न्यायाधीश 12:2

अनलक शाब्दिक बाइबल

यिप्‍ताले तिनीहरूलाई भने, “म र मेरा मानिसहरू अम्मोनका मानिहरूसँग ठुलो झगडामा थियौं । जब मैले तिमीहरूलाई बोलाएँ, तिमीहरूले मलाई तिनीहरूबाट बचाएनौ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • न्या 11:12-33 : 12 अनि यिप्‍ताले अम्मोनका मानिसहरूका राजाकहाँ यसो भनेर दूतहरू पठाए, “हाम्रा बिचमा के कुराले द्वन्द भएको हो? हाम्रो देश कब्‍जा गर्न सेनासित तपाईं किन आउनुभएको छ?” 13 अम्मोनका मानिसहरूका राजाले यिप्‍ताका दूतहरूलाई जवाफ दिए, “किनभने जब इस्राएल मिश्रदेशबाट आए, तब तिनीहरूले मेरो देशलाई अर्नोनदेखि यब्बोक हुँदै यर्दनसम्म कब्‍जा गरे । अब शान्तिसित ती जमिन फिर्ता दिनुहोस् ।” 14 फेरि यिप्‍ताले अम्मोनका मानिसहरूका राजाकहाँ दूतहरू पठाए, 15 र तिनले भने, “यिप्‍ता यसो भन्छन्: इस्राएलले मोआब देश र अम्मोनका मानिसहरूका देशलाई लिएको थिएन, 16 तर तिनीहरू मिश्रदेशबाट आए, र इस्राएल उजाड-स्‍थान हुँदै लाल समुद्रमा र कादेशमा गए । 17 जब इस्राएलले यसो भनेर एदोमका राजालाई दूतहरू पठाए, ‘कृपया हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्,’ एदोमका राजाले सुनेनन् । तिनीहरूले मोआबका राजाकहाँ पनि दूतहरू पठाए, तर तिनले इन्कार गरे । यसरी इस्राएलचाहिं कादेशमा नै बसे । 18 त्यसपछि तिनीहरू उजाड-स्‍थानबाट गए र एदोम र मोआबको देशबाट टाढा गए, र तिनीहरू मोआब देशको पूर्वी ठाउँ हुँदै हिंडे र तिनीहरूले अर्नोनको अर्कोपट्टि छाउनी हाले । तर तिनीहरू मोआबको सिमानाभित्र गएनन्, किनकि अर्नोनचाहिं मोआबको सिमानामा थियो । 19 इस्राएलले हेश्बोनमा राज्‍य गर्ने एमोरीहरूका राजा सीहोनकहाँ दूतहरू पठाए । इस्राएलले उनलाई भने, ‘कृपया हामीलाई आफ्‍नो देशमा जानलाई तपाईंको देशको बाटो भएर जान दिनुहोस् ।’ 20 तर आफ्नो सिमानाभित्रबाट जानको निम्ति सीहोनले इस्राएलमाथि विश्‍वास गरेनन् । यसैले सीहोनले आफ्ना सबै सेना जाम्‍मा गरे र उनले तिनीहरूलाई यहसामा लगे, र त्यहाँ उनले इस्राएलको विरुद्ध युद्ध गरे । 21 तब इस्राएलका परमप्रभु परमेश्‍वरले सीहोन र तिनका सारा मानिसलाई इस्राएलको हातमा दिनुभयो र तिनीहरूले उनीहरूलाई परास्त गरे । यसैले इस्राएलले एमोरीहरूको देशको सबै जमिन अधिकार गरे । 22 तिनीहरूले एमोरीहरूका सिमानाभित्र अर्नोनदेखि यब्बोकसम्म, र उजाड-स्‍थानदेखि यर्दनसम्म हरेक कुरामा अधीन गरे । 23 यसरी इस्राएलका परमप्रभु परमेश्‍वरले आफ्‍ना मानिस इस्राएलको सामुबाट एमोरीहरूलाई खेद्‍नुभएको हो, र के तपाईं अब उनीहरूको देशमाथि अधिकार गर्नुहुन्‍छ? 24 के तपाईंहरूका देवता कमोशले तपाईंहरूलाई जुन देश दिन्छन्, त्यही तपाईंहरू लिनुहुन्‍छ होइन र? यसैले हाम्रा परमप्रभु परमेश्‍वरले जुन देश हामीलाई दिनुभएको छ, त्‍यो हामी अधिकार गर्छौं । 25 के अब तपाईं मोआबका राजा, सिप्पोरका छोरा बालकभन्दा असल हुनुहुन्‍छ र? के तिनले इस्राएलसँग बहस गर्ने आँट गरे? 26 जब इस्राएल हेश्बोन र त्यसका गाउँहरू, र अरोएर र त्यसका गाउँहरू, र अर्नोनका किनारका सबै सहरहरूमा तिन सय वर्षसम्‍म बसोबास गर्दा, तपाईंहरूले किन त्यस बेला ती फिर्ता लिनुभएन? 27 मैले तपाईंहरूलाई केही गलत गरेको छैनँ, तर तपाईंहरूले मलाई आक्रमण गरेर मेरो खराबी गर्दै हुनुहुन्‍छ । न्यायकर्ता परमप्रभुले नै आज इस्राएलका मानिस र अम्मोनका मानिसहरूका बिचमा निर्णय गर्नुहुनेछ ।” 28 तर अम्मोनका मानिसहरूका राजाले यिप्‍ताले पठाएका चेतावनीलाई इन्कार गरे । 29 तब परमप्रभुको आत्मा यिप्‍तामाथि आउनुभयो, र तिनी गिलाद र मनश्शेबाट भएर गए, र गिलादको मिस्पाबाट भएर तिनी अम्मोनका मानिसहरूकहाँ पुगे । 30 यिप्‍ताले परमप्रभुसँग एउटा बाकल गरे र भने, “तपाईंले मलाई अम्मोनका मानिसहरूमाथि विजय दिनुभयो भने, 31 अम्मोनका मानिसहरूबाट म शान्‍तमा फर्केर आउँदा मेरा घरको ढोकाहरूबाट मलाई भेट्न जेसुकै कुरा बाहिर आए पनि त्‍यो परमप्रभुको हुनेछ, र त्‍यसलाई म होमबलिको रूपमा चढाउनेछु ।” 32 यसैले अम्मोनीहरूसँग युद्ध गर्न यिप्‍ता तिनीहरूकहाँ गए, र परमप्रभुले उनलाई विजय दिनुभयो । 33 तिनले तिनीहरूलाई आक्रमण गरे र अरोएरदेखि मिन्‍नीतसम्म बिसवटा सहर र हाबिल-करमीमसम्म ठुलो सङ्ख्यामा मारे । यसरी अम्मोनका मानिसहरूलाई इस्राएलका मानिसहरूको अधीनमा पारे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • न्या 12:3-5
    3 पदहरू
    90%

    3तिमीहरूले मलाई बचाउन नआएको जब मैले देखें, तब मैले आफ्‍नो प्राणलाई आफ्नै हातमा राखें र आम्मोनका मानिसहरूका विरुद्धमा गएँ, र परमप्रभुले मलाई विजय दिनुभयो । तिमीहरू आज मेरो विरुद्धमा युद्ध लड्न किन आएका छौ?”

    4यिप्‍ताले गिलादका सबै मानिसहरूलाई भेला गराए र एफ्राइमको विरुद्ध युद्ध लडे । गिलादका मानिसहरूले एफ्राइमका मानिसहरूलाई आक्रमण गरे किनभने तिनीहरूले यसो भने, “तिमीहरू, गिलादीहरू एफ्राइम— एफ्राइम र मनश्शेमाबाट भागेर गएकाहरू हौ ।”

    5गिलादीहरूले एफ्राइमतर्फ जाने यर्दनका जँघारहरू कब्जा गरे । जब एफ्राइमका बाँचेकाहरूले यसो भने, “मलाई नदीपारि जान दिनुहोस्,” गिलादका मानिसहरूले त्यसलाई यस्तो भन्थे, “के तँ एफ्राइमी होस्?” त्यसले “होइनँ” भन्यो भने,

  • 1¶ एफ्राइमका मानिसहरूका निम्ति एउटा बोलावट आयो । तिनीहरू सापोनको बाटो गए र यिप्‍तालाई भने, “अम्मोनका मानिसहरूसँग युद्ध गर्न तिमी किन गयौ र तिमीसँगै जान हामीलाई तिमीले किन बोलाएनौ? हामी तिम्रो घरलाई तिमीसँगै जलाइदिनेछौं ।”

  • न्या 11:2-15
    14 पदहरू
    82%

    2गिलादकी पत्‍नीले पनि तिनका निम्‍ति अरू छोराहरू जन्माइन् । जब तिनकी पत्‍नीकी छोराहरू हुर्के, तिनीहरूले यिप्‍तालाई घर छोड्न बाध्‍य पारे र तिनलाई भने, “हाम्रो परिवारबाट तैंले केही पनि पैतृक अंश पाउनेछैनस् । तँ अर्कै स्‍त्रीको छोरा होस् ।”

    3यसैले यिप्‍ता आफ्ना दाजुभाइबाट भागे र तोब देशमा बसोबास गरे । हुर्दुङ्गे मानिसहरू यिप्‍तासँग मिले र उनीहरू आए र तिनीसँगै गए ।

    4केही दिनपछि, अम्मोनका मानिसहरूले इस्राएलको विरुद्ध युद्ध सुरु गरे ।

    5जब अम्मोनका मानिसहरूले इस्राएलको विरुद्ध युद्ध गरे, तब गिलादका एल्डरहरू तोब देशबाट यिप्‍तालाई फर्काएर ल्याउनको निम्ति त्यहाँ गए ।

    6तिनीहरूले यिप्‍तालाई भने, “आउनुहोस् र हाम्रो अगुवा हुनुहोस् ताकि हामी अम्मोनका मानिहरूसँग युद्ध लड्न सकौं ।”

    7यिप्‍ताले गिलादका अगुवाहरूलाई भने, “तपाईंहरूले मलाई हेला गर्नुभयो र मेरो पिताको घर छोडेर जान मलाई बाध्‍ये पार्नुभयो । अब तपाईंहरू समस्यामा पर्नुहुँदा चाहिं तपाईंहरू मकहाँ किन आउनुहुन्‍छ?”

    8गिलादका अगुवाहरूले यिप्‍तालाई भने, “त्यसकारण अब हामी तपाईंकहाँ फर्केका छौं । हामीसँग आउनुहोस् र अम्मोनका मानिसहरूसँग युद्ध गर्नुहोस्, र तपाईं नै गिलादमा बस्‍ने सबैका अगुवा हुनुहुनेछ ।”

    9यिप्‍ताले गिलादका अगुवाहरूलाई भने, “अम्मोनका मानिसहरूसँग युद्ध गर्नलाई तपाईंहरूले मलाई फेरि घर लानुभयो भने, र परमप्रभुले हामीलाई तिनीहरूमाथि विजय दिनुभयो भने, म तपाईंहरूका अगुवा हुनेछु ।”

    10गिलादका अगुवाहरूले यिप्‍तालाई भने, “हामीले जस्‍तो भन्‍छौं त्यस्‍तै गरेनौं भने हाम्रा बिचमा परमप्रभु नै साक्षी हुनुहुन्‍छ!”

    11यसैले यिप्‍ता गिलादका अगुवाहरूसँग गए, र मानिसहरूले तिनलाई आफूमाथि अगुवा र कमाण्‍डर बनाए । जब यिप्‍ता मिस्पामा परमप्रभुको सामु थिए, तब तिनले आफूले गरेका सबै प्रतिज्ञाहरू दोहोर्‍याए ।

    12अनि यिप्‍ताले अम्मोनका मानिसहरूका राजाकहाँ यसो भनेर दूतहरू पठाए, “हाम्रा बिचमा के कुराले द्वन्द भएको हो? हाम्रो देश कब्‍जा गर्न सेनासित तपाईं किन आउनुभएको छ?”

    13अम्मोनका मानिसहरूका राजाले यिप्‍ताका दूतहरूलाई जवाफ दिए, “किनभने जब इस्राएल मिश्रदेशबाट आए, तब तिनीहरूले मेरो देशलाई अर्नोनदेखि यब्बोक हुँदै यर्दनसम्म कब्‍जा गरे । अब शान्तिसित ती जमिन फिर्ता दिनुहोस् ।”

    14फेरि यिप्‍ताले अम्मोनका मानिसहरूका राजाकहाँ दूतहरू पठाए,

    15र तिनले भने, “यिप्‍ता यसो भन्छन्: इस्राएलले मोआब देश र अम्मोनका मानिसहरूका देशलाई लिएको थिएन,

  • न्या 11:27-32
    6 पदहरू
    82%

    27मैले तपाईंहरूलाई केही गलत गरेको छैनँ, तर तपाईंहरूले मलाई आक्रमण गरेर मेरो खराबी गर्दै हुनुहुन्‍छ । न्यायकर्ता परमप्रभुले नै आज इस्राएलका मानिस र अम्मोनका मानिसहरूका बिचमा निर्णय गर्नुहुनेछ ।”

    28तर अम्मोनका मानिसहरूका राजाले यिप्‍ताले पठाएका चेतावनीलाई इन्कार गरे ।

    29तब परमप्रभुको आत्मा यिप्‍तामाथि आउनुभयो, र तिनी गिलाद र मनश्शेबाट भएर गए, र गिलादको मिस्पाबाट भएर तिनी अम्मोनका मानिसहरूकहाँ पुगे ।

    30यिप्‍ताले परमप्रभुसँग एउटा बाकल गरे र भने, “तपाईंले मलाई अम्मोनका मानिसहरूमाथि विजय दिनुभयो भने,

    31अम्मोनका मानिसहरूबाट म शान्‍तमा फर्केर आउँदा मेरा घरको ढोकाहरूबाट मलाई भेट्न जेसुकै कुरा बाहिर आए पनि त्‍यो परमप्रभुको हुनेछ, र त्‍यसलाई म होमबलिको रूपमा चढाउनेछु ।”

    32यसैले अम्मोनीहरूसँग युद्ध गर्न यिप्‍ता तिनीहरूकहाँ गए, र परमप्रभुले उनलाई विजय दिनुभयो ।

  • न्या 10:11-13
    3 पदहरू
    75%

    11परमप्रभुले इस्राएलका मानिसहरूलाई भन्‍नुभयो, “के मैले तिमीहरूलाई मिश्रीहरू, एमोरीहरू, अम्मोनीहरू, पलिश्तीहरू,

    12र सीदोनीहरूबाट समत छुटकारा दिइनँ र? अमालेकीहरू र मिद्दानीहरूले तिमीहरूलाई अत्‍याचार गरे । तिमीहरूले मलाई पुकार्‍यौ, र मैले तिमीहरूलाई तिनीहरूका शक्तिबाट छुटाएँ ।

    13तापनि तिमीहरूले मलाई त्याग्यौ र अरू देवताहरूलाई पुज्यौ । यसकारण, मैले तिमीहरूलाई छुटकारा दिने मौकाहरू म अब निरन्‍तर थपिरहनेछैन ।

  • 1¶ एफ्राइमका मानिसहरूले गिदोनलाई भने, “तपाईंले हामीलाई यो के गर्नुभयो? तपाईं मिद्दानीहरूका विरुद्धमा युद्ध गर्न जानुहुँदा तपाईंले हामीलाई बोलाउनुभएन ।” तब उनीहरूले तिनीसँग ठुलो बहस भयो ।

  • १ शमू 12:9-12
    4 पदहरू
    74%

    9तर तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्से । उहाँले तिनीहरूलाई हासोरका कप्‍तान सिसेराको हातमा, पलिश्तीहरूका हातमा र मोआबका राजाको हातमा बेच्नुभयो । यी सबैले तिमीहरूका पुर्खाहरू विरुद्ध युद्ध गरे ।

    10तिनीहरूले परमप्रभुलाई पुकारा गरे र भने, 'हामीले पाप गरेका छौं, किनभने हामीले परमप्रभुलाई त्यागेका छौं र बाल र अश्तोरेत देवताहरूको सेवा गरेका छौं । तर अब हामीलाई हाम्रा शत्रुहरूका हातबाट छुटकारा दिनुहोस् र हामीले तपाईंको सेवा गर्नेछौं ।’

    11त्यसैले परमप्रभुले यरूब-बाल, बाराक, यिप्‍ता र शमूएललाई पठाउनुभयो र तिमीहरू वरिपरिका सबै शत्रुमाथि विजय दिनुभयो, ताकि तिमीहरू सुरक्षामा बसोबास गर्न पाओ ।

    12जब तिमीहरूले अम्मोनका मानिसहरूका राजा नाहाश तिमीहरू विरुद्ध आएको देख्यौ, तब तिमीहरूले मलाई भन्यौ, 'होइन, बरु हामीमाथि राजाले राज्‍य गर्नुपर्छ,’— यद्यपि परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका राजा हुनुहुन्थ्यो ।

  • 9त्यसपछि अम्मोनीहरू यहूदाको विरुद्धमा, बेन्यामीनका विरुद्धमा, र एफ्राइमका घरानाको विरुद्ध युद्ध लड्नको निम्ति यर्दनपारि गए, ताकि इस्राएल धेरै नै व्याकुल भए ।

  • न्या 11:35-36
    2 पदहरू
    72%

    35तिनले उनलाई देख्‍नेबित्तिकै, तिनले आफ्ना लुगाहरू च्याते र भने, “ओहो, मेरी छोरी! तिमीले मलाई दुःखले चुर पारेकी छ्‍यौ, र मलाई कष्‍ट दिने एउटा कारण तिमी भएकी छ्‍यौ! किनकि मैले परमप्रभुसँग एउटा भाकल गरेको छु, र मेरो भाकलबाट म पछि हट्न सक्दिनँ ।”

    36उनले तिनलाई भनिन्, “मेरा बुबा, तपाईंले परमप्रभुसँग भाकल गर्नुभएको छ, तपाईंले प्रतिज्ञा गर्नुभएको हरेक कुरा मलाई गर्नुहोस्, किनभने परमप्रभुले तपाईंका शत्रु अम्मोनीहरूसँग बदला लिनुभएको छ ।”

  • न्या 15:11-12
    2 पदहरू
    72%

    11तब यहूदाका तिन हजार मानिसहरू एतामको चट्टानको गुफामा गए, र तिनीहरूले शिमशोनलाई भने, “के तिमीलाई थाहा छ, कि पलिश्तीहरू हाम्रा शासकहरू हुन्? यो तिमीले हामीलाई के गरेका छौ?” शिमशोनले तिनीहरूलाई भने, “तिनीहरूले मलाई जस्तो गरे, अनि मैले पनि तिनीहरूलाई त्यस्तै गरें ।”

    12तिनीहरूले शिमशोनलाई भने, “तिमीलाई बाँधेर पलिश्तीहरूका हातमा दिनको निम्ति हामी यहाँ तल आएका छौं ।” शिमशोनले तिनीहरूलाई भने, “मसँग यो शपथ खाओ कि तिमीहरू आफैंले मलाई मार्नेछैनौ ।”

  • 17अनि अम्मोनीहरू एकसाथ भेला भए र गिलादमा छाउनी हाले । इस्राएलीहरू एकसाथ भेला भए र मिस्पामा आफ्नो छाउनी हाले ।

  • 17र मेरा बुबाले तिमीहरूका निम्ति युद्ध लडेका, आफ्नो प्राणलाई जोखिममा पारेका, र मिद्दानीहरूका हातबाट तिमीहरूलाई बचाएका कुरालाई विचार गरेका छौ भने,

  • 10अब हेर्नुहोस्, यहाँ अम्मोन, मोआब, र सेइर पर्वतका मानिसहरू छन्, जसलाई तपाईंले मिश्रदेशबाट आउँदा इस्राएललाई आक्रमण गर्न दिनुभएन । बरु, इस्राएल तिनीहरूबाट तर्केर गए र तिनीहरूलाई नष्‍ट गरेनन् ।

  • 41तिनीहरूले सहायताको निम्ति पुकारा गरे, तर कसैले तिनीहरूलाई बचाएन । तिनीहरूले परमप्रभुलाई पुकारा गरे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन ।

  • 2परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “मिद्दानीहरूमाथि तँलाई विजय दिन मलाई चाहिएको भन्‍दा धेरै सेना छन्, ताकि इस्राएलले मसँग यसो भनेर घमण्ड नगरोस्, ‘हाम्रो आफ्नै शक्तिले हामीलाई बचाएको हो ।’

  • 42तिनीहरूले सहायताको निम्ति पकारा गरे, तर तिनीहरूलाई कसैले पनि बचाएन । तिनीहरूले परमप्रभुमा पुकारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन ।

  • 1¶ त्यसपछि अम्मोनी नाहाश गए र याबेश-गिलादलाई घेरा हाले । याबेशका सबै मानिसले नाहाशलाई भने, “हामीसँग एउटा करार गर्नुहोस् र हामी तपाईंको सेवा गर्नेछौं ।”

  • 42परमप्रभुले मलाई भन्‍नुभयो, 'तिनीहरूलाई भन्, “आक्रमण नगर्; लडाइँ नगर् किनकि म तिमीहरूसँग हुने छैनँ, र तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुने छौ ।'

  • 11तिमीहरूले यर्दन तर्‍यौ र यरीहोमा आयौ । यरीहोका अगुवाहरूले एमोरीहरू, परिज्‍जीहरू, कनानीहरू, हित्तीहरू, गिर्गाशीहरू, हित्तीहरू, हिव्वीहरू र यबूसीहरूसँगै तिमीहरूसँग लडे । मैले तिमीहरूलाई तिनीहरूमाथि विजय दिएँ र तिमीहरूको नियन्त्रणमा राखेँ ।

  • 7यिप्‍ताले इस्राएलका न्यायकर्ता भएर छ वर्षसम्‍म सेवा गरे । तब गिलादी यिप्‍ता मरे र गिलादका सहरहरूमध्‍ये एउटा सहरमा दफन गरियो ।

  • 4तिनीहरूले भने, “तपाईंले हामीलाई ठग्‍नुभएको वा, थिचोमिचो गर्नुभएको वा कुनै मानिसको हातबाट कुनै पनि कुरा चोर्नुभएको छैन ।”

  • 12योआबले भने, “अरामीहरू मेरो निम्‍ति साह्रै शक्तिशाली भए भने अबीशै तिमीले मेरो उद्धार गर्नुपर्छ । अम्‍मोनीहरू तिम्रो निम्‍ति साह्रै शक्तिशाली भए भने म आएर तिम्रो उद्धार गर्नेछु ।