१ शमूएल 12:11

अनलक शाब्दिक बाइबल

त्यसैले परमप्रभुले यरूब-बाल, बाराक, यिप्‍ता र शमूएललाई पठाउनुभयो र तिमीहरू वरिपरिका सबै शत्रुमाथि विजय दिनुभयो, ताकि तिमीहरू सुरक्षामा बसोबास गर्न पाओ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • न्या 6:32 : 32 त्‍यसकारण, त्यो दिनमा तिनीहरूले गिदोनलाई “यरूब-बाल” भने, किनभने तिनले यसो भनेका थिए, “बालले त्यसको विरुद्ध आफ्नो सुरक्षा आफैं गरोस्,” किनभने गिदोनले बालको वेदी भत्काए ।
  • न्या 4:6 : 6 तिनले नाप्‍तालीको केदेशबाट अबीनोअमका छोरा बाराकलाई बोलाइन् र तिनलाई भनिन्, “परमप्रभु, इस्राएलका परमेश्‍वरले तिमीलाई यस्तो आज्ञा गर्नुहुन्छ, ‘तबोर डाँडामा जाऊ, र नाप्‍ताली र जबूलूनबाट तिमीसँग दश हजार मानिसहरू ल्‍याऊ ।
  • न्या 6:14 : 14 परमप्रभुले तिनलाई हेर्नुभयो र यसो भन्‍नुभयो, “तँसँग भएको बलमा तँ जा । इस्राएललाई मिद्दानीको हातबाट छुटा । के मैले तँलाई पठाएको होइन र?”
  • न्या 8:29 : 29 योआशका छोरा, यरूब-बाल गए र आफ्नै घरमा बसे ।
  • न्या 8:35 : 35 यरूब-बालले (अर्थात् गिदोनले) इस्राएलमा तिनीहरूका निम्ति गरेका सबै असल कुराहरूका खातिर तिनीहरूले गिदोनको घरानालाई गरेका आफ्ना प्रतिज्ञाहरूलाई पुरा गरेनन् ।
  • न्या 11:1-9 : 1 ¶ गिलादी यिप्‍ता एक जना शक्तिशाली योद्धा थिए, तर तिनी एक जना वेश्याका छोरा थिए । गिलाद तिनका पिता थिए । 2 गिलादकी पत्‍नीले पनि तिनका निम्‍ति अरू छोराहरू जन्माइन् । जब तिनकी पत्‍नीकी छोराहरू हुर्के, तिनीहरूले यिप्‍तालाई घर छोड्न बाध्‍य पारे र तिनलाई भने, “हाम्रो परिवारबाट तैंले केही पनि पैतृक अंश पाउनेछैनस् । तँ अर्कै स्‍त्रीको छोरा होस् ।” 3 यसैले यिप्‍ता आफ्ना दाजुभाइबाट भागे र तोब देशमा बसोबास गरे । हुर्दुङ्गे मानिसहरू यिप्‍तासँग मिले र उनीहरू आए र तिनीसँगै गए । 4 केही दिनपछि, अम्मोनका मानिसहरूले इस्राएलको विरुद्ध युद्ध सुरु गरे । 5 जब अम्मोनका मानिसहरूले इस्राएलको विरुद्ध युद्ध गरे, तब गिलादका एल्डरहरू तोब देशबाट यिप्‍तालाई फर्काएर ल्याउनको निम्ति त्यहाँ गए । 6 तिनीहरूले यिप्‍तालाई भने, “आउनुहोस् र हाम्रो अगुवा हुनुहोस् ताकि हामी अम्मोनका मानिहरूसँग युद्ध लड्न सकौं ।” 7 यिप्‍ताले गिलादका अगुवाहरूलाई भने, “तपाईंहरूले मलाई हेला गर्नुभयो र मेरो पिताको घर छोडेर जान मलाई बाध्‍ये पार्नुभयो । अब तपाईंहरू समस्यामा पर्नुहुँदा चाहिं तपाईंहरू मकहाँ किन आउनुहुन्‍छ?” 8 गिलादका अगुवाहरूले यिप्‍तालाई भने, “त्यसकारण अब हामी तपाईंकहाँ फर्केका छौं । हामीसँग आउनुहोस् र अम्मोनका मानिसहरूसँग युद्ध गर्नुहोस्, र तपाईं नै गिलादमा बस्‍ने सबैका अगुवा हुनुहुनेछ ।” 9 यिप्‍ताले गिलादका अगुवाहरूलाई भने, “अम्मोनका मानिसहरूसँग युद्ध गर्नलाई तपाईंहरूले मलाई फेरि घर लानुभयो भने, र परमप्रभुले हामीलाई तिनीहरूमाथि विजय दिनुभयो भने, म तपाईंहरूका अगुवा हुनेछु ।” 10 गिलादका अगुवाहरूले यिप्‍तालाई भने, “हामीले जस्‍तो भन्‍छौं त्यस्‍तै गरेनौं भने हाम्रा बिचमा परमप्रभु नै साक्षी हुनुहुन्‍छ!” 11 यसैले यिप्‍ता गिलादका अगुवाहरूसँग गए, र मानिसहरूले तिनलाई आफूमाथि अगुवा र कमाण्‍डर बनाए । जब यिप्‍ता मिस्पामा परमप्रभुको सामु थिए, तब तिनले आफूले गरेका सबै प्रतिज्ञाहरू दोहोर्‍याए । 12 अनि यिप्‍ताले अम्मोनका मानिसहरूका राजाकहाँ यसो भनेर दूतहरू पठाए, “हाम्रा बिचमा के कुराले द्वन्द भएको हो? हाम्रो देश कब्‍जा गर्न सेनासित तपाईं किन आउनुभएको छ?” 13 अम्मोनका मानिसहरूका राजाले यिप्‍ताका दूतहरूलाई जवाफ दिए, “किनभने जब इस्राएल मिश्रदेशबाट आए, तब तिनीहरूले मेरो देशलाई अर्नोनदेखि यब्बोक हुँदै यर्दनसम्म कब्‍जा गरे । अब शान्तिसित ती जमिन फिर्ता दिनुहोस् ।” 14 फेरि यिप्‍ताले अम्मोनका मानिसहरूका राजाकहाँ दूतहरू पठाए, 15 र तिनले भने, “यिप्‍ता यसो भन्छन्: इस्राएलले मोआब देश र अम्मोनका मानिसहरूका देशलाई लिएको थिएन, 16 तर तिनीहरू मिश्रदेशबाट आए, र इस्राएल उजाड-स्‍थान हुँदै लाल समुद्रमा र कादेशमा गए । 17 जब इस्राएलले यसो भनेर एदोमका राजालाई दूतहरू पठाए, ‘कृपया हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्,’ एदोमका राजाले सुनेनन् । तिनीहरूले मोआबका राजाकहाँ पनि दूतहरू पठाए, तर तिनले इन्कार गरे । यसरी इस्राएलचाहिं कादेशमा नै बसे । 18 त्यसपछि तिनीहरू उजाड-स्‍थानबाट गए र एदोम र मोआबको देशबाट टाढा गए, र तिनीहरू मोआब देशको पूर्वी ठाउँ हुँदै हिंडे र तिनीहरूले अर्नोनको अर्कोपट्टि छाउनी हाले । तर तिनीहरू मोआबको सिमानाभित्र गएनन्, किनकि अर्नोनचाहिं मोआबको सिमानामा थियो । 19 इस्राएलले हेश्बोनमा राज्‍य गर्ने एमोरीहरूका राजा सीहोनकहाँ दूतहरू पठाए । इस्राएलले उनलाई भने, ‘कृपया हामीलाई आफ्‍नो देशमा जानलाई तपाईंको देशको बाटो भएर जान दिनुहोस् ।’ 20 तर आफ्नो सिमानाभित्रबाट जानको निम्ति सीहोनले इस्राएलमाथि विश्‍वास गरेनन् । यसैले सीहोनले आफ्ना सबै सेना जाम्‍मा गरे र उनले तिनीहरूलाई यहसामा लगे, र त्यहाँ उनले इस्राएलको विरुद्ध युद्ध गरे । 21 तब इस्राएलका परमप्रभु परमेश्‍वरले सीहोन र तिनका सारा मानिसलाई इस्राएलको हातमा दिनुभयो र तिनीहरूले उनीहरूलाई परास्त गरे । यसैले इस्राएलले एमोरीहरूको देशको सबै जमिन अधिकार गरे । 22 तिनीहरूले एमोरीहरूका सिमानाभित्र अर्नोनदेखि यब्बोकसम्म, र उजाड-स्‍थानदेखि यर्दनसम्म हरेक कुरामा अधीन गरे । 23 यसरी इस्राएलका परमप्रभु परमेश्‍वरले आफ्‍ना मानिस इस्राएलको सामुबाट एमोरीहरूलाई खेद्‍नुभएको हो, र के तपाईं अब उनीहरूको देशमाथि अधिकार गर्नुहुन्‍छ? 24 के तपाईंहरूका देवता कमोशले तपाईंहरूलाई जुन देश दिन्छन्, त्यही तपाईंहरू लिनुहुन्‍छ होइन र? यसैले हाम्रा परमप्रभु परमेश्‍वरले जुन देश हामीलाई दिनुभएको छ, त्‍यो हामी अधिकार गर्छौं । 25 के अब तपाईं मोआबका राजा, सिप्पोरका छोरा बालकभन्दा असल हुनुहुन्‍छ र? के तिनले इस्राएलसँग बहस गर्ने आँट गरे? 26 जब इस्राएल हेश्बोन र त्यसका गाउँहरू, र अरोएर र त्यसका गाउँहरू, र अर्नोनका किनारका सबै सहरहरूमा तिन सय वर्षसम्‍म बसोबास गर्दा, तपाईंहरूले किन त्यस बेला ती फिर्ता लिनुभएन? 27 मैले तपाईंहरूलाई केही गलत गरेको छैनँ, तर तपाईंहरूले मलाई आक्रमण गरेर मेरो खराबी गर्दै हुनुहुन्‍छ । न्यायकर्ता परमप्रभुले नै आज इस्राएलका मानिस र अम्मोनका मानिसहरूका बिचमा निर्णय गर्नुहुनेछ ।” 28 तर अम्मोनका मानिसहरूका राजाले यिप्‍ताले पठाएका चेतावनीलाई इन्कार गरे । 29 तब परमप्रभुको आत्मा यिप्‍तामाथि आउनुभयो, र तिनी गिलाद र मनश्शेबाट भएर गए, र गिलादको मिस्पाबाट भएर तिनी अम्मोनका मानिसहरूकहाँ पुगे । 30 यिप्‍ताले परमप्रभुसँग एउटा बाकल गरे र भने, “तपाईंले मलाई अम्मोनका मानिसहरूमाथि विजय दिनुभयो भने, 31 अम्मोनका मानिसहरूबाट म शान्‍तमा फर्केर आउँदा मेरा घरको ढोकाहरूबाट मलाई भेट्न जेसुकै कुरा बाहिर आए पनि त्‍यो परमप्रभुको हुनेछ, र त्‍यसलाई म होमबलिको रूपमा चढाउनेछु ।” 32 यसैले अम्मोनीहरूसँग युद्ध गर्न यिप्‍ता तिनीहरूकहाँ गए, र परमप्रभुले उनलाई विजय दिनुभयो । 33 तिनले तिनीहरूलाई आक्रमण गरे र अरोएरदेखि मिन्‍नीतसम्म बिसवटा सहर र हाबिल-करमीमसम्म ठुलो सङ्ख्यामा मारे । यसरी अम्मोनका मानिसहरूलाई इस्राएलका मानिसहरूको अधीनमा पारे ।
  • १ शमू 7:13 : 13 यसरी पलिश्तीहरूलाई अधीन गरियो र तिनीहरू इस्राएलको सिमानाभित्र प्रवेश गरेनन् । शमूएलको समयभरि नै परमप्रभुको हात पलिश्तीहरूको विरुद्धमा थियो ।
  • न्या 13:1-9 : 1 ¶ इस्राएलका मानिसहरूले फेरि परमप्रभुको दृष्‍टिमा जे कुरा खराब थियो त्यही गरे, र उहाँले तिनीहरूलाई पलिश्तीहरूका हातमा चालिस वर्षसम्म सुम्पनुभयो । 2 त्यहाँ सोराबाट आएका दानको वंशका एक जना मानिस थिए, तिनको नाउँ मानोह थियो । तिनकी पत्‍नी गर्भवती हुन सकेकी थिइनन् र यसैले तिनले जन्म दिएकी थिइनन् । 3 परमप्रभुका एउटा दूत ती स्‍त्रीकहाँ देखा परे र तिनलाई भने, “तिमी गर्भवती हुन सकेकी छैनौ, र तिमीले जन्म दिएकी छैनौ, तर तिमी गर्भवती हुनेछौ र तिमीले एउटा छोरो जमाउनेछौ । 4 अब दाखमद्य वा कडा पेय नपिउन होसियार होऊ, र कुनै अशुद्ध कुरा नखाऊ । 5 हेर, तिमी गर्भवती हुनेछौ र एउटा छोरो जन्माउनेछौ । उसको कपालमा छुरा लाग्‍नेछैन, किनकि त्यो बालक गर्भदेखि नै परमेश्‍वरको निम्ति नाजिरी हुनेछ, र उसले इस्राएललाई पलिश्तीहरूका हातबाट छुटकारा दिन सुरु गर्नेछ ।” 6 तब ती स्‍त्री आइन् र आफ्नो पतिलाई भनिन्, “परमप्रभुका एक जना मानिस मकहाँ आउनुभयो, र उहाँको मुहार परमेश्‍वरका दूतका झैं धेरै डरलाग्‍दो थियो । उहाँ कहाँबाट आउनुभएको हो भनेर मैले सोधिनँ, र उहाँले मलाई आफ्नो नाउँ भन्‍नुभएन । 7 उहाँले मलाई भन्‍नुभयो, ‘हेर, तिमी गर्भवती हुनेछौ, र तिमीले एउटा छोरो जन्माउनेछौ । यसैले दाखमद्य वा कडा पेय नपिउनू, र व्यवस्थाले अशुद्ध भनेर घोषणा गरेको कुनै कुरा नखानू, किनभने त्‍यो बालक तिम्रो गर्भदेखि उसको मृत्युको दिनसम्म नै परमप्रभुको निम्ति नाजिरी हुनेछ ।’” 8 त्यसपछि मानोहले परमप्रभुसँग प्रार्थना गरे र यसो भने, “हे, परमप्रभु, तपाईंले पठाउनुभएका परमेश्‍वरका मानिसलाई फेरि हामीकहाँ पठाइदिनुहोस् ताकि अब छिटै जन्मने बालकलाई हामीले के गर्नुपर्छ भनेर उहाँले हामीलाई सिकाउन सकून् ।” 9 परमेश्‍वरले मानोहको पुकार सुन्‍नुभयो, र परमेश्‍वरका दूत फेरि ती स्‍त्रीकहाँ तिनी मैदानमा बसिरहँदा देखा परे । तर मानोह तिनका पति तिनीसँग थिएनन् । 10 यसैले ती स्‍त्री दौडेर गईन् र आफ्ना पतिलाई बताइन्, “ हेर्नुहोस्, ती मानिस, जो मकहाँ हिजो आउनुभएको थियो उहाँ फेरि मकहाँ देखापर्नुभएको छ!” 11 मानोह उठे र आफ्नी पत्‍नीको पछिपछि गए । जब तिनी ती मानिसकहाँ आए, तिनले भने, “के मेरी पत्‍नीसँग बोल्ने मानिस तपाईं नै हुनुहुन्छ?” ती मानिसले भने, “हो, मै हुँ ।” 12 यसैले मानोहले भने, “तपाईंका वचन पुरा होऊन् । त्यो बालकको निम्ति नियमहरू के हुनेछन्, र उसको काम के हुनेछ?” 13 परमप्रभुका दूतले मानोहलाई भने, “मैले तिनलाई भनेका हरेक कुरा तिनले ध्यानपुर्वक गर्नुपर्छ । 14 दाखको बोटबाट आउने केही पनि तिनले खानुहुँदैन, र तिनले दाखमद्य वा कडा पेय पिउन वा कुनै अशुद्ध कुरा खान नदिनू । मैले तिनलाई गर्नू भनी आज्ञा गरेका सबै कुरा तिनले पालना गर्नुपर्छ ।” 15 मानोहले परमप्रभुका दूतलाई भने, “कृपया केही समय बस्‍नुहोस्, र तपाईंको निम्ति एउटा पाठो तयार गर्न हामीलाई समय मिल्नेछ ।” 16 परमप्रभुका दूतले मानोहलाई भने, “म बसें भने पनि म तिम्रो भोजन खानेछैनँ । तर तिमी होमबलि तयार गर्छौ भने, त्यो परमप्रभुलाई चढाउनू ।” (उनी परमप्रभुका दूत थिए भनेर मानोहलाई थाहा थिएन ।)

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ शमू 12:12-13
    2 पदहरू
    78%

    12जब तिमीहरूले अम्मोनका मानिसहरूका राजा नाहाश तिमीहरू विरुद्ध आएको देख्यौ, तब तिमीहरूले मलाई भन्यौ, 'होइन, बरु हामीमाथि राजाले राज्‍य गर्नुपर्छ,’— यद्यपि परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका राजा हुनुहुन्थ्यो ।

    13अब तिमीहरूले चुनेका र तिमीहरूले मागेका राजा यहाँ छन् जसलाई परमप्रभुले तिमीहरूमाथि राजाको रूपमा नियुक्‍त गर्नुभएको छ ।

  • न्या 10:11-13
    3 पदहरू
    77%

    11परमप्रभुले इस्राएलका मानिसहरूलाई भन्‍नुभयो, “के मैले तिमीहरूलाई मिश्रीहरू, एमोरीहरू, अम्मोनीहरू, पलिश्तीहरू,

    12र सीदोनीहरूबाट समत छुटकारा दिइनँ र? अमालेकीहरू र मिद्दानीहरूले तिमीहरूलाई अत्‍याचार गरे । तिमीहरूले मलाई पुकार्‍यौ, र मैले तिमीहरूलाई तिनीहरूका शक्तिबाट छुटाएँ ।

    13तापनि तिमीहरूले मलाई त्याग्यौ र अरू देवताहरूलाई पुज्यौ । यसकारण, मैले तिमीहरूलाई छुटकारा दिने मौकाहरू म अब निरन्‍तर थपिरहनेछैन ।

  • १ शमू 12:6-10
    5 पदहरू
    76%

    6शमूएलले मानिसहरूलाई भने, “मोशा र हारूनलाई नियुक्‍त गर्नुहुने र तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु नै हुनुहुन्छ ।

    7त्‍यसो हो भने अब आफैलाई हाजिर गराऊ ताकि मैले तिमीहरू सँगै परमप्रभुका सबै धार्मिक कार्यहरूबारे उहाँको सामु निवेदन गर्नेछु जुन उहाँले तिमीहरू र तिमीहरूका पुर्खाहरूका निम्ति गर्नुभयो ।

    8जब याकूब मिश्रदेशमा गए, र तिमीहरूका पुर्खाहरूले परमप्रभुसँग पुकारा गरे तब परमप्रभुले मोशा र हारून पठाउनुभयो जसले तिमीहरूका पुर्खाहरूलाई मिश्रदैशबाट बाहिर ल्याए र तिनीहरू यस ठाउँमा बसोबास गरे ।

    9तर तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्से । उहाँले तिनीहरूलाई हासोरका कप्‍तान सिसेराको हातमा, पलिश्तीहरूका हातमा र मोआबका राजाको हातमा बेच्नुभयो । यी सबैले तिमीहरूका पुर्खाहरू विरुद्ध युद्ध गरे ।

    10तिनीहरूले परमप्रभुलाई पुकारा गरे र भने, 'हामीले पाप गरेका छौं, किनभने हामीले परमप्रभुलाई त्यागेका छौं र बाल र अश्तोरेत देवताहरूको सेवा गरेका छौं । तर अब हामीलाई हाम्रा शत्रुहरूका हातबाट छुटकारा दिनुहोस् र हामीले तपाईंको सेवा गर्नेछौं ।’

  • न्या 12:2-3
    2 पदहरू
    74%

    2यिप्‍ताले तिनीहरूलाई भने, “म र मेरा मानिसहरू अम्मोनका मानिहरूसँग ठुलो झगडामा थियौं । जब मैले तिमीहरूलाई बोलाएँ, तिमीहरूले मलाई तिनीहरूबाट बचाएनौ ।

    3तिमीहरूले मलाई बचाउन नआएको जब मैले देखें, तब मैले आफ्‍नो प्राणलाई आफ्नै हातमा राखें र आम्मोनका मानिसहरूका विरुद्धमा गएँ, र परमप्रभुले मलाई विजय दिनुभयो । तिमीहरू आज मेरो विरुद्धमा युद्ध लड्न किन आएका छौ?”

  • न्या 6:8-10
    3 पदहरू
    74%

    8तब परमप्रभुले इस्राएलका मानिसहरूका निम्ति एक जना अगमवक्ता पठाउनुभयो । ती अगमवक्ताले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः ‘मैले तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याएँ । मैले तिमीहरूलाई दासत्वको घरबाट बाहिर निकालेर ल्याएँ ।

    9मैले तिमीहरूलाई मिश्रीहरूका हातबाट र तिमीहरूलाई अत्‍याचार गरिरहेका सबै जनाका हातबाट बचाएँ । तिनीहरूलाई मैले तिमीहरूका सामुबाट लखेटें, र तिमीहरूलाई मैले तिनीहरूका देश दिएँ ।

    10मैले तिमीहरूलाई भनें, “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । मैले तिमीहरूलाई एमोरीहरूका देवहरूलाई नपुज भनेर आज्ञा दिएँ, जसको देशमा तिमीहरू बसोबास गरिरहेका छौ ।” तर तिमीहरूले मेरो आज्ञा पालना गरेका छैनौ ।’”

  • नहे 9:27-28
    2 पदहरू
    73%

    27त्यसैले तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनुभयो जसले तिनीहरूलाई सताए । तिनीहरूको दुःखकष्‍टको समयमा तिनीहरूले तपाईंलाई पुकारे, र तपाईंले स्वर्गबाट तिनीहरूको कुरा सुन्‍नुभयो । तपाईंको महान् कृपाको कारण तपाईंले छुटकारा दिनेहरू पठाउनुभयो जसले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातबाट छुटकारा दिए ।

    28तर तिनीहरूले शान्ति पाएपछि तिनीहरूले फेरि तपाईंको सामु दुष्‍ट काम गरे, र तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा त्यागिदिनुभयो, अनि तिनीहरूका शत्रुहरूले तिनीहरूमाथि शासन गरे । तथापि तिनीहरू फर्केर तपाईंलाई पुकारा गर्दा तपाईंले स्वर्गबाट सुन्‍नुभयो, र तपाईंको कृपाको कारण धेरै पटक तपाईंले तिनीहरूलाई छुटकारा दिनुभयो ।

  • 5त्यसैले परमप्रभुले इस्राएललाई एउटा उद्धारक दिनुभयो, अनि तिनीहरू अरामीहरूका हातबाट उम्के, र इस्राएलीहरू पहिलेजस्तै आ-आफ्ना घरमा बस्‍न लागे ।

  • १ शमू 10:18-19
    2 पदहरू
    72%

    18तिनले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः ‘मैले इस्राएललाई मिश्रदेशबाट ल्याएँ र मैले तिमीहरूलाई मिश्रीहरूका हातबाट र तिमीहरूको विरोध गर्ने सबै राज्यहरू शक्तिबाट छुटकारा दिएँ ।'

    19तर तिमीहरूका सबै विपत्तिहरू र तिमीहरूका कष्‍टबाट बचाउनुहुने तिमीहरूका परमेश्‍वरलाई आज तिमीहरूले इन्कार गरेका छौ । अनि तिमीहरूले उनलाई भनेका छौ, हामीमाथि एक जना राजा खडा गर्नुहोस् ।' अब आ-आफ्ना वंशअनुसार र कुलअनुसार आफैलाई परमप्रभुको सामु प्रस्तुत गर ।”

  • 18जब परमप्रभुले तिनीहरूका निम्ति न्यायकर्ताहरू खडा गर्नुभयो, ती न्यायकर्ताहरू बाँचुन्जेल परमप्रभुले तिनीहरूलाई सहायता गर्नुभयो र तिनीहरूका शत्रुहरूका हातबाट तिनीहरूलाई बचाउनुभयो । तिनीहरूलाई अत्‍याचार गर्ने र कष्‍ट दिनेहरूका कारणले तिनीहरूले चित्कार गर्दा परमप्रभुले तिनीहरूमाथि दया देखाउनुभयो ।

  • 32यसैले अम्मोनीहरूसँग युद्ध गर्न यिप्‍ता तिनीहरूकहाँ गए, र परमप्रभुले उनलाई विजय दिनुभयो ।

  • यहो 24:11-13
    3 पदहरू
    72%

    11तिमीहरूले यर्दन तर्‍यौ र यरीहोमा आयौ । यरीहोका अगुवाहरूले एमोरीहरू, परिज्‍जीहरू, कनानीहरू, हित्तीहरू, गिर्गाशीहरू, हित्तीहरू, हिव्वीहरू र यबूसीहरूसँगै तिमीहरूसँग लडे । मैले तिमीहरूलाई तिनीहरूमाथि विजय दिएँ र तिमीहरूको नियन्त्रणमा राखेँ ।

    12मैले तिमीहरूका अगिअगि अरिङ्गालहरू पठाएँ, जसले उनीहरूलाई र दुई जना एमोरी राजालाई धपाए । यो तिमीहरूको तरवार वा धानुवाणले भएको थिएन ।

    13मैले तिमीहरूलाई तिमीहरूले श्रम नगरेको भूमि, तिमीहरूले निर्माण नगरेका सहरहरू दिएँ, र तिमीहरू तिनमा बस्छौ । तिमीहरूले नरोपेको दाखबारी र जैतूनको बगैँचाको फल तिमीहरूले खान्छौ ।'

  • 10तर जब तिमीहरू यर्दन पारी जान्छौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने देशमा बस्छौ तब उहाँले तिमीहरूलाई तिमीहरूका चारैतिर भएका सबै शत्रुबाट विश्राम दिनुहुने छ ताकि तिमीहरू सुरक्षितसाथ बस्‍न सक ।

  • १ शमू 7:7-8
    2 पदहरू
    72%

    7जब इस्राएलका मानिसहरू मिस्पामा भला भएका छन् भन्‍ने पलिश्तीहरूले सुने, पलिश्तीहरूका शासकहरूले इस्राएललाई आक्रमण गरे । जब इस्राएलका मानिसहरूले यो सुने, तिनीहरू पलिश्तीहरूसँग डराए ।

    8त्यसपछि इस्राएलका मानिसहरूले शमूएललाई भने, “हाम्रो निम्ति परमप्रभुसँग पुकारा गर्न नछोड्नुहोस्, ताकि उहाँले हामीलाई पलिश्तीहरूका हातबट बचाउनुहुनेछ ।”

  • 17र मेरा बुबाले तिमीहरूका निम्ति युद्ध लडेका, आफ्नो प्राणलाई जोखिममा पारेका, र मिद्दानीहरूका हातबाट तिमीहरूलाई बचाएका कुरालाई विचार गरेका छौ भने,

  • 16त्‍यसपछि परमप्रभुले न्यायकर्ताहरू खडा गर्नुभयो, जसले तिनीहरूका धन-सम्पत्ति लुट्नेहरूका हातबाट तिनीहरूलाई बचाए ।

  • 22त्यसपछि इस्राएलका मानिसहरूले गिदोनलाई भने, “तपाईं, तपाईंका छोरा, तपाईंका नातिले हामीमाथि राज्य गरून्, किनभने तपाईंले हामीलाई मिद्दानीका हातबाट बचाउनुभएको छ ।”

  • 34इस्राएलका मानिसहरूले परमप्रभु आफ्ना परमेश्‍वरलाई सम्मान गर्न सम्‍झेनन्, जसले तिनीहरूलाई आफ्‍ना वरिपरि भएका सबै शत्रुबाट बचाउनुभएको थियो ।

  • 2हालैमा बितेका समयमा, जब शाऊल हाम्रा राजा थिए, तब तपाईंले नै इस्राएलको सेनाको नेतृत्‍व गर्नुभयो । परमप्रभु तपाईंका परमेश्‍वरले तपाईंलाई यसो भन्‍नुभयो, ‘तैंले नै मेरा मानिस इस्राएलको रेखदेख गर्नेछस्, र तँ नै मेरा मानिस इस्राएलको शासक हुनेछस्‌’ ।”

  • 13यसरी पलिश्तीहरूलाई अधीन गरियो र तिनीहरू इस्राएलको सिमानाभित्र प्रवेश गरेनन् । शमूएलको समयभरि नै परमप्रभुको हात पलिश्तीहरूको विरुद्धमा थियो ।

  • 39तर तिमीहरूले आफ्‍ना परमप्रभु परमेश्‍वरको आदर गर्नेछौ । उहाँले तिमीहरूका शत्रुहरूको शक्तिबाट तिमीहरूलाई छुटकारा दिनुहुनेछ ।”

  • 3शमूएलले इस्राएलका सारा घरानालाई भने, “तिमीहरू आफ्ना सारा हृदयले परमप्रभुतिर फर्किन्छौ, विदेशी देवताहरू र अश्तोरेतलाईतिमीहरूका माझबाट हटाउँछौ, आफ्‍नो हृदयलाई परमप्रभुतिर फर्काउँछौ र उहाँको मात्र आराधना गर्छौ भने, उहाँले तिमीहरूलाई पलिश्‍तीहरूको हातबाट छुटकारा दिनुहुनेछ ।”

  • 14तिनीहरू खेतको बिचमा खडा भए । तिनीहरूले त्यसको रक्षा गरे, र पलिश्तीहरूलाई काटे र परमप्रभुले ठूलो विजय दिनुभएर तिनीहरूको उद्धार गर्नुभयो ।

  • 1¶ शमूएलले सबै इस्राएलीलाई भने, “तिमीहरूले मलाई भेनका हरेक कुरा मैले सुनेको छु र मैले तिमीहरूमाथि एक जना राजा नियुक्‍त गरेको छु ।

  • 16इस्राएलका मानिसहरू यहूदाका सामुन्‍नेबाट भागे, र परमेश्‍वरले तिनीहरूलाई यहूदाको हातमा सुम्‍पिदिनुभयो ।

  • 23यसरी परमप्रभुले त्यस दिन इस्राएललाई छुटकाटा दिनुभयो र युद्ध बेथ-अवन पारिसम्म नै फैलियो ।

  • 18अब यो काम गर्नुहोस् । किनकि परमप्रभुले दाऊदसित यसो भनेर बोल्‍नुभएको छ, 'म आफ्‍ना मानिसहरूलाई पलिश्‍तीहरूका हात र तिनीहरूका सबै शत्रुका हातबाट मेरो दास दाऊदको हातद्वारा नै बचाउने छु' ।”

  • 14परमप्रभुले तिनलाई हेर्नुभयो र यसो भन्‍नुभयो, “तँसँग भएको बलमा तँ जा । इस्राएललाई मिद्दानीको हातबाट छुटा । के मैले तँलाई पठाएको होइन र?”

  • 10तपाईंहरू मिश्रबाट आउनुहुँदा परमप्रभुले लाल समुद्रको पानी कसरी सुकाउनुभयो भनी हामीले सुनेका छौँ । तपाईंहरूले यर्दन पारिका दुई जना एमोरी राजाहरू सीहोन र ओगलाई के गर्नुभयो भनेर पनि हामीले सुनेका छौँ ।

  • 9त्यो रात परमप्रभुले तिनलाई भन्‍नुभयो, “उठ्! छाउनीलाई आक्रमण गर्, किनकि म तँलाई त्यसमाथि विजय दिन जाँदैछु ।

  • 10शमूएलले होमबलि चढाउँदै गर्दा पलिश्तीहरू इस्राएललाई आक्रमण गर्न आए । तर त्यस दिन पलिश्तीहरूको विरुद्धमा ठुलो गर्जनसहित परमप्रभु गर्जनुभयो र तिनीहरूलाई गोलमालमा पार्नुभयो, र तिनीहरू इस्राएलको सामुबाट भागे ।

  • 10परमप्रभुको आत्माले उनलाई शक्ति दिनुभयो, र उनले इस्राएलको न्याय गरे र उनी युद्धमा गए । परमप्रभुले उनलाई अरामका राजा कूशन-रिशातैममाथि विजय दिनुभयो । ओत्‍निएलका हातले नै कूशन-रिशातैमलाई परास्त गरे ।

  • 1¶ परमप्रभुका दूत गिलगालबाट माथि बोकीममा गए, र भने, “मैले तिमीहरूलाई मिश्रदेशबाट ल्याएँ, र तिमीहरूका पुर्खाहरूलाई दिन्छु भनी मैले प्रतिज्ञा गरेको देशमा ल्याएँ । मैले भनें, ‘तिमीहरूसँगको मेरो करारलाई म कहिल्यै तोड्नेछैनँ ।