको लागि पुकारा गरे र तिनीहरूको दासत्वको कारण तिनीहरूको पुकारा परमेश्‍वरकहाँ पुग्यो ।

    24परमेश्‍वरले तिनीहरूको क्रन्दन सुन्‍नुभएपछि उहाँले अब्राहाम, इसहाक र याकूबसित बाँध्‍नुभएको करार सम्झनुभयो ।

  • 8जब याकूब मिश्रदेशमा गए, र तिमीहरूका पुर्खाहरूले परमप्रभुसँग पुकारा गरे तब परमप्रभुले मोशा र हारून पठाउनुभयो जसले तिमीहरूका पुर्खाहरूलाई मिश्रदैशबाट बाहिर ल्याए र तिनीहरू यस ठाउँमा बसोबास गरे ।

  • 5याकूबका जम्मा सन्तानको सङ्ख्या सत्तरी जना थियो । योसेफ पहिले नै मिश्रमा थिए ।

  • 15हाम्रा पुर्खाहरू मिश्रमा गए र मिश्रमा नै लामो समयसम्म बसेको तपाईंलाई थाहा छ । मिश्रीहरूले हामी र हाम्रा पुर्खाहरूलाई रुखो व्यवहार गरे ।

  • 12तर जति मिश्रीहरूले इस्राएलीहरूमाथि थिचोमिचो गरे त्यति नै तिनीहरूको सङ्ख्या बढ्दै गएर तिनीहरू फैलन थाले । त्यसैले मिश्रीहरू इस्राएलीहरूसित डराउन थाले ।

  • निर्ग 6:4-5
    2 पदहरू
    71%

    4तिनीहरूलाई कनान देश दिनलाई मैले तिनीहरूसित मेरो करार पनि बाँधेँ । यो त्यही देश हो जहाँ तिनीहरू प्रवासी भएर यताउता चाहारे ।

    5अनि मिश्रीहरूले दासत्वमा राखेका इस्राएलीहरूको क्रन्दनलाई मैले सुनेको छु, र मैले मेरो करारको सम्झना गरेको छु ।

  • 40इस्राएलीहरू मिश्रमा ४३० वर्षसम्म बसेका थिए ।

  • 19मोशाले योसेफको अस्थि आफूसितै लगे किनकि योसेफले इस्राएलीहरूलाई यसरी गम्भीरतापूर्वक शपथ खान लगाएका थिए, “निश्‍चय नै परमेश्‍वरले तिमीहरूलाई छुटकारा दिनुहुनेछ र तिमीहरूले मेरो अस्थि आफूसितै लैजानू ।”

  • 17इस्राएलका यी मानिसहरूका परमेश्‍वरले हाम्रा पितापुर्खाहरूलाई चुनेर र मिश्रदेशमा रहँदा तिनीहरूलाई संख्यामा धेरै बढाउनुभयो र आफ्नो उचालिएको बाहुलीद्वारा तिनीहरूलाई त्यहाँबाट बाहिर निकाल्नुभयो ।”

  • 2त्यसपछि मेरो र तेरो बिचको आफ्नो करार म पक्‍का गर्नेछु, र तँलाई अत्यन्तै वृद्धि गराउनेछु ।”

  • 13किनकि परमेश्‍वरले अब्राहामलाई आफ्नो प्रतिज्ञा गर्नुहुँदा उहाँभन्दा ठुलो अरू कोही नभएकाले गर्दा उहाँ आफैँले शपथ खानुभयो ।

  • 8तर उहाँले तिमीहरूलाई प्रेम गर्नुहुने भएकोले र उहाँले तिमीहरूका पिता-पुर्खाहरूसित खानुभएको शपथ पुरा गर्ने इच्छा गर्नुभएकोले तिमीहरूलाई चुन्‍नुभएको हो ।

  • 19तिनीहरू थोरै सङ्ख्यामा मात्र हुँदा, साह्रै थोरै हुँदा र तिनीहरू त्‍यो देशमा विदेशीहरू थिए,

  • 17तिमीहरूले मिश्रमा भोगेको थिचोमिचोबाट मुक्त गरी दूध र मह बग्‍ने देश अर्थात् कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्वी र यबूसीहरूको देशमा लैजाने मैले प्रतिज्ञा गरेको छु” ।'

  • 3तर मैले तिमीहरूका पितालाई यूफ्रेटिस पारिबाट कनानको भूमिमा ल्याएँ र त्यसलाई त्यसको छोरा इसहाकद्वारा धेरै सन्तानहरू दिएँ ।

  • 39यी तिनै मानिस थिए जसप्रति हाम्रा पुर्खाहरू आज्ञाकारी बनेनन्; तिनीहरूले तिनलाई पन्छाए र तिनीहरू आफ्ना हृदयमा मिश्रमा फर्कने चाहना गरे ।

  • 2स्तिफनसले भने, “दाजुभाइ तथा पिताहरू हो, मेरो कुरा सुन्‍नुहोस्ः हाम्रा पिता अब्राहाम हारानमा बस्‍नुअगि महिमाका परमेश्‍वर मेसोपोटामियामा तिनीकहाँ देखा पर्नुभयो ।

  • 29हेर्नुहोस्, मिश्रदेशभरि ठुलो सहकालको सात वर्ष हुनेछ ।

  • 13तपाईंका दासहरू अब्राहाम, इसहाक र इस्राएललाई सम्झनुहोस् जसलाई तपाईंले आफ्नै खातिर यसो भनेर शपथ खानुभएको थियो, 'म तिमीहरूका सन्तानहरूलाई आकाशको ताराजत्तिकै बढाउनेछु र मैले तिमीहरूका सन्तानहरूलाई दिने भनेका यी सबै देश दिनेछु । तिनीहरूले सदाको लागि यसको अधिकार गर्नेछन्' ।”

  • 5मैले मिश्रमाथि मेरो हात पसारेर इस्राएलीहरूलाई तिनीहरूका बिचबाट ल्याएपछि म नै परमप्रभु हुँ भनी मिश्रीहरूले जान्‍नेछन् ।”

  • 20परमेश्‍वरले यी सुँडिनीहरूलाई जोगाउनुभयो । इस्राएलीहरू सङ्ख्यामा बढ्दै गए र तिनीहरू शक्तिशाली भए ।

  • 7इस्राएलीहरूले आफूलाई मिश्रदेशका राजा फारोको हातबाट छुटाउनुहुने, तिनीहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा पाप गरेका हुनाले यसरी तिनीहरू बन्‍दी भए । यी मानिसहरूले अरू देवताहरूको पुजा गरिरहेका थिए,

  • 6तिनीहरूले आफ्‍ना गाईबस्‍तु र कनान देशमा जम्‍मा गरेका मालसामानहरूसँगै लगे । याकूब र तिनका जम्‍मै सन्तान मिश्रमा गए ।

  • 13त्यपछि परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरा सन्तानहरू तिनीहरूको आफ्नो नभएको (अर्काको) मुलुकमा प्रवासी हुनेछन् र तिनीहरूलाई चार सय वर्षसम्‍म दास बनाइ‍नेछन् र अत्याचार गरिनेछन् ।

  • 7तब योसेफले आफ्‍ना बुबा याकूबलाई पनि फारोकहाँ हाजिर गराए । याकूबले फारोलाई आशीर्वाद दिए ।

  • 8मैले अब्राहाम, इसहाक र याकूबलाई दिने प्रतिज्ञा गरेको देशमा म तिमीहरूलाई ल्याउनेछु । म यो तिमीहरूलाई सम्पत्तिको रूपमा दिनेछु । म परमप्रभु हुँ' ।”