न्यायाधीश 12:1

अनलक शाब्दिक बाइबल

¶ एफ्राइमका मानिसहरूका निम्ति एउटा बोलावट आयो । तिनीहरू सापोनको बाटो गए र यिप्‍तालाई भने, “अम्मोनका मानिसहरूसँग युद्ध गर्न तिमी किन गयौ र तिमीसँगै जान हामीलाई तिमीले किन बोलाएनौ? हामी तिम्रो घरलाई तिमीसँगै जलाइदिनेछौं ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • न्या 8:1 : 1 ¶ एफ्राइमका मानिसहरूले गिदोनलाई भने, “तपाईंले हामीलाई यो के गर्नुभयो? तपाईं मिद्दानीहरूका विरुद्धमा युद्ध गर्न जानुहुँदा तपाईंले हामीलाई बोलाउनुभएन ।” तब उनीहरूले तिनीसँग ठुलो बहस भयो ।
  • न्या 14:15 : 15 चौथो दिनमा तिनीहरूले शिमशोनकी पत्‍नीलाई भने, “तिम्रो पतिलाई छल गर ताकि तिनले हामीलाई त्यो अड्कोको उत्तर बताऊन्, नत्रता हामी तिमी र तिम्रो बुबाको घरलाई आगो लगाइदिनेछौं । के हामीलाई गरिब बनाउनलाई तिमीले हामीलाई यहाँ बोलाएकी हौ?”
  • न्या 15:6 : 6 पलिश्तीहरूले सोधे, “यो कसले गर्‍यो?” तिनीहरूलाई भनियो, “तिम्नामा बसोबास गर्नेका ज्वाइँ शिमशोनले यो गरेका हुन् किनभने तिम्नाका मानिसहरूले शिमशोनकी पत्‍नीलाई लिए र तिनको साथमा बसेको मित्रलाई दिए ।” त्यसपछि पलिश्तीहरू गएर त्यस स्‍त्री र त्यसका बुबालाई जलाइदिए ।
  • २ शमू 19:41-43 : 41 चाँडै इस्राएलका सबै मानिस राजाकहाँ आउन लागे र राजालाई यसो भन्‍न लागे, “हाम्रा दाजुभाइ अर्थात् यहूदाका मानिसहरूले हजुरलाई किन चोरेर लगेका छन्, र महाराजा उहाँका परिवारलाई र दाऊदका सबै मानिसलाई उहाँसँगै यर्दन वारि पुर्‍याएका छन्?” 42 त्यसैले यहूदाका मानिसहरूले इस्राएलका मानिसहरूलाई जवाफ दिए, “किनभने राजा हामीसँग अझ धेरै नजिकबाट सम्बन्धित हुनुहुन्‍छ । तब तिमीहरू यसबारे किन रिसाउँछौ? के महाराजाले तिर्नुपर्ने गरी हामीले कुनै कुरा खाएका छौं र? के उहाँले हामीलाई कुनै उपहार दिनुभएको छ र?” 43 इस्राएलका मानिसहरूले यहूदाका मानिसहरूलाई जवाफ दिए, “हामीसँग महाराजासँग सम्बन्धित दश कुल छन्, त्यसैले दाऊदसँग तिमीहरूको भन्दा धेरै अधिकार हामीसित छ । तब तिमीहरूले हामीलाई किन तुच्‍छ ठान्‍यौ? के हाम्रो राजालाई फिर्ता ल्याउने हाम्रो प्रस्ताव पहिले सुनुवाइ हुनुपर्दैनथ्यौ?” तर यहूदाका मानिसहरूका वचनहरू इस्राएलका मानिसहरूका वचनभन्दा धेरै रुखो थियो ।
  • भजन 109:4 : 4 मेरो प्रेमको सट्टामा तिनीहरूले मलाई दोष लगाउँछन्, तर तिनीहरूको निम्ति म प्रार्थना गर्छु ।
  • नीति 27:3-4 : 3 ढुङ्गाको बोझ र बालुवाको ओजनलाई विचार गर् । मूर्खको चिढ्याइ ती दुवैभन्दा गरुङ्गो हुन्छ । 4 झोँकको क्रोध र रिसको बाढी छ, तर डाहको सामु को खडा हुन सक्छ र?
  • उप 4:4 : 4 तब हरेक परिश्रम र हरेक सिपालु काम आफ्नो छिमेकीको ईर्ष्याबाट आउँदोरहेछ भनी मैले देखेँ । यो पनि बाफ नै हो र बतासलाई खेद्‍ने कोसिस मात्र हो ।
  • यूह 10:32 : 32 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले पिताका धेरै असल कामहरू तिमीहरूलाई देखाएको छु । ती कुनचाहिँ कुराहरूका लागि तिमीहरू मलाई ढुङ्गाले हान्‍दै छौ?”
  • याक 3:16 : 16 किनकि जहाँ ईर्ष्‍या र अभिलाषा हुन्छ, त्यहाँ भ्रम र हरेक किसिमको दुष्‍ट काम हुन्छ ।
  • याक 4:1-2 : 1 ¶ तिमीहरूका माझमा झगडा र विवाद कहाँबाट आउँछ? के त्यो तिमीहरूका सदस्यहरूका बिचमा सङ्घर्ष ल्याउने तिमीहरूका अभिलाषाहरूबाट आउँदैन र? 2 तिमीहरू इच्छा गर्दछौ, र तिमीहरूसँग हुँदैन । तिमीहरू हत्या गर्दछौ र लालच गर्दर्छौ, र तिमीहरू प्राप्‍त गर्न सक्षम हुँदैनौ । तिमीहरू लड्दछौ र झगडा गर्दछौ । तिमीहरूसँग छैन किनभने तिमीहरू माग्दैनौ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • न्या 12:2-7
    6 पदहरू
    85%

    2यिप्‍ताले तिनीहरूलाई भने, “म र मेरा मानिसहरू अम्मोनका मानिहरूसँग ठुलो झगडामा थियौं । जब मैले तिमीहरूलाई बोलाएँ, तिमीहरूले मलाई तिनीहरूबाट बचाएनौ ।

    3तिमीहरूले मलाई बचाउन नआएको जब मैले देखें, तब मैले आफ्‍नो प्राणलाई आफ्नै हातमा राखें र आम्मोनका मानिसहरूका विरुद्धमा गएँ, र परमप्रभुले मलाई विजय दिनुभयो । तिमीहरू आज मेरो विरुद्धमा युद्ध लड्न किन आएका छौ?”

    4यिप्‍ताले गिलादका सबै मानिसहरूलाई भेला गराए र एफ्राइमको विरुद्ध युद्ध लडे । गिलादका मानिसहरूले एफ्राइमका मानिसहरूलाई आक्रमण गरे किनभने तिनीहरूले यसो भने, “तिमीहरू, गिलादीहरू एफ्राइम— एफ्राइम र मनश्शेमाबाट भागेर गएकाहरू हौ ।”

    5गिलादीहरूले एफ्राइमतर्फ जाने यर्दनका जँघारहरू कब्जा गरे । जब एफ्राइमका बाँचेकाहरूले यसो भने, “मलाई नदीपारि जान दिनुहोस्,” गिलादका मानिसहरूले त्यसलाई यस्तो भन्थे, “के तँ एफ्राइमी होस्?” त्यसले “होइनँ” भन्यो भने,

    6अनि तिनीहरूले त्यसलाई भन्थे, “शिब्बोलेत भन्,” र उसले “सिब्बोलेत” भन्यो भने (किनकि उसले त्यो शब्द सही उच्‍चारण गर्न सक्दैनथियो), तब गिलादीहरूले त्यसलाई समाउँथे र उसलाई यर्दनको जँघारहरूमा मार्थे । त्यस बेला एफ्राइमका बयालिस हजार जना मारिए ।

    7यिप्‍ताले इस्राएलका न्यायकर्ता भएर छ वर्षसम्‍म सेवा गरे । तब गिलादी यिप्‍ता मरे र गिलादका सहरहरूमध्‍ये एउटा सहरमा दफन गरियो ।

  • न्या 8:1-2
    2 पदहरू
    80%

    1¶ एफ्राइमका मानिसहरूले गिदोनलाई भने, “तपाईंले हामीलाई यो के गर्नुभयो? तपाईं मिद्दानीहरूका विरुद्धमा युद्ध गर्न जानुहुँदा तपाईंले हामीलाई बोलाउनुभएन ।” तब उनीहरूले तिनीसँग ठुलो बहस भयो ।

    2तिनले उनीहरूलाई भने, “तिमीहरूले गरेका तुलनामा मैले के नै गरेको छु र? के अबीएजेरको सबै दाखको फसलभन्दा एफ्राइमको बोटमा टिप्‍न छुटेका दाख नै असल छैनन् र?

  • न्या 11:2-15
    14 पदहरू
    79%

    2गिलादकी पत्‍नीले पनि तिनका निम्‍ति अरू छोराहरू जन्माइन् । जब तिनकी पत्‍नीकी छोराहरू हुर्के, तिनीहरूले यिप्‍तालाई घर छोड्न बाध्‍य पारे र तिनलाई भने, “हाम्रो परिवारबाट तैंले केही पनि पैतृक अंश पाउनेछैनस् । तँ अर्कै स्‍त्रीको छोरा होस् ।”

    3यसैले यिप्‍ता आफ्ना दाजुभाइबाट भागे र तोब देशमा बसोबास गरे । हुर्दुङ्गे मानिसहरू यिप्‍तासँग मिले र उनीहरू आए र तिनीसँगै गए ।

    4केही दिनपछि, अम्मोनका मानिसहरूले इस्राएलको विरुद्ध युद्ध सुरु गरे ।

    5जब अम्मोनका मानिसहरूले इस्राएलको विरुद्ध युद्ध गरे, तब गिलादका एल्डरहरू तोब देशबाट यिप्‍तालाई फर्काएर ल्याउनको निम्ति त्यहाँ गए ।

    6तिनीहरूले यिप्‍तालाई भने, “आउनुहोस् र हाम्रो अगुवा हुनुहोस् ताकि हामी अम्मोनका मानिहरूसँग युद्ध लड्न सकौं ।”

    7यिप्‍ताले गिलादका अगुवाहरूलाई भने, “तपाईंहरूले मलाई हेला गर्नुभयो र मेरो पिताको घर छोडेर जान मलाई बाध्‍ये पार्नुभयो । अब तपाईंहरू समस्यामा पर्नुहुँदा चाहिं तपाईंहरू मकहाँ किन आउनुहुन्‍छ?”

    8गिलादका अगुवाहरूले यिप्‍तालाई भने, “त्यसकारण अब हामी तपाईंकहाँ फर्केका छौं । हामीसँग आउनुहोस् र अम्मोनका मानिसहरूसँग युद्ध गर्नुहोस्, र तपाईं नै गिलादमा बस्‍ने सबैका अगुवा हुनुहुनेछ ।”

    9यिप्‍ताले गिलादका अगुवाहरूलाई भने, “अम्मोनका मानिसहरूसँग युद्ध गर्नलाई तपाईंहरूले मलाई फेरि घर लानुभयो भने, र परमप्रभुले हामीलाई तिनीहरूमाथि विजय दिनुभयो भने, म तपाईंहरूका अगुवा हुनेछु ।”

    10गिलादका अगुवाहरूले यिप्‍तालाई भने, “हामीले जस्‍तो भन्‍छौं त्यस्‍तै गरेनौं भने हाम्रा बिचमा परमप्रभु नै साक्षी हुनुहुन्‍छ!”

    11यसैले यिप्‍ता गिलादका अगुवाहरूसँग गए, र मानिसहरूले तिनलाई आफूमाथि अगुवा र कमाण्‍डर बनाए । जब यिप्‍ता मिस्पामा परमप्रभुको सामु थिए, तब तिनले आफूले गरेका सबै प्रतिज्ञाहरू दोहोर्‍याए ।

    12अनि यिप्‍ताले अम्मोनका मानिसहरूका राजाकहाँ यसो भनेर दूतहरू पठाए, “हाम्रा बिचमा के कुराले द्वन्द भएको हो? हाम्रो देश कब्‍जा गर्न सेनासित तपाईं किन आउनुभएको छ?”

    13अम्मोनका मानिसहरूका राजाले यिप्‍ताका दूतहरूलाई जवाफ दिए, “किनभने जब इस्राएल मिश्रदेशबाट आए, तब तिनीहरूले मेरो देशलाई अर्नोनदेखि यब्बोक हुँदै यर्दनसम्म कब्‍जा गरे । अब शान्तिसित ती जमिन फिर्ता दिनुहोस् ।”

    14फेरि यिप्‍ताले अम्मोनका मानिसहरूका राजाकहाँ दूतहरू पठाए,

    15र तिनले भने, “यिप्‍ता यसो भन्छन्: इस्राएलले मोआब देश र अम्मोनका मानिसहरूका देशलाई लिएको थिएन,

  • न्या 11:27-32
    6 पदहरू
    75%

    27मैले तपाईंहरूलाई केही गलत गरेको छैनँ, तर तपाईंहरूले मलाई आक्रमण गरेर मेरो खराबी गर्दै हुनुहुन्‍छ । न्यायकर्ता परमप्रभुले नै आज इस्राएलका मानिस र अम्मोनका मानिसहरूका बिचमा निर्णय गर्नुहुनेछ ।”

    28तर अम्मोनका मानिसहरूका राजाले यिप्‍ताले पठाएका चेतावनीलाई इन्कार गरे ।

    29तब परमप्रभुको आत्मा यिप्‍तामाथि आउनुभयो, र तिनी गिलाद र मनश्शेबाट भएर गए, र गिलादको मिस्पाबाट भएर तिनी अम्मोनका मानिसहरूकहाँ पुगे ।

    30यिप्‍ताले परमप्रभुसँग एउटा बाकल गरे र भने, “तपाईंले मलाई अम्मोनका मानिसहरूमाथि विजय दिनुभयो भने,

    31अम्मोनका मानिसहरूबाट म शान्‍तमा फर्केर आउँदा मेरा घरको ढोकाहरूबाट मलाई भेट्न जेसुकै कुरा बाहिर आए पनि त्‍यो परमप्रभुको हुनेछ, र त्‍यसलाई म होमबलिको रूपमा चढाउनेछु ।”

    32यसैले अम्मोनीहरूसँग युद्ध गर्न यिप्‍ता तिनीहरूकहाँ गए, र परमप्रभुले उनलाई विजय दिनुभयो ।

  • 9त्यसपछि अम्मोनीहरू यहूदाको विरुद्धमा, बेन्यामीनका विरुद्धमा, र एफ्राइमका घरानाको विरुद्ध युद्ध लड्नको निम्ति यर्दनपारि गए, ताकि इस्राएल धेरै नै व्याकुल भए ।

  • २ इति 28:12-13
    2 पदहरू
    70%

    12तब एफ्राइमका कुनै अगुवाहरू, अर्थात्‌ येहोहानानका छोरा अजर्याह, मशिल्‍लेमोतका छोरा बेरेक्‍याह, शल्‍लूमका छोरा येहिजक्‍याह र हद्‌लैका छोरा अमासा युद्धबाट फर्केकाहरूको विरुद्धमा खडा भए ।

    13तिनीहरूले उनीहरूलाई भने, “यी कैदीहरूलाई तिमीहरूले यहाँ ल्‍याउनुहुन्‍न, किनकि तिमीहरूले जे विचार गरिरहेका छौ त्‍यसले गर्दा हामीहरूमा परमप्रभुको विरुद्धमा पाप ल्याउनेछ, हाम्रा पाप र दोष थप्‍नेछ, किनकि हाम्रा दोषहरू ठुला छन् र इस्राएलको विरुद्धमा भयानक क्रोध आइपरेको छ ।”

  • न्या 15:10-11
    2 पदहरू
    69%

    10तब यहूदाका मानिसहरूले भने, “तिमीहरू किन हामीलाई आक्रमण गर्न आएका छौ?” तिनीहरूले भने, “शिमशोनलाई समातौं र त्यसले हामीलाई जे गरेको छ त्‍यसलाई त्‍यस्तै गरौ भनेर हामी आक्रमण गर्दैछौं ।”

    11तब यहूदाका तिन हजार मानिसहरू एतामको चट्टानको गुफामा गए, र तिनीहरूले शिमशोनलाई भने, “के तिमीलाई थाहा छ, कि पलिश्तीहरू हाम्रा शासकहरू हुन्? यो तिमीले हामीलाई के गरेका छौ?” शिमशोनले तिनीहरूलाई भने, “तिनीहरूले मलाई जस्तो गरे, अनि मैले पनि तिनीहरूलाई त्यस्तै गरें ।”

  • 10यसैले एफ्राइमबाट आफूकहाँ आएका फौजलाई अमस्‍याहले अलग गरे । तिनीहरूलाई तिनले फेरि घर पठाइदिए । यसैले यहूदाप्रतिको तिनीहरूको क्रोध धेरै भयो, र रीसले चूर भएर तिनीहरू घर फर्के ।

  • 31अनि योआब उठे र अब्शालोमको घरमा तिनीकहाँ आए र तिनलाई भने, “तिम्रा सेवकहरूले मेरो खेतमा किन आगो लगाइदिएका छन्?”

  • 35तिनले उनलाई देख्‍नेबित्तिकै, तिनले आफ्ना लुगाहरू च्याते र भने, “ओहो, मेरी छोरी! तिमीले मलाई दुःखले चुर पारेकी छ्‍यौ, र मलाई कष्‍ट दिने एउटा कारण तिमी भएकी छ्‍यौ! किनकि मैले परमप्रभुसँग एउटा भाकल गरेको छु, र मेरो भाकलबाट म पछि हट्न सक्दिनँ ।”

  • 18गिलादका मानिसहरूका अगुवाहरूले एक-अर्कामा यसो भने, “अम्मोनीहरूसँग युद्ध लड्न सुरु गर्ने मानिस को हो? ऊ नै गिलादमा बस्‍ने सबैका अगुवा हुनेछ ।”

  • 43इस्राएलका मानिसहरूले यहूदाका मानिसहरूलाई जवाफ दिए, “हामीसँग महाराजासँग सम्बन्धित दश कुल छन्, त्यसैले दाऊदसँग तिमीहरूको भन्दा धेरै अधिकार हामीसित छ । तब तिमीहरूले हामीलाई किन तुच्‍छ ठान्‍यौ? के हाम्रो राजालाई फिर्ता ल्याउने हाम्रो प्रस्ताव पहिले सुनुवाइ हुनुपर्दैनथ्यौ?” तर यहूदाका मानिसहरूका वचनहरू इस्राएलका मानिसहरूका वचनभन्दा धेरै रुखो थियो ।

  • 14एफ्राइमले परमप्रभुलाई अत्यन्तै क्रोधित पारेको छ । यसैले त्यसका परमप्रभुले त्यसको रगतको दोष त्यसमाथि नै छोड्नुहुनेछ र त्यसको अपमान त्‍यसैलाई फर्काउनुहुनेछ ।

  • 41चाँडै इस्राएलका सबै मानिस राजाकहाँ आउन लागे र राजालाई यसो भन्‍न लागे, “हाम्रा दाजुभाइ अर्थात् यहूदाका मानिसहरूले हजुरलाई किन चोरेर लगेका छन्, र महाराजा उहाँका परिवारलाई र दाऊदका सबै मानिसलाई उहाँसँगै यर्दन वारि पुर्‍याएका छन्?”

  • 8सबै मानिसहरू एक भएर खडा भए र तिनीहरूले भने “हामी कोही पनि आफ्नो पालमा जानेछैनौं र हामी कोही पनि घर फर्कनेछैनौं ।

  • 12इस्राएलका कुलहरूले बेन्यामीनको कुलका सबैलाई यसो भन्दै मानिसहरू पठाए, “तिमीहरूका बिचमा गरिएको दुष्‍टता के हो?

  • 24गिदोनले यसो भन्दै एफ्राइमको सबै पहाडी देशमा दूतहरू पठाए, “मिद्दानीहरूको विरुद्ध तल जाओ र तिनीहरूलाई रोक्‍नको निम्ति बेथ-बरासम्म यार्दन नदीमाथि नियन्त्रण गर ।” यसैले एफ्राइमका सबै मानिसहरू एकसाथ भेला भए र बेथ-बरासम्म यर्दन नदीमाथि नियन्त्रण गरे ।

  • 15चौथो दिनमा तिनीहरूले शिमशोनकी पत्‍नीलाई भने, “तिम्रो पतिलाई छल गर ताकि तिनले हामीलाई त्यो अड्कोको उत्तर बताऊन्, नत्रता हामी तिमी र तिम्रो बुबाको घरलाई आगो लगाइदिनेछौं । के हामीलाई गरिब बनाउनलाई तिमीले हामीलाई यहाँ बोलाएकी हौ?”

  • 19तपाईंले परमप्रभुको आज्ञालाई किन पालन गर्नुभएन, तर बरु लूटका माल कब्‍जा गर्नुभयो र परमप्रभुको दृष्‍टिमा जे खराब थियो त्यही गर्नुभयो?”

  • 11त्यसैले परमप्रभुले यरूब-बाल, बाराक, यिप्‍ता र शमूएललाई पठाउनुभयो र तिमीहरू वरिपरिका सबै शत्रुमाथि विजय दिनुभयो, ताकि तिमीहरू सुरक्षामा बसोबास गर्न पाओ ।

  • 33यत बेला सबै मिद्दानीहरू, अमालेकीहरू, र पूर्वका मानिसहरू एकसाथ भेला भए । तिनीहरूले यर्दन तरे र यिजरेलको बेसीमा छाउनी हाले ।

  • 1¶ त्यसपछि अम्मोनी नाहाश गए र याबेश-गिलादलाई घेरा हाले । याबेशका सबै मानिसले नाहाशलाई भने, “हामीसँग एउटा करार गर्नुहोस् र हामी तपाईंको सेवा गर्नेछौं ।”