१ शमूएल 12:6

अनलक शाब्दिक बाइबल

शमूएलले मानिसहरूलाई भने, “मोशा र हारूनलाई नियुक्‍त गर्नुहुने र तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु नै हुनुहुन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मीका 6:4 : 4 किनभने मैले तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ र दासत्वको घरबाट बचाएँ । मैले मोशा, हारून, र मिरियमलाई तिमीहरूकहाँ पठाएँ ।
  • निर्ग 6:26 : 26 यी दुई तिनै हारून र मोशा थिए जसलाई परमप्रभुले भन्‍नुभयो, “इस्राएलीहरूका योद्धाहरूको दल-दलद्वारा तिनीहरूलाई मिश्र देशबाट बाहिर ल्याउनू ।”
  • नहे 9:9-9 : 9 तपाईंले मिश्रमा हाम्रा पिता-पुर्खाहरूको दुःख देख्‍नुभयो, र लाल समुद्रनेर तिनीहरूको क्रन्दन सुन्‍नुभयो । 10 तपाईंले फारो, तिनका सबै अधिकारी र तिनको देशका सबै जनताको सामु चिन्हहरू र आश्‍चर्यहरू गर्नुभयो किनकि मिश्रीहरूले इस्राएलीहरूको विरुद्धमा अहङ्कारी भएर व्यवहार गरेका थिए भनी तपाईं जान्‍नुहुन्थ्यो । तपाईंले आफ्नो निम्ति एउटा नाउँ राख्‍नुभयो जुन आजको दिनसम्म खडा छ । 11 त्यसपछि तपाईंले तिनीहरूकै सामु समुद्रलाई विभाजन गरिदिनुभयो अनि तिनीहरू समुद्रको बिचमा सुक्खा भूमिबाट हिँडेर गए, र तिनीहरूलाई खेद्‍नेहरूलाई तपाईंले उर्लंदो पानी ढुङ्गा फालेझैँ फालिदिनुभयो । 12 तिनीहरूलाई बाटोमा यात्राको लागि प्रकाश दिन तपाईंले तिनीहरूलाई दिनमा बादलको खाँबो र रातमा आगोको खाँबोद्वारा अगुवाइ गर्नुभयो । 13 तपाईं स्वर्गबाट सीनै पर्वतमा ओर्लनुभयो, र तिनीहरूसित बोल्नुभयो अनि तिनीहरूलाई धार्मिक नियमहरू, साँचो व्यवस्था र असल विधिविधानसाथै आज्ञाहरू दिनुभयो । 14 तपाईंले तिनीहरूलाई आफ्नो पवित्र शबाथ चिनाउनुभयो, अनि तपाईंका दास मोशाद्वारा तिनीहरूलाई आज्ञाहरू, विधिविधानहरू र व्यवस्था दिनुभयो ।
  • भजन 77:19-20 : 19 तपाईंको मार्ग समुद्रबाट गयो र तपाईंको बाटो उर्लंदो पानीबाट गयो, तर तपाईंका पाइलाहरू देखिएनन् । 20 तपाईंले मोशा र हारूनको हातद्वारा बगाललाई झैं आफ्ना मानिसहरूलाई डोर्‍याउनुभयो ।
  • भजन 78:12-72 : 12 मिश्र देशमा, सोअनको देशमा तिनीहरूका पुर्खाहरूका दृष्‍टिमा उहाँले गर्नुभएको चमत्कारिक कुराहरूलाई तिनीहरूले बिर्से । 13 उहाँले समुद्रलाई दुई भाग पार्नुभयो र तिनीहरूलाई त्‍यसको पारिपट्टि लानुभयो । उहाँले पानीलाई पर्खालहरूझैं खडा गर्नुभयो । 14 दिनको समयमा बादलले र रातभरि आगोको प्रकाशले उहाँले तिनीहरूलाई डोर्‍याउनुभयो । 15 उहाँले उजाडस्थानको चट्टा चिर्नुभयो र समुद्रको गहिराइ भर्न प्रशस्‍त हुने पानी उहाँले तिनीहरूलाई दिनुभयो । 16 चट्टानबाट उहाँले खोलाहरू बगाउनुभयो र पानीलाई नदीहरूझैं बगाउनुभयो । 17 तापनि तिनीहरूले उजाड-स्थानमा सर्वोच्‍चको विरुद्धमा विद्रोह गरेर उहाँको विरुद्धमा पाप गरिरहे । 18 आफ्‍नो भोक मेटाउनलाई खाना मागेर आफ्‍ना हृदयहरूले तिनीहरूले परमेश्‍वरलाई चुनौति दिए । 19 तिनीहरू परमेश्‍वरको विरुद्धमा बोले । तिनीहरूले भने, “परमेश्‍वरले हामीलाई उजाड-स्थानमा साँच्‍चै नै खाना खुवाउन सक्‍नुहुन्छ र? 20 हेर, उहाँले चट्टानलाई प्रहार गर्नुहुँदा, पानी निस्कियो र नदीहरू बगे । तर के उहाँले रोटी पनि दिन सक्‍नुहुन्छ? के उहाँले आफ्ना मानिसहरूलाई मासु दिनुहुनेछ?” 21 जब परमप्रभुले यो सुन्‍नुभयो, तब उहाँ रिसाउनुभयो । त्यसैले उहाँको आगो याकूबको विरुद्ध दन्क्यो र उहाँको रिसले इस्राएललाई आक्रमण गर्‍यो, 22 किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेनन् र उहाँको उद्धारमा भरोसा गरेनन् । 23 तापनि उहाँले माथिका आकाशलाई आज्ञा गर्नुभयो र आकाशका ढोकाहरू खोल्नुभयो । 24 तिनीहरूलाई खानलाई उहाँले मन्‍न बर्साउनुभयो, र उहाँले तिनीहरूलाई स्वर्गको अन्‍न दिनुभयो । 25 मानिसहरूले स्वर्गदूतहरूका रोटी खाए । तिनीहरूलाई उहाँले प्रशस्‍त गरी खाना पठाउनुभयो । 26 उहाँले आकाशमा पूर्वी बतास चलाउनुभयो र दक्षिणी बतासलाई आफ्‍नो शक्तिले उहाँले डोर्‍याउनुभयो । 27 धूलोझैं उहाँले तिनीहरूमाथि मासु, समुद्रको बालुवाझैं चराहरू बर्साउनुभयो । 28 तिनीहरूका शिविरको बिचमा, तिनीहरूका पालहरूको चारैतिर ती झरे । 29 त्यसैले तिनीहरूले खाए र अघाए । तिनीहरूले जे लालसा गरे सो उहाँले तिनीहरूलाई दिनुभयो । 30 तर तिनीहरू अझै अघाएका थिएनन् । तिनीहरूको खाना अझै तिनीहरूको मुखमै थियो । 31 तब परमेश्‍वरको क्रोध तिनीहरूमाथि पर्‍यो र तिमध्येका बलियाहरूलाई मार्‍यो । उहाँले इस्राएलका जवानहरूलाई तल झार्नुभयो । 32 यति हुँदा पनि, तिनीहरूले निरन्‍तर पाप गरे र उहाँका अचम्‍मका कामहरूमा विश्‍वास गरेनन् । 33 यसकारण परमेश्‍वरले तिनीहरूका दिनहरू घटाउनुभयो । तिनीहरूका वर्षहरू त्रासले भरिएका थिए । 34 जब परमेश्‍वरले तिनीहरूमाथि विपत्ति ल्याउनुभयो, तब तिनीहरूले उहाँको खोजी गर्न थाले, अनि तिनीहरू फर्के र उहाँलाई उत्‍सुकतासाथ खोजे । 35 परमेश्‍वर तिनीहरूका चट्टान हुनुहुन्थ्यो र सर्वोच्‍च तिनीहरूका उद्धारकर्ता हुनुहुन्थ्यो भनी तिनीहरूले सम्झे । 36 तर तिनीहरूले आफ्‍ना मुखले उहाँसँग चापलुसी गरे र तिनीहरूका शब्दहरूले उहाँसँग झुट बोले । 37 किनकि तिनीहरूका हृदयहरू उहाँमा स्थिर थिएनन् र तिनीहरू उहाँको करारप्रति विश्‍वासयोग्य थिएनन् । 38 तापनि उहाँ कृपालु हुनुभएर तिनीहरूका अधर्म क्षमा गर्नुभयो र तिनीहरूलाई नष्‍ट गर्नुभएन । हो, धेरै पल्‍ट उहाँले आफ्नो रिस थाम्‍नुभयो र उहाँका सबै क्रोधलाई उत्तेजित गर्नुभएन । 39 तिनीहरू मासुले बनेका हुन्, तिनीहरू बितिजाने र फर्केर नआउने बतास हुन् भनी उहाँले याद गर्नुभयो । 40 उजाड-स्थानमा र बाँझो ठाउँहरूमा तिनीहरूले कति धेरै पल्‍ट उहाँको विरुद्धमा विद्रोह गरेर उहाँलाई दुःखी बनाए! 41 तिनीहरूले परमेश्‍वरलाई धेरै पल्‍ट चुनौति दिए र इस्राएलका परम पवित्रलाई चित्त दुखाए । 42 तिनीहरूले उहाँको शक्तिको बारेमा विचार गरेनन्, उहाँले तिनीहरूलाई शत्रुहरूबाट कसरी छुटकारा दिनुभएको थियो, 43 जब उहाँले मिश्रदेशमा आफ्‍ना डरलाग्‍दा चिन्हहरू देखाउनुभयो र सोअनको क्षेत्रमा आफ्‍ना चमत्कारहरू देखाउनुभयो । 44 उहाँले मिश्रदेशका नदीहरूलाई रगतमा परिणत गर्नुभयो, ताकि तिनीहरूले आफ्‍ना नदीहरूका पानी पिउन सकेनन् । 45 उहाँले झींगाका हुल पठाउनुभयो, जसले तिनीहरूलाई टोके र भ्यागुताहरूले तिनीहरूका देशलाई अतिक्रमण गर्‍यो । 46 तिनीहरूका अन्‍न फट्याङ्ग्रहरूलाई र तिनीहरूका परिश्रम सलहहरूलाई उहाँले दिनुभयो । 47 तिनीहरूका दाखहरूलाई असिनाले र तिनीहरूका अञ्‍जीरका रूखहरूलाई धेरै असिनाले उहाँले नाश पार्नुभयो । 48 तिनीहरूका बथानमाथि उहाँले असिना बर्साउनुभयो र तिनीहरूका बगालमाथि बिजुली फाल्‍नुभयो । 49 उहाँको रिसको उग्रता तिनीहरूका विरुद्धमा पर्‍यो । उहाँले क्रोध, रिस र समस्‍यालाई विपत्ति ल्याउने एजेन्‍टझैं पठाउनुभयो । 50 आफ्नो रिसको निम्ति उहाँले मार्ग तयार गर्नुभयो । उहाँले तिनीहरूलाई मृत्युबाट बचाउनुभएन तर तिनीहरूलाई रूढीमा सुम्पिनुभयो । 51 मिश्रदेशका सबै जेठाहरूलाई, हामका पालहरूमा भएका तिनीहरूका जेठाहरूलाई उहाँले मार्नुभयो । 52 आफ्ना मानिसहरूलाई उहाँले भेडालाई झैं डोर्‍याउनुभयो र बगाललाई झैं तिनीहरूलाई उजाडस्‍थानमा बाटो देखाउनुभयो । 53 सुरक्षित र निर्भयसाथ उहाँले तिनीहरूलाई डोर्‍याउनुभयो, तर समुद्रले तिनीहरूका शत्रुहरूलाई डुबायो । 54 त्‍यसपछि उहाँले तिनीहरूलाई आफ्‍नो पवित्र देशको सिमानामा, उहाँको दहिने हातले प्राप्‍त गरेको यो पर्वतमा ल्याउनुभयो । 55 तिनीहरूको सामुबाट उहाँले जातिहरूलाई धपाउनुभयो र तिनीहरूलाई आफ्‍नो उत्तराधिकार दिनुभयो । इस्राएलका कुलहरू उहाँले तिनीहरूका आफ्‍ना पालहरूमा बसाल्नुभयो । 56 तापनि तिनीहरूले सर्वोच्‍च परमेश्‍वरलाई चुनौति दिए र अवज्ञा गरे, अनि उहाँका गम्भीर आज्ञाहरू पालन गरेनन् । 57 तिनीहरू अविश्‍वासयोग्य भए र आफ्‍ना पुर्खाहरूले झैं धोकापूर्ण काम गरे । तिनीहरू खोटपूर्ण धनुजस्तै भरोसाहीन थिए । 58 किनकि तिनीहरूले उहाँलाई आफ्‍ना अग्‍ला डाँडाहरूले क्रुद्ध बनाए र आफ्‍ना मूर्तीहरूले उहाँलाई डाहले रसाउने बनाए । 59 जब परमेश्‍वरले यो सुन्‍नुभयो, तब उहाँ रिसाउनुभयो र इस्राएललाई पूर्ण रूपमा इन्कार गर्नुभयो । 60 शीलोको पवित्रस्थान, उहाँ मानिसहरूका बिचमा बास गर्नुभएको पाललाई उहाँले त्याग्‍नुभयो । 61 उहाँले आफ्‍नो सामर्थ्यलाई कसैको कब्जामा सुम्‍पिदिनुभयो र आफ्‍नो महिमालाई शत्रुहरूका हातमा सुम्पिनुभयो । 62 उहाँले आफ्ना मानिसहरूलाई तरवारमा सुम्‍पिनुभयो र उहाँ आफ्ना उत्तराधिकारसँग रिसाउनुभयो । 63 आगोले तिनीहरूका जवान मानिसहरूलाई भष्‍म पारे, र तिनीहरूका जवान स्‍त्रीहरूसँग विवाहको गीत थिएन । 64 तिनीहरूका पुजारीहरू तरवारले ढले र तिनीहरूका विधवाहरू रुन सकेनन् । 65 अनि परमप्रभु निद्राबाट जागेझैं, दाखमद्यको कारणले कराउने योद्धाजस्तै उठ्नुभयो । 66 उहाँले आफ्‍ना वैरीहरूलाई पछि फर्काउनुभयो । उहाँले तिनीहरूलाई अनन्त लाजमा पार्नुभयो । 67 उहाँले योसेफको पाललाई इन्कार गर्नुभयो र उहाँले एफ्राइमको कुललाई चुन्‍नुभएन । 68 उहाँले यहूदाको कुल र उहाँले प्रेम गर्नुभएको सियोन पर्वतलाई चुन्‍नुभयो । 69 उहाँले आफ्नो पवित्रस्थानलाई स्‍वर्गझैं, उहाँले सदाको निम्ति स्थापना गर्नुभएको पृथ्वीझैं बनाउनुभयो । 70 उहाँले आफ्नो दास दाऊदलाई चुन्‍नुभयो र तिनलाई भेडाका बगालहरूबाट ल्‍याउनुभयो । 71 आफ्‍ना पाठाहरूका साथमा हिंड्‍ने भेडीहरूका पछि लाग्‍नबाट उहाँले तिनलाई ल्‍याउनुभयो, अनि उहाँले तिनलाई याकूब, उहाँका मानिसहरू, र उहाँको उत्तराधिकार इस्राएलको गोठालो तुल्याउनुभयो । 72 आफ्‍नो हृदयको इमानदारीताले दाऊदले उनीहरूको रेखदेख गरे र आफ्नो हातको सीपले तिनले उनीहरूलाई बाटो देखाए ।
  • भजन 99:6 : 6 मोशा र हारून उहाँका पुजारीमध्‍येका थिए, र शमूएल उहाँको नाउँ पुकारा गर्नेहरूमध्येका थिए । तिनीहरू परमप्रभुलाई पुकारा गरे र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो ।
  • भजन 105:26 : 26 आफूले चुन्‍नुभएका आफ्ना सेवक मोशा र हारूनलाई उहाँले पठाउनुभयो ।
  • भजन 105:41 : 41 उहाँले चट्टानलाई चिरा पार्नुभयो र त्‍यसबाट पानी बगेर निस्क्यो । उजाडस्थानमा ती नदीझैं बगे ।
  • यशा 63:7-9 : 7 परमप्रभुको करारको विश्‍वस्‍तताका कामहरू र परमप्रभुको प्रशंसायोग्य कामहरू म भन्‍नेछु । परमप्रभुले हाम्रा निम्‍ति गर्नुभएको सबै काम र इस्राएलको घरानाप्रति उहाँका महान् भलाइको बारेमा म भन्‍नेछु । उहाँको दया र करारको विश्‍वस्‍तताका धेरै वटा कामहरूका कारणले उहाँले यो दया हामीलाई देखाउनुभएको छ । 8 किनकि उहाँले भन्‍नुभयो, “निश्‍चय नै तिनीहरू मेरा मानिसहरू हुन्, छोराछोरी जो बेइमान छैनन् ।” उहाँ तिनीहरूका मुक्‍तिदाता हुनुभयो । 9 तिनीहरूका सबै कष्‍टहरूद्वारा उहाँले पनि कष्‍ट भोग्‍नुभयो, र उहाँको उपस्थितिको स्वर्गदूतले तिनीहरूलाई बचायो । आफ्‍नो प्रेम र दयामा उहाँले तिनीहरूलाई बचाउनुभयो र उहाँले तिनिहरूलाई माथि उठाउनुभयो र सारा प्राचीन समयभरि तिनीहरूलाई बोक्‍नुभयो । 10 तर तिनीहरूले विद्रोह गरे र पवित्र आत्मालाई दुःखी तुल्याए । यसरी उहाँ तिनीहरूका शत्रु हुनुभयो र तिनीहरूका विरुद्धमा युद्ध गर्नुभयो । 11 उहाँका मानिसहरूले मोशाको प्राचीन समयको बारेमा विचार गरे । तिनीहरूले भने, “ परमेश्‍वर कहाँ हुनुहुन्छ जसले आफ्‍ना बथानका गोठालाहरूसँगै तिनीहरूलाई समुद्रबाट ल्याउनुभयो? परमेश्‍वर कहाँ हुनुहुन्छ जसले आफ्‍नो पवित्र आत्मा तिनीहरूका बिचमा राख्‍नुभयो? 12 परमेश्‍वर कहाँ हुनुहुन्छ जसले मोशाको दाहिने हातसँगै आफ्‍नो महिमित शक्ति जान दिनुभयो र आफ्‍नो निम्ति अनन्तको नाउँ बनाउन तिनीहरूका सामु भएको पानीलाई विभाजन गर्नुभयो? 13 परमेश्‍वर कहाँ हुनुहुन्छ जसले तिनीहरूलाई गहिरो पानीबाट डोर्‍याउनुभयो? मैदानमा घोडा दौडेझैं, तिनीहरूले ठेस खाएनन् । 14 गाइवस्तु बेसीमा झरेझैं, परमप्रभुको आत्माले तिनीहरूलाई विश्राम दिनुभयो । यसरी आफ्‍नो निम्‍ति प्रशंसाको नाउँ बनाउनलाई तपाईंले आफ्‍ना मानिसहरूलाई डोर्‍याउनुभयो?
  • हो 12:13 : 13 परमप्रभुले एक जना अगमवक्ताद्वारा इस्राएललाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो, र एक जना अगमवक्ताद्वारा नै उहाँले तिनीहरूको रेखदेख गर्नुभयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ शमू 12:7-8
    2 पदहरू
    78%

    7त्‍यसो हो भने अब आफैलाई हाजिर गराऊ ताकि मैले तिमीहरू सँगै परमप्रभुका सबै धार्मिक कार्यहरूबारे उहाँको सामु निवेदन गर्नेछु जुन उहाँले तिमीहरू र तिमीहरूका पुर्खाहरूका निम्ति गर्नुभयो ।

    8जब याकूब मिश्रदेशमा गए, र तिमीहरूका पुर्खाहरूले परमप्रभुसँग पुकारा गरे तब परमप्रभुले मोशा र हारून पठाउनुभयो जसले तिमीहरूका पुर्खाहरूलाई मिश्रदैशबाट बाहिर ल्याए र तिनीहरू यस ठाउँमा बसोबास गरे ।

  • १ शमू 10:17-19
    3 पदहरू
    78%

    17शमूएलले मानिसहरूलाई मिस्‍पामा परमप्रभुको सामु एकसाथ भेला गरे ।

    18तिनले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः ‘मैले इस्राएललाई मिश्रदेशबाट ल्याएँ र मैले तिमीहरूलाई मिश्रीहरूका हातबाट र तिमीहरूको विरोध गर्ने सबै राज्यहरू शक्तिबाट छुटकारा दिएँ ।'

    19तर तिमीहरूका सबै विपत्तिहरू र तिमीहरूका कष्‍टबाट बचाउनुहुने तिमीहरूका परमेश्‍वरलाई आज तिमीहरूले इन्कार गरेका छौ । अनि तिमीहरूले उनलाई भनेका छौ, हामीमाथि एक जना राजा खडा गर्नुहोस् ।' अब आ-आफ्ना वंशअनुसार र कुलअनुसार आफैलाई परमप्रभुको सामु प्रस्तुत गर ।”

  • निर्ग 6:26-28
    3 पदहरू
    76%

    26यी दुई तिनै हारून र मोशा थिए जसलाई परमप्रभुले भन्‍नुभयो, “इस्राएलीहरूका योद्धाहरूको दल-दलद्वारा तिनीहरूलाई मिश्र देशबाट बाहिर ल्याउनू ।”

    27इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउन अनुमति दिइयोस् भनी हारून र मोशाले मिश्रका राजा फारोलाई भने । यी तिनै मोशा र हारून थिए ।

    28परमप्रभु मिश्र देशमा मोशासित बोल्नुहुँदा

  • न्या 6:8-9
    2 पदहरू
    76%

    8तब परमप्रभुले इस्राएलका मानिसहरूका निम्ति एक जना अगमवक्ता पठाउनुभयो । ती अगमवक्ताले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः ‘मैले तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याएँ । मैले तिमीहरूलाई दासत्वको घरबाट बाहिर निकालेर ल्याएँ ।

    9मैले तिमीहरूलाई मिश्रीहरूका हातबाट र तिमीहरूलाई अत्‍याचार गरिरहेका सबै जनाका हातबाट बचाएँ । तिनीहरूलाई मैले तिमीहरूका सामुबाट लखेटें, र तिमीहरूलाई मैले तिनीहरूका देश दिएँ ।

  • 4किनभने मैले तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ र दासत्वको घरबाट बचाएँ । मैले मोशा, हारून, र मिरियमलाई तिमीहरूकहाँ पठाएँ ।

  • 6मोशा र हारून उहाँका पुजारीमध्‍येका थिए, र शमूएल उहाँको नाउँ पुकारा गर्नेहरूमध्येका थिए । तिनीहरू परमप्रभुलाई पुकारा गरे र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो ।

  • 27यति बेला परमेश्‍वरका एक जना मानिस एलीकहाँ आए र तिनलाई भने, “परमप्रभु भन्‍नुहुन्छ, 'तेरा पुर्खाहरू मिश्रदेशमा फारोको घरमा दासत्वमा हुँदा, के मैले तिनीहरूकहाँ आफूलाई प्रकट गरिन र?

  • 13परमप्रभु मोशा र हारूनसित बोल्नुभयो । इस्राएलीहरूलाई मिश्र देशबाट बाहिर ल्याउन उहाँले मिश्रका राजा फारोलाई बताउनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो ।

  • 13मोशाले परपप्रभुलाई भने, “यदि तपाईंले यसो गर्नुभयो भने, मिश्रीहरूले यसबारे सुन्‍नेछन्, किनभने तपाईंले यिनीहरूलाई तिनीहरूको शक्‍तिबाट छुटकारा दिनुभयो ।

  • 1¶ शमूएलले सबै इस्राएलीलाई भने, “तिमीहरूले मलाई भेनका हरेक कुरा मैले सुनेको छु र मैले तिमीहरूमाथि एक जना राजा नियुक्‍त गरेको छु ।

  • 1¶ शमूएलले शऊललाई भने, “ तपाईंलाई परमप्रभुका मानिसहरूका राजा हुन अभिषेक गर्नलाई उहाँले मलाई पठाउनुभयो । अब परमप्रभुको वचन सुन्‍नुहोस् ।

  • 2हालैमा बितेका समयमा, जब शाऊल हाम्रा राजा थिए, तब तपाईंले नै इस्राएलको सेनाको नेतृत्‍व गर्नुभयो । परमप्रभु तपाईंका परमेश्‍वरले तपाईंलाई यसो भन्‍नुभयो, ‘तैंले नै मेरा मानिस इस्राएलको रेखदेख गर्नेछस्, र तँ नै मेरा मानिस इस्राएलको शासक हुनेछस्‌’ ।”

  • 17किनभने हामीलाई र हाम्रा पुर्खाहरूलाई मिश्र अर्थात् दासत्वको घरबाट ल्याउनुहुने परमप्रभु नै हाम्रा परमेश्‍वर हुनुहुन्छ, र उहाँले हाम्रो दृष्‍टिमा ठुला-ठुला चिन्हका कामहरू गर्नुभयो, हामी हिँडेका सबै मार्गमा र हामीले पार गरेका सबै जातिमाझ हामीलाई सुरक्षा दिनुभयो ।

  • 24शामूएलले मानिसहरूलाई भने, “के परमप्रभुले चुन्‍नुभएको मानिसलाई तिमीहरूले देख्‍दैछौ? सबै मानिसहरूका माझमा तिनीजस्ता अरू कोही छैन ।” सबै मानिसहरू यसो भन्‍दै कराए, “राजा अमर रहून्” ।

  • 17इस्राएलका यी मानिसहरूका परमेश्‍वरले हाम्रा पितापुर्खाहरूलाई चुनेर र मिश्रदेशमा रहँदा तिनीहरूलाई संख्यामा धेरै बढाउनुभयो र आफ्नो उचालिएको बाहुलीद्वारा तिनीहरूलाई त्यहाँबाट बाहिर निकाल्नुभयो ।”

  • 5तिनले उनीहरूलाई भने, “परमप्रभु तिमीहरू विरुद्ध साक्षी हुनुहुन्छ र आज उहाँका अभिषिक्‍त जन साक्षी छन्, कि तिमीहरूले मेरो हातमा कुनै कुरा भेट्टाएका छैनौ ।” तिनीहरूले जवाफ दिए, “परमप्रभु साक्षी हुनुहुन्छ ।”

  • 2मोशाले सारा इस्राएलीलाई डाकेर भने, “मिश्र देशमा फारो, तिनका सबै अधिकारी र तिनका सबै देशमा परमप्रभुले तिमीहरूका सामु गर्नुभएको हरेक कुरा तिमीहरूले देखेका छौ ।

  • 12तब मानिसहरूले शमूएललाई भने, “ती को थिए जसले यसो भने 'के शाऊलले हामीमाथि राज्‍य गर्नेछ र?’ ती मानिसहरूलाई ल्याउनुहोस्, ताकि हामीले तिनीहरूलाई मार्नेछौं ।”

  • १ शमू 12:11-13
    3 पदहरू
    71%

    11त्यसैले परमप्रभुले यरूब-बाल, बाराक, यिप्‍ता र शमूएललाई पठाउनुभयो र तिमीहरू वरिपरिका सबै शत्रुमाथि विजय दिनुभयो, ताकि तिमीहरू सुरक्षामा बसोबास गर्न पाओ ।

    12जब तिमीहरूले अम्मोनका मानिसहरूका राजा नाहाश तिमीहरू विरुद्ध आएको देख्यौ, तब तिमीहरूले मलाई भन्यौ, 'होइन, बरु हामीमाथि राजाले राज्‍य गर्नुपर्छ,’— यद्यपि परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका राजा हुनुहुन्थ्यो ।

    13अब तिमीहरूले चुनेका र तिमीहरूले मागेका राजा यहाँ छन् जसलाई परमप्रभुले तिमीहरूमाथि राजाको रूपमा नियुक्‍त गर्नुभएको छ ।

  • 53किनकि हे परमप्रभु, तपाईंले हाम्रा पुर्खाहरूलाई मिश्रबाट ल्याउनुहुँदा तपाईंका दास मोशालाई व्याख्या गर्नुभएझैँ तपाईंकै हुन र तपाईंका प्रतिज्ञाहरू प्राप्त गर्न तपाईंले नै तिनीहरूलाई पृथ्वीका सबै जातिबाट अलग गर्नुभयो ।”

  • 6'तिमीहरूलाई मिश्रदेश अर्थात् दासत्वको देशबाट ल्याउने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।

  • 26आफूले चुन्‍नुभएका आफ्ना सेवक मोशा र हारूनलाई उहाँले पठाउनुभयो ।

  • 6तब मोशा र हारूनले इस्राएलका सबै मानिसलाई भने, “मिश्र देशबाट तिमीहरूलाई निकालेर ल्याउनुहुने परमप्रभु नै हुनुहुन्छ भनी साँझमा तिमीहरूले थाहा पाउनेछौ ।

  • 17शमूएलले भने, “तपाईं आफ्नै दृष्‍टिमा सानो हुनुहुन्छ, तापनि के तपाईंलाई इस्राएलको कुलहरूका शिर बनाइएको थिएन र? तब परमप्रभुले तपाईंलाई इस्राएलका राजा अभिषेक गर्नुभयो,

  • 1¶ परमप्रभु मिश्र देशमा मोशा र हारूनसित बोल्नुभयो । उहाँले भन्‍नुभयो,

  • 10त्यसैले शमूएलले राजाको माग गरिरहेका मानिसहरूलाई परमप्रभुका सबै वचन सुनाए ।

  • 15अब शाऊल आउनुभन्दा अगिल्लो दिन नै परमप्रभुले शमूएललाई प्रकट गर्नुभएको थियोः

  • 16गएर इस्राएलका धर्म-गुरुहरूलाई भेला गर् । तिनीहरूलाई यसो भन्‍नू, 'तिमीहरूका पिता-पुर्खाका परमेश्‍वर अर्थात् अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर मकहाँ देखा परी भन्‍नुभयो, “मैले वास्तवमै तिमीहरूलाई अवलोकन गरेको छु र तिमीहरूलाई मिश्रमा के गरिएको छ भनी देखेको छु ।

  • 6मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रबाट ल्याएँ र तिमीहरू समुद्रमा आयौ । मिश्रीहरूले लाल समुद्रसम्म नै रथहरू र घोडाहरूसहित तिमीहरूको पिछा गरे ।

  • 33र मैले नै तिमीहरूका परमेश्‍वर हुनको निम्ति तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ । म परमप्रभु हुँ ।

  • 1¶ तब परमप्रभुले मलाई भन्‍नुभयो, “मोशा र शमूएल मेरो सामु खडा भए तापनि म यी मानिसका पक्षमा खडा हुन्‍नँ । तिनीहरूलाई टाढा जानलाई मेरो सामुबाट तिनीहरूलाई हटाइदे ।

  • 6जब तिनीहरू आए, तिनले एलीआबलाई हेरे र मनमनै भने परमप्रभुको अभिषिक्‍त जन निश्‍चय नै तिनको सामु उभिरहेका थिए ।

  • 36तर महान् शक्ति र उठेका हातहरूले तिमीहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभुलाई मात्र तिमीहरूले आदर गर्नुपर्छ । तिमीहरूले उहाँलाई मात्र दण्डवत् गर्नुपर्छ, र उहाँलाई मात्र बलि चढाउनुपर्छ ।

  • 37उहाँले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नुभएकाले उहाँले तिनीहरूका सन्तानहरूलाई चुन्‍नुभयो अनि उहाँको उपस्थिति र महाशक्तिसहित तिमीहरूलाई मिश्रबाट ल्याउनुभयो ।

  • 4त्यसपछि इस्राएलका सारा धर्म-गुरुहरू भेला भए र रामामा शमूएलकहाँ आए ।

  • 20तर परमप्रभुले तिमीहरूलाई उहाँको आफ्नै निज सम्पत्ति (जस्तो आज तिमीहरू छौ) बनाउन आगोको भट्टी अर्थात् मिश्रबाट निकालेर ल्याउनुभएको छ ।

  • 7मोशा ओर्लेर आई मानिसहरूका धर्म-गुरुहरूलाई बोलाउन पठाए । परमप्रभुले तिनलाई भन्‍नुभएका सबै वचन तिनले तिनीहरूका सामु राखे ।

  • 5तब शमूएलले भने, “सबै इस्राएललाई मिस्‍पामा भेला गर र म तिमीहरूका निम्ति परमप्रभुसँग प्रार्थना गर्नेछु ।”

  • 23उहाँले हामीलाई त्यहाँबाट बाहिर ल्याउनुभयो ताकि हाम्रा पुर्खाहरूसित शपथ खानुभएको देशभित्र उहाँले हामीलाई ल्याउन सक्‍नुभएको होस् ।

  • 10साथै मैले तिमीहरूलाई मिश्रदेशबाट निकालेर माथि ल्याएँ, र एमोरीहरूको देश कब्जा गर्नलाई, चालिस वर्षसम्म तिमीहरूलाई मरुभूमिमा डोर्‍याएँ ।

  • निर्ग 6:7-8
    2 पदहरू
    70%

    7म तिमीहरूलाई मेरै जाति हुनलाई ग्रहण गर्नेछु, र म तिमीहरूका परमेश्‍वर हुनेछु । तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकालेर ल्याउने म तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ ।

    8मैले अब्राहाम, इसहाक र याकूबलाई दिने प्रतिज्ञा गरेको देशमा म तिमीहरूलाई ल्याउनेछु । म यो तिमीहरूलाई सम्पत्तिको रूपमा दिनेछु । म परमप्रभु हुँ' ।”