१ शमूएल 7:5
तब शमूएलले भने, “सबै इस्राएललाई मिस्पामा भेला गर र म तिमीहरूका निम्ति परमप्रभुसँग प्रार्थना गर्नेछु ।”
तब शमूएलले भने, “सबै इस्राएललाई मिस्पामा भेला गर र म तिमीहरूका निम्ति परमप्रभुसँग प्रार्थना गर्नेछु ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
6तिनीहरू मिस्पामा भेला भए, पानी भरे र परमप्रभुको सामु खन्याए । त्यस दिन तिनीहरू उपवास बसे र भने, “हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौं ।” शमूएलले त्यहाँ नै इस्राएलका मानिसहरूको विवादहरूमा फैसला गरे अनि मानिसहरूलाई नेतृत्व गरे ।
7जब इस्राएलका मानिसहरू मिस्पामा भला भएका छन् भन्ने पलिश्तीहरूले सुने, पलिश्तीहरूका शासकहरूले इस्राएललाई आक्रमण गरे । जब इस्राएलका मानिसहरूले यो सुने, तिनीहरू पलिश्तीहरूसँग डराए ।
8त्यसपछि इस्राएलका मानिसहरूले शमूएललाई भने, “हाम्रो निम्ति परमप्रभुसँग पुकारा गर्न नछोड्नुहोस्, ताकि उहाँले हामीलाई पलिश्तीहरूका हातबट बचाउनुहुनेछ ।”
9शमूएलले दूधे थुमालाई लिए र यसलाई परमप्रभुको निम्ति पुरै होमबलिको रूपमा चढाए । तब शमूएलले इस्राएलको निम्ति परमप्रभुसँग पुकारा गरे र परमप्रभुले जवाफ दिनुभयो ।
10शमूएलले होमबलि चढाउँदै गर्दा पलिश्तीहरू इस्राएललाई आक्रमण गर्न आए । तर त्यस दिन पलिश्तीहरूको विरुद्धमा ठुलो गर्जनसहित परमप्रभु गर्जनुभयो र तिनीहरूलाई गोलमालमा पार्नुभयो, र तिनीहरू इस्राएलको सामुबाट भागे ।
11इस्राएलका मानिसहरू मिस्पाबाट गए र तिनीहरूले पलिश्तीहरूलाई लखेटे र उनीहरूलाई बेथ-करको मुनिसम्म मारे ।
12त्यसपछि शमूएलले एउटा ढुङ्गा लिए र मिस्पा र शेनको बिचमा त्यो खडा गरे । तिनले यसो भने, “परमप्रभुले हामीलाई यहाँसम्म सहायता गर्नुभएको छ ।”
13यसरी पलिश्तीहरूलाई अधीन गरियो र तिनीहरू इस्राएलको सिमानाभित्र प्रवेश गरेनन् । शमूएलको समयभरि नै परमप्रभुको हात पलिश्तीहरूको विरुद्धमा थियो ।
17शमूएलले मानिसहरूलाई मिस्पामा परमप्रभुको सामु एकसाथ भेला गरे ।
4त्यसपछि इस्राएलका सारा धर्म-गुरुहरू भेला भए र रामामा शमूएलकहाँ आए ।
5उनीहरूले तिनलाई भने, “हेर्नुहोस्, तपाईं वृद्ध हुनुभयो, र तपाईंका छोराहरू तपाईंका मर्गहरूमा हिंड्दैनन् । सबै जातिझैं हाम्रो न्याय गर्न हाम्रा निम्ति एक जना राजा नियुक्त गर्नुहोस् ।”
6तर त्यसले शमूएललाई दुःख लाग्यो, जब तिनीहरूले भने, “हाम्रो न्याय गर्न हामीलाई एक जना राजा दिनुहोस् ।” त्यसैले शमूएलले परमप्रभुसँग प्रार्थना गरे ।
7परमप्रभुले शमूएललाई भन्नुभयो, “मानिसहरूले तँलाई भनेका तिनीहरूका सबै कुरा पालन गर् । किनकि तिनीहरूले तँलाई इन्कार गरेका होइनन्, तर तिनीहरूमाथि राजा हुनबाट तिनीहरूले मलाई इन्कार गरेका छन् ।
3शमूएलले इस्राएलका सारा घरानालाई भने, “तिमीहरू आफ्ना सारा हृदयले परमप्रभुतिर फर्किन्छौ, विदेशी देवताहरू र अश्तोरेतलाईतिमीहरूका माझबाट हटाउँछौ, आफ्नो हृदयलाई परमप्रभुतिर फर्काउँछौ र उहाँको मात्र आराधना गर्छौ भने, उहाँले तिमीहरूलाई पलिश्तीहरूको हातबाट छुटकारा दिनुहुनेछ ।”
4त्यसपछि एस्राएलका मानिसहरूले बाल र अश्तोरेत हटाए र परमप्रभुको मात्र आराधना गरे ।
21जब शमूएलले मानिसहरूको सबै कुरा सुने, तब तिनले ती परमप्रभुले सुन्ने गरी दोहोर्याए ।
15शमूएलले आफ्नो जीवनकालभरि नै इस्राएलको न्याय गरे ।
16तिनी हरेक वर्ष बेथेल, गिलगाल र मिस्पाको फेरो मार्थे । यी सबै ठाउँहरूमा इस्राएलका निम्ति तिनले झगडाहरूको फैसला गर्थे ।
1¶ त्यसपछि दानदेखि बेर्शेबासम्मका इस्राएलका मानिसहरू र गिलादको भूमिबाट समेत सबै एक भएर निस्के र परमप्रभुको अगि मिस्पामा एकसाथ भेला भए ।
17अनि अम्मोनीहरू एकसाथ भेला भए र गिलादमा छाउनी हाले । इस्राएलीहरू एकसाथ भेला भए र मिस्पामा आफ्नो छाउनी हाले ।
18त्यसैले शमूएलले परमप्रभुलाई पुकारा गरे । अनि त्यसै दिन परमप्रभुले गर्जन र झरी पठाउनुभयो । तब सबै मानिस परमप्रभु र शमूएलको भय धेरै भयो ।
19तब सबै मानिसले शमूएललाई भने, “तपाईंका सेवकहरूका निम्ति परमप्रभु आफ्ना परमेश्वरसँग प्रार्थना गरिदिनुहोस्, ताकि हामी मर्नेछैनौं । किनकि हामीले आफ्नो निम्ति राजा मागेर हाम्रा सबै पापमाथि यो दुष्टता थपेका छौं ।
30त्यसपछि शाऊलले भने, “मैले पाप गरेको छु । तर कृपया मेरा मानिसहरूका धर्म-गुरुहरूका सामु र इस्राएलको सामु मेरो इज्जत गर्नुहोस् । फेरि मसँग फर्कनुहोस्, ताकि मैले परमप्रभु तपाईंका परमेश्वरको आराधना गर्न सकूँ ।
1¶ शमूएलले सबै इस्राएलीलाई भने, “तिमीहरूले मलाई भेनका हरेक कुरा मैले सुनेको छु र मैले तिमीहरूमाथि एक जना राजा नियुक्त गरेको छु ।
2शमूएलले सोधे, “म कसरी जान सक्छु? शाऊलले यो सुने भने, उसले मलाई मार्नेछ ।” परमप्रभुले भन्नुभयो, “तँसँगै एउटा कोरली लैजा र भन्, 'म परमप्रभुलाई बलिदान चढाउन आएको छु ।'
3यिशैलाई पनि बलिदानमा बोला र तैंले के गर्नुपर्नेछ म तँलाई देखाउनेछु । मैले तँलाई देखाएको एक जनालाई तैंले अभिषेक गर्नेछस् ।”
4शमूएलले परमप्रभुले भन्नुभएझैं गरे र बेथलेहेम गए । सहरका धर्म-गुरुहरू तिनलाई भेट्न आउँदा तिनीहरू डरले कामिरहेका थिए र भने, “के तपाईं शान्तिमा नै आउँदै हुनुहुन्छ?”
5तिनले भने, “शान्तिमा नै हो । म परमप्रभुलाई बिलदान चढाउन आएको छु । आफैलाई अलग गर्न तयार होओ र मसँगै बलिदानमा आओ ।” तिनले यिशै र तिनका छोराहरूलाई अलग गरे र तिनीहरूलाई बलिदानमा निमन्त्रणा गरे ।
1¶ सम्पूर्ण इस्राएलभरि शामूएलले वचन दिए । यति बेला इस्राएल पलिश्तीहरूका विरुद्धमा लडाइँ गर्न गयो । तिनीहरूले एबेन-एजेरमा छाउनी हाले र पलिश्तीहरूले अपेकमा छाउनी हाले ।
11त्यसपछि शमूएलले भने, “तपाईंले यो के गर्नुभएको?” शाऊलले जवाफ दिए, “जब मानिसहरूले मलाई छोडिरहेको मैले देखें र तोकिएको समयभित्र तपाईं आउनुभएन र पलिश्तीहरू मिकमाशमा भेला भएका थिए,
12मैले भने, 'अब पलिश्तीहरू गिलगालमा मेरो विरुद्धमा आउनेछन् र मैले परमप्रभुको निगाह खोजेको छैन ।' त्यसैले होमबलि चढाउन मैले आफैलाई दवाव दिएँ ।”
6शमूएलले मानिसहरूलाई भने, “मोशा र हारूनलाई नियुक्त गर्नुहुने र तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु नै हुनुहुन्छ ।
7त्यसो हो भने अब आफैलाई हाजिर गराऊ ताकि मैले तिमीहरू सँगै परमप्रभुका सबै धार्मिक कार्यहरूबारे उहाँको सामु निवेदन गर्नेछु जुन उहाँले तिमीहरू र तिमीहरूका पुर्खाहरूका निम्ति गर्नुभयो ।
20जब समय आयो, तब हन्नाहले गर्भ धारण गरिन् र एउटा छोरा जन्माइन् । उनले उसको नाउँ शमूएल राखिन्, किनकि उनले भनिन्, “किनभने मैले यसलाई परमप्रभुसँग मागेकी हुँ।”
15अब शाऊल आउनुभन्दा अगिल्लो दिन नै परमप्रभुले शमूएललाई प्रकट गर्नुभएको थियोः
16“भोलि करिब यति बेला, म बेन्यामीनको इलाकाबाट एक जना मानिसलाई पठाउनेछु र मेरा मानिस इस्राएलका शासक हुनलाई तैंले उसलाई अभिषेक गर्नू । उसले मेरा मानिसहरूलाई पलिश्तीहरूका हातहरूबाट बाचाउनेछन् । किनकि मैले आफ्ना मानिसहरूलाई दयादृष्टिले हेरेको छु किनभने मदतको लागि तिनीहरूले गरेको पुकारा मैले सुनेको छु ।”
14पवित्र उपवासको घोषणा गर, र पवित्र सभा आव्हान गर । परमप्रभु आफ्ना परमेश्वरको मन्दिरमा देशका सबै धर्मगुरुहरू र बासिन्दाहरूलाई भेला गराओ र, अनि परमप्रभुमा पुकार ।
26त्यसपछि इस्राएलका सबै सेना र सबै मानिसहरू बेथेलमा उक्ले र रोए, र तिनीहरू परमप्रभुको अगि बसे र तिनीहरू त्यस दिन साँझसम्म उपवास बसे र परमप्रभुलाई होमबलि र मेलबलि चढाए ।
1¶ शमूएलले शऊललाई भने, “ तपाईंलाई परमप्रभुका मानिसहरूका राजा हुन अभिषेक गर्नलाई उहाँले मलाई पठाउनुभयो । अब परमप्रभुको वचन सुन्नुहोस् ।
25अब कृपया मेरो पाप क्षमा गर्नुहोस् र मसँगै फर्कनुहोस् ताकि म परमप्रभुको आराधना गर्न सकूँ ।
6मोशा र हारून उहाँका पुजारीमध्येका थिए, र शमूएल उहाँको नाउँ पुकारा गर्नेहरूमध्येका थिए । तिनीहरू परमप्रभुलाई पुकारा गरे र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो ।
4परमप्रभुको खोजी गर्न यहूदाका मानिसहरू एकसाथ भेला भए । यहूदाका सबै सहरबाट तिनीहरू परमप्रभुको खोजी गर्न आए ।
9तब तिनले उनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, जसकहाँ तिमीहरूले मलाई तिमीहरूका बिन्ती राख्न पठायौ,
10त्यसैले शमूएलले राजाको माग गरिरहेका मानिसहरूलाई परमप्रभुका सबै वचन सुनाए ।
20परमप्रभुको अगमवक्ता हुनलाई शमूएललाई नियुक्त गरिएको कुरा दानदेखि बेर्शेबासम्मका सबै इस्रएलीहरूले थाहा पाए ।
10उनी अति नै व्याकुल भएकी थिइन् । उनले परमप्रभुसँग प्रार्थना गरिन् र धुरुधुरु रोइन् ।
18तब शाऊल प्रवेशद्वारमा शमूएलको नजिक आए र भने, “दर्शीको घर कहाँ छ मलाई भन्नुहोस्?”
10परमप्रभु आउनुभयो र खडा हुनुभयो । उहाँले अरू समयमा झैं बोलाउनुभयो, “ए शमूएल, शमूएल ।” तब शमूएलले भने, “बोल्नुहोस्, किनकि तपाईंको दासले सुनिरहेको छ ।”
26उनले भनिन्, “हे मेरो मालिक, मेरो मालिक जीवित हुनुभएझैं, यहाँ तपाईंको छेउमा खडा भएर प्रार्थना गर्ने स्त्री म नै हुँ ।
4परमप्रभुले शमूएललाई बोलाउनुभयो, जसले भने, “म यहाँ छु ।”